१ शमूएल 14:38

अनलक शाब्दिक बाइबल

तब शाऊलले भने, “मानिसहरूका सबै अगुवाहरू यहाँ आओ । आज यो पाप कसरी गरियो सिक र हेर ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • १ शमू 10:19-20 : 19 तर तिमीहरूका सबै विपत्तिहरू र तिमीहरूका कष्‍टबाट बचाउनुहुने तिमीहरूका परमेश्‍वरलाई आज तिमीहरूले इन्कार गरेका छौ । अनि तिमीहरूले उनलाई भनेका छौ, हामीमाथि एक जना राजा खडा गर्नुहोस् ।' अब आ-आफ्ना वंशअनुसार र कुलअनुसार आफैलाई परमप्रभुको सामु प्रस्तुत गर ।” 20 त्यसैले शमूएलले इस्राएलका सबै कुललाई नजिक ल्याए र बेन्यामीनको कुल चुनियो ।
  • २ शमू 18:3 : 3 तर मानिसहरूले भने, “तपाईं युद्धमा जानु हुँदैन, किनकि भाग्यौं भने, तिनीहरूले हाम्रो वास्‍ता गर्ने छैनन् वा हामी आधा नै मरे पनि तिनीहरूले वास्‍ता गर्ने छैनन् । तर तपाईं त हामीजस्‍ता दश हजार बराबर हुनुहुन्छ! यसकारण तपाईं हामीलाई सहरबाट नै सहायता गर्न तयार हुनुहोस् ।”
  • भजन 47:9 : 9 मानिसहरूका शासकहरू अब्राहामका परमेश्‍वरका मानसिहरूकहाँ एकसाथ भेला भएका छन्, किनकि पृथ्वीको ढाल परमेश्‍वरकै हो । उहाँ अति उच्‍च हुनुहुन्छ ।
  • जक 10:4 : 4 कुने-ढुङ्गो यहूदाबाट आउनेछ । पालको कीला त्यसबाट आउनेछ, अनि युद्धको धनु र हरेक शासक एकसाथ त्यसैबाट आउनेछ ।
  • मत्त 21:42 : 42 येशूले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरूले कहिल्यै धर्मशास्‍त्रमा पढेनौ, ‘जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्ध गरे त्यहीचाहिँ कुनाको शिर ढुङ्गो बन्यो । यो परमप्रभुबाट भएको हो, अनि हाम्रो दृष्‍टिमा यो आश्‍चर्यपूर्ण छ? ’
  • एफिसी 2:20 : 20 तिमीहरू प्रेरित र अगमवक्ताहरूको जग माथि बसालेर निर्माण गरिएका हौ । ख्रीष्‍ट येशू आफैँ कुने-ढुङ्गो हुनुहुन्छ ।
  • गिन 24:17 : 17 म उहाँलाई देख्‍छु, तर उहाँ अहिले यहाँ हुनुहुन्‍न । म उहाँलाई हेर्छु, तर उहाँ नजिक हुनुहुन्‍न । याकूबबाट एउटा तारा निस्की आउने छ र इस्राएलबाट राजदण्डको उदय हुने छ । तिनले मोआबका अगुवाहरूलाई चकनाचुर पार्ने छन् र शेथका सबै सन्तानलाई नष्‍ट पार्नेछन् ।
  • यहो 7:11 : 11 इस्राएलले पाप गरेको छ । मैले तिनीहरूलाई आज्ञा गरेका मेरो करार तिनीहरूले तोडेका छन् । तिनीहरूले अलग गरेका केही थोकहरू चोरेका छन्, र तिनीहरूले आफ्नै सरसामानहरू माझ राखेर तिनीहरूका पाप ढाकेका छन् ।
  • यहो 7:14-26 : 14 बिहान तिमीहरू कुल-कुलअनुसार हाजिर हुनुपर्छ । परमप्रभुले चुन्‍नुहुने कुल आ-आफ्‍नो कुलअनुसार उहाँको नजिक आउने छ । परमप्रभुले चुन्‍नुहुने कुल तिनीहरूको घराना‍-घरानाअनुसार नजिक आउनुपर्छ । परमप्रभुले चुन्‍नुहुने घराना एक‍-एक गरी आउनुपर्छ । 15 जोसँग विनाशको निम्ति चुनिएका थोकहरू छन् त्यसलाई चुनिने छ, त्यसलाई र त्यससँग भएका सबै थोक जलाइने छन्, किनभने त्यसले परमप्रभुको करार तोडेको छ र त्यसले इस्राएलमा अपमानजनक काम गरेको छ' ।” 16 त्यसैले, यहोशू बिहान सबेरै उठेर ‍इस्राएललाई कुल-कुल गरेर नजिक ल्याए र यहूदाको कुललाई चुनियो । 17 यहोशूले यहूदाको सन्तानलाई नजिक ल्याए, र जेरहको सन्तानलाई चुनियो । 18 तिनले जेरहको घरानालाई एक-एक गर्दै नजिक ल्याए र जब्दीको घरानालाई चुनियो । तिनले जब्दीको घरानालाई एक‍-एक गरी ल्याए र यहूदा कुलका जेरहका छोरा जब्दीका छोरा कर्मीका छोरा आकानलाई चुनियो । 19 त्यसपछि यहोशूले आकानलाई भने, “हे मेरो छोरो, इस्राएलका परमप्रभु परमेश्‍वरको सामु सत्य कुरा बता र उहाँलाई तेरो स्वीकारोक्‍ति दे । तैँले के गरेको छस्, कृपया मलाई बता । मसँग यो कुरा नलुका ।” 20 आकानले जवाफ दिए, “साँच्‍चै, मैले इस्राएलको परमप्रभु परमेश्‍वरको विरुद्धमा पाप गरेको छु । मैले गरेको पाप यही होः 21 जब मैले लूटको मालहरूमा बेबिलोनबाट ल्याइएको सुन्दर ओढ्ने, दुई सय शेकेलको चाँदी र पचास शेकेल तौल भएको सुनको डण्डा देखेँ, मैले तिनीहरूलाई चाह गरेँ र लिएँ । तिनीहरूलाई मेरो पालको बिचमा जमिनमुनि लुकाएको छु र चाँदीचाहिँ यसको मुनि छ ।” 22 यहोशूले समाचारवाहकहरूलाई पठाए, जो पालमा गए र ती थोकहरू त्यहाँ थिए । तिनीहरूले हेर्दा तिनीहरूलाई तिनकै पालमा लुकाइएका भेटे र चाँदी तिनीहरूको मुनि थियो । 23 तिनीहरूले ती थोकहरूलाई पालको माझबाट लिए अनि यहोशू र इस्राएलका मानिसहरूकहाँ ल्याए । तिनीहरूले त्यसलाई परमप्रभुको सामु खन्याए । 24 त्यसपछि यहोशू र सारा इस्राएलले जेरहका छोरा आकान, चाँदी, ओढ्ने, सुनको डण्डा, त्यसका छोराछोरीहरू, त्यसका गधाहरू, त्यसका गोरुहरू, त्यसका भेडाहरू, त्यसको पाल र त्यससँग भएका सबै थोकलाई लिए अनि तिनीहरूले उनीहरूलाई आकोरको बेँसीमा ल्याए । 25 यहोशूले भने, “तैँले हामीमाथि किन कष्‍ट ल्याइस्? परमप्रभुले तँमाथि पनि कष्‍ट ल्याउनुहुने छ ।” सबै इस्राएलले ढुङ्गाले हाने । त्यसपछि बाँकी सबैलाई पनि ढुङ्गाले हानेर मारे र तिनीहरूलाई आगोले जलाइदिए । 26 तिनीहरूले त्यसमाथि ढुङ्गाको ठुलो थुप्रो लगाए, जुन आजसम्म पनि छ । परमप्रभुको क्रोध हट्यो । यसकारण, आजको दिनसम्म पनि त्यस ठाउँको नाउँ आकोरको बेँसी रहेको छ ।
  • न्या 20:2 : 2 इस्राएलका सबै कुलका मानिसहरूका अगुवाहरू परमेश्‍वरका मानिसहरूको भेलामा आफ्‍नो सहभागीता जनाए— त्यहाँ चार लाख जना पैदल हिंड्‍ने मानिसहरू तरवार लिएर युद्ध गर्न तयार थिए ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • १ शमू 14:36-37
    2 पदहरू
    79%

    36तब शाऊलले भने, “पलिश्‍तीहरूलाई राती गएर पिछा गरौं र बिहानसम्ममा तिनीहरूलाई लूटौं । तिनीहरूलाई एउटै पनि जीवित नछोडौं ।” तिनीहरूले जवाफ दिए, “तपाईंलाई जे असल लाग्छ सो गर्नुहोस् ।” तर पुजारी भने, “यहाँ परमेश्‍वरकहाँ जाऔं ।”

    37शाऊलले परमेश्‍वरलाई सोधे, “के म पलिश्‍तीहरूको पिछा गरौं? के तपाईंले तिनीहरूलाई इस्राएलको हातमा सुम्पनुहुने छ?” तर परमेश्‍वरले त्यस दिन तिनलाई जवाफ दिनुभएन ।

  • 24तब शाऊलले शमूएललाई भने, “मैले पाप गरेको छु । किनकि मैले परमप्रभुको आज्ञा र तपाईंको वचन तोडेको छु, किनभने म मानिसहरूदेखि डराएको थिएँ र मैले तिनीहरूको कुरा मानें ।

  • १ शमू 14:33-34
    2 पदहरू
    78%

    33तब तिनीहरूले शाऊललाई भने, “हेर्नुहोस्, मानिसहरूले रगतसँगै खाएर परमप्रभुको विरुद्धमा पाप गरिरहेका छन् ।” शाऊलले भने, “तिमीहरूले अविश्‍वसी कसिमले काम गरेका छौ । अब यहाँ मकहाँ एउटा ठुलो ढुङ्गा ल्‍याओ ।”

    34शाऊलले भने, “मानिसहरूको बिचमा जाओ र तिनीहरूलाई भन, 'हरेक मानिसले आ-आफ्नो गोरु र भेडहरू यहाँ ल्याओस् र मारोस् र खाओस् । रगतसँगै खाएर परमप्रभुको विरुद्धमा पाप नगर' ।” त्यसैले हरेक मानिसले आ-आफ्ना गोरु आफूसँग ल्याए र यसलाई त्यहाँ मारे ।

  • १ शमू 13:11-14
    4 पदहरू
    78%

    11त्यसपछि शमूएलले भने, “तपाईंले यो के गर्नुभएको?” शाऊलले जवाफ दिए, “जब मानिसहरूले मलाई छोडिरहेको मैले देखें र तोकिएको समयभित्र तपाईं आउनुभएन र पलिश्तीहरू मिकमाशमा भेला भएका थिए,

    12मैले भने, 'अब पलिश्तीहरू गिलगालमा मेरो विरुद्धमा आउनेछन् र मैले परमप्रभुको निगाह खोजेको छैन ।' त्यसैले होमबलि चढाउन मैले आफैलाई दवाव दिएँ ।”

    13तब शमूएलले शाऊललाई भने, “तपाईंले मूर्खतापूर्वक काम गर्नुभएको छ । परमप्रभु आफ्‍ना परमेश्‍वरले दिनुभएको आज्ञा तपाईंले पालन गर्नुभएको छैन । त्‍यसो गरेको भए परमप्रभुले इस्राएलमाथि तपाईंको शासन सदाको निम्‍ति स्थापित गर्नुहुनेथियो ।

    14तर अब तपाईंको शासनले निरन्तरता पाउनेछैन । परमप्रभुले आफ्‍नोजस्‍तो हृदय भएको एक जना मानिसको खोजी गर्नुभएको छ र परमप्रभुले आफ्‍ना मानिसहरूका शासक हुन तिनलाई नियुक्‍त गर्नुभएको छ, किनभने उहाँले तपाईंलाई दिनुभएको आज्ञा तपाईंले पालन गर्नुभएको छैन ।”

  • 30त्यसपछि शाऊलले भने, “मैले पाप गरेको छु । तर कृपया मेरा मानिसहरूका धर्म-गुरुहरूका सामु र इस्राएलको सामु मेरो इज्‍जत गर्नुहोस् । फेरि मसँग फर्कनुहोस्, ताकि मैले परमप्रभु तपाईंका परमेश्‍वरको आराधना गर्न सकूँ ।

  • १ शमू 14:39-42
    4 पदहरू
    77%

    39किनकि जसरी इस्राएललाई छुटकारा दिनुहुने परमप्रभु जीवित हुनुहुन्छ, यो मेरो छोरा जोनाथन नै भए पनि निश्‍चय नै मर्नेछ ।” तर सबै मानिसमध्येका कुनैले पनि तिनलाई जवाफ दिएन ।

    40तब तिनले सबै इस्राएललाई भने, “तिमीहरू एकपट्टि खडा हुनुपर्छ, अनि म र मेरो छोरा जोनाथन अर्कोपट्टि खडा हुनेछौं ।” मानिसहरूले शाऊललाई भने, “तपाईंलाई जे असल लाग्छ सो गर्नुहोस् ।”

    41शाऊलले भने, “हे परमप्रभु इस्राएलका परमेश्‍वर, यो पाप म वा मेरो छोरा जोनाथनले गरेको हो भने, हे परमप्रभु इस्राएलका परमेश्‍वर मलाई ऊरीम दिनुहोस् । तर यो पाप तपाईंका मानिस इस्राएलले गरेका हुन् भने तुम्मीम दिनुहोस् ।” अनि चिट्ठाले जोनाथन र शाऊललाई पार्‍यो, तर फौजलाई अलग गर्‍यौ ।

    42त्यसपछि शाउलले भने, “म र मेरो छोरा जोनाथनको बिचमा चिट्ठा हाल ।” अनि चिट्टाले जोनाथनलाई छान्यो ।

  • 4शऊलले पलिश्तीहरूका चौकीलाई हराए र अझै इस्राएल पलिश्तीहरूको निम्ति दुर्गन्ध बनेका थिए भन्‍ने सबै इस्राएलले सुने । तब गिलगालमा शऊलकहाँ आउन सबै सिपाहरूलाई बोलाइयो ।

  • १ शमू 14:17-18
    2 पदहरू
    75%

    17तब शाऊलले आफूसँग भएका मानिसहरूलाई भने, “हाम्रो बिचबाट को हराएको छ, गनेर हेर ।” जब तिनीहरूले गन्ती गरे, जोनाथन र तिनको हतियार बोक्‍ने हराएको थाहा भयो ।

    18शाऊलले अहियाहलाई भने, “परमेश्‍वरको सन्दुक यहाँ ल्याऊ,” किनकि त्यस बेला यो इस्राएलका मानिसहरूसँग थियो ।

  • १ शमू 11:12-13
    2 पदहरू
    75%

    12तब मानिसहरूले शमूएललाई भने, “ती को थिए जसले यसो भने 'के शाऊलले हामीमाथि राज्‍य गर्नेछ र?’ ती मानिसहरूलाई ल्याउनुहोस्, ताकि हामीले तिनीहरूलाई मार्नेछौं ।”

    13तर शाऊलले भने, “आजको दिन कसैलाई मारिनेछैन, किनभने परमप्रभुले आज इस्राएललाई छुटकारा दिनुभएको छ ।”

  • १ शमू 26:21-22
    2 पदहरू
    75%

    21तब शाऊलले भने, “मैले पाप गरेको छु । ए मेरा छोरा दाऊद फर्क । किनकि अब तिम्रो हानि गर्नेछैन, किनभने तिम्रो दृष्‍टिमा मेरो जीवन बहुमूल्य थियो । हेर, मैले मूर्खता गरेको छु र धेरै ठुलो गल्ती गरेको छु ।”

    22दाऊदले जवाफ दिए र भने, “हेर्नुहोस्, हे राजा, तपाईंको भाला यहाँ छ! जवान मानिसमध्ये एक जना यता आओस् र यसलाई तपाईंकहाँ लैजाओस् ।

  • 19तपाईंले परमप्रभुको आज्ञालाई किन पालन गर्नुभएन, तर बरु लूटका माल कब्‍जा गर्नुभयो र परमप्रभुको दृष्‍टिमा जे खराब थियो त्यही गर्नुभयो?”

  • 20शाऊल र तिनीसँग भएका सबै मानिसहरू भेला भए र लडाइँ गर्न गए । हरेक पलिश्‍तीले आ-आफ्नो साथीलाई तरवारले प्रहार गरिरहेको थियो र त्यहाँ ठुलो अन्योलता थियो ।

  • १ शमू 22:12-13
    2 पदहरू
    73%

    12शाऊलले भने, “अहितूबका छोरा सुन् ।” तिनले जवाफ दिए, “म यहाँ छु मालिक ।”

    13शाऊलले तिनलाई भने, “तैंले, तैंले र यिशैका छोराले किन मेरो विरुद्धमा षडयन्त्र रचेको छस्, जसमा तैंले उसलाई रोटी र तरवार दिइस् र परमप्रभुले उसलाई सहायता गर्नुभएको होस् भनी प्रार्थना गरिस्, जसले गर्दा मेरो विरुद्धमा खडा हुनलाई ऊ गुप्‍तमा लुक्‍न सकोस्, जस्‍तो आज उसले गरेको छ?”

  • 17शाऊलले दाऊदको सोर चिने र भने, “ए मेरो छोरा दाऊद, के यो तिम्रो सोर हो?” दाऊदले भने, “हो मेरो मालिक, राजा, यो मेरो सोर हो ।”

  • १ शमू 14:1-2
    2 पदहरू
    73%

    1¶ एक दिन शाऊलका जोनाथनले आफ्‍नो हतियार बोक्‍ने जवानलाई भने, “आऊ, हामी पल्लोपट्टि भएको पलिश्‍तीहरूको चौकीमा जाऔं ।” तर तिनले आफ्नो बुबालाई चाहिं भनेनन् ।

    2शऊलचाहिं मोग्रोनमा भएको अनारको बोटमुनि गिबाको छेउमा बसिरहेको थियो । तिनीसँग झण्डै छ सय मानिस थिए,

  • १ इति 10:13-14
    2 पदहरू
    73%

    13यसरी परमप्रभुप्रतिको विश्‍वासहीनताको कारणले शाऊल मरे । तिनले परमप्रभुको निर्देशनहरूलाई पालन गरेनन्, तर मृतकहरूसँग कुराकानी गर्नेहरूको सल्लाह लिए।

    14तिनले परमप्रभुबाट मार्गदर्शन खोजेनन्, यसैले परमप्रभुले तिनलाई मार्नुभयो र यिशैका छोरा दाऊदलाई राज्‍य सुम्‍पनुभयो ।

  • १ शमू 19:5-6
    2 पदहरू
    73%

    5किनकि तिनले आफ्नो जीवनलाई खतरामा राखे र त्‍यो पलिश्ती मारे । परमप्रभुले सारा इस्राएलको निम्ति ठुलो विजय ल्याउनुभयो । तपाईंले त्‍यो देख्‍नुभयो र आनन्दित हुनुभयो । तपाईंले दाऊदलाई विनाकारण मारेर निर्दोष रगतको विरुद्ध किन पाप गर्नुहुन्छ?

    6शाऊलले जोनाथनको कुरा सुने । शाऊलले शपथ खाए, “जस्तो परमप्रभु जीवित हुनुहुन्छ, तिनलाई मारिनेछैन ।”

  • 44शाऊलले भने, “ए जोनाथन, तिमी मरेनौ भने, परमेश्‍वरले मलाई त्‍यसै वा त्‍योभन्दा बढी गर्नुभएको होस् ।”

  • 8जसको बदलामा तिमीहरू मेरो विरुद्धमा षड्यान्त्र गर्दैछौ? मेरो छोराले यिशैका छोरासँग करार गर्दा तिमीहरू कसैले पनि मलाई जानकारी दिएनौ । मेरो निम्‍ति तिमीहरू कोही पनि दुःखी छैनौ । मेरो छोराले मेरो सेवक दाऊदलाई मेरो विरुद्धमा उक्‍साएको कुरा तिमीहरू कसैले पनि मलाई जानकारी दिएनौ । आज ऊ लुक्छ र मलाई आक्रमण गर्न मलाई हेरेर बस्‍छ ।”

  • 5यति बेला शाऊल खतेबाट गोरुहरू लिएर आउँदै थियो । शऊलले भने, “मानिसहरूलाई के खराबी भयो जसले गर्दा तिनीहरू रुँदैछन्?” याबेशका मानिसहरूले जे भनेका थिए सो तिनीहरूले शाऊललाई भने ।

  • 19तब सबै मानिसले शमूएललाई भने, “तपाईंका सेवकहरूका निम्ति परमप्रभु आफ्‍ना परमेश्‍वरसँग प्रार्थना गरिदिनुहोस्, ताकि हामी मर्नेछैनौं । किनकि हामीले आफ्‍नो निम्ति राजा मागेर हाम्रा सबै पापमाथि यो दुष्‍टता थपेका छौं ।

  • 18तब शाऊल प्रवेशद्वारमा शमूएलको नजिक आए र भने, “दर्शीको घर कहाँ छ मलाई भन्‍नुहोस्?”

  • 1¶ आफ्‍ना छोरा जोनाथन र आफ्‍ना सबै सेवकलाई शाऊलले हुकुम गरे कि तिनीहरूले दाऊदलाई मार्नुपर्छ । तर शाऊलका छोरा जोनाथन दाऊदसँग धैरै खुसी थिए ।

  • १ शमू 15:15-16
    2 पदहरू
    72%

    15शाऊलले जवाफ दिए, “तिनीहरूले अमालेकीहरूबाट ती ल्याएका छन् । किनभने मानिसहरूले परमप्रभु तपाईंको परमेश्‍वरलाई बिलदान चढाउन असल भेडाहरू र गोरुहरू बचाएर राखेका छन् । बाँकीचाहिं हामीले पूर्ण रूपमा नाश गरेका छौं ।”

    16तब शमूएलले शाऊललाई भने, “पर्खनुहोस्, र परमप्रभुले मल‍ाई आज राती के भन्‍नुभयो सो म तपाईंलाई भन्‍नेछु ।” शाऊलले तिनलाई भने, “भन्‍नुहोस् ।”

  • 31जब सिपाहीहरूले दाऊदले भनेका कुराहरू सुने, तब तिनीहरूले त्यो कुरा शाऊललाई बताए र तिनले दाऊदलाई लिन पठाए ।

  • 8युद्धको निम्ति तल कीलाहमा जान, दाऊद र तिनका मानिसहरूलाई घेरा हाल्न शाऊलले आफ्‍ना सबै फौजलाई बोलाए ।

  • 15शमूएलले शाऊललाई भने, “तिमीले किन मेरो शान्ति भङ्ग गर्‍यौ र मलाई माथि ल्यायौ?” शाऊलले जवाफ दिए, “म अति नै व्याकुल छु, किनभने पलिश्‍तीहरूले मेरो विरुद्ध युद्ध गरिरहेका छन्, र परमेश्‍वरले मलाई छोड्नुभएको छ र मलाई न अगमवक्ताहरूद्वारा न त सपनाहरूद्वारा नै जवाफ दिनुहुन्छ । यसकारण मैले तपाईंलाई बोलाएको हुँ, ताकि मैले के गर्नुपर्ने हो सो तपाईंले मलाई प्रकट गर्नुहोस् ।”

  • 32जोनाथनले आफ्नो बुबा शाऊललाई जवाफ दिए, “के कराणले तिनलाई मारिनुपर्ने? तिनले के गरेका छन्?”

  • 4दाऊदले तिनलाई भने, “कृपया मलाई भन, के के भएका छन्।” तिनले जवाफ दिए, “मानिसहरू युद्धबाट भागे । धेरै जना ढलेका छन् र धेरै जना मरेका छन् । शाऊल र उनका छोरा जोनाथन पनि मरेका छन् ।”

  • 8भोलिपल्‍ट यस्‍तो भयो, जब पलिश्‍तीहरू मारिएकाहरूलाई लुट्‌नलाई आए, तब उनीहरूले शाऊल र तिनका छोराहरूलाई गिल्‍बो डाँडामा मरेका भेट्टाए ।

  • 9शाऊलले भने, “मलाई होमबलि र मेलबलि ल्याओ ।” अनि तिनले होमबलि चढाए ।

  • 8भोलिपल्‍ट यसो भयो, जब पलिश्‍तीहरू मृतकहरूलाई लूट्न आए तब तिनीहरूले शाऊल र तिनका छोराहरूलाई गिल्बो डाँडामा मृत फेला पारे ।

  • 9दाऊदले शाऊललाई भने, “'हेर्नुहोस्, दाऊदले तपाइंको हानि गर्न खोज्दैछ' भन्‍ने मानिसहरूको कुरा तपाईंले किन सुन्‍नुहुन्छ?

  • 10दाऊदले गणना गरेपछि तिनको हृदय दुःखी भयो । त्यसैले तिनले परमप्रभुलाई भने, “मैले यसो गरेर ठुलो पाप गरेको छु । अब हे परमप्रभु, आफ्नो सेवकको दोष हटाइदिनुहोस्, किनकि मैले धेरै मूर्ख भएर काम गरेको छु ।”