याकूब 3:2
किनकि हामी धेरै किसिमले ठेस खान्छौँ । यदि कोही वचनमा ठक्कर खाँदैन भने, ऊ पूर्ण रूपमा परिपक्व मानिस हो, जसले उसको सारा शरीरलाई नै नियन्त्रण गर्न सक्छ ।
किनकि हामी धेरै किसिमले ठेस खान्छौँ । यदि कोही वचनमा ठक्कर खाँदैन भने, ऊ पूर्ण रूपमा परिपक्व मानिस हो, जसले उसको सारा शरीरलाई नै नियन्त्रण गर्न सक्छ ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
3आज्ञा पालन गराउनको निम्ति अब यदि हामीले घोडाको मुखमा लगाम लगायौँ भने, हामीले त्यसको सारा शरीरलाई नै नियन्त्रण गर्न सक्छौँ ।
4पानी जहाजहरूलाई ख्याल गर, तिनीहरू धेरै ठुला हुन्छन् र तिनीहरू तेज बतासले चलाइँदा पनि धेरै सानो पतवारद्वारा चालकले जहाँ लैजान चाहन्छ त्यो त्यहीँ लगिन्छ ।
5त्यसै गरी, जिब्रो पनि शरीरको एउटा सानो अङ्ग हो, तरै पनि त्यसले ठुला कुराहरूको शेखी गर्दछ । हेर, एउटा सानो आगोको झिल्कोले कसरी ठुलो जङ्गलमा डढेलो लगाउँछ ।
6जिब्रो पनि आगो नै हो, हाम्रा शरीरका अङ्गहरूमध्ये यो अधर्मको दुनियाँ नै हो । यसले सम्पूर्ण शरीरलाई अशुद्ध तुल्याउँछ र जीवनको मार्गमा आगो लगाउँछ । नरकद्वारा यो आफैँ आगोले सल्किएको छ ।
7किनकि सबै किसिमका जङ्गली जनावरहरू, चराचुरुङ्गीहरू, घस्रने जन्तुहरू, र समुद्रमा भएका प्राणीहरूलाई वशमा राखिएको छ र ती मानव-जातीद्वारा नै वशमा राखिएको छ ।
8तर मानिसमध्ये कसैले पनि जिब्रोलाई वशमा राख्न सकेको छैन । यो घातक विषले भरिएको र नियन्त्रण गर्न नसकिने दुष्ट हो ।
9यही जिब्रोले हामी परमप्रभु र पिताको प्रशंसा गर्छौ, र यसैले हामी परमेश्वरको स्वरूपमा बनाइएका मानिसहरूलाई सराप्छौँ ।
10एउटै मुखबाट आशिष् र अपशब्द निक्लन्छन् । मेरा भाइहरू हो, यस्ता कुराहरू हुनुहुँदैन ।
1¶ मेरा भाइहरू हो, धेरै जना शिक्षक बन्नु हुँदैन । हामीले यो जान्नुपर्छ, कि हामीहरूको अझ धेरै कडा इन्साफ हुनेछ ।
10किनकि जसले सम्पूर्ण व्यवस्था पालन गर्दछ, तर एउटै कुरामा मात्र ठक्कर खान्छ भने, त्यो सम्पूर्ण व्यवस्थाको उल्लङ्घन गरेकोमा दोषी ठहरिन्छ ।
25तर सुनेर बिर्सने व्यक्ति मात्र नभई स्वतन्त्रताको सिद्ध व्यवस्थालाई होसियारीपूर्वक ध्यान दिने र निरन्तर त्यस्तै गरिरहने व्यक्तिचाहिँ उसले गर्ने कामहरूमा आशिषित हुनेछ ।
26यदि कसैले आफैँलाई धार्मिक ठान्दछ, तर उसले आफ्नो जिब्रोलाई नियन्त्रण गर्दैन भने उसले आफ्नो हृदयलाई धोका दिन्छ र उसको धर्म व्यर्थको हुन्छ ।
19मेरो प्रिय भाइहरू हो, तिमीहरू यो जान्दछौः हरेक मानिस सुन्नमा छिटो, बोल्नमा ढिलो र रिसाउनमा धीमा होस् ।
20किनभने मानिसको रिसले परमेश्वरको धार्मिकताको काम गर्दैन ।
3हामी कसैको अगाडि ठेस लाग्ने कुराहरू राख्दैनौँ, कारण हामी हाम्रो सेवामा बेइमानी गर्न चाहन्नौँ ।
8सच्याउनु नै नपर्ने शब्दहरू बोल, तर यदि उनले तिम्रो विरोध गर्न प्रयास गरे भने हामी बारे भन्ने कुनै पनि खराब कुरा नभएकोले त्यसले कसैमाथि शर्म ल्याओस् ।
15यसकारण, हामी परिपक्व भएकाहरू सबैले यसरी विचार गरौँ । यदि तिमीहरूले कुनै कुरालाई भिन्न प्रकारले विचार गर्दछौ भने परमेश्वरले ती कुराहरूलाई पनि तिमीहरूका निम्ति प्रकट गर्नुहुनेछ ।
19जहाँ धेरै कुरा गरिन्छ, त्यहाँ अपराधको कमी हुँदैन, तर आफूले बोल्ने कुरामा सतर्क हुनेचाहिँ बुद्धिमानी हो ।
10“जसले आफ्नो जीवनलाई प्रेम गर्न चाहन्छ र असल दिनहरू देख्ने इच्छा गर्दछ उसले आफ्नो जिब्रोलाई खराबबाट र उसको ओठलाई छल कुरा गर्नबाट रोकोस् ।
23किनकि यदि कोही वचन सुन्ने मात्र व्यक्ति हो, तर पालन गर्ने व्यक्ति होइन भने ऊ ऐनामा आफ्नो स्वाभाविक अनुहार जाँच्ने मानिसजस्तै हो ।
23आफ्नो मुख र जिब्रोको रखवाली गर्नेले आफैलाई कष्टबाट बचाउँछ ।
2कसैको निन्दा गर्न, तर्कवितर्कबाट अलग रहन, अरू मानिसहरूलाई आ-आफ्ना मार्गमा चल्न दिन र सबै मानिसहरूप्रति नम्रता देखाउन याद दिलाऊ ।
3किनभने एक पटक हामीहरू पनि लापरवाह, अनाज्ञाकारी थियौँ । हामी बरालिएका र धेरै प्रकारका खराब इच्छाहरू र विलासिताको दासत्वमा थियौँ । हामी दुष्टता र ईर्ष्यामा जिउँथ्यौँ । हामी घृणित र एक अर्कालाई घृणा गर्ने मानिस थियौँ ।
12यी सबै कुराभन्दा माथि, मेरा भाइहरू हो, स्वर्गद्वारा वा पृथ्वीद्वारा वा कुनै पनि कुराद्वारा शपथ नखाओ । बरु, तिमीहरू इन्साफमा नपर्नको निम्ति तिमीहरूको “हो” को अर्थ चाहिँ “हो” र “होइन” को अर्थ चाहिँ “होइन” नै होस् ।
17ताकि परमेश्वरका मानिस सक्षम भएर हरेक असल काममा सुसज्जित हुन सकून् ।
1¶ भाइहरू हो, यदि कुनै मानिसले पाप गरेको फेला परेमा, तिमीहरूमध्येका आत्मिक व्यक्तिहरूले चाहिँ नम्रताको आत्मामा त्यस व्यक्तिलाई पुनर्स्थापित गर्नुपर्छ । तिमीहरू आफैँ परीक्षामा नपर्नको निम्ति आफ्नो ख्याल गर ।
13तिमीहरूका माझमा बुद्धिमान् र समझदार को छ? त्यस व्यक्तिले बुद्धिको नम्रतामा आफ्ना कामहरूद्वारा एउटा असल जीवन जिएर देखाओस् ।
10यदि हामीले पाप गरेका छैनौँ भन्छौँ भने हामीले उहाँलाई झुटा तुल्याउँछौँ, र उहाँको वचन हामीमा हुँदैन ।
4निको पार्ने जिब्रो जीवनको रुख हो, तर छलपूर्ण जिब्रोले आत्मालाई चोट पुर्याउँछ ।
2उसले यी सानाहरूमध्ये एक जनालाई ठेस लगाउनुभन्दा त उसको घाँटीमा ढुङ्गा झुन्डाएर उसलाई समुद्रमा फालिदिएको भए उसको लागि असल हुने थियो ।
4वा कसैले खराब वा असल गर्न आफ्नो मुखबाट विचारै नगरेर किरिया हाल्छ भने, त्यसले जेसुकैको किरिया हालेको भए तापनि, यदि त्यसबारे त्यो अजान छ भने, त्यसबारे त्यसलाई थाहा भएपछि त्यो यी सबै कुराहरूमा दोषी हुने छ ।
36र म तिमीहरूलाई भन्दछु, कि न्यायको दिनमा मानिसहरूले आफूले बोल्ने हरेक व्यर्थ वचनको निम्ति लेखा दिनेछन् ।
1¶ मैले निर्णय गरें, “म जे भन्छु सो कुरामा म सावधान हुनेछु ताकि मेरो जिब्रोले म पाप नगरुँ । खराब मानिसको उपस्थितिमा हुँदा म आफ्नो मुखलाई चूप राख्नेछु ।”
19मेरा भाइहरू हो, यदि तिमीहरूमध्ये कोही सत्यबाट तर्किएर जान्छ, र कसैले उसलाई फर्काएर ल्याउँछ भने,
3कोर्रा घोडाको लागि हो; लगाम गधाको लागि हो र लट्ठी मूर्खहरूको पिठिउँको लागि हो ।
9घोडा वा खच्चरजस्तो नहो, जसको कुनै समझ हुँदैन । जहाँ तैंले इच्छा गर्छस् त्यहाँ तिनीहरूलाई लान तिनीहरूलाई अधीन गर्न लगाम र मुखारीले मात्र सकिन्छ ।
21बोलिएको हरेक वचनलाई नसुन्, किनकि त्यसो गर्दा तैँले तेरो नोकरको श्रापलाई पनि सुन्लास् ।
6तेरो शरीरलाई पाप गर्न तेरो मुखलाई अनुमति नदे । पुजारीको सन्देशवाहकलाई यसो नभन्, “त्यो भाकल भुल थियो ।” झुटो पाराले भाकल गरी परमेश्वरलाई किन रिस उठाउने? तेरा हातको कामलाई नष्ट पार्न परमेश्वरलाई किन चिढ्याउने?
8यदि हामीले हामीसँग पाप छैन भन्छौँ भने, हामीले आफैँलाई धोका दिन्छौँ, र हामीसँग सत्य हुँदैन ।
8तर अब यी कुराहरू तिमीहरूले त्याग्नुपर्छ– रिस, क्रोध, खराब इच्छा, डाह र निन्दा, तिम्रो मुखबाट निस्कने फोहोर बोली ।
4धैर्यलाई पूर्ण रूपमा काम गर्न देओ, ताकि तिमीहरू सम्पूर्ण रूपमा सुधारिएको र पूर्ण हुन सक र तिमीहरूमा कुनै कुराको कमी नहोस् ।
1¶ विनम्र जवाफले क्रोधलाई हटाउँछ, तर कठोर वचनले रिस उठाउँछ ।
2बुद्धिमान् मानिसहरूको जिब्रोले ज्ञानको तारिफ गर्छ, तर मूर्खहरूको मुखले मूर्खता खन्याउँछ ।
11भाइहरू हो, एक अर्काको विरुद्धमा नबोल । कुनै एक जना भाइको विरुद्धमा बोल्ने वा आफ्नो भाइको न्याय गर्ने व्यक्तिले व्यवस्थाको विरुद्धमा बोल्दछ र व्यवस्थाको न्याय गर्दछ । यदि तिमीहरू व्यवस्थाको न्याय गर्दछौ भने, तिमीहरू व्यवस्थालाई पालन गर्नेहरू हुँदैनौ, तर न्यायकर्ता पो हुन्छौ ।
17हामी नाफाको लागि परमेश्वरको वचन बेच्ने धेरै मानिसहरूजस्ता होइनौँ । बरु, हामी ख्रीष्टमा शुद्ध अभिप्रायले परमेश्वरको दृष्टिमा उहाँले पठाउनुभएको जस्तै गरी बोल्दछौँ ।
22उहाँले कुनै पाप गर्नुभएन, न उहाँका मुखमा कुनै छलको कुरो पाइयो ।
40एउटा चेला आफ्नो गुरुभन्दा महान् हुन सक्दैन । तर हेरक जसले तालिम प्राप्त गर्छ, तब ऊ आफ्नो गुरुजस्तै हुनेछ ।
3मूर्खको मुखबाट त्यसको मूर्खताको हाँगा निस्कन्छ, तर बुद्धिमान्को ओठले त्यसको रक्षा गर्छ ।
8त्यस्तो व्यक्ति दोहोरो मनको हुन्छ, र आफ्ना सबै चालमा ऊ अस्थिर हुन्छ ।