२ इतिहास 20:14
तब सभाको बिचमा आसापका छोरामध्येका मत्तन्याहका जनाति, यहीएलका पनाति, बनायाहका नाति र जकरियाका छोरा एक जना लेवी यहासेलमाथि परमप्रभुका आत्मा आउनुभयो ।
तब सभाको बिचमा आसापका छोरामध्येका मत्तन्याहका जनाति, यहीएलका पनाति, बनायाहका नाति र जकरियाका छोरा एक जना लेवी यहासेलमाथि परमप्रभुका आत्मा आउनुभयो ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
1¶ परमेश्वरका आत्मा ओदेदका छोरा अजर्याहमाथि आउनुभयो ।
15यहासेलले भने, “हे सारा यहूदा र यरूशलेमका सबै बासिन्दा र राजा यहोशापात, सुन्नुहोस् । परमप्रभु तपाईंहरूलाई यही भन्नुहुन्छ, ‘नडराओ, यस ठूलो फौजका कारणले हतास नहोओ, किनकि लडाइँ तपाईंहरूको होइन, तर परमप्रभुको हो ।
16तिमीहरू भोलि उनीहरूका विरुद्धमा जानुपर्छ । हेर, उनीहरू जीजको बाटो भएर आउँदैछन् । तिमीहरूले उनीहरूलाई बेसीको पल्लो छेउमा यरूएलको उजाड-स्थान अगि भेट्ने छौ ।
17यो लडाइँ तिमीहरूले लड्नुपर्ने छैन । ए यहूदा र यरूशलेम, आफ्नो पंक्तिमा खडा होओ, स्थिर खडा होओ, र परमप्रभुले तिमीहरूलाई बचाउनुभएको कामलाई हेर । नडराओ, न त हतास होओ । तिनीहरूको विरुद्ध भोलि निस्केर जाओ, किनकि परमप्रभु तिमीहरूसँग हुनुहुन्छ ।’”
18यहोशापातले आफ्नो शिरलाई भूइँमा घोप्टो पारे । यहूदा र यरूशलेमका सबै बासिन्दा परमप्रभुको आराधना गर्दै उहाँको सामुन्ने घोप्टो परे ।
19कहाती र कोरहका वंशका कोही लेवीहरू चर्को सोरमा परमप्रभु इस्राएलका परमेश्वरको प्रशंसा गर्न खडा भए ।
20तिनीहरू बिहान सबेरै उठे र निस्केर तकोको उजाड-स्थानमा गए । जब तिनीहरू निस्केर गए, तब यहोशापात खडा भए र भने, “हे यहूदा र यरूशलेमका बासिन्दा हो, मेरो कुरा सुन । परमप्रभु आफ्ना परमेश्वरमा भरोसा राख र तिमीहरूलाई सहायता मिल्ने छ । उहँका अगमवक्तामाथि भरोसा गर, र तिमीहरू सफल हुने छौ ।”
13सारा यहूदा आफ्ना सासाना बालबालिका, पत्नीहरू र छोराछोरीसमेत परमप्रभुको अगि खडा भए ।
12तब लेवीहरू खडा भएः कहातीहरूका मानिसहरूबाट अमासैका छोरा महत र अजर्याहका छोरा योएल, अनि मरारीहरूका मानिसहरूबाट अब्दीका छोरा कीश र यहललेलका छोरा अजर्याह, अनि गेर्शोनीहरूबाट जिम्माहका छोरा योआ र योआका छोरा अदन ।
13एलीजापानका छोराहरूबाट शिम्री र यहीएल, अनि आसापका छोराहरूबाट जकरिया र मत्तन्याह ।
14हेमानका छोराहरूबाट यहीएल र शिमी, अनि यदूतूनका छोराहरूबाट शमायाह र उज्जीएल ।
20यहोयादाका छोरा जकरिया पुजारीमाथि परमेश्वरका आत्मा आउनुभयो । जकरिया मानिसहरूका सामु खडा भए र तिनीहरूलाई भने, “परमेश्वर यसो भन्नुहुन्छ: ‘तिमीहरू किन परमप्रभुका आज्ञा उल्लङ्घन गर्छौ, जसले गर्दा तिमीहरूले उन्नति गर्न सक्दैनौ? तिमीहरूले परमप्रभुलाई त्यागेका हुनाले उहाँले पनि तिमीहरूलाई त्याग्नुभएको छ ।”
35योएल, योशिब्याहका छोरा येहू, जो सरायाहका नाति र असीएलका पनाति थिए,
36एल्योएनै, याकोबा, याशोहायाह, असायाह, अदीएल, यसीमीएल, बनायाह,
17यसैले लेवीहरूले योएलका छोरा हेमान, र तिनका दाजुभाइमध्ये बेरेक्याहका छोरा आसापलाई नियुक्त गरे । तिनीहरूले मरारीहरूको सन्तानका आफन्त कूशायाहका छोरा एतानलाई पनि नियुक्त गरे ।
18तिनीहरूसँगै दोस्रो दर्जाका आफन्तहरू थिएः जकरिया, याजीएल, शमीरामोत, यहीएल, उन्नी, एलीआब, बनायाह, मासेयाह, मत्तित्याह, एलीपलेहू, मिक्नेयाह, अनि ढोकाका सुरक्षा गार्डहरू ओबेद-एदोम र यीएल ।
5ती लेवीहरू अगुवा आसाप, तिनीपछि दोस्रा जकरिया, यीएल, शमीरामोत, यहीएल, मत्तित्याह, एलीआब, बनायाह, ओबेद-एदोम र यीएल थिए । तिनीहरूले सारङ्गी र वीणा बजाउँथे । आसापले चाहिं ठुलो स्वरमा झ्याली बजाउनुपर्थ्यो ।
6बनायाह र यहासेल पुजारीहरूले परमेश्वरका करारको सन्दूकको अगि निरन्तर रूपमा तुरही बजाउनुपर्थ्यो ।
34यहूदा, बेन्यामीन, शमायाह र यर्मिया तिनीहरूको पछि लागे ।
35साथै, तुरहीहरू बोकेर केही पुजाहारीहरूका छोराहरू र जकरिया, जो जोनाथनका छोरा, जो शमायाहका छोरा, जो मत्तन्याहका छोरा, जो मीकायाका छोरा, जो जक्कूरका छोरा, जो आसापका छोरा थिए, तिनीहरू पनि पछि लागे ।
29तब परमप्रभुको आत्मा यिप्तामाथि आउनुभयो, र तिनी गिलाद र मनश्शेबाट भएर गए, र गिलादको मिस्पाबाट भएर तिनी अम्मोनका मानिसहरूकहाँ पुगे ।
15तर अब मकहाँ एक जना सङ्गीतकार ल्याउनुहोस् ।” जब वीणा बजाउनेले वीणा बजाए तब परमप्रभुको हात एलीशामाथि पर्यो ।
3तिनीहरूका प्रधान अहीएजेर त्यसपछि योआश, दुवै जना गिबियाती शेमाहका छोराहरू थिए । अज्मावेतका छोराहरू यजीएल र पलेत थिए । बराकाह, अनातोती येहू,
4गिबोनी यिश्मायाह, जो तिस जनामध्येका एक सिपाही थिए (र तिस जनाका कमाण्डर थिए), यर्मिया, यहासेल, योहानान र गदेराती योजाबाद,
28तिनीहरू वीणा, सितार र तुरही बजाउँदै यरूशलेममा र परमप्रभुको मन्दिरमा आए ।
12सबै लेवी गायक, अर्थात् आसाप, हेमान र यदूतून, तिनीहरूका छोराहरू र दाजुभाइसमेत सबै जना, मलमलका कपडा लगाएर झ्याली, वीणा र सारङ्गीहरू लिएर वेदीको पूर्वपट्टि खडा भए । तिनीहरूका साथमा एक सय बिस जना तुरही बजाउने पुजारीहरू थिए ।
13तुरही बजाउनेहरू र गीत गाउनेहरूले परमप्रभुको प्रशंसा र धन्यवादको निम्ति एक सोर गरी आवाज निकाले । तिनीहरूले तुरही, झ्याली र अरू बाजाहरूसित सोर उचाले र तिनीहरूले परमप्रभुको प्रशंसा गरे । तिनीहरूले गाए, “उहाँ भलो हुनुहुन्छ, किनकि उहाँको करारको बफादारीता सदासर्वदा रहन्छ ।” तब त्यो मन्दिर, परमप्रभुको मन्दिर बादलले भरियो ।
9लेवीहरू: अजन्याहका छोरा येशूअ, हेनादादका छोरा बिन्नूई, कादमीएल,
8लेवीहरू: येशूअ, बिन्नूई, कादमीएल, शरेबियाह, यहूदा र मत्तन्याह । मत्तन्याह आफ्ना सहयोगीहरूसँग धन्यवाद ज्ञापनका भजनहरूका जिम्मावाल थिए ।
12यहोशापातले भने, “परमप्रभुको वचन तिनीसित छ ।” त्यसैले इस्राएलका राजा यहोशापात र एदोमका राजा तिनीकहाँ तल गए ।
4परमप्रभुको खोजी गर्न यहूदाका मानिसहरू एकसाथ भेला भए । यहूदाका सबै सहरबाट तिनीहरू परमप्रभुको खोजी गर्न आए ।
5यहूदा र यरूशलेमका सभाको सामु परमप्रभुका मन्दिरको नयाँ चोकको अगि यहोशापात खडा भए ।
5तब परमप्रभुको मन्दिर निर्माण गर्न परमेश्वरले उत्तेजित पार्नुभएका हरेक मानिस, यहूदा र बेन्यामीनका कुलाका प्रमुख अगुवाहरू र पुजारीहरू अनि लेवीहरू उठे ।
2परमप्रभुको आत्मा उहाँमाथि रहेनुहुनेछ, बुद्धि र समझको आत्मा, सुझाव र शक्तिको आत्मा, ज्ञान र परमप्रभुको भयको आत्मा ।
13हिजकिया राजा र परमेश्वरको मन्दिरका अधिकारी अजर्याहले नियुक्त गरेका कोनन्याह र तिनका भाइ शिमीको मातहतमा रही तिनीहरूलाई सहायता गर्ने यहीएल, अजज्याह, नहत, असाहेल, यरीमोत, योजाबाद, एलीएल, यिस्मक्याह, महत र बनायाह थिए ।
14जब यहूदाका मानिसहरूले पछाडि हेरे, तब हेर, लडाइँ आफ्नो अगाडि र पछाडि दुवैतिर भएको देखे । तिनीहरूले परमप्रभुमा पुकारा गरे, र पुजारीहरूले आफ्ना तुरहीहरू फुके ।
34तर परमप्रभुको आत्मा गिदोनमाथि आउनुभयो । गिदोनले तुरही फुके, र अबीएजेरी वंशलाई बोलाए ताकि उनीहरू तिनको पछि लाग्न सकून् ।
3यदूतूनका छोराहरूबाटः गदल्याह, सेरी, यशयाह, शिमी, हशब्याह र मत्तित्याह, आफ्ना पिता यदूतूनका निर्देशनमा जम्मा छ जना, जसले परमप्रभुलाई धन्यवाद र स्तुति गर्नको निम्ति वीणा बजाउँथे ।
5जत्तूका परिवारका– बेन यहासेल र तिनीसँग ३०० पुरुष थिए ।
7दाराको शासनकालको दोस्रो वर्षको एघारौँ महिनाको चौबिसौँ दिन, अर्थात् शेबातको महिनामा, अगमवक्ता इद्दोका नाति बेरेक्याहका छोरा जकरियाकहाँ परमप्रभुको यस्तो वचन आयो,
24लेवीहरूका अगुवाहरू हशब्याह, शरेबियाह, कादमीएलका छोरा येशूअ र तिनीहरूका सहयोगीहरू, जो तिनीहरूका सामुन्ने खडा हुन्थे, र आ-आफ्नो पालोअनुसार परमेश्वरका जन दाऊदको आज्ञामुताबिक प्रशंसा गर्ने र धन्यवाद दिने गर्थे ।
1¶ यसपछि यस्तो हुन आयो, मोआब र अम्मोनका मानिसहरू र तिनीहरूसँग केही मोनीहरू यहोशापातको विरुद्धमा युद्ध गर्न आए ।
15बक्बक्कर, हारेश, गालाल अनि मत्तन्याह, जो मीकाका छोरा जो जिक्रीका छोरा, जो आसापका छोरा पनि थिए ।
20जकरिया, अजीएल, शमीरामोत, यहीएल, उन्नी, एलीआब, मासेयाह र बनायाहले सारङ्गीमा अलामोत राग बजाए ।
11हेर, परमप्रभुका सबै विषयमा मुख्य पुजारी अमर्याह तिमीहरूमाथि छन् । राजा सम्बन्धमा सबै विषयमा यहूदाका घरानाका अगुवा इश्माएलका छोरा जबदियाह निरीक्षक छन् । साथै लेवीहरूले अधिकारीहरूका रूपमा तिमीहरूका सेवा गर्नेछन् । बलिया होओ र तिमीहरूलाई दिइएका निर्देशनहरू पालना गर, र असल गर्नेहरूका साथमा परमप्रभु रनुभएको होस् ।”
26एलामका परिवारका: मत्तन्याह, जकरिया, यहीएल, अब्दी, यरेमोत र एलिया ।
1¶ पतुएलका छोरा योएलकहाँ आएको परमप्रभु वचन यही हो ।
9येशूअ र तिनका छोराहरूसाथै दाजुभाइहरू, कादमीएल र तिनका छोराहरू (जो होदबियाका सन्तानहरू थिए), हेनादादका छोराहरू र तिनीहरूका छोराहरू र दाजुभाइ जो सबै लेवी थिए, तिनीहरू परमप्रभुको मन्दिर निर्माण गर्नेहरूको निरीक्षण गर्न एकजुट भए ।
2तिमीहरू युद्धमा जानै लाग्दा पुजारी नजिक आएर मानिसहरूलाई उसले यसो भन्नुपर्छ,
21गिलादमा भएका मनश्शेको आधाकुलका निम्ति जकरियाका छोरा इद्दो अगुवा थिए । बेन्यामीनका कुलका निम्ति अबनेरका छोरा यासीएल अगुवा थिए ।