न्यायाधीश 20:1

अनलक शाब्दिक बाइबल

¶ त्यसपछि दानदेखि बेर्शेबासम्मका इस्राएलका मानिसहरू र गिलादको भूमिबाट समेत सबै एक भएर निस्के र परमप्रभुको अगि मिस्पामा एकसाथ भेला भए ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • न्या 11:11 : 11 यसैले यिप्‍ता गिलादका अगुवाहरूसँग गए, र मानिसहरूले तिनलाई आफूमाथि अगुवा र कमाण्‍डर बनाए । जब यिप्‍ता मिस्पामा परमप्रभुको सामु थिए, तब तिनले आफूले गरेका सबै प्रतिज्ञाहरू दोहोर्‍याए ।
  • यहो 22:12 : 12 जब इस्राएलका मानिसहरूले यो कुरा सुने, इस्राएलका मानिसको सारा भेला तिनीहरू विरुद्ध युद्ध गर्न जान शीलोमा जान सँगै भेला भए ।
  • न्या 21:5 : 5 इस्राएलका मानिसहरूले भने, “परमप्रभुको सभामा इस्राएलका कुलमध्ये कुनचाहिं आएन?” किनकि मिस्पामा परमप्रभुकहाँ नआउनेको बारेमा तिनीहरूले एउटा महत्त्वपूर्ण निर्णय गरेका थिए । तिनीहरूले भने, “त्यो निश्‍चय नै मारिनेछ ।”
  • १ शमू 3:20 : 20 परमप्रभुको अगमवक्ता हुनलाई शमूएललाई नियुक्‍त गरिएको कुरा दानदेखि बेर्शेबासम्मका सबै इस्रएलीहरूले थाहा पाए ।
  • १ शमू 10:17 : 17 शमूएलले मानिसहरूलाई मिस्‍पामा परमप्रभुको सामु एकसाथ भेला गरे ।
  • २ शमू 3:10 : 10 जसमा शाऊलको घरानाको राज्य हस्तान्तरण गर्न, र इस्राएलमाथि र यहूदामाथि दानदेखि बेर्शेबासम्मै दाऊदको सिंहासन स्थापित गर्न ।”
  • २ शमू 24:2 : 2 राजाले आफूसँग भएका फौजका कमाण्‍डर योआबलाई भने, “दानदेखि बेर्शेबासम्मका इस्राएलका सबै कुलमा जाऊ र सबै मानिसको गणना गर ताकि युद्धको निम्ति योग्य मानिसहरूका जम्माजम्मी सङ्ख्या मलाई थाहा होस् ।”
  • नहे 8:1 : 1 ¶ सारा जनता एउटै मानिसजस्तो गरी पानी ढोकाको सामुन्‍ने खुला क्षेत्रमा भेला भए । तिनीहरूले परमप्रभुले इस्राएललाई आज्ञा दिनुभएको मोशाको व्यवस्थाको पुस्तक ल्याउन भनी शास्‍त्री एज्रालाई भने ।
  • २ राजा 25:23 : 23 बेबिलोनका राजाले गदल्याहलाई राज्यपाल बनाए भनेर जब सिपाहीहरूका सबै सेनापति र तिनीहरूका मानिसहरूले सुने, तब तिनीहरू मिस्पामा गदल्याहकहाँ गए । यी मानिसहरू नतन्याहका छोरा इश्माएल, कारेहका छोरा योहानान, नतोपाती तन्हूमेतका छोरा सरायाह र माकातीका छोरा याजन्याह र तिनीहरूका मानिसहरू थिए ।
  • १ इति 21:2 : 2 दाऊदले योआब र आफ्‍ना फौजका कमान्डरहरूलाई भने, “जाओ, बेर्शेबादेखि दानसम्‍मका इस्राएलका मानिसहरूको सङ्‍खया गन्‍ती गर र मलाई बताओ, ताकि म तिनीहरूको संख्‍या जान्‍न सकूँ ।”
  • २ इति 30:5 : 5 यसैले तिनीहरूले बेर्शेबादेखि दानसम्‍मै परमप्रभु इस्राएलका परमेश्‍वरको निम्‍ति निस्‍तार-चाड मान्‍न मानिसहरू यरूशलेममा आउनैपर्छ भनी सारा इस्राएलभरि घोषणा गर्ने कुरामा सहमत भए । किनकि यसअघि लेखिएबमोजिम मानिसहरूका यति धेरै सङ्‍ख्‍याले यो चाड मानेका थिएनन्‌ ।
  • एज्रा 3:1 : 1 ¶ इस्राएलीहरू आ-आफ्ना सहरमा फर्केको सातौं महिनमा तिनीहरू एक जना मानिसझैं यरूशलेममा भेला भए ।
  • २ शमू 19:14 : 14 त्यसैले तिनले यहूदाका सबै मानिसका हृदयहरू एक जना मानिसको झैं गरी जिते । तिनीहरूले राजाकहाँ यसो भन्‍ने खबर पठाए, “तपाईं र तपाईंका सबै मानिस फर्कनुहोस् ।”
  • १ शमू 11:7-8 : 7 तिनले एक हल गोरु लिए र तिनलाई टुक्रा-टक्रा गरी काटे र ती इस्राएलको सबै इलाकामा ती दूतहरूसँगै पठाए । तिनले भने, “शाऊल र शमूएलको पछि नआउने व्यक्‍तिको गोरुलाई यसै गरिनेछ ।” अनि परमप्रभुको भय मानिसहरूमाथि पर्‍यो र तिनीहरू एक जना मानिसझैं एकसाथ निस्केर आए । 8 जब उनीहरूलाई तिनले बेजेकमा भेला पारे, तब इस्राएलका मनिसहरू तिन लाख जना थिए र यहूदाका मानिसहरू तिस हजार जना थिए ।
  • २ शमू 2:9 : 9 उनले ईश्‍बोशेतलाई गिलाद, आशेर, यिजरेल, एफ्राइम, बेन्यामीन र सारा इस्राएलमाथि राजा बनाए ।
  • १ शमू 7:5-6 : 5 तब शमूएलले भने, “सबै इस्राएललाई मिस्‍पामा भेला गर र म तिमीहरूका निम्ति परमप्रभुसँग प्रार्थना गर्नेछु ।” 6 तिनीहरू मिस्‍पामा भेला भए, पानी भरे र परमप्रभुको सामु खन्याए । त्यस दिन तिनीहरू उपवास बसे र भने, “हामीले परमप्रभुको विरुद्धमा पाप गरेका छौं ।” शमूएलले त्यहाँ नै इस्राएलका मानिसहरूको विवादहरूमा फैसला गरे अनि मानिसहरूलाई नेतृत्व गरे ।
  • न्या 10:17 : 17 अनि अम्मोनीहरू एकसाथ भेला भए र गिलादमा छाउनी हाले । इस्राएलीहरू एकसाथ भेला भए र मिस्पामा आफ्नो छाउनी हाले ।
  • न्या 18:29 : 29 तिनीहरूले इस्राएलका छोरामध्‍ये एक जना आफ्ना पुर्खा दानका नाउँमा त्यस सहरलाई दान नाउँ दिए । तर त्यस सहरको नाउँ पहिले लेश थियो ।
  • न्या 20:2 : 2 इस्राएलका सबै कुलका मानिसहरूका अगुवाहरू परमेश्‍वरका मानिसहरूको भेलामा आफ्‍नो सहभागीता जनाए— त्यहाँ चार लाख जना पैदल हिंड्‍ने मानिसहरू तरवार लिएर युद्ध गर्न तयार थिए ।
  • न्या 20:8 : 8 सबै मानिसहरू एक भएर खडा भए र तिनीहरूले भने “हामी कोही पनि आफ्नो पालमा जानेछैनौं र हामी कोही पनि घर फर्कनेछैनौं ।
  • न्या 20:11 : 11 यसैले इस्राएलका सबै सिपाहीहरू त्यस सहरको विरुद्ध एकतावद्ध भएर भेला भए ।
  • न्या 20:18 : 18 इस्राएलका मानिसहरू उठे, बेथेलमा गए, र परमेश्‍वरबाट सल्लाह मागे । तिनीहरूले सोधे, “बेन्यामिनीहरूलाई हाम्रा निम्‍ति कसले पहिले आक्रमण गर्नेछ?” परमप्रभुले भन्‍नुभयो, “यहूदाले पहिले आक्रमण गर्नेछ ।”
  • न्या 20:26 : 26 त्यसपछि इस्राएलका सबै सेना र सबै मानिसहरू बेथेलमा उक्ले र रोए, र तिनीहरू परमप्रभुको अगि बसे र तिनीहरू त्यस दिन साँझसम्म उपवास बसे र परमप्रभुलाई होमबलि र मेलबलि चढाए ।
  • गिन 32:1 : 1 ¶ रूबेन र गादका सन्तानहरूका गाईवस्‍तुहरू धेरै थिए । जब तिनीहरूले याजेर र गिलादको भूमी देखे, त्यो भूमी गाईवस्‍तुहरूको निम्ति असाध्यै राम्रो थियो ।
  • गिन 32:40 : 40 त्यसपछि मोशाले मनश्शेका छोरा माकीरलाई गिलाद दिए, र तिनका मानिसहरू त्यहाँ बसोबास गरे ।
  • व्यव 13:12-18 : 12 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई बस्‍न दिनुहुने कुनै पनि सहरमा 13 केही दुष्‍ट मित्रहरू तिमीहरूबाट तर्केर गई तिमीहरूको सहरका बासिन्दाहरूलाई 'तिमीहरूले नचिनेका अन्य देवताहरूको पुजा गरौँ' भनेको तिमीहरूले सुन्यौ भने 14 तिमीहरूले गम्भीर रूपमा साक्षीको जाँच गर्नू; अनुसन्धान गर्नू अनि केरकार गर्नू । तिमीहरूका बिचमा यस्तो घृणित कुरो भएको रहेछ भनी तिमीहरूले पक्‍का गर्‍यौ भने तिमीहरूले कारवाही अगाडि बढाउनू । 15 तिमीहरूले तरवारले त्यस सहरका बासिन्दाहरूलाई आक्रमण गरी त्यसलाई पूर्ण रूपमा नष्‍ट गरिदिनू अनि त्यहाँ भएका सबै मानिसलगायत तिनीहरूका गाईवस्तु सबैलाई तरवारले नष्‍ट पार्नू । 16 तिमीहरूले लुटका सबै माल सडकको बिचमा जम्मा गरी परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु ती मालसमेत सहरलाई जलाइदिनू । त्यो सहर सदाको लागि भग्‍नावशेषको थुप्रो हुने छ । यसलाई फेरि कहिल्यै पुनर्निर्माण नगरियोस् । 17 विनाशको लागि अलग गरिएको कुनै पनि थोक तिमीहरूको हातमा नहोस् ताकि परमप्रभुको क्रोध शान्त होस् जसले तिमीहरूलाई दया देखाउनुहुन्छ, तिमीहरूलाई टिठ्याउनुहुन्छ र तिमीहरूलाई पिता-पुर्खाहरूलाई प्रतिज्ञा गर्नुभएमुताबिक सङ्ख्यामा वृद्धि गराउनुहुन्छ । 18 आज मैले तिमीहरूलाई दिएका उहाँका सबै आज्ञा पालन गर्न र परमप्रभुको दृष्‍टिमा जे ठिक छ त्यही गर्न तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको आवाज सुनेकाले उहाँले यसो गर्नुहुने छ ।
  • यहो 15:38 : 38 दिलान, मिस्पा, योक्‍तेल,
  • यहो 17:1 : 1 ¶ यो मनश्शेको (जो योसेफका जेठा छोरा थिए) कुलको भूमिको भाग थियो, माकीरका निम्ति, जो जेठा छोरा थिए र तिनी गिलादका पिता थिए । माकीरका सन्तानहरूलाई गिलाद र बाशानको भू-भाग दिइयो, किनभने माकीर योद्धा थिए ।
  • यहो 18:26 : 26 मिस्पा, कपीरा, मोशा,

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 17अनि अम्मोनीहरू एकसाथ भेला भए र गिलादमा छाउनी हाले । इस्राएलीहरू एकसाथ भेला भए र मिस्पामा आफ्नो छाउनी हाले ।

  • न्या 20:2-3
    2 पदहरू
    80%

    2इस्राएलका सबै कुलका मानिसहरूका अगुवाहरू परमेश्‍वरका मानिसहरूको भेलामा आफ्‍नो सहभागीता जनाए— त्यहाँ चार लाख जना पैदल हिंड्‍ने मानिसहरू तरवार लिएर युद्ध गर्न तयार थिए ।

    3बेन्यामिनका मानिसहरूले इस्राएलका मानिसहरू मिस्पामा गएका कुरा सुने । इस्राएलका मानिसहरूले भने, “यस्तो दुष्‍ट काम कसरी भयो त्‍यो हामीलाई भन ।”

  • न्या 20:7-12
    6 पदहरू
    79%

    7यसैले, ए सारा इस्राएलीहरू हो, तपाईंहरूको सल्लाह र सुझाव यहाँ दिनुहोस् ।”

    8सबै मानिसहरू एक भएर खडा भए र तिनीहरूले भने “हामी कोही पनि आफ्नो पालमा जानेछैनौं र हामी कोही पनि घर फर्कनेछैनौं ।

    9तर अब हामी गिबालाई यस्तो गर्नेछौं: गोला हालेर पाएको निर्देशनअनुसार हामी त्यसलाई आक्रमण गर्नेछौं ।

    10हामी इस्राएलका सबै कुलहरूबाट एक सयबाट दश, एक हजारबाट एक सय, र दश हजारबाट एक हजारलाई मानिसहरूलाई अरूका निम्‍ति खानेकुराको प्रबन्‍ध गर्न राख्‍नेछौं, ताकि तिनीहरू बेन्यामीनको गिबामा आउँदा, उनीहरूले इस्राएलमा गरेका दुष्‍टताको लागि तिनीहरूले दण्ड दिन सकून् ।”

    11यसैले इस्राएलका सबै सिपाहीहरू त्यस सहरको विरुद्ध एकतावद्ध भएर भेला भए ।

    12इस्राएलका कुलहरूले बेन्यामीनको कुलका सबैलाई यसो भन्दै मानिसहरू पठाए, “तिमीहरूका बिचमा गरिएको दुष्‍टता के हो?

  • 12जब इस्राएलका मानिसहरूले यो कुरा सुने, इस्राएलका मानिसको सारा भेला तिनीहरू विरुद्ध युद्ध गर्न जान शीलोमा जान सँगै भेला भए ।

  • 17शमूएलले मानिसहरूलाई मिस्‍पामा परमप्रभुको सामु एकसाथ भेला गरे ।

  • 14त्यसपछि बेन्यामीनका मानिसहरू एक साथ गिबाका सहरहरूबाट बाहिर निस्के र इस्राएलका मानिसहरूका विरुद्ध युद्ध गर्न तयार भए ।

  • न्या 20:17-26
    10 पदहरू
    75%

    17बेन्यामीनीहरूको सङ्ख्यालाई गणना नगरी इस्राएलका मानिसहरू चार लाख जना थिए, जो तरवारले युद्ध लड्नलाई तालिम प्राप्‍त थिए । यी सबै युद्ध गर्ने मानिसहरू थिए ।

    18इस्राएलका मानिसहरू उठे, बेथेलमा गए, र परमेश्‍वरबाट सल्लाह मागे । तिनीहरूले सोधे, “बेन्यामिनीहरूलाई हाम्रा निम्‍ति कसले पहिले आक्रमण गर्नेछ?” परमप्रभुले भन्‍नुभयो, “यहूदाले पहिले आक्रमण गर्नेछ ।”

    19इस्राएलका मानिसहरू बिहान उठे र तिनीहरूले आफ्नो छाउनी गिबाको नजिक सारे ।

    20इस्राएलका मानिसहरू बेन्यामीनको विरुद्ध युद्ध लड्न बाहिर निस्के । तिनीहरू गिबामा उनीहरूका विरुद्ध युद्धको निम्ति तयार भएर बसे ।

    21बेन्यामीनीहरू गिबाबाट बाहिर निस्के, र तिनीहरूले त्यस दिन इस्राएलको सेनाका बाइस हजार मानिसहरूलाई मारे ।

    22तर इस्राएलका मानिसहरूले आफूलाई बलियो पारे र तिनीहरू पहिलो दिनमा जुन स्थानमा तयार भएर बसेका थिए त्यसै ठाउँमा युद्धको निम्ति तयार भए ।

    23तब इस्राएलका मानिसहरू माथि उक्ले र साँझसम्म परमप्रभुको अगि रोए, र उहाँबाट निर्देशनको खोजी गरे । तिनीहरूले भने, “के हाम्रा दाजुभाइ, अर्थात् बेन्यामीनीहरूसँग युद्ध गर्न हामी फेरि जाऔं?” परमप्रभुले भन्‍नुभयो, “तिनीहरूलाई आक्रमण गर!”

    24यसैकारण दोस्रो दिनमा इस्राएलका मानिसहरू बेन्यामीनका सेनाहरूका विरुद्ध युद्ध गर्न गए ।

    25दोस्रो दिनमा, गिबाबाट बेन्यामीनीहरू तिनीहरूका विरुद्ध बाहिर निस्के र तिनीहरूले इस्राएलका अठार हजार मानिसहरूलाई मारे । तिनीहरू सबै तरवारले लडाइँ गर्नलाई तालिम प्राप्‍त मानिसहरू थिए ।

    26त्यसपछि इस्राएलका सबै सेना र सबै मानिसहरू बेथेलमा उक्ले र रोए, र तिनीहरू परमप्रभुको अगि बसे र तिनीहरू त्यस दिन साँझसम्म उपवास बसे र परमप्रभुलाई होमबलि र मेलबलि चढाए ।

  • न्या 21:4-5
    2 पदहरू
    75%

    4भोलिपल्‍ट मानिसहरू बिहान सबेरै उठे र त्यहाँ एउटा वेदी बनाए र होमबलिहरू र मेलबलिहरू चढाए ।

    5इस्राएलका मानिसहरूले भने, “परमप्रभुको सभामा इस्राएलका कुलमध्ये कुनचाहिं आएन?” किनकि मिस्पामा परमप्रभुकहाँ नआउनेको बारेमा तिनीहरूले एउटा महत्त्वपूर्ण निर्णय गरेका थिए । तिनीहरूले भने, “त्यो निश्‍चय नै मारिनेछ ।”

  • १ शमू 7:5-7
    3 पदहरू
    74%

    5तब शमूएलले भने, “सबै इस्राएललाई मिस्‍पामा भेला गर र म तिमीहरूका निम्ति परमप्रभुसँग प्रार्थना गर्नेछु ।”

    6तिनीहरू मिस्‍पामा भेला भए, पानी भरे र परमप्रभुको सामु खन्याए । त्यस दिन तिनीहरू उपवास बसे र भने, “हामीले परमप्रभुको विरुद्धमा पाप गरेका छौं ।” शमूएलले त्यहाँ नै इस्राएलका मानिसहरूको विवादहरूमा फैसला गरे अनि मानिसहरूलाई नेतृत्व गरे ।

    7जब इस्राएलका मानिसहरू मिस्पामा भला भएका छन् भन्‍ने पलिश्तीहरूले सुने, पलिश्तीहरूका शासकहरूले इस्राएललाई आक्रमण गरे । जब इस्राएलका मानिसहरूले यो सुने, तिनीहरू पलिश्तीहरूसँग डराए ।

  • 8तिनीहरूले भने, “मिस्पामा परमप्रभुकहाँ इस्राएलका कुनचाहिं कुल आएनन्?” याबेश-गिलादबाट कोही पनि सभामा आएका थिएनन् भन्‍ने कुरा थाहा भयो ।

  • 23नप्‍ताली, आशेर, र सबै मनश्शेबाट इस्राएलका मानिसहरू बोलाइए, र तिनीहरू मिद्दानीहरूका पछि लागे ।

  • 11त्यसैले दानदेखि बेर्शेबासम्मका सबै इस्राएल तपाईंकहाँ भेला भएर समुद्रको बालुवा जत्तिकै असंख्या हुनुपर्छ र तपाईं स्वयम् युद्ध गर्न जानुपर्छ भन्‍ने सल्लाह म तपाईंलाई दिन्छु ।

  • 1¶ त्यसपछि इस्राएलका मानिसको सारा सभा शीलोमा जम्‍मा भयो । तिनीहरूले त्यहाँ भेट हुने पाल खडा गरे र त्यो भूमि तिनीहरूको अधीनमा थियो ।

  • न्या 20:33-34
    2 पदहरू
    72%

    33इस्राएलका सबै मानिसहरू आ-आफ्ना ठाउँबाट उठे र बाल-तामारमा युद्धको निम्ति तयार भए । त्यसपछि गुप्‍त स्थानहरूमा लुकिरहेका इस्राएलका सेनाहरू आ-आफ्ना ठाउँ गिबाबाट निस्किआए ।

    34सारा इस्राएलबाट गिबाको विरुद्ध त्यहाँ दश हजार चुनिएका मानिसहरू आए, र तिनीहरूको बिचमा घमासान युद्ध भयो, तर बेन्यामीनीहरूलाई तिनीहरूको विनाश नजिकै छ भन्‍ने कुरा थाहा थिएन ।

  • 11यसैले यिप्‍ता गिलादका अगुवाहरूसँग गए, र मानिसहरूले तिनलाई आफूमाथि अगुवा र कमाण्‍डर बनाए । जब यिप्‍ता मिस्पामा परमप्रभुको सामु थिए, तब तिनले आफूले गरेका सबै प्रतिज्ञाहरू दोहोर्‍याए ।

  • 1¶ इस्राएलीहरू आ-आफ्ना सहरमा फर्केको सातौं महिनमा तिनीहरू एक जना मानिसझैं यरूशलेममा भेला भए ।

  • 1¶ सारा जनता एउटै मानिसजस्तो गरी पानी ढोकाको सामुन्‍ने खुला क्षेत्रमा भेला भए । तिनीहरूले परमप्रभुले इस्राएललाई आज्ञा दिनुभएको मोशाको व्यवस्थाको पुस्तक ल्याउन भनी शास्‍त्री एज्रालाई भने ।

  • 30तेस्रो दिनमा इस्राएलका मानिसहरू बेन्यामीनीहरूसँग लडे, र तिनीहरूले पहिलो दिनमा गरेझैं गिबाको विरुद्धमा त्यही स्थानबाट युद्ध गरे ।

  • न्या 21:1-2
    2 पदहरू
    70%

    1¶ इस्राएलका मानिसहरूले मिस्पामा एउटा प्रतिज्ञा गरेका थिए, “हामीहरूमध्ये कसैले पनि आफ्नी छोरीलाई बेन्यामीनीलाई विवाह गरेर दिनेछैनौं ।”

    2त्यसपछि मानिसहरू बेथेलमा गए र साँझसम्म परमेश्‍वरको सामुन्‍ने बसे, र तिनीहरू ठुलो स्वरले धरुधुरु रोए ।

  • 2यिनीहरू यहोशू र इस्राएलविरुद्ध युद्ध गर्न एउटै समूहमा सहभागी भए ।

  • 15तिनीहरू गिलादको मुलुकमा रूबेन, गाद र मनश्शेको आधा कुलकहाँ आए र तिनीहरूले तिनीहरूलाई भने,

  • 27इस्राएलीहरू पनि भेला भए, र अरामीहरूको विरुद्धमा लड्न तिनीहरूलाई खानेकुरा दिइयो । इस्राएलीहरूले तिनीहरूको सामुन्ने छाउनी हाले, र तिनीहरू बाख्राका दुईवटा स-साना बगालजस्तै थिए, जब कि अरामीहरूले पुरै मैदानलाई ढाकेका थिए ।

  • 33यत बेला सबै मिद्दानीहरू, अमालेकीहरू, र पूर्वका मानिसहरू एकसाथ भेला भए । तिनीहरूले यर्दन तरे र यिजरेलको बेसीमा छाउनी हाले ।

  • 11यहूदाका मानिसहरू र इस्राएलका मानिसहरू, एकसाथ भेला पारिनेछन् । तिनीहरूले आफ्ना निम्ति एक जना अगुवालाई नियुक्‍त गर्नेछन्, र तिनीहरू त्यस देशबाट माथितर्फ जानेछन् किनकि यिजरेलको दिन महान् हुनेछ ।

  • 38दानका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूको अभिलेखबाट लडाइँमा जान सक्‍ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए ।

  • 1¶ अब उही महिनाको चौबिसौँ दिनमा इस्राएलीहरू भेला भए । तिनीहरू उपवास बस्दै र भाङ्ग्रा लगाउँदै थिए, र तिनीहरूले आ-आफ्ना शिरमा धूलो हाले ।

  • 45यसैले लडाइँमा जान सक्‍ने बिस वर्ष र त्यसभन्दा माथिका इस्राएलका सबै पुरुषहरूको हरेकको आ-आफ्ना परिवार-परिवारअनुसार गन्ती गरियो ।

  • 24तब इस्राएलका मानिसहरूले त्यो ठाउँ छोडे, अनि हरेक व्‍यक्‍ति आ-आफ्नै कुल, र वंशमा र हरेक व्‍यक्‍ति आ-आफ्‍नै उत्तराधिकारको घरमा गए ।

  • 4परमप्रभुको खोजी गर्न यहूदाका मानिसहरू एकसाथ भेला भए । यहूदाका सबै सहरबाट तिनीहरू परमप्रभुको खोजी गर्न आए ।

  • 1¶ इस्राएलका मानिसहरूले यर्दन नदीको पारिपट्टि यरीहो नजिक मोआबको मैदानमा छाउनी नलगाएसम्म यात्रा गरे ।