१ शमूएल 18:10
भोलि पल्ट शाऊलमा परमेश्वरबाटको हानिकारक आत्मा आयो र तिनले घरभित्र नै अगमवाणी बोले । त्यसैले दाऊदले हरेक दिन गरेझैं आफ्नो सङ्गीतको साधन बजाए । शाऊलको हातमा भाला थियो ।
भोलि पल्ट शाऊलमा परमेश्वरबाटको हानिकारक आत्मा आयो र तिनले घरभित्र नै अगमवाणी बोले । त्यसैले दाऊदले हरेक दिन गरेझैं आफ्नो सङ्गीतको साधन बजाए । शाऊलको हातमा भाला थियो ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
8फेरि पनि युद्ध भयो र दाऊद पलिश्तीहरूसँग युद्ध गर्न गए र ठुलो संहारका साथ तिनीहरूलाई पराजित गरे । उनीहरू तिनको सामुबाट भागे ।
9शाऊलमाथि आफ्नो हातमा भाला लिएर आफ्नो घरमा बसेको र ऊदले आफ्नो सङ्गीतको साधन बजाइरहेका बेलामा परमप्रभुको हानिकारक आत्मा तिनीमाथि आयो ।
10शाऊलले दाऊदलाई भालाले भित्तामा नै छेडिदिन खोजे, तर तिनी शाऊलको उपस्थितिबाट उम्के, ताकि शाऊले भाला भित्तामा रोपे । दाऊद त्यस रात भागे र बाँचे ।
22“दाऊद मेरो सामु खडा रहोस्, किनभने उसले मेरो दृष्टिमा निगाह पाएको छ” भन्ने सामाचार शाऊलले यिशैलाई पठाए ।
23जब-जब शाऊलमाथि परमेश्वरको हानिकारक आत्मा आउँथ्यो, दाऊदले वीणा लिन्थे र त्यो बजाउँथे । यसरी शाऊल पुनः ताजा र सञ्चो हुन्थे, र हानिकारक आत्माले तिनीलाई छोड्थ्यो।
11शाऊलले भाला हाने, किनकि तिनले सोचे, “म दाऊदलाई भित्तामा छेडिदिन्छु ।” तर त्यो दिन दाऊद दुईपल्ट यसरी नै शाऊलको उपस्थितिबाट उम्के ।
12परमप्रभु दाऊदसँग हुनुहुन्थ्यो, तर शाऊलसँग फेरि हुनुभएन, यसैले शाऊल तिनीसँग डराए ।
13त्यसैले शाऊलले तिनलाई आफ्नो उपस्थितिबाट हटाए र तिनलाई हजारको कमाण्डरमा नियुक्त गरे । यसरी दाऊद बाहिर निस्के र मानिसहरूको सामु आए ।
9शाऊलले त्यस दिनदेखि दाऊदलाई शंकाको दृष्टिे हेरे ।
13अनि शमूएलले तेल भएको सीङ् लिए र तिनलाई आफ्ना दाजुहरूका माझमा अभिषेक गरे । त्यस दिनदेखि परमप्रभुको आत्मा दाऊदमाथि आउनुभयो । त्यसपछि शमूएल उठे र रामातिर गए ।
14परमप्रभुको आत्माले शाऊललाई छोड्नुभयो र परमप्रभुको हानिकारक आत्माले तिनलाई दुःख दियो ।
15शाऊलका सेवकहरूले तिनलाई भने, “हे्र्नुहोस्, परमप्रभुको हानिकारक आत्माले तपाईंलाई दुःख दिन्छ ।
16तपाईंको सामु भएका सेवकहरूलाई कोही वीणा बजाउन निपुण व्यक्तिलाई खोज्न हाम्रो मालिकले आज्ञा गर्नुहोस् । जब परमप्रभुको हानिकारक आत्मा तपाईंमाथि आउँछ, त्यसले वीणा बजाउनेछ, र तपाईं ठीक हुनुहुनेछ ।”
17शाऊलले तिनका सेवकहरूलाई भने, “बजाउन निपुण एक जना मानिस मेरो निम्ति खोज र त्यसलाई मकहाँ ल्याऊ ।”
9शमूएलबाट विदा हुनलाई जब शाऊलले पिठ्युँ फर्काए, तब परमेश्वरले तिनलाई अर्कै हृदय दिनुभयो । तब ती सबै चिन्हहरू त्यसै दिन पुरा भयो ।
10जब तिनीहरू डाँडामा आए, अगमवक्ताको एक समूहले तिनलाई भेटे र परमेश्वरको आत्मा तिनीमाथि आउनुभयो ताकि तिनले उनीहरूसँगै भविष्यवाणी बोले ।
11जब तिनलाई पहिले चिनेकाहरूले हरेकले तिनलाई अगमवक्ताहरूका साथमा अगमवाणी बोलिरहेको देखे, तब मानिसहरूले एक-आपसमा भने, “कीशका छोरालाई के भएको छ? के शाऊल अब अगमवक्ताहरूमध्ये एक जना भएछन्?”
19शाऊललाई यसो भनेर खबर गरियो, “हेर्नुहोस्, दाऊद रामाको नैयोतमा छन् ।”
20तब शाऊलले दाऊदलाई समात्न दूतहरू पठाए । अगमवक्ताहरूका समूहले अगमवाणी गरिरहेको र शमूएल तिनीहरूका अगुवाको रूपमा खडा भएका जब तिनीहरूले देखे, तब शाऊलका दूतहरूमाथि पनि परमेश्वरको आत्मा आउनुभयो र तिनीहरूले पनि अगमवाणी गरे ।
21जब शाऊललाई यो कुरा भनियो, तब उनले अरू दूतहरूलाई पठाए, र तिनीहरूले पनि अगमवाणी गरे । त्यसैले शाऊलले फेरि पनि तेस्रो पटक दूतहरूलाई पठाए र तिनीहरूले पनि अगमवाणी गरे ।
6जब तिनीहरूले भनेका कुरा शाऊलले सुने, तब तिनीमाथि परमेश्वरको आत्मा आउनुभयो र तिनी साह्रै रिसाए ।
31जब सिपाहीहरूले दाऊदले भनेका कुराहरू सुने, तब तिनीहरूले त्यो कुरा शाऊललाई बताए र तिनले दाऊदलाई लिन पठाए ।
10त्यस दिन दाऊद उठे र शाऊलदेखि भागे र गातका राजा आकीशकहाँ गए ।
23शाऊल रामाको नैयोतमा गए । तब परमेश्वरको आत्मा उनीमाथि आउनुभयो र जसै उनी जाँदै थिए, उनी रामाको नैयोतमा नपुगेसम्म नै उनले अगमवाणी गरे ।
24उनले आफ्ना लुगा फुकाले र शमूएलको सामु अगमवाणी गरे । उनी त्यो दिनभरि र रातभरि नाङ्गै बसे । यसैकारण तिनीहरूले भन्छन्, “के शाऊल पनि अगमवक्ताहरूकै माझमा छन्?”
5त्यसपछि तपाईं परमप्रभुको पर्वतमा आउनुहुनेछ, जहाँ पलिस्तीहरूको चौकी छ । जब तपाईं सहरमा आइपुग्नुहुनेछ, तब तपाईंले वीणा, खैंजडी, बाँसुरी र सितार अगिअगि बजाउँदै तल आइरहेको भेट्टाउनुहुनेछ । तिनीहरूले अगमवाणी गरिरहेका हुनेछन् ।
6परमप्रभुको आत्मा तपाईंमाथि आउनुहुनेछ र तिनीहरूसँगै तपाईंले पनि अगमवाणी बोल्नुहुनेछ, र तपाईं एक जना अर्कै मानिस बद्लनुहुनेछ ।
27तर औंसीको भोलि पल्ट दाऊदको ठाउँ खाली थियो । शाऊलले जोनाथनलाई भने, “यिशैका छोरा खानलाई हिजो वा आज किन आएको छैन्?”
1¶ आफ्ना छोरा जोनाथन र आफ्ना सबै सेवकलाई शाऊलले हुकुम गरे कि तिनीहरूले दाऊदलाई मार्नुपर्छ । तर शाऊलका छोरा जोनाथन दाऊदसँग धैरै खुसी थिए ।
8भोलिपल्ट यस्तो भयो, जब पलिश्तीहरू मारिएकाहरूलाई लुट्नलाई आए, तब उनीहरूले शाऊल र तिनका छोराहरूलाई गिल्बो डाँडामा मरेका भेट्टाए ।
6दाऊदलाई तिनीसँग भएका मानिसहरूसहित भेटिए भन्ने कुरा शाऊलले सुने । अहिले शाऊल रामामा भएको झ्याउको रूखमुनि आफ्नो हातमा भाला लिएर बसिरहेका थिए र तिनका सेवकहरू तिनका वरिपरि खडा थिए ।
6जब तिनीहरू पलिश्तीहरूलाई पराजित गरेर आए, तब इस्राएलका सहरहरूबाट स्त्रीहरू खैंजडी र अन्य साङ्गितिक साधनहरूसँगै आनन्द साथ गाउँदै र चाँच्दै निस्के शाऊल राजालाई भेट्न आए ।
3शाऊलको विरुद्धमा युद्ध कठिन भयो, र धनुर्धारीहरूले तिनीमाथि जाइलागे, र उनीहरूले तिनलाई घाइते बनाए ।
37दाऊदले भने, “परमप्रभुले मलाई सिंह र भालुको पञ्जाबाट बचाउनुभएको छ । उहाँले नै यो पलिश्तीको हातबाट पनि मलाई बचाउनुहुने छ ।” त्यसपछि शाऊलले दाऊदलाई भने, “जाऊ, र परमप्रभु तिमीसँग हुनुभएको होस् ।”
13शाऊलले तिनलाई भने, “तैंले, तैंले र यिशैका छोराले किन मेरो विरुद्धमा षडयन्त्र रचेको छस्, जसमा तैंले उसलाई रोटी र तरवार दिइस् र परमप्रभुले उसलाई सहायता गर्नुभएको होस् भनी प्रार्थना गरिस्, जसले गर्दा मेरो विरुद्धमा खडा हुनलाई ऊ गुप्तमा लुक्न सकोस्, जस्तो आज उसले गरेको छ?”
29तब दाऊदसँग शाऊल झन् धेरै डराए । शाऊल निरन्तर रूपमा दाऊदका शत्रु भए ।
18शाऊलले अहियाहलाई भने, “परमेश्वरको सन्दुक यहाँ ल्याऊ,” किनकि त्यस बेला यो इस्राएलका मानिसहरूसँग थियो ।
19शाऊल पुजारीसँग बोलिरहँदा पलिश्तीहरूको छाउनीको हल्ला झन् बढ्दै थियो । तब शाऊलले पुजारीलाई भने, “तिम्रो हात झिक ।”
33तब शाऊलले तिनलाई मार्न आफ्नो भालाले हाने । यसरी आफ्नो बुबाले दाऊदलाई मार्न अठोट गरेका कुरा जोनाथनलाई पक्का थाहा भयो ।
15जब शाऊलले तिनको फलिफाप भएको देखे, तब उनलाई तिनको डर भयो ।
15तब शाऊलले दाऊदलाई हेर्न दूतहरू पठाए । उनले भने, “त्यसलाई ओछ्यामा नै मकहाँ ल्याऊ, ताकि म त्यसलाई मार्नेछु ।”
57जब त्यो पलिश्तीलाई मारेर दाऊद फर्के, अबनेरले तिनलाई लगे, र तिनको हातमा त्यो पलिश्तीको शिरसँगै तिनलाई शाऊलको सामु ल्याए ।
15अब शाऊल आउनुभन्दा अगिल्लो दिन नै परमप्रभुले शमूएललाई प्रकट गर्नुभएको थियोः
26शाऊल पनि गिबामा आफ्नो घरमा गए र तिनको साथमा केही बलिया मानिसहरू गए, जसका हृदयहरूमा परमेश्वरले छुनुभएको थियो ।
20तब शाऊल तुरुन्तै भूइँमा लम्पसार परेर लमतन्न परे र शमूएलको कुराले अति नै डराए । तिनमा कुनै बल नै थिएन, किनकि तिनले त्यो दिनभरि र रातमा पनि कुनै खाने कुरा खाएका थिएनन् ।
3युद्ध शाऊलको विरुद्धमा निकै भारी पर्यो र धनुर्धारीहरूले तिनलाई भेट्टाए । तिनीहरूका कारणले गर्दा तिनी घोर पीडामा परे ।
5पछि दाऊदको हृदयमा कष्ट भयो किनभने तिनले शाऊलको वस्त्रको छेउ काटेका थिए ।
8भोलिपल्ट यसो भयो, जब पलिश्तीहरू मृतकहरूलाई लूट्न आए तब तिनीहरूले शाऊल र तिनका छोराहरूलाई गिल्बो डाँडामा मृत फेला पारे ।
1¶ त्यस दिन परमप्रभुमा दाऊदले यो गीत गाए, जुन दिन परमप्रभुले तिनलाई आफ्ना सबै शत्रुका हातबाट र शाऊलको हातबाट छुटकारा दिनुभयो ।
37शाऊलले परमेश्वरलाई सोधे, “के म पलिश्तीहरूको पिछा गरौं? के तपाईंले तिनीहरूलाई इस्राएलको हातमा सुम्पनुहुने छ?” तर परमेश्वरले त्यस दिन तिनलाई जवाफ दिनुभएन ।