१ इतिहास 21:29
त्यस बेला, मोशाले उजाड-स्थानमा बनाएको परमप्रभुको पवित्र वासस्थान र होमबलिको वेदी गिबोनको डाँडाको उच्च स्थानमा नै थिए ।
त्यस बेला, मोशाले उजाड-स्थानमा बनाएको परमप्रभुको पवित्र वासस्थान र होमबलिको वेदी गिबोनको डाँडाको उच्च स्थानमा नै थिए ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
3अनि सोलोमन र तिनीसँग भएका सबै सभा गिबोनमा भएको अग्लो स्थानमा गए, किनकि त्यहाँ परमेश्वरका भेट हुने पाल थियो, जुन परमप्रभुका सेवक मोशाले उजाड-स्थानमा बनाएका थिए ।
4तर दाऊदले परमेश्वरको सन्दूक किर्यत-यारीमबाट आफूले तयार गरेको ठाउँमा माथि ल्याएका थिए,किनकि त्यसको निम्ति तिनले यरूशलेममा पाल टाँगेका थिए ।
5साथै हूरका नाति, ऊरीका छोरा बजलेलले बनाएको काँसाको वेदी गिबोनमा नै परमप्रभुको पवित्र वासस्थानको सामुन्ने थियो । सोलोमन र त्यो सभा त्याहाँ गए ।
6सोलोमन भेट हुने पालमा परमप्रभुको सामुन्ने भएको काँसाको वेदीमा गए र त्यसमा एक हजार होमबलि चढाए ।
21दाऊद अरौनाकहाँ आउँदा, अरौनाले हेरे र दाऊदलाई देखे । तिनी खलाबाट बाहिर आए र आफ्नो अनुहार भुइँमा घोप्टो पारेर दाऊदको अघि घुँडा टेके ।
22तब दाऊदले अरौनालाई भने, “मलाई यो खला बेच ताकि यहाँ म परमप्रभुको निम्ति एउटा वेदी बनाउन सकूँ । म पुरै दाम तिर्नेछु, ताकि मानिसहरूबाट यो विपत्ति हटिजाओस् ।”
23अरौनाले दाऊदलाई भने, “त्यो तपाईंको आफ्नै ठानेर लिनुहोस्, मेरा मालिक महाराजा । हजुरो नजरमा जस्तो असल लाग्छ सो त्यहाँ गर्नुहोस् । हेर्नुहोस्, म तपाईंलाई होमबलिको निम्ति गोरुहरू, दाउराको निम्ति काठहरू र अन्नबलिको निम्ति गहूँ दिन्छु । यो सबै थोक म तपाईंलाई दिनेछु ।”
24दाऊद राजाले औरानलाई भने, “होइन, पुरै दाम तिरेर नै म यसलाई किन्छु । तिम्रो जे छ त्यो लिने अनि मेरो दाम नपरी त्यो सित्तैंमा परमप्रभुलाई होमबलीको रूपमा चढाउने काम म गर्दिन ।”
25यसैले त्यस जग्गाको निम्ति दाऊदले अरौनालाई छ सय सुनका सिक्का तिरे ।
26दाऊदले त्यहाँ परमप्रभुको निम्ति एउटा वेदी बनाए र त्यसमाथि होमबलि र मेलबलि चढाए । तिनले परमप्रभुमा पुकारा गरे, जसले तिनलाई स्वर्गबाट होमबलिको वेदीमा आगो बर्साएर जवाफ दिनुभयो ।
27तब परमप्रभुले त्यो स्वर्गदूतलाई आज्ञा दिनुभयो र स्वर्गदूतले आफ्नो तरवारलाई त्यसको म्यानमा राखे ।
28जब दाऊदले यबूसी अरौनाको खलामा परमप्रभुले जवाफ दिनुभएको देखे, तब तिनले त्यही बेला बलिदानहरू चढाए ।
4राजा बलिदान चढाउन गिबोनमा गए किनकि त्यो निकै उच्च स्थान थियो । सोलोमनले त्यस वेदीमा एक हजारवटा होमबलि चढाए ।
18यसैले दाऊदलाई यबूसी अरौनाको खलामा गएर परमप्रभुको निम्ति एउटा वेदी बनाउन भन् भनी परमप्रभुका स्वर्गदूतले गादलाई भने ।
19यसैले परमप्रभुको नाउँमा गादले हुकुम गरेझैं गर्नलाइ दाऊद त्यहाँ उक्लेर गए ।
30तापनि परमप्रभुको अगुवाइ माग्न दाऊद त्यहाँ जान सकेनन्, किनकि ती स्वर्गदूतको तरवारसँग तिनी साह्रै डराएका थिए ।
1¶ तब दाऊदले भने, “इस्राएलको निम्ति होमबलिको वेदी सहितको परमप्रभु परमेश्वरका मन्दिरको ठाउँ यहीं हुनेछ ।”
29तिनले भेट हुने पाल अर्थात् पवित्र वासस्थानको प्रवेशद्वारमा होमबलिको वेदी राखे । परमप्रभुले आज्ञा गर्नुभएअनुसार तिनले यहीँ नै होमबलि र अन्नबलि चढाए ।
39सादोक पुजारी र तिनका मित्र पुजारीहरूलर गिबोन डाँडामा भएको परमप्रभुको पवित्र वासस्थानको सामु सेवा गर्नुपर्थ्यो ।
29हामी आज परमप्रभुको पवित्र वासस्थान सामु रहेको हाम्रो परमप्रभु परमेश्वरको वेदीभन्दा अर्को वेदी होमबलि वा अन्नबलि वा बलिदानको निम्ति निर्माण गरेर उहाँलाई पछ्याउन छोडेर परमप्रभुको विरुद्धमा विद्रोह गर्ने कुरा हामीबाट दूर होस्' ।”
7सोलोमनले परमप्रभुका मन्दिरको सामुन्नेको चोकको मध्य भागलाई अलग गरे । त्यहाँ तिनले होमबलिहरू र मेलबलिहरूका बोसोको भाग चढाए, किनभने तिनले बनाएको काँसाको वेदीमा होमबलि, अन्नबलि र बोसोका भागहरू अटाएनन् ।
26तिनले भेट हुने पालभित्र पर्दाको सामुन्ने सुनको धूपको वेदी राखे ।
23परमप्रभुलाई पछ्याउनबाट आफै तर्कन यो वेदी बनाएका हौँ भने आज हामीलाई नछोड्नुहोस् ।
2किनकि एउटा बासस्थान तयार गरिएको थियो जसको पहिलो कोठाभित्र सामदान, टेबुल, र उपस्थितिको रोटी थिए, त्यसलाई पवित्रस्थान भनिन्थ्यो ।
3त्यसैले दाऊदले गिबोनीहरूलाई एकसाथ बोलाए र तिनीहरूलाई भने, “मैले तिमीहरूको निम्ति के गर्नुपर्छ? मैले कसरी प्रायश्चित गर्न सक्छु, ताकि परमप्रभुको भलाइ र प्रतिज्ञा पाएका उहाँका मानिसहरूलाई तिमीहरूले आशिष् दिन सक्छौ?”
17तिनीहरू परमप्रभुको सन्दुक ल्याए र त्यसको निम्ति दाऊदले तयार पारेका बिचको पालमा त्यसको आफ्नै ठाउँमा त्यो राखे । तब दाऊदले परमप्रभुको सामु होमबलि र मेलबलिहरू चढाए ।
6तैँले पवित्र वासस्थान अर्थात् भेट हुने पालको प्रवेशद्वारको सामुन्ने होमबलिको लागि वेदी राख्नू ।
18अनि त्यस दिन गाद दाऊदकहाँ आए र तिनलाई भने, “माथि जानुहोस् र यबूसी अरौनाको खलामा परमप्रभुको निम्ति एउटा वेदी बनाउनुहोस् ।”
1¶ तिनीहरूले परमेश्वरको सन्दूक ल्याए, अनि त्यसको निम्ति दाऊदले टाँगेको पालभित्र बिचमा राखे । तब तिनीहरूले परमेश्वरको सामु होमबलि र मेलबलि चढाए ।
21तब अरौनाले भने, “मेरो मालिक महाराजा आफ्नो सेवककहाँ किन आउनुभएको छ?” दाऊदले जवाफ दिए, “तिम्रो खला किन्नलाई ताकि म परमप्रभुको निम्ति एउटा वेदी बनाउन सकौं, जसले गर्दा मानिसहरूबाट रुढी हटाइयोस् ।”
22अरौनाले दाऊदलाई भने, “ए मेरो मालिक महाराजा, त्यो आफ्नैझैं लिनुहोस् । तपाईंको दृष्टिमा जे असल छ सो त्यसमा गर्नुहोस् । हेर्नुहोस्, होमबलिको निम्ति गोरूहरू अनि दाउराको निम्ति दाइँ गर्ने काठहरू र जुवाहरू छन् ।
42मैले तिमीहरूसित बातचित गर्ने परमप्रभुको सामु भेट हुने पालको प्रवेशद्वारमा तिमीहरूका पुस्ता-पुस्तासम्म यी नियमित होमबलिहरू होऊन् ।
21मैले त्यहाँ सन्दुकको निम्ति ठाउँ बनाएको छु जसमा परमप्रभुको करार राखिएको छ । उहाँले मिश्रबाट हाम्रा पिता-पुर्खाहरूलाई ल्याउनुहँदा उहाँले तिनीहरूसित यो करार बाँध्नुभएको थियो ।”
5परमप्रभुको मन्दिरका दुईवटा चोकमा तिनले आकाशका सबै ताराहरूका लागि वेदीहरू बनाए ।
26त्यसैले तिमीहरूका सन्तानहरूले हाम्रा सन्तानहरूलाई परमप्रभुको आराधना गर्न छोड्न लगाउन सक्छन् । त्यसैले हामीले भन्यौ, 'एउटा वेदी बनाऔँ, न त कुनै होमबलि न त कुनै बलिदानको निम्ति,
46जसले परमेश्वरको दृष्टिमा निगाह पाए र तिनले याकूबका परमेश्वरको निम्ति एउटा वासस्थान निर्माण गर्नका निम्ति अनुरोध गरे ।
4भोलिपल्ट मानिसहरू बिहान सबेरै उठे र त्यहाँ एउटा वेदी बनाए र होमबलिहरू र मेलबलिहरू चढाए ।
5यसैकारण मोशाले भनेअनुसार तिनीहरूले सबै कुरा भेट हुने पालमा ल्याए, र इस्राएलका सबै समुदाय परमप्रभुको सामु आई खडा भए ।
7भेट हुने पाल, गवाहीको सन्दुक, सन्दुकमाथि राखिने प्रायश्चित्तको ढकनी, पालका सबै सरसामान अर्थात्
8टेबुल र यसका भाँडाकुँडाहरू, शुद्ध सामदानसहित यसका सबै सामान, धूपको वेदी,
9होमबलिको लागि वेदीसहित यसका सबै सामान र आधार भएको ठुलो बाटा ।
1¶ दाऊदले आफ्नो निम्ति दाऊदको सहरमा भवनहरू बनाए । तिनले परमेश्वरका सन्दूकको निम्ति एउटा ठाउँ तयार गरे र त्यसको लागि एउटा पाल टाँगे ।
1¶ बजलेलले होमबलिको लागि बबुल काठबाट वेदी बनाए । यसको लमाइ पाँच हात र चौडाइ पाँच हातको थियो । यो वर्गाकार थियो र यसको उचाइ तिन हातको थियो ।
26यो शरणस्थानको माथिल्लो भागमा परमप्रभु तेरा परमेश्वरको निम्ति एउटा वेदी बना र त्यसलाई ठिक किसिमले बना । तैँले काटेर ढालेको अशेरा देवीको काठ प्रयोग गरेर दोस्रो साँढेलाई होमबलिको रूपमा चढा ।”
5इस्राएलका मानिसहरूले आफ्ना बलिदानहरूलाई बाहिर खुला ठाउँमा नभएर भेट हुने पालको प्रवेशद्वारमा परमप्रभुकहाँ ल्याऊन्, र परमप्रभुको निम्ति मेलबलिको रूपमा अर्पण गरिनको निम्ति तिनीहरूले त्यो पुजारीकहाँ ल्याऊन् भनेर यो आज्ञा दिइएको हो ।
25दाऊदले त्यहाँ परमप्रभुको निम्ति एउटा वेदी बनाए र त्यसमा होमबलि र मेलबलि चढाए । त्यसैले परमप्रभुले देशको निम्ति गरिएको प्रार्थनाको जवाफ दिनुभयो र इस्राएलमाथिको रुढी थामियो ।
27टेबुल र यसका सबै भाँडाकुँडा, सामदान र यसका सामान, धूपको वेदी,
12तब सोलोमनले दलानको अगाडिपट्टि आफूले बनाएको वेदीमा परमप्रभुको निम्ति होमबलिहरू चढाए ।
2मानिसले बनाएको होइन, तर परमेश्वरले बनाउनुभएको साँचो पवित्र बासस्थानमा उहाँ एक सेवक हुनुहुन्छ ।
64त्यसै दिन राजाले परमप्रभुको मन्दिरको सामु चोकको बिचको भागलाई पनि अर्पण गरे, अनि तिनले त्यहाँ होमबलि, अन्नबलि र मेलबलिको बोसो चढाए, किनकि परमप्रभुको सामु राखिएको काँसाको वेदी यति सानो थियो कि त्यहाँ होमबलि, अन्नबलि र मेलबलिको बोसो चढाउन सकिँदैनथ्यो ।