१ तिमोथी 6:20

अनलक शाब्दिक बाइबल

तिमोथी, तिमीलाई दिइएको कुरा सुरक्षित राख । मूर्खतापूर्ण वातचित र विरोधाभाषपूर्ण वादविवाद जुन झुटो ज्ञान हो, तीबाट अलग बस ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • कलस्सी 2:8 : 8 तिमीहरूलाई कसैले पनि दर्शनद्वारा र ख्रीष्‍टअनुसार नभई यस संसारका तत्त्वहरूअनुसार मानिसहरूका परम्पराको रित्तोपनको धोकाबाट वशमा पार्न नदेओ ।
  • रोमी 3:2 : 2 यो हरतरहले महान् छ । सर्वप्रथम त परमेश्‍वरको प्रकाश यहूदीलाई सुम्पिएको थियो ।
  • २ तिमो 2:16 : 16 भक्‍तिहीन कुरालाई त्याग, जसले तिमीहरूलाई अझ धेरै भक्‍तिहीनतातर्फ डोर्‍याउँछ ।
  • २ तिमो 3:14-16 : 14 तर तिमीचाहिँ सिकेका र बलियोसँग विश्‍वास गरेको कुरामा लागि राख, यो जानेर कि ती कुराहरू तिमीले कसबाट सिकेका हौ । 15 तिमीलाई थाहा छ, कि तिमीले सानैदेखि पवित्रशास्‍त्र जानेका छौ, जसले तिमीलाई ख्रीष्‍ट येशूमा भएको विश्‍वासद्वारा मुक्‍तिमा तिमीलाई बुद्धिमान् तुल्याउन सक्छ । 16 सम्‍पूर्ण पवित्र-शास्‍त्र परमेश्‍वरबाट भएको हो र यो सिद्धान्तको लागि, दोष देखाउनको लागि, सच्‍याउनको लागि, धार्मिकतामा तालिम दिनको लागि लाभदायक छ,
  • तीत 1:14 : 14 यहूदीहरूका दन्त्य कथामा र सत्यताबाट तर्केर गएका मानिसहरूका आदेशहरूमा समय खेर नफाल ।
  • १ कोरि 1:19-23 : 19 किनकि यस्तो लेखिएको छ, “म बुद्धिमान्‌हरूको बुद्धि नष्‍ट गर्नेछु । म चतुरहरूको समझलाई बेकम्मा तुल्याउनेछु ।” 20 बुद्धिमान् कहाँ छ? शिक्षित कहाँ छ? यो संसारको तर्क गर्ने कहाँ छ? के परमेश्‍वरले संसारको ज्ञानलाई मूर्खतामा परिणत गर्नुभएको छैन र? 21 संसारले आफ्नो बुद्धिले परमेश्‍वरलाई चिनेन । यसको ज्ञानले उहाँलाई चिन्‍न नसकेको हुनाले विश्‍वास गर्नेहरूलाई प्रचारको मूर्खताद्वारा बचाउन परमेश्‍वरलाई उचित लाग्यो । 22 किनकि यहूदीहरू चिन्ह माग्छन्, र ग्रिकहरू ज्ञानको खोजी गर्छन् । 23 तर हामीचाहिँ क्रुसमा मर्नुभएका येशूको प्रचार गर्छौ, जुन यहूदीहरूका निम्ति ठेस लाग्‍ने ढुङ्गो हो, र ग्रिकहरूका निम्ति मूर्खता हो ।
  • १ कोरि 2:6 : 6 अब, परिपक्‍वहरूका बिचमा हामी बुद्धिका कुरा गर्दछौँ, तर यस संसारका वा यस युगका शासकहरूको बुद्धि होइन जो बितेर जाँदै छन् ।
  • १ कोरि 3:19 : 19 किनकि संसारको ज्ञान परमेश्‍वरको निम्ति मूर्खता हो । किनकि यस्तो लेखिएको छ, “उहाँले ज्ञानी मानिसहरूलाई तिनीहरूकै चलाखीमा पक्रनुहुन्छ ।”
  • प्रेरि 17:18 : 18 तर त्यहाँ कतिजना एपिक्युरी र स्तोइकी दार्शनिकहरूसँग पनि उनको विवाद भयो । र केहीले यसो भने, “यो बकबकेले के भन्‍न खोज्दैछ?” अरूहरूले भने, “ऊ त विदेशी देवताहरूको प्रचारक जस्तो देखिन्छ ।” किनभने उनले येशू र उहाँको पुनरुत्थानको बारेमा प्रचार गर्दै थिए ।
  • प्रेरि 17:21 : 21 (अब सबै एथेन्सबासीहरू र त्यहाँ बस्‍ने परदेशीहरूले अरूलाई नयाँ कुराहरू बताउने र नयाँ कुराहरूको बारेमा सुन्‍ने बाहेक अन्य केही कुरामा समय बिताउँदैनथे । )
  • १ तिमो 6:14 : 14 यस आज्ञालाई हाम्रा प्रभु येशू ख्रीष्‍ट देखा नपरुन्जेल सिद्ध र दोषरहित राख ।
  • २ तिमो 1:12-14 : 12 यसको निम्ति म सतावटमा परेको छु, तरै पनि म शर्माऊँदिनँ । किनकि म उहाँलाई जान्दछु र विश्‍वास गर्दछु, साथै म विश्‍वस्त छु कि उहाँले मैले सुम्पेका सबै कुराहरूलाई अन्तिम दिनसम्म सुरक्षित राख्‍नुहुनेछ । 13 ख्रीष्‍ट येशूको प्रेम र विश्‍वासमा मबाट सुनेको विश्‍वसनीय निर्देशनहरूको अनुसरण गर । 14 जुन-जुन असल कुराहरू परमेश्‍वरले तिमीलाई सुम्पनुभएको छ, त्यसलाई हामीभित्र बास गर्नुहुने पवित्र आत्माद्वारा सुरक्षित राख ।
  • २ तिमो 2:1 : 1 ¶ त्यसैकारण, मेरा बालक, येशू ख्रीष्‍टमा भएको अनुग्रहमा बलियो होऊ ।
  • कलस्सी 2:18 : 18 नम्रताको चाहना र स्वर्गदूतहरूको आराधनाद्वारा कसैको इनाम नखोसिएको होस् । यस्तो व्यक्‍तिले उसले देखेका कुराहरूमा मन लगाउँछ र उसको शारीरिक विचारद्वारा घमण्डी बन्दछ ।
  • २ थेस 1:4 : 4 त्यसैले, हामीहरू तिमीहरूको धैर्य र विश्‍वासको बारेमा परमेश्‍वरका मण्डलीहरूका बिचमा तिमीहरूले सहने तिमीहरूका सारा सतावटहरू र दुःख भोगाइहरूप्रति गर्व गर्दछौँ ।
  • २ थेस 2:15 : 15 यसैले अब भाइहरू हो, स्थिर रहो, वचन या हाम्रा पत्रद्वारा तिमीहरूलाई सिकाएका परम्पराहरूलाई पक्रिराख ।
  • १ तिमो 1:4 : 4 नत तिनीहरूले कथाहरू र अनन्त वंशावलीहरूतिर ध्यान दिऊन, जसले विश्‍वासद्वारा आउने परमेश्‍वरको योजनालाई सहायता पुर्‍याउनु साटो विवाद उत्पन्‍न गर्छ ।
  • १ तिमो 1:6 : 6 केही मानिसहरू यसबाट बरालिएर खोक्रा कुराहरूतिर फर्केका छन् ।
  • १ तिमो 1:11 : 11 यो मलाई सुम्पिएको धन्य परमेश्‍वरको महिमित सुसमाचार अनुसार छ ।
  • १ तिमो 4:7 : 7 तर वृद्ध स्‍त्रीहरूबाट प्रेम गरे गरिएका संसारिक कथाहरू अस्वीकार । बरू आफैँलाई भक्तिमा तालिम देऊ ।
  • १ तिमो 6:4-5 : 4 त्‍यो व्‍याक्ति घमण्डी हो र केही पनि जान्दैन, बरु ऊ विवादहरू र शब्दहरूको बरेमा गरिने तर्कहरूले झगडा गर्छ,जेलिएको हुन्छ । ती शब्दहरूले डाह, कलह, बदनामी, खराब शंकाहरू र, 5 भ्रष्‍ट वुद्धि भएका मानिसहरूले बीचमा वादविवाद उत्‍पन्‍न गराउँछन् । तिनीहरू सत्यताबाट टाढा जान्‍छन् । तिनीहरू भक्तिलाई धनी हुने बाटो सम्‍झन्‍छन ।
  • १ तिमो 6:11 : 11 तर तिमी, परमेश्‍वरका जन, यी कुराहरूबाट भाग । धार्मिकता, भक्ति, विश्‍वासयोग्यता, प्रेम, धैर्यता र नम्रताको पछि लाग ।
  • रोमी 1:22 : 22 तिनीहरूले बुद्धिमान्‌ भएको दाबी गरे, तापनि तिनीहरू मूर्ख नै भए ।
  • तीत 3:9 : 9 तर व्यवस्थाबारेको मूर्खतापूर्ण वादविवादहरू, वंशावलीहरू, झगडा र द्वन्दबाट अलग रहनू । ती कुराहरू मूल्यहीन र बेफाइदाका छन् ।
  • प्रका 3:3 : 3 त्यसकारण, जुन कुरा तिमीले प्राप्‍त गर्‍यौ र सुन्यौ, सो सम्झ । यसलाई पालन गर अनि पश्‍चात्ताप गर । तर यदि तिमी जागा रहेनौ भने, म तिम्रो विरुद्धमा चोरजस्तै गरी कुन घडी आउनेछु र कुन समयमा आउनेछु भनी तिमीले जान्‍नेछैनौ ।
  • तीत 1:4 : 4 हाम्रो साझा विश्‍वासमा साँचा छोरा तीतसलाई । पिता परमेश्‍वर र हाम्रा मुक्‍तिदाता येशू ख्रीष्‍टबाट अनुग्रह, कृपा र शान्ति ।
  • तीत 1:9 : 9 तिनी भरोसा गर्न सक्‍ने वचनको सिद्धान्तमा दह्रोसँग लाग्‍नुपर्छ, ताकि तिनले जे उचित छ त्यस सिद्धान्तद्वारा उत्साह दिन सकून् र तिनको विरोध गर्नेहरूलाई हप्‍काउन सकून् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 21कोही मानिसहरू यी कुराहरूको घोषणा गर्छन् र यसरी तिनीहरू विश्‍वासबाट चुकेका छन् । तिमीसँग अनुग्रह रहिरहोस् ।

  • २ तिमो 2:14-17
    4 पदहरू
    78%

    14तिनीहरूलाई यी कुराहरूको निरन्तर सम्झना दिलाऊ । शब्दहरूमा तर्क-वितर्क नगर भनी तिनीहरूलाई परमेश्‍वरको अगाडि चेतावनी देओ, किनभने तिनीहरूले केही फाइदा गर्दैनन् र यी कुराहरू सुन्‍नेहरूलाई नोक्सान मात्र पुग्‍छ ।

    15सत्यको वचनलाई होसियारीसाथ प्रयोग गर्ने शर्माउन नपर्ने कामदारजस्तै परमेश्‍वरको उपस्थितिमा स्वीकारयोग्य हुन भरमग्दुर प्रयत्‍न गर ।

    16भक्‍तिहीन कुरालाई त्याग, जसले तिमीहरूलाई अझ धेरै भक्‍तिहीनतातर्फ डोर्‍याउँछ ।

    17तिनीहरूको वचन निको नहुने सइनको घाउजस्तै फैलिनेछ । तिनीहरूमध्ये हुमेनियस र फिलेतस हुन् ।

  • 19यसरी तिनीहरूले आउने कुराको लागि असल जग भण्‍डार गर्नेछन्, यसैले तिनीहरूले साँचो जीवनलाई पक्रनेछन् ।

  • १ तिमो 1:18-19
    2 पदहरू
    76%

    18मेरो छोरो तिमोथी, तिम्रो बारेमा पाहिला गरिएको अगमवाणीसँग सहमत हुँदै तिमीलाई यो आज्ञा दिन्‍छु ताकि तिमी असल लडाइँ लड्‍न सक ।

    19यसैले तिमीले विश्‍वास र असल विवेक कायम गर । केही मानिसहरूले यी कुराहरूलाई इन्कार गरेर विश्‍वासमा नष्‍ट भएका छन् ।

  • 6केही मानिसहरू यसबाट बरालिएर खोक्रा कुराहरूतिर फर्केका छन् ।

  • १ तिमो 4:6-8
    3 पदहरू
    73%

    6यदि तिमीले यी कुराहरू दाजुभाइहरूको अगाडि राखीदियौ भने, तिमी येशू ख्रीष्‍टको असल सेवक हुनेछौ । किनकि तिमी विश्‍वासको वचन र तिमीले पछ्याएको असल शिक्षाद्वारा पोषित हुनेछौ ।

    7तर वृद्ध स्‍त्रीहरूबाट प्रेम गरे गरिएका संसारिक कथाहरू अस्वीकार । बरू आफैँलाई भक्तिमा तालिम देऊ ।

    8किनकि शारीरिक तालिम केही उपयोगी हुन्छ तर भक्तिचाहिँ सबै कुराको लागि उपयोगी हुन्छ । यसमा यो अहिलेको जीवन र आउने जीवनको लागि प्रतिज्ञा रहेको हुन्छ ।

  • तीत 1:13-14
    2 पदहरू
    73%

    13यो भनाई सत्य छ, तिनीहरूलाई कडाइका साथ सुधार, ताकि तिनीहरू विश्‍वासमा ठिक हुन सकून् ।

    14यहूदीहरूका दन्त्य कथामा र सत्यताबाट तर्केर गएका मानिसहरूका आदेशहरूमा समय खेर नफाल ।

  • १ तिमो 6:3-5
    3 पदहरू
    73%

    3मानौँ की कसैले फरक तरिकाले शिक्षा दिन्‍छ र वचन हाम्रो विश्‍वासयोग्य शिक्षा, अर्थात हाम्रो प्रभु येशू ख्रीष्‍टको वचनलाई स्‍वीकार गर्दैन । मानौँ कि तिमीलेहरूले भक्तितर्फ डोर्‍याउने शिक्षालाई स्‍वीकार गर्दैनन् ।

    4त्‍यो व्‍याक्ति घमण्डी हो र केही पनि जान्दैन, बरु ऊ विवादहरू र शब्दहरूको बरेमा गरिने तर्कहरूले झगडा गर्छ,जेलिएको हुन्छ । ती शब्दहरूले डाह, कलह, बदनामी, खराब शंकाहरू र,

    5भ्रष्‍ट वुद्धि भएका मानिसहरूले बीचमा वादविवाद उत्‍पन्‍न गराउँछन् । तिनीहरू सत्यताबाट टाढा जान्‍छन् । तिनीहरू भक्तिलाई धनी हुने बाटो सम्‍झन्‍छन ।

  • तीत 3:8-9
    2 पदहरू
    73%

    8यी वचनहरू विश्‍वासयोग्य छन् । तिमी यी कुराहरूबारे ‍दृढतासाथ बलेको म चाहन्छु, ताकि परमेश्‍वरमा भरोसा गर्नेहरूले उहाँले तिनीहरूका सामु राख्‍नुभएको असल कामहरूतिर तिनीहरूका मन लगाऊन् । यी कुराहरू सबै मानिसहरूका लागि असल र फाइदाजनक छन् ।

    9तर व्यवस्थाबारेको मूर्खतापूर्ण वादविवादहरू, वंशावलीहरू, झगडा र द्वन्दबाट अलग रहनू । ती कुराहरू मूल्यहीन र बेफाइदाका छन् ।

  • २ तिमो 1:12-14
    3 पदहरू
    73%

    12यसको निम्ति म सतावटमा परेको छु, तरै पनि म शर्माऊँदिनँ । किनकि म उहाँलाई जान्दछु र विश्‍वास गर्दछु, साथै म विश्‍वस्त छु कि उहाँले मैले सुम्पेका सबै कुराहरूलाई अन्तिम दिनसम्म सुरक्षित राख्‍नुहुनेछ ।

    13ख्रीष्‍ट येशूको प्रेम र विश्‍वासमा मबाट सुनेको विश्‍वसनीय निर्देशनहरूको अनुसरण गर ।

    14जुन-जुन असल कुराहरू परमेश्‍वरले तिमीलाई सुम्पनुभएको छ, त्यसलाई हामीभित्र बास गर्नुहुने पवित्र आत्माद्वारा सुरक्षित राख ।

  • १ तिमो 6:11-14
    4 पदहरू
    73%

    11तर तिमी, परमेश्‍वरका जन, यी कुराहरूबाट भाग । धार्मिकता, भक्ति, विश्‍वासयोग्यता, प्रेम, धैर्यता र नम्रताको पछि लाग ।

    12विश्‍वासको उत्तम लडाई लड । अनन्त जीवनलाई पक्री राख जसका लागि तिमी बोलाइएका थियौ । यो धेरै गवाहाहरूको सामु जे असल छ त्‍यसको बारेमा तिमीले गवाहीको बारेमा थियो ।

    13सबै कुराहरूलाई अस्‍तित्वमा ल्‍याउनु हुने परमेश्‍वर र पन्‍तियस पिलातसको अघि सत्‍य कुरा बोल्‍नुहुने ख्रीष्‍ट येशूको अगाडि म तिमिलाई यो आज्ञा गर्दछु ।

    14यस आज्ञालाई हाम्रा प्रभु येशू ख्रीष्‍ट देखा नपरुन्जेल सिद्ध र दोषरहित राख ।

  • १ तिमो 1:3-4
    2 पदहरू
    73%

    3मैले म्‍याकेडोनिया जाँदै गर्दा तिमीलाई अनुरोध गरेँ जस्तै एफिससमा नै बस ताकि तिमीले भिन्‍न सिद्धान्त सिकाउनेहरूलाई आज्ञा दिन सक्‍छौ ।

    4नत तिनीहरूले कथाहरू र अनन्त वंशावलीहरूतिर ध्यान दिऊन, जसले विश्‍वासद्वारा आउने परमेश्‍वरको योजनालाई सहायता पुर्‍याउनु साटो विवाद उत्पन्‍न गर्छ ।

  • २ तिमो 2:22-23
    2 पदहरू
    71%

    22जवानीको अभिलाषाबाट अलग बस, र शुद्ध हृदयले परमेश्‍वरलाई पुकार्नेहरूसँगै धार्मिकता, विश्‍वास, प्रेम, शान्तिको खोजी गर ।

    23तर मूर्ख र अज्ञानी प्रश्‍नहरूले वादविवाद ल्याउँछन् भन्‍ने जानेर तिनबाट अलग बस ।

  • १ तिमो 4:15-16
    2 पदहरू
    71%

    15यी कुराहरूको ख्याल राख । तिनीहरूमा लागिबस, ताकि तिम्रो प्रगति सबै मानिसहरूको सामू प्रकट होस् ।

    16आफैँलाई र आफ्‍नो शिक्षालाई होसियारीसाथ ध्यान देऊ । यी कुराहरूमा निरन्तर ध्यान देऊ किनकि यसो गर्नाले तिमीले आफुलाई र तिम्रो वचन सुन्‍नेहरूलाई बचाउने छौ ।

  • २ तिमो 3:14-15
    2 पदहरू
    71%

    14तर तिमीचाहिँ सिकेका र बलियोसँग विश्‍वास गरेको कुरामा लागि राख, यो जानेर कि ती कुराहरू तिमीले कसबाट सिकेका हौ ।

    15तिमीलाई थाहा छ, कि तिमीले सानैदेखि पवित्रशास्‍त्र जानेका छौ, जसले तिमीलाई ख्रीष्‍ट येशूमा भएको विश्‍वासद्वारा मुक्‍तिमा तिमीलाई बुद्धिमान् तुल्याउन सक्छ ।

  • 5तिनीहरू भक्‍तिमय देखिनेछन्, तर यसको शक्‍तिलाई भने इन्कार गर्नेछन् । यस्ता मानिसहरूबाट अलग बस ।

  • 17त्यसकारण प्रिय हो, तिमीहरूले यी कुराहरू जानेको हुनाले आफैँलाई सुरक्षित राख ताकि व्‍यवस्थाहीन मानिसहरूको छलले तिमीहरूलाई टाढा नलैजाओस्, र तिमीहरूले आफ्नो विश्‍वासयोग्यतालाई नगुमाओ ।

  • 11यो मलाई सुम्पिएको धन्य परमेश्‍वरको महिमित सुसमाचार अनुसार छ ।

  • २ तिमो 3:7-8
    2 पदहरू
    69%

    7यी स्‍त्रीहरू सधैँ नयाँ कुरा सिक्‍न प्रयास गरिरहेका हुन्छन्, तर कहिल्यै सत्यको ज्ञानमा आउन सक्दैनन् ।

    8जसरी यान्‍नेस र याम्ब्रेस मोशाको विरुद्धमा खडा भए, त्यसरी नै यी झुटा शिक्षकहरू सत्यको विरुद्धमा खडा हुन्छन् । तिनीहरूको मन भ्रष्‍ट भएको छ, र तिनीहरूले विश्‍वासलाई इन्कार गरेका छन् ।

  • 9तिनी भरोसा गर्न सक्‍ने वचनको सिद्धान्तमा दह्रोसँग लाग्‍नुपर्छ, ताकि तिनले जे उचित छ त्यस सिद्धान्तद्वारा उत्साह दिन सकून् र तिनको विरोध गर्नेहरूलाई हप्‍काउन सकून् ।

  • 4म यो भन्छु, कि बहकाउने बोलीले कसैले पनि तिमीहरूलाई नछलोस् ।

  • 10र कुनै पनि थोक नचोरून्, तर तिनीहरूले असल विश्‍वास प्रकट गरून्, ताकि तिनीहरूले हाम्रा मुक्‍तिदाता परमेश्‍वरबारेको हाम्रो शिक्षालाई हरतरहले आकर्षक बनाऊन् ।

  • 4तिनीहरूले सत्यताबाट आफ्नो कान फर्काउनेछन् र दन्त्य कथातिर लगाउनेछन् ।

  • 2र धेरै गवाहीको माझमा तिमीले जे कुरा मबाट सुनेका छौ, अरूलाई पनि सिकाउन सक्‍ने विश्‍वासयोग्य मानिसहरूलाई सुम्पिदेऊ ।

  • 8तिमीहरूलाई कसैले पनि दर्शनद्वारा र ख्रीष्‍टअनुसार नभई यस संसारका तत्त्वहरूअनुसार मानिसहरूका परम्पराको रित्तोपनको धोकाबाट वशमा पार्न नदेओ ।

  • 21सबै कुराको जाँच गर, जे असल छ त्यसमा लागिरहो ।

  • 3हामी कसैको अगाडि ठेस लाग्‍ने कुराहरू राख्दैनौँ, कारण हामी हाम्रो सेवामा बेइमानी गर्न चाहन्‍नौँ ।

  • 19तथापि यस छाप सहितको परमेश्‍वरको दृढ जग स्थिर रहन्छ, “प्रभुले आफ्नाहरूलाई चिन्‍नुहुन्छ” र “जसले उहाँको नाउँ लिन्छ, त्यो सबै अधर्मबाट टाढा रहोस्” ।

  • 9विभिन्‍न प्रकारका र अनौठा शिक्षाहरूले तिमीहरूलाई टाढा नलैजाओस् । तर भोजनसम्बन्धी विधिद्वारा जिउनेहरूलाई यसले केही सहायता गर्दैन, किनकि अनुग्रहद्वारा निर्माण भएको ह्रदय असल हुन्छ ।

  • 6तिमीहरूलाई कसैले पनि फोस्रा कुराहरूले धोखा नदिओस् । यी कुराहरूको कारण अनाज्ञाकारिताका पुत्रहरूमा परमेश्‍वरको क्रोध आउनेछ ।