२ इतिहास 17:13

अनलक शाब्दिक बाइबल

यहूदाका सहरहरूमा तिनीसँग प्रशस्‍त खानेकुरा बलिया, र यरूशलेममा बलिया र शक्तिशाली मानिस सिपाहीहरू थिए ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • १ इति 27:25-31 : 25 राजाका भण्‍डारहरूको जिम्‍मा अदीएलका छोरा अज्‍मावेतलाई दिइयो । देशका, सहरहरूका, गाउँहरूका र किल्‍ला भएका सहरहरूका भण्‍डारहरू उज्‍जियाहका छोरा जोनाथनको जिम्‍मामा दिइयो । 26 देशमा जमिन जोत्दै खेती-किसानी गर्नेहरू कलूबको छोरा एस्रीको जिम्‍मामा थिए । 27 दाखबारीहरू रामती शिमीको जिम्‍मामा थिए, अनि दाख र दाखमद्य व्‍यापारीको जिम्‍मा शेपेमी जब्‍दीको दिइयो । 28 तराईमा भएका भद्राक्ष र अञ्‍जीरको हेरचाह गर्ने गेदेरी बाल-हानान थिए, र तेल राख्‍ने भण्‍डार योआशको जिम्‍मामा थियो । 29 शारोनमा चर्ने गाईबस्‍तु शारोनी शित्रैको जिम्‍मामा थिए, र बेसीमा चर्ने गाईबस्‍तु अदलैका छोरा शाफातको जिम्‍मामा थिए । 30 ऊँटहरू इश्‍माएली ओबीलको जिम्‍मामा थिए, र गधाहरू मेरोनोती येहदयाहको जिम्‍मामा थिए । भेडाबाख्रा हग्री याजीजको जिम्‍मामा थिए । 31 हग्री याजीज भेडाबाख्राका निरीक्षक थिए। यी अधिकारीहरू दाऊद राजाका सम्‍पत्तिका निरीक्षक थिए ।
  • २ इति 26:10-15 : 10 तिनले उजाड-स्‍थानमा अरू रक्षक धरहराहरू बनाए, र पहाड र बेसी दुवैमा तिनका गाईबस्‍तुका धेरै बथान भएको कारणले तिनले धेरै वटा कूवाहरू खने । पहाडी इलाकामा र फलवन्त खेतहरूमा तिनका खेती गर्ने किसानहरू र दाखबारी हेर्नेहरू पनि थिए, किनकि तिनले खेतीपाती मन पराउँथे । 11 यसबाहेक उज्‍जियाहको युद्ध गर्ने एउटा फौज पनि थियो, जो फजका मुख्‍य सचिव यहीएल र अधिकृत मासेयाहले गणना गरेका दल-दल गरी राजाका कमाण्‍डरमध्‍ये एक जना हनन्‍याहको अधीनमा युद्धमा जान्थे । 12 वीर योद्धाहरूको नेतृत्‍व गर्ने परिवारका अगुवाहरूका जम्‍मा संख्‍या २,६०० थियो । 13 तिनीहरूको अधीनमा ३,०७,५०० योद्धाहरू भएको एक विर फौज थियो जसले राजालाई शत्रुहरूका विरुद्धमा सहायता पुर्‍याउन ठुलो शक्तिका साथमा युद्ध गरे । 14 तिनीहरूका निम्ति—सबै फौजका निम्‍ति उज्‍जियाहले ढाल, भाला, टोप, कवच, धनु र घुयेंत्राहरू तयार गरे । 15 धरहरा र बुर्जाहरूमा प्रयोग गर्न सिपालु कारीगरहरूले बनाएका काँडहरू र ठुला ढुङ्गा हान्‍ने यन्‍त्रहरू तिनले यरूशलेममा तयार पारे । तिनको ख्‍याति टाढाका देशसम्‍म पुग्‍यो, किनकि तिनलाई ठुलो सहायता मिलेको थयो र यसैले तिनी धेरै शक्तिशाली भए ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 12यहोशापात धेरै शक्तिशाली भए । तिनले यहूदामा किल्‍लाहरू र भण्‍डार राख्‍ने सहरहरू बनाए ।

  • २ इति 17:14-19
    6 पदहरू
    77%

    14तिनीहरू आआफ्‍नो पिताका घरानाअनुसार सूचिकृत गरिएका दलहरू यी नै थिएः यहूदाबाट हजारका फौज पतिहरू, फौज पति अदनाह र तिनका साथमा तीन लाख योद्धाहरू ।

    15तिनीपछि फौज पति येहोहानान र तिनका साथमा दुई लाख असी हजार मानिसहरू।

    16तिनीपछि जिक्रीका छोरा अमसिया, जसले स्वेच्छाले परमप्रभुका सेवाको निम्ति आफूलाई समर्पित गरे । अनि तिनीसँग दुई लाखको योद्धाहरू ।

    17बेन्‍यामीनबाटः एक जना शक्तिशाली व्यक्ति एल्‍यादा, र तिनका साथमा धनु र ढालले सुसज्‍जित भएका दुई लाखको फौज ।

    18तिनीपछि यहोजाबाद, र तिनका साथमा युद्धको निम्ति तयार भएका एक लाख असी हजारको फौज ।

    19यिनीहरू यहूदाका किल्‍ला भएका सहरहरूमा राजाले राखेकाबाहेकका थिए ।

  • २ इति 11:10-12
    3 पदहरू
    74%

    10सोरा, अय्‍यालोन र हेब्रोन निर्माण गरे । यहूदा र बेन्‍यामीनका किल्‍लाबन्‍दी गरिएका सहरहरू यि नै थिए ।

    11तिनले ती गढीहरू किल्‍लाबन्‍दी गरे र तिनमा कमाण्‍डरहरू नियुक्त गरे । त्यहाँ तिनले खानेकुरा, तेल र दाखमद्य पनि तिनमा सञ्‍चय गरिदिए ।

    12तिनले सबै सहरमा ढाल र भालाहरू राखे, र तिनीहरूलाई धेरै बलियो बनाए । यसरी यहूदा र बेन्‍यामीन तिनका भए ।

  • २ इति 17:1-2
    2 पदहरू
    73%

    1¶ आसाका छोरा यहोशापात तिनको ठाउँमा राजा भए । यहोशापातले इस्राएलको विरूद्ध आफैलाई मजबुत बनाए ।

    2तिनले यहूदाका किल्‍ला भएका सबै सहरमा फौज राखे, र यहूदाभरि र तिनका पिता आसाले कब्‍जा गरेका एफ्राइमका सहरहरूमा रक्षाको निम्‍ति छाउनीहरू राखे ।

  • २ इति 17:5-6
    2 पदहरू
    72%

    5यसरी परमप्रभुले तिनको हातमा शासन स्थापित गर्नुभयो । सारा यहूदाले यहोशापातलाई कर तिरे । तिनीसित धन-सम्‍पत्ति र ख्‍याति प्रशस्‍त थियो ।

    6तिनको हृदय परमप्रभुका मार्गमा समर्पित थिए । तिनले यहूदाबाट डाँडाका थानहरू र अशेरा देवीका मूर्तिहरू हटाउने काम पनि गरे ।

  • २ इति 19:4-5
    2 पदहरू
    72%

    4यहोशापातको यरूशलेममा बसे । अनि तिनी फेरि बेर्शेबादेखि एफ्राइमको पहाडी देशमा मानिसहरूका माझमा गए र तिनीहरूलाई परमप्रभु आफ्‍ना पुर्खाहरूका परमेश्‍वरकहाँ फर्काएर ल्‍याए ।

    5यहूदाका किल्लाबन्‍दी गरिएका सबै सहरमा तिनले न्‍यायकर्ताहरू नियुक्त गरे ।

  • २ इति 14:6-8
    3 पदहरू
    71%

    6तिनले यहूदामा किल्‍ला भएका सहरहरू निर्माण गरे, किनकि देशमा शान्‍ति थियो, र ती वर्षहरूमा तिनले युद्ध गर्नुपरेन, किनभने परमप्रभुले तिनलाई शान्ति दिनुभएको थियो ।

    7किनकि आसाले यहूदालाई भने, “हामी यी सहरको निर्माण गरौं र तिनका चारैतिर पर्खाल, धरहरा, ढोका र बारहरू बनाऔँ । यो देश अझ हाम्रै हो, किनभने हामीले परमप्रभु हाम्रा परमेश्‍वरको खोजी गरेका छौं । हामीले उहाँलाई खोज्‍यौं, र हरेकतिरबाट उहाँले हामीलाई शन्‍ति दिनुभएको छ ।” यसैले तिनीहरूले निर्माण गरे र सफल भए ।

    8आसाका ढाल र भालाहरू बोक्‍ने फौज थियो । यहूदाबाट तीन लाख मानिस र बेन्‍यामीनबाट दुई लाख असी हजार मानिस जसले ढाल बोक्‍ने र धनुर्धारीहरू थिए । ती सबै शक्तिशाली योद्धा थिए ।

  • 11यी सबै येदीएलका छोराहरू थिए । तिनीहरूको वंशको सूचीमा १७,२०० घरानाका मुखियाहरू र सैनिक सेवाको निम्ति योद्धाहरू थिए ।

  • २ इति 26:11-13
    3 पदहरू
    71%

    11यसबाहेक उज्‍जियाहको युद्ध गर्ने एउटा फौज पनि थियो, जो फजका मुख्‍य सचिव यहीएल र अधिकृत मासेयाहले गणना गरेका दल-दल गरी राजाका कमाण्‍डरमध्‍ये एक जना हनन्‍याहको अधीनमा युद्धमा जान्थे ।

    12वीर योद्धाहरूको नेतृत्‍व गर्ने परिवारका अगुवाहरूका जम्‍मा संख्‍या २,६०० थियो ।

    13तिनीहरूको अधीनमा ३,०७,५०० योद्धाहरू भएको एक विर फौज थियो जसले राजालाई शत्रुहरूका विरुद्धमा सहायता पुर्‍याउन ठुलो शक्तिका साथमा युद्ध गरे ।

  • 4यसको साथै तिनले यहूदाको पहाडी देशमा सहरहरू बनाए, र वनमा किल्‍ला र धरहराहरू बनाए ।

  • 10यहूदाको वरिपरि भएका सबै राज्‍यहरूमा परमप्रभुको भय पर्‍यो, जसले गर्दा उनीहरूले यहोशापातको विरुद्धमा युद्ध गरेनन्‌ ।

  • २ इति 25:5-6
    2 पदहरू
    69%

    5यसको साथै अमस्‍याहले यहूदाका मानिसहरूलाई एकसाथ भेला गरे र तिनीहरूका पुर्ख्‍यौली घरानाअनुसार सारा यहूदा र बेन्‍यामीनका हजार र सयका कमाण्‍डरहरूका अधीनमा राखिदिए । तिनले बीस वर्ष पुगेका र त्‍यसभन्‍दा बढी उमेरका मानिको गन्‍ती गरे, र तिनीहरूको सङ्‍ख्‍या तीन लाख रोजाइमा परेका मानिस, सबै लडाइँ गर्न र भाला र ढाल चलाउन सक्‍नेहरू भएका तिनले थाहा पाए ।

    6तिनले एक सय चाँदीका तोडा तिरेर इस्राएलबाट एक लाख लडाकु योद्धाहरू भाडामा लिए ।

  • 45के यहोशापातका अरू कार्यहरू, तिनले देखाएका शक्ति र कसरी तिनले युद्ध लडे भन्ने विषयमा यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र?

  • 13तर अमस्‍याहले आफूसित युद्धमा नजाउन् भनी फिर्ता पठाइदिएका फौजले यहूदाका सामरियादेखि बेथ-होरोनसम्‍मका सहरहरू आक्रमण गरे । तिनीहरूले तीन हजार जना मानिसलाई मारे, र धेरै लूटका माल लिएर गए ।

  • 27त्‍यसपछि यहूदा र यरूशलेमका हरेक मानिस यहोशापातलाई अगि लगाएर विजयको साथ यरूशलेम जानलाई फर्के, किनकि परमप्रभुले तिनीहरूका शत्रुमाथि तिनीहरूलाई आनन्‍दित तुल्‍याउनुभएको थियो ।

  • 14त्यसपछि मनश्शेले बेसीको गीहोनको पश्‍चिमपट्टिदेखि माछा ढोकासम्म दाऊदको सहरका बाहिरको पर्खाल बनाए । तिनले ओफेल डाँडा घेरे र त्यो पर्खाल धेरै अल्गो बनाए । तिनले यहूदाका किल्ला भएका सबै सहरमा साहसी फौजका कमाण्‍डरहरू पनि खटाइदिए ।

  • 14यहूदा पनि यरूशलेमको विरुद्ध लडाइँ गर्नेछ । तिनीहरूले वरपरका सबै जातिहरूका सम्पत्तिहरू-सुन, चाँदी, र असल लुगाहरू प्रशस्त मात्रामा बटुल्नेछन् ।

  • 3अबिया चार लाख छानिएका बलिया र वीर योद्धाहरू लिएर युद्ध गर्न गए । यारोबामले छानिएका बलिया र वीर आठ लाख योद्धाहरू लडाँइको निम्ति तैनाथ गरे ।

  • 2वीर मानिसहरू र योद्धाहरू, न्यायकर्ता र अगमवक्ता, जोखना हेर्नेहरू र धर्मगुरुहरू,

  • 4तिनले यहूदाका किल्‍लाबन्‍दी गरिएका सहरहरू जिते र यरूशलेममा आइपुगे ।

  • 24ढाल बोक्‍ने र भाला चलाउने यहूदाबाट ६,८०० जना हतियारले सुसज्‍जितहरू थिए ।

  • 31हेब्रोनका सन्तानहरूबाट, यरियाहचाहिं तिनीहरूका परिवारहरूका सूचीबाट गनिएका सन्तानहरूका अगुवा थिए । दाऊदका शासनको चालीसौं वर्षमा हेब्रोनीहरूको वंशावलीमा खोजतलाश गरियो, र गिलादको याजेरमा तिनीहरूका योग्‍यका मानिसहरू भेट्टाइए ।

  • 3यरूशलेममा बस्‍ने प्रादेशिक अधिकारीहरू यी नै हुन् । तथापि केही इस्राएलीहरू, पुजारीहरू, लेवीहरू, मन्दिरका सेवकहरू र सोलोमनका सेवकहरूका सन्तानहरूचाहिँ यहूदाका सहरहरूमा आ-आफ्नै जग्गाजमिनमा बसोबास गरे ।

  • 26सोलोमनले रथहरू र घोडचढीहरू जम्मा गरे । तिनका चौध सयवटा रथ र बाह्र हजार घोडचढी थिए जसलाई तिनले रथ राख्ने सहरहरू र आफूसितै यरूशलेममा पनि राख्ने गर्थे ।

  • 14सोलोमनले रथहरू र घोडचढीहरू जम्‍मा गरे, र तिनीसँग चौध सय रथ र बाह्र हजार घोडचढीहरू थिए, जसलाई तिनले रथ राख्‍ने सहरहरूमा र आफू, अर्थात् यरूशलेममा राजसित राखे ।

  • 9त्यसपछि योआबले लडाकु मानिसका जम्‍मा सङ्ख्या राजालाई बताइदिए । इस्राएलमा तरवार चलाउन सक्‍ने साहसी मानिसहरू ८,००,००० थिए र यहूदामा ५,००,००० मानिसहरू थिए ।

  • 25सोलोमनसँग आफ्‍ना घोडा र रथहरूका निम्‍ति चार हजार तबेला थिए । अनि तिनका बाह्र हजार घोडचडी थिए, जसलाई तिनले रथहरू राख्‍ने सहरहरूमा र अरूलाई चाहिं आफूसित यरूशलेममा राखे ।

  • 19र आफ्ना रथहहरू र घोडचढीहरू राख्नका निम्ति सहरहरू बनाए । यरूशलेम, लेबनान र आफूले शासन गरेका सबै इलाकामा आफूले इच्छा गरेअनुसार तिनले बनाउने काम गरे ।

  • 26यहूदाका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूको अभिलेखबाट लडाइँमा जान सक्‍ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए ।

  • 13साहसिलो होऊ! हामी आफ्‍ना मानिस र हाम्रा परमेश्‍वरका सहरहरूका निम्‍ति साहसिलो होऔं, किनकि परमप्रभुको दृष्‍टिमा जे असल छ उहाँले त्‍यही गर्नुहुनेछ ।”

  • 14एउटा सानो सहर थियो जहाँ थोरै मात्र मानिसहरू थिए । एउटा महान् राजा यसको विरुद्धमा आएर यसलाई घेरा हाले र यसको विरुद्धमा चारैतिर घेरा-मचान लगाए ।

  • 5त्यसपछि योआबले दाऊदलाई योद्धाहरूको जम्मा संख्या बताए । इस्राएलमा तरवार चलाउन सक्‍नेहरू इस्राएलमा ११ लाख थिए । यहूदामा मात्र ४ लाख ७० हजार सेना थिए ।

  • 5रहबाम यरूशलेममा बसोबास गरे र सुरक्षाको निम्ति यहूदामा सहरहरू निर्माण गरे ।

  • 1¶ यहूदाका राजा यहोशापात सुरक्षासाथ यरूशलेमको आफ्नो दरवार फर्के ।