१ शमूएल 14:37

अनलक शाब्दिक बाइबल

शाऊलले परमेश्‍वरलाई सोधे, “के म पलिश्‍तीहरूको पिछा गरौं? के तपाईंले तिनीहरूलाई इस्राएलको हातमा सुम्पनुहुने छ?” तर परमेश्‍वरले त्यस दिन तिनलाई जवाफ दिनुभएन ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • १ शमू 28:6 : 6 शाऊलले परमप्रभुसँग प्रार्थना गरे तर परमप्रभुले न सपनामा, न त ऊरीममा, न त अगमवक्ताहरूद्वारा नै कुनै जवाफ दिनुभयो ।
  • १ शमू 30:7-8 : 7 दाऊदले पुजारी अहीमेलेकका छोरा अबीयाथारलाई भने, “बिन्ती छ, यहाँ मकहाँ एपोद ल्याऊ ।” अबीयाथारले दाऊदकहाँ एपोद ल्याए । 8 दाऊदले निर्देशनको निम्ति परमप्रभुसँग यसरी प्रार्थना गरे, “के मैले यो फौजको पिछा गरे भने, म तिनीहरूलाई भेट्टाउन सक्‍छु?” परमप्रभुले तिनलाई जवाफ दिनुभयो, “खेदेर जा, किनकि तैंले तिनीहरूलाई निश्‍चय नै भेट्टाउनेछस् र तैंले निश्‍चय नै सबै थोक छुटाउनेछस् ।”
  • २ शमू 5:19 : 19 त्यसपछि दाऊदले परमप्रभुसँग सहायता मागे । तिनले भने, “के म पलिश्‍तीहरूलाई आक्रमण गरूँ? के तपाईंले मलाई तिनीहरूमाथि विजय दिनुहुन्छ?” पमरप्रभुले दाऊदलाई भन्‍नुभयो, “आक्रमण गर्, किनभने म निश्‍चय नै तँलाई पलिश्‍तीहरूमाथि विजय गराउने छु ।”
  • २ शमू 5:23 : 23 त्यसैले दाऊदले फेरि पनि परमप्रभुसँग सहायता मागे र पमरप्रभुले तिनलाई भन्‍नुभयो, “तैंले तिनीहरूलाई अडागिबाट आक्रमण गर्नु हुँदैन, तर तिनीहरूको पछिल्तिरबाट फन्को मारेर लहरे-पिपलको जङ्गलभएर तिनीहरूमाथि जाइलाग ।
  • १ राजा 22:5 : 5 यहोशापातले इस्राएलका राजालाई भने, “पहिले तपाईंले के गर्नुपर्छ भन्नाका लागि परमप्रभुको वचनबाट निर्देशन खोज्नुहोस् ।”
  • १ राजा 22:15 : 15 जब तिनी राजाकहाँ आए राजाले तिनलाई भने, “मीकाया, हामी युद्धको लागि रामोत-गिलादमा जाऊँ कि नजाऊँ?” मीकायाले तिनलाई जवाफ दिए, “आक्रमण गर्नुहोस् र विजयी हुनुहोस् । परमप्रभुले यो तपाईंको हातमा सुम्पिदिनुहुने छ ।”
  • यहे 14:3-5 : 3 “ए मानिसको छोरो, यी मानिसहरूले आफ्‍ना मूर्तिहरूलाई आफ्‍ना हृदयमा राखेका छन्, र आफ्‍नो अधर्मका ठक्‍कर लाग्‍ने ढुङ्गा आफ्‍नै अनुहारका सामु राखेका छन्‌ । के तिनीहरूले मेरो बारेमा सोध्‍न पाउँछन् र? 4 यसकारण तिनीहरू यो कुरा घोषणा गर र तिनीहरूलाई यसो भन्, 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः इस्राएलका घरानाका हरेक मानिस जसले आफ्‍नो हृदयमा मूर्तिहरू राख्‍छन्, र आफ्‍नो अधर्मको ठक्‍कर लाग्‍ने ढुङ्गा आफ्‍नो अनुहारको सामुन्‍ने राख्‍छन्, र पनि अगमवक्ताकहाँ जान्‍छन्, म परमप्रभुले त्‍यसका मूर्तिहरूका संख्याअनुसार त्‍यसलाई जवाफ दिनेछु । 5 आफ्‍ना मूर्तिहरूको कारण आफ्‍ना हृदयहरू मबाट टाढा भएका इस्राएलका घरानालाई मैले फर्काउन सकौं भनेर म यसो गर्नेछु ।’
  • यहे 20:3 : 3 “ए मानिसको छोरो, इस्राएलका धर्म-गुरुहरूलाई घोषणा गर्‌ र तिनीहरूलाई यसो भन्, ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः के तिमीहरू मसित सोधपूछ गर्न आएका छौ? जस्‍तो म जीवित छु, तिमीहरूले मलाई सोधपूछ गर्नेछैनौ— यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।'
  • न्या 1:1 : 1 ¶ यहोशूको मृत्युपछि, इस्राएलका मानिसहरूले परमप्रभुलाई यसो भनेर सोधे, “हाम्रा निम्ति कनानीहरूका विरुद्धमा युद्ध लड्‍नलाई तिनीहरूलाई पहिला कसले आक्रमण गर्नुपर्छ?”
  • न्या 20:18 : 18 इस्राएलका मानिसहरू उठे, बेथेलमा गए, र परमेश्‍वरबाट सल्लाह मागे । तिनीहरूले सोधे, “बेन्यामिनीहरूलाई हाम्रा निम्‍ति कसले पहिले आक्रमण गर्नेछ?” परमप्रभुले भन्‍नुभयो, “यहूदाले पहिले आक्रमण गर्नेछ ।”
  • न्या 20:28 : 28 र हारूनका नाति, एलाजारका छोरा पीनहासले सन्दुकको सामु सेवा गर्थे— “के हाम्रा दाजुभाइ, अर्थात् बेन्यामीनीहरूका विरुद्ध हामी फेरि युद्धमा जाऔं, वा रोकौं?” परमप्रभुले भन्‍नुभयो, “आक्रमण गर, किनकि भोलीको दिन तिनीहरूलाई पराजय गर्न म तिमीहरूलाई सहायता गर्नेछु ।”
  • १ शमू 10:22 : 22 तब मानिसहरूले परमेश्‍वरलाई अझै प्रश्‍न सोध्‍ने इच्‍छा गरे, “के अझै अर्को मानिस आउनै छ?” परमप्रभुले जवाफ दिनुभयो, “तिनले आफैलाई सर-सामानाका बिचमा लुकाएका छन् ।”
  • १ शमू 23:4 : 4 तब दाऊदले परमप्रभुसँग सहायताको निम्ति फेरि प्रार्थना गरे । परमप्रभुले तिनलाई भन्‍नुभयो, “उठ्, तल कीलाहमा जा । किनकि म तँलाई पलिश्तीहरूमाथि विजय दिनेछु ।”
  • १ शमू 23:9-9 : 9 शाऊलले आफ्‍नो विरुद्धमा षड्यान्त्र गरिरहेका कुरा दाऊदलाई थाहा थियो । तिनले पुजारी अबीयाथारलाई भने, “एपोद यहाँ ल्याऊ ।” 10 तब दाऊदले भने, “हे परमप्रभु, इस्राएलका परमेश्‍वर, शाऊल मेरो कारणले सहरलाई नाश पार्न कीलाहमा आउन खोज्छ भन्‍ने तपाईंको दासले सुनेको छ । 11 के कीलाहका मानिसहरूले मलाई तिनको हातमा सुम्‍पनेछन्? के तपाईंको दासले सुनेजस्तै शाऊल तल आउनेछन्? हे परमप्रभु इस्राएलका परमेश्‍वर, म तपाईंसँग बिन्ती गर्छु, कृपया आफ्‍नो दासलाई भन्‍नुहोस् ।” परमप्रभुले भन्‍नुभयो, “ऊ तल आउनेछ ।” 12 तब दाऊदले भने, “के कीलाहका मानिसहरूले मलाई र मेरा मानिसहरूलाई शाऊलको हातमा सुम्पनेछन्?” परमप्रभुले भन्‍नुभयो, “तिनीहरूले तिमीहरूलाई सुम्‍पनेछन् ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 36तब शाऊलले भने, “पलिश्‍तीहरूलाई राती गएर पिछा गरौं र बिहानसम्ममा तिनीहरूलाई लूटौं । तिनीहरूलाई एउटै पनि जीवित नछोडौं ।” तिनीहरूले जवाफ दिए, “तपाईंलाई जे असल लाग्छ सो गर्नुहोस् ।” तर पुजारी भने, “यहाँ परमेश्‍वरकहाँ जाऔं ।”

  • १ शमू 28:5-6
    2 पदहरू
    81%

    5जब शाऊलले पलिश्‍तीहरूको फौज देखे, तब तिनी डराए र तिनको हृदय अति नै डरायो ।

    6शाऊलले परमप्रभुसँग प्रार्थना गरे तर परमप्रभुले न सपनामा, न त ऊरीममा, न त अगमवक्ताहरूद्वारा नै कुनै जवाफ दिनुभयो ।

  • १ शमू 14:38-41
    4 पदहरू
    79%

    38तब शाऊलले भने, “मानिसहरूका सबै अगुवाहरू यहाँ आओ । आज यो पाप कसरी गरियो सिक र हेर ।

    39किनकि जसरी इस्राएललाई छुटकारा दिनुहुने परमप्रभु जीवित हुनुहुन्छ, यो मेरो छोरा जोनाथन नै भए पनि निश्‍चय नै मर्नेछ ।” तर सबै मानिसमध्येका कुनैले पनि तिनलाई जवाफ दिएन ।

    40तब तिनले सबै इस्राएललाई भने, “तिमीहरू एकपट्टि खडा हुनुपर्छ, अनि म र मेरो छोरा जोनाथन अर्कोपट्टि खडा हुनेछौं ।” मानिसहरूले शाऊललाई भने, “तपाईंलाई जे असल लाग्छ सो गर्नुहोस् ।”

    41शाऊलले भने, “हे परमप्रभु इस्राएलका परमेश्‍वर, यो पाप म वा मेरो छोरा जोनाथनले गरेको हो भने, हे परमप्रभु इस्राएलका परमेश्‍वर मलाई ऊरीम दिनुहोस् । तर यो पाप तपाईंका मानिस इस्राएलले गरेका हुन् भने तुम्मीम दिनुहोस् ।” अनि चिट्ठाले जोनाथन र शाऊललाई पार्‍यो, तर फौजलाई अलग गर्‍यौ ।

  • 15शमूएलले शाऊललाई भने, “तिमीले किन मेरो शान्ति भङ्ग गर्‍यौ र मलाई माथि ल्यायौ?” शाऊलले जवाफ दिए, “म अति नै व्याकुल छु, किनभने पलिश्‍तीहरूले मेरो विरुद्ध युद्ध गरिरहेका छन्, र परमेश्‍वरले मलाई छोड्नुभएको छ र मलाई न अगमवक्ताहरूद्वारा न त सपनाहरूद्वारा नै जवाफ दिनुहुन्छ । यसकारण मैले तपाईंलाई बोलाएको हुँ, ताकि मैले के गर्नुपर्ने हो सो तपाईंले मलाई प्रकट गर्नुहोस् ।”

  • १ इति 10:13-14
    2 पदहरू
    78%

    13यसरी परमप्रभुप्रतिको विश्‍वासहीनताको कारणले शाऊल मरे । तिनले परमप्रभुको निर्देशनहरूलाई पालन गरेनन्, तर मृतकहरूसँग कुराकानी गर्नेहरूको सल्लाह लिए।

    14तिनले परमप्रभुबाट मार्गदर्शन खोजेनन्, यसैले परमप्रभुले तिनलाई मार्नुभयो र यिशैका छोरा दाऊदलाई राज्‍य सुम्‍पनुभयो ।

  • 10तब दाऊदले परमेश्‍वरसँग मदत मागे । तिनले सोधे, “के म पलिश्‍तीहरूलाई आक्रमण गरूँ? के तपाईंले उनीहरूमाथि विजय दिनुहुन्छ?” परमप्रभुले तिनलाई भन्‍नुभयो, “आक्रमण गर्, म उनीहरूलाई निश्‍चय नै तेरो हातमा सुम्‍पिदिनेछु ।”

  • १ शमू 23:11-12
    2 पदहरू
    76%

    11के कीलाहका मानिसहरूले मलाई तिनको हातमा सुम्‍पनेछन्? के तपाईंको दासले सुनेजस्तै शाऊल तल आउनेछन्? हे परमप्रभु इस्राएलका परमेश्‍वर, म तपाईंसँग बिन्ती गर्छु, कृपया आफ्‍नो दासलाई भन्‍नुहोस् ।” परमप्रभुले भन्‍नुभयो, “ऊ तल आउनेछ ।”

    12तब दाऊदले भने, “के कीलाहका मानिसहरूले मलाई र मेरा मानिसहरूलाई शाऊलको हातमा सुम्पनेछन्?” परमप्रभुले भन्‍नुभयो, “तिनीहरूले तिमीहरूलाई सुम्‍पनेछन् ।”

  • 2त्यसैले दाऊदले परमप्रभुसँग सहायताको निम्ति प्रार्थना गरे र उहाँलाई भने, “के म जाऊँ र पलिश्‍तीहरूलाई आक्रमण गरूँ?” परमप्रभुले दाऊदलाई भन्‍नुभयो, “जा, पलिश्तीहरूलाई आक्रमण गर् र कीलाहलाई बचा ।”

  • 13शाऊलले तिनलाई भने, “तैंले, तैंले र यिशैका छोराले किन मेरो विरुद्धमा षडयन्त्र रचेको छस्, जसमा तैंले उसलाई रोटी र तरवार दिइस् र परमप्रभुले उसलाई सहायता गर्नुभएको होस् भनी प्रार्थना गरिस्, जसले गर्दा मेरो विरुद्धमा खडा हुनलाई ऊ गुप्‍तमा लुक्‍न सकोस्, जस्‍तो आज उसले गरेको छ?”

  • 46त्‍यसपछि शाऊलले पलिश्तीहरूको पिछा गर्न छोडे र पलिश्तीहरू आ-आफ्ना घरमा गए ।

  • १ शमू 13:11-12
    2 पदहरू
    74%

    11त्यसपछि शमूएलले भने, “तपाईंले यो के गर्नुभएको?” शाऊलले जवाफ दिए, “जब मानिसहरूले मलाई छोडिरहेको मैले देखें र तोकिएको समयभित्र तपाईं आउनुभएन र पलिश्तीहरू मिकमाशमा भेला भएका थिए,

    12मैले भने, 'अब पलिश्तीहरू गिलगालमा मेरो विरुद्धमा आउनेछन् र मैले परमप्रभुको निगाह खोजेको छैन ।' त्यसैले होमबलि चढाउन मैले आफैलाई दवाव दिएँ ।”

  • १ शमू 14:17-19
    3 पदहरू
    74%

    17तब शाऊलले आफूसँग भएका मानिसहरूलाई भने, “हाम्रो बिचबाट को हराएको छ, गनेर हेर ।” जब तिनीहरूले गन्ती गरे, जोनाथन र तिनको हतियार बोक्‍ने हराएको थाहा भयो ।

    18शाऊलले अहियाहलाई भने, “परमेश्‍वरको सन्दुक यहाँ ल्याऊ,” किनकि त्यस बेला यो इस्राएलका मानिसहरूसँग थियो ।

    19शाऊल पुजारीसँग बोलिरहँदा पलिश्‍तीहरूको छाउनीको हल्ला झन् बढ्दै थियो । तब शाऊलले पुजारीलाई भने, “तिम्रो हात झिक ।”

  • 4तब दाऊदले परमप्रभुसँग सहायताको निम्ति फेरि प्रार्थना गरे । परमप्रभुले तिनलाई भन्‍नुभयो, “उठ्, तल कीलाहमा जा । किनकि म तँलाई पलिश्तीहरूमाथि विजय दिनेछु ।”

  • 19त्यसपछि दाऊदले परमप्रभुसँग सहायता मागे । तिनले भने, “के म पलिश्‍तीहरूलाई आक्रमण गरूँ? के तपाईंले मलाई तिनीहरूमाथि विजय दिनुहुन्छ?” पमरप्रभुले दाऊदलाई भन्‍नुभयो, “आक्रमण गर्, किनभने म निश्‍चय नै तँलाई पलिश्‍तीहरूमाथि विजय गराउने छु ।”

  • 1¶ एक दिन शाऊलका जोनाथनले आफ्‍नो हतियार बोक्‍ने जवानलाई भने, “आऊ, हामी पल्लोपट्टि भएको पलिश्‍तीहरूको चौकीमा जाऔं ।” तर तिनले आफ्नो बुबालाई चाहिं भनेनन् ।

  • 37दाऊदले भने, “परमप्रभुले मलाई सिंह र भालुको पञ्‍जाबाट बचाउनुभएको छ । उहाँले नै यो पलिश्‍तीको हातबाट पनि मलाई बचाउनुहुने छ ।” त्यसपछि शाऊलले दाऊदलाई भने, “जाऊ, र परमप्रभु तिमीसँग हुनुभएको होस् ।”

  • १ शमू 17:31-33
    3 पदहरू
    73%

    31जब सिपाहीहरूले दाऊदले भनेका कुराहरू सुने, तब तिनीहरूले त्यो कुरा शाऊललाई बताए र तिनले दाऊदलाई लिन पठाए ।

    32तब दाऊदले शाऊललाई भने, “त्यो पलिश्तीको कारणले कसैको हृदय हतास नहोस् । तपाईंको दास जानेछ र यो पलिश्तीसँग लड्नेछ ।”

    33शाऊलले दाऊदलाई भने, “तिमी यो पलिश्तीको विरुद्धमा लाड्न जान सक्षम छैनौ । किनभने तिमी भर्खरको केटा मात्र हौ र ऊ आफ्‍नो जवानीदेखि नै युद्धमा छ ।”

  • 16तब शमूएलले शाऊललाई भने, “पर्खनुहोस्, र परमप्रभुले मल‍ाई आज राती के भन्‍नुभयो सो म तपाईंलाई भन्‍नेछु ।” शाऊलले तिनलाई भने, “भन्‍नुहोस् ।”

  • 19तपाईंले परमप्रभुको आज्ञालाई किन पालन गर्नुभएन, तर बरु लूटका माल कब्‍जा गर्नुभयो र परमप्रभुको दृष्‍टिमा जे खराब थियो त्यही गर्नुभयो?”

  • 27जसै तिनीहरू सहरको छेउतिर पुग्‍नै लागे, शमूएलले शाऊललाई भने, “सेवकलाई हामीभन्‍दा अगि जाने आज्ञा गर्नुहोस्”— र ऊ अगि गयो— “तर तपाईं केही क्षण यहीं रहनुपर्छ, ताकि तपाईंलाई परमेश्‍वरको सन्देश म भन्‍नेछु ।”

  • 9दाऊदले शाऊललाई भने, “'हेर्नुहोस्, दाऊदले तपाइंको हानि गर्न खोज्दैछ' भन्‍ने मानिसहरूको कुरा तपाईंले किन सुन्‍नुहुन्छ?

  • 13तर शाऊलले भने, “आजको दिन कसैलाई मारिनेछैन, किनभने परमप्रभुले आज इस्राएललाई छुटकारा दिनुभएको छ ।”

  • 26शमूएलले शाऊललाई भने, “म फर्केर तपाईंसँग जानेछैन । किनकि तपाईंले परमप्रभुको वचन इन्कार गर्नुभएको छ र परमप्रभुले तपाईंलाई इस्राएलका राजा हुनबाट इन्कार गर्नुभएको छ ।”

  • 14तर अब तपाईंको शासनले निरन्तरता पाउनेछैन । परमप्रभुले आफ्‍नोजस्‍तो हृदय भएको एक जना मानिसको खोजी गर्नुभएको छ र परमप्रभुले आफ्‍ना मानिसहरूका शासक हुन तिनलाई नियुक्‍त गर्नुभएको छ, किनभने उहाँले तपाईंलाई दिनुभएको आज्ञा तपाईंले पालन गर्नुभएको छैन ।”

  • 1¶ दाऊदले आफ्‍नो मनमा भने, “म कुनै दिन शाऊलको हातबाट नष्‍ट हुन्छु । मलाई पलिश्‍तीहरूको देशमा उम्केर जानुभन्दा उत्तम अरू केही हुँदैन । शाऊलले इस्राएलको सबै सिमानाभित्र मलाई खोज्‍न छोड्नेछ । यसरी म तिनको हातबाट उम्कनेछु ।”

  • 3हाम्रा परमेश्‍वरको सन्‍दूकलाई हामी आफूकहाँ फर्काएर ल्‍याऔं, किनकि शाऊलको राज्‍यकालका समयमा हामीले उहाँको इच्छा खोजेनौं ।”

  • 15अब शाऊल आउनुभन्दा अगिल्लो दिन नै परमप्रभुले शमूएललाई प्रकट गर्नुभएको थियोः

  • 4तब शाऊलले आफ्नो हतियार बोक्‍नेलाई भने, “तेरो तरवार थुत र त्‍यसले मलाई छेडिदे । नत्रता यी बेखतनाहरू आउनेछन् र मलाई दुर्व्यवहार गर्नेछन् ।” तर तिनका हतियार बोक्‍नेले त्यसो गरेन, किनकि ऊ साह्रै डराएका थियो । त्यसैले शाऊलले आफ्नै तरवार लिए र यसमाथि उनिए ।

  • 26तापनि शाऊलले त्यस दिन केही पनि भनेनन्, किनभने तिनले सोचे, “तिनलाई केही भएको छ । तिनी शुद्ध छैनन् । निश्‍चय नै तिनी शुद्ध छैनन् ।”

  • 55जब दाऊद त्‍यो पलिश्तीको विरुद्धमा निस्केको शाऊलले देखे, तब तिनले फौजको कप्‍तान अबनेरलाई भने, “अबनेर, यो जवान केटा कसको छोरा हो?” अबनेरले भने, “हे महाराजा, तपाईं जीवित हुनुभएझैं, मलाई थाहा छैन ।”

  • 11जब शाऊल र सारा इस्राएलले त्‍यो पलिश्‍तीले भनेको कुरा सुने, तिनीहरू निरुत्साहित भए र साह्रै डराए ।

  • १ शमू 28:19-20
    2 पदहरू
    72%

    19परमप्रभुले तिमीसँगै इस्राएललाई पलिश्‍तीहरूको हातमा सुम्‍पनुहुनेछ, र भोलि तिमी र तिम्रो छोराहरू मसँग हुनेछौ । परमप्रभुले इस्राएको फौजलाई पनि पलिश्‍तीहरूको हातमा दिनुहुनेछ ।”

    20तब शाऊल तुरुन्तै भूइँमा लम्पसार परेर लमतन्‍न परे र शमूएलको कुराले अति नै डराए । तिनमा कुनै बल नै थिएन, किनकि तिनले त्यो दिनभरि र रातमा पनि कुनै खाने कुरा खाएका थिएनन् ।

  • 24त्यस दिन इस्राएलका मानिसहरू व्याकुल भएका थिए किनभने, “साँझसम्म र मैले आफ्‍ना शत्रुहरूमाथि बद्‍ला नलिएसम्म खाना खाने कुनै पनि मानिस श्रापित होस्” भनेर शाऊलले मानिसहरूलाई शपथ खान लगाएका थिए । त्यसैले फौजका कुनै पनि व्‍यक्‍तिले खाना चाखेका थिएनन् ।

  • 7त्यसैले दाऊदले आफ्ना मानिसहरूलाई यी कुराहरू भनेर हप्‍काए र शाऊललाई आक्रमण गर्न तिनीहरूलाई अनुमति दिएनन् । शाऊल उठे, गुफाबाट बाहिर निस्के र आफ्नो बाटो लागे ।

  • 44शाऊलले भने, “ए जोनाथन, तिमी मरेनौ भने, परमेश्‍वरले मलाई त्‍यसै वा त्‍योभन्दा बढी गर्नुभएको होस् ।”

  • 35शमूएलले आफ्‍नो मृत्युको दिनसम्म नै शाऊललाई भेटेनन्, किनकि तिनले शाऊलको निम्ति शोक गरे । परमप्रभुले शाऊललाई इस्राएलका राजा बनाउनुभएकोमा उहाँ दुःखी हुनुभयो ।

  • 4त्यसपछि शाऊलले आफ्‍नो हतियार बोक्‍नेलाई भने, “तेरो तरवार थुत् र मलाई घोच् । नत्रता यी बेखतनेहरूले आउनेछन् र मलाई दुःख दिनेछन्‌ ।” तर तिनको हतियार बोक्‍नेले त्‍यसो गरेन, किनकि ऊ धेरै डराएको थियो । यसैले शाऊलले आफ्नो तरवार थुते र त्यसमा छेडिए ।

  • 10परमप्रभुबाट उसलाई सहायता मिलोस् भनी तिनले उसको निम्ति प्रार्थना गरे, र तिनले उसलाई खानेकुरा र पलिश्‍ती गोल्यतको तरवार दिए ।”