१ शमूएल 9:14

अनलक शाब्दिक बाइबल

त्यसैले तिनीहरू सहरमा गए । तिनीहरू सहर पस्‍नैलाग्‍दा, उच्‍च स्थनामा जानलाई शमूएल आफूतर्फ आउँदै गरेको तिनीहरूले देखे ।

थप स्रोतहरू

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • १ शमू 9:10-13
    4 पदहरू
    86%

    10तब शाऊलले आफ्नो सेवकलाई भने, “राम्रो भन्यौ । आऊ, हामी जाऔं ।” त्यसैले तिनीहरू त्‍यस सहरमा गए जहाँ परमेश्‍वरका मानिस बस्‍थे ।

    11जब तिनीहरू सहरतिर जानलाई पहाड चढे, तिनीहरूले पानी लिन आउने जवान स्‍त्रीहरूलाई भेटे । शाऊल र तिनका सेवकले तिनीहरूलाई सोधे, “के दर्शी यहाँ हुनुहुन्छ?”

    12तिनीहरूले जवाफ दिए र भने, “उहाँ हुनुहुन्छ । हेर्नुहोस्, उहाँ तपाईंहरूकै अगाडि हुनुहुन्छ । छिटो जानुहोस्, किनकि मानिसहरूले आज उच्‍च स्थानमा बलिदान चढाउने हुनाले उहाँ आज सहर जाँदै हुनुहुन्‍छ ।

    13खानलाई उहाँ उच्‍च स्थानमा जानुअघि नै, तपाईंहरूले सहर पस्‍नेबित्तिकै उहाँलाई भेट्नुहुनेछ । उहाँ नआएसम्म मानिसहरूले खाने छैनन्, किनभने उहाँले बलिदानलाई आशिर्वाद दिनुहुनेछ । त्यसपछि मात्र निम्ताइएकाहरूले खानेछन् । अहिले माथि गइहाल्नुहोस्, तपाईंहरूले उहाँलाई तुरुन्तै भेट्नुहुनेछ ।”

  • १ शमू 9:22-27
    6 पदहरू
    83%

    22त्यसैले शमूएलले शाऊल र तिनको सेवकलाई लगे र तिनीहरूलाई एउटा कोठाभित्र ल्याए र करिब तिस जना निम्‍तो पाएकाहरूमध्येको उनीहरूलाई प्रमूख आशनमा तिनले राखे ।

    23शमूएलले भान्सेलाई भने, “'अलग्गै राख' भनी मैले तिमीलाई भनेको भाग ल्‍याऊ ।”

    24त्यसैले भान्सेले फिला र यसमा भएको सबै ल्याए र शाऊलको सामु राखिदिए । तब शमूएलले भने, “हेर्नुहोस्, जे अलग राखिएको थियो सो तपाईंको अगि राखिएको छ । यो खानुहोस्, किनभने, 'मैले मानिसहरूलाई बोलाएको छु' भनेर मैले भनेको समयदेखि तोकिएको समयसम्म यसलाई तपाईंको निम्ति अलग्गै राखिएको छ ।” त्यसैले त्यस दिन शाऊलले शमूएलसँग खाए ।

    25जब तिनीहरू उच्‍च स्थानबाट सहरमा आएका थिए, शमूएलले शाऊलसँग छतमाथि कुरा गरे ।

    26त्यसपछि शामूएलले शाऊललाई बिहान छतमाथि बोलाए र भने, “उठ्नुहोस्, यसरी म तपाईंलाई आफ्‍नो बाटो पठाउनेछु ।” त्यसैले शाऊल उठे, अनि तिनी र शामूएल दुवै जना गल्लीतिर गए ।

    27जसै तिनीहरू सहरको छेउतिर पुग्‍नै लागे, शमूएलले शाऊललाई भने, “सेवकलाई हामीभन्‍दा अगि जाने आज्ञा गर्नुहोस्”— र ऊ अगि गयो— “तर तपाईं केही क्षण यहीं रहनुपर्छ, ताकि तपाईंलाई परमेश्‍वरको सन्देश म भन्‍नेछु ।”

  • 15अब शाऊल आउनुभन्दा अगिल्लो दिन नै परमप्रभुले शमूएललाई प्रकट गर्नुभएको थियोः

  • १ शमू 9:17-19
    3 पदहरू
    79%

    17जब शमूएलले शाऊललाई देखे, तब परमप्रभुले तिनलाई भन्‍नुभयो, “मैले तँलाई भनेको मानिस यही हो । मेरा मानिसहरूमाथि राज्‍य गर्ने मानिस यही हो ।”

    18तब शाऊल प्रवेशद्वारमा शमूएलको नजिक आए र भने, “दर्शीको घर कहाँ छ मलाई भन्‍नुहोस्?”

    19शमूएलले शाऊललाई जवाफ दिए र भने, “दर्शी म नै हुँ । मभन्‍दा अगि-अगि उच्‍च स्थानमा जानुहोस्, किनकि आज तपाईंले मसँग खानुहुनेछ । बिहान भएपछि म तपाईंलाई जान दिनेछु, र तपाईंको मनमा भएका हरेक कुरा म तपाईंलाई भनिदिनेछु ।

  • १ शमू 15:12-14
    3 पदहरू
    77%

    12शाऊललाई भेट्न शमूएल बिहान सबेरै उठे । शमूएललाई भनियो, “शाऊल कार्मेलमा आए र आफ्नो निम्ति तिनले स्मारक खडा गरे र त्‍यसपछि पर्के र तल गिलगालतिर गए ।”

    13तब शमूएल शाऊलकहाँ आए, र शाऊलले तिनलाई भने, “परमप्रभुद्वारा तपाईंलाई आशिष् मिलोस्! मैले परमप्रभुको आज्ञा पुरा गरेको छु ।”

    14शमूएलले भने, “त्‍यसो भए मेरो कानले सुनेको भेडाहरू कराएको र गोरुहरू कराएको यो के हो?”

  • १ शमू 13:10-11
    2 पदहरू
    77%

    10तिनले होमबलि चढाउन सिद्ध्याउने बित्तिकै शमूएल आइपुगे । शाऊल तिनलाई भेट्न र अभिवादन गर्न निस्के ।

    11त्यसपछि शमूएलले भने, “तपाईंले यो के गर्नुभएको?” शाऊलले जवाफ दिए, “जब मानिसहरूले मलाई छोडिरहेको मैले देखें र तोकिएको समयभित्र तपाईं आउनुभएन र पलिश्तीहरू मिकमाशमा भेला भएका थिए,

  • १ शमू 16:4-6
    3 पदहरू
    76%

    4शमूएलले परमप्रभुले भन्‍नुभएझैं गरे र बेथलेहेम गए । सहरका धर्म-गुरुहरू तिनलाई भेट्न आउँदा तिनीहरू डरले कामिरहेका थिए र भने, “के तपाईं शान्तिमा नै आउँदै हुनुहुन्छ?”

    5तिनले भने, “शान्तिमा नै हो । म परमप्रभुलाई बिलदान चढाउन आएको छु । आफैलाई अलग गर्न तयार होओ र मसँगै बलिदानमा आओ ।” तिनले यिशै र तिनका छोराहरूलाई अलग गरे र तिनीहरूलाई बलिदानमा निमन्त्रणा गरे ।

    6जब तिनीहरू आए, तिनले एलीआबलाई हेरे र मनमनै भने परमप्रभुको अभिषिक्‍त जन निश्‍चय नै तिनको सामु उभिरहेका थिए ।

  • १ शमू 10:13-14
    2 पदहरू
    76%

    13जब तिनले अगमवाणी बोलेर सके, तब तिनी उच्‍च स्थानमा आए ।

    14त्यसपछि शाऊलका काकाले तिनी र तिनको सेवकलाई सोधे, “तिमीहरू कहाँ गयौ?” तिनले जवाफ दिए, “गधाहरू खोज्‍नलाई । जब ती भेट्टाउन नसक्‍ने हामीले देख्यौं, तब हामी शमूएलकहाँ गयौं ।”

  • 34शमूएल रामामा गए र शाऊल गिबाको आफ्नै घरमा गए ।

  • 15तब शमूएल उठे र गिलगालबाट बेन्यामीनको गिबातिर गए । तब शाऊलले आफूसँग भएका मानिसहरूको गन्ती गरे, तिनीहरू झण्डै छ सय जना मानिसहरू थिए ।

  • 22त्यसपछि उनी पनि रामामा गए र सेकूमा भएको गहिरो इनारमा आए । उनले भने, “शमूएल र दाऊद कहाँ छन्?” कसैले भन्यो, “हेर्नुहोस्, तिनीहरू रामाको नैयोतमा छन् ।”

  • १ शमू 28:14-15
    2 पदहरू
    74%

    14तिनले उनलाई भने, “त्‍यो कस्तो छ?” उनले भनिन्, “एउटा वृद्ध मानिस माथि आइरहेका छन् । यिनले खा्सटो ओढेका छन् ।” यिनी शमूएल हुन् भनी शाऊलले भनी बुझे र तिनले घोप्‍टो परेर दण्डवत गरे र आदर प्रकट गरे ।

    15शमूएलले शाऊललाई भने, “तिमीले किन मेरो शान्ति भङ्ग गर्‍यौ र मलाई माथि ल्यायौ?” शाऊलले जवाफ दिए, “म अति नै व्याकुल छु, किनभने पलिश्‍तीहरूले मेरो विरुद्ध युद्ध गरिरहेका छन्, र परमेश्‍वरले मलाई छोड्नुभएको छ र मलाई न अगमवक्ताहरूद्वारा न त सपनाहरूद्वारा नै जवाफ दिनुहुन्छ । यसकारण मैले तपाईंलाई बोलाएको हुँ, ताकि मैले के गर्नुपर्ने हो सो तपाईंले मलाई प्रकट गर्नुहोस् ।”

  • १ शमू 10:22-23
    2 पदहरू
    73%

    22तब मानिसहरूले परमेश्‍वरलाई अझै प्रश्‍न सोध्‍ने इच्‍छा गरे, “के अझै अर्को मानिस आउनै छ?” परमप्रभुले जवाफ दिनुभयो, “तिनले आफैलाई सर-सामानाका बिचमा लुकाएका छन् ।”

    23तब तिनीहरू दौडे र शाऊललाई त्यहाँबाट निकाले । जब तिनी मानिसहरू माझमा खडा भए, तब तिनी अरू कुनै पनि मानिसभन्दा तिनको कुमभन्‍दामाथि अग्ला थिए ।

  • १ शमू 9:4-6
    3 पदहरू
    73%

    4त्यसैले शाऊल एफ्राइमको पहाडी देशबाट भएर गए र सालिसाको देशबाट भएर गए, तर तिनीहरूले ती भेट्टाएनन् । तब तिनीहरू शालीमको देश पार गरे, तर ती त्‍यहाँ थिएनन् । त्‍यसपछि तिनी बेन्यामीनहरूका भूभागबाट भएर गए तर तिनीहरूले ती भेट्टाएनन् ।

    5जब तिनीहरू सूपको देशमा आए, तब शाऊलले आफूसँग भएका आफ्नो सेवकलाई भने, “आऊ, हामी फर्केर जाऔं, नत्र मेरो बुबाले गधाको चिन्ता लिन छोडेर हाम्रो बारे चिन्ता गर्लान् ।”

    6तर सेवकले तिनलाई भने, “सुन्‍नुहोस्, यो सहरमा एक जना परमेश्‍वरका मानिस हुनुहुन्छ । तिनी आदर पाएका मानिस हुन् । तिनले भनेका हरेक कुरा पुरा हुन्छ । हामी त्यहाँ जाऔं । सायद हामी कुन बाटो जानुपर्छ भनी तिनले हामीलाई भन्‍नेछन् ।”

  • 4त्यसपछि इस्राएलका सारा धर्म-गुरुहरू भेला भए र रामामा शमूएलकहाँ आए ।

  • 14त्यसपछि शमूएलले मानिसहरूलाई भने, “आओ, हामी गिलगामा जानेछौं र त्यहाँ राजसत्ताप्रति फेरि भक्‍ति जानउनेछौं ।”

  • 17शमूएलले मानिसहरूलाई मिस्‍पामा परमप्रभुको सामु एकसाथ भेला गरे ।

  • १ शमू 10:9-10
    2 पदहरू
    72%

    9शमूएलबाट विदा हुनलाई जब शाऊलले पिठ्युँ फर्काए, तब परमेश्‍वरले तिनलाई अर्कै हृदय दिनुभयो । तब ती सबै चिन्हहरू त्यसै दिन पुरा भयो ।

    10जब तिनीहरू डाँडामा आए, अगमवक्ताको एक समूहले तिनलाई भेटे र परमेश्‍वरको आत्मा तिनीमाथि आउनुभयो ताकि तिनले उनीहरूसँगै भविष्यवाणी बोले ।

  • 2शमूएलले सोधे, “म कसरी जान सक्‍छु? शाऊलले यो सुने भने, उसले मलाई मार्नेछ ।” परमप्रभुले भन्‍नुभयो, “तँसँगै एउटा कोरली लैजा र भन्, 'म परमप्रभुलाई बलिदान चढाउन आएको छु ।'

  • 10परमप्रभुको वचन शमूएलकहाँ यसो आयो,

  • 5यति बेला शाऊल खतेबाट गोरुहरू लिएर आउँदै थियो । शऊलले भने, “मानिसहरूलाई के खराबी भयो जसले गर्दा तिनीहरू रुँदैछन्?” याबेशका मानिसहरूले जे भनेका थिए सो तिनीहरूले शाऊललाई भने ।

  • 5त्यसपछि तपाईं परमप्रभुको पर्वतमा आउनुहुनेछ, जहाँ पलिस्तीहरूको चौकी छ । जब तपाईं सहरमा आइपुग्‍नुहुनेछ, तब तपाईंले वीणा, खैंजडी, बाँसुरी र सितार अगिअगि बजाउँदै तल आइरहेको भेट्टाउनुहुनेछ । तिनीहरूले अगमवाणी गरिरहेका हुनेछन् ।

  • 22परमप्रभुले शमूएललाई भन्‍नुभयो, “तिनीहरूका कुरा पालन गर् र कसैलाई तिनीहरूका राजा बना ।” त्यसैले शमूएलले इस्राएलका मानिसहरूलाई भने, “हरेक मानिस आ-आफ्नो सहर जानुपर्छ ।”

  • 1¶ शमूएलले शऊललाई भने, “ तपाईंलाई परमप्रभुका मानिसहरूका राजा हुन अभिषेक गर्नलाई उहाँले मलाई पठाउनुभयो । अब परमप्रभुको वचन सुन्‍नुहोस् ।

  • 5तब शाऊल अमालेकको सहरमा आए र मैदानमा पर्खे ।

  • 46त्‍यसपछि शाऊलले पलिश्तीहरूको पिछा गर्न छोडे र पलिश्तीहरू आ-आफ्ना घरमा गए ।

  • 20तब शाऊलले दाऊदलाई समात्‍न दूतहरू पठाए । अगमवक्ताहरूका समूहले अगमवाणी गरिरहेको र शमूएल तिनीहरूका अगुवाको रूपमा खडा भएका जब तिनीहरूले देखे, तब शाऊलका दूतहरूमाथि पनि परमेश्‍वरको आत्मा आउनुभयो र तिनीहरूले पनि अगमवाणी गरे ।

  • 13त्यो आउँदा, एली आफ्नो आसनमा बाटोको छेवैमा बसेर हेरिरहेका थिए, किनभने परमेश्‍वरको सन्दुको चिन्ताले तिनको हृदय काम्यो । जब त्यो मानिस सहर प्रवेश गर्‍यो र त्‍यो खबर भन्‍यो, तब सारा सहरमा रुवाबासी भयो ।

  • 11तब ती स्‍त्रीले भनिन्, “म तपाईंको निम्ति कसलाई ल्याउँ?” शाऊलले भने, “मेरो निम्ति शमूएललाई ल्याइदेऊ ।”