१ शमूएल 16:15

अनलक शाब्दिक बाइबल

शाऊलका सेवकहरूले तिनलाई भने, “हे्र्नुहोस्, परमप्रभुको हानिकारक आत्माले तपाईंलाई दुःख दिन्छ ।

थप स्रोतहरू

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • १ शमू 16:13-14
    2 पदहरू
    88%

    13अनि शमूएलले तेल भएको सीङ् लिए र तिनलाई आफ्‍ना दाजुहरूका माझमा अभिषेक गरे । त्यस दिनदेखि परमप्रभुको आत्मा दाऊदमाथि आउनुभयो । त्यसपछि शमूएल उठे र रामातिर गए ।

    14परमप्रभुको आत्माले शाऊललाई छोड्नुभयो र परमप्रभुको हानिकारक आत्माले तिनलाई दुःख दियो ।

  • १ शमू 16:16-19
    4 पदहरू
    86%

    16तपाईंको सामु भएका सेवकहरूलाई कोही वीणा बजाउन निपुण व्यक्‍तिलाई खोज्‍न हाम्रो मालिकले आज्ञा गर्नुहोस् । जब परमप्रभुको हानिकारक आत्मा तपाईंमाथि आउँछ, त्यसले वीणा बजाउनेछ, र तपाईं ठीक हुनुहुनेछ ।”

    17शाऊलले तिनका सेवकहरूलाई भने, “बजाउन निपुण एक जना मानिस मेरो निम्ति खोज र त्यसलाई मकहाँ ल्याऊ ।”

    18जवानहरूमध्ये एक जनाले जवाफ दिए, “मैले बेथलेहमका यिशैका छोरा बजाउनमा निपुण, बलियो, साहसी, लडाकु, बोलीवचनमा चतुर, सुन्‍दर मानिस देखेको छु । अनि परमप्रभु तिनीसँग हुनुहुन्छ ।”

    19त्यसैले शाऊलले यिशैकहाँ दूतहरू पठाए र भने, “भेडाहरूसँग भएको तिम्रो छोरा दाऊदलाई मकहाँ पठाऊ ।”

  • १ शमू 16:22-23
    2 पदहरू
    83%

    22“दाऊद मेरो सामु खडा रहोस्, किनभने उसले मेरो दृष्‍टिमा निगाह पाएको छ” भन्‍ने सामाचार शाऊलले यिशैलाई पठाए ।

    23जब-जब शाऊलमाथि परमेश्‍वरको हानिकारक आत्मा आउँथ्यो, दाऊदले वीणा लिन्थे र त्‍यो बजाउँथे । यसरी शाऊल पुनः ताजा र सञ्‍चो हुन्थे, र हानिकारक आत्माले तिनीलाई छोड्‍थ्‍यो।

  • 9शाऊलमाथि आफ्‍नो हातमा भाला लिएर आफ्नो घरमा बसेको र ऊदले आफ्नो सङ्गीतको साधन बजाइरहेका बेलामा परमप्रभुको हानिकारक आत्मा तिनीमाथि आयो ।

  • १ शमू 18:9-10
    2 पदहरू
    78%

    9शाऊलले त्यस दिनदेखि दाऊदलाई शंकाको दृष्‍टिे हेरे ।

    10भोलि पल्ट शाऊलमा परमेश्‍वरबाटको हानिकारक आत्मा आयो र तिनले घरभित्र नै अगमवाणी बोले । त्यसैले दाऊदले हरेक दिन गरेझैं आफ्‍नो सङ्गीतको साधन बजाए । शाऊलको हातमा भाला थियो ।

  • १ शमू 28:13-16
    4 पदहरू
    74%

    13राजाले उनलाई भने, “नडराऊ । तिमीले के देख्छौ?” ती स्‍त्रीले शाऊललाई भनिन्, “पृथ्वीबाट एउटा देवता आइरहेको म देख्छु ।”

    14तिनले उनलाई भने, “त्‍यो कस्तो छ?” उनले भनिन्, “एउटा वृद्ध मानिस माथि आइरहेका छन् । यिनले खा्सटो ओढेका छन् ।” यिनी शमूएल हुन् भनी शाऊलले भनी बुझे र तिनले घोप्‍टो परेर दण्डवत गरे र आदर प्रकट गरे ।

    15शमूएलले शाऊललाई भने, “तिमीले किन मेरो शान्ति भङ्ग गर्‍यौ र मलाई माथि ल्यायौ?” शाऊलले जवाफ दिए, “म अति नै व्याकुल छु, किनभने पलिश्‍तीहरूले मेरो विरुद्ध युद्ध गरिरहेका छन्, र परमेश्‍वरले मलाई छोड्नुभएको छ र मलाई न अगमवक्ताहरूद्वारा न त सपनाहरूद्वारा नै जवाफ दिनुहुन्छ । यसकारण मैले तपाईंलाई बोलाएको हुँ, ताकि मैले के गर्नुपर्ने हो सो तपाईंले मलाई प्रकट गर्नुहोस् ।”

    16शमूएलले भने, “तब परमप्रभुले तिमीलाई छोड्नुभएको र उहाँ नै तिम्रो शत्रु हुनुभएको हुनाले तिमीले मलाई के सोध्छौ?

  • १ शमू 28:7-9
    3 पदहरू
    73%

    7तब शाऊलले आफ्नो सेवकहरूलाई भने, “मृतकसँग कुरा गर्ने एक जना स्‍त्री मेरो निम्ति खोजेर ल्‍याओ, ताकि त्यसकहाँ म जान र त्यसको सल्लाह खोज्‍न सकूँ ।” तिनका सेवकहरूले तिनलाई भने, “हे्र्नुहोस्, मृतकसँग कुरा गर्न सक्‍ने दाबी गर्ने एक जना स्‍त्री एन्दोरमा छिन् ।”

    8शाऊलले आफू भेष बदले र अर्कै पोशाक लगाएर, तिनी र तिनीसँग भएका दुई जना मानिसहरू गए । तिनीहरू त्यो स्‍त्री कहाँ राती गए । तिनले भने, “म बिन्ती गर्छु मेरो निम्ति आत्मासँग कुरा गरि देऊ र मैले जसको नाउँ भन्‍छु त्यो मलाई ल्याइदेऊ ।”

    9स्‍त्रीले तिनलाई भनिन्, “हेर्नुहोस्, शाऊलले के गर्नुभएको छ सो तपाईंहरूलाई थाहा छ, उनले मृतक वा आत्माहरूसँग कुरा गर्नेहरूलाई कसरी देशबाट निष्काषण गर्नुभएको छ । त्यसैले मलाई मर्नलाई किन मेरो जीवनलाई जालमा फसाउँदै हुनुहुन्छ?”

  • 20तब शाऊलले दाऊदलाई समात्‍न दूतहरू पठाए । अगमवक्ताहरूका समूहले अगमवाणी गरिरहेको र शमूएल तिनीहरूका अगुवाको रूपमा खडा भएका जब तिनीहरूले देखे, तब शाऊलका दूतहरूमाथि पनि परमेश्‍वरको आत्मा आउनुभयो र तिनीहरूले पनि अगमवाणी गरे ।

  • 12परमप्रभु दाऊदसँग हुनुहुन्‍थ्‍यो, तर शाऊलसँग फेरि हुनुभएन, यसैले शाऊल तिनीसँग डराए ।

  • 1¶ शमूएलले शऊललाई भने, “ तपाईंलाई परमप्रभुका मानिसहरूका राजा हुन अभिषेक गर्नलाई उहाँले मलाई पठाउनुभयो । अब परमप्रभुको वचन सुन्‍नुहोस् ।

  • 6जब तिनीहरूले भनेका कुरा शाऊलले सुने, तब तिनीमाथि परमेश्‍वरको आत्मा आउनुभयो र तिनी साह्रै रिसाए ।

  • 26शाऊल पनि गिबामा आफ्नो घरमा गए र तिनको साथमा केही बलिया मानिसहरू गए, जसका हृदयहरूमा परमेश्‍वरले छुनुभएको थियो ।

  • 21ती स्‍त्री शाऊलकहाँ आइन् र तिनी साह्रै ठुलो कष्‍टमा परेको देखिन्, उनलले तिनलाई भनिन्, “हेर्नुहोस्, तपाईंकी दासीले तपाईंको कुरा सुनेकी छिन् । मेरो जीवनलाई मैले जोखिममा पारेको छु र तपाईंले भन्‍नुभएको कुरा पालन गरेकी छु ।

  • 31जब सिपाहीहरूले दाऊदले भनेका कुराहरू सुने, तब तिनीहरूले त्यो कुरा शाऊललाई बताए र तिनले दाऊदलाई लिन पठाए ।

  • 24शाऊलका सेवहरूले दाऊदले भनेका यी कुराहरू उनलाई बताए ।

  • 1¶ आफ्‍ना छोरा जोनाथन र आफ्‍ना सबै सेवकलाई शाऊलले हुकुम गरे कि तिनीहरूले दाऊदलाई मार्नुपर्छ । तर शाऊलका छोरा जोनाथन दाऊदसँग धैरै खुसी थिए ।

  • 15अब शाऊल आउनुभन्दा अगिल्लो दिन नै परमप्रभुले शमूएललाई प्रकट गर्नुभएको थियोः

  • १ शमू 22:12-13
    2 पदहरू
    69%

    12शाऊलले भने, “अहितूबका छोरा सुन् ।” तिनले जवाफ दिए, “म यहाँ छु मालिक ।”

    13शाऊलले तिनलाई भने, “तैंले, तैंले र यिशैका छोराले किन मेरो विरुद्धमा षडयन्त्र रचेको छस्, जसमा तैंले उसलाई रोटी र तरवार दिइस् र परमप्रभुले उसलाई सहायता गर्नुभएको होस् भनी प्रार्थना गरिस्, जसले गर्दा मेरो विरुद्धमा खडा हुनलाई ऊ गुप्‍तमा लुक्‍न सकोस्, जस्‍तो आज उसले गरेको छ?”

  • 9दाऊदले शाऊललाई भने, “'हेर्नुहोस्, दाऊदले तपाइंको हानि गर्न खोज्दैछ' भन्‍ने मानिसहरूको कुरा तपाईंले किन सुन्‍नुहुन्छ?

  • 10तब शाऊलले आफ्नो सेवकलाई भने, “राम्रो भन्यौ । आऊ, हामी जाऔं ।” त्यसैले तिनीहरू त्‍यस सहरमा गए जहाँ परमेश्‍वरका मानिस बस्‍थे ।

  • 16तब शमूएलले शाऊललाई भने, “पर्खनुहोस्, र परमप्रभुले मल‍ाई आज राती के भन्‍नुभयो सो म तपाईंलाई भन्‍नेछु ।” शाऊलले तिनलाई भने, “भन्‍नुहोस् ।”

  • 5जब शाऊलले पलिश्‍तीहरूको फौज देखे, तब तिनी डराए र तिनको हृदय अति नै डरायो ।

  • १ शमू 14:36-37
    2 पदहरू
    68%

    36तब शाऊलले भने, “पलिश्‍तीहरूलाई राती गएर पिछा गरौं र बिहानसम्ममा तिनीहरूलाई लूटौं । तिनीहरूलाई एउटै पनि जीवित नछोडौं ।” तिनीहरूले जवाफ दिए, “तपाईंलाई जे असल लाग्छ सो गर्नुहोस् ।” तर पुजारी भने, “यहाँ परमेश्‍वरकहाँ जाऔं ।”

    37शाऊलले परमेश्‍वरलाई सोधे, “के म पलिश्‍तीहरूको पिछा गरौं? के तपाईंले तिनीहरूलाई इस्राएलको हातमा सुम्पनुहुने छ?” तर परमेश्‍वरले त्यस दिन तिनलाई जवाफ दिनुभएन ।

  • 3यति बेला शमूएल मरिसकेका थिए, र सारा इस्राएलले तिनको निम्ति विलाप गरेका र तिनलाई आफ्नै सहर रामामा दफन गरेका थिए । शाऊलले मृतक र आत्माहरूसँग कुरा गर्नेहरूलाई देशमा निषेध गरेका थिए ।

  • 10परमप्रभुको वचन शमूएलकहाँ यसो आयो,

  • 24तब शाऊलले शमूएललाई भने, “मैले पाप गरेको छु । किनकि मैले परमप्रभुको आज्ञा र तपाईंको वचन तोडेको छु, किनभने म मानिसहरूदेखि डराएको थिएँ र मैले तिनीहरूको कुरा मानें ।

  • 13यसरी परमप्रभुप्रतिको विश्‍वासहीनताको कारणले शाऊल मरे । तिनले परमप्रभुको निर्देशनहरूलाई पालन गरेनन्, तर मृतकहरूसँग कुराकानी गर्नेहरूको सल्लाह लिए।

  • १ शमू 26:17-18
    2 पदहरू
    68%

    17शाऊलले दाऊदको सोर चिने र भने, “ए मेरो छोरा दाऊद, के यो तिम्रो सोर हो?” दाऊदले भने, “हो मेरो मालिक, राजा, यो मेरो सोर हो ।”

    18तिनले भने, “मेरो मालिकले आफ्नो दासको किन खेदो गर्नुहुन्छ? मैले के गरेको छु? मेरो हातमा के खराबी छ?

  • 19शाऊल पुजारीसँग बोलिरहँदा पलिश्‍तीहरूको छाउनीको हल्ला झन् बढ्दै थियो । तब शाऊलले पुजारीलाई भने, “तिम्रो हात झिक ।”

  • 11के कीलाहका मानिसहरूले मलाई तिनको हातमा सुम्‍पनेछन्? के तपाईंको दासले सुनेजस्तै शाऊल तल आउनेछन्? हे परमप्रभु इस्राएलका परमेश्‍वर, म तपाईंसँग बिन्ती गर्छु, कृपया आफ्‍नो दासलाई भन्‍नुहोस् ।” परमप्रभुले भन्‍नुभयो, “ऊ तल आउनेछ ।”

  • 27जसै तिनीहरू सहरको छेउतिर पुग्‍नै लागे, शमूएलले शाऊललाई भने, “सेवकलाई हामीभन्‍दा अगि जाने आज्ञा गर्नुहोस्”— र ऊ अगि गयो— “तर तपाईं केही क्षण यहीं रहनुपर्छ, ताकि तपाईंलाई परमेश्‍वरको सन्देश म भन्‍नेछु ।”

  • 15तब शमूएल उठे र गिलगालबाट बेन्यामीनको गिबातिर गए । तब शाऊलले आफूसँग भएका मानिसहरूको गन्ती गरे, तिनीहरू झण्डै छ सय जना मानिसहरू थिए ।

  • 7शाऊलले आफ्नो वरिपरि खडा भएका सेवकहरूलाई भने, “हे बेन्यामीनका मानिसहरू हो, सुन! के यिशैका छोराले तिमीहरू हरेकलाई खेत र दाखबारीहरू दिनेछ? के उसले तिमीहरू सबैलाई हजारका कप्‍तानहरू र सयका कप्‍तानहरू बनाउनेछ,

  • 15जब शाऊलले तिनको फलिफाप भएको देखे, तब उनलाई तिनको डर भयो ।

  • 15तब शाऊलले दाऊदलाई हेर्न दूतहरू पठाए । उनले भने, “त्यसलाई ओछ्यामा नै मकहाँ ल्‍याऊ, ताकि म त्यसलाई मार्नेछु ।”

  • 22अब हेर्नुहोस्, परमप्रभुले तपाईंका यी सबै अगमवक्ताका मुखमा झूट बोल्‍ने आत्‍मा हालिदिनुभएको छ, र परमेश्‍वरले तपाईंका सर्वनाशको आदेश दिनुभएको छ ।”