१ कोरिन्थीहरू 1:2
कोरिन्थमा भएको परमेश्वरको मण्डलीलाई, ख्रीष्ट येशूमा समर्पित गरिएका र पवित्र जनहरू हुनको लागि बोलाइएकाहरूलाई । हामी हरेक ठाउँमा प्रभु येशू ख्रीष्टको नाउँ लिनेहरू सबैलाई पनि लेखिरहेका छौँ, जो तिनीहरू र हाम्रा प्रभु हुनुहुन्छ ।
कोरिन्थमा भएको परमेश्वरको मण्डलीलाई, ख्रीष्ट येशूमा समर्पित गरिएका र पवित्र जनहरू हुनको लागि बोलाइएकाहरूलाई । हामी हरेक ठाउँमा प्रभु येशू ख्रीष्टको नाउँ लिनेहरू सबैलाई पनि लेखिरहेका छौँ, जो तिनीहरू र हाम्रा प्रभु हुनुहुन्छ ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
1¶ पावल, परमेश्वरको इच्छा अनुसार येशू ख्रीष्टका प्रेरित, र हाम्रा भाइ तिमोथीबाट, कोरिन्थमा भएका परमेश्वरको मण्डली र अखैया प्रान्तमा रहेका सम्पूर्ण विश्वासीहरूलाई ।
2हाम्रा पिता परमेश्वर र प्रभु येशू ख्रीष्टको अनुग्रह र शान्ति तिमीहरूमा रहेको होस् ।
1¶ परमेश्वरको इच्छाद्वारा येशूका प्रेरित हुन बोलाइएका पावल र हाम्रा भाइ सोस्थेनसबाट ।
3हाम्रा परमेश्वर पिता र ख्रीष्ट येशूबाट तिमीहरूलाई अनुग्रह र शान्ति ।
4ख्रीष्ट येशूले तिमीहरूलाई दिनुभएको परमेश्वरको अनुग्रहको निम्ति म परमेश्वरलाई सधैँ धन्यवाद दिन्छु ।
5उहाँको नाउँको खातिर सबै जातिमाझ विश्वासको आज्ञाकारिताको निम्ति हामीले उहाँद्वारा अनुग्रह र प्रेरितको सेवा पाएका छौँ ।
6यी जातिहरूमध्ये तिमीहरू पनि येशू ख्रीष्टका हुन बोलाइएका छौ ।
7यो पत्र रोममा भएका सबैका निम्ति हो, अर्थात् परमेश्वरका प्रियहरू जो पवित्र जाति हुन बोलाइएका छौ । हाम्रा परमेश्वर र प्रभु येशू ख्रीष्टको अनुग्रह र शान्ति तिमीहरूमा रहोस् ।
8पहिले, तिमीहरू सबैका निम्ति येशू ख्रीष्टद्वारा म परमेश्वरलाई धन्यवाद चढाउँछु, किनकि तिमीहरूको विश्वास सारा संसारभरि घोषणा गरिएको छ ।
1¶ पावल, परमेश्वरको इच्छाद्वारा ख्रीष्ट येशूका एक प्रेरित र हाम्रा भाइ तिमोथीबाट
2कलस्सेमा ख्रीष्टमा भएका विश्वासीहरू र विश्वसनीय भाइहरू, परमेश्वर हाम्रा पिताबाट तिमीहरूलाई अनुग्रह र शान्ति ।
1¶ पावल, सिलास र तिमोथीबाट परमेश्वर हाम्रा पिता र प्रभु येशू ख्रीष्टमा थेसलोनिकीहरूको मण्डलीलाई,
2परमेश्वर हाम्रा पिता र प्रभु येशू ख्रीष्टबाट अनुग्रह र शान्ति ।
1¶ पावल, सिलास र तिमोथीबाट थेसलोनिकीहरूको मण्डलीलाई परमेश्वर पिता र प्रभु येशू ख्रीष्टमा अनुग्रह र शान्ति ।
2तिमीहरू सबैका लागि हामी परमेश्वर पितालाई धन्यवाद चढाउछौँ र हाम्रो प्रार्थनामा तिमीहरूलाई याद गर्दछौँ ।
1¶ पावल, परमेश्वरको इच्छाद्वारा येशू ख्रीष्टको एक प्रेरितबाट परमेश्वरका निम्ति अलग गरिएका एफिससमा भएकाहरू र ख्रीष्ट येशूमा विश्वासयोग्य भएकाहरूलाई,
2हाम्रा पिता परमेश्वर र ख्रीष्ट येशूबाट तिमीहरूलाई अनुग्रह र शान्ति ।
3परमेश्वर हाम्रा प्रभु येशू ख्रीष्टका पिताको प्रशंसा होस् । जसले हामीलाई हर प्रकारको आत्मिक आशिषले ख्रीष्टमा स्वर्गीय स्थानहरूमा आशिषित पार्नुभयो ।
11यसको निम्ति हामी निरन्तर तिमीहरूका लागि प्रार्थना गर्दछौँ, कि हाम्रा परमेश्वरले तिमीहरूलाई तिमीहरूको बोलावटको योग्य ठानून्, र भलाइको निम्ति तिमीहरूको प्रत्येक चाहना र विश्वासको हरेक काम शक्तिद्वारा पुरा गरून् ।
12हाम्रा परमेश्वर र प्रभु येशू ख्रीष्टको अनुग्रहको कारणले हाम्रा प्रभु येशू ख्रीष्टको नाम तिमीहरूबाट महिमित पारियोस् र तिमीहरू उहाँद्वारा महिमित होओ ।
9परमेश्वर विश्वासयोग्य हुनुहुन्छ, जसले तिमीहरूलाई उहाँका पुत्र येशू ख्रीष्ट हाम्रा प्रभुको सङ्गतिमा बोलाउनुभयो ।
1¶ ख्रीष्ट येशूका दासहरू पावल र तिमोथीबाट, फिलिप्पीमा भएका ख्रीष्ट येशूमा अलग गरिएकाहरू सबै, अनि बिशप र डिकनहरूलाई ।
2परमेश्वर हाम्रा पिता र प्रभु येशू ख्रीष्टबाट तिमीहरूलाई अनुग्रह र शान्ति ।
2अनि हाम्री बहिनी अप्फिया र हाम्रा सङ्गी-सिपाही अर्खिप्पस र तिम्रो घरमा भएको मण्डलीलाई,
3परमेश्वर पिता र हाम्रा प्रभु येशू ख्रीष्टबाट अनुग्रह र शान्ति!
14हाम्रा सुसमाचारद्वारा प्रभु येशूको महिमा प्राप्त गर्न सक भनी उहाँले तिमीहरूलाई यसतर्फ बोलाउनुभयो ।
1¶ हाम्रा मुक्तिदाता परमेश्वर र हाम्रो आशा ख्रीष्ट येशूको आज्ञा अनुसार येशू ख्रीष्टको प्रेरित पावल,
2विश्वासमा साँचो पुत्र तिमोथीलाई, हाम्रो परमेश्वर पिता र हाम्रा प्रभु येशू ख्रीष्टबाट अनुग्रह, कृपा र शान्ति ।
1¶ प्रेरित हुनको निम्ति बोलाइएका र सुसमाचारको कामको निम्ति अलग गरिएका, येशू ख्रीष्टका दास पावल ।
2मसँग भएका सबै भाइहरूका साथ म यो पत्र गलातियाका सबै मण्डलीहरूलाई लेखिरहेको छु ।
3परमेश्वर हाम्रा पिता र प्रभु येशू ख्रीष्टबाट तिमीहरूलाई अनुग्रह र शान्ति होस्,
13हाम्रा प्रभु येशू उहाँका पवित्र जनहरूसँग आउनुहुँदा उहाँले हाम्रा पिताका सामु तिमीहरूलाई पवित्रतामा निष्कलङ्क बनाऊन् ।
9जसले हामीलाई उहाँको पवित्र बोलावटमा बचाउनुभयो र बोलाउनुभयो, हाम्रो आफ्नै कामहरूद्वारा होइन, तर उहाँको आफ्नो योजना र अनुग्रहअनुसार जुन हामीलाई ख्रीष्ट येशूमा समयको सुरुवातभन्दा अगि नै प्रदान गर्नुभएको थियो ।
11अनि तिमीहरूमध्ये कोही यस्तै थियौ । तर तिमीहरू शुद्ध परिएका छौ, तर तिमीहरू परमेश्वरमा अर्पण गरिएका छौ, येशू ख्रीष्टको नाउँमा हाम्रा परमेश्वरको आत्माद्वारा तिमीहरू परमेश्वरमा धर्मी ठहराइएका छौ ।
11हाम्रा परमेश्वर, र पिता आफैले र हाम्रा प्रभु येशूले, तिमीहरूकहाँ आउने ढोका खोलिदिऊन्,
30परमेश्वरले जे गर्नुभयो, त्यसैको कारण तिमीहरू अहिले ख्रीष्टमा छौ, जो हाम्रा निम्ति परमेश्वरबाट आउनुभएका बुद्धि बन्नुभयो । उहाँ हाम्रो धार्मिकता, पवित्रता र छुटकारा बन्नुभयो ।
1¶ ख्रीष्ट येशूमा भएको जीवनको प्रतिज्ञाअनुसार परमेश्वरको इच्छाद्वारा ख्रीष्ट येशूका प्रेरित पावल,
2मेरा प्रिय बालक तिमोथीलाईः पिता परमेश्वर र मुक्तिदाता येशू ख्रीष्टको अनुग्रह, कृपा र शान्ति ।
1¶ येशू ख्रीष्टका एक सेवक र याकूबका भाइ यहूदाबाट, बोलाइएकाहरू र परमेश्वर पितामा प्रिय अनि येशू ख्रीष्टको निम्ति राखिएकाहरूलाई,
4येशू ख्रीष्टमा भएको तिमीहरूको विश्वास तथा परमेश्वरको निम्ति अलग गरिएकाहरू सबैका लागि तिमीहरूको प्रेमको बारेमा हामीले सुनेका छौँ ।
1¶ अब भाइहरू हो, हाम्रा प्रभु येशूको आगमन र हाम्रो उहाँसँग एकसाथ भेट गर्ने सम्बन्धमा हामी अनुरोध गर्दछौँ,
1¶ येशू ख्रीष्टका दास र प्रेरित सिमोन पत्रुसबाट, हाम्रा परमेश्वरको धार्मिकता र मुक्तिदाता येशू ख्रीष्टमा हाम्रो जस्तै मूल्यवान् विश्वास प्राप्त गरेकाहरूलाई ।
2तिमीहरूलाई अनुग्रह होस्; हाम्रा परमेश्वर र येशू ख्रीष्टको ज्ञानद्वारा तिमीहरूमा शान्ति प्रशस्त हुँदै जाओस् ।
15यसकारण प्रभु येशू ख्रीष्टमा भएको तिमीहरूको विश्वासको बारेमा र उहाँको लागि छुट्टयाइएकाहरूका लागि तिमीहरूको प्रेमको सम्बन्धमा मैले सुनेको समय देखि,
13सबै विश्वासीले तिमीहरूलाई अभिवादन पठाएका छन् ।
14प्रभु येशू ख्रीष्टको अनुग्रह, परमेश्वरको प्रेम, अनि पवित्र आत्माको सङ्गति तिमीहरू सबैसँग रहून् ।
16अब हामीलाई प्रेम गर्नुहुने अनुग्रहद्वारा अनन्तको सान्त्वना र उत्तम आशा दिनुहुने हाम्रा प्रभु येशू ख्रीष्ट आफैले तथा परमेश्वर हाम्रा पिताले,
21ख्रीष्ट येशूमा भएका हरेक विश्वासीलाई अभिवादन गर । मसँग भएका भाइहरूले तिमीहरूलाई अभिवादन पठाएका छन् ।
4जब तिमीहरू येशू प्रभुको नाउँमा एक साथ भेला हुन्छौ, येशू प्रभुको शक्तिमा मेरो आत्मा त्यहाँ उपस्थित हुन्छ; त्यस मानिसलाई मैले अगि नै न्याय गरेको छु ।
24[नोटः उत्कृष्ट प्राचीन प्रतिलिपीहरूले यो पदलाई हटाएका छन् (रोमी १६∶२० हेर्नुहोस्) पद २४] । हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरू सबैसित रहेको होस् ।