२ कोरिन्थीहरू 6:3

अनलक शाब्दिक बाइबल

हामी कसैको अगाडि ठेस लाग्‍ने कुराहरू राख्दैनौँ, कारण हामी हाम्रो सेवामा बेइमानी गर्न चाहन्‍नौँ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • रोमी 14:13 : 13 यसकारण, एक-अर्काको न्याय नगरौँ, तर बरु, यो अठोट गरौँ, कि हामी कसैले आफ्‍नो भाइको निम्ति ठेस लाग्‍ने थोक वा पासो राख्‍नेछैनौँ ।
  • १ कोरि 9:12 : 12 यदि तिमीहरूबाट अरूहरूले हकको दाबी गर्छन् भने के हामीलाई त्योभन्दा बढता हक छैन र? तापनि हामीले यो हकको दाबी गरेनौँ । बरु, ख्रीष्‍टको सुसमाचारमा बाधा नबनौँ भनेर हामीले सबै सह्‍यौँ ।
  • मत्त 17:27 : 27 हामीले कर उठाउनेहरूलाई पाप गर्न बाध्य नगराऔँ भनेर समुद्रमा जाऊ, बल्छी हान, र जुन माछा पहिले पर्छ त्यसलाई तान । तिमीले त्यसको मुख खोलेपछि तिमीले एक सेकेल भेट्टाउनेछौ । त्यो लेऊ अनि मेरो र तिम्रो निम्ति कर उठाउनेहरूलाई देऊ ।”
  • मत्त 18:6 : 6 तर ममा विश्‍वास गर्ने यी सानाहरूमध्ये एउटैलाई पनि जसले पाप गर्न लगाउँछ, त्यसको गलामा एउटा ठुलो ढुङ्गो झुण्ड्याइ समुद्रको गहिराइमा फालिदिनु असल हुने थियो ।
  • १ कोरि 9:22 : 22 कमजोरहरूलाई जित्‍न सकूँ भनेर कमजोरहरूको लागि म कमजोर बनेँ । सबै उपायहरूद्वारा केहीलाई बचाउन सकूँ भनेर म सबै मानिसहरूका लागि सबै कुरा बनेको छु ।
  • १ कोरि 10:23-24 : 23 “हरेक कुरा न्यायसङ्गत छ”, तर सबै कुरा फाइदाजनक छैनन् । “सबै कुरा न्यायसङ्गत छन्”, तर सबै कुराले मानिसको निर्माण गर्दैनन् । 24 कसैले पनि आफ्नै भलाइ मात्र नखोजोस् । बरु, हरेकले आफ्नो छिमेकीको भलाइ खोजोस् ।
  • १ कोरि 10:32-33 : 32 तिमीहरूले यहूदीहरू वा ग्रिकहरूको अथवा परमेश्‍वरको मण्डलीको अपमान नगर । 33 म सबै मानिसहरूलाई सबै कुरामा खुसी पार्ने कोसिस गर्छु । म आफ्नो भलाइ खोज्दिनँ, तर धेरैको भलाइ खोज्छु । धेरैले उद्धार पाऊन् भनेर म यो गर्दछु ।
  • २ कोरि 1:12 : 12 हाम्रो अन्तस्करणको गवाहीमा हामी गर्व गर्छौं । किनकि यो परमेश्‍वरबाट आउने शुद्ध प्रेरणा र इमानदारीमा छ जसअनुसार हामी यो संसारमा चलेका छौँ । विशेष गरी, हामीले यो तिमीहरूसँग अझ बढी गरेका छौँ, सांसारिक ज्ञानमा होइन, तर परमेश्‍वरको अनुग्रहमा ।
  • २ कोरि 8:20 : 20 हामीले गरिरहेको यो उदारताको कामको विषयमा कसैले गर्ने उजुरीको सम्भावनालाई हामी पन्छाइरहेका छौँ ।
  • १ कोरि 8:9-9 : 9 तर होसियार होओ । तिम्रो स्वतन्‍त्रता कमजोर विश्‍वास भएकाहरूलाई ठेसको कारण नबनोस् । 10 मानौँ, जो कोही ज्ञान भएको व्यक्‍तिले तिमीले मन्दिरमा बसेर खानेकुरा खाइरहेको देख्यो भने के उसको कमजोर विवेकले त्यो उसलाई मूर्तिलाई चढाइएको खानेकुरा खान आँट नदेला? 11 मूर्तिहरूको वास्तविक प्रकृतिको बारेमा तिमीहरूको समझको कारणले गर्दा कमजोर भाइ नष्‍ट हुन्छ, जसको निम्ति ख्रीष्‍ट मर्नुभयो । 12 त्यसैले, जब तिमीले आफ्नो भाइको विरुद्धमा पाप गरेर उनीहरूको कमजोर विवेकलाई चोट पुर्‍याउँछौ, तिमीले ख्रीष्‍टको विरुद्धमा पाप गर्छौ । 13 त्यसकारण, यदि मैले खाएको खाना मेरो भाइलाई ठेसको कारण बन्छ भने, म फेरि कहिल्यै मासु खानेछैनँ, ताकि म मेरो भाइको पतनको कारण नबनूँ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • १ कोरि 10:31-33
    3 पदहरू
    83%

    31त्यसकारण, तिमीहरूले जे खान्छौ वा पिउँछौ, वा तिमीहरू जे गर्छौ, सबै परमेश्‍वरको महिमाको निम्ति गर ।

    32तिमीहरूले यहूदीहरू वा ग्रिकहरूको अथवा परमेश्‍वरको मण्डलीको अपमान नगर ।

    33म सबै मानिसहरूलाई सबै कुरामा खुसी पार्ने कोसिस गर्छु । म आफ्नो भलाइ खोज्दिनँ, तर धेरैको भलाइ खोज्छु । धेरैले उद्धार पाऊन् भनेर म यो गर्दछु ।

  • 4बरु, हामी आफैँलाई परमेश्‍वरका सेवकहरू हौँ भनी हाम्रो कामबाट प्रमाणित गर्छौं । हामी धैर्य धारणमा, कष्‍टमा, विपत्तिमा, कठिनाइमा,

  • २ कोरि 8:20-21
    2 पदहरू
    80%

    20हामीले गरिरहेको यो उदारताको कामको विषयमा कसैले गर्ने उजुरीको सम्भावनालाई हामी पन्छाइरहेका छौँ ।

    21हामी परमप्रभुको अगाडि मात्र होइन, तर मानिसहरूका अघि पनि आदरणीय भएको कुरा गर्ने कुरामा ख्याल राख्छौँ ।

  • १ थेस 2:3-6
    4 पदहरू
    76%

    3किनभने हाम्रो उत्साह गलत कुराबाट होइन न त अशुद्ध, न छलबाट नै आएको हो,

    4तर जसरी परमेश्‍वरले हामीहरूलाई सुसमाचार सुम्पिएको व्यक्तिको रूपमा स्वीकृति दिनुभएको छ, त्यसैले हामी मानिसलाई होइन तर हाम्रो हृदय जाँच्‍नुहुने परमेश्‍वरलाई खुसी पार्नलाई बोल्छौँ ।

    5तिमीहरूलाई थाहा छ र परमेश्‍वर पनि साक्षी हुनुहुन्छ कि हामीले कुनै पनि बेला चाप्लुसी गरेनौँ, न त लोभको निम्ति बहाना नै बनायौँ,

    6न त हामीले मानिसहरूबाट महिमा खोज्यौँ, न त तिमीहरूबाट या अरूहरूबाट नै, जब कि हामीले ख्रीष्‍टको प्रेरितहरूको रूपमा विशेष सुविधाहरूको दाबी गर्न सक्थ्यौँ । s5

  • तीत 2:7-10
    4 पदहरू
    76%

    7सबै कुरामा आफैलाई असल कामहरूको एउटा नमुनाको रूपमा प्रस्तुत गर, तिमीले सिकाउँदा शुद्धता, प्रतिष्‍ठा र निन्दा गर्न नसक्‍ने बोली-वचन देखाऊ ।

    8सच्याउनु नै नपर्ने शब्दहरू बोल, तर यदि उनले तिम्रो विरोध गर्न प्रयास गरे भने हामी बारे भन्‍ने कुनै पनि खराब कुरा नभएकोले त्यसले कसैमाथि शर्म ल्याओस् ।

    9दासहरूले हरेक कुरामा तिनीहरूका मालिकहरूका आज्ञा पालन गरून् । तिनीहरूले उनीहरूलाई खुसी पार्न प्रयास गर्नुपर्छ, र तिनीहरूसँग विवाद नगरून्,

    10र कुनै पनि थोक नचोरून्, तर तिनीहरूले असल विश्‍वास प्रकट गरून्, ताकि तिनीहरूले हाम्रा मुक्‍तिदाता परमेश्‍वरबारेको हाम्रो शिक्षालाई हरतरहले आकर्षक बनाऊन् ।

  • 16यसैले, तिम्रा असल कार्यहरूले तिनीहरूलाई गिल्ला गर्ने नतुल्याओस् ।

  • २ कोरि 4:1-2
    2 पदहरू
    74%

    1¶ त्यसकारण, हामीसँग यो सेवा-कार्य भएको र हामीले यो दया पाएको कारणले गर्दा हामी निराश हुँदैनौँ ।

    2बरु, हामीले गोप्य र लाजमर्दा मार्गहरू त्यागेका छौँ । हामी धूर्ततामा जिउँदैनौँ र हामी परमेश्‍वरको वचनलाई गलत तरिकाले चलाउँदैनौँ । सत्यता प्रस्तुत गर्दै परमेश्‍वरको नजरमा प्रत्येकको विवेकप्रति हामी आफैँलाई सिफारिस गर्दछौँ ।

  • 2कसैको निन्दा गर्न, तर्कवितर्कबाट अलग रहन, अरू मानिसहरूलाई आ-आफ्ना मार्गमा चल्न दिन र सबै मानिसहरूप्रति नम्रता देखाउन याद दिलाऊ ।

  • एफिसी 6:6-7
    2 पदहरू
    74%

    6आफ्ना मालिकले देख्‍ने समयमा मात्रै तिनीहरूलाई खुशी तुल्याउन आज्ञाकारी नबन । बरु, ख्रीष्‍टका दासहरू झैँ आज्ञाकारी बन । तिमीहरूका हृदयबाट परमेश्‍वरको इच्छालाई पूरा गर ।

    7मानिसहरूलाई सेवा पुर्याए झैँ होइन तर आफ्ना सारा हृदयले परमप्रभुको सेवा गरे झैँ सेवा गर ।

  • 10म यसको निम्ति प्रार्थना गर्छु, ताकि जे असल छ ती कुराहरू तिमीहरूले पारख गरेर छान्‍न सक । म यसको निम्ति प्रार्थना गर्छु, ताकि तिमीहरू ख्रीष्‍टको दिनमा इमानदार र दोषरहित रहन सक ।

  • २ थेस 3:8-9
    2 पदहरू
    73%

    8न त हामीले सित्तैँमा कसैको खाना नै खायौँ, तर त्यसको सट्टामा हामी कसैको भार बनेनौँ भनेर हामीले मेहनत गर्‍यौँ, रातदिन काम गर्‍यौँ ।

    9यसको अर्थ हामीसँग अधिकार छैन भनेको होइन, तर हामी तिमीहरूको निम्ति उदाहरण भयौँ ताकि तिमीले हाम्रो अनुकरण गर्न सक ।

  • 2हाम्रा निम्ति ठाउँ बनाओ! हामीले कसैको खराबी गरेका छैनौँ । हामीले कसैलाई हानि पुर्‍याएका छैनौँ, न त कसैको फाइदा नै लिएका छौँ ।

  • 15यस्तो प्रकारले व्यवहार गर, ताकि तिमीहरू कुनै कलङ्कविना परमेश्‍वरका निर्दोष र इमानदार छोराछोरी हुन सक । यस्तो प्रकारले व्यवहार गर, ताकि तिमीहरू धूर्त र बरालिएका पुस्ताकाबिच यस संसारमा ज्योतिझैँ चम्कन सक ।

  • 12हामीलाई तिमीहरूले इमानदार ठान भनेर हामीले तिमीहरूलाई मनाउन खोजिरहेका छैनौँ । बरु, हामी तिमीहरूलाई हामीमाथि गर्व गर्ने कारण दिँदै छौँ ताकि हृदयका भन्दा बाहिरी रूपको धाक लगाउनेहरूलाई जवाफ दिन सक ।

  • 12तर म जे गरिरहेको छु, त्यो म गर्नेछु । म यो गर्नेछु किनकि हाम्रो स्थानमा आएर स्थापित हुन खोज्दै जे कुरामा तिनीहरू घमण्ड गरिरहेका छन्, तिनीहरूको त्यो मौकालाई म बन्द गर्न चाहन्छु ।

  • 6अनि तिनीहरू धन्यका हुन् जसले मलाई तिनीहरूका निम्ति कुनै बाधा सम्झँदैनन् ।”

  • 1¶ तिमीहरू पछि नहट भनेर मैले तिमीहरूलाई यी कुराहरू भनेको छु ।

  • 14यस आज्ञालाई हाम्रा प्रभु येशू ख्रीष्‍ट देखा नपरुन्जेल सिद्ध र दोषरहित राख ।

  • 13यसकारण, एक-अर्काको न्याय नगरौँ, तर बरु, यो अठोट गरौँ, कि हामी कसैले आफ्‍नो भाइको निम्ति ठेस लाग्‍ने थोक वा पासो राख्‍नेछैनौँ ।

  • 17हामी नाफाको लागि परमेश्‍वरको वचन बेच्‍ने धेरै मानिसहरूजस्ता होइनौँ । बरु, हामी ख्रीष्‍टमा शुद्ध अभिप्रायले परमेश्‍वरको दृष्‍टिमा उहाँले पठाउनुभएको जस्तै गरी बोल्दछौँ ।

  • 16हामी यसको आशा गर्दछौँ, ताकि तिमीहरूभन्दा परका क्षेत्रहरूमा पनि हामी सुसामाचार प्रचार गर्न सकौँ । अरूको क्षेत्रमा भइरहेको कामको बारेमा हामी घमण्ड गर्दैनौँ ।

  • 7परमेश्‍वरको घरानाका व्यवस्थापकको रूपमा बिशप हुनका लागि दोषरहित, नझर्कने वा नियन्‍त्रित, क्रोधित नहुने, मद्यको लत नलागेको, झैझगडा नगर्ने र लोभ नगर्ने हुनु आवश्‍यक छ ।

  • 6यदि मैले गर्व नै गर्न चाहेको भए तापनि म मूर्ख बन्‍नेछैन किनकि मैले सत्य बोलिरहेको छु । तर कसैले पनि मबाट देखेको वा सुनेका कुरा भन्दा बढि मलाई नसोचोस् भनेर म गर्व गर्नदेखि थामिन्छु ।

  • 7तिमीहरूले केही खराबी गर्नेछैनौ भनी हामी परमेश्‍वरसँग प्रार्थना गर्दछौँ । हामी जाँचमा सफल भएका छौँ भन्‍ने देखाउनको निम्ति म प्रार्थना गर्दिनँ । बरु, हामी जाँचमा असफल भएको जस्तो देखिए तापनि तिमीहरूले जे असल छ त्यही गर्न सक भनेर हामी प्रार्थना गर्छौं ।

  • 1¶ दासत्वको जुवामूनि भएका सबैले आफ्‍ना मालिकहरूलाई पुरा सम्मानको योग्य सम्‍झून् । तिमीहरूले त्‍यसो गर्नुपर्छ ताकिे परमेश्‍वरको नाउँ र शिक्षा निन्‍दित नहोस् ।

  • 16स्वतन्त्र मानिसहरूझैँ तिमीहरूको स्वतन्‍त्रता दुष्‍टतालाई ढाक्‍नको निम्ति प्रयोग नगर, तर परमेश्‍वरका दासहरूजस्तै बन ।

  • 7र यी कुराहरूको प्रचार गर ताकि तिनीहरू निन्दारहित होऊन् ।

  • 16असल विवेक कायम राख ताकि ख्रीष्‍टमा तिमीहरूका असल जीवनको निन्दा गर्न खोज्‍नेहरू लाजमा परून्, किनकि तिनीहरूले दुष्‍ट मानिसहरूको रूपमा तिमीहरूको विरुद्धमा कुरा गरिरहेका छन् ।

  • 6यो कुरामा कुनै मानिसले पाप नगरोस् र आफ्नो भाइलाई गलत नसम्झोस् किनकि यी सबै कुराको बदला प्रभुले लिनुहुन्छ जसरी हामीले तिमीहरूलाई अगाडि नै चेतावनी र साक्षी दिइसकेका छौँ ।

  • 19के यतिञ्‍जेल हामी तिमीहरूका सामु हामी आफ्नो सफाइ दिइरहेका थियौँ भन्‍ने तिमीहरू सोच्छौ? परमेश्‍वरको दृष्‍टिमा हामी तिमीहरूलाई बलियो बनाउनको निम्ति सबै कुरा ख्रीष्‍टमा बोलिरहेका छौँ ।

  • 2किनकि हामी धेरै किसिमले ठेस खान्छौँ । यदि कोही वचनमा ठक्‍कर खाँदैन भने, ऊ पूर्ण रूपमा परिपक्‍व मानिस हो, जसले उसको सारा शरीरलाई नै नियन्‍त्रण गर्न सक्छ ।

  • रोमी 14:20-21
    2 पदहरू
    71%

    20खानाको कारणले परमेश्‍वरको कामलाई नष्‍ट नगर । वास्तवमा सबै थोक शुद्ध छन्, तर जसले खान्छ र त्यसलाई ठेस खान लगाउँछ, त्यसको निम्ति यो दुष्‍टता हो ।

    21मासु नखानु, मद्यपान नगर्नु, र आफ्नो भाइलाई चोट पुर्‍याउने कुनै पनि कुरा नगर्नु असल हो ।

  • 8हामी मान र अपमान, निन्दा र प्रशंसामा काम गर्दछौँ । हामीलाई ठगाहा छौँ भन्‍ने आरोप लगाइन्छ, तथापि हामी साँचा छौँ ।

  • 16र यसमा नै परमेश्‍वर र मानिसहरूको सामु सबै कुराहरूद्वारा विनादोषको विवेक पाउन म काम गर्छु ।

  • 12यसो गर ताकि विश्‍वासभन्दा बाहिर भएकाहरूका खातिर तिमीहरू ठिक प्रकारले जिउन सक कि तिमीहरूलाई कुनै कुराको अभाव नहोस् ।

  • 7यदि कसैको वरदान सेवाको हो भने, त्यसले सेवा गरोस् । यदि कसैसँग सिकाउने वरदान छ भने, त्यसले सिकाओस् ।

  • 7के मैले तिमीहरूलाई उच्‍च पार्नको निम्ति आफैँलाई नम्र पारेर पाप गरेँ? किनकि मैले तिमीहरूलाई सित्तैँमा सुसमाचार प्रचार गरेँ ।