२ इतिहास 24:20

अनलक शाब्दिक बाइबल

यहोयादाका छोरा जकरिया पुजारीमाथि परमेश्‍वरका आत्मा आउनुभयो । जकरिया मानिसहरूका सामु खडा भए र तिनीहरूलाई भने, “परमेश्‍वर यसो भन्‍नुहुन्छ: ‘तिमीहरू किन परमप्रभुका आज्ञा उल्लङ्घन गर्छौ, जसले गर्दा तिमीहरूले उन्‍नति गर्न सक्दैनौ? तिमीहरूले परमप्रभुलाई त्यागेका हुनाले उहाँले पनि तिमीहरूलाई त्याग्‍नुभएको छ ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • गिन 14:41 : 41 तर मोशाले भने, “तिमीहरू परमप्रभुको आज्ञा किन तोड्छौ? तिमीहरू सफल हुनेछेनौ ।
  • २ इति 20:14 : 14 तब सभाको बिचमा आसापका छोरामध्येका मत्तन्‍याहका जनाति, यहीएलका पनाति, बनायाहका नाति र जकरियाका छोरा एक जना लेवी यहासेलमाथि परमप्रभुका आत्‍मा आउनुभयो ।
  • १ इति 12:18 : 18 तब अमासैमा आत्मा आउनुभयो, जो ती तिस जनामध्‍येका अगुवा थिए । अमासैले भने, “ए दाऊद, हामी तपाईंका हौं । ए यिशैका छोरा, हामी तपाईंको पक्षमा छौं । तपाईंलाई सहायता गर्ने जोसुकैमा शान्ति होस् । तपाईंका सहयोगीहरूमा शान्‍ति होस्, किनकि तपाईंका परमेश्‍वरले तपाईंलाई सहायता गरिरहनुभएको छ ।” तब दाऊदले तिनीहरूलाई ग्रहण गरे र आफ्‍ना मानिसहरूका कमाण्डरहरू तुल्‍याए ।
  • २ इति 15:1-2 : 1 ¶ परमेश्‍वरका आत्‍मा ओदेदका छोरा अजर्याहमाथि आउनुभयो । 2 तिनी आसालाई भेट गर्न गए र तिनलाई भने, “ए आसा, यहूदा र बेन्‍यामीनका सबै जना, मेरा कुरा सुन्‍नुहोस्: जब तपाईंहरू परमप्रभुसँग रहनुहुन्छ, तब उहाँ पनि तपाईंहरूसँग हुनुहुन्‍छ । तपाईंहरूले उहाँलाई खोज्नुभयो भने, तपाईंहरूले उहाँलाई भेट्टाउनुहुनेछ । तर तपाईंहरूले उहाँलाई त्‍याग्‍नुभयो भने उहाँले पनि तपाईंहरूलाई त्‍याग्‍नुहुनेछ ।
  • मत्त 23:35 : 35 यसको परिणाम यस्तो हुनेछ, कि पृथ्वीमा बगाइएका सबै धर्मी जनको रगत तिमीहरूमाथि आइपर्नेछ– धर्मी हाबिलको रगतदेखि लिएर बेरेक्याहका छोरा जकरियाको रगतसम्म, जसलाई तिमीहरूले पवित्र-स्थान र वेदीको माझमा हत्या गर्‍यौ ।
  • १ इति 28:9 : 9 ए मेरा छोरा सोलोमन, आफ्‍ना बुबाका परमेश्‍वरको आज्ञा पालन गर, र आफ्‍ना सारा हृदय र राजीखुशीले उहाँको सेवा गर । यसो गर, किनभने परमप्रभुले सबै हृदयलाई खोतल्‍नुहुन्‍छ र हरेक व्‍यक्‍तिको विचारहरूका हरेक उदेश्‍य बुझ्‍नुहुन्‍छ । तिमीले उहाँलाई खोज्‍यौ भने तिमीले उहाँलाई भेट्टाउनेछौ, तर तिमीले उहाँलाई त्‍याग्‍यौ भने, उहाँले तिमीलाई सधैंको निम्‍ति इन्‍कार गर्नुहुनेछ ।
  • २ इति 23:11 : 11 तब तिनीहरूले राजाका छोरालाई बाहिर ल्‍याए, तिनको शिरमा मुकुट लगाइदिए र तिनलाई करार-पत्र दिए । तब तिनीहरूले तिनलाई राजा बनाए र यहोयादा र तिनका छोराहरूले तिनलाई अभिषेक गरे । त्यसपछि तिनीहरूले भने, “राजा अमर रहून् ।”
  • यिर्मि 2:19 : 19 तिमीहरूको दुष्‍टताले नै तिमीहरूलाई हप्काउँछ, र तिमीहरूको अविश्‍वासले नै तिमीहरूलाई दण्ड दिन्छ । त्यसैले यसबारे विचार गर, र बुझ, परमप्रभु तिमीहरूका परमेश्‍वरलाई त्यागेर उहाँको डर नमान्‍नु भनेको दुष्‍ट र तितो कुरा हो, यो सर्वशक्तिमान् परमप्रभु परमेश्‍वरको घोषणा हो ।
  • यिर्मि 4:18 : 18 र तेरा चाल र कामहरूले तँमाथि यी कुरा ल्याएका छन् । यो तेरो दण्ड हुनेछ । यो कति भयानक हुनेछ! यसले तेरो हृदयलाई नै प्रहार गर्नेछ ।
  • यिर्मि 5:19 : 19 जब तँ, इस्राएल र यहूदाले यसो भन्‍छस्, ‘परमप्रभु हाम्रा परमेश्‍वरले किन हामीलाई यी सबै कुरा गर्नुभएको?’ तब तँ यर्मियाले तिनीहरूलाई भन्‍नेछस्, “जसरी तिमीहरूले परमप्रभुलाई त्याग्‍यौ र आफ्‍नै देशमा विदेशी देवताहरूको सेवा गर्‍यौ, त्यसरी नै तिमीहरूले विदेशमा पनि विदेशीहरूको सेवा गर्नुपर्नेछ ।”
  • यिर्मि 5:25 : 25 तिमीहरूका अधर्महरूले गर्दा यी कुरा हुनबाट रोकिएका छन् । तिमीहरूका पापले गर्दा भलाइ तिमीहरूकहाँ आउन रोकिएको छ ।
  • जक 7:11-14 : 11 तर तिनीहरूले ध्यान दिएनन् र हठी भएर आफ्नो पीठ फर्काए । तिनीहरूले आफ्ना कान थुने र केही पनि सुनेनन् । 12 व्यवस्था वा सेनाहरूका परमप्रभुको वचन नसुन्‍नको निम्ति तिनीहरूले आफ्ना हृदयलाई चट्टानझैँ कडा बनाए । पहिलेका समयमा, उहाँले यी सन्देशहरू आफ्ना मानिसहरूकहाँ आफ्नो आत्माद्वारा, अगमवक्ताहरूका ओठद्वारा पठाउनुभयो । तर ती मानिसहरूले सुन्‍न इन्कार गरे, यसैकारण सेनाहरूका परमप्रभु तिनीहरूसँग धेरै रिसाउनुभयो । 13 उहाँले बोलाउनुहुँदा, तिनीहरूले सुनेनन् । त्यसरी नै तिनीहरूले मेरो पुकारा गर्नेछन्, तर म त्यो सुन्‍नेछैनँ,” सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ । 14 “किनकि म आँधीबेहरीद्वारा तिनीहरूलाई तिनीहरूले नदेखेकाजातिहरूका बिचमा तितर-बितर पार्नेछु, र तिनीहरूपछि त्यो भूमि निर्जन हुनेछ । किनकि कोही पनि त्यो देशबाट भएर जानेछैन न त कोही त्यहाँ फर्कनेछ किनभने मानिसहरूले आफ्नो सुन्दर भूमिलाई उजाड बनाएका छन् ।”
  • व्यव 29:25-26 : 25 मानिसहरूले भन्‍ने छन्, 'तिनीहरूले मिश्रबाट ल्याउनुहुने परमप्रभु तिनीहरूका पिता-पुर्खाहरूका परमेश्‍वरले तिनीहरूसित बाँध्‍नुभएको करार त्यागेकाले गर्दा यसो भएको हो । 26 तिनीहरू आफूले नचिनेका र उहाँले तिनीहरूलाई नदिनुभएको अन्य देवताहरूको पछि लागी तिनीहरूको सेवा गरेकाले र तिनीहरूका सामु निहुरेकाले गर्दा यसो भएको हो ।
  • न्या 6:34 : 34 तर परमप्रभुको आत्मा गिदोनमाथि आउनुभयो । गिदोनले तुरही फुके, र अबीएजेरी वंशलाई बोलाए ताकि उनीहरू तिनको पछि लाग्‍न सकून् ।
  • १ शमू 13:13-14 : 13 तब शमूएलले शाऊललाई भने, “तपाईंले मूर्खतापूर्वक काम गर्नुभएको छ । परमप्रभु आफ्‍ना परमेश्‍वरले दिनुभएको आज्ञा तपाईंले पालन गर्नुभएको छैन । त्‍यसो गरेको भए परमप्रभुले इस्राएलमाथि तपाईंको शासन सदाको निम्‍ति स्थापित गर्नुहुनेथियो । 14 तर अब तपाईंको शासनले निरन्तरता पाउनेछैन । परमप्रभुले आफ्‍नोजस्‍तो हृदय भएको एक जना मानिसको खोजी गर्नुभएको छ र परमप्रभुले आफ्‍ना मानिसहरूका शासक हुन तिनलाई नियुक्‍त गर्नुभएको छ, किनभने उहाँले तपाईंलाई दिनुभएको आज्ञा तपाईंले पालन गर्नुभएको छैन ।”
  • २ शमू 12:9-9 : 9 त्यसैले तैंले परमप्रभुको दृष्‍टिमा जे खराब छ त्यही गरेर उहाँको आज्ञालाई किन तुच्‍छ ठानिस्? तैंले हित्ती उरियाहलाई तरवारले प्रहार गरिस् र त्यसको पत्‍नीलाई तेरो आफ्‍नै पत्‍नी हुनलाई लगेको छस् । तैंले अम्‍मोनको फौजको तरवारले त्यसलाई मारिस् । 10 त्यसैले अब तरवारले तेरो घरानालाई कहिल्यै छोड्ने छैन, किनभने तैंले मलाई घृणा गरेको छस् र हित्ती उरियाहको पत्‍नीलाई तेरो आफ्‍नो पत्‍नीको रूपमा लिएको छस् ।'

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • जक 7:7-8
    2 पदहरू
    74%

    7तिमीहरू यरूशलेम र आसपासका सहरहरूमा सम्पन्‍नतामाबसोबास गरिरहँदा र तिमीहरू नेगेव, र पश्‍चिमका पहाडहरूको फेदमा अवस्थित हुँदा, के अगिल्ला अगमवक्ताहरूका मुखबाट परमप्रभुले घोषणा गर्नुभएका वचन यी नै थिएनन् र?’”

    8परमप्रभुको यस्तो वचन जकरियाकहाँआयो,

  • २ इति 24:18-19
    2 पदहरू
    74%

    18तिनीहरूले परमप्रभु आफ्ना पुर्खाहरूका परमेश्‍वरको मन्दिरलाई त्यागे र अशेरा देवीका खम्बाहरू र मूर्तिहरूको पुजा गरे । तिनीहरूका यस खराबीले गर्दा यहूदा र यरूशलेममाथि परमेश्‍वरको क्रोध आइपर्‍यो ।

    19तापनि तिनीहरूलाई फेरि आफूकहाँ फर्काएर ल्याउन परमप्रभुले अगमवक्ताहरू पठाउनुभयो । ती अगमवक्ताहरूले तिनीहरूका कामको विरुद्धमा बोले, तर तिनीहरूले त्‍यो सुन्‍नलाई इन्कार गरे ।

  • जक 1:6-7
    2 पदहरू
    74%

    6तर मैले मेरा दास अगमवक्ताहरूलाई आज्ञा गरेका मेरा वचन र निर्णयहरूले के तिमीहरूका पिता-पुर्खाहरूलाई उछिनेकाछैनन् र? यसैकारण तिनीहरूले पाश्‍चाताप गरे र भने, ‘हाम्रा चाल र कामहरूअनुसारसुहाउँदो सेनाहरूका परमप्रभुले हामीसँग जस्तो व्यवहार गर्ने योजना गर्नुभयो, उहाँले हामीसित त्यस्तै गर्नुभएको छ ।’”

    7दाराको शासनकालको दोस्रो वर्षको एघारौँ महिनाको चौबिसौँ दिन, अर्थात् शेबातको महिनामा, अगमवक्ता इद्दोका नाति बेरेक्याहका छोरा जकरियाकहाँ परमप्रभुको यस्तो वचन आयो,

  • 21तर तिनीहरूले तिनको विरुद्धमा षड्यन्त्र रचे । राजाको हुकुम पाएर तिनीहरूले परमप्रभुका मन्दिरको चोकमा ढुङ्गा हानेर तिनलाई मारे ।

  • 5शीशकको कारणले यरूशलेममा भेला भएका रहबाम र यहूदाका अगुवाहरू भएको ठाउँमा शमयाह अगमवक्ता आए । शमायाहले तिनीहरूलाई भने, “परमप्रभु यसो भन्‍नुहुन्‍छ: ‘तिमीहरूले मलाई त्‍यागेका छौ, यसैले मैले पनि तिमीहरूलाई शीशकको हातमा सुम्‍पिदिएको छु’ ।”

  • जक 1:1-2
    2 पदहरू
    72%

    1¶ दाराको शासनकालको दोस्रो वर्षको आठौँ महिनामा, अगमवक्ता इद्दोका नाति बेरेक्याहका छोरा जकरियाकहाँ परमप्रभुको यस्तो वचन आय।

    2“परमप्रभु तिमीहरूका पिता-पुर्खाहरूसँग अत्यन्तै रिसाउनुभएको थियो!

  • 14तब सभाको बिचमा आसापका छोरामध्येका मत्तन्‍याहका जनाति, यहीएलका पनाति, बनायाहका नाति र जकरियाका छोरा एक जना लेवी यहासेलमाथि परमप्रभुका आत्‍मा आउनुभयो ।

  • 1¶ परमेश्‍वरका आत्‍मा ओदेदका छोरा अजर्याहमाथि आउनुभयो ।

  • २ इति 25:15-16
    2 पदहरू
    71%

    15यसैले अमस्‍याहको विरुद्धमा परमप्रभुको क्रोध दन्‍कियो । उहाँले एक जना अगमवक्ता पठाउनुभयो, जसले भने, “आफ्‍नै भक्तहरूलाई त तपाईंको हातदेखि बचाउन नसक्‍ने देवताहरूको खोजी तपाईं किन गर्नुभयो?”

    16यस्‍तो भयो, जब अगमवक्ता तिनीसित बोलिरहेका थिए, तब राजाले तिनलाई भने, “के हामीले तिमीलाई राजाका सल्‍लाहकार बनएका छौं र? चूप लाग । तँ किन मारिने?” तब अगमवक्ता चूप लागे र भने, “मलाई थाहा छ कि तपाईंले यो काम गरेर मेरो सल्‍लाह नसुन्‍नुभएको हुनाले परमेश्‍वरले तपाईंलाई नाश गर्ने निर्णय गर्नुभएको छ ।”

  • 6किनकि हाम्रा पुर्खाहरूले पाप गरे र परमप्रभु हाम्रा परमेश्‍वरको दृष्‍टिमा जे खराब थियो सो गरे । तिनीहरूले उहाँलाई त्‍यागे, परमप्रभुको बस्‍नुहुने ठाउँबाट आफ्नो मुहारहरू फर्काए, र त्यसतर्फ आफ्‍ना पीठ फर्काए ।

  • 71%

    25“सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'यरूशलेमका सबै मानिस, पुजारी मासेयाहका छोरा सपन्याह र सबै पुजारीलाई तेरो आफ्‍नै नाउँमा चिट्ठीहरू लेखेर यसो भनिस्,

    26'पुजारी यहोयादाको सट्टामा परमप्रभुले तिमीलाई परमप्रभुको मन्दिरको जिम्मा लिन पुजारी बनाउनुभएको छ । तिमी बरबराएर आफैलाई अगमवक्ताहरू बनाउने सबै मानिसको नियन्त्रणमा छौ । तिमीहरूले तिनीहरूलाई साङ्लाले बाँधेर ठिंगुरोमा हाल्नू ।

  • 26तर तिनले के गर्नुपर्छ भनेर परमप्रभुलाई सोधपुछ गर्न तिमीहरूलाई पठाउने यहूदाका राजालाई यही कुरा भनिदेओ, ‘तपाईंले सुन्‍नुभएको वचनको विषयमा परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ:

  • 9तर के तिमीहरूले हारूनको वंशका परमप्रभुका पुजारीहरू र लेवीहरूलाई लखेट्‍ने र अरू देशका मानिसहरूले गरेझैं आफ्‍नै पुजारीहरूलाई नियुक्त गरेनौ र? जुनसुकै मानिस पुजारी भएर सेवा गर्नलाई एउटा बाछो र सात वटा भेडा लिएर आउँछ, त्यो जो देवताहरू नै होइनन्, त्यसको पुजारी बन्छ ।

  • 14यसबाहेक अरू जातिहरूका सबै घिनलाग्दा कामका अनुसरण गरेर परमप्रभुले यरूशलेममा पवित्र गर्नुभएको उहाँको मन्दिरलाई अपवित्र पारेर पुजारीहरू र मानिसहरूका सबै अगुवाहरू अत्यन्तै विश्‍वासघाती भए । तिनीहरूले परमप्रभुले यरूशलेममा पवित्र गर्नुभएको मन्दिरलाई अपवित्र पारे ।

  • 18तर परमप्रभुको इच्छा जान्‍न तिमीहरूलाई पठाउने यहूदाका राजालाई चाहिं तिमीहरूले यसो भन, 'तपाईंले सुन्‍नुभएको वचनको विषयमा इस्राएलका परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छः

  • मल 2:1-2
    2 पदहरू
    71%

    1¶ ए पुजारी हो, यो आज्ञा तिमीहरूका निम्ति हो ।

    2“यदि मेरो नाउँलाई आदर गर्न तिमीहरूले सुन्दैनौ र त्यो हृदयमा राख्दैनौ भने, म तिमीहरूकहाँ सराप पठाउनेछु, र तिमीहरूका आशिषलाई पनि सराप दिनेछु, सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ । साँच्‍चै, मैले तिनीहरूलाई सराप दिइसकेको छु, किनभने तिमीहरूले मेरो आज्ञालाई आफ्नो हृदयमा राखेनौ ।

  • 12एलिया अगमवक्ताबाट यहोरामकहाँ एउटा पत्र आयो । त्‍यसमा लेखिएको थियो, “तपाईंका पुर्खा दाऊदका परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: ‘तँ आफ्‍ना बुबा यहोशापात चालमा चलिनस्, न त यहूदाका राजा आसाको चालमा नै चलिस्,

  • 8तर तिमीहरू साँचो मार्गबाट टाढा गएका छौ । तिमीहरूका शिक्षाले धेरैलाई ठेस लागेको छ । तिमीहरूले लेवीको करारलाई तोडेका छौ,” सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ ।

  • 20परमप्रभुले तिनीहरूलाई आफ्नो उपस्थितिबाट नहटाउनुभएसम्म उहाँको क्रोधद्वारा यी सबै घटना यरूशलेम र यहूदामा आइपरे । त्यसपछि सिदकियाहले बेबिलोनका राजाको विरुद्धमा विद्रोह गरे ।

  • 6यसले राजाले प्रधान पुजारी यहोयादालाई बोलाए र तिनलाई भने, “करारका आदेशहरूका पालको निम्ति परमप्रभुका दास मोशा र इस्राएलको समुदायले लगाएको कर यहूदा र यरूशलेमबाट ल्याउन भनी लेवीहरूलाई किन भन्‍नुभएको छैन?”

  • 12अनि शालतिएलका छोरा यरुबाबेल, र येहोसादाकका छोरा प्रधान पूजाहारी यहोशूले, बाँकी रहेका सबै मानिसका साथमा तिनीहरूका परमेश्‍वर परमप्रभुको आवाज र अगमवक्ता हाग्‍गैका वचनलाई पालन गरे, किनभने तिनीहरूका परमेश्‍वर परमप्रभुले तिनलाई पठाउनुभएको थियो र मानिसहरूले परमप्रभुको भय मान्थे ।

  • 21तिनले यहूदबाट आएका परमेश्वरका जनलाई यसो भनेर कराए, “परमप्रभु भन्नुहुन्छ, 'तँ परमप्रभुको वचनप्रति अनाज्ञाकारी भएकोले र परमप्रभुले तँलाई दिनुभएको वचन पालन नगरी

  • 17पुजारीहरू, परमप्रभुका सेवकहरू, दलान र वेदीको बिचमा रोऊन् । तिनीहरूले यसो भनून्, “हे परमप्रभु, आफ्‍ना मानिसहरू बाँकी राख्‍नुहोस्, र आफ्नो उत्तराधिकारलाई घृणाको पात्र बन्‍न नदिनुहोस्, र जातिहरूले तिनीहरूको गिल्ला नगरून् । तिनीहरूले जातिहरूका बिचमा यस्तो किन भन्‍नू, ‘तिनीहरूका परमेश्‍वर कहाँ छ?’”

  • 8पुजारीले सोधेन, 'परमप्रभु कहाँ हुनुहुन्छ?', र व्यवस्थाका ज्ञाताहरूले मेरो बारेमा वास्तै गरेनन् । गोठालाहरूले मेरो विरुद्धमा अपराध गरे । अगमवक्ताहरूले बाल देवताको लागि अगमवाणी बोले, र व्यर्थैका कुराहरूको पछि लागे ।

  • 11हेर, परमप्रभुका सबै विषयमा मुख्‍य पुजारी अमर्याह तिमीहरूमाथि छन्‌ । राजा सम्‍बन्‍धमा सबै विषयमा यहूदाका घरानाका अगुवा इश्‍माएलका छोरा जबदियाह निरीक्षक छन्‌ । साथै लेवीहरूले अधिकारीहरूका रूपमा तिमीहरूका सेवा गर्नेछन्‌ । बलिया होओ र तिमीहरूलाई दिइएका निर्देशनहरू पालना गर, र असल गर्नेहरूका साथमा परमप्रभु रनुभएको होस् ।”

  • 22अरूले यस्‍तो जवाफ दिनेछन्, ‘किनभने तिनीहरूले आफ्‍ना परमप्रभु परमेश्‍वरलाई त्‍यागे जसले तिनीहरूका पुर्खाहरूलाई मिश्रदेशबाट बाहिर निकालेर ल्‍याउनुभयो । अनि तिनीहरूले अरू देवताहरू स्‍थापना गरे र तिनीहरूको सामु दण्‍डवत गरे र तिनीहरूको पुजा गरे । यसैकारण परमप्रभुले यी सबै विपत्ति तिनीहरूमाथि ल्‍याउनुभयो ।’”

  • 19के तपाईंले यहूदालाई बिलकुलै इन्कार गर्नुभएको हो? के तपाईं सियोनलाई घृणा गर्नुहुन्छ? जब हामी निको हुनुछैन भने किन तपाईं हामीलाई कष्‍ट दिनुहुन्छ? हामीले शान्तिको आशा गर्‍यौँ, तर त्यहाँ कुनै असल कुरा थिएन र निको हुने समय थिएन, तर हेर्नुहोस् त्‍यहाँ त्रास मात्र छ ।

  • 70%

    10तब तैंले यी सबै वचन यी मानिसलाई भन्‍नेछस्, र तिनीहरूले तँलाई भन्‍नेछन्, 'परमप्रभुले किन हाम्रो विरुद्धमा यो सबै ठुला विपत्तिको आदेश दिनुभएको छ? परमप्रभु हाम्रा परमेश्‍वरको विरुद्धमा हामीले गरेका अपराध र पाप के हो?'

    11त्यसैले तिनीहरूलाई यसो भन्, 'तिमीहरूका पुर्खाहरूले मलाई त्यागे र तिनीहरू अरू देवताहरूको पछि गए र पुजा गरे, र तिनीहरूको सामु निहुरे, यो परमप्रभुको घोषणा हो । तिनीहरूले मलाई त्यागे र र मेरो व्यवस्था पालन गरेका छैनन् ।

  • विलाप 2:6-7
    2 पदहरू
    70%

    6उहाँले आफ्नो पवित्र वासस्थानलाई बगैँचाको छाप्रोलाई झैँ आक्रमण गर्नुभएको छ । उहाँले पवित्र सभाको स्थानलाई नष्‍ट गर्नुभएको छ । परमप्रभुले सियोनमा पवित्र सभा र शबाथ दुवैलाई बिर्सन लगाउनुभएको छ, किनकि उहाँले आफ्नो भयानक रिसमा राजा र पुजारी दुवैलाई तिरस्कार गर्नुभएको छ ।

    7परमप्रभुले आफ्नो वेदीलाई तिरस्कार गर्नुभएको छ, र पवित्र वासस्थानलाई त्यागिदिनुभएको छ । उहाँले त्यसका महलहरूका पर्खालहरू शत्रुको हातमा सुम्पिदिनुभएको छ । तोकिएको चाडको दिनमा जस्तै तिनीहरूले परमप्रभुको मन्दिरमा विजयको ध्वनि लगाएका छन् ।

  • 7तिमीहरू आफ्‍ना पुर्खाहरू वा आफ्ना दाजुभाइजस्‍तै नहोओ, जसले परमप्रभु आफ्‍ना पुर्खाहरूका परमेश्‍वरको विरुद्धमा विश्‍वासघात गरे, जसले गर्दा उहाँले तिनीहरूलाई त्रासका पात्र तुल्‍याउनुभयो, जुन तिमीहरूले देख्छौ ।

  • 8यसकारण परमप्रभुको क्रोध यहूदा र यरूशलेममाथि परेको थियो, र उहाँले तिनीहरूलाई डर, आतङ्क र घृणाका पात्र बनाउनुभएको छ, जस्‍तो तिमीहरूका आफ्नै आँखाले तिमीहरू देख्‍न सक्छौ ।

  • 7तब राजा योआशले यहोयादा पुजारी र अन्य पुजारीहरूलाई बोलाई तिनीहरूलाई भने, “किन तिमीहरूले मन्दिरमा केही पनि मर्मत गरेका छैनौ? अबदेखि तिमीहरूका कर उठाउनेहरूबाट रकम नउठाउनू, तर मन्दिरको मर्मतको लागि जे-जेति जम्मा भएका छन्, ती लिएर मर्मत गर्न सक्‍नेहरूलाई दिनू ।”

  • 4अब, यरुबाबेल साहसी हो! - परमप्रभु घोषणा गर्नुहुन्छ, र यहोसादाकका छोरा यहोशू साहसी हो, र भूमिका सबै मानिसहरू, साहसी होओ! - परमप्रभु घोषणा गर्नुहुन्छ- र काम गर्, किनकि म तिमीहरूसँग छु! यो सेनाहरूका परमप्रभुको घोषणा हो ।

  • 3तिनीहरूलाई भन्, 'परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः यस करारका वचनहरू नसुन्‍ने जोसुकै श्रापित होस् ।

  • 16परमप्रभु आफैले तिनीहरूलाई तितरबितर पारिदिनुभयो । उहाँले फेरि तिनीहरूको वास्ता गर्नुहुन्‍न । तिनीहरूले पुजारीहरूको आदर गर्दैनन्, र तिनीहरूले धर्म-गुरुहरूलाई निगाह गरेनन् ।

  • 3मनश्शेले गरेका सबै पापको कारणले परमप्रभुले यहूदालाई आफ्नो दृष्‍टिबाट हटाउन उहाँले बोल्‍नुभएको कुरा निश्‍चत रूपमा पुरा हुन आयो,

  • 21“जाओ र मेरो निम्ति, अनि इस्राएल र यहूदामा अझै बाँकी रहेकाहरूका निम्ति त्यस पुस्तकमा लेखिएका कुराका कारणले परमप्रभुको इच्छा खोज । यो साह्रै ठुलो छ, परमप्रभुको क्रोध हामीमाथि खन्‍याइएको छ । साह्रै ठुलो छ किनभने हाम्रा पुर्खाहरूले यस पुस्तकमा लेखिएका सबै कुरा पालन गर्नको निम्ति यसको वचन सुनेका छैनन् ।”

  • 15तिमीहरूले परमप्रभुको आवाज पालन गर्दैनौ, तर परमप्रभुको आज्ञाको विरुद्ध वोद्रिह गर्छौ भने, परमप्रभुको हात तिमीहरूको विरुद्धमा हुनेछ, जसरी त्‍यो तिमीहरूका पुर्खाहरूको विरुद्धमा थियो ।

  • 4तिमीहरूका पिता-पुर्खाहरूझैँ नहोओ जसलाई अगमवक्ताहरूले यस्तो भनेका थिए, “सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: तिमीहरूका खराब मार्गहरू र दुष्‍ट कामहरूबाट फर्क!” तर तिनीहरूले सुनेनन् र मलाई ध्यान दिएनन् - परमप्रभु घोषणा गर्नुहुन्छ ।’”

  • 4यसैकारण सेनाहरूका परमप्रभुको यस्तो वचन मकहाँ आयो,

  • 1¶ सातौँ वर्षमा यहोयादाले आफ्‍नो शक्ति प्रकट गरे र तिनले सय-सयका दलका कमाण्‍डरहरू, अर्थात्‌ यहोरामका छोरा अजर्याह, येहोहानानका छोरा इश्‍माएल, ओबेदका छोरा अजर्याह, अदायाहका छोरा मासेयाह र जिक्रीका छोरा एलीशापातसित करार सम्‍झौता गरे ।