१ शमूएल 9:3

अनलक शाब्दिक बाइबल

शाऊलका बुबा कीशका गधाहरू हराएका थिए । त्यसैले कीशले आफ्‍ना छोरा शाऊललाई भने, “एक जना सेवकलाई आफ्‍नो साथमा लैजाऊ । उठ् र गधाहरूलाई खोज्‍न जाऊ ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • न्या 5:10 : 10 ए सेता गधाहरूमा बसेर सवार हुनेहरू, पिठ्युँका राडीहरूमा बस्‍नेहरू र सडकमा हिंड्नेहरू हो, यसको बारेमा विचार गर ।
  • न्या 10:4 : 4 तिनका तिस जना छोराहरू थिए जो तिसवटा गधाहरूमा सवार हुन्थे र तिनीहरूका तिसवटा सहरहरू थिए, जसलाई आजको दिनसम्म हब्बात याईर भनिन्छ, जुन गिलाद देशमा पर्छ ।
  • १ शमू 10:2 : 2 जब तपाईं आज जानुहुनेछ, बेन्यामीनको सेल्सहको इलाकामा राहेलको चिहान नजिक तपाईंले दुई जना मानिसहरू भेट्टाउनुहुनेछ । तिनीहरूले तपाईंलाई भन्‍नेछन्, 'तपाईंले खोजिरहेका गधाहरू भेट्टाइएका छन् । अहिले तपाईंको बुबाले गधाहरू बारेमा चिन्ता गर्न छोडेर “मेरो छोराको बारेमा म के गरौं” भन्‍दै तपाईंको बारेमा चिन्ता गर्दै हुनुहुन्‍छ ।'

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • १ शमू 9:4-8
    5 पदहरू
    85%

    4त्यसैले शाऊल एफ्राइमको पहाडी देशबाट भएर गए र सालिसाको देशबाट भएर गए, तर तिनीहरूले ती भेट्टाएनन् । तब तिनीहरू शालीमको देश पार गरे, तर ती त्‍यहाँ थिएनन् । त्‍यसपछि तिनी बेन्यामीनहरूका भूभागबाट भएर गए तर तिनीहरूले ती भेट्टाएनन् ।

    5जब तिनीहरू सूपको देशमा आए, तब शाऊलले आफूसँग भएका आफ्नो सेवकलाई भने, “आऊ, हामी फर्केर जाऔं, नत्र मेरो बुबाले गधाको चिन्ता लिन छोडेर हाम्रो बारे चिन्ता गर्लान् ।”

    6तर सेवकले तिनलाई भने, “सुन्‍नुहोस्, यो सहरमा एक जना परमेश्‍वरका मानिस हुनुहुन्छ । तिनी आदर पाएका मानिस हुन् । तिनले भनेका हरेक कुरा पुरा हुन्छ । हामी त्यहाँ जाऔं । सायद हामी कुन बाटो जानुपर्छ भनी तिनले हामीलाई भन्‍नेछन् ।”

    7तब शाऊलले आफ्नो सेवकलाई भने, “तर हामी त्यहाँ गयौं भने, हामीले त्यो मानिसलाई के लिएर जाने? किनभने हाम्रो झोलामा भएको रोटी सकिएको छ र परमेश्‍वरका मानिसलाई दिने कुनै उपहार हामीसँग छैन । हामीसँग के छ र?”

    8त्‍यो सेवकले शाऊललाई जवाफ दियो र भन्‍यो, “यहाँ, मसँग एक चौथाइ शेकेल चाँदी छ, जुन हामीले कुन बाटो जानुपर्छ बताउनलाई म परमेश्‍वरका मानिसलाई दिनेछु ।”

  • १ शमू 10:14-16
    3 पदहरू
    84%

    14त्यसपछि शाऊलका काकाले तिनी र तिनको सेवकलाई सोधे, “तिमीहरू कहाँ गयौ?” तिनले जवाफ दिए, “गधाहरू खोज्‍नलाई । जब ती भेट्टाउन नसक्‍ने हामीले देख्यौं, तब हामी शमूएलकहाँ गयौं ।”

    15शऊलका काकाले भने, “शमूएलले तिमीलाई के भने कृपया मलाई भन ।”

    16शऊलले आफ्नो काकालाई जवाफ दिए, “गधाहरू भेट्टाइएका छन् भनी तिनले हामीलाई प्रष्‍ट रूपमा भने ।” तर शमूएलले भनेका राज्यको विषयमा भने तिनले उनलाई भनेनन् ।

  • १ शमू 9:20-21
    2 पदहरू
    79%

    20तिन दिनअघि हराएका तपाईंका गधाहरूको बारेमा, तिनको बारेमा चिन्ता नगर्नुहोस्, किनकि ती भेट्टाइएका छन् । अनि इस्राएलको सबै इच्‍छाहरू कसमाथि छ? के तपाईं र तपाईंका बुबाको घरानामाथि होइन?”

    21शाऊलले जवाफ दिए र भने, “के इस्राएलका कुलहरूमध्ये सबभन्दा सानो बेन्यामीनको म होइन? के बेन्यामीनको कुलमा पनि मेरो वंश सबभन्दा सानो होइन र? अनि तपाईंले मलाई किन यसो भन्‍नुहुन्‍छ?”

  • 2जब तपाईं आज जानुहुनेछ, बेन्यामीनको सेल्सहको इलाकामा राहेलको चिहान नजिक तपाईंले दुई जना मानिसहरू भेट्टाउनुहुनेछ । तिनीहरूले तपाईंलाई भन्‍नेछन्, 'तपाईंले खोजिरहेका गधाहरू भेट्टाइएका छन् । अहिले तपाईंको बुबाले गधाहरू बारेमा चिन्ता गर्न छोडेर “मेरो छोराको बारेमा म के गरौं” भन्‍दै तपाईंको बारेमा चिन्ता गर्दै हुनुहुन्‍छ ।'

  • १ शमू 10:21-22
    2 पदहरू
    73%

    21अनि तिनले बेन्यामीनको कुललाई आफ्‍ना वंशअनुसार ल्याए । अनि मत्रीको वंश चुनियो, र कीशका छोरा शाऊललाई चुनियो । तर जब तिनीहरू उनलाई खोज्न गए तब उनी भेट्टाइएनन् ।

    22तब मानिसहरूले परमेश्‍वरलाई अझै प्रश्‍न सोध्‍ने इच्‍छा गरे, “के अझै अर्को मानिस आउनै छ?” परमप्रभुले जवाफ दिनुभयो, “तिनले आफैलाई सर-सामानाका बिचमा लुकाएका छन् ।”

  • १ शमू 9:1-2
    2 पदहरू
    73%

    1¶ बेन्यामीन कुलका एक जना प्रभावशाली मानिस थिए । तिनी बन्यामीनका खनाति, अपीहका जनाति, बकोरतका पनाति, जरोरका नाति अबीएलका छोरा कीश थिए ।

    2तिनको शाऊल नाउँ गरेका एक जना सुन्दर जवान छोरा थिए । इस्राएलका मानिसहरू माझ तिनीभन्दा सुन्दर मानिस अरू कोही थिएनन् । तिनका कुमबाट माथि तिनी सबै मानिसहरूभन्‍दा अग्‍ला थिए ।

  • १ राजा 13:27-28
    2 पदहरू
    73%

    27त्यसैले ती वृद्ध अगमवक्ताले आफ्ना छोराहरूलाई यसो भने, “मेरो गधमा जीन काठी कस ।” तिनीहरूले त्यसै गरे ।

    28तिनी बाटो लागे र तिनले बाटोमा लाश पडिरहेको अनि लाशको छेउमा गधा र सिंह उभिरहेका देखे । सिंहले लाशलाई खाएको थिएन न त गधालाई आक्रमण गरेको थियो ।

  • 13त्यसैले तिनले आफ्ना छोराहरूलाई भने, “मेरो निम्ति गधामा काठी कस ।” त्यसैले तिनीहरूले गधामा काठी कसी त्यसमा चढेर गए ।

  • 5यति बेला शाऊल खतेबाट गोरुहरू लिएर आउँदै थियो । शऊलले भने, “मानिसहरूलाई के खराबी भयो जसले गर्दा तिनीहरू रुँदैछन्?” याबेशका मानिसहरूले जे भनेका थिए सो तिनीहरूले शाऊललाई भने ।

  • १ शमू 15:14-15
    2 पदहरू
    72%

    14शमूएलले भने, “त्‍यसो भए मेरो कानले सुनेको भेडाहरू कराएको र गोरुहरू कराएको यो के हो?”

    15शाऊलले जवाफ दिए, “तिनीहरूले अमालेकीहरूबाट ती ल्याएका छन् । किनभने मानिसहरूले परमप्रभु तपाईंको परमेश्‍वरलाई बिलदान चढाउन असल भेडाहरू र गोरुहरू बचाएर राखेका छन् । बाँकीचाहिं हामीले पूर्ण रूपमा नाश गरेका छौं ।”

  • १ शमू 16:19-20
    2 पदहरू
    71%

    19त्यसैले शाऊलले यिशैकहाँ दूतहरू पठाए र भने, “भेडाहरूसँग भएको तिम्रो छोरा दाऊदलाई मकहाँ पठाऊ ।”

    20यिशैले रोटी, दाखमद्यको भाँडो, एउटा पाठोलाई गधामा बोकाए र आफ्‍नो छोरा दाऊदसँगै ती शाऊलकहाँ पठाए ।

  • १ शमू 9:10-11
    2 पदहरू
    71%

    10तब शाऊलले आफ्नो सेवकलाई भने, “राम्रो भन्यौ । आऊ, हामी जाऔं ।” त्यसैले तिनीहरू त्‍यस सहरमा गए जहाँ परमेश्‍वरका मानिस बस्‍थे ।

    11जब तिनीहरू सहरतिर जानलाई पहाड चढे, तिनीहरूले पानी लिन आउने जवान स्‍त्रीहरूलाई भेटे । शाऊल र तिनका सेवकले तिनीहरूलाई सोधे, “के दर्शी यहाँ हुनुहुन्छ?”

  • 2त्यसपछि शाऊलले सबै इस्राएलबाट तिन हजार मानिसहरू छानेर लिए र दाऊद अनि तिनका मानिसहरूलाई खोज्‍न घोरलको चट्टानमा गए ।

  • 17तब शाऊलले आफूसँग भएका मानिसहरूलाई भने, “हाम्रो बिचबाट को हराएको छ, गनेर हेर ।” जब तिनीहरूले गन्ती गरे, जोनाथन र तिनको हतियार बोक्‍ने हराएको थाहा भयो ।

  • 40तब शिमी उठे अनि गधामा जीनकाठी कसेर आफ्ना दासहरूको खोजीमा आकीशकहाँ गए र गातबाट आफ्ना दासहरूलाई फर्काएर ल्याए ।

  • १ शमू 9:26-27
    2 पदहरू
    70%

    26त्यसपछि शामूएलले शाऊललाई बिहान छतमाथि बोलाए र भने, “उठ्नुहोस्, यसरी म तपाईंलाई आफ्‍नो बाटो पठाउनेछु ।” त्यसैले शाऊल उठे, अनि तिनी र शामूएल दुवै जना गल्लीतिर गए ।

    27जसै तिनीहरू सहरको छेउतिर पुग्‍नै लागे, शमूएलले शाऊललाई भने, “सेवकलाई हामीभन्‍दा अगि जाने आज्ञा गर्नुहोस्”— र ऊ अगि गयो— “तर तपाईं केही क्षण यहीं रहनुपर्छ, ताकि तपाईंलाई परमेश्‍वरको सन्देश म भन्‍नेछु ।”

  • 14एउटा समाचारवाहक अय्यूबकहाँ आयो र भन्यो, “आफ्‍ना छेउमै गोरुहरू जोतिरहेका थिए, र गधाहरू चरिरहेका थिए ।

  • 18तब शाऊल प्रवेशद्वारमा शमूएलको नजिक आए र भने, “दर्शीको घर कहाँ छ मलाई भन्‍नुहोस्?”

  • 3त्यसपछि त्यसका पति उठे र त्यसलाई फकाएर फिर्ता ल्याउनलाई त्यसकहाँ गए । तिनीसँग उनका सेवक, र एक जोडी गधा थिए । त्यसले तिनलाई आफ्नो बुबाको घरभित्र लगी । त्यस स्‍त्रीका बुबाले तिनलाई देखेर उनी खुशी भए ।

  • 3त्यसैले अब्राहाम बिहानै उठेर गधामा काठी कसे, अनि आफ्‍ना दुई जवान मानिसहरू र आफ्‍नो छोरो इसहाकलाई साथमा लिए । उनले होमबलिको निम्‍ति दाउरा चिरे, त्यसपछि परमेश्‍वरले तिनलाई भन्‍नुभएको ठाउँतर्फ यात्रा सुरु गरे ।

  • 15एक जना मानिसले योसेफलाई भेट्टाए । योसेफ खेतमा डुलिरहेका थिए । त्यस मानिसले उनलाई सोधे, “तिमी के खोजिरहेका छौ?”

  • 2तब शाऊल उठे र इस्राएलका चुनिएका तिन हजार मानिसलाई आफूसित लिएर जीपको उजाड-स्‍थानमा दाऊदलाई खोज्न तल गए ।

  • 34तर दाऊदले शाऊललाई भने, “तपाईंको दासले आफ्ना बुबाका भेडाहरूको हेरचाह गर्ने गर्थ्यो । जब सिंह वा भालु आएर भेडालाई बगालबाट लान्थ्यो,

  • 26तिनले जवाफ दिए, “ए मेरो मालिक महाराजा, मेरो सेवकले मलाई धोका दियो, किनकि मैले भनें, 'म गधामा जीन-लगाम लगाउने छु, ताकि म यसमा चढ्न र राजासँग जान सकूँ, किनभने हजुरको सेवक लङ्गडो छ ।'

  • 3बिहान भएपछि ती मानिसहरू आ-आफ्ना गधाहरूसँगै पठाइए ।

  • 2शमूएलले सोधे, “म कसरी जान सक्‍छु? शाऊलले यो सुने भने, उसले मलाई मार्नेछ ।” परमप्रभुले भन्‍नुभयो, “तँसँगै एउटा कोरली लैजा र भन्, 'म परमप्रभुलाई बलिदान चढाउन आएको छु ।'

  • 3त्यसको गधाको मामलामा पनि यसै गर्नू; त्यसको लुगाको सवालमा पनि यसै गर्नू । तिम्रो इस्राएली छिमेकीको हराएको कुनै पनि कुरो पाइएको खण्डमा यसै गर्नू । तिमीले आफ्नै लागि नलुकाउनू ।

  • 39नेर कीशका पिता थिए । कीश शाऊलका पिता थिए । शाऊल जोनाथन, मल्‍कीशूअ, अबीनादाब र एश्‍बालका पिता थिए ।

  • 34एकसट्ठी हजार गधा,

  • 14त्यसैले तिनीहरू सहरमा गए । तिनीहरू सहर पस्‍नैलाग्‍दा, उच्‍च स्थनामा जानलाई शमूएल आफूतर्फ आउँदै गरेको तिनीहरूले देखे ।

  • 39गधाहरू ३०,५०० थिए, जसबाट परमप्रभुको भाग एकसट्ठीवटा थिए ।

  • 55जब दाऊद त्‍यो पलिश्तीको विरुद्धमा निस्केको शाऊलले देखे, तब तिनले फौजको कप्‍तान अबनेरलाई भने, “अबनेर, यो जवान केटा कसको छोरा हो?” अबनेरले भने, “हे महाराजा, तपाईं जीवित हुनुभएझैं, मलाई थाहा छैन ।”

  • 8भोलिपल्‍ट यसो भयो, जब पलिश्‍तीहरू मृतकहरूलाई लूट्न आए तब तिनीहरूले शाऊल र तिनका छोराहरूलाई गिल्बो डाँडामा मृत फेला पारे ।

  • 11तब शमूएलले यिशैलाई भने, “के तपाईंका छोराहरू सबै जना यहाँ नै छन्?” तिनले जवाफ दिए, “अझै कान्छो बाँकी नै छ, तर उसले भेडाको गोठाला गरिरहेको छ ।” शमूएलले यिशैलाई भने, “कसैलाई पठाउनुहोस् र तिनलाई झिकाउनुहोस् । तिनी यहाँ नआएसम्म, हामी बस्‍नेछैनौं ।”