१ शमूएल 10:9

अनलक शाब्दिक बाइबल

शमूएलबाट विदा हुनलाई जब शाऊलले पिठ्युँ फर्काए, तब परमेश्‍वरले तिनलाई अर्कै हृदय दिनुभयो । तब ती सबै चिन्हहरू त्यसै दिन पुरा भयो ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • न्या 6:36-40 : 36 गिदोनले परमेश्‍वरलाई भने, “तपाईंले भन्‍नुभएझैं, तपाईंले इस्राएललाई बचाउनलाई मलाई प्रयोग गर्ने इच्छा गर्नुहुन्‍छ भने— 37 हेर्नुहोस्, म खलामा भेडाको ऊन राख्दैछु । यस ऊनमा मात्र शीत पर्‍यो, र जमिनचाहिं पुरै सुक्खा रह्यो भने, तब तपाईंले भन्‍नुभएझैं इस्राएललाई बचाउनलाई तपाईंले मलाई प्रयोग गर्नुहुनेछ भनी म जान्‍नेछु ।” 38 यस्तो भयो – भोलिपल्‍ट बिहानै गिदोन उठे, उनले ऊन निचोरे, र ऊनबाट शीत निचरेर एक बटुको पानी भरे । 39 त्यसपछि गिदोनले परमप्रभुलाई भने, “कृपया मसँग नरिसाउनुहोस्, म फेरि एकपल्‍ट बोल्‍नेछु । मलाई फेरि एकपल्‍ट ऊनको प्रयोग गरेर जाँच गर्न दिनुहोस् । योपल्‍ट त्यो ऊनलाई सुक्खा छोडिदिनुहोस्, र त्यसको वरिपरिको जमिनमा सबैतिर शीत रहोस् ।” 40 तिनले त्यस रात जे होस् भनी मागेका थिए, परमेश्‍वरले त्यस्तै गर्नुभयो । त्यो ऊन सुक्खा थियो, र त्यसको वरिपरिको जमिनमा चारैतिर शीत थियो ।
  • न्या 7:11 : 11 र तिनीहरूले के भन्दैछन्, त्यो सुन्, र छाउनीमा आक्रमण गर्न तेरो साहस बढ्नेछ ।” यसैले गिदोन आफ्ना सेवक पूराहसँग तल छाउनीको सुरक्षाबल भएको ठाउँमा गए ।
  • १ शमू 10:2-6 : 2 जब तपाईं आज जानुहुनेछ, बेन्यामीनको सेल्सहको इलाकामा राहेलको चिहान नजिक तपाईंले दुई जना मानिसहरू भेट्टाउनुहुनेछ । तिनीहरूले तपाईंलाई भन्‍नेछन्, 'तपाईंले खोजिरहेका गधाहरू भेट्टाइएका छन् । अहिले तपाईंको बुबाले गधाहरू बारेमा चिन्ता गर्न छोडेर “मेरो छोराको बारेमा म के गरौं” भन्‍दै तपाईंको बारेमा चिन्ता गर्दै हुनुहुन्‍छ ।' 3 तब तपाईं त्यहाँबाट अगि जानुहुँदा, तपाईं तबोरको फलाँटको रूखमा आउनुहुनेछ । एक जनाले तिनवटा पाठा, अर्कोले तिन वटा रोटी र अर्कोले एक मशक दाखमद्य बोकेर बेथेलमा परमेश्‍वरकहाँ गइरहेका तिन जना मानिसहरूलाई तपाईंले भेट्टाउनुहुनेछ । 4 तिनीहरूले तपाईंलाई अभिादन गर्नेछन् र तपाईंलाई दुई वटा रोटी दिनेछन्, जुन तपाईंले तिनीहरूका हातबाट लिनुहुनेछ । 5 त्यसपछि तपाईं परमप्रभुको पर्वतमा आउनुहुनेछ, जहाँ पलिस्तीहरूको चौकी छ । जब तपाईं सहरमा आइपुग्‍नुहुनेछ, तब तपाईंले वीणा, खैंजडी, बाँसुरी र सितार अगिअगि बजाउँदै तल आइरहेको भेट्टाउनुहुनेछ । तिनीहरूले अगमवाणी गरिरहेका हुनेछन् । 6 परमप्रभुको आत्मा तपाईंमाथि आउनुहुनेछ र तिनीहरूसँगै तपाईंले पनि अगमवाणी बोल्‍नुहुनेछ, र तपाईं एक जना अर्कै मानिस बद्लनुहुनेछ ।
  • यशा 38:7-8 : 7 मैले जे प्रतिज्ञा गरेको छु सो मैले गर्नेछु भन्‍ने कुराको परमप्रभुबाटको चिन्ह तँलाई यो हुनेछ । 8 हेर, म आहाजको सिंढीको छायालाई दश कदम पछाडि जान लगाउनेछु ।” त्यसैले सिंढीको छाया दस कदम पढाडि गयो, जुन अगि बढेको थियो ।
  • मर 14:16 : 16 चेलाहरू निस्के र सहरतिर लागे । तिनीहरूले उहाँले तिनीहरूलाई भन्‍नुभएजस्तै पाए र तिनीहरूले निस्तार-चाडको तयारी गरे ।
  • न्या 6:21 : 21 तब परमप्रभुका दूतले आफ्नो हातको लौरोको टुप्पोले त्यो छोए । त्‍यसले उहाँले मासु र अखमिरी रोटीलाई छुनुभयो । त्‍यो चट्टानबाट एउटा आगो निस्कियो, र मासु र अखमिरी रोटीलाई भस्म गर्‍यो । तब परमप्रभुका दूत गइहाले र गिदोनले उनलाई फेरि देखेनन् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • १ शमू 10:10-11
    2 पदहरू
    81%

    10जब तिनीहरू डाँडामा आए, अगमवक्ताको एक समूहले तिनलाई भेटे र परमेश्‍वरको आत्मा तिनीमाथि आउनुभयो ताकि तिनले उनीहरूसँगै भविष्यवाणी बोले ।

    11जब तिनलाई पहिले चिनेकाहरूले हरेकले तिनलाई अगमवक्ताहरूका साथमा अगमवाणी बोलिरहेको देखे, तब मानिसहरूले एक-आपसमा भने, “कीशका छोरालाई के भएको छ? के शाऊल अब अगमवक्ताहरूमध्ये एक जना भएछन्?”

  • १ शमू 10:5-8
    4 पदहरू
    79%

    5त्यसपछि तपाईं परमप्रभुको पर्वतमा आउनुहुनेछ, जहाँ पलिस्तीहरूको चौकी छ । जब तपाईं सहरमा आइपुग्‍नुहुनेछ, तब तपाईंले वीणा, खैंजडी, बाँसुरी र सितार अगिअगि बजाउँदै तल आइरहेको भेट्टाउनुहुनेछ । तिनीहरूले अगमवाणी गरिरहेका हुनेछन् ।

    6परमप्रभुको आत्मा तपाईंमाथि आउनुहुनेछ र तिनीहरूसँगै तपाईंले पनि अगमवाणी बोल्‍नुहुनेछ, र तपाईं एक जना अर्कै मानिस बद्लनुहुनेछ ।

    7त्‍यति बेला जब यी चिन्हहरू तपाईंमा हुनेछन्, तब तपाईंको हातले जे भेट्टाउँछ सो गर्नुहोस्, किनकि परमेश्‍वर तपाईंसँग हुनुहुन्‍छ ।

    8मेरो अगि तल गिलगालमा जानुहोस् । त्यसपछि म होमबलि र मेलबलि चढाउन म तपाईंकहाँ तल आउनेछु । म नआएसम्म र तपाईंले के गर्नुपर्छ भनी तपाईंलाई नदेखाएसम्‍म सात दिनसम्म पर्खनुहोस् ।”

  • १ शमू 9:14-19
    6 पदहरू
    76%

    14त्यसैले तिनीहरू सहरमा गए । तिनीहरू सहर पस्‍नैलाग्‍दा, उच्‍च स्थनामा जानलाई शमूएल आफूतर्फ आउँदै गरेको तिनीहरूले देखे ।

    15अब शाऊल आउनुभन्दा अगिल्लो दिन नै परमप्रभुले शमूएललाई प्रकट गर्नुभएको थियोः

    16“भोलि करिब यति बेला, म बेन्यामीनको इलाकाबाट एक जना मानिसलाई पठाउनेछु र मेरा मानिस इस्राएलका शासक हुनलाई तैंले उसलाई अभिषेक गर्नू । उसले मेरा मानिसहरूलाई पलिश्तीहरूका हातहरूबाट बाचाउनेछन् । किनकि मैले आफ्‍ना मानिसहरूलाई दयादृष्‍टिले हेरेको छु किनभने मदतको लागि तिनीहरूले गरेको पुकारा मैले सुनेको छु ।”

    17जब शमूएलले शाऊललाई देखे, तब परमप्रभुले तिनलाई भन्‍नुभयो, “मैले तँलाई भनेको मानिस यही हो । मेरा मानिसहरूमाथि राज्‍य गर्ने मानिस यही हो ।”

    18तब शाऊल प्रवेशद्वारमा शमूएलको नजिक आए र भने, “दर्शीको घर कहाँ छ मलाई भन्‍नुहोस्?”

    19शमूएलले शाऊललाई जवाफ दिए र भने, “दर्शी म नै हुँ । मभन्‍दा अगि-अगि उच्‍च स्थानमा जानुहोस्, किनकि आज तपाईंले मसँग खानुहुनेछ । बिहान भएपछि म तपाईंलाई जान दिनेछु, र तपाईंको मनमा भएका हरेक कुरा म तपाईंलाई भनिदिनेछु ।

  • 26शाऊल पनि गिबामा आफ्नो घरमा गए र तिनको साथमा केही बलिया मानिसहरू गए, जसका हृदयहरूमा परमेश्‍वरले छुनुभएको थियो ।

  • 23शाऊल रामाको नैयोतमा गए । तब परमेश्‍वरको आत्मा उनीमाथि आउनुभयो र जसै उनी जाँदै थिए, उनी रामाको नैयोतमा नपुगेसम्म नै उनले अगमवाणी गरे ।

  • 10तिनले होमबलि चढाउन सिद्ध्याउने बित्तिकै शमूएल आइपुगे । शाऊल तिनलाई भेट्न र अभिवादन गर्न निस्के ।

  • १ शमू 16:12-13
    2 पदहरू
    74%

    12यिशैले कसैलाई पठाए र तिनलाई ल्याए । यो छोराको राता गाला, सुन्दर आँखा र सुन्दर स्वरूप थियो । परमप्रभुले भन्‍नुभयो, “उठ्, त्यसलाई अभिषेक गर् । किनभने यही नै हो ।”

    13अनि शमूएलले तेल भएको सीङ् लिए र तिनलाई आफ्‍ना दाजुहरूका माझमा अभिषेक गरे । त्यस दिनदेखि परमप्रभुको आत्मा दाऊदमाथि आउनुभयो । त्यसपछि शमूएल उठे र रामातिर गए ।

  • १ शमू 9:26-27
    2 पदहरू
    74%

    26त्यसपछि शामूएलले शाऊललाई बिहान छतमाथि बोलाए र भने, “उठ्नुहोस्, यसरी म तपाईंलाई आफ्‍नो बाटो पठाउनेछु ।” त्यसैले शाऊल उठे, अनि तिनी र शामूएल दुवै जना गल्लीतिर गए ।

    27जसै तिनीहरू सहरको छेउतिर पुग्‍नै लागे, शमूएलले शाऊललाई भने, “सेवकलाई हामीभन्‍दा अगि जाने आज्ञा गर्नुहोस्”— र ऊ अगि गयो— “तर तपाईं केही क्षण यहीं रहनुपर्छ, ताकि तपाईंलाई परमेश्‍वरको सन्देश म भन्‍नेछु ।”

  • 17परमप्रभुले जे गर्छु भन्‍नुभएको छ सो उहाँले गर्नुभएको छ । परमप्रभुले राज्यलाई तिम्रो हातबाट खोस्‍नुभएको छ र उहाँले अरू कसैलाई अर्थात् दाऊदलाई दिनुभएको छ ।

  • १ शमू 16:6-7
    2 पदहरू
    73%

    6जब तिनीहरू आए, तिनले एलीआबलाई हेरे र मनमनै भने परमप्रभुको अभिषिक्‍त जन निश्‍चय नै तिनको सामु उभिरहेका थिए ।

    7तर परमप्रभुले शमूएललाई भन्‍नुभयो, “त्यसको बाह्य स्वरूप वा त्यसको कदको उचाइलाई नहेर्, किनभने मैले त्यसलाई इन्कार गरेको छु । किनभने परमप्रभुले मानिसले झैं हे्र्नुहुन्‍न । मानिसले बाहिरी स्वरूपलाई हेर्छ, तर परमप्रभुले हृदयलाई हेर्नुहुन्छ ।”

  • १ शमू 15:10-12
    3 पदहरू
    73%

    10परमप्रभुको वचन शमूएलकहाँ यसो आयो,

    11“शाऊललाई राजा बनाएकोमा म दुःखी छु, किनकि मेरो अनुसरण गर्नबाट ऊ फर्किएको छ र मेरा आज्ञाहरू पालन गरेको छैन ।” शमूएल रिसाए । तिनले रातभरि परमप्रभुमा पुकारे ।

    12शाऊललाई भेट्न शमूएल बिहान सबेरै उठे । शमूएललाई भनियो, “शाऊल कार्मेलमा आए र आफ्नो निम्ति तिनले स्मारक खडा गरे र त्‍यसपछि पर्के र तल गिलगालतिर गए ।”

  • 1¶ त्यसपछि शमूएलले एक ढुङ्ग्रो तेल लिए, त्‍यो शाऊलको शिरमाथि खन्याए, तिनलाई चुम्‍बन गरे । तिनले भने, “के परमप्रभुले उहाँको उत्तराधिकारको शासक हुनलाई तपाईंलाई अभिषेक गर्नुभएको हैन र?

  • 10तब शाऊलले आफ्नो सेवकलाई भने, “राम्रो भन्यौ । आऊ, हामी जाऔं ।” त्यसैले तिनीहरू त्‍यस सहरमा गए जहाँ परमेश्‍वरका मानिस बस्‍थे ।

  • १ शमू 17:30-31
    2 पदहरू
    72%

    30ऊबाट तिनी अर्कोतिर नै तर्किए र त्यसरी नै कुरा गरे । मानिसहरूले पहिलेको जस्तै गरी उही जवाफ दिए ।

    31जब सिपाहीहरूले दाऊदले भनेका कुराहरू सुने, तब तिनीहरूले त्यो कुरा शाऊललाई बताए र तिनले दाऊदलाई लिन पठाए ।

  • 20तब शाऊलले दाऊदलाई समात्‍न दूतहरू पठाए । अगमवक्ताहरूका समूहले अगमवाणी गरिरहेको र शमूएल तिनीहरूका अगुवाको रूपमा खडा भएका जब तिनीहरूले देखे, तब शाऊलका दूतहरूमाथि पनि परमेश्‍वरको आत्मा आउनुभयो र तिनीहरूले पनि अगमवाणी गरे ।

  • 10त्यसैले शमूएलले राजाको माग गरिरहेका मानिसहरूलाई परमप्रभुका सबै वचन सुनाए ।

  • 6जब तिनीहरूले भनेका कुरा शाऊलले सुने, तब तिनीमाथि परमेश्‍वरको आत्मा आउनुभयो र तिनी साह्रै रिसाए ।

  • १ शमू 18:12-13
    2 पदहरू
    72%

    12परमप्रभु दाऊदसँग हुनुहुन्‍थ्‍यो, तर शाऊलसँग फेरि हुनुभएन, यसैले शाऊल तिनीसँग डराए ।

    13त्यसैले शाऊलले तिनलाई आफ्नो उपस्थितिबाट हटाए र तिनलाई हजारको कमाण्‍डरमा नियुक्‍त गरे । यसरी दाऊद बाहिर निस्के र मानिसहरूको सामु आए ।

  • 18शमूएलले तिनलाई हरेक कुरा बताए । उनले तिनीबाट कुनै पनि कुरा लुकाएनन् । एलीले भने, “उहाँ परमप्रभु हुनुहुन्छ । उहाँलाई जे असल लाग्छ सो गर्नुभएको होस् ।”

  • १ शमू 16:2-3
    2 पदहरू
    72%

    2शमूएलले सोधे, “म कसरी जान सक्‍छु? शाऊलले यो सुने भने, उसले मलाई मार्नेछ ।” परमप्रभुले भन्‍नुभयो, “तँसँगै एउटा कोरली लैजा र भन्, 'म परमप्रभुलाई बलिदान चढाउन आएको छु ।'

    3यिशैलाई पनि बलिदानमा बोला र तैंले के गर्नुपर्नेछ म तँलाई देखाउनेछु । मैले तँलाई देखाएको एक जनालाई तैंले अभिषेक गर्नेछस् ।”

  • 1¶ शमूएलले शऊललाई भने, “ तपाईंलाई परमप्रभुका मानिसहरूका राजा हुन अभिषेक गर्नलाई उहाँले मलाई पठाउनुभयो । अब परमप्रभुको वचन सुन्‍नुहोस् ।

  • 1¶ शमूएलले सबै इस्राएलीलाई भने, “तिमीहरूले मलाई भेनका हरेक कुरा मैले सुनेको छु र मैले तिमीहरूमाथि एक जना राजा नियुक्‍त गरेको छु ।

  • १ शमू 13:14-15
    2 पदहरू
    72%

    14तर अब तपाईंको शासनले निरन्तरता पाउनेछैन । परमप्रभुले आफ्‍नोजस्‍तो हृदय भएको एक जना मानिसको खोजी गर्नुभएको छ र परमप्रभुले आफ्‍ना मानिसहरूका शासक हुन तिनलाई नियुक्‍त गर्नुभएको छ, किनभने उहाँले तपाईंलाई दिनुभएको आज्ञा तपाईंले पालन गर्नुभएको छैन ।”

    15तब शमूएल उठे र गिलगालबाट बेन्यामीनको गिबातिर गए । तब शाऊलले आफूसँग भएका मानिसहरूको गन्ती गरे, तिनीहरू झण्डै छ सय जना मानिसहरू थिए ।

  • 28शमूएलले तिनलाई भने, “परमप्रभुले आज इस्राएल राज्यलाई तपाईंबाट च्यात्‍नुभएको छ र त्‍यो तपाईंभन्दा उत्तम तपाईंको एक जना छिमेकीलाई दिनुभएको छ ।

  • १ शमू 18:9-10
    2 पदहरू
    72%

    9शाऊलले त्यस दिनदेखि दाऊदलाई शंकाको दृष्‍टिे हेरे ।

    10भोलि पल्ट शाऊलमा परमेश्‍वरबाटको हानिकारक आत्मा आयो र तिनले घरभित्र नै अगमवाणी बोले । त्यसैले दाऊदले हरेक दिन गरेझैं आफ्‍नो सङ्गीतको साधन बजाए । शाऊलको हातमा भाला थियो ।

  • 22परमप्रभुले शमूएललाई भन्‍नुभयो, “तिनीहरूका कुरा पालन गर् र कसैलाई तिनीहरूका राजा बना ।” त्यसैले शमूएलले इस्राएलका मानिसहरूलाई भने, “हरेक मानिस आ-आफ्नो सहर जानुपर्छ ।”

  • 31त्यसैले शमूएल शाऊलसँगै फर्के, र शाऊलले परमप्रभुको आराधना गरे ।

  • १ शमू 10:23-24
    2 पदहरू
    71%

    23तब तिनीहरू दौडे र शाऊललाई त्यहाँबाट निकाले । जब तिनी मानिसहरू माझमा खडा भए, तब तिनी अरू कुनै पनि मानिसभन्दा तिनको कुमभन्‍दामाथि अग्ला थिए ।

    24शामूएलले मानिसहरूलाई भने, “के परमप्रभुले चुन्‍नुभएको मानिसलाई तिमीहरूले देख्‍दैछौ? सबै मानिसहरूका माझमा तिनीजस्ता अरू कोही छैन ।” सबै मानिसहरू यसो भन्‍दै कराए, “राजा अमर रहून्” ।

  • 35शमूएलले आफ्‍नो मृत्युको दिनसम्म नै शाऊललाई भेटेनन्, किनकि तिनले शाऊलको निम्ति शोक गरे । परमप्रभुले शाऊललाई इस्राएलका राजा बनाउनुभएकोमा उहाँ दुःखी हुनुभयो ।

  • 21त्यसपछि, मानिसहरूले एउटा राजाको माग गरे, त्यसैले परमेश्‍वरले बेन्यामिन कुलको किशका छोरा शाऊललाई चालिस वर्षसम्मको निम्ति दिनुभयो ।