भजनसंग्रह 99:6
मोशा र हारून उहाँका पुजारीमध्येका थिए, र शमूएल उहाँको नाउँ पुकारा गर्नेहरूमध्येका थिए । तिनीहरू परमप्रभुलाई पुकारा गरे र उहाँले तिनीहरूलाई जवाफ दिनुभयो ।
मोशा र हारून उहाँका पुजारीमध्येका थिए, र शमूएल उहाँको नाउँ पुकारा गर्नेहरूमध्येका थिए । तिनीहरू परमप्रभुलाई पुकारा गरे र उहाँले तिनीहरूलाई जवाफ दिनुभयो ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
6शमूएलले मानिसहरूलाई भने, “मोशा र हारूनलाई नियुक्त गर्नुहुने र तिमीहरूका पुर्खाहरूलाई मिश्रदेशबाट ल्याउनुहुने परमप्रभु नै हुनुहुन्छ ।
7त्यसो हो भने अब आफैलाई हाजिर गराऊ ताकि मैले तिमीहरू सँगै परमप्रभुका सबै धार्मिक कार्यहरूबारे उहाँको सामु निवेदन गर्नेछु जुन उहाँले तिमीहरू र तिमीहरूका पुर्खाहरूका निम्ति गर्नुभयो ।
7उहाँ तिनीहरूसँग बादलको खामोबाट बोल्नुभयो । उहाँले तिनीहरूलाई दिनुभएको उहाँका महत्त्वपूर्ण आज्ञाहरू र विधिहरू तिनीहरूले पालन गरे ।
4परमप्रभुले शमूएललाई बोलाउनुभयो, जसले भने, “म यहाँ छु ।”
5परमप्रभु हाम्रा परमेश्वरको स्तुति गर र उहाँको पाउदानमा आराधना गर । उहाँ पवित्र हुनुहुन्छ ।
8परमप्रभुले शमूएललाई फेरि तेस्रोपल्ट बोलाउनुभयो । फेरि शमूएल उठे र एलीकहाँ गए र भने, “म यहाँ छु, किनकि तपाईंले मलाई बोलाउनुभयो ।” तब परमप्रभुले त्यो केटोलाई बोलाउनुभएको थियो भनी एलीले महसुस गरे ।
9तब एलीले शमूएललाई भने, “जा र फेरि सुत । उहाँले तँलाई फेरि बोलाउनुभयो भने, तैंले यसो भन्, 'बोल्नुहोस्, हे परमप्रभु, किनकि तपाईंको दासले सुनिरहेको छ' ।” त्यसैले शमूएल गए र फेरि एकपल्ट तिनको आफ्नै ठाउँमा पल्टे ।
10परमप्रभु आउनुभयो र खडा हुनुभयो । उहाँले अरू समयमा झैं बोलाउनुभयो, “ए शमूएल, शमूएल ।” तब शमूएलले भने, “बोल्नुहोस्, किनकि तपाईंको दासले सुनिरहेको छ ।”
5तब शमूएलले भने, “सबै इस्राएललाई मिस्पामा भेला गर र म तिमीहरूका निम्ति परमप्रभुसँग प्रार्थना गर्नेछु ।”
16त्यसपछि एलीले शमूएललाई बोलाए र भने, “ए मेरो छोरो शमूएल ।” शमूएलले भने, “म यहाँ छु ।”
8त्यसपछि इस्राएलका मानिसहरूले शमूएललाई भने, “हाम्रो निम्ति परमप्रभुसँग पुकारा गर्न नछोड्नुहोस्, ताकि उहाँले हामीलाई पलिश्तीहरूका हातबट बचाउनुहुनेछ ।”
9शमूएलले दूधे थुमालाई लिए र यसलाई परमप्रभुको निम्ति पुरै होमबलिको रूपमा चढाए । तब शमूएलले इस्राएलको निम्ति परमप्रभुसँग पुकारा गरे र परमप्रभुले जवाफ दिनुभयो ।
17शमूएलले मानिसहरूलाई मिस्पामा परमप्रभुको सामु एकसाथ भेला गरे ।
1¶ तब परमप्रभुले मलाई भन्नुभयो, “मोशा र शमूएल मेरो सामु खडा भए तापनि म यी मानिसका पक्षमा खडा हुन्नँ । तिनीहरूलाई टाढा जानलाई मेरो सामुबाट तिनीहरूलाई हटाइदे ।
18त्यसैले शमूएलले परमप्रभुलाई पुकारा गरे । अनि त्यसै दिन परमप्रभुले गर्जन र झरी पठाउनुभयो । तब सबै मानिस परमप्रभु र शमूएलको भय धेरै भयो ।
31तर मोशाले तिनीहरूलाई डाके, अनि हारूनसाथै समुदायका सबै अगुवा तिनीकहाँ आए । तब मोशा तिनीहरूसित बोले ।
5यसैकारण मोशाले भनेअनुसार तिनीहरूले सबै कुरा भेट हुने पालमा ल्याए, र इस्राएलका सबै समुदाय परमप्रभुको सामु आई खडा भए ।
6अनि मोशाले भने, “परमप्रभुको महिमा तिमीहरूको सामु प्रकट होस् भनेर उहाँले तिमीहरूलाई आज्ञा गर्नुभएका कुरा यी नै हुन् ।”
19जब तुरहीको आवाज झनझन चर्को हुँदै गयो मोशा बोल्न लागे र परमप्रभुले तिनलाई सुन्ने गरी जवाफ दिनुभयो ।
6यसैले मोशा र हारून समुदायको सामु गए । तिनीहरू भेट हुने पालको प्रवेश-द्वारमा गए र घोप्टो परे । त्यहाँ परमप्रभुको उज्ज्वल महिमा देखा पर्यो ।
6परमप्रभुले फेरि बोलाउनुभयो, “ए शमूएल ।” फेरि शमूएल उठे र एलीकहाँ गए र भने, “म यहाँ छु, किनकि तपाईंले मलाई बोलाउनुभयो । एलीले जवाफ दिए, हे मेरो छोरो, मैले तँलाई बोलाइनँ । फेरि सुत ।”
5अनि मोशा र हारून इस्राएलका मानिसहरूका समुदायका सबै भेलाको सामु घोप्टो परे ।
49हारून र तिनका सन्तानहरूले वेदीमा होमबलिहरू, अनि महापवित्र स्थानमा हुने सबै कार्यको निम्ति धूप वेदीमा भेटीहरू चढाए । यी भेटीहरू इस्राएलका पापका लागि प्रायश्चित गर्नलाई परमेश्वरका दास मोशाका आज्ञाअनुसार यी सबै भेटीहरू चढाइए ।
15त्यसपछि मोशाले परमप्रभुलाई भने,
29तब मोशा र हारून गएर इस्राएलीहरूका सबै धर्म-गुरुलाई भेला गराए ।
26आफूले चुन्नुभएका आफ्ना सेवक मोशा र हारूनलाई उहाँले पठाउनुभयो ।
6तिमीहरू मेरा लागि पुजारीहरूका राज्य र पवित्र जाति हुनेछौ । तैँले यी वचनहरू इस्राएलका मानिसहरूलाई बताउनू ।”
7मोशा ओर्लेर आई मानिसहरूका धर्म-गुरुहरूलाई बोलाउन पठाए । परमप्रभुले तिनलाई भन्नुभएका सबै वचन तिनले तिनीहरूका सामु राखे ।
4उहाँले माथिको आकाशलाई र पृथ्वीलाई बोउनुहुन्छ, ताकि उहाँले आफ्ना मानिसहरूको न्याय गर्न सक्नुहुन्छ ।
21जब शमूएलले मानिसहरूको सबै कुरा सुने, तब तिनले ती परमप्रभुले सुन्ने गरी दोहोर्याए ।
9मोशाले हारूनलाई भने, “इस्राएलका सारा समुदायलाई भन्नुहोस्, 'परमप्रभुको नजिक आओ किनकि उहाँले तिमीहरूको गनगन सुन्नुभएको छ' ।”
4जब तिनी हेर्नलाई एकातिर गएको परमप्रभुले देख्नुभयो तब उहाँले पोथ्राबाट तिनलाई भन्नुभयो, “मोशा, ए मोशा ।” तिनले भने, “म यहीँ छु ।”
6परमप्रभुले आज्ञा गर्नुभएझैँ मोशा र हारूनले गरे ।
16छाउनीमा तिनीहरू परमप्रभुका पवित्र पुजारी मोशा र हारूनप्रति डाही बने ।
2अनि मानिसहरूले मोशासँग बिन्ती गरे । यसैले मोशाले परमप्रभुसँग प्रार्थना गरे, र आगो रोकियो ।
11उहाँका मानिसहरूले मोशाको प्राचीन समयको बारेमा विचार गरे । तिनीहरूले भने, “ परमेश्वर कहाँ हुनुहुन्छ जसले आफ्ना बथानका गोठालाहरूसँगै तिनीहरूलाई समुद्रबाट ल्याउनुभयो? परमेश्वर कहाँ हुनुहुन्छ जसले आफ्नो पवित्र आत्मा तिनीहरूका बिचमा राख्नुभयो?
24तिमीहरूले आफ्नो देवतालाई पुकार गर, र म परमप्रभुलाई पुकार्ने छु । जसले आगोद्वारा जवाफ दिनुहुन्छ उहाँ नै परमेश्वर हुनुहुने छ ।” सबै मानिसले भने, “यो असल कुरो हो ।”
3मोशा परमेश्वरकहाँ माथि उक्लेर गए । परमप्रभुले पर्वतबाट तिनलाई भन्नुभयो, “तैँले याकूबको घराना अर्थात् इस्राएलका मानिसहरूलाई यसो भन्नूः
6मैले परमप्रभुलाई भनें, “तपाईं मेरो परमेश्वर हुनुहुन्छ । दयाको निम्ति मेरो पुकारा सुन्नुहोस् ।”
3तिनीहरूले तपाईंको महान् र भयङ्कर नाउँको स्तुति गरून् । उहाँ पवित्र हुनुहुन्छ ।
9परमप्रभु हाम्रा परमेश्वरको स्तुति गर र उहाँको पवित्र पर्वतमा आराधना गर, किनकि परमप्रभु हाम्रा परमेश्वर पवित्र हुनुहुन्छ ।
27इस्राएलीहरूलाई मिश्रबाट बाहिर ल्याउन अनुमति दिइयोस् भनी हारून र मोशाले मिश्रका राजा फारोलाई भने । यी तिनै मोशा र हारून थिए ।
23मोशा र हारून भेट हुने पालभित्र पसेर बाहिर आए अनि मानिसहरूलाई आशिष् दिए, अनि परमप्रभुको महिमा सबै मानिसहरूको सामु प्रकट भयो ।
4त्यसपछि इस्राएलका सारा धर्म-गुरुहरू भेला भए र रामामा शमूएलकहाँ आए ।
6तर त्यसले शमूएललाई दुःख लाग्यो, जब तिनीहरूले भने, “हाम्रो न्याय गर्न हामीलाई एक जना राजा दिनुहोस् ।” त्यसैले शमूएलले परमप्रभुसँग प्रार्थना गरे ।
26दाऊदले त्यहाँ परमप्रभुको निम्ति एउटा वेदी बनाए र त्यसमाथि होमबलि र मेलबलि चढाए । तिनले परमप्रभुमा पुकारा गरे, जसले तिनलाई स्वर्गबाट होमबलिको वेदीमा आगो बर्साएर जवाफ दिनुभयो ।
6हे परमेश्वर, म तपाईंमा पुकार्छु, किनकि तपाईंले मलाई जवाफ दिनुहुन्छ । आफ्नो कान मतिर फर्काउनुहोस् र म बोल्दा सुन्नुहोस् ।