१ शमूएल 20:10

अनलक शाब्दिक बाइबल

तब दाऊदले जोनाथनलाई भने, “तपाईंका बुबाले तपाईंलाई कतै खस्रो किसिमको जवाफ दिनुभयो भने मलाई कसले भनिदिने?”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • उत्प 42:7 : 7 योसेफले आफ्ना दाजुहरूलाई देखेर चिने, तर तिनले नचिनेका जस्तै गरी तिनीहरूसित कडासँग बोले । तिनले तिनीहरूलाई भने, “तिमीहरू कहाँबाट आएका हौ?” तिनीहरूले भने, “अनाज किन्‍नका लागि कनान देशबाट आएका हौँ ।”
  • उत्प 42:30 : 30 “त्यस देशका मालिकले हामीसित कठोरतापूर्वक बोले र हामी त्यहाँ जासुस भएर गएका थियौँ भनी ठाने ।
  • १ शमू 20:30-34 : 30 तब जोनाथनको विरुद्धमा शाऊल रिस दन्‍कियो र तिनले उनलाई भने, “तँ पथभ्रष्‍ट र विद्रोही स्‍त्री को छोरो! तैंले यिशैका छोरालाई आफ्नै शर्म र आफ्नो आमाको नग्‍नताको शर्मको निम्ति रोजेको छस् भन्‍ने के मलाई थाहा छैन? 31 किनकि यिशैका छोरा पृथ्वीमा रहेसम्‍म, न तँ रहेनेछस् न त तेरो राज्य नै रहनेछ । अब कसैलाई पठा र त्यसलाई मकहाँ लिएर आइज, किनकि त्यो मरिनैपर्छ ।” 32 जोनाथनले आफ्नो बुबा शाऊललाई जवाफ दिए, “के कराणले तिनलाई मारिनुपर्ने? तिनले के गरेका छन्?” 33 तब शाऊलले तिनलाई मार्न आफ्नो भालाले हाने । यसरी आफ्नो बुबाले दाऊदलाई मार्न अठोट गरेका कुरा जोनाथनलाई पक्‍का थाहा भयो । 34 जोनाथन रिसले आगो भएर टेबलबाट उठे र महिनाको दोस्रो दिन कुनै खाने कुरा खाएनन्, किनकि दाऊदको निम्‍ति तिनी शोकित भए, किनकि तिनका बुबाले उनको अनादर गरेका थिए ।
  • १ शमू 25:10 : 10 नाबालले दाऊदका सेवकहरूलाई जवाफ दिए, “दाऊद को हुन् र यिशैका छोरा को हुन्? आजभोलि आफ्ना मालिकहरूबाट भाग्‍ने धेरै जना सेवकहरू छन् ।
  • १ शमू 25:14 : 14 तर ती जवान मानिसहरूमध्ये एक जनाले नाबालकी पत्‍नी अबीगेललाई भने । तिनले भने, “दाऊदले उजाड-स्‍थानबाट हाम्रा मालिकसँग भेट गर्न दूतहरू पठाए र तिनले उनीहरूको अपमान गरे ।
  • १ शमू 25:17 : 17 यसकारण यो कुरा जान्‍नुहोस् र तपाईंले के गर्नुपर्ने हो सो विचार गर्नुहोस्, किनकि हाम्रा मालिक र उहाँका सारा घरानाका विरुद्ध खराब षड्यन्त्र रचिएको छ । उहाँ यस्तो वेकामको मानिस हुनुहुन्‍छ, उहासँग कसैले वहस गर्न सक्दैन ।”
  • १ राजा 12:13 : 13 राजाले मानिसहरूलाई कडा तवरले जवाफ दिए, र तिनले पाका मानिसहरूले तिनलाई दिएको सल्लाहको बेवास्ता गरे ।
  • नीति 18:23 : 23 गरिब मानिसले कृपाको लागि बिन्ती गर्छ, तर धनी मानिसले हतारमा जवाफ दिन्छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • १ शमू 20:1-9
    9 पदहरू
    87%

    1¶ तब दाऊद रामाको नैयोतबाट भागे र जोनाथनकहाँ आए र भने, “मैले के गरेको छु? मेरो अपराध के हो? तपाईंको बुबाको सामु मैले गरेको पाप हो,जसको कारणले उहाँले मेरो ज्यान लिन खोज्नुहुन्छ?”

    2जोनाथनले दाऊदलाई भने, “यो कुरा दूर होस् । तपाईं मर्नुहुन्‍न । मेरो बुबाले मलाई नभनी सानो वा ठुलो कुनै पनि कुरा गर्नुहुन्‍न । मेरो बुबाले यो कुरा किन लुकाउनुहुन्छ? यो यस्तो होइन?”

    3तापनि दाऊदले फेरि शपथ खाए र भने, “मैले तपाईंको दृष्‍टिमा निगाह पाएको छु भनेर तपाईंको बुबाले राम्ररी थाहा पाउनुभएको छ । उहाँले भन्‍नुभएको छ, 'जोनाथनले यो कुरा थाहा पाउनुहुँदैन नत्र ऊ दुःखित हुनेछ ।' तर जस्तो परमप्रभु जीवित हुनुहुन्छ र तपाईं जीवित हुनुहुन्छ, म र मृत्यु बिच एक कदम मात्र छ ।”

    4तब जोनाथनले दाऊदलाई भने, “तपाईंले मलाई जे भन्‍नुहुन्छ, म तपाईंको निम्ति त्यही गर्नेछु ।”

    5दाऊदले जोनाथनलाई भने, “भोलि औंसी हो, म राजासँग खान बस्‍नुपर्छ । तर मलाई जान दिनुहोस्, ताकि तेस्रो दिनको साँझसम्म म आफै खेतमा लुक्‍न सकूँ ।

    6तपाईंका बुबाले म नहुँदा खिन्‍न महसुस गर्नुभयो भने, यसो भन्‍नुहोस्, 'दाऊदले आफ्नो सहर बेथलेहेममा जान पाऊँ भनी तिनले मसँग ज्‍यादै बिन्‍ती गरेर विदा मागे । किनभने त्‍यहाँ सबै कुलको वार्षिक बलिदान हुँदैछ ।'

    7उहाँले, 'ठिकै छ' भन्‍नुहुन्‍छ भने, तपाईंको दासलाई शान्ति हुनेछ । तर उहाँ रिसले चुर हुनुभयो भने, उहाँले कुनै खराब गर्ने अठोट गर्नुभएको छ भनी जान्‍नुहोस् ।

    8यसकारण आफ्‍नो दासमाथि दायपूर्वक व्यवहार गर्नुहोस् । किनभने तपाईंले आफ्नो दासलाई आफूसँगै परमप्रभुको करारमा ल्याउनुभएको छ । तर ममा कुनै पाप छ भने, मलाई तपाईं आफैले मार्नुहोस् । किनकि मलाई किन तपाईंको बुबाकहाँ ल्याउनुहुन्छ?”

    9जोनाथनले भने, “यो कुरा तपाईंबाट दूर रहोस्! मेरा बुबाले तपाईंमाथि हानि ल्याउने अठोट गर्नुभएको छ भनी मैले थाहा पाएँ भने, के म तपाईंलाई भन्दिनँ र?”

  • १ शमू 20:11-13
    3 पदहरू
    82%

    11जोनाथनले दाऊदलाई भने, “आउनुहोस्, हामी खेतमा जाऔं ।” त्यसैले तिनीहरू दुवै जना खेतमा गए ।

    12जोनाथनले दाऊदलाई भने, “परमप्रभुको इस्राएलको परमेश्‍वर नै साक्षी हुनुभएको होस् । जब भोलि वा पर्सि मैले मेरो बुबालाई प्रश्‍न गरेपछि, हेर्नुहोस्, दाऊदप्रति शुभेच्छा छ भने, के म तपाईंकहाँ कसैलाई पठाउने र त्‍यो कुराको जानकारी तपाईंलाई दिनेछैन र?

    13मेरो बुबाले तपाईंलाई हानि गर्ने इच्छा गर्नुभएको रहेछ, र तपाईं शान्तिमा जान सक्‍नुभएको होस् भनी मैले तपाईंलाई थाहा दिइनँ, र तपाईंलाई पठाइनँ भने, परमप्रभुले जोनाथनलाई यसै र अझ बढी गर्नुभएको होस् । परमप्रभु जसरी मेरो बुबासँग हुनुहुन्‍छ, त्यसरी नै उहाँ तपाईंसँग रहनुभएको होस् ।

  • १ शमू 19:1-4
    4 पदहरू
    82%

    1¶ आफ्‍ना छोरा जोनाथन र आफ्‍ना सबै सेवकलाई शाऊलले हुकुम गरे कि तिनीहरूले दाऊदलाई मार्नुपर्छ । तर शाऊलका छोरा जोनाथन दाऊदसँग धैरै खुसी थिए ।

    2त्यसैले जोनाथनले दाऊदलाई भने, “मेरा बुबा शाऊलले तपाईंलाई मार्न खोज्‍दैछन् । यसकारण बिहान सजग हुनुहोस् र आफूलाई कुनै गोप्य ठाउँमा लुकाउनुहोस् ।

    3म बाहिर जाने छु र तपाईं भएकै ठाउँमा म मेरो बुबाको छेउमा खडा हुनेछु र म मेरो बुबासँग तपाईंको बारेमा कुरा गर्नेछु । मैले कुनै कुरा थाहा पाएँ भने, म तपाईंलाई भन्‍नेछु ।”

    4जोनथानले तिनका बुबा शाऊलसँग दाऊदको बारेमा असल कुरा गरे र उनलाई भने, “राजाले उनका सेवक दाऊदको विरुद्धमा पाप नगर्नुहोस् । किनकि तिनले तपाईंको विरुद्ध पाप गरेका छैनन् र तिनका कामहरूले तपाईंको भलो भएको छ ।

  • १ शमू 20:32-35
    4 पदहरू
    82%

    32जोनाथनले आफ्नो बुबा शाऊललाई जवाफ दिए, “के कराणले तिनलाई मारिनुपर्ने? तिनले के गरेका छन्?”

    33तब शाऊलले तिनलाई मार्न आफ्नो भालाले हाने । यसरी आफ्नो बुबाले दाऊदलाई मार्न अठोट गरेका कुरा जोनाथनलाई पक्‍का थाहा भयो ।

    34जोनाथन रिसले आगो भएर टेबलबाट उठे र महिनाको दोस्रो दिन कुनै खाने कुरा खाएनन्, किनकि दाऊदको निम्‍ति तिनी शोकित भए, किनकि तिनका बुबाले उनको अनादर गरेका थिए ।

    35भोलिपल्‍ट बिहान दाऊदलाई भनेको समयमा भेट गर्न जोनाथन खेतमा गए र एक जना जवान मानिस तिनीसँगै थियो ।

  • १ शमू 20:27-30
    4 पदहरू
    78%

    27तर औंसीको भोलि पल्ट दाऊदको ठाउँ खाली थियो । शाऊलले जोनाथनलाई भने, “यिशैका छोरा खानलाई हिजो वा आज किन आएको छैन्?”

    28जोनाथनले शाऊललाई जवाफ दिए, “दाऊदले बेथलेहेम जानलाई मसँग ज्‍यादै बिन्‍ती गरेर अनुमती मागे ।

    29तिनले भने, “कृपया मलाई जान दिनुहोस् । किनकि हाम्रो परिवारको सहरमा एउटा बलिदान छ, र म त्यहाँ हुनुपर्छ भनी मेरो दाजुले मलाई आदेश दिएका छन् । मैले तपाईंको दृष्‍टिमा निगाह पाएको छु भने, कृपया मलाई जान र आफ्‍ना दाजुहरूलाई भेट्न दिनुहोस् ।' यसकारण तिनी राजासँग खानलाई टेबलमा आएका छैनन् ।”

    30तब जोनाथनको विरुद्धमा शाऊल रिस दन्‍कियो र तिनले उनलाई भने, “तँ पथभ्रष्‍ट र विद्रोही स्‍त्री को छोरो! तैंले यिशैका छोरालाई आफ्नै शर्म र आफ्नो आमाको नग्‍नताको शर्मको निम्ति रोजेको छस् भन्‍ने के मलाई थाहा छैन?

  • 1¶ एक दिन शाऊलका जोनाथनले आफ्‍नो हतियार बोक्‍ने जवानलाई भने, “आऊ, हामी पल्लोपट्टि भएको पलिश्‍तीहरूको चौकीमा जाऔं ।” तर तिनले आफ्नो बुबालाई चाहिं भनेनन् ।

  • १ शमू 20:39-42
    4 पदहरू
    76%

    39तर त्‍यो जवान मानिसलाई अरू कुनै कुरा थाहा थिएन । जोनाथन र दाऊदले मात्र सो कुरा जान्दथे ।

    40जोनाथनले आफ्ना हतियारहरू आफ्नो जवान मानिस दिए र त्यसलाई भने, “जा, ति सहरमा लैजा ।”

    41त्‍यो जवान मानिस जानेबित्तिकै, दाऊद ढिस्कोको पछाडिबाट उठे, जमिनमा घोप्टो परे र शिर झुकाएर तिन पटक दण्डवत गरे । तिनीहरूले एकआपसमा चुम्बन गरे र सँगसँगै रोए, अनि दाऊद झन् धेरै रोए ।

    42जोनाथनले दाऊदलाई भने, “शान्तिसँग जानुहोस्, किनभने, 'तपाईं र म, तपाईंका सन्तान र मेरा सन्तान बिचमा परमप्रभु सदाको निम्ति हुनुभएको होस्' भनी परमप्रभुको नाउँमा हामी दुवैले शपथ खाएका छौं ।” तब दाऊद उठे, र गए र जोनाथन सहरमा फर्के ।

  • २ शमू 1:4-5
    2 पदहरू
    76%

    4दाऊदले तिनलाई भने, “कृपया मलाई भन, के के भएका छन्।” तिनले जवाफ दिए, “मानिसहरू युद्धबाट भागे । धेरै जना ढलेका छन् र धेरै जना मरेका छन् । शाऊल र उनका छोरा जोनाथन पनि मरेका छन् ।”

    5दाऊदले ती जवान मानिसलाई भने, “शाऊल र उनका छोरा जोनाथन मरेका छन् भनेर तिमीलाई कसरी थाहा भयो?”

  • १ शमू 23:17-18
    2 पदहरू
    75%

    17उनले तिनलाई भने, “नडराउनुहोस् । किनकि मेरा बुबा शाऊलका हातले तपाईंलाई भेट्टाउनेछैन । तपाईं इस्राएलको राजा हुनुहुनेछ र म तपाईंको दोस्रो हुनेछु । मेरा बुबा शाऊललाई पनि यो कुरा थाहा छ ।”

    18तिनीहरूले परमप्रभुको सामु करार गरे । दाऊद होरेशमा नै रहे र जोनाथन घर गए ।

  • १ शमू 14:43-44
    2 पदहरू
    74%

    43शाऊलले जोनाथनलाई भने, “तिमीले के गरेका छौ मलाई भन ।” जोनाथनले तिनले भने, “मैले मेरो हातमा भएको लट्ठीको टुप्पोले थोरै मह चाखें । म यहाँ छु । म मर्नेछु ।”

    44शाऊलले भने, “ए जोनाथन, तिमी मरेनौ भने, परमेश्‍वरले मलाई त्‍यसै वा त्‍योभन्दा बढी गर्नुभएको होस् ।”

  • 8तब जोनाथनले भने, “हामी ती मानिसकहाँ पारि जानेछौं र हामी आफै तिनीहरकहाँ देखा पर्नेछौं ।

  • १ शमू 14:39-40
    2 पदहरू
    74%

    39किनकि जसरी इस्राएललाई छुटकारा दिनुहुने परमप्रभु जीवित हुनुहुन्छ, यो मेरो छोरा जोनाथन नै भए पनि निश्‍चय नै मर्नेछ ।” तर सबै मानिसमध्येका कुनैले पनि तिनलाई जवाफ दिएन ।

    40तब तिनले सबै इस्राएललाई भने, “तिमीहरू एकपट्टि खडा हुनुपर्छ, अनि म र मेरो छोरा जोनाथन अर्कोपट्टि खडा हुनेछौं ।” मानिसहरूले शाऊललाई भने, “तपाईंलाई जे असल लाग्छ सो गर्नुहोस् ।”

  • 37जब जोनाथने हानेका काँडहरू भएको ठाउँमा जवान मानिस पुग्‍यो, तब जोनातनले त्‍यो जवान मानिसलाई बोलाए र भने, “के काँड तेरो पछिल्तिर छैनन् र?”

  • 9दाऊदले शाऊललाई भने, “'हेर्नुहोस्, दाऊदले तपाइंको हानि गर्न खोज्दैछ' भन्‍ने मानिसहरूको कुरा तपाईंले किन सुन्‍नुहुन्छ?

  • १ शमू 19:6-7
    2 पदहरू
    73%

    6शाऊलले जोनाथनको कुरा सुने । शाऊलले शपथ खाए, “जस्तो परमप्रभु जीवित हुनुहुन्छ, तिनलाई मारिनेछैन ।”

    7तब जोनाथनले दाऊदलाई बोलाए र जोनाथनले यी सबै कुरा भने । जोनाथनले दाऊदलाई शाऊलकहाँ ल्याए, र तिनी उनको उपस्थितिमा अगिझैं भए ।

  • १ शमू 26:17-18
    2 पदहरू
    73%

    17शाऊलले दाऊदको सोर चिने र भने, “ए मेरो छोरा दाऊद, के यो तिम्रो सोर हो?” दाऊदले भने, “हो मेरो मालिक, राजा, यो मेरो सोर हो ।”

    18तिनले भने, “मेरो मालिकले आफ्नो दासको किन खेदो गर्नुहुन्छ? मैले के गरेको छु? मेरो हातमा के खराबी छ?

  • 16त्यसैले जोनाथनले दाऊदको घरानासँग करार बाँधे र भने, “परमप्रभुले दाऊदका शत्रुहरूबाट लेख लिनुभएको होस् ।”

  • 19जब तपाईं तिन दिन लुकेपछि, तुरुन्‍तै तल जानुहोस् र यो कुरा सुरु भयो भने तपाईं लुक्‍नुभएकै ठाउँमा आउनुहोस्, अनि एजेल ढुङ्गाको छेउमा बस्‍नुहोस् ।

  • 8जसको बदलामा तिमीहरू मेरो विरुद्धमा षड्यान्त्र गर्दैछौ? मेरो छोराले यिशैका छोरासँग करार गर्दा तिमीहरू कसैले पनि मलाई जानकारी दिएनौ । मेरो निम्‍ति तिमीहरू कोही पनि दुःखी छैनौ । मेरो छोराले मेरो सेवक दाऊदलाई मेरो विरुद्धमा उक्‍साएको कुरा तिमीहरू कसैले पनि मलाई जानकारी दिएनौ । आज ऊ लुक्छ र मलाई आक्रमण गर्न मलाई हेरेर बस्‍छ ।”

  • 17त्यसपछि दाऊदले शाऊल र जोनाथनको मृत्‍युमा यो विलापको गित गाए ।

  • 56राजाले भने, “त्यो केटा कसका छोरा हुन् चिन्‍नेहरूलाई सोध ।”

  • 11के कीलाहका मानिसहरूले मलाई तिनको हातमा सुम्‍पनेछन्? के तपाईंको दासले सुनेजस्तै शाऊल तल आउनेछन्? हे परमप्रभु इस्राएलका परमेश्‍वर, म तपाईंसँग बिन्ती गर्छु, कृपया आफ्‍नो दासलाई भन्‍नुहोस् ।” परमप्रभुले भन्‍नुभयो, “ऊ तल आउनेछ ।”