१ शमूएल 21:1
¶ पुजारी अहीमेलेकलाई भेट्न दाऊद नोबमा गए । अहीमेलेक डरले काम्दै दाऊदलाई भेट्न आए र तिनलाई भने, “तपाईं किन एक्लै हुनुहुन्छ र तपाईंसँग कोही पनि छैनन्?”
¶ पुजारी अहीमेलेकलाई भेट्न दाऊद नोबमा गए । अहीमेलेक डरले काम्दै दाऊदलाई भेट्न आए र तिनलाई भने, “तपाईं किन एक्लै हुनुहुन्छ र तपाईंसँग कोही पनि छैनन्?”
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
2दाऊदले पुजारी अहीमेलेकलाई भने, “राजाले मलाई एउटा काममा पठाउनुभएको छ र यस्तो हुकुम गर्नुभएको छ, 'जुन कामको बारेमा मैले तिमीलाई पठाएको छु र मैले तिमीलाई जे आज्ञा गरेको छु त्यसको बारेमा कसैलाई थाहा नहोस् ।' कुनै निश्चित ठाउँमा आउन मैले जवान मानिसहरूलाई निर्देशन दिएको छु ।
3अहिले तपाईंसँग के छ? पाँच वटा रोटी वा यहाँ जे छ सो मलाई दिनुहोस् ।”
9तब शाऊलका सेवकहरूसँगै खडा भएका एदोमी दोएगले जवाफ दियो, “यिशैका छोरा नोबमा अहीतूबका छोरा अहीमेलेककहाँ आएको मैले देखें ।
10परमप्रभुबाट उसलाई सहायता मिलोस् भनी तिनले उसको निम्ति प्रार्थना गरे, र तिनले उसलाई खानेकुरा र पलिश्ती गोल्यतको तरवार दिए ।”
11अनि शाऊलले अहीतूबका छोरा पुजारी अहीमेलेक, र तिनका बुबाको घरानाका सबै, नोबमा भएका पुजारीहरूलाई बोलाउन कसैलाई पठाए । तिनीहरू सबै जना राजाकहाँ आए ।
12शाऊलले भने, “अहितूबका छोरा सुन् ।” तिनले जवाफ दिए, “म यहाँ छु मालिक ।”
13शाऊलले तिनलाई भने, “तैंले, तैंले र यिशैका छोराले किन मेरो विरुद्धमा षडयन्त्र रचेको छस्, जसमा तैंले उसलाई रोटी र तरवार दिइस् र परमप्रभुले उसलाई सहायता गर्नुभएको होस् भनी प्रार्थना गरिस्, जसले गर्दा मेरो विरुद्धमा खडा हुनलाई ऊ गुप्तमा लुक्न सकोस्, जस्तो आज उसले गरेको छ?”
14अनि अहीमेलकले राजालाई जवाफ दिए र भने, “तपाईंका सेवकहरूमध्ये दाऊदजस्तो विश्वासयोग्य, जो राजाका ज्वाइँ, तपाईंको अङ्गरक्षकका कप्तान र तपाईंको घरानामा आदर गरिएको अरू को छ?
15तिनलाई सहायता मिलोस् भनी मैले परमेश्वरमा प्रार्थना गरेको के आझ नै पहिलो पटक हो र? यो मबाट दुर होस्! राजाले आफ्नो सेवक वा मेरो बुबाको सारा घरानालाई कुनै दोष नलगाउनुहोला । किनकि तपाईंको सेवकलाई यी कुरा केही पनि थाहा छैन ।”
16राजाले जवाफ दिए, “अहीमेलेक, तँ र तेरा बुबाको घरानाका सबै जना निश्चय नै मर्नेछौ ।”
17राजाले तिनका वरिपरि खडा बएका अङ्गरक्षकलाई भने, “फर्क र परमप्रभुको पुजारीहरूलाई मार् । किनभने तिनीहरूका हात पनि दाऊदसँगै छन्, र किनभने तिनी भागेका थिए भनी तिनीहरूले थाहा पाए, तर त्यो कुरा मलाई प्रकट गरेनन् ।” तर राजाका सेवकहरूले परमप्रभुको पुजारीहरूलाई मार्नलाई आफ्ना हात हालेनन् ।
7त्यस दिन शाऊलका सेवकहरूमध्ये एक जना परमप्रभुको सामु रोकिएको थियो । त्यसको नाउँ एदोमी दोएग थियो, जो शाऊलका गोठालाको प्रमुख थियो ।
8दाऊदले अहीमेलेकलाई भने, “के यहाँ कुनै भाला वा तरवार छैन? किनकि मैले न त मेरो तरवार न हतियार नै ल्याएँ, किनभने राजाको काम जरूरी थियो ।”
9पुजारीले भने, “तपाईंले एलाहको बेसीमा मार्नुभएको पलिश्ती गोल्यतको तरवार एपोद पछाडी कपडाले बेह्रेर राखिएको छ । तपाईंलाई त्यो लाने इच्छा हुन्छ भने त्यो लानुहोस्, किनकि यहाँ अरू कुनै हतियार छैन ।” दाऊदले भने, “त्यो जस्तो अरू कुनै तरवार छैन । त्यो मलाई दिनुहोस् ।”
10त्यस दिन दाऊद उठे र शाऊलदेखि भागे र गातका राजा आकीशकहाँ गए ।
7दाऊदले पुजारी अहीमेलेकका छोरा अबीयाथारलाई भने, “बिन्ती छ, यहाँ मकहाँ एपोद ल्याऊ ।” अबीयाथारले दाऊदकहाँ एपोद ल्याए ।
20तर अहीतूबका छोरा अहीमेलेकका छोराहरूमध्ये अबीयाथार नाउँका एक जना उम्के र दाऊदकहाँ गए ।
21शाऊलले परमप्रभुका पुजारीहरूलाई मरेको कुरा अबीयाथारले दाऊदलाई सुनाए ।
2त्यसैले दाऊदले परमप्रभुसँग सहायताको निम्ति प्रार्थना गरे र उहाँलाई भने, “के म जाऊँ र पलिश्तीहरूलाई आक्रमण गरूँ?” परमप्रभुले दाऊदलाई भन्नुभयो, “जा, पलिश्तीहरूलाई आक्रमण गर् र कीलाहलाई बचा ।”
3दाऊदका मानिसहरूले तिनलाई भने, “हे्र्नुहोस्, हामी यहाँ यहूदामा डराएका छौं । हामी कीलाहमा पलिश्तीहरूका फौजको विरुद्धमा गयौं भने झन् कति धेरै डराउनेछौं?
6जब अहीमेलेकका छोरा अबीयाथार भागेर कीलाहमा दाऊदकहाँ जाँदा, तिनी एपोदसहित तल आएका थिए ।
6तब दाऊदले हित्ती अहीमेलेक, योआबका भाइ सरूयाहका छोरा अबीशैलाई भने, “शाऊलको छाउनीमा तल मसँग को जानेछ?” अबीशैले भने, “म! म तपाईंसँग जानेछु ।”
1¶ शाऊलको मृत्युपछि अमालेकीहरूलाई आक्रमण गरेर दाऊद फर्के र सिक्लगमा दुई दिनसम्म बसे ।
2तेस्रो दिनमा, शाऊलको छाउनीबाट एक जना मानिस लुगा च्यातेर र शिरमा धुलो छरेर आए । जब तिनी दाऊदकहाँ आए, तब तिनले आफ्नो अनुहार भुईंमा घोप्टो पारे र आफूलाई लमतन्न पारे ।
3दाऊदले तिनलाई सोधे, “तिमी कहाँबाट आएको हौ?” तिनले जवाफ दिए, “म इस्राएलको छाउनीबाट उम्केर भएको ।”
23मसँग बस र नडराऊ । तिम्रो ज्यान लिन खोज्नेले मेरो पनि ज्यान मार्न खोजेको छ । तिमी मसँग सुरक्षित हुनेछौ ।”
9शाऊलले आफ्नो विरुद्धमा षड्यान्त्र गरिरहेका कुरा दाऊदलाई थाहा थियो । तिनले पुजारी अबीयाथारलाई भने, “एपोद यहाँ ल्याऊ ।”
10तब दाऊदले भने, “हे परमप्रभु, इस्राएलका परमेश्वर, शाऊल मेरो कारणले सहरलाई नाश पार्न कीलाहमा आउन खोज्छ भन्ने तपाईंको दासले सुनेको छ ।
1¶ तब दाऊद रामाको नैयोतबाट भागे र जोनाथनकहाँ आए र भने, “मैले के गरेको छु? मेरो अपराध के हो? तपाईंको बुबाको सामु मैले गरेको पाप हो,जसको कारणले उहाँले मेरो ज्यान लिन खोज्नुहुन्छ?”
13दाऊदले ती जवान मानिसलाई सोधे, “तँ कहाँबाट आएको होस्?” तिनले जवाफ दिए, “म एक जना विदेशी अमालेकीको छोरा हुँ ।”
14दाऊदले तिनलाई भने, “पमरप्रभुको अभिषिक्त राजालाई तेरो आफ्नै हातले मार्न तँलाई किन डर लागेन?”
9दाऊद त्यस दिन परमप्रभुसँग डराएका थिए । तिनले भने, “परमप्रभुको सन्दुक मकहाँ कसरी आउन सक्छ?”
21दाऊदको पछि जानलाई साह्रै कमजोर भएका दुई सय जना मानिसकहाँ तिनी आए, जसलाई अरूले बसोरको खोल्सामा नै बस्न लगाएका थिए । दाऊद र तिनीसँग भएका मानसिहरूलाई भेट्न यी मानिसहरू अगाडि गए । जब दाऊद यी मानिसकहाँ आए, तब तिनले उनीहरूलाई अभिवादन गरे ।
30तापनि परमप्रभुको अगुवाइ माग्न दाऊद त्यहाँ जान सकेनन्, किनकि ती स्वर्गदूतको तरवारसँग तिनी साह्रै डराएका थिए ।
32राजा दाऊदले भने, “पुजारी सादोक, नातान अगमवक्ता र यहोयादाका छोरा बनायाहलाई मकहाँ बोलाएर ल्याऊ ।” त्यसैले तिनीहरू राजाको सामु हाजिर भए ।
12त्यो दिन दाऊद परमेश्वरसँग डराए । तिनले भने, “परमेश्वरको सन्दूकलाई कसरी मकहाँ घरमा ल्याउन म सक्छु?”
35के तिमीसँग सादोक पुजारी र अबियाथार हुने छैनन् र? त्यसैले तिमीले दरबारमा राजाबाट जे-जे सुन्छौ सो कुरा तिमीले पुजारी सादोक र अबियाथारलाई भन्नुपर्छ ।
5त्यसैले दाऊदले दस जना जवान मानिसलाई पठाए । दाऊदले ती जवान मानिसहरूलाई भने, “कार्मेलमा माथि जाओ, नाबालकहाँ जाओ र मेरो नाउँमा तिनलाई अभिवादन गर ।
12दाऊदले यस कुरालाई मन लिए र गातका राजा आकीशसँग धेरै डराए ।
4शमूएलले परमप्रभुले भन्नुभएझैं गरे र बेथलेहेम गए । सहरका धर्म-गुरुहरू तिनलाई भेट्न आउँदा तिनीहरू डरले कामिरहेका थिए र भने, “के तपाईं शान्तिमा नै आउँदै हुनुहुन्छ?”
27राजाले सादोक पुजारीलाई यसो पनि भने, “के तिमी दर्शी होइनौ? सहरमा शान्तिसँग फर्क र तिम्रा दुई छोरा, तिम्रा छोरा अहीमास र अबियाथारका छोरा जोनाथन तिम्रो साथमा छन् ।
17तिनीहरूलाई भेट्न दाऊद बाहिर निस्केर गए र यसो भनेर सम्बोधन गरे, “तिमीहरू मकहाँ शान्तिमा मलाई सहायता गर्न आएका हौ भने, तिमीहरू मसित सहभागी हुन सक्छौ । तर धोकाबाजी गरेर मेरा शत्रुहरूका हातमा मलाई सुम्पिदिन तिमीहरू आएका हौ भने, हाम्रा पुर्खाहरूका परमेश्वरले हेर्नुहुन्छ र तिमीहरूलाई हप्काउनुहुन्छ, किनकि मैले कुनै खराबी गरेको छैन ।”
9दाऊदले शाऊललाई भने, “'हेर्नुहोस्, दाऊदले तपाइंको हानि गर्न खोज्दैछ' भन्ने मानिसहरूको कुरा तपाईंले किन सुन्नुहुन्छ?
26तब राजाले पुजारी अबियाथारलाई भने, “तिम्रो आफ्नै जग्गा अनातोतमा जाऊ । तिमी मृत्युको लायक छौ, तर मेरा पिता दाऊदको सामु तिमीले परमप्रभुको सन्दुक बोकेकाले र मेरा पिताजस्तै हरेक मार्गमा तिमीले दुःख भोगेकाले तिमीलाई म यस बेला मार्दिनँ ।”
12परमप्रभु दाऊदसँग हुनुहुन्थ्यो, तर शाऊलसँग फेरि हुनुभएन, यसैले शाऊल तिनीसँग डराए ।
2तिनी थकित र कमजोर हुँदा नै तिनीकहाँ म पुग्ने छु र तिनलाई भयङ्कर त्रासमा पार्ने छु । तिनीसँग भएका मानिसहरू भाग्ने छन् र म राजालाई मात्र आक्रमण गर्ने छु ।
28तिनले मानिसहरूसँग कुरा गर्दा तिनका जेठा दाजु एलीआबले सुने । एलीआबको रिस दाऊदमाथि दन्कियो, र तिनले भने, “तँ यहाँ किन आइस्? उजाड-स्थानमा भएका ती थोरै भेडाहरूलाई कसको साथमा छोडिस्? तेरो घमण्ड र तेरो हृदयको कुटिलता मलाई थाहा छ । किनकि युद्ध हेर्न भनेर तँ यहाँ तल आएको होस् ।”
45दाऊदले त्यो पलिश्तिलाई जवाफ दिए, “तँ त तरवार, भाला र बर्छासित मकहाँ आइस् । तर म त सर्वशक्तिमान् परमप्रभु, इस्राएलको फौजका परमेश्वरको नाउँमा तँकहाँ आउँछु, जसको तैंले विरोध गरेको छस् ।
31जब सिपाहीहरूले दाऊदले भनेका कुराहरू सुने, तब तिनीहरूले त्यो कुरा शाऊललाई बताए र तिनले दाऊदलाई लिन पठाए ।
13तब दाऊद पारिपट्टि गए र टाढा पहाडको टाकुरमा खडा भए । तिनीहरू बिच लामो दूरी थियो ।