१ शमूएल 20:27

अनलक शाब्दिक बाइबल

तर औंसीको भोलि पल्ट दाऊदको ठाउँ खाली थियो । शाऊलले जोनाथनलाई भने, “यिशैका छोरा खानलाई हिजो वा आज किन आएको छैन्?”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • १ शमू 18:11 : 11 शाऊलले भाला हाने, किनकि तिनले सोचे, “म दाऊदलाई भित्तामा छेडिदिन्‍छु ।” तर त्‍यो दिन दाऊद दुईपल्‍ट यसरी नै शाऊलको उपस्थितिबाट उम्के ।
  • १ शमू 19:9-9 : 9 शाऊलमाथि आफ्‍नो हातमा भाला लिएर आफ्नो घरमा बसेको र ऊदले आफ्नो सङ्गीतको साधन बजाइरहेका बेलामा परमप्रभुको हानिकारक आत्मा तिनीमाथि आयो । 10 शाऊलले दाऊदलाई भालाले भित्तामा नै छेडिदिन खोजे, तर तिनी शाऊलको उपस्थितिबाट उम्के, ताकि शाऊले भाला भित्तामा रोपे । दाऊद त्यस रात भागे र बाँचे ।
  • १ शमू 19:15 : 15 तब शाऊलले दाऊदलाई हेर्न दूतहरू पठाए । उनले भने, “त्यसलाई ओछ्यामा नै मकहाँ ल्‍याऊ, ताकि म त्यसलाई मार्नेछु ।”
  • १ शमू 22:7-9 : 7 शाऊलले आफ्नो वरिपरि खडा भएका सेवकहरूलाई भने, “हे बेन्यामीनका मानिसहरू हो, सुन! के यिशैका छोराले तिमीहरू हरेकलाई खेत र दाखबारीहरू दिनेछ? के उसले तिमीहरू सबैलाई हजारका कप्‍तानहरू र सयका कप्‍तानहरू बनाउनेछ, 8 जसको बदलामा तिमीहरू मेरो विरुद्धमा षड्यान्त्र गर्दैछौ? मेरो छोराले यिशैका छोरासँग करार गर्दा तिमीहरू कसैले पनि मलाई जानकारी दिएनौ । मेरो निम्‍ति तिमीहरू कोही पनि दुःखी छैनौ । मेरो छोराले मेरो सेवक दाऊदलाई मेरो विरुद्धमा उक्‍साएको कुरा तिमीहरू कसैले पनि मलाई जानकारी दिएनौ । आज ऊ लुक्छ र मलाई आक्रमण गर्न मलाई हेरेर बस्‍छ ।” 9 तब शाऊलका सेवकहरूसँगै खडा भएका एदोमी दोएगले जवाफ दियो, “यिशैका छोरा नोबमा अहीतूबका छोरा अहीमेलेककहाँ आएको मैले देखें ।
  • १ शमू 22:13-14 : 13 शाऊलले तिनलाई भने, “तैंले, तैंले र यिशैका छोराले किन मेरो विरुद्धमा षडयन्त्र रचेको छस्, जसमा तैंले उसलाई रोटी र तरवार दिइस् र परमप्रभुले उसलाई सहायता गर्नुभएको होस् भनी प्रार्थना गरिस्, जसले गर्दा मेरो विरुद्धमा खडा हुनलाई ऊ गुप्‍तमा लुक्‍न सकोस्, जस्‍तो आज उसले गरेको छ?” 14 अनि अहीमेलकले राजालाई जवाफ दिए र भने, “तपाईंका सेवकहरूमध्ये दाऊदजस्तो विश्‍वासयोग्य, जो राजाका ज्वाइँ, तपाईंको अङ्गरक्षकका कप्‍तान र तपाईंको घरानामा आदर गरिएको अरू को छ?
  • १ शमू 25:10 : 10 नाबालले दाऊदका सेवकहरूलाई जवाफ दिए, “दाऊद को हुन् र यिशैका छोरा को हुन्? आजभोलि आफ्ना मालिकहरूबाट भाग्‍ने धेरै जना सेवकहरू छन् ।
  • यशा 11:1-2 : 1 ¶ यिशैको ठुटोबाट एउटा टुसा पलाउनेछ र त्यसका जराहरूबाट पलाएको एउटा हाँगाले फल फलाउनेछ । 2 परमप्रभुको आत्मा उहाँमाथि रहेनुहुनेछ, बुद्धि र समझको आत्मा, सुझाव र शक्तिको आत्मा, ज्ञान र परमप्रभुको भयको आत्मा ।
  • मत्त 13:55 : 55 के यी मानिस सिकर्मीका छोरा होइनन् र? के उनकी आमा मरियम होइनन् र? अनि उनका भाइहरू, याकूब, योसेफ, सिमोन र यहूदा होइनन् र?
  • १ पत्रु 2:4 : 4 उहाँमा आओ, जो मानिसहरूद्वारा इन्कार गरिनुभएका जीवित पत्थर हुनुहुन्छ, तर त्यही पत्थर नै परमेश्‍वरबाट चुनिएको छ र उहाँका निम्ति बहुमूल्य पत्थर हुनुभएको छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • १ शमू 20:24-26
    3 पदहरू
    84%

    24त्यसैले दाऊदले आफूलाई खेतमा लुकाए । जब औंसी आयो, तब राजा खानलाई बसे ।

    25सदाझैं राजा आफ्नो आसनमा भित्ताको छेउमा बसे । जोनातन खडा भए, र अबनेर शाऊलको छेउमा बसे । तर दाऊदको ठाउँ खाली थियो ।

    26तापनि शाऊलले त्यस दिन केही पनि भनेनन्, किनभने तिनले सोचे, “तिनलाई केही भएको छ । तिनी शुद्ध छैनन् । निश्‍चय नै तिनी शुद्ध छैनन् ।”

  • १ शमू 20:5-6
    2 पदहरू
    83%

    5दाऊदले जोनाथनलाई भने, “भोलि औंसी हो, म राजासँग खान बस्‍नुपर्छ । तर मलाई जान दिनुहोस्, ताकि तेस्रो दिनको साँझसम्म म आफै खेतमा लुक्‍न सकूँ ।

    6तपाईंका बुबाले म नहुँदा खिन्‍न महसुस गर्नुभयो भने, यसो भन्‍नुहोस्, 'दाऊदले आफ्नो सहर बेथलेहेममा जान पाऊँ भनी तिनले मसँग ज्‍यादै बिन्‍ती गरेर विदा मागे । किनभने त्‍यहाँ सबै कुलको वार्षिक बलिदान हुँदैछ ।'

  • १ शमू 20:28-35
    8 पदहरू
    80%

    28जोनाथनले शाऊललाई जवाफ दिए, “दाऊदले बेथलेहेम जानलाई मसँग ज्‍यादै बिन्‍ती गरेर अनुमती मागे ।

    29तिनले भने, “कृपया मलाई जान दिनुहोस् । किनकि हाम्रो परिवारको सहरमा एउटा बलिदान छ, र म त्यहाँ हुनुपर्छ भनी मेरो दाजुले मलाई आदेश दिएका छन् । मैले तपाईंको दृष्‍टिमा निगाह पाएको छु भने, कृपया मलाई जान र आफ्‍ना दाजुहरूलाई भेट्न दिनुहोस् ।' यसकारण तिनी राजासँग खानलाई टेबलमा आएका छैनन् ।”

    30तब जोनाथनको विरुद्धमा शाऊल रिस दन्‍कियो र तिनले उनलाई भने, “तँ पथभ्रष्‍ट र विद्रोही स्‍त्री को छोरो! तैंले यिशैका छोरालाई आफ्नै शर्म र आफ्नो आमाको नग्‍नताको शर्मको निम्ति रोजेको छस् भन्‍ने के मलाई थाहा छैन?

    31किनकि यिशैका छोरा पृथ्वीमा रहेसम्‍म, न तँ रहेनेछस् न त तेरो राज्य नै रहनेछ । अब कसैलाई पठा र त्यसलाई मकहाँ लिएर आइज, किनकि त्यो मरिनैपर्छ ।”

    32जोनाथनले आफ्नो बुबा शाऊललाई जवाफ दिए, “के कराणले तिनलाई मारिनुपर्ने? तिनले के गरेका छन्?”

    33तब शाऊलले तिनलाई मार्न आफ्नो भालाले हाने । यसरी आफ्नो बुबाले दाऊदलाई मार्न अठोट गरेका कुरा जोनाथनलाई पक्‍का थाहा भयो ।

    34जोनाथन रिसले आगो भएर टेबलबाट उठे र महिनाको दोस्रो दिन कुनै खाने कुरा खाएनन्, किनकि दाऊदको निम्‍ति तिनी शोकित भए, किनकि तिनका बुबाले उनको अनादर गरेका थिए ।

    35भोलिपल्‍ट बिहान दाऊदलाई भनेको समयमा भेट गर्न जोनाथन खेतमा गए र एक जना जवान मानिस तिनीसँगै थियो ।

  • १ शमू 20:18-19
    2 पदहरू
    80%

    18तब जोनाथनले तिनलाई भने, “भोलि औंसी हो । तपाईं नहुँदा खिन्‍न महसुस हुनेछ, किनभने तपाईंको आसन खाली हुनेछ ।

    19जब तपाईं तिन दिन लुकेपछि, तुरुन्‍तै तल जानुहोस् र यो कुरा सुरु भयो भने तपाईं लुक्‍नुभएकै ठाउँमा आउनुहोस्, अनि एजेल ढुङ्गाको छेउमा बस्‍नुहोस् ।

  • 1¶ एक दिन शाऊलका जोनाथनले आफ्‍नो हतियार बोक्‍ने जवानलाई भने, “आऊ, हामी पल्लोपट्टि भएको पलिश्‍तीहरूको चौकीमा जाऔं ।” तर तिनले आफ्नो बुबालाई चाहिं भनेनन् ।

  • १ शमू 18:1-2
    2 पदहरू
    76%

    1¶ जब तिनले शाऊलसँग कुरा गरिसकेका थिए, तब जोनाथनको प्राण दाऊदको प्राणसँग बाँधियो र जोनाथनले तिनलाई आफ्‍नै प्राणलाई झैं प्रेम गरे ।

    2त्यस दिन शाऊलले दाऊदलाई आफ्नो सेवामा लिए । उनले तिनलाई आफ्‍नो बुबाको घरमा फर्कन दिएनन् ।

  • १ शमू 20:9-12
    4 पदहरू
    76%

    9जोनाथनले भने, “यो कुरा तपाईंबाट दूर रहोस्! मेरा बुबाले तपाईंमाथि हानि ल्याउने अठोट गर्नुभएको छ भनी मैले थाहा पाएँ भने, के म तपाईंलाई भन्दिनँ र?”

    10तब दाऊदले जोनाथनलाई भने, “तपाईंका बुबाले तपाईंलाई कतै खस्रो किसिमको जवाफ दिनुभयो भने मलाई कसले भनिदिने?”

    11जोनाथनले दाऊदलाई भने, “आउनुहोस्, हामी खेतमा जाऔं ।” त्यसैले तिनीहरू दुवै जना खेतमा गए ।

    12जोनाथनले दाऊदलाई भने, “परमप्रभुको इस्राएलको परमेश्‍वर नै साक्षी हुनुभएको होस् । जब भोलि वा पर्सि मैले मेरो बुबालाई प्रश्‍न गरेपछि, हेर्नुहोस्, दाऊदप्रति शुभेच्छा छ भने, के म तपाईंकहाँ कसैलाई पठाउने र त्‍यो कुराको जानकारी तपाईंलाई दिनेछैन र?

  • १ शमू 19:1-4
    4 पदहरू
    76%

    1¶ आफ्‍ना छोरा जोनाथन र आफ्‍ना सबै सेवकलाई शाऊलले हुकुम गरे कि तिनीहरूले दाऊदलाई मार्नुपर्छ । तर शाऊलका छोरा जोनाथन दाऊदसँग धैरै खुसी थिए ।

    2त्यसैले जोनाथनले दाऊदलाई भने, “मेरा बुबा शाऊलले तपाईंलाई मार्न खोज्‍दैछन् । यसकारण बिहान सजग हुनुहोस् र आफूलाई कुनै गोप्य ठाउँमा लुकाउनुहोस् ।

    3म बाहिर जाने छु र तपाईं भएकै ठाउँमा म मेरो बुबाको छेउमा खडा हुनेछु र म मेरो बुबासँग तपाईंको बारेमा कुरा गर्नेछु । मैले कुनै कुरा थाहा पाएँ भने, म तपाईंलाई भन्‍नेछु ।”

    4जोनथानले तिनका बुबा शाऊलसँग दाऊदको बारेमा असल कुरा गरे र उनलाई भने, “राजाले उनका सेवक दाऊदको विरुद्धमा पाप नगर्नुहोस् । किनकि तिनले तपाईंको विरुद्ध पाप गरेका छैनन् र तिनका कामहरूले तपाईंको भलो भएको छ ।

  • १ शमू 19:6-7
    2 पदहरू
    74%

    6शाऊलले जोनाथनको कुरा सुने । शाऊलले शपथ खाए, “जस्तो परमप्रभु जीवित हुनुहुन्छ, तिनलाई मारिनेछैन ।”

    7तब जोनाथनले दाऊदलाई बोलाए र जोनाथनले यी सबै कुरा भने । जोनाथनले दाऊदलाई शाऊलकहाँ ल्याए, र तिनी उनको उपस्थितिमा अगिझैं भए ।

  • 13शाऊलले तिनलाई भने, “तैंले, तैंले र यिशैका छोराले किन मेरो विरुद्धमा षडयन्त्र रचेको छस्, जसमा तैंले उसलाई रोटी र तरवार दिइस् र परमप्रभुले उसलाई सहायता गर्नुभएको होस् भनी प्रार्थना गरिस्, जसले गर्दा मेरो विरुद्धमा खडा हुनलाई ऊ गुप्‍तमा लुक्‍न सकोस्, जस्‍तो आज उसले गरेको छ?”

  • 17तब शाऊलले आफूसँग भएका मानिसहरूलाई भने, “हाम्रो बिचबाट को हराएको छ, गनेर हेर ।” जब तिनीहरूले गन्ती गरे, जोनाथन र तिनको हतियार बोक्‍ने हराएको थाहा भयो ।

  • 17त्यसपछि दाऊदले शाऊल र जोनाथनको मृत्‍युमा यो विलापको गित गाए ।

  • १ शमू 20:1-2
    2 पदहरू
    73%

    1¶ तब दाऊद रामाको नैयोतबाट भागे र जोनाथनकहाँ आए र भने, “मैले के गरेको छु? मेरो अपराध के हो? तपाईंको बुबाको सामु मैले गरेको पाप हो,जसको कारणले उहाँले मेरो ज्यान लिन खोज्नुहुन्छ?”

    2जोनाथनले दाऊदलाई भने, “यो कुरा दूर होस् । तपाईं मर्नुहुन्‍न । मेरो बुबाले मलाई नभनी सानो वा ठुलो कुनै पनि कुरा गर्नुहुन्‍न । मेरो बुबाले यो कुरा किन लुकाउनुहुन्छ? यो यस्तो होइन?”

  • १ शमू 23:17-18
    2 पदहरू
    73%

    17उनले तिनलाई भने, “नडराउनुहोस् । किनकि मेरा बुबा शाऊलका हातले तपाईंलाई भेट्टाउनेछैन । तपाईं इस्राएलको राजा हुनुहुनेछ र म तपाईंको दोस्रो हुनेछु । मेरा बुबा शाऊललाई पनि यो कुरा थाहा छ ।”

    18तिनीहरूले परमप्रभुको सामु करार गरे । दाऊद होरेशमा नै रहे र जोनाथन घर गए ।

  • 22त्यसैले युद्धको दिनमा शाऊल र जोनाथनसँग भएका सिपाहरूका हातमा कुनै तरवार वा बाला थिएन । शाऊल र तिनका छोरा जोनाथनसँग मात्र ती थिए ।

  • 20तब शाऊल तुरुन्तै भूइँमा लम्पसार परेर लमतन्‍न परे र शमूएलको कुराले अति नै डराए । तिनमा कुनै बल नै थिएन, किनकि तिनले त्यो दिनभरि र रातमा पनि कुनै खाने कुरा खाएका थिएनन् ।

  • २ शमू 1:1-2
    2 पदहरू
    72%

    1¶ शाऊलको मृत्युपछि अमालेकीहरूलाई आक्रमण गरेर दाऊद फर्के र सिक्लगमा दुई दिनसम्म बसे ।

    2तेस्रो दिनमा, शाऊलको छाउनीबाट एक जना मानिस लुगा च्यातेर र शिरमा धुलो छरेर आए । जब तिनी दाऊदकहाँ आए, तब तिनले आफ्‍नो अनुहार भुईंमा घोप्‍टो पारे र आफूलाई लमतन्‍न पारे ।

  • 22मारिएकाहरूको रगतबाट, वीरहरूका शरीरबाट जोनाथनका धानु पछि फर्किएन र शाऊलका तरवार रित्तो फर्केन ।

  • 10भोलि पल्ट शाऊलमा परमेश्‍वरबाटको हानिकारक आत्मा आयो र तिनले घरभित्र नै अगमवाणी बोले । त्यसैले दाऊदले हरेक दिन गरेझैं आफ्‍नो सङ्गीतको साधन बजाए । शाऊलको हातमा भाला थियो ।

  • 24त्यस दिन इस्राएलका मानिसहरू व्याकुल भएका थिए किनभने, “साँझसम्म र मैले आफ्‍ना शत्रुहरूमाथि बद्‍ला नलिएसम्म खाना खाने कुनै पनि मानिस श्रापित होस्” भनेर शाऊलले मानिसहरूलाई शपथ खान लगाएका थिए । त्यसैले फौजका कुनै पनि व्‍यक्‍तिले खाना चाखेका थिएनन् ।

  • 28तब मानिसहरूमध्ये एक जनाले भने, “ तपाईंको बुबाले 'आजको दिन खाना खाने मानिस श्रापित होस्' भनी मानिसहरूलाई कडा शपथ खान लगाउनुभयो, यद्यपि मानिसहरू भोकले कमजोर भएका छन् ।

  • 4दाऊदले तिनलाई भने, “कृपया मलाई भन, के के भएका छन्।” तिनले जवाफ दिए, “मानिसहरू युद्धबाट भागे । धेरै जना ढलेका छन् र धेरै जना मरेका छन् । शाऊल र उनका छोरा जोनाथन पनि मरेका छन् ।”

  • 1¶ दाऊदले आफ्‍नो मनमा भने, “म कुनै दिन शाऊलको हातबाट नष्‍ट हुन्छु । मलाई पलिश्‍तीहरूको देशमा उम्केर जानुभन्दा उत्तम अरू केही हुँदैन । शाऊलले इस्राएलको सबै सिमानाभित्र मलाई खोज्‍न छोड्नेछ । यसरी म तिनको हातबाट उम्कनेछु ।”

  • 17शाऊलले दाऊदको सोर चिने र भने, “ए मेरो छोरा दाऊद, के यो तिम्रो सोर हो?” दाऊदले भने, “हो मेरो मालिक, राजा, यो मेरो सोर हो ।”

  • 8भोलिपल्‍ट यस्‍तो भयो, जब पलिश्‍तीहरू मारिएकाहरूलाई लुट्‌नलाई आए, तब उनीहरूले शाऊल र तिनका छोराहरूलाई गिल्‍बो डाँडामा मरेका भेट्टाए ।

  • 10त्यस दिन दाऊद उठे र शाऊलदेखि भागे र गातका राजा आकीशकहाँ गए ।

  • 11त्यसपछि शमूएलले भने, “तपाईंले यो के गर्नुभएको?” शाऊलले जवाफ दिए, “जब मानिसहरूले मलाई छोडिरहेको मैले देखें र तोकिएको समयभित्र तपाईं आउनुभएन र पलिश्तीहरू मिकमाशमा भेला भएका थिए,

  • 12परमप्रभु दाऊदसँग हुनुहुन्‍थ्‍यो, तर शाऊलसँग फेरि हुनुभएन, यसैले शाऊल तिनीसँग डराए ।