१ शमूएल 13:10
तिनले होमबलि चढाउन सिद्ध्याउने बित्तिकै शमूएल आइपुगे । शाऊल तिनलाई भेट्न र अभिवादन गर्न निस्के ।
तिनले होमबलि चढाउन सिद्ध्याउने बित्तिकै शमूएल आइपुगे । शाऊल तिनलाई भेट्न र अभिवादन गर्न निस्के ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
8तिनले शमूएलले तोकेका समय सात दिनसम्म पर्खे । तर शमूएल गिलगालमा आएनन् र मानिसहरू शाऊलदेखि तितरबितर भइरहेका थिए ।
9शाऊलले भने, “मलाई होमबलि र मेलबलि ल्याओ ।” अनि तिनले होमबलि चढाए ।
13जब तिनले अगमवाणी बोलेर सके, तब तिनी उच्च स्थानमा आए ।
14त्यसपछि शाऊलका काकाले तिनी र तिनको सेवकलाई सोधे, “तिमीहरू कहाँ गयौ?” तिनले जवाफ दिए, “गधाहरू खोज्नलाई । जब ती भेट्टाउन नसक्ने हामीले देख्यौं, तब हामी शमूएलकहाँ गयौं ।”
11त्यसपछि शमूएलले भने, “तपाईंले यो के गर्नुभएको?” शाऊलले जवाफ दिए, “जब मानिसहरूले मलाई छोडिरहेको मैले देखें र तोकिएको समयभित्र तपाईं आउनुभएन र पलिश्तीहरू मिकमाशमा भेला भएका थिए,
12मैले भने, 'अब पलिश्तीहरू गिलगालमा मेरो विरुद्धमा आउनेछन् र मैले परमप्रभुको निगाह खोजेको छैन ।' त्यसैले होमबलि चढाउन मैले आफैलाई दवाव दिएँ ।”
13तब शमूएलले शाऊललाई भने, “तपाईंले मूर्खतापूर्वक काम गर्नुभएको छ । परमप्रभु आफ्ना परमेश्वरले दिनुभएको आज्ञा तपाईंले पालन गर्नुभएको छैन । त्यसो गरेको भए परमप्रभुले इस्राएलमाथि तपाईंको शासन सदाको निम्ति स्थापित गर्नुहुनेथियो ।
12शाऊललाई भेट्न शमूएल बिहान सबेरै उठे । शमूएललाई भनियो, “शाऊल कार्मेलमा आए र आफ्नो निम्ति तिनले स्मारक खडा गरे र त्यसपछि पर्के र तल गिलगालतिर गए ।”
13तब शमूएल शाऊलकहाँ आए, र शाऊलले तिनलाई भने, “परमप्रभुद्वारा तपाईंलाई आशिष् मिलोस्! मैले परमप्रभुको आज्ञा पुरा गरेको छु ।”
14शमूएलले भने, “त्यसो भए मेरो कानले सुनेको भेडाहरू कराएको र गोरुहरू कराएको यो के हो?”
13खानलाई उहाँ उच्च स्थानमा जानुअघि नै, तपाईंहरूले सहर पस्नेबित्तिकै उहाँलाई भेट्नुहुनेछ । उहाँ नआएसम्म मानिसहरूले खाने छैनन्, किनभने उहाँले बलिदानलाई आशिर्वाद दिनुहुनेछ । त्यसपछि मात्र निम्ताइएकाहरूले खानेछन् । अहिले माथि गइहाल्नुहोस्, तपाईंहरूले उहाँलाई तुरुन्तै भेट्नुहुनेछ ।”
14त्यसैले तिनीहरू सहरमा गए । तिनीहरू सहर पस्नैलाग्दा, उच्च स्थनामा जानलाई शमूएल आफूतर्फ आउँदै गरेको तिनीहरूले देखे ।
15अब शाऊल आउनुभन्दा अगिल्लो दिन नै परमप्रभुले शमूएललाई प्रकट गर्नुभएको थियोः
23शमूएलले भान्सेलाई भने, “'अलग्गै राख' भनी मैले तिमीलाई भनेको भाग ल्याऊ ।”
24त्यसैले भान्सेले फिला र यसमा भएको सबै ल्याए र शाऊलको सामु राखिदिए । तब शमूएलले भने, “हेर्नुहोस्, जे अलग राखिएको थियो सो तपाईंको अगि राखिएको छ । यो खानुहोस्, किनभने, 'मैले मानिसहरूलाई बोलाएको छु' भनेर मैले भनेको समयदेखि तोकिएको समयसम्म यसलाई तपाईंको निम्ति अलग्गै राखिएको छ ।” त्यसैले त्यस दिन शाऊलले शमूएलसँग खाए ।
25जब तिनीहरू उच्च स्थानबाट सहरमा आएका थिए, शमूएलले शाऊलसँग छतमाथि कुरा गरे ।
26त्यसपछि शामूएलले शाऊललाई बिहान छतमाथि बोलाए र भने, “उठ्नुहोस्, यसरी म तपाईंलाई आफ्नो बाटो पठाउनेछु ।” त्यसैले शाऊल उठे, अनि तिनी र शामूएल दुवै जना गल्लीतिर गए ।
27जसै तिनीहरू सहरको छेउतिर पुग्नै लागे, शमूएलले शाऊललाई भने, “सेवकलाई हामीभन्दा अगि जाने आज्ञा गर्नुहोस्”— र ऊ अगि गयो— “तर तपाईं केही क्षण यहीं रहनुपर्छ, ताकि तपाईंलाई परमेश्वरको सन्देश म भन्नेछु ।”
14तिनले उनलाई भने, “त्यो कस्तो छ?” उनले भनिन्, “एउटा वृद्ध मानिस माथि आइरहेका छन् । यिनले खा्सटो ओढेका छन् ।” यिनी शमूएल हुन् भनी शाऊलले भनी बुझे र तिनले घोप्टो परेर दण्डवत गरे र आदर प्रकट गरे ।
15शमूएलले शाऊललाई भने, “तिमीले किन मेरो शान्ति भङ्ग गर्यौ र मलाई माथि ल्यायौ?” शाऊलले जवाफ दिए, “म अति नै व्याकुल छु, किनभने पलिश्तीहरूले मेरो विरुद्ध युद्ध गरिरहेका छन्, र परमेश्वरले मलाई छोड्नुभएको छ र मलाई न अगमवक्ताहरूद्वारा न त सपनाहरूद्वारा नै जवाफ दिनुहुन्छ । यसकारण मैले तपाईंलाई बोलाएको हुँ, ताकि मैले के गर्नुपर्ने हो सो तपाईंले मलाई प्रकट गर्नुहोस् ।”
17जब शमूएलले शाऊललाई देखे, तब परमप्रभुले तिनलाई भन्नुभयो, “मैले तँलाई भनेको मानिस यही हो । मेरा मानिसहरूमाथि राज्य गर्ने मानिस यही हो ।”
18तब शाऊल प्रवेशद्वारमा शमूएलको नजिक आए र भने, “दर्शीको घर कहाँ छ मलाई भन्नुहोस्?”
19शमूएलले शाऊललाई जवाफ दिए र भने, “दर्शी म नै हुँ । मभन्दा अगि-अगि उच्च स्थानमा जानुहोस्, किनकि आज तपाईंले मसँग खानुहुनेछ । बिहान भएपछि म तपाईंलाई जान दिनेछु, र तपाईंको मनमा भएका हरेक कुरा म तपाईंलाई भनिदिनेछु ।
31त्यसैले शमूएल शाऊलसँगै फर्के, र शाऊलले परमप्रभुको आराधना गरे ।
8मेरो अगि तल गिलगालमा जानुहोस् । त्यसपछि म होमबलि र मेलबलि चढाउन म तपाईंकहाँ तल आउनेछु । म नआएसम्म र तपाईंले के गर्नुपर्छ भनी तपाईंलाई नदेखाएसम्म सात दिनसम्म पर्खनुहोस् ।”
9शमूएलबाट विदा हुनलाई जब शाऊलले पिठ्युँ फर्काए, तब परमेश्वरले तिनलाई अर्कै हृदय दिनुभयो । तब ती सबै चिन्हहरू त्यसै दिन पुरा भयो ।
10जब तिनीहरू डाँडामा आए, अगमवक्ताको एक समूहले तिनलाई भेटे र परमेश्वरको आत्मा तिनीमाथि आउनुभयो ताकि तिनले उनीहरूसँगै भविष्यवाणी बोले ।
11जब तिनलाई पहिले चिनेकाहरूले हरेकले तिनलाई अगमवक्ताहरूका साथमा अगमवाणी बोलिरहेको देखे, तब मानिसहरूले एक-आपसमा भने, “कीशका छोरालाई के भएको छ? के शाऊल अब अगमवक्ताहरूमध्ये एक जना भएछन्?”
10परमप्रभुको वचन शमूएलकहाँ यसो आयो,
2शमूएलले सोधे, “म कसरी जान सक्छु? शाऊलले यो सुने भने, उसले मलाई मार्नेछ ।” परमप्रभुले भन्नुभयो, “तँसँगै एउटा कोरली लैजा र भन्, 'म परमप्रभुलाई बलिदान चढाउन आएको छु ।'
3यिशैलाई पनि बलिदानमा बोला र तैंले के गर्नुपर्नेछ म तँलाई देखाउनेछु । मैले तँलाई देखाएको एक जनालाई तैंले अभिषेक गर्नेछस् ।”
4शमूएलले परमप्रभुले भन्नुभएझैं गरे र बेथलेहेम गए । सहरका धर्म-गुरुहरू तिनलाई भेट्न आउँदा तिनीहरू डरले कामिरहेका थिए र भने, “के तपाईं शान्तिमा नै आउँदै हुनुहुन्छ?”
5तिनले भने, “शान्तिमा नै हो । म परमप्रभुलाई बिलदान चढाउन आएको छु । आफैलाई अलग गर्न तयार होओ र मसँगै बलिदानमा आओ ।” तिनले यिशै र तिनका छोराहरूलाई अलग गरे र तिनीहरूलाई बलिदानमा निमन्त्रणा गरे ।
6जब तिनीहरू आए, तिनले एलीआबलाई हेरे र मनमनै भने परमप्रभुको अभिषिक्त जन निश्चय नै तिनको सामु उभिरहेका थिए ।
1¶ शमूएलले शऊललाई भने, “ तपाईंलाई परमप्रभुका मानिसहरूका राजा हुन अभिषेक गर्नलाई उहाँले मलाई पठाउनुभयो । अब परमप्रभुको वचन सुन्नुहोस् ।
2तेस्रो दिनमा, शाऊलको छाउनीबाट एक जना मानिस लुगा च्यातेर र शिरमा धुलो छरेर आए । जब तिनी दाऊदकहाँ आए, तब तिनले आफ्नो अनुहार भुईंमा घोप्टो पारे र आफूलाई लमतन्न पारे ।
15तब शमूएल उठे र गिलगालबाट बेन्यामीनको गिबातिर गए । तब शाऊलले आफूसँग भएका मानिसहरूको गन्ती गरे, तिनीहरू झण्डै छ सय जना मानिसहरू थिए ।
8भोलिपल्ट यस्तो भयो, जब पलिश्तीहरू मारिएकाहरूलाई लुट्नलाई आए, तब उनीहरूले शाऊल र तिनका छोराहरूलाई गिल्बो डाँडामा मरेका भेट्टाए ।
10तब शाऊलले आफ्नो सेवकलाई भने, “राम्रो भन्यौ । आऊ, हामी जाऔं ।” त्यसैले तिनीहरू त्यस सहरमा गए जहाँ परमेश्वरका मानिस बस्थे ।
13यसरी परमप्रभुप्रतिको विश्वासहीनताको कारणले शाऊल मरे । तिनले परमप्रभुको निर्देशनहरूलाई पालन गरेनन्, तर मृतकहरूसँग कुराकानी गर्नेहरूको सल्लाह लिए।
34शमूएल रामामा गए र शाऊल गिबाको आफ्नै घरमा गए ।
35शमूएलले आफ्नो मृत्युको दिनसम्म नै शाऊललाई भेटेनन्, किनकि तिनले शाऊलको निम्ति शोक गरे । परमप्रभुले शाऊललाई इस्राएलका राजा बनाउनुभएकोमा उहाँ दुःखी हुनुभयो ।
10शमूएलले होमबलि चढाउँदै गर्दा पलिश्तीहरू इस्राएललाई आक्रमण गर्न आए । तर त्यस दिन पलिश्तीहरूको विरुद्धमा ठुलो गर्जनसहित परमप्रभु गर्जनुभयो र तिनीहरूलाई गोलमालमा पार्नुभयो, र तिनीहरू इस्राएलको सामुबाट भागे ।
15त्यसैले सबै मानिसहरू गिलगालमा गए र गिलगामा परमप्रभुको सामु शाऊललाई राजा बनाए । तिनीहरूले त्यहाँ परमप्रभुको सामु मेलबलिहरू चढाए, र शाऊल र इस्राएलका सबै मानिसहरू धेरै आनन्दित भए ।
5यति बेला शाऊल खतेबाट गोरुहरू लिएर आउँदै थियो । शऊलले भने, “मानिसहरूलाई के खराबी भयो जसले गर्दा तिनीहरू रुँदैछन्?” याबेशका मानिसहरूले जे भनेका थिए सो तिनीहरूले शाऊललाई भने ।
21ती स्त्री शाऊलकहाँ आइन् र तिनी साह्रै ठुलो कष्टमा परेको देखिन्, उनलले तिनलाई भनिन्, “हेर्नुहोस्, तपाईंकी दासीले तपाईंको कुरा सुनेकी छिन् । मेरो जीवनलाई मैले जोखिममा पारेको छु र तपाईंले भन्नुभएको कुरा पालन गरेकी छु ।
16तब शमूएलले शाऊललाई भने, “पर्खनुहोस्, र परमप्रभुले मलाई आज राती के भन्नुभयो सो म तपाईंलाई भन्नेछु ।” शाऊलले तिनलाई भने, “भन्नुहोस् ।”
12जब ती स्त्रीले शमूएल देखिन्, तब तिनले ठुलो सोरले चिच्याइन् र भनिन्, “तपाईंले मलाई किन छल गर्नुभयो? किनकि तपाईं नै शाऊल हुनुहुन्छ ।”
3यति बेला शमूएल मरिसकेका थिए, र सारा इस्राएलले तिनको निम्ति विलाप गरेका र तिनलाई आफ्नै सहर रामामा दफन गरेका थिए । शाऊलले मृतक र आत्माहरूसँग कुरा गर्नेहरूलाई देशमा निषेध गरेका थिए ।
16जब दाऊदले यी कुराहरू शाऊललाई भनिसकेका थिए, तब शाऊलले भने, “मेरो छोरा दाऊद, के यो तिम्रो सोर हो?” शाऊलले डाँको छोडेर रोए ।