२ इतिहास 17:10
यहूदाको वरिपरि भएका सबै राज्यहरूमा परमप्रभुको भय पर्यो, जसले गर्दा उनीहरूले यहोशापातको विरुद्धमा युद्ध गरेनन् ।
यहूदाको वरिपरि भएका सबै राज्यहरूमा परमप्रभुको भय पर्यो, जसले गर्दा उनीहरूले यहोशापातको विरुद्धमा युद्ध गरेनन् ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
29परमप्रभुले इस्राएलका शत्रुहरूका विरुद्धमा युद्ध गर्नुभएको कुरा सुनेर सबै देशका राज्यहरूमा परमेश्वरको भय फैलियो ।
30यसरी यहोशापातको राज्यमा शान्ति भयो, किनकि तिनका परमेश्वरले तिनका चारैतिरबाट तिनलाई शान्ति दिनुभयो ।
15यहासेलले भने, “हे सारा यहूदा र यरूशलेमका सबै बासिन्दा र राजा यहोशापात, सुन्नुहोस् । परमप्रभु तपाईंहरूलाई यही भन्नुहुन्छ, ‘नडराओ, यस ठूलो फौजका कारणले हतास नहोओ, किनकि लडाइँ तपाईंहरूको होइन, तर परमप्रभुको हो ।
16तिमीहरू भोलि उनीहरूका विरुद्धमा जानुपर्छ । हेर, उनीहरू जीजको बाटो भएर आउँदैछन् । तिमीहरूले उनीहरूलाई बेसीको पल्लो छेउमा यरूएलको उजाड-स्थान अगि भेट्ने छौ ।
17यो लडाइँ तिमीहरूले लड्नुपर्ने छैन । ए यहूदा र यरूशलेम, आफ्नो पंक्तिमा खडा होओ, स्थिर खडा होओ, र परमप्रभुले तिमीहरूलाई बचाउनुभएको कामलाई हेर । नडराओ, न त हतास होओ । तिनीहरूको विरुद्ध भोलि निस्केर जाओ, किनकि परमप्रभु तिमीहरूसँग हुनुहुन्छ ।’”
18यहोशापातले आफ्नो शिरलाई भूइँमा घोप्टो पारे । यहूदा र यरूशलेमका सबै बासिन्दा परमप्रभुको आराधना गर्दै उहाँको सामुन्ने घोप्टो परे ।
17तब दाऊदको ख्याति हरेक देशमा फैलियो, र परमप्रभुले सबै जातिहरूमाथि तिनको डर हालिदिनुभयो ।
3परमप्रभु यहोशापातसँग हुनुहुन्थ्यो किनकि तिनी आफ्ना पिता दाऊदले देखाएका उदाहरणअनुसार सुरु-सुरुमा हिंडे, र बालको खोजी गरेनन् ।
4बरू, तिनले आफ्ना पिताका परमेश्वरमा भरोसा गरे, र तिनका आज्ञाहरूमा चले, इस्राएलका व्यवहारअनुसार होइन ।
5यसरी परमप्रभुले तिनको हातमा शासन स्थापित गर्नुभयो । सारा यहूदाले यहोशापातलाई कर तिरे । तिनीसित धन-सम्पत्ति र ख्याति प्रशस्त थियो ।
6तिनको हृदय परमप्रभुका मार्गमा समर्पित थिए । तिनले यहूदाबाट डाँडाका थानहरू र अशेरा देवीका मूर्तिहरू हटाउने काम पनि गरे ।
3यहोशापात डराए र परमप्रभुको खोजी गर्न अलग्गै गए । यहूदाभरि तिनले उपवासको घोषणा गरे ।
44यहोशापात इस्राएलका राजासित शान्तिमा रहे ।
45के यहोशापातका अरू कार्यहरू, तिनले देखाएका शक्ति र कसरी तिनले युद्ध लडे भन्ने विषयमा यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र?
31यस्तो भयो, जब रथहरूका फौज पतिले यहोशापातलाई देखे, उनीहरूले भने, “इस्राएलका राजा यिनै हुन् ।” तिनलाई आक्रमण गर्न तिनीहरू फर्के, तर यहोशापात चर्को सोरले कराए, र परमप्रभुले तिनको सहायता गर्नुभयो । परमेश्वरले तिनीहरूलाई तिनीबाट अर्कोतिर फर्काउनुभयो ।
32यस्तो भयो, जब रथहरूका फौज पतिले तिनी त इस्राएलका राजा होइन रहेछन् भन्ने देखे, तिनलाई खेद्न छोडेर तिनीहरू फर्किए ।
32जब रथहरूका सेनापतिहरूले यहोशापातलाई देखे तिनीहरूले भने, “निश्चय नै यिनी इस्राएलका राजा हुन् ।” तिनलाई आक्रमण गर्न तिनीहरू फर्कंदा यहोशापात चिच्च्याए ।
14फौजले गरारका चारैतिरका सबै बस्तीलाई नाश गरे, किनकि त्यहाँका बासिन्दाहरूमा परमप्रभुको त्रास परेको थियो । फौजले सबै बस्तीमा लूट मच्चाए र तिनीहरूसित धेरै लूटका माल भए ।
1¶ यसपछि यस्तो हुन आयो, मोआब र अम्मोनका मानिसहरू र तिनीहरूसँग केही मोनीहरू यहोशापातको विरुद्धमा युद्ध गर्न आए ।
1¶ यहूदाका राजा यहोशापात सुरक्षासाथ यरूशलेमको आफ्नो दरवार फर्के ।
27त्यसपछि यहूदा र यरूशलेमका हरेक मानिस यहोशापातलाई अगि लगाएर विजयको साथ यरूशलेम जानलाई फर्के, किनकि परमप्रभुले तिनीहरूका शत्रुमाथि तिनीहरूलाई आनन्दित तुल्याउनुभएको थियो ।
19जब हददेजेरका अधीनमा भएका सबै राजाले आफू इस्राएलद्वारा परास्त भएको देखे, तब उनीहरूले इस्राएलसँग शान्ति सम्झौता गरे र तिनीहरूका अधीनमा भए । यसरी अरामीहरू अम्मोनका मानिसहरूलाई फेर सहायता गर्न डराए ।
11पलिश्तीमध्ये कसैले यहोशापातकहाँ करको रूपमा उपहारहरू र चाँदीको ल्याए । अरबीहरूले तिनका निम्ति पनि सात हजार सात सय भेडा र सात हजार सात सय बोकाहरू ल्याए ।
12यहोशापात धेरै शक्तिशाली भए । तिनले यहूदामा किल्लाहरू र भण्डार राख्ने सहरहरू बनाए ।
8परमप्रभुले यहोशूलाई भन्नुभयो, “उनीहरूसँग नडरा । मैले उनीहरूलाई तेरो हातमा दिएको छु । उनीहरू कसैले पनि तेरो आक्रमणलाई रोक्न सक्ने छैनन् ।
9तिनीहरूले आफूसित परमप्रभुका व्यवस्थाको पुस्तक लिएर यहूदामा सिकाए । तिनीहरू यहूदाका सबै सहरमा गए र मानिसहरूका माझमा सिकाए ।
7यसैले अब, परमप्रभुको भय तिमीहरूमा रहोस् । न्याय गर्दा होसियार होओ, किनकि परमप्रभु हाम्रा परमेश्वरमा अधर्म हुँदैन, नत उहाँमा पक्षपात र घूस लिने काम नै हुन्छ ।”
14त्यस दिन परमप्रभुले यहोशूलाई सबै इस्राएलको दृष्टिमा महान् बनाउनुभयो । तिनीहरूले मोशालाई आदर गरेझैँ तिनको सारा जीवनभरि तिनलाई पनि आदर गरे ।
7हे जातिहरूका महाराजा, तपाईंदेखि को डराउँदैन र? तपाईं यसैको लागि योग्य हुनुहुन्छ, किनकि जातिहरूका सबै बुद्धिमान् मानिसहरू र तिनीहरूका सबै राज्यहरूका बिचमा तपाईंजस्तो कोही पनि छैन ।
9तिनले उनीहरूलाई यसो भनेर निर्देशन दिए, “तिमीहरूले सधैँ परमेश्वरको भय राखेर विश्वाससित र आफ्ना सारा हृदयले काम गर्नुपर्छ ।
39तर तिमीहरूले आफ्ना परमप्रभु परमेश्वरको आदर गर्नेछौ । उहाँले तिमीहरूका शत्रुहरूको शक्तिबाट तिमीहरूलाई छुटकारा दिनुहुनेछ ।”
20तिनीहरू बिहान सबेरै उठे र निस्केर तकोको उजाड-स्थानमा गए । जब तिनीहरू निस्केर गए, तब यहोशापात खडा भए र भने, “हे यहूदा र यरूशलेमका बासिन्दा हो, मेरो कुरा सुन । परमप्रभु आफ्ना परमेश्वरमा भरोसा राख र तिमीहरूलाई सहायता मिल्ने छ । उहँका अगमवक्तामाथि भरोसा गर, र तिमीहरू सफल हुने छौ ।”
18यसरी इस्राएलका मानिसहरूलाई त्यस बेला पराजित गरियो । यहूदाका मानिसहरूले जिते, किनभने तिनीहरूले परमप्रभु आफ्ना पुर्खाहरूका परमेश्वरमाथि भरोसा गरे ।
25कुनै मानिस तिमीहरूको सामु खडा हुन सक्दैन । परमप्रभु तिमीहरूका परमेश्वरले भन्नुभएझैँ तिमीहरूले कुल्चने सारा भूमिमा उहाँले तिमीहरूको डर र त्रास हालिदिनुहुने छ ।
13सबै मानिस यो सुनेर डराउने छन् अनि अब उसो अहङ्कारी हुने छैनन् ।
8सारा पृथ्वीले परमप्रभुको भय मानोस् । संसारका सबै बासिन्दा उहाँको भयमा खडा होऊन् ।
22तिनीहरूदेखि नडराओ किनकि परमप्रभु तिमीहरूका परमेश्वर नै तिमीहरूको पक्षमा लड्नुहुने छ ।'
25अनि तिनले तिनीहरूलाई भने, “नडराओ, र निराश नहोओ । बलियो र साहसी होओ । तिमीहरूले लड्न गइरहेका तिमीहरूका शत्रुहरूलाई परमप्रभुले यसै गर्नुहुन्छ ।”
3किनकि तब तिनीहरूले यसो भन्नेछन्, “हाम्रा राजा छैनन्, किनकि हामीले परमप्रभुको भय मानेनौं, अनि राजा भए पनि उनले हाम्रो निम्ति के गर्न सक्थे र?”
6तिनले यहूदामा किल्ला भएका सहरहरू निर्माण गरे, किनकि देशमा शान्ति थियो, र ती वर्षहरूमा तिनले युद्ध गर्नुपरेन, किनभने परमप्रभुले तिनलाई शान्ति दिनुभएको थियो ।
29तब मैले तिमीहरूलाई भनेँ, 'भयभीत नहोओ, न त तिनीहरूदेखि डराओ ।
15यी दिनहरूमा पनि म यरूशलेम र यहूदाको घरानालाई भलाइ गर्ने योजना गर्नेछु! नडराओ!
15हे परमप्रभु, जातिहरूले तपाईंको नाउँको आदर गर्नेछन् र पृथ्वीका सबै राजाले तपाईंको महिमाको आदर गर्नेछन् ।
23परमप्रभुप्रतिको आदरले मानिसहरूलाई जीवनमा डोर्याउँछ । यो हुने कुनै पनि व्यक्ति सन्तुष्ट हुने छ, र त्यसलाई नोक्सानीले छुँदैन ।
12यहोशापातले भने, “परमप्रभुको वचन तिनीसित छ ।” त्यसैले इस्राएलका राजा यहोशापात र एदोमका राजा तिनीकहाँ तल गए ।
11जब शाऊल र सारा इस्राएलले त्यो पलिश्तीले भनेको कुरा सुने, तिनीहरू निरुत्साहित भए र साह्रै डराए ।