इब्रानीहरू 9:2
किनकि एउटा बासस्थान तयार गरिएको थियो जसको पहिलो कोठाभित्र सामदान, टेबुल, र उपस्थितिको रोटी थिए, त्यसलाई पवित्रस्थान भनिन्थ्यो ।
किनकि एउटा बासस्थान तयार गरिएको थियो जसको पहिलो कोठाभित्र सामदान, टेबुल, र उपस्थितिको रोटी थिए, त्यसलाई पवित्रस्थान भनिन्थ्यो ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
1¶ अब पहिलेको करारमा आराधनाका निम्ति नियमहरू र सांसारिक बासस्थान थिए ।
3पर्दाको पछाडितिर अर्को दोस्रो कोठा थियो, जसलाई महा-पवित्रस्थान भनिन्थ्यो ।
4यसमा धूपको निम्ति एउटा सुनको वेदी थियो । यसमा करारको सन्दुक पनि थियो, जुन पूर्ण रूपले सुनले मोहोरिएको थियो । यसको भित्रपट्टि रहेको सुनको भाँडोमा मन्न राखिएको भाँडो, कोपिला लागेको हारूनको लौरो र करारका शिलालेखहरू थिए ।
5करारको सन्दुकको माथि ईश्वरीय महिमाका करूबहरूले प्रायश्चित्तको ढकनीलाई ढाकेका थिए, जसको बारेमा हामी अहिले पूर्ण रूपले वर्णन गर्न सक्दैनौँ ।
6यी थोकहरूलाई तयार गरिसकेपछि पुजारीहरू नियमित रूपमा बासस्थानको बाहिरी कोठामा सधैँ आफ्ना सेवाको काम गर्न प्रवेश गर्दथे ।
2मानिसले बनाएको होइन, तर परमेश्वरले बनाउनुभएको साँचो पवित्र बासस्थानमा उहाँ एक सेवक हुनुहुन्छ ।
8पवित्र आत्माले देखाउनुभयो, कि पहिलो पवित्रस्थान रहुञ्जेलसम्म महा-पवित्रस्थानमा जाने मार्ग प्रकट गरिएको थिएन ।
9वर्तमान समयका लागि यो एक उदाहरण थियो । चढाइएका भेटी र बलिदानहरू दुवैले आराधकको विवेकलाई सिद्ध गर्न सकेनन् ।
7भेट हुने पाल, गवाहीको सन्दुक, सन्दुकमाथि राखिने प्रायश्चित्तको ढकनी, पालका सबै सरसामान अर्थात्
8टेबुल र यसका भाँडाकुँडाहरू, शुद्ध सामदानसहित यसका सबै सामान, धूपको वेदी,
36तिनीहरूले टेबुल, यसका सबै भाँडाकुँडा र उपस्थितिको रोटी,
37निखुर सुनको सामदान र लहरै राखिने यसका दियाहरू, यसका सबै सामान र दियाहरूका लागि तेल,
38सुनको वेदी, अभिषेक गर्ने तेल र सुगन्धित धूप, पवित्र वासस्थानको प्रवेशद्वारको पर्दा,
5तिनीहरूले स्वर्गीय कुराहरूको नक्कल र छायाँको मात्र सेवा गर्दछन् । जसरी मोशाले बासस्थान बनाउन लाग्दा परमेश्वरद्वारा मोशालाई चेतावनी दिइयो, परमेश्वरले भन्नुभयो, “हेर, तिमीलाई पहाडमा देखाइएको नमुनाबमोजिम तिमीले हरेक थोक बनाउनू ।”
8म तिनीहरूका बिचमा बस्न सकूँ भनेर तिनीहरूले मेरो निम्ति एउटा पवित्रस्थान बनाऊन् ।
9मैले तँलाई देखाउने नमुनामुताबिक तैँले पवित्र वासस्थान र यसका सबै सामानहरू बनाउनू ।
27टेबुल र यसका सबै भाँडाकुँडा, सामदान र यसका सामान, धूपको वेदी,
11ख्रीष्ट आउनेवाला असल थोकहरूका प्रधान पुजारीको रूपमा आउनुभयो । उहाँ अझ बढी महान् र सिद्ध पवित्रस्थानमा प्रवेश गर्नुभयो, जुन मानवीय हातद्वारा बनाइएको होइन, जुन यस सृजित संसारको होइन । (नोटः अन्य संस्करणहरूमा लेखिएको छ) ख्रीष्ट आउनेवाला असल थोकहरूका प्रधान पुजारीजस्तै भएर आउनुभयो ।
22तिनले पर्दाको बाहिरपट्टि भेट हुने पाल अर्थात् पवित्र वासस्थानको उत्तरपट्टि टेबुल राखे ।
23परमप्रभुले तिनलाई आज्ञा गर्नुभएअनुसार तिनले परमप्रभुको सामु टेबुलमा रोटी मिलाएर राखे ।
24तिनले भेट हुने पाल अर्थात् पवित्र वासस्थानको दक्षिणपट्टि टेबुलको सामु सामदान राखे ।
9तैँले यसलाई र यसका सबै सरसामान मेरो लागि अलग गर्नू । तब यो पवित्र हुनेछ ।
13तिनीहरूले टेबुल र यसका डन्डाहरू, यसका सबै भाँडाकुँडाहरू र उपस्थितिको रोटी,
14बत्तीका निम्ति सामदान, यसका सामग्रीहरू, दियाहरू र दियाका लागि तेल,
15धूपको वेदी र यसका डन्डाहरू, अभिषेक गर्ने तेल र सुगन्धित धूप, पवित्र वासस्थानको प्रवेशद्वारको पर्दा,
15पवित्र वासस्थान खडा गरेको दिन पवित्र वासस्थान अर्थात् करारको आदेशको पाललाई बादलले ढाक्यो । साँझमा बादल पवित्र वासस्थानमाथि थियो । यो बिहानसम्म आगोजस्तो देखियो ।
35पर्दाबाहिर टेबुललाई उत्तरपट्टि राख्नू । पवित्र वासस्थानको दक्षिणपट्टि टेबुलको सामुन्ने सामदान राख्नू ।
2“नयाँ वर्षको पहिलो महिनाको पहिलो दिनमा तैँले पवित्र वासस्थान अर्थात् भेट हुने पाल खडा गर्नू ।
3तैँले यसभित्र गवाहीको सन्दुक राख्नू, र यसलाई पर्दाले छेक्नू ।
4तैँले टेबुललाई भित्र ल्याएर यसमाथि राखिने थोकहरू मिलाएर राख्नू । त्यसपछि तैँले सामदान भित्र ल्याएर दियाहरू मिलाउनू ।
5तैँले गवाहीको सन्दुकको सामुन्ने सुनको धूपको वेदी राख्नू, र पवित्र वासस्थानको प्रवेशद्वारमा पर्दा राख्नू ।
6तैँले पवित्र वासस्थान अर्थात् भेट हुने पालको प्रवेशद्वारको सामुन्ने होमबलिको लागि वेदी राख्नू ।
21यसरी नै, उनले पवित्रस्थान र सेवामा प्रयोग हुने सबै भाँडामा रगत छर्के ।
30तँलाई पर्वतमा देखाइएको नमुनाबमोजिम पवित्र वासस्थान खडा गर्नू ।
26तिनले भेट हुने पालभित्र पर्दाको सामुन्ने सुनको धूपको वेदी राखे ।
30तैँले टेबुलमा मेरो सामु नियमित रूपमा उपस्थितिको रोटी राख्नू ।
24किनकि ख्रीष्ट हातद्वारा बनाइएको महा-पवित्रस्थानमा प्रवेश गर्नुभएन, जुनचाहिँ सत्यताको एक नक्कल मात्र हो । बरु, उहाँ आफैँ स्वर्गमा प्रवेश गर्नुभयो, अनि हाम्रा निम्ति अहिले उहाँ परमेश्वरको सामु उपस्थित हुनुहुन्छ ।
19सोलोमनले परमेश्वरको मन्दिरका सबै सजाउने सामग्रीहरू समेत, सुनको वेदी पनि, र उपस्थितिको रोटी राखिने टेबलहरू बनाए ।
20सामदानहरू तिनमा बत्तीसहितका, जसलाई भित्री पवित्रस्थानमा बाल्नलाई निखुर सुनले बनाइएका थिए ।
19परमप्रभुको करारको सन्दुक राख्नका लागि सोलोमनले मन्दिरको भित्री कोठा तयार पारे ।
29त्यस बेला, मोशाले उजाड-स्थानमा बनाएको परमप्रभुको पवित्र वासस्थान र होमबलिको वेदी गिबोनको डाँडाको उच्च स्थानमा नै थिए ।
44उजाड-स्थानमा हाम्रा पुर्खाहरूको गवाहीको पवित्र वासस्थान थियो जुन परमेश्वरले मोशालाई आज्ञा गर्नुभएमुताबिक उहाँले देखाउनुभएको नमुनाबमोजिम बनाइएको थियो ।
6तैँले धुपको वेदीलाई गवाहीको सन्दुकनेर भएको पर्दाको सामुन्ने राख्नू । यो मैले तँलाई भेट्ने गवाहीको सन्दुकमाथि राखिएको प्रायश्चित्तको ढकनीको सामु हुनेछ ।
10हामीसँग एउटा वेदी छ, जसबाट पवित्रस्थानमा सेवा गर्नेहरूलाई खाने अधिकार छैन ।
10बजलेलले बबुल काठबाट टेबुल बनाए । यसको लमाइ दुई हात, चौडाइ एक हात र उचाइ साँढे एक हात थियो ।
10मोशाले अभिषेक गर्ने तेल लिएर पवित्र वासस्थान र त्यसमा भएका सबै कुरालाई अभिषेक गरे र परमप्रभुको निम्ति ती अलग गरे ।
18त्यसैले, पहिलो करार पनि रगतविना स्थापित भएको थिएन ।
11पवित्रस्थान र यसको पाल, यसको छत, यसका अङ्कुसेहरू, फल्याकहरू, बारहरू, खम्बाहरू
8फल्याकबाट निर्मित वेदी खोक्रो बनाउनू । तँलाई पर्वतमा देखाइएबमोजिम तैँले यसलाई बनाउनू ।
3अनि सोलोमन र तिनीसँग भएका सबै सभा गिबोनमा भएको अग्लो स्थानमा गए, किनकि त्यहाँ परमेश्वरका भेट हुने पाल थियो, जुन परमप्रभुका सेवक मोशाले उजाड-स्थानमा बनाएका थिए ।