१ शमूएल 7:6

अनलक शाब्दिक बाइबल

तिनीहरू मिस्‍पामा भेला भए, पानी भरे र परमप्रभुको सामु खन्याए । त्यस दिन तिनीहरू उपवास बसे र भने, “हामीले परमप्रभुको विरुद्धमा पाप गरेका छौं ।” शमूएलले त्यहाँ नै इस्राएलका मानिसहरूको विवादहरूमा फैसला गरे अनि मानिसहरूलाई नेतृत्व गरे ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • न्या 10:10 : 10 तब इस्राएलका मानिसहरूले परमप्रभुलाई यसो भनेर पुकारा गरे, “हामीले तपाईंको विरुद्धमा पाप गरेका छौं, किनभने हामीले आफ्‍ना परमेश्‍वरलाई त्यागेका छौ र बाल देवताहरूको पुजा गरेका छौं ।”
  • १ शमू 1:15 : 15 हन्‍नाहले जवाफ दिईन्, “होइन, मेरा मालिक, म दुःखी आत्‍मा भएको स्‍त्री हुँ । मैले न दाखमद्य न त कडा मद्य नै पिएकी छु, तर मैले परमप्रभुको सामु मेरो मनको दुःख खन्याइरहेकी छु ।
  • २ शमू 14:14 : 14 किनकि हामी सबै नै मर्नुपर्छ र हामी जमिनमा पोखिएको पानीजस्तै छौं, जसलाई फेरि जम्‍मा पार्न सकिंदैन । तर परमेश्‍वरल जीवन लिनुहुने छैन । बरु, उहाँले धपाइएकाहरूलाई पुनर्स्थापना गर्ने कुनै उपाय खोज्नुहुन्छ ।
  • भजन 106:6 : 6 हाम्रा पुर्खाहरूले झैं हामीले पाप गरेका छौं । हामीले गल्ती गरेका छौं र हामीले खराबी गरेका छौं ।
  • विलाप 2:18-19 : 18 हे सियोनकी छोरीका पर्खालहरू हो, तिनीहरूका हृदयले परमप्रभुलाई पुकारे । दिनरात नदीझैँ तेरा आँसु बगा । कत्ति पनि विश्राम नले; तेरा आँखालाई विश्राम नदे । 19 रातको हरेक पहरको सुरुमा उठेर चिच्‍च्या । परमप्रभुको मुहारको सामुन्‍ने तेरो हृदय पानीझैँ खन्या । हरेक सडकको कुनामा भोकले मुर्छा पर्ने तेरा बालबच्‍चाका प्राणको लागि तेरा हात उहाँतिर उठा ।
  • यो 2:12 : 12 परमप्रभु भन्‍नुहुन्छ “अहिले पनि, आफ्‍ना सारा हृदयले मकाहाँ फर्क । उपवास बस, रोओ, र विलाप गर ।”
  • भजन 62:8 : 8 ए मानिसहरू हो, सबै समय उहाँमा भरोसा गर । उहाँमा आफ्नो हृदय पोखाओ । परमेश्‍वर हाम्रो शरणस्‍थान हुनुहुन्छ । सेला
  • लू 15:18 : 18 म यस ठाउँलाई छोडेर मेरा बुबाकहाँ जानेछु, र उहाँलाई भन्‍नेछु, ‘बुबा, मैले स्वर्गको विरुद्धमा र तपाईंको दृष्‍टिमा पाप गरेको छु ।
  • १ राजा 8:47 : 47 र तिनीहरू निर्वासित भएर अर्कै देशमा लगिएका रहेछन् भनी तिनीहरूले थाहा पाएपछि तिनीहरूले पश्चात्ताप गरेर तिनीहरूलाई निर्वासित गर्नेहरूको देशबाट तिनीहरूले तपाईंको निगाह खोजेका छन् र तिनीहरूले 'हामीले बाटो बिराई पाप गरेका छौँ, हामीले दुष्टतापूर्वक व्यवहार गरेका छौँ'
  • २ इति 20:3 : 3 यहोशापात डराए र परमप्रभुको खोजी गर्न अलग्‍गै गए । यहूदाभरि तिनले उपवासको घोषणा गरे ।
  • एज्रा 8:21-23 : 21 त्यसपछि परमप्रभुको सामु आफैलाई विनम्र तुल्याउन, र हामी, हाम्रा बालबच्‍चा अनि हाम्रा सबै सम्पत्तिको लागि सोझो मार्गको खोजी गर्न मैले अहावा नहरमा उपवासको घोषणा गरें । 22 बाटोमा शत्रुहरूबाट हाम्रो रक्षा गर्नका लागि राजासँग सेना वा घोडचढीहरू माग्‍न म लजाएँ किनकि हामीले राजालाई भनेका थियौं, 'हाम्रा परमेश्‍वरको खोजी गर्ने सबैमाथि सदाको लागि उहाँको हात रहेको हुन्छ, तर उहाँलाई त्याग्‍नेहरू सबैमाथि उहाँको शक्ति र क्रोध पर्छ ।' 23 त्यसैले यस विषयमा हामीले उपवास बस्‍यौं, र परमेश्‍वरको खोजी गर्‍यौं, अनि हामीले उहाँलाई बिन्ती चढायौं ।
  • एज्रा 9:5-9 : 5 तर साँझको बलिदानको समयमा आफ्‍नो च्यातिएकै लुगा र खास्टोमा विनम्र भएकै अवस्थामा म उठें, र घुँडा टेकें अनि परमप्रभु मेरा परमेश्‍वर हुनुभएतिर आफ्ना हात फैलाएँ । 6 मैले भने, “हे मेरा परमेश्‍वर, मेरो अनुहार तपाईंकहाँ उठाउन म लज्‍जित र अयोग्‍य भएको छु, किनकि हाम्रा अपराध हाम्रा शिरमाथि पुगेका छन्, र हाम्रा दोष स्वर्गसम्मै पुगेका छन् । 7 हाम्रा पुर्खाहरूको समयदेखि अहिलेसम्म हामी ठुलो दोषमा छौं । हाम्रा अपराधहरूको कारणले हामी, हाम्रा राजाहरू, हाम्रा पुजारीहरूलाई यस संसारका राजाहरूका हातमा, तरवारको धारमा, निर्वासनमा, लुट र बेइज्‍जतको लागि सुम्पिदियो जस्तो आज हामी छौं । 8 तरै पनि अब परमप्रभु हाम्रा परमेश्‍वरले केही जीवित रहेकाहरूलाई हामीकहाँ दिएर र आफ्नो पवित्रस्थानमा सुरक्षित ठाउँ दिएर हामीलाई छोटो समयको लागि भए पनि कृपा देखाउनुभएको छ । हाम्रा आँखा खोल्न र हाम्रो दासत्वमा हामीलाई थोरै राहत दिन परमेश्‍वरले यसो गर्नुभयो । 9 हामी दासहरू हौं, तर हाम्रा परमेश्‍वरले हामीलाई बिर्सनुभएको छैन, तर हामीसम्म करारको विश्‍वासनीयता फैलाउनुभएको छ । हामीले हाम्रा परमेश्‍वरको मन्दिर पुनर्निर्माण गर्न सकौं र यसका भग्‍नावशेषहरूलाई उठाउन सकौं भनेर हामीलाई नयाँ शक्ति प्रदान गर्न उहाँले फारसका राजाको दृष्‍टिमा यसो गर्नुभएको छ । उहाँले हामीलाई यहूदा र यरूशलेममा सुरक्षाको पर्खाल दिनलाई उहाँले यसो गर्नुभयो । 10 तर अब हे हाम्रा परमेश्‍वर, यसपछि हामी के भन्‍न सक्‍छौं र? हामीले तपाईंका आज्ञाहरू भुलेका छौं ।
  • नहे 9:1-3 : 1 ¶ अब उही महिनाको चौबिसौँ दिनमा इस्राएलीहरू भेला भए । तिनीहरू उपवास बस्दै र भाङ्ग्रा लगाउँदै थिए, र तिनीहरूले आ-आफ्ना शिरमा धूलो हाले । 2 इस्राएलका सन्तानहरूले सबै परदेशीबाट आफूलाई अलग गरे । तिनीहरू खडा भएर आफ्ना पापसाथै तिनीहरूका पुर्खाहरूका दुष्‍ट कामहरू स्वीकार गरे । 3 तिनीहरू आ-आफ्ना ठाउँमा खडा भए, र पहिलो एक पहरचाहिँ तिनीहरूले परमप्रभु तिनीहरूका परमेश्‍वरको व्यवस्थाको पुस्तकबाट पढे । अर्को पहरमा तिनीहरूले परमप्रभु तिनीहरूका परमेश्‍वरको सामु पाप स्वीकार गर्दै र दण्डवत् गर्दै थिए ।
  • नहे 9:27 : 27 त्यसैले तपाईंले तिनीहरूलाई तिनीहरूका शत्रुहरूका हातमा सुम्पिदिनुभयो जसले तिनीहरूलाई सताए । तिनीहरूको दुःखकष्‍टको समयमा तिनीहरूले तपाईंलाई पुकारे, र तपाईंले स्वर्गबाट तिनीहरूको कुरा सुन्‍नुभयो । तपाईंको महान् कृपाको कारण तपाईंले छुटकारा दिनेहरू पठाउनुभयो जसले तिनीहरूलाई तिनीहरूका शत्रुहरूका हातबाट छुटकारा दिए ।
  • अय्यू 16:20 : 20 मेरा मित्रहरूले मलाई खिसी गर्छन्, तर मेरो आँखाले परमेश्‍वरमा आँसु बगाउँछ ।
  • अय्यू 33:27 : 27 तब त्यो व्यक्तिले अरू मानिसहरूको सामु गाउनेछ र यसो भन्‍नेछ, 'मैले पाप गरें, र ठिक कुरालाई बङ्ग्याएँ, तर मेरो पापको दण्ड दिइएन ।
  • अय्यू 40:4 : 4 “हेर्नुहोस्, म नगण्य छु । मैले तपाईंलाई कसरी जवाफ दिन सक्छु र? म आफ्‍नो हातलाई आफ्‍नो मुखमा राख्छु ।
  • अय्यू 42:6 : 6 त्यसैले म आफैलाई हीन ठान्‍छु । धूलो र खरानीमा बसेर म पश्‍चात्ताप गर्छु ।”
  • भजन 6:6 : 6 मेरो सुस्‍केराले म थकित छु । सारा रात आँशुले म आफ्‍नो ओछ्यान भिजाउँछु । म आफ्‍नो पलङ्ग मेरो आँशुले धुन्छु ।
  • भजन 38:3-8 : 3 तपाईंको रिसको कारणले मेरो सम्‍पूर्ण शरीर बिरामी छ । मेरो पापको कारणले मेरा हाडहरू स्वस्थ्य छैनन् । 4 किनकि मेरा अधर्महरूले मलाई व्याकुल बनाउछन् । ती मेरो निम्ति ज्‍यादै गह्रौं भारी हुन् । 5 मेरा मूर्खतापूर्ण पापहरूका कारणले मेरा घाउहरू सडेका र दुर्गन्धित भएका छन् । 6 म कुप्रिन्‍छु र हरेक दिन अपमानित हुन्छु । म दिनभरि विलाप गरिरहन्‍छु । 7 किनकि जलनले मलाई भरेको छ । मेरो शरीर स्वस्थ्य छैन । 8 म स्तब्ध र पूर्ण रूपमा चूर्ण छु । मेरो हृदयको वेदनाको कारणले म सुस्‍केरा हाल्‍छु ।
  • भजन 42:3 : 3 दिनरात मेरा आँशु मेरो खानेकुरा भएका छन्, मेरा शत्रुहरूले मलाई सधैं यसो भन्‍छन्, “तेरो परमेश्‍वर खोइ कहाँ छन्?”
  • योना 3:1-9 : 1 ¶ परमप्रभुको वचन योनाकहाँ दोस्रो पटक यसो भनेर आयो, 2 “उठ्‍, र त्यस ठुलो सहर निनवेमा जा र त्‍यसलाई दिनलाई मैले तँलाई आज्ञा गरेको सन्देश घोषणा गर् ।” 3 यसैले योना उठे र परमप्रभुको वचनमा आज्ञाकारी भएर निनवेमा गए । त्‍यस बेला निनवे अत्यन्‍तै ठुलो सहर थियो । त्यहाँ पुग्‍न तिन दिनको यात्रा गर्नुपर्थ्‍यो । 4 योना सहरभित्र प्रवेश गर्न थाले र एक दिनको यात्रापछि उनले कराए र यसो भने, “अबको चालीस दिनमा निनवे नाश हुनेछ ।” 5 निनवेका मानिसहरूले परमेश्‍वरलाई विश्‍वास गरे र तिनीहरूले उपवासको घोषणा गरे । तिमध्‍ये ठुलादेखि लिएर सानासम्म सबैले भाङ्‍ग्रा लगाए । 6 त्यो खबर चाँडै नै निनवेका राजाकहाँ पुग्‍यो । तिनी आफ्ना सिंहासनबाट उठे, आफ्नो वस्‍त्र उतारे, आफूलाई भाङ्‍ग्रा ढाके, र खरानीमा बसे । 7 तिनले एउटा यस्तो घोषणाको सन्‍देश पठाए, “निनवेमा, राजा र भारदारहरूको अधिकारले, कुनै मानिस वा गाईबस्‍तु वा भेडाबाख्राले कुनै कुरा खानेछैनन् । तिनीहरूले खाना नखाऊन्, न पानी पिऊन् । 8 तर मानिस र पशु दुबैले भाङ्‍ग्राले ढाकून्, र तिनीहरूले ठुलो सोरले परमेश्‍वारमा पुकारा गरून् । हरेक व्‍यक्‍ति आफ्ना दुष्‍ट मार्ग र आफ्ना हातले हिंसात्‍मक कामबाट फर्कून् । 9 कसलाई जान्‍दछ? परमेश्‍वर नरम बन्‍न र आफ्नो मनलाई बद्लन र आफ्नो भयङ्कर क्रोधबाट फर्कन सक्‍नुहुन्‍छ, जसले गर्दा हामी नष्‍ट हुनेछैनौं ।” 10 तिनीहरूले जे गरे त्‍यो परमेश्‍वरले देख्‍नुभयो । यसरी तिनीहरू आफ्ना दुष्‍ट मार्गहरूबाट फर्के । यसैले परमेश्‍वरले तिनीहरूलाई दिन्‍छु भन्‍नुभएको दण्डको बारेमा उहाँले आफ्नो मन परिवर्तन गर्नुभयो, र उहाँले त्यसो गर्नुभएन ।
  • लैव्य 26:40 : 40 तर यदि तिनीहरूले आफ्ना र आफ्ना पुर्खाहरूका पाप, मप्रति विश्‍वासहीन भएर गरेका विद्रोह, र मेरो विरुद्धको हिँडाइलाई स्वीकारे भने-
  • न्या 3:10 : 10 परमप्रभुको आत्माले उनलाई शक्ति दिनुभयो, र उनले इस्राएलको न्याय गरे र उनी युद्धमा गए । परमप्रभुले उनलाई अरामका राजा कूशन-रिशातैममाथि विजय दिनुभयो । ओत्‍निएलका हातले नै कूशन-रिशातैमलाई परास्त गरे ।
  • विलाप 3:49 : 49 मेरा आँखाबाट नरोकिकन, विश्राम नगरीकन आँसु बहन्छ,
  • यहे 20:4 : 4 के तँ तिनीहरूको न्‍याय गर्नेछस्? ए मानिसको छोरो, के तँ तिनीहरूको न्‍याय गर्नेछस्‌? तिनीहरूका आफ्‍ना पुर्खाहरूका घिनलाग्‍दा कामको बारेमा तिनीहरूलाई जानकारी दे ।
  • दानी 9:3-5 : 3 उपवाससहित प्रार्थना र बिन्ती गर्न, भाङ्ग्रा लगाउँदै र खरानीमा बस्‍दै परमप्रभु परमेश्‍वरको खोजी गर्न मैले आफ्‍नो अनुहार उहाँतर्फ फर्काएँ । 4 परमप्रभु आफ्‍नो परमेश्‍वरसँग मैले प्रार्थना गरें, अनि मैले हाम्रा पापहरू स्वीकारें । मैले भनें, “कृपया, हे परमप्रभु, तपाईं महान् र भययोग्य परमेश्‍वर हुनुहुन्छ, तपाईंले आफ्नो करारको पालन गर्नुहुन्छ र तपाईंलाई प्रेम गर्ने र तपाईंका आज्ञाहरू मान्‍नेलाई प्रेम गर्न तपाईं विश्‍वासयोग्य हुनुहुन्छ । 5 हामीले पाप गरेका छौं र गलत काम गरेका छौं। हामीले दुष्‍टतापुर्वक काम गरेका छौं र तपाईंका आज्ञा र विधिहरूबाट तर्केर हामीले बागी भएका छौं।
  • भजन 119:136 : 136 मेरा आँखाहरूबाट आँसुका बलिन्द्र धारा बग्छन् किनभने मानिसहरूले तपाईंको व्यवस्था पालन गर्दैनन् । साधे
  • यिर्मि 3:13-14 : 13 तेरो अधर्मलाई स्वीकार गर्, किनकि परमप्रभु तेरा परमेश्‍वरको विरुद्धमा तैंले अपराध गरेको छस्, हरेक झ्याम्म परेको रुखमुनि तैंले परदेशीहरूसित तेरा मार्गहरू बाँडेको छस् । किनकि तैंले मेरो कुरा सुनेको छैनस्, यो परमप्रभुको घोषणा हो । 14 'ए विश्‍वासहीन जाति, फर्की' यो परमप्रभुको घोषणा हो, 'म तेरा पति हुँ ।' सहरबाट एक जना र एउटा परिवारबाट दुई जना गरी म तँलाई लिनेछु र म तँलाई सियोनमा ल्याउनेछु ।
  • यिर्मि 9:1 : 1 ¶ मेरो शिरले पानी उत्पादन गर्न सके हुन्‍थ्‍यो र मेरा आँखा आँसुको फुहारा भए हुन्‍थ्‍यो! किनकि मेरा मानिसहरूका छोरीको बिचमा मारिएकाहरूका निम्ति म दिनरात रुने इच्‍छा गर्छु ।
  • यिर्मि 31:19 : 19 किनकि म तपाईंकहाँ फर्केपछि म दुःखित भएँ । मलाई तालिम दिइएपछि मैले आफ्नो तिघ्रामा हिर्काएँ । म लज्‍जित र अपमानित भएँ, किनकि मैले आफ्‍नो युवावस्थाको दोष बोकेको छु ।'
  • विलाप 2:11 : 11 तिनीहरूको आँसुले मेरा आँखा टट्टाइसक्यो । मेरो पेट हुँडल्छ । मेरा मानिसहरूकी छोरीको विनाशको कारण मेरा मेरो हृदय छियाछिया भयो । बालबच्‍चा र दुधे बालकहरू सहरका सडकहरूमा मुर्छा खान्छन् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 5तब शमूएलले भने, “सबै इस्राएललाई मिस्‍पामा भेला गर र म तिमीहरूका निम्ति परमप्रभुसँग प्रार्थना गर्नेछु ।”

  • 17शमूएलले मानिसहरूलाई मिस्‍पामा परमप्रभुको सामु एकसाथ भेला गरे ।

  • १ शमू 7:7-12
    6 पदहरू
    79%

    7जब इस्राएलका मानिसहरू मिस्पामा भला भएका छन् भन्‍ने पलिश्तीहरूले सुने, पलिश्तीहरूका शासकहरूले इस्राएललाई आक्रमण गरे । जब इस्राएलका मानिसहरूले यो सुने, तिनीहरू पलिश्तीहरूसँग डराए ।

    8त्यसपछि इस्राएलका मानिसहरूले शमूएललाई भने, “हाम्रो निम्ति परमप्रभुसँग पुकारा गर्न नछोड्नुहोस्, ताकि उहाँले हामीलाई पलिश्तीहरूका हातबट बचाउनुहुनेछ ।”

    9शमूएलले दूधे थुमालाई लिए र यसलाई परमप्रभुको निम्ति पुरै होमबलिको रूपमा चढाए । तब शमूएलले इस्राएलको निम्ति परमप्रभुसँग पुकारा गरे र परमप्रभुले जवाफ दिनुभयो ।

    10शमूएलले होमबलि चढाउँदै गर्दा पलिश्तीहरू इस्राएललाई आक्रमण गर्न आए । तर त्यस दिन पलिश्तीहरूको विरुद्धमा ठुलो गर्जनसहित परमप्रभु गर्जनुभयो र तिनीहरूलाई गोलमालमा पार्नुभयो, र तिनीहरू इस्राएलको सामुबाट भागे ।

    11इस्राएलका मानिसहरू मिस्पाबाट गए र तिनीहरूले पलिश्तीहरूलाई लखेटे र उनीहरूलाई बेथ-करको मुनिसम्म मारे ।

    12त्यसपछि शमूएलले एउटा ढुङ्गा लिए र मिस्पा र शेनको बिचमा त्‍यो खडा गरे । तिनले यसो भने, “परमप्रभुले हामीलाई यहाँसम्म सहायता गर्नुभएको छ ।”

  • 26त्यसपछि इस्राएलका सबै सेना र सबै मानिसहरू बेथेलमा उक्ले र रोए, र तिनीहरू परमप्रभुको अगि बसे र तिनीहरू त्यस दिन साँझसम्म उपवास बसे र परमप्रभुलाई होमबलि र मेलबलि चढाए ।

  • १ शमू 7:15-17
    3 पदहरू
    72%

    15शमूएलले आफ्‍नो जीवनकालभरि नै इस्राएलको न्याय गरे ।

    16तिनी हरेक वर्ष बेथेल, गिलगाल र मिस्पाको फेरो मार्थे । यी सबै ठाउँहरूमा इस्राएलका निम्ति तिनले झगडाहरूको फैसला गर्थे ।

    17त्यसपछि तिनी रामामा फर्कन्थे, किनभने तिनको घर त्यहाँ थियो । अनि त्यहाँ पनि तिनले इस्राएलका निम्ति झगडाको फैसला गर्थे । तिनले त्यहाँ परमप्रभुको निम्ति एउटा वेदी पनि निर्माण गरे ।

  • न्या 10:15-17
    3 पदहरू
    72%

    15इस्राएलका मानिसहरूले परमप्रभुलाई भने, “हामीले पाप गरेका छौं । तपाईंलाई जे असल लाग्छ त्यही हामीलाई गर्नुहोस् । कृपागरी आजको दिन मात्र हामीलाई बचाइदिनुहोस् ।”

    16तिनीहरूले आफ्ना बिचमा भएका विदेशी देवताहरू त्यागे र परमप्रभुको आराधना गरे । तब परमप्रभुले इस्राएलको दुःखलाई अरू बढी सहन सक्‍नुभएन ।

    17अनि अम्मोनीहरू एकसाथ भेला भए र गिलादमा छाउनी हाले । इस्राएलीहरू एकसाथ भेला भए र मिस्पामा आफ्नो छाउनी हाले ।

  • 1¶ त्यसपछि दानदेखि बेर्शेबासम्मका इस्राएलका मानिसहरू र गिलादको भूमिबाट समेत सबै एक भएर निस्के र परमप्रभुको अगि मिस्पामा एकसाथ भेला भए ।

  • नहे 9:1-2
    2 पदहरू
    71%

    1¶ अब उही महिनाको चौबिसौँ दिनमा इस्राएलीहरू भेला भए । तिनीहरू उपवास बस्दै र भाङ्ग्रा लगाउँदै थिए, र तिनीहरूले आ-आफ्ना शिरमा धूलो हाले ।

    2इस्राएलका सन्तानहरूले सबै परदेशीबाट आफूलाई अलग गरे । तिनीहरू खडा भएर आफ्ना पापसाथै तिनीहरूका पुर्खाहरूका दुष्‍ट कामहरू स्वीकार गरे ।

  • 4त्यसपछि इस्राएलका सारा धर्म-गुरुहरू भेला भए र रामामा शमूएलकहाँ आए ।

  • 10तिनीहरूले परमप्रभुलाई पुकारा गरे र भने, 'हामीले पाप गरेका छौं, किनभने हामीले परमप्रभुलाई त्यागेका छौं र बाल र अश्तोरेत देवताहरूको सेवा गरेका छौं । तर अब हामीलाई हाम्रा शत्रुहरूका हातबाट छुटकारा दिनुहोस् र हामीले तपाईंको सेवा गर्नेछौं ।’

  • न्या 21:1-2
    2 पदहरू
    70%

    1¶ इस्राएलका मानिसहरूले मिस्पामा एउटा प्रतिज्ञा गरेका थिए, “हामीहरूमध्ये कसैले पनि आफ्नी छोरीलाई बेन्यामीनीलाई विवाह गरेर दिनेछैनौं ।”

    2त्यसपछि मानिसहरू बेथेलमा गए र साँझसम्म परमेश्‍वरको सामुन्‍ने बसे, र तिनीहरू ठुलो स्वरले धरुधुरु रोए ।

  • १ शमू 8:6-7
    2 पदहरू
    70%

    6तर त्‍यसले शमूएललाई दुःख लाग्‍यो, जब तिनीहरूले भने, “हाम्रो न्याय गर्न हामीलाई एक जना राजा दिनुहोस् ।” त्यसैले शमूएलले परमप्रभुसँग प्रार्थना गरे ।

    7परमप्रभुले शमूएललाई भन्‍नुभयो, “मानिसहरूले तँलाई भनेका तिनीहरूका सबै कुरा पालन गर् । किनकि तिनीहरूले तँलाई इन्कार गरेका होइनन्, तर तिनीहरूमाथि राजा हुनबाट तिनीहरूले मलाई इन्कार गरेका छन् ।

  • १ शमू 12:17-19
    3 पदहरू
    69%

    17के आज गहुँ कटानीको समय होइन? म परमप्रभुलाई पुकार्छु ताकि उहाँले गर्जन र झरी पठाउनुहुनेछ । तब तिमीहरूको दुष्‍टता माहन् छ भनी तिमीहरूले जान्‍ने र देख्‍नेछौ, जुन तिमीहरूले आफ्नो निम्ति राजा मागेर परमप्रभुको दृष्‍टिमा गरेका छौ ।”

    18त्यसैले शमूएलले परमप्रभुलाई पुकारा गरे । अनि त्यसै दिन परमप्रभुले गर्जन र झरी पठाउनुभयो । तब सबै मानिस परमप्रभु र शमूएलको भय धेरै भयो ।

    19तब सबै मानिसले शमूएललाई भने, “तपाईंका सेवकहरूका निम्ति परमप्रभु आफ्‍ना परमेश्‍वरसँग प्रार्थना गरिदिनुहोस्, ताकि हामी मर्नेछैनौं । किनकि हामीले आफ्‍नो निम्ति राजा मागेर हाम्रा सबै पापमाथि यो दुष्‍टता थपेका छौं ।

  • 10तब इस्राएलका मानिसहरूले परमप्रभुलाई यसो भनेर पुकारा गरे, “हामीले तपाईंको विरुद्धमा पाप गरेका छौं, किनभने हामीले आफ्‍ना परमेश्‍वरलाई त्यागेका छौ र बाल देवताहरूको पुजा गरेका छौं ।”

  • 21जब शमूएलले मानिसहरूको सबै कुरा सुने, तब तिनले ती परमप्रभुले सुन्‍ने गरी दोहोर्‍याए ।

  • १ शमू 13:11-12
    2 पदहरू
    68%

    11त्यसपछि शमूएलले भने, “तपाईंले यो के गर्नुभएको?” शाऊलले जवाफ दिए, “जब मानिसहरूले मलाई छोडिरहेको मैले देखें र तोकिएको समयभित्र तपाईं आउनुभएन र पलिश्तीहरू मिकमाशमा भेला भएका थिए,

    12मैले भने, 'अब पलिश्तीहरू गिलगालमा मेरो विरुद्धमा आउनेछन् र मैले परमप्रभुको निगाह खोजेको छैन ।' त्यसैले होमबलि चढाउन मैले आफैलाई दवाव दिएँ ।”

  • 3शमूएलले इस्राएलका सारा घरानालाई भने, “तिमीहरू आफ्ना सारा हृदयले परमप्रभुतिर फर्किन्छौ, विदेशी देवताहरू र अश्तोरेतलाईतिमीहरूका माझबाट हटाउँछौ, आफ्‍नो हृदयलाई परमप्रभुतिर फर्काउँछौ र उहाँको मात्र आराधना गर्छौ भने, उहाँले तिमीहरूलाई पलिश्‍तीहरूको हातबाट छुटकारा दिनुहुनेछ ।”

  • 30त्यसपछि शाऊलले भने, “मैले पाप गरेको छु । तर कृपया मेरा मानिसहरूका धर्म-गुरुहरूका सामु र इस्राएलको सामु मेरो इज्‍जत गर्नुहोस् । फेरि मसँग फर्कनुहोस्, ताकि मैले परमप्रभु तपाईंका परमेश्‍वरको आराधना गर्न सकूँ ।

  • न्या 21:4-6
    3 पदहरू
    68%

    4भोलिपल्‍ट मानिसहरू बिहान सबेरै उठे र त्यहाँ एउटा वेदी बनाए र होमबलिहरू र मेलबलिहरू चढाए ।

    5इस्राएलका मानिसहरूले भने, “परमप्रभुको सभामा इस्राएलका कुलमध्ये कुनचाहिं आएन?” किनकि मिस्पामा परमप्रभुकहाँ नआउनेको बारेमा तिनीहरूले एउटा महत्त्वपूर्ण निर्णय गरेका थिए । तिनीहरूले भने, “त्यो निश्‍चय नै मारिनेछ ।”

    6इस्राएलका मानिसहरूमा तिनीहरूका दाजुभाइ बेन्यामिनीहरू प्रति दया जाग्यो । तिनीहरूले भने, “आज इस्राएलबाट एउटा कुल बाहिरिएको छ ।

  • 12तिनीहरूले शाऊल, उनका छोरा जोनाथन, परमप्रभुका मानिसहरू र इस्राएलको घरानाको निम्ति विलाप गरे, रोए र साँझसम्म उपवास बसे, किनभने तिनीहरू तरवारद्वारा नाश भएका थिए ।

  • 1¶ परमप्रभुको दृष्‍टिमा जे खराब थियो इस्राएलीहरूले त्यही गरे, र उहाँले तिनीहरूलाई सात वर्षसम्‍म मिद्यानीका हातमा सुम्पिदिनुभयो ।

  • 38तब शाऊलले भने, “मानिसहरूका सबै अगुवाहरू यहाँ आओ । आज यो पाप कसरी गरियो सिक र हेर ।

  • 14पवित्र उपवासको घोषणा गर, र पवित्र सभा आव्‍हान गर । परमप्रभु आफ्‍ना परमेश्‍वरको मन्‍दिरमा देशका सबै धर्मगुरुहरू र बासिन्दाहरूलाई भेला गराओ र, अनि परमप्रभुमा पुकार ।

  • 25“एक जना मानिसले अर्काको विरुद्ध पाप गर्‍यो भने, परमेश्‍वरले उसको न्याय गर्नुहुन्‍छ, तर मानिसले परमप्रभुको विरुद्ध पाप गर्छ भने, उसको निम्ति कसले बोलिदिन्छ?” तर तिनीहरूले आफ्‍ना बुबाको कुरा सुनेनन्, किनभने परमप्रभुले तिनीहरूलाई मार्ने इच्छा गर्नुभयो ।

  • 11यसैले यिप्‍ता गिलादका अगुवाहरूसँग गए, र मानिसहरूले तिनलाई आफूमाथि अगुवा र कमाण्‍डर बनाए । जब यिप्‍ता मिस्पामा परमप्रभुको सामु थिए, तब तिनले आफूले गरेका सबै प्रतिज्ञाहरू दोहोर्‍याए ।

  • 7इस्राएलीहरूले आफूलाई मिश्रदेशका राजा फारोको हातबाट छुटाउनुहुने, तिनीहरूलाई मिश्रदेशबाट ल्याउनुहुने परमप्रभु आफ्‍ना परमेश्‍वरको विरुद्धमा पाप गरेका हुनाले यसरी तिनीहरू बन्‍दी भए । यी मानिसहरूले अरू देवताहरूको पुजा गरिरहेका थिए,

  • 26जब तपाईंका मानिसले तपाईंको विरुद्धमा पाप गरेको कारणले आकाश बन्‍द भएर पानी परेको छैन— अनि तिनीहरूले यस ठाउँतर्फ फर्केर तपाईंले तिनीहरूलाई दु:ख दिनुभएको कारणले तपाईंको नाउँ स्‍वीकार गर्छन् र आफ्‍ना पाप त्‍यागेर यस मन्दिरमा तपाईंको अगाडि प्रार्थना गर्छन् भने—

  • 6तब इस्राएलका शासकहरू र राजाले आफूलाई विनम्र बनाए र भने, “परमप्रभु धर्मी हुनुहुन्‍छ ।”

  • 7जब मिद्दानीहरूका कारणले इस्राएलका मानिसहरूले परमप्रभुलाई पुकारा गरे,

  • 1¶ सम्‍पूर्ण इस्राएलभरि शामूएलले वचन दिए । यति बेला इस्राएल पलिश्तीहरूका विरुद्धमा लडाइँ गर्न गयो । तिनीहरूले एबेन-एजेरमा छाउनी हाले र पलिश्‍तीहरूले अपेकमा छाउनी हाले ।

  • 4ती दूतहरू गिबामा आए जहाँ शाऊल बस्थे र जे भएको थियो सो मानिसहरूलाई भने । सबै मानिसहरू धुरुधुरु रोए ।

  • 24तब शाऊलले शमूएललाई भने, “मैले पाप गरेको छु । किनकि मैले परमप्रभुको आज्ञा र तपाईंको वचन तोडेको छु, किनभने म मानिसहरूदेखि डराएको थिएँ र मैले तिनीहरूको कुरा मानें ।

  • 19तर तिमीहरूका सबै विपत्तिहरू र तिमीहरूका कष्‍टबाट बचाउनुहुने तिमीहरूका परमेश्‍वरलाई आज तिमीहरूले इन्कार गरेका छौ । अनि तिमीहरूले उनलाई भनेका छौ, हामीमाथि एक जना राजा खडा गर्नुहोस् ।' अब आ-आफ्ना वंशअनुसार र कुलअनुसार आफैलाई परमप्रभुको सामु प्रस्तुत गर ।”