१ थेस्सलोनिकीहरू 4:10

अनलक शाब्दिक बाइबल

वास्तवमा तिमीहरूले माकेडोनियामा भएका सबै दाजुभाइहरूलाई गरेका छौ, तर हामी तिमीहरूलाई अर्ती दिन्छौँ कि भाइहरू हो, अझै बढी गर ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • १ थेस 3:12 : 12 र प्रभुले तिमीहरूलाई एक अर्काप्रति र सबै मानिसहरूप्रति प्रेममा प्रशस्त गरी बढ्दै जान दिऊन् जसरी हामी तिमीहरूप्रति गर्दछौ ।
  • २ थेस 1:3 : 3 भाइहरू हो, हामीले तिमीहरूका लागि परमेश्‍वरलाई सधैँ धन्यवाद दिनुपर्छ । किनभने यो उचित छ, किनभने तिमीहरूको विश्‍वास धेरै बढिरहेको छ र तिमीहरूमध्ये हरेकको प्रेम एक अर्काप्रति प्रशस्त छ ।
  • १ थेस 1:7 : 7 त्यसैले, तिमीहरू सबै माकेडोनिया र अखैयामा विश्‍वास गर्नेहरू सबैका बिचमा उदाहरण भयौ ।
  • २ कोरि 8:1-2 : 1 ¶ भाइहरू हो, माकेडोनियाका मण्डलीहरूलाई परमेश्‍वरले दिनुभएको अनुग्रहको बारेमा तिमीहरूले थाहा पाएको हामी चाहन्छौँ । 2 कष्‍टको भयङ्कर परीक्षाको समयमा पनि तिनीहरूको प्रशस्तताको शान्ति र घोर दरिद्रताले तिनीहरूमा उदारताको ठुलो धन उत्पन्‍न गरायो ।
  • २ कोरि 8:8-9 : 8 म यसलाई आज्ञाको रूपमा भन्दिनँ । बरु, अरू मानिसहरूको तत्परतासँग तिमीहरूको इमानदारी तुलना गरेर जाँच्नको निम्ति म यो भन्छु । 9 किनकि हाम्रा प्रभु येशू ख्रीष्‍टको अनुग्रह तिमीहरूलाई थाहा छ । उहाँ धनी हुनुभए तापनि तिमीहरूका खातिर गरिब हुनुभयो, ताकि उहाँको गरिबीबाट तिमीहरू धनी बन्‍न सक । 10 यस कुरामा म तिमीहरूलाई सल्लाह दिन्छु जसले तिमीहरूलाई सहयोग मिल्नेछ । एक वर्षअघि तिमीहरूले केही कुरा सुरु मात्र गरेनौ, तर त्यो गर्ने चाहना पनि गर्‍यौ ।
  • फिलि 1:9 : 9 र मैले यस्तो भन्दै प्रार्थना गरिरहेको छु, कि ज्ञान र सम्पूर्ण समझमा तिमीहरूको प्रेम झनझन प्रशस्त हुँदै जाओस् ।
  • फिलि 3:13-15 : 13 भाइहरू हो, मैले यी सबै कुराहरू पक्रिसकेको छु भनी म ठान्दिनँ । तर एउटा कुराचाहिँ मैले पक्रन सकेकेछुः म पछाडिका कुराहरूलाई बिर्सेर अगाडिका कुराहरूका निम्ति परिश्रम गर्दछु । 14 म ख्रीष्‍ट येशूमा परमेश्‍वरको माथिल्लो बोलावटको इनाम जित्‍ने लक्ष्यतर्फ अगाडि बढ्नमा जोड दिन्छु । 15 यसकारण, हामी परिपक्‍व भएकाहरू सबैले यसरी विचार गरौँ । यदि तिमीहरूले कुनै कुरालाई भिन्‍न प्रकारले विचार गर्दछौ भने परमेश्‍वरले ती कुराहरूलाई पनि तिमीहरूका निम्ति प्रकट गर्नुहुनेछ ।
  • कलस्सी 1:4 : 4 येशू ख्रीष्‍टमा भएको तिमीहरूको विश्‍वास तथा परमेश्‍वरको निम्ति अलग गरिएकाहरू सबैका लागि तिमीहरूको प्रेमको बारेमा हामीले सुनेका छौँ ।
  • फिले 1:5-7 : 5 प्रभु येशूमा भएको तिम्रो विश्‍वास र प्रेम र अरू विश्‍वासीहरूप्रति भएको तिम्रो प्रेमको बारेमा मैले सुनेको छु । 6 म प्रार्थना गर्छु, कि ख्रीष्‍टमा हामीमा भएको हरेक असल कुराको ज्ञानको निम्ति तिम्रो विश्‍वासको सहभागिता प्रभावकारी हुन सकोस् । 7 किनकि तिम्रो प्रेमले मलाई ज्यादै आनन्द र सान्त्वना दिएको छ, किनभने भाइ, तिमीले विश्‍वासीहरूका हृदयलाई ताजा बनाएका छौ ।
  • १ थेस 4:1 : 1 ¶ अन्तमा भाइहरू हो, येशू ख्रीष्‍टमा हामी तिमीहरूलाई उत्साह र अर्ती दिन्छौँ, जसरी तिमीहरूले हामीबाट कसरी चल्नुपर्ने र परमेश्‍वरलाई रिजाउनुपर्ने हो भन्‍ने अर्ती पायौ र त्यसरी नै तिमीहरू चलेका छौ र त्यसभन्दा बढी पनि गरेका छौ ।
  • २ पत्रु 3:18 : 18 तर हाम्रा प्रभु र मुक्तिदाता येशूको अनुग्रह र ज्ञानमा बढेर जाओ । उहाँलाई अहिले र सदासर्वदा महिमा होस्! आमेन ।
  • एफिसी 1:15 : 15 यसकारण प्रभु येशू ख्रीष्‍टमा भएको तिमीहरूको विश्‍वासको बारेमा र उहाँको लागि छुट्टयाइएकाहरूका लागि तिमीहरूको प्रेमको सम्बन्धमा मैले सुनेको समय देखि,

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 1¶ अन्तमा भाइहरू हो, येशू ख्रीष्‍टमा हामी तिमीहरूलाई उत्साह र अर्ती दिन्छौँ, जसरी तिमीहरूले हामीबाट कसरी चल्नुपर्ने र परमेश्‍वरलाई रिजाउनुपर्ने हो भन्‍ने अर्ती पायौ र त्यसरी नै तिमीहरू चलेका छौ र त्यसभन्दा बढी पनि गरेका छौ ।

  • 12र प्रभुले तिमीहरूलाई एक अर्काप्रति र सबै मानिसहरूप्रति प्रेममा प्रशस्त गरी बढ्दै जान दिऊन् जसरी हामी तिमीहरूप्रति गर्दछौ ।

  • 9भाइहरूप्रतिको प्रेमको विषयमा तिमीहरूलाई कसैले केही लेख्‍न जरुरी छैन । एक अर्कोलाई प्रेम गर्ने विषयमा तिमीहरू परमेश्‍वरबाट सिकाइएका छौ ।

  • २ थेस 1:3-4
    2 पदहरू
    78%

    3भाइहरू हो, हामीले तिमीहरूका लागि परमेश्‍वरलाई सधैँ धन्यवाद दिनुपर्छ । किनभने यो उचित छ, किनभने तिमीहरूको विश्‍वास धेरै बढिरहेको छ र तिमीहरूमध्ये हरेकको प्रेम एक अर्काप्रति प्रशस्त छ ।

    4त्यसैले, हामीहरू तिमीहरूको धैर्य र विश्‍वासको बारेमा परमेश्‍वरका मण्डलीहरूका बिचमा तिमीहरूले सहने तिमीहरूका सारा सतावटहरू र दुःख भोगाइहरूप्रति गर्व गर्दछौँ ।

  • २ कोरि 8:6-8
    3 पदहरू
    77%

    6त्यसपछि तीतसले यो काम अघिबाटै सुरु गरेको हुनाले उदारताको यो काम तिमीहरूका माझमा पनि पुरा गरुन् भनेर हामीले तिनलाई अनुरोध गर्‍यौँ ।

    7तर तिमीहरू सबै कुरामा बढेर गएका छौ, अर्थात् विश्‍वासमा, बोलीवचनमा, ज्ञानमा, सबै लगावमा र हामी प्रतिको प्रेममा । त्यसकारण, उदारको यो काममा पनि तिनीहरू बढेर जाने कुरामा ख्याल राख ।

    8म यसलाई आज्ञाको रूपमा भन्दिनँ । बरु, अरू मानिसहरूको तत्परतासँग तिमीहरूको इमानदारी तुलना गरेर जाँच्नको निम्ति म यो भन्छु ।

  • 9र मैले यस्तो भन्दै प्रार्थना गरिरहेको छु, कि ज्ञान र सम्पूर्ण समझमा तिमीहरूको प्रेम झनझन प्रशस्त हुँदै जाओस् ।

  • २ कोरि 8:1-2
    2 पदहरू
    75%

    1¶ भाइहरू हो, माकेडोनियाका मण्डलीहरूलाई परमेश्‍वरले दिनुभएको अनुग्रहको बारेमा तिमीहरूले थाहा पाएको हामी चाहन्छौँ ।

    2कष्‍टको भयङ्कर परीक्षाको समयमा पनि तिनीहरूको प्रशस्तताको शान्ति र घोर दरिद्रताले तिनीहरूमा उदारताको ठुलो धन उत्पन्‍न गरायो ।

  • १ थेस 4:11-12
    2 पदहरू
    74%

    11हामीले तिमीहरूलाई आज्ञा गरेझैँ शान्त रहने, आफ्नै धन्दामा मन लगाउने र आफ्नै हातले परिश्रम गर्ने अर्ती दिन्छौँ ।

    12यसो गर ताकि विश्‍वासभन्दा बाहिर भएकाहरूका खातिर तिमीहरू ठिक प्रकारले जिउन सक कि तिमीहरूलाई कुनै कुराको अभाव नहोस् ।

  • 8उसको निम्ति गरेको तिमीहरूको प्रेम सार्वजनिक रूपमा प्रकट गर ।

  • १ थेस 1:7-8
    2 पदहरू
    74%

    7त्यसैले, तिमीहरू सबै माकेडोनिया र अखैयामा विश्‍वास गर्नेहरू सबैका बिचमा उदाहरण भयौ ।

    8तिमीहरूबाट परमेश्‍वरको वचन माकेडोनिया र अखैयामा मात्र प्रचार भएको होइन, तर तिमीहरूको विश्‍वास हरेक ठाउँमा फैलिएको छ । त्यसैले, हामीलाई केही भन्‍नु आवश्यक छैन ।

  • २ कोरि 9:4-5
    2 पदहरू
    73%

    4नत्रता, यदि माकेडोनियाका कोही मसँगै आउँदा तिमीहरू तयार नभएको पाए भने, हामी शर्ममा पर्नेछौँ । तिमीहरूमाथि धेरै भरोसा भएको हुनाले तिमीहरूको बारेमा म केही पनि भन्दिनँ ।

    5त्यसैले, भाइहरूलाई तिमीहरूकहाँ पठाउनलाई आवश्‍यक ठानेर बिन्ती गरेको छु ताकि तिमीहरूले प्रतिज्ञा गरेको उपहारहरू अगाडि नै प्रबन्ध गर्न सक । यो भेटी करकापले होइन, तर आशिष्‌को रूपमा तयारी हुन सकोस् भनेर यसो गरिएको हो ।

  • 15हामीले अरूको परिश्रमको बारेमा सीमाभन्दा बढी घमण्ड गरेका छैनौँ । बरु, हामी आशा गर्छौं, कि तिमीहरूको विश्‍वास बढ्दा हाम्रो कामको दायरा पनि बृहत् रूपमा फैलनेछ, तापनि यो उचित सीमाभित्र नै रहनेछ ।

  • 5प्रिय, भाइहरू र परदेशीहरूको निम्ति काम गर्दा तिमी विश्‍वासयोग्यताको अभ्यास गर्छौ,

  • १ थेस 5:11-12
    2 पदहरू
    73%

    11यसकारण, तिमीहरूले अगिदेखि गरेजस्तै एक अर्कालाई सान्त्वना देऊ र निर्माण गर ।

    12भाइहरू हो, हामीले तिमीहरूमाझ परिश्रम गर्नेहरूप्रति र तिमीहरूलाई उत्साह दिनेलाई प्रभुमा तिमीहरूभन्दा माथि भएकाहरूप्रति कृतज्ञ हुनलाई आग्रह गर्छौं ।

  • 14भाइहरू हो, हामी तिमीहरूलाई गोलमाल गर्नेहरूलाई चेतावनी दिन, निरुत्साहित भएकाहरूलाई उत्साह दिन, कमजोरलाई समर्थन गर्न र सबैसँग धैर्यवान् हुनलाई उत्साह दिन्छौँ ।

  • 10हामीले प्रार्थना गरिरहेका छौँ, कि तिमीहरू परमप्रभुलाई पूर्ण रूपले प्रसन्‍न पार्न योग्य चालमा चल्न सक । हरेक असल कार्यमा तिमीहरूले फल फलाउने छौ र परमेश्‍वरको ज्ञानमा तिमीहरू अगि बढ्नेछौ भनी हामीले प्रार्थना गरिरहेका छौँ ।

  • फिले 1:7-8
    2 पदहरू
    72%

    7किनकि तिम्रो प्रेमले मलाई ज्यादै आनन्द र सान्त्वना दिएको छ, किनभने भाइ, तिमीले विश्‍वासीहरूका हृदयलाई ताजा बनाएका छौ ।

    8यसकारण, तिमीले के गर्नुपर्छ, त्यो कुरा तिमीलाई आज्ञा दिनको निम्ति ख्रीष्‍टमा ममा साहस भए, तापनि

  • 10दाजुभाइहरूबिच हुने प्रेमको सम्बन्धमा चाहिँ एक-अर्काप्रति स्‍नेही बन । आदर गर्ने सम्बन्धमा एक-अर्कालाई आदर गर ।

  • 15तिमीहरू सबैको आज्ञाकारिता र तिमीहरूले तिनलाई डर र कम्पसाथ गरेको स्वागत सम्झेर तिमीहरूप्रति तिनको स्‍नेह अझ बढ्छ ।

  • 19अझ धेरै काम गर भनेर म तिमीहरूलाई उत्साह दिन्छु । त्यसकारण, म तिमीहरूकहाँ चाँडै फर्केर आउनेछु ।

  • 21तिमीले मेरो आज्ञा पालन गर्छौ भन्‍ने निश्‍चयतासाथ म तिमीलाई यो पत्र लेख्दै छु । मलाई विश्‍वास छ, कि तिमीले मैले भनेको भन्दा पनि बढी गर्नेछौ ।

  • 10अब भाइहरू हो, हाम्रा प्रभु येशू ख्रीष्‍टको नाउँद्वारा म तिमीहरूलाई आग्रह गर्छु, कि तिमीहरू सबै सहमत होओ र तिमीहरूका माझमा फाटो नहोस् । म आग्रह गर्छु कि तिमीहरू एकै मनको र एउटै उद्देश्यका साथ एकजुट होओ ।

  • 16म थेसलोनिकेमा हुँदा पनि मेरा आवश्यकताहरूका निम्ति तिमीहरूले एक पटकभन्दा धरै सहायता पठायौ ।

  • १ कोरि 16:14-15
    2 पदहरू
    72%

    14तिमीले जे गर्छौ, सबै प्रेममा गर ।

    15स्तिफनासको घरानालाई तिमी जान्दछौ जो अखैयाका पहिलो विश्‍वासी हुन् । तिनीहरूले विश्‍वासीहरूको सेवाको निम्ति आफैँलाई समर्पित गरेका छन् । भाइहरू हो, म तिमीहरूलाई आग्रह गर्दछु कि

  • 4तिनीहरूले विश्‍वासीहरूका बिचको सेवामा सहभागिताको अवसरको लागि हामीहरूसँग धेरै बिन्‍ती गरे ।

  • 7तिमीहरूको ईश्‍वरभक्तिद्वारा भातृ-स्‍नेह, र भातृ-स्‍नेहद्वारा प्रेम ।

  • 12तिमीहरूका निम्ति पनि यस्तै हो । तिमीहरू आत्माको प्रकटीकरणको लागि उत्सुक भएझैँ मण्डलीलाई निर्माण गर्ने कार्यमा जोसिलो बन ।

  • 10यस कुरामा म तिमीहरूलाई सल्लाह दिन्छु जसले तिमीहरूलाई सहयोग मिल्नेछ । एक वर्षअघि तिमीहरूले केही कुरा सुरु मात्र गरेनौ, तर त्यो गर्ने चाहना पनि गर्‍यौ ।

  • 14मेरा भाइहरू हो, म आफैँ पनि तिमीहरूको बारेमा विश्‍वस्त छु । म विश्‍वस्त छु, कि तिमीहरू आफैँ पनि भलाइले पूर्ण र सबै ज्ञानले भरिएका छौ । म विश्‍वस्त छु, कि तिमीहरू एक-अर्कालाई अर्ती दिन पनि समर्थ छौ ।

  • 16त्यसैले, मेरो अनुकरण गर्ने होओ भनी म तिमीहरूलाई आग्रह गर्छु ।

  • 17भाइहरू हो, हामीहरू छोटो समयको निम्ति हृदयमा होइन, तर उपस्थितिमा छुट्‌ट्याइएका थियौँ र हामीले तिमीहरूलाई भेट गर्नलाई सक्दो तीव्र इच्छा गर्‍यौँ ।

  • 10म प्रभुमा अत्यन्तै आनन्दित छु किनकि अहिले अन्तमा तिमीहरूले म प्रतिको आफ्नो वास्तालाई नयाँ गरेका छौ । तिमीहरूले वास्तवमा पहिला पनि मेरो निम्ति वास्ता गरेका थियौ, तर त्यस समय तिमीहरूसँग मलाई सहायता गर्ने अवसर थिएन ।

  • 19के यतिञ्‍जेल हामी तिमीहरूका सामु हामी आफ्नो सफाइ दिइरहेका थियौँ भन्‍ने तिमीहरू सोच्छौ? परमेश्‍वरको दृष्‍टिमा हामी तिमीहरूलाई बलियो बनाउनको निम्ति सबै कुरा ख्रीष्‍टमा बोलिरहेका छौँ ।

  • 4हामी तिमीहरूप्रति प्रभुमा विश्‍वस्त छौँ कि तिमीहरू दुवैले हामीले आज्ञा गरेका कामहरू गर्नेछौ र निरन्तरता दिइरहनेछौ ।

  • 10तिमीहरूको मुहार हेर्न र तिमीहरूको विश्‍वासमा जुन कुराको कमी छ, सो दिन सकौँ भनेर दिनरात हामी कडा मेहनतसाथ प्रार्थना गर्दछौँ ।

  • 8सबै कुराभन्दा बढी एक-अर्कालाई उत्कट प्रेम गर, किनकि प्रेमले एक-अर्काको दोष पत्ता लगाउँदैन ।

  • 12भाइहरू हो, म यो बिन्ती गर्दछु, कि म जस्तो छु तिमीहरू पनि त्यस्तै होओ, किनकि म पनि तिमीहरूजस्तै भएको छु । तिमीहरूले मप्रति कुनै खराबी गरेका छैनौ ।

  • 13अब यसको सट्टामा, म बालकहरूसँग झैँ बोल्दछु, कि आफ्नो हृदयलाई खुला राख ।

  • 1¶ विश्‍वासीहरूको सेवा-कार्यको विषयमा तिमीहरूलाई लेखिरहन म आवश्यक ठान्दिनँ ।

  • 11उहाँले यसो गर्नुहुनेछ जसरी तिमीहरूले पनि हामीलाई आफ्ना प्रार्थनाद्वारा मदत गर्छौ । त्यसपछि धेरैको प्रार्थनाद्वारा हामीलाई दिइएको अनुग्रही कृपाको लागि धेरैले हाम्रो तर्फबाट धन्यवाद दिनेछन् ।