१ पत्रुस 5:13
तिमीहरूसँगै चुनिएकी बेबिलोनमा भएकीले र मेरो छोरो मर्कूसले तिमीहरूलाई अभिवादन पठाएका छन् ।
तिमीहरूसँगै चुनिएकी बेबिलोनमा भएकीले र मेरो छोरो मर्कूसले तिमीहरूलाई अभिवादन पठाएका छन् ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
14प्रेमको पवित्र चुम्बनले एक-अर्कालाई अभिवादन गर । ख्रीष्ट येशूमा हुने तिमीहरू सबैलाई शान्ति होस् ।
13तिम्री चुनिएकी बहिनीका छोराछोरीहरूले तिमीलाई अभिवादन गर्छन् ।
9तिमीहरूमध्येका एक, विश्वासयोग्य र प्रिय भाइ ओनेसिमससँगै मैले तिनलाई तिमीहरूकहाँ पठाएँ । तिनीहरूले यहाँ भएका सबै कुराहरू तिमीहरूलाई बताउँनेछन् ।
10मेरा सङ्गी कैदी अरिस्तार्खसले तिमीहरूलाई आफ्नो अभिवादन पठाएका छन्, र बारनाबासका भानिज मर्कूसको पनि अभिवादन छ, जसको बारेमा तिमीहरूले आदेश पाइसकेका छौ, “यदि उनी तिमीहरूकहाँ आए भने उनलाई स्वागत गर,”
12म सिलासलाई विश्वासयोग्य भाइको रूपमा लिन्छु र तिनीबाट मैले तिमीहरूलाई केही कुरा छोटकरीमा लेखेको छु । म तिमीहरूलाई आग्रह गर्छु र तिमीहरूलाई साक्षी दिन्छु कि मैले लेखेको कुरा परमेश्वरको साँचो अनुग्रह हो । त्यसमा खडा होओ ।
5तिनीहरूका घरमा भएको मण्डलीलाई अभिवादन देओ । मेरा प्रिय इपेनितसलाई अभिवादन देओ, जो ख्रीष्टमा एसियाको पहिलो फल हुन् ।
6मरियमलाई अभिवादन देओ, जसले तिमीहरूका निम्ति कडा परिश्रम गरेकी थिइन् ।
7एन्ड्रोनिकस र युनियस, मेरा आफन्तहरू र मेरा सङ्गी कैदीहरूलाई अभिवादन भनिदेओ । तिनीहरू प्रेरितहरूमध्ये विशिष्ट छन्, जो मभन्दा पहिले नै ख्रीष्टमा थिए ।
8प्रभुमा मेरा प्रिय एम्प्लीआतसलाई मेरो अभिवादन भन ।
9उर्बानस, ख्रीष्टमा हाम्रा सहकर्मी र मेरा प्रिय स्ताखुसलाई अभिवादन देओ ।
10ख्रीष्टमा समर्थन गरिएका अपेल्लेसलाई अभिवादन देओ । अरिस्तोबुलसका घरानाकाहरूलाई अभिवादन देओ ।
11मेरा आफन्त हेरोदियनलाई अभिवादन देओ । प्रभुमा भएका नर्किससका घरानाकाहरूलाई अभिवादन भनिदेओ ।
12प्रभुमा कडा परिश्रम गर्ने त्रुफेना र त्रोफोसालाई अभिवादन देओ । परसीसलाई अभिवादन देओ, जसले प्रभुमा धेरै काम गरेका छन् ।
13प्रभुमा चुनिएका रूफस र तिनकी आमा जो मेरो पनि आमा भएकी थिइन्, तिनीहरूलाई अभिवादन देओ ।
14असिंक्रितस, फ्लेगन, हर्मेस, पत्रोबास, हर्मास र उनीहरूसित भएका भाइहरूलाई अभिवादन देओ ।
15फिलोलोगस र युलिया, नेरियस र तिनकी बहिनी, र ओलिम्पास र तिनीहरूसित भएका सबै विश्वासीहरूलाई अभिवादन देओ ।
16एक आपसमा पवित्र चुम्बनले अभिवादन गर । ख्रीष्टका सबै मण्डलीहरूले तिमीहरूलाई अभिवादन पठाएका छन् ।
12एउटाले अर्कालाई पवित्र चुम्बनले अभिवादन गर ।
13सबै विश्वासीले तिमीहरूलाई अभिवादन पठाएका छन् ।
14प्रभु येशू ख्रीष्टको अनुग्रह, परमेश्वरको प्रेम, अनि पवित्र आत्माको सङ्गति तिमीहरू सबैसँग रहून् ।
19एसियामा भएका मण्डलीहरूले तिमीहरूलाई अभिवादन पठाएका छन् । अकिलास र प्रिस्काले र तिनीहरूको घरमा भएको मण्डलीले पनि तिमीहरूलाई प्रभुमा अभिवादन पठाएका छन् ।
20सबै भाइहरूले अभिवादन पठाएका छन् । एकले अर्कालाई पवित्र चुम्बनले अभिवादन गर ।
21म पावल, मेरो आफ्नै हातले यो पत्र लेख्छु ।
21ख्रीष्ट येशूमा भएका हरेक विश्वासीलाई अभिवादन गर । मसँग भएका भाइहरूले तिमीहरूलाई अभिवादन पठाएका छन् ।
22यहाँ भएका सबै विश्वासीहरू, र विशेष गरेर कैसरका घरानाकाहरूले तिमीहरूलाई अभिवादन पठाएका छन् ।
23प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूको आत्मासँग रहोस् । आमेन ।
23ख्रीष्टको निम्ति मसित कैदी भएका इपाफ्रासले पनि तिमीलाई अभिवादन पठाएका छन् ।
24साथै मेरा सहकर्मीहरू मर्कूस, अरिस्तार्खस, डेमास र लूकाले पनि अभिवादन पठाएका छन् ।
25हाम्रा येशू ख्रीष्टको अनुग्रह तिम्रो आत्मासित रहोस् । आमेन ।
21मेरा सहकर्मी तिमोथी र मेरा आफन्त लुकियस, यासोन र सोसिपात्रोसले तिमीहरूलाई अभिवादन पठाएका छन् ।
22यो पत्र लेख्ने म तर्तियसले प्रभुमा अभिवादन गर्दछु ।
23गायस जसले मलाई र सम्पूर्ण मण्डलीलाई उहाँको घरमा राखेका छन्, उनले तिमीहरूलाई अभिवादन भनेका छन् । सहरका कोषाध्यक्ष इरास्तस र भाइ क्वार्टसले तिमीहरूलाई अभिवादन गरेका छन् ।
24[नोटः उत्कृष्ट प्राचीन प्रतिलिपीहरूले यो पदलाई हटाएका छन् (रोमी १६∶२० हेर्नुहोस्) पद २४] । हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरू सबैसित रहेको होस् ।
15मसँग भएका सबैले तिमीलाई अभिवादन पठाएका छन् । विश्वासमा हामीलाई प्रेम गर्नेहरूलाई अभिवादन भनिदेऊ । तिमीहरू सबैसँग अनुग्रह रहोस् । आमेन् ।
26सबै भाइहरूलाई पवित्र चुम्बनले अभिवादन गर ।
15लाउडिकियामा भएका भाइहरू, र नुम्फास, र तिनको घरमा भएको मण्डलीलाई पनि अभिवादन गर ।
37बारनाबासले मर्कूस भनिने यूहन्नालाई पनि तिनीहरूसँगै लैजान चाहन्थे ।
25शाऊल र बारनाबासले यरूशलेमको तिनीहरूको मिसन पुरा गरेपछि, तिनीहरूले आफूसँगै यूहन्नालाई लिएर गए, जसको अर्को नाउँ मर्कूस थियो ।
24तिम्रा सबै विश्वासी र अगुवाहरूलाई अभिवादन गर । इटालियाकाहरूले तिमीहरूलाई अभिवादन पठाएका छन् ।
25तिमीहरू सबैसँग अनुग्रह रहोस् ।
2मसँग भएका सबै भाइहरूका साथ म यो पत्र गलातियाका सबै मण्डलीहरूलाई लेखिरहेको छु ।
28हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूसँग रहोस् ।
11लूका मात्र मसँग छन् । मर्कूसलाई तिमीसँगै लिएर मकहाँ आऊ, किनकि काममा तिनी मेरो लागि उपयोगी हुनेछन् ।
7यो पत्र रोममा भएका सबैका निम्ति हो, अर्थात् परमेश्वरका प्रियहरू जो पवित्र जाति हुन बोलाइएका छौ । हाम्रा परमेश्वर र प्रभु येशू ख्रीष्टको अनुग्रह र शान्ति तिमीहरूमा रहोस् ।
2अनि हाम्री बहिनी अप्फिया र हाम्रा सङ्गी-सिपाही अर्खिप्पस र तिम्रो घरमा भएको मण्डलीलाई,
3परमेश्वर पिता र हाम्रा प्रभु येशू ख्रीष्टबाट अनुग्रह र शान्ति!
17यो मेरो अभिवादन हो, म पावल आफ्नै हातले हरेक पत्रहरू लेखेको हो भन्ने चिन्ह हो ।
18हाम्रा प्रभु येशूको अनुग्रह तिमीहरू सबैमा रहोस् ।
18भाइहरू हो, तिमीहरूका आत्मामा हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह रहोस् । आमेन ।
23हाम्रा प्रभु येशूको अनुग्रह तिमीहरूसँग रहोस् ।