१ थेस्सलोनिकीहरू 4:7
किनकि परमेश्वरले हामीलाई अशुद्धताको लागि बोलाउनुभएको होइन, तर पवित्रताको लागि हो ।
किनकि परमेश्वरले हामीलाई अशुद्धताको लागि बोलाउनुभएको होइन, तर पवित्रताको लागि हो ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
1¶ प्रियहरू, हामीसँग यी प्रतिज्ञाहरू भएका कारण हाम्रो शरीर र आत्मामा हामीलाई अशुद्ध पार्ने कुराहरूबाट आँफैलाई शुद्ध पारौँ । परमेश्वरको भयमा पवित्रतालाई पछ्याऔँ ।
2हाम्रा निम्ति ठाउँ बनाओ! हामीले कसैको खराबी गरेका छैनौँ । हामीले कसैलाई हानि पुर्याएका छैनौँ, न त कसैको फाइदा नै लिएका छौँ ।
14आज्ञाकारी छोराछोरीहरू भएकाले तिमीहरूसँग अन्जान हुँदा तिमीहरूले पछ्याएका इच्छाहरूमा नचल ।
15तर तिमीहरूलाई बोलाउनुहुने जस्तो पवित्र हुनुहुन्छ, तिमीहरू पनि आ-आफ्ना जीवनका सबै व्यवहारमा पवित्र होओ ।
16किनकि यस्तो लेखिएको छ, “तिमीहरू पवित्र होओ किनकि म पवित्र छु ।”
3यो परमेश्वरको इच्छा हो, तिमीहरू आफैलाई पवित्र पार, यौन क्रियाकलापको अनैतिकताबाट टाढै बस ।
4ताकि कसरी आदर र सम्मानसाथ आफ्नै पत्नीलाई लिनुपर्छ भनी तिमीहरू हरेकले जान्न सक ।
5(परमेश्वरलाई नचिन्ने अन्यजातिले जस्तै) कामवासनामा जलेर होइन ।
6यो कुरामा कुनै मानिसले पाप नगरोस् र आफ्नो भाइलाई गलत नसम्झोस् किनकि यी सबै कुराको बदला प्रभुले लिनुहुन्छ जसरी हामीले तिमीहरूलाई अगाडि नै चेतावनी र साक्षी दिइसकेका छौँ ।
17त्यसकारण, ‘तिनीहरूका माझबाट बाहिर निस्केर आओ र आफूलाई अलग गर,’ परमप्रभु भन्नुहुन्छ । अशुद्ध चिजहरूलाई नछोओ र म तिमीहरूलाई अपनाउनेछु ।
3जस्तो विश्वासीहरूका लागि उपयुक्त हुन्छ, तिमीहरूको बिचमा कामुक अनैतिकता वा कुनै अशुद्धता वा कामवासनाको लालसाको बारेमा चर्चा नहोस् ।
4नकि अश्लिलता, मूर्ख बोली वा अपमानजनक ठट्यौलीहरू होस् जुनचाहिँ अनुचित छन् । बरु धन्यवाद दिने काम होस् ।
5तिमीहरूले यो निश्चय गर, कि कुनै कामुक रूपमा अनैतिक, अशुद्ध, वा लालसित व्यक्तिले ख्रीष्ट र परमेश्वरको राज्यमा कुनै उत्तराधिकार पाउँदैन, किनकि त्यो मूर्तिपूजक हो ।
8त्यसकारण, जसले यो इन्कार गर्दछ त्यसले मानिसलाई होइन तर परमेश्वरलाई इन्कार गर्दछ, जसले तिमीहरूलाई आफ्ना पवित्र आत्मा दिनुहुन्छ ।
9जसले हामीलाई उहाँको पवित्र बोलावटमा बचाउनुभयो र बोलाउनुभयो, हाम्रो आफ्नै कामहरूद्वारा होइन, तर उहाँको आफ्नो योजना र अनुग्रहअनुसार जुन हामीलाई ख्रीष्ट येशूमा समयको सुरुवातभन्दा अगि नै प्रदान गर्नुभएको थियो ।
3किनभने हाम्रो उत्साह गलत कुराबाट होइन न त अशुद्ध, न छलबाट नै आएको हो,
11अनि तिमीहरूमध्ये कोही यस्तै थियौ । तर तिमीहरू शुद्ध परिएका छौ, तर तिमीहरू परमेश्वरमा अर्पण गरिएका छौ, येशू ख्रीष्टको नाउँमा हाम्रा परमेश्वरको आत्माद्वारा तिमीहरू परमेश्वरमा धर्मी ठहराइएका छौ ।
7त्यसैले आफैलाई अर्पण गर र पवित्र होओ, किनभने म परमप्रभु तिमीहरूका परमेश्वर हुँ । [१]
9किनभने परमेश्वरले हामीलाई क्रोधको निम्ति होइन, तर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा मुक्तिको निम्ति चुन्नुभयो ।
14हरेकसित शान्तिमा बस्ने प्रयत्न गर, र पवित्रताविना कसैले पनि परमप्रभुलाई देख्न सक्दैन ।
5किनकि यो परमेश्वरको वचन र प्रार्थनाद्वारा त्यसलाई समर्पित गरिएको छ ।
4यस संसारको सृष्टिभन्दा पहिले नै हामी ख्रीष्टमा विश्वास गर्नेहरूलाई परमेश्वरले चुन्नुभयो । उहाँको दृष्टिमा पवित्र र दोषरहित हुन सकौँ भनेर उहाँले हामीलाई चुन्नुभयो ।
13प्रभुका प्रिय भाइहरू हो, हामीले प्रभुलाई तिमीहरूका लागि धन्यवाद दिनुपर्छ किनभने परमेश्वरले आत्माको शुद्धतामा र सत्यताको विश्वासमा उद्धारको पहिलो फलझैँ तिमीहरूलाई चुन्नुभयो,
14हाम्रा सुसमाचारद्वारा प्रभु येशूको महिमा प्राप्त गर्न सक भनी उहाँले तिमीहरूलाई यसतर्फ बोलाउनुभयो ।
14किनकि अविश्वासी पति पत्नीद्वारा पवित्र ठहरिन्छ र अविश्वासी पत्नी विश्वासी पतिको कारण पवित्र ठहरिन्छे, नत्रता तिमीहरूका छोरा छोरीहरू अपवित्र हुनेछन्, तर वास्तवमा तिनीहरू पवित्र छन् ।
15शुद्ध हुनेहरूका निम्ति सबै थोक शुद्ध हुन्छन्, तर प्रदूषित र विश्वास नगर्नेहरूका निम्ति भने केही पनि शुद्ध हुदैन । बरु तिनीहरूका निम्ति मन र विवेक समेत प्रदूषित भएका हुन्छन् ।
44किनभने म परमप्रभु तिमीहरूका परमेश्वर हुँ । म पवित्र भएको कारण तिमीहरूले आफैलाई पवित्र राख्नुपर्छ, र यसैकारण तिमीहरू पवित्र होओ । जमिनमा घस्रने कुनै पनि प्राणीबाट तिमीहरूले आफैलाई अपवित्र नबनाओ ।
24भाइहरू हो, हामीलाई विश्वास गर्न बोलावट हुँदा हामी जस्तो अवस्थामा थियौँ, हामी त्यही अवस्थमा रहौँ ।
21कसैले अनादरयोग्य प्रयोगबाट आफैलाई शुद्ध पार्दछ भने, ऊ अलग गरिएको, मालिकको लागि उपयोगी र हरेक असल कामको लागि तयार भएको आदरको भाँडो हुन्छ ।
22जवानीको अभिलाषाबाट अलग बस, र शुद्ध हृदयले परमेश्वरलाई पुकार्नेहरूसँगै धार्मिकता, विश्वास, प्रेम, शान्तिको खोजी गर ।
12कि तिमीहरू परमेश्वरको योग्यको भएर हिँड्न सक जसले तिमीहरूलाई उहाँको राज्य र महिमामा बोलाउनुहुन्छ ।
3उहाँमा यो दृढता हुने हरेकले आफूलाई उहाँ जस्तो शुद्ध हुनुहुन्छ त्यस्तै शुद्ध पार्छ ।
17यदि कसैले परमेश्वरको मन्दिरलाई नाश गर्छ भने उहाँले त्यसलाई पनि नाश गर्नुहुनेछ । किनकि परमेश्वरको मन्दिर पवित्र छ, र तिमीहरू पनि त्यस्तै छौ ।
26उहाँले तिनलाई पवित्र गर्न यसो गर्नुभयो । उहाँले तिनलाई वचनमा पानीले धोएर शुद्ध पार्नुभयो ।
4तिमीहरू यी कुरामा तिनीहरूसँग सहमत नभएको कारण तिनीहरू अचम्म मान्छन् । त्यसैले, तिनीहरूले तिमीहरूको बारेमा खराब कुरा गर्छन् ।
14येशूले हामीलाई अधार्मिकताबाट स्वतन्त्र पार्न, र आफ्नै निम्ति जे असल छ त्यही गर्न इच्छुक मूल्यवान मानिसहरू अर्थात् शुद्ध बनाउन आफैँलाई हाम्रो निम्ति दिनुभयो ।
20परमेश्वरले बोलाउनुहुँदा कुनै व्यक्ति जस्तो अवस्थामा थियो, हरेक त्यही बोलावटमा रहोस् ।
12र हामीलाई अधार्मिकता र संसारिक इच्छाहरूलाई इन्कार गर्न अनि यस युगमा समझदार,
3आफ्नै महिमा र सद्गुणद्वारा हामीलाई बोलाउनुहुने परमेश्वरको ज्ञानद्वारा हामीलाई ईश्वरीय शक्तिको जीवन र धार्मिकताको निम्ति आवश्यक पर्ने सबै कुरा दिइएको छ ।
24त्यसकारण, परमेश्वरले तिनीहरूलाई अशुद्धताको निम्ति अर्थात् तिनीहरूका बिचमा नै तिनीहरूका शरीरको अनादर होस् भनी तिनीहरूका हृदयका कामबासनामा नै छाडिदिनुभयो ।
9तर स्वर्गबाट फेरि उत्तर आयो, “परमेश्वरले जुन कुराहरूलाई शुद्ध घोषणा गर्नुभएको छ, अशुद्ध नभन ।’’
2“ इस्राएलका मानिसहरूको सबै समुदायलाई भन्, ‘म परमप्रभु तिमीहरूका परमेश्वर पवित्र भएको कारण तिमीहरू पवित्र होओ ।
4किनकि कहिल्यै नष्ट नहुने ईश्वरीय उत्तराधिकारमा कहिल्यै दाग लाग्दैन र यो कहिल्यै बिलाएर पनि जाँदैन । यो तिमीहरूका निम्ति स्वर्गमा संरक्षित छ ।
10तिमीहरूका सारा वंशमा यो सदाको निम्ति एउटा विधि होस्,
18के विश्वासको लागि बोलावट हुनुअगि नै कसैको खतना भएको थियो? उसले आफूलाई खतना नभएको जस्तो नदेखाओस् । विश्वासको निम्ति बोलावट हुँदा खतना नगर्ने कोही थियो? उसले खतना नगरोस् ।
23शान्तिका परमेश्वर आफैले तिमीहरूलाई पूर्ण रूपमा शुद्ध पारून्, र तिमीहरूका सम्पूर्ण आत्मा, प्राण, र शरीरलाई हाम्रा प्रभु येशू ख्रीष्टको आगमनमा दोषरहित राखून् ।
26भाइहरू हो, आफ्नो बोलावटलाई हेर । तिमीहरूमध्ये धेरै जना मानिसको स्तरको मापमा बुद्धिमान् थिएनौ । तिमीहरूमध्ये धेरै जना शक्तिशाली थिएनौ । तिमीहरूमध्ये धेरै जनाको जन्म महान् थिएन ।
2कोरिन्थमा भएको परमेश्वरको मण्डलीलाई, ख्रीष्ट येशूमा समर्पित गरिएका र पवित्र जनहरू हुनको लागि बोलाइएकाहरूलाई । हामी हरेक ठाउँमा प्रभु येशू ख्रीष्टको नाउँ लिनेहरू सबैलाई पनि लेखिरहेका छौँ, जो तिनीहरू र हाम्रा प्रभु हुनुहुन्छ ।
26तिमीहरू पवित्र होओ, किनभने म परमप्रभु पवित्र छु, र मैले तिमीहरूलाई अरू मानिसहरूबाट अलग गरेको छु, किनभने तिमीहरू मेरा हौ ।
17हामी नाफाको लागि परमेश्वरको वचन बेच्ने धेरै मानिसहरूजस्ता होइनौँ । बरु, हामी ख्रीष्टमा शुद्ध अभिप्रायले परमेश्वरको दृष्टिमा उहाँले पठाउनुभएको जस्तै गरी बोल्दछौँ ।