२ इतिहास 23:13

अनलक शाब्दिक बाइबल

र तिनले हेरिन् र हेर, राजा आफ्‍नो स्‍तम्‍भको छेउमा ढोकानेर खडा थिए र कमाण्‍डरहरू र तुरही फुक्‍नेहरू राजाका छेउमा थिए । देशका सबै मानिसहरूले उत्‍सव मनाउँदै र तुरही बजाउँदै थिए । अनि गायकहरूले बाजाहरू बजाउँदै थिए र प्रशंसाको गानको नेतृत्‍व गरिरहेका थिए । तब अतल्‍याहले आफ्‍ना लुगा च्‍यातिन्‌ र कराएर भनिन्, “राजद्रोह! राजद्रोह!”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • गिन 10:1-9 : 1 ¶ परमप्रभुले मोशालाई भन्‍नुभयो, 2 “चाँदीका दुईवटा तुरही बना । चाँदीलाई पिटेर तिनीहरूलाई बना । तैँले तुरहीलाई समुदायलाई भेला हुन बोलाउन र तिनीहरूका छाउनी सार्न समुदायलाई बोलाउन प्रयोग गर्नुपर्छ । 3 भेट हुने पालको प्रवेश-द्वारमा तेरो अघि भेला हुन समुदायलाई बोलाउन पुजारीले तुरहीहरू फुक्‍नुपर्छ । 4 यदि पुजारीले एउटा मात्र तुरही फुक्यो भने, अगुवाहरू अर्थात् इस्राएलका कुलका प्रमुखहरू तँकहाँ आउनुपर्छ । 5 तैँले ठुलो आवाजमा सङ्केत दिँदा पूर्वतिरका छाउनीहरूले आफ्नो यात्रा सुरु गर्नुपर्छ । 6 दोस्रो पटक ठुलो आवाजमा सङ्केत गर्दा दक्षिणतिरका छाउनीहरूले तिनीहरूको यात्रा सुरु गर्नुपर्छ । तिनीहरूका यात्राको निम्ति तिनीहरूले ठुलो आवाजमा सङ्केत दिनुपर्छ । 7 समुदाय सँगै भेला हुँदा तुरही फुक, तर ठुलो आवाजमा होइन । 8 हारूनका छोराहरू अर्थात् पुजारीहरूले तुरही फुक्‍नुपर्छ । यो तिमीहरूलाई मानिसहरूका पुस्तौँ-पुस्तासम्म सदैवको निम्ति नियम हुनेछ । 9 तिमीहरूलाई अत्याचार गर्ने शत्रुको विरुद्ध आफ्नो मुलुकमा तिमीहरू युद्ध गर्न जाँदा, तिमीहरूले तुरहीसँगै जनाउँ-ध्वनि दिनुपर्छ । म परमप्रभु तिमीहरूका परमेश्‍वरले सम्झने छु र तिनीहरूलाई तिमीहरूका शत्रुहरूबाट बचाउने छु । 10 साथै नियमित चाड र महिनाको सुरुवात दुवै किसिमको उत्सवको समयमा, तिमीहरूले आफ्नो होमबलि र मेलबलि चढाउँदा तुरही बजाउनुपर्छ । यिनीहरूले म परमप्रभु तिमीहरूका परमेश्‍वरलाई याद दिलाउने छन् । म तिमीहरूका परमप्रभु परमेश्‍वर हुँ ।” दोस्रो वर्षको
  • न्या 7:8 : 8 यसैले चुनिएकाहरूले आ-आफ्ना सर-समान र तुरहीहरू लिए । गिदोनले इस्राएलका सबै मानिस, हरेक मानिसलाई उसको आफ्नै पालमा फर्काइदिए, तर तिनले ती तिन सय जना मानिसलाई राखे । अब मिद्दानीका छाउनी तल बेसीमा थियो ।
  • न्या 7:18-22 : 18 जब म तुरही फुक्छु, मसँग भएका सबै जनाले, तब छाउनीको हरेक कुनाबाट तिमीहरूका तुरहीहरू पनि फुक्‍नू र यसो भनेर कराउनू ‘परमप्रभुको निम्‍ति र गिदोनको निम्ति!’” 19 यसैले गिदोन र तिनीसँग भएका एक सय जना मानिस राती दश बजेतिर छाउनीको छेऊमा गए । मिद्दानीहरूले रक्षकको हेरफेर गर्दै थिए, तिनीहरूले तुरहीहरू फुके र आफ्‍ना हातहरूमा भएका गाग्रोहरू फुटाए । 20 तिनै दलले तुरहीहरू फुके र गाग्रोहरू फुटाए । तिनीहरूले राँकोलाई आ-आफ्ना देब्रे हातमा लिए र तुरही फुक्‍नलाई दाहिने हातमा बोके । तिनीहरू कराएर भने, “परमप्रभुको निम्‍ति र गिदोनको निम्‍ति तरवार ।” 21 हरेक मानिस आफ्नो ठाउँमा छाउनीको वरिपरि खडा भए र सबै मिद्दानी सेना भागे । तिनीहरू ठुलो सोरमा कराए र भागे । 22 जब तिनीहरूले तिन सय तुरही फुके, तब परमप्रभुले हरेक मिद्दानीको तरवारलाई आ-आफ्ना साथी-लडाकु र तिनीहरूका सबै सेनाको विरुद्धमा उठाउनुभयो । सबै सेनाहरू सरेरातर्फ बेथ-शित्तामसम्म, र तब्बातको नजिक हाबिल-महोलाको सिमानासम्म भागे ।
  • १ राजा 1:39-40 : 39 पुजारी सादोकले पालबाट तेल राख्ने सिङ लिई सोलोमनलाई तेलले अभिषेक गरे । त्यसपछि तिनीहरूले तुरही फुके, अनि सबै मानिसले भने, “राजा सोलोमन दीर्घायु होऊन्!” 40 तब सबै मानिस तिनको पछिपछि लागे, अनि मानिसहरूले बाँसुरी बजाउँदै बडो आनन्द मनाए । तिनीहरूको हल्लाले जमिनै थर्क्यो ।
  • १ राजा 18:17-18 : 17 तब राजा एलियालाई भेट्न गए । जब आहाबले एलियालाई देखे, तिनले तिनलाई भने, “तिमी नै एलिया हौ? इस्राएलमा कष्ट ल्याउने तिमी नै हौ!” 18 एलियाले जवाफ दिए, “मैले इस्राएलमा कष्ट ल्याएको छैनँ, तर तपाईं र तपाईंको परिवारले परमप्रभुका आज्ञाहरू त्यागेर बाल देवताको पछि लागी कष्ट ल्याउनुभएको छ ।
  • २ राजा 9:13 : 13 तब तिनीहरूले तुरुन्‍तै आ-आफ्ना बाहिरी वस्‍त्र उतारे र येहू हिंड्ने खुड्किलामा ओछ्याए । तिनीहरूले तुरही फुके र भने, “येहू राजा हुनुहुन्छ ।”
  • २ राजा 9:23 : 23 त्यसैले योरामले आफ्नो रथ घुमाए र अहज्याहलाई यसो भनेर भागे, “अहज्याह, धोका भएछ ।”
  • २ राजा 23:3 : 3 राजा खम्बानेर खडा थिए अनि आफ्नो सारा ह्रदय र सारा प्राणले परमप्रभुको पछि लाग्‍न र उहाँका आज्ञाहरू, उहाँका निर्देशनहरू, उहाँका विधिहरू पालन गर्न र यस पुस्तकमा लेखिएका यस करारका वचनहरू पालन गर्न परमप्रभुको सामु करार बाँधे । यसरी सबै मानिसले यो करार पालन गर्ने सहमति जनाए ।
  • १ इति 12:40 : 40 यसबाहेक, तिनीहरूका नजिक हुनेहरू, इस्‍साखार, जबूलून र नप्‍तालीसम्‍मले गधा, ऊँट, खच्‍चर र गोरुहरूमा खानेकुरा र नेभाराका डल्‍ला, किसमिसका झुप्‍पा, दाखमद्य, तेल, गाई-गोरुहरू, भेडाहरू ल्याए, किनकि इस्राएलले उत्सव मनाउँदै थियो ।
  • १ इति 15:16-22 : 16 लेवीहरूका मुखियाहरूले आ-आफ्‍ना दाजुभाइलाई बाजा, सारङ्गी, वीणा र झ्‍यालीको साथ ठुलो स्वरमा र आफ्ना स्वरहरू उचालेर आनन्दका साथ सङ्गीत बजाउनको निम्ति नियुक्त गरून् भनी दाऊदले हुकुम दिए । 17 यसैले लेवीहरूले योएलका छोरा हेमान, र तिनका दाजुभाइमध्ये बेरेक्‍याहका छोरा आसापलाई नियुक्‍त गरे । तिनीहरूले मरारीहरूको सन्तानका आफन्त कूशायाहका छोरा एतानलाई पनि नियुक्‍त गरे । 18 तिनीहरूसँगै दोस्रो दर्जाका आफन्तहरू थिएः जकरिया, याजीएल, शमीरामोत, यहीएल, उन्‍नी, एलीआब, बनायाह, मासेयाह, मत्तित्‍याह, एलीपलेहू, मिक्‍नेयाह, अनि ढोकाका सुरक्षा गार्डहरू ओबेद-एदोम र यीएल । 19 सङ्गीतकार हेमान, आसाप र एतानलाई ठुलो आवाज निकाल्ने काँसका झ्‍यालीहरू बजाउन नियुक्त गरियो । 20 जकरिया, अजीएल, शमीरामोत, यहीएल, उन्‍नी, एलीआब, मासेयाह र बनायाहले सारङ्गीमा अलामोत राग बजाए । 21 मत्तित्‍याह, एलीपलेहू, मिक्‍नेयाह, ओबेद-एदोम, यीएल र अजज्‍याहले वीणामा शिमिनिथ राग बजाएर बाटोमा अगि लागे । 22 लेवीहरूका अगुवा कनन्‍याह सङ्गीतका निर्देशक थिए, किनकि तिनी सङ्गीत गुरु थिए ।
  • १ इति 15:24 : 24 शबन्‍याह, योशापात, नतनेल, अमासै, जकरिया, बनायाह र एलीएजर पुजारीहरूले परमेश्‍वरका सन्‍दूकको अगि तुरही बजाउनुपर्थ्यो । ओबेद-एदोम र येहियाह पनि सन्‍दूकका गार्डहरू थिए ।
  • १ इति 15:27 : 27 सन्‍दूक बोक्‍ने लेवीहरू, गायकहरू र गायकका मुखिया कनन्‍याहले जस्‍तै दाऊदले पनि असल मलमलका लुगा लाएका थिए । दाऊदले मलमलको एपोद लाएका थिए ।
  • १ इति 25:1-8 : 1 ¶ दाऊद र सेनाका अगुवाहरूले आसाप, हेमान र यदूतूनका छोराहरूमध्‍ये कसैलाई वीणा, सारङ्गी र झ्‍यालीहरूका साथमा अगमवाणी गर्नको निम्ति छाने । यो सेवा गर्ने मानिसहरूको सूची यहाँ छः 2 आसापका छोराहरूबाटः जक्‍कूर, योसेफ, नतन्‍याह र असरेला, आसापका अधीनमा भएका आसापका छोराहरू जसले राजाको सुपरिवेक्षणमा अगमवाणी बोले । 3 यदूतूनका छोराहरूबाटः गदल्‍याह, सेरी, यशयाह, शिमी, हशब्‍याह र मत्तित्‍याह, आफ्‍ना पिता यदूतूनका निर्देशनमा जम्मा छ जना, जसले परमप्रभुलाई धन्‍यवाद र स्‍तुति गर्नको निम्ति वीणा बजाउँथे । 4 हेमानका छोराहरूबाटः बुक्‍कियाह, मत्तन्‍याह, उज्‍जीएल, शूबाएल, यरीमोत, हनन्‍याह, हनानी, एलीआता, गिद्दलती, रोममती-एजेर, योश्‍बाकाशा, मल्‍लोती, होतीर र महजीओत । 5 यी सबै राजाका अगमवक्ता हेमानका छोराहरू थिए । परमेश्‍वरले हेमानको सिङ्लाई उच्‍च पार्नको निम्ति चौध छोराहरू र तिन छोरीहरू दिनुभयो । 6 तिनीहरू सबै आफ्ना पिताकोहरूको निर्देशनमा थिए । तिनीहरू परमप्रभुको मन्‍दिरका सङ्गीतकारहरू थिए, जसले परमेश्‍वरको मन्‍दिरको सेवा गर्दा झ्‍याली, सारङ्गी र वीणा बजाउँथे । आसाप, यदूतून र हेमानचाहिं राजाको सुपरिवेक्षणमा थिए । 7 सङ्गीतमा निपूण र तालिम पाएका तिनीहरू र तिनीहरूका दाजुभाइको संख्‍या २८८ जना थियो । 8 जवान र बूढा, गुरु र सिकारु दुवैले तिनीहरूका कामको निम्‍ति चिट्ठा हाल्‍थे ।
  • २ इति 34:31 : 31 राजा आफ्नो स्थानमा खडा भए र परमेश्‍वरलाई पछ्याउन र उहाँका आज्ञा, नियम, र विधिहरू आफ्नो सारा हृदय र प्राणले पालन गर्ने, र यस पुस्तकमा लेखिएका करारका वचनहरू पूरा गर्ने बाचा परमप्रभुको सामुन्‍ने गरे ।
  • भजन 14:5 : 5 तिनीहरू डरले कम्छन्, किनकि परमेश्‍वर धर्मी सभामा हुनुहुन्छ ।
  • नीति 11:10 : 10 धर्मी मानिसहरूले उन्‍नति गर्दा सहर नै रमाउँछ, तर दुष्‍टहरू नष्‍ट हुँदा रमाहट हुन्छ ।
  • नीति 29:2 : 2 धर्मात्माहरूको वृद्धि हुँदा मानिसहरूले आनन्द मनाउँछन्, तर दुष्‍ट मानिस शासक बन्दा मानिसहरूले सुस्केरा हाल्छन् ।
  • उप 9:12 : 12 निश्‍चय नै त्यसको समय कहिले आउने छ भनी कसैलाई थाहा छैन । माछा घातक जालमा परेझैँ वा चराचुरुङ्गी पासोमा परेझैँ मानव-जाति खराब समयको पासोमा जेलिएका छन्, जुन पासो अकस्मात् तिनीहरूमाथि आइपर्छन् ।
  • रोमी 2:1-2 : 1 ¶ यसकारण, तिमीहरूलाई कुनै बहाना छैन । ए मानिस, तिमी जसले न्याय गर्छौ र तिमी अर्कालाई जेको निम्ति दोष लगाउँछौ तिमी आफैँ पनि त्यसैमा दोषी ठहराइन्छौ । किनकि तिमी न्याय गर्नेले पनि त्यही कुराहरू गर्छौ । 2 तर यस्ता कुराहरू गर्नेहरूमाथि परमेश्‍वरको न्याय हुँदा सत्यताअनुसार हुन्छ भनी हामी जान्दछौँ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • २ राजा 11:12-20
    9 पदहरू
    93%

    12तब यहोयादाले राजाका छोरा योआशलाई बाहिर ल्याए, तिनलाई श्रीपेच लगाइदिए, र तिनलाई करारको उर्दी थमाइदिए । तब तिनीहरूले तिनलाई राजा बनाए र तिनलाई अभिषेक गरे । तिनीहरूले आफ्‍ना ताली बजाए र भने, “राजा दीर्घायु रहून्!”

    13जब अतल्याहले अङ्गरक्षकहरू र मानिसहरूको हल्‍ला सुनिन्, तब तिनी परमप्रभुको मन्‍दिरमा मानिसहरूकहाँ आइन् ।

    14तिनले हेरिन् र चलनअनुसार राजा खम्बानेर खडा थिए, अनि कप्‍तानहरू र तुरही फुक्‍नेहरू राजाको छेउमा थिए । देशका सबै मानिसहरूले आनन्द मनाउँदै र तुरही फुक्दै थिए । तब अतल्याहले आफ्‍ना लुगा च्यातिन् र चिच्‍च्याइन्, धोका! धोका ।”

    15तब यहोयाद पुजारीले सयौ कमान्‍डरहरूलाई यसो भनेर आज्ञा दिए, “तिनलाई बाहिर ल्याई दल-दलको बिचमा राख । तिनको पछि लाग्‍ने जोसुकैलाई तरवारले मार ।” किनकि पुजारीले भनेका थिए, “तिनलाई परमप्रभुको मन्दिरभित्र नमार ।”

    16त्यसैले जब तिनी राजदरबारमा घोडाहरू पस्‍ने ठाउँमा पुगिन्, तब तिनीहरूले तिनलाई समाते र त्यहीँ तिनलाई मारियो ।

    17तब यहोयादाले तिनीहरू परमप्रभुका जाति हुनुपर्छ भनेर परमप्रभु र राजा अनि जनताको बिचमा, अनि राजा र जनताको बिचमा एउटा करार बाँधे ।

    18त्‍यसैले देशका सबै मानिसहरू बालको मन्दिरमा गए र त्यसलाई भत्काइदिए । तिनीहरूले बालका वेदीहरू र त्यसका मूर्तीहरूलाई टुक्राटुक्रा पारे, र तिनीहरूले ती वेदीकै सामुन्‍ने बालको पुजारी मत्तानलाई मारे । तब यहोयादा पुजारीले परमप्रभुको मन्दिरमा पहरादारहरू नियुक्त गरे ।

    19यहोयादाले आफूसित सयौं करीहरू तथा पहरादारहरूका कमान्‍डरहरू र देशका सबै मानिसहरूलाई साथमा लिए र तिनीहरूले मिलेर राजालाई परमप्रभुको मन्दिरबाट ल्याए र तिनीहरू पहरादारको ढोकाको बाटो हुँदै राजदरबारमा गए । योआशले राजकीय सिंहासनमा आफ्नो आसन ग्रहण गरे ।

    20त्‍यसैले देशका सबै मानिसहरू आनन्दित भए, र राजाको दरवारमा अतल्याहलाई तरवारले मारिएपछि सहरमा शान्ति भयो ।

  • २ इति 23:10-12
    3 पदहरू
    88%

    10यहोयादाले सबै फौजलाई आफ्‍नो हातमा हतियार लिई मन्दिरको दाहिनेदेखि देब्रेपट्टिसम्म राजालाई घेर्न वेदी र मन्‍दिरको छेउमा राखे ।

    11तब तिनीहरूले राजाका छोरालाई बाहिर ल्‍याए, तिनको शिरमा मुकुट लगाइदिए र तिनलाई करार-पत्र दिए । तब तिनीहरूले तिनलाई राजा बनाए र यहोयादा र तिनका छोराहरूले तिनलाई अभिषेक गरे । त्यसपछि तिनीहरूले भने, “राजा अमर रहून् ।”

    12जब मानिसहरू दौडिरहेका र राजाको जयजयकार गरिरहेका हल्‍ला अतल्‍याहले सुनिन्, तब तिनी परमप्रभुको मन्‍दिरमा तिनीहरूकहाँ आइन्‌,

  • २ इति 23:20-21
    2 पदहरू
    78%

    20यहोयादाले सयका कमण्‍डरहरू, भारदारहरू, मानिसका गभर्नरहरू र देशका सारा मानिसहरूलाई लिए । तिनले राजालाई परमप्रभुको मन्‍दिरबाट तल ल्‍याए । मानिसहरू माथिल्‍लो ढोकाबाट भएर राजमहलमा पसे, र राजालाई सिंहासनमा बसाले ।

    21यसरी देशका सारा मानिसहरू आनन्‍दित भए, र सहरमा शान्‍ति भयो । अतल्‍याहलाई तिनीहरूले तरवारले मारेका थिए ।

  • २ इति 23:14-18
    5 पदहरू
    78%

    14तब यहोयादा पुजारीले फौजका सय-सयका दलका कमाण्डरहरूलाई बाहिर ल्‍याए र तिनीहरूलाई भने, “तिनलाई मन्‍दिरको बाहिर ल्‍याओ । तिनको पछि लाग्‍ने कुनै पनि व्‍यक्ति तरवारले मारियोस् ।” किनकि पुजारीले भनेका थिए, “तिनलाई परमप्रभुको मन्‍दिरमा नमार ।”

    15यसैले तिनी राजाको घोडा ढोकामा आएको बेला तिनीहरूले तिनलाई समाते र तिनलाई त्यहीं मारे ।

    16त्‍यसपछि यहोयादाले आफै र सबै मानिस र राजाको बिचमा तिनीहरू परमप्रभुको मानिस हुनुपर्छ भनी करार बाँधे ।

    17यसैले सबै मानिसहरू बालको मन्‍दिरमा गए र त्यसलाई भत्‍काए । बालका वेदीहरू र त्‍यसका मूर्तिहरूलाई तिनीहरूले टुक्रा-टुक्रा पारे, र बालको पुजारी मत्तानलाई वेदीहरूका अगि मारे ।

    18यहोयादाले परमप्रभुका मन्‍दिरको हेर-विचार गर्नको निम्ति पुजारीहरूका अधीनमा अधिकृतहरूको नियुक्ती गरे, जो लेवीहरू थिए । आफ्‍नो समयदेखि नै स्‍तुतिगान गर्दै र आनन्‍द मनाउँदै मोशाको व्‍यवस्‍थामा तोकिएबमोजिम र दाऊदले दिएको निर्देशन बमोजिम परमप्रभुको निम्‍ति होमबलि चढाउन र परमप्रभुको मन्‍दिरमा काम गर्न दाऊदले तिनीहरूलाई खटाइदिएका थिए ।

  • २ इति 22:10-12
    3 पदहरू
    72%

    10अब अहज्‍याहकी आमा अतल्‍याहले आफ्‍ना छोरा मरेका देखिन्, तिनी उठिन् र यहूदाका सारा राजकीय सन्तानहरूलाई मारिन् ।

    11तर राजाकी छोरी यहोशेबाले अहज्‍याहका छोरा योआशलाई मारिन लागेका राजाका छोराहरूका बिचबाट सुटुक्‍क भगाएर लगिन् । तिनले त्यसलाई र त्‍यसकी धाईआमालाई एउटा सुत्‍ने कोठाभित्र राखिन्‌ । यहोराम राजाकी छोरी र पुजारी यहोयादाकी पत्‍नी यहोशेबाले (किनकि तिनी अहज्‍याहकी दिदी थिइन्) योआशलाई अतल्‍याहको हातबाट लुकाइराखिन्, ताकि अतल्‍याहले त्‍यसलाई मार्न पाइनन्‌ ।

    12अतल्‍याहले देशमा राज्‍य गर्दा तिनी परमप्रभुको मन्दिरमा छ वर्षसम्म तिनीहरूसँगै लुकाएर राखिए ।

  • २ राजा 11:1-4
    4 पदहरू
    72%

    1¶ अब अहज्याहकी आमा अतल्याहले आफ्नो छोरो मरेका देखेपछि तिनी उठिन् र सबै राजकीय बालबालिकालाई मारिन् ।

    2तर राजा यहोरामकी छोरी, अहज्याहकी बहिनी यहोशेबाले मारिन लागेका राजाका छोराहरूका माझबाट अहज्याहका छोरो योआशलाई तिनको धाईसँगै सुटुक्‍क लगेर लुकाइन् । तिनले तिनीहरूलाई सुत्‍ने कोठामा राखिन् । योआश नमारिऊन् भनेर तिनीहरूले अतल्याहबाट उसलाई लुकाए ।

    3अतल्याहले देशमा राज्‍य गर्दा परमप्रभुको मन्‍दिरमा छ वर्षसम्म उसलाई आफ्‍नो धाईसँगै लुकाइयो ।

    4सातौँ वर्षमा यहोयादाले सन्देश पठाए, र सयौं करीहरू तथा पहरादारहरूका कमान्‍डरहरूलाई परमप्रभुको मन्दिरमा आफूकहाँ लाए । तिनले तिनीहरूसित करार बाँधे र परमप्रभुको मन्दिरमा तिनीहरूलाई शपथ खान लगाए । तब तिनले तिनीहरूलाई राजाका छोरा देखाए ।

  • 7किनकि ती दुष्‍ट स्‍त्री अतल्याहका छोराहरूले परमप्रभुको मन्दिर भत्‍काएका र परमप्रभुको मन्दिरका सबै पवित्र थोक बाललाई दिएका थिए ।

  • 13तब तिनीहरूले तुरुन्‍तै आ-आफ्ना बाहिरी वस्‍त्र उतारे र येहू हिंड्ने खुड्किलामा ओछ्याए । तिनीहरूले तुरही फुके र भने, “येहू राजा हुनुहुन्छ ।”

  • 17यहोयादाको मृत्युपछि यहूदाका अधिकारीहरू राजाकहाँ आएर आदर देखाए । तब राजाले तिनीहरूका कुरा सुने ।

  • 11जब राजाले व्यवस्थाका वचनहरू सुने तिनले आफ्ना लुगा च्याते ।

  • 2तब राजा परमप्रभुको मन्दिरमा गए, अनि यहूदाका सबै मानिस र यरूशलेमका सबै बासिन्दा, पुजारीहरू, अगमवक्ताहरू र सानादेखि ठुलासम्‍म सबै मानिस पनि तिनीसँगै गए । तब तिनले परमप्रभुको मन्दिरमा भेट्टाइएका करारको पुस्तकका सबै वचन तिनीहरूले सुन्‍ने गरी पढे ।

  • 31त्यसपछि राजा उठे र आफ्नो लुगा च्याते र भुईंमा पसारो परे । तिनका सबै सेवकले पनि आआफ्ना लुगा च्याते र छेउमा खडा भए ।

  • 8हरेक मानिसले आफ्नो हातमा तरवार लिएर राजाको वरिपरि तैनाथ हुनुपर्छ । तिमीहरूको नजिक आउने जोसुकै भए पनि त्‍यसलाई मारियोस् । राजा बाहिर जाँदा र भित्र आउँदा तिमीहरू तिनीसँगै हिड्‍नुपर्छ ।

  • 40तब सबै मानिस तिनको पछिपछि लागे, अनि मानिसहरूले बाँसुरी बजाउँदै बडो आनन्द मनाए । तिनीहरूको हल्लाले जमिनै थर्क्यो ।

  • 23त्यसैले योरामले आफ्नो रथ घुमाए र अहज्याहलाई यसो भनेर भागे, “अहज्याह, धोका भएछ ।”

  • 7लेवीहरू हरेकले आआफ्‍नो हतियार हातमा बोकेर राजाका चारैतिर सुरक्षा दिनुपर्छ । कोही मन्‍दिरभित्र पस्‍यो भने, त्‍यसलाई मारिनुपर्छ । राजा भित्र आउँदा र बाहिर जाँदा तिनको साथमा हिंड्‍नुपर्छ ।”

  • 1¶ यरूशलेमका बासिन्‍दाहरूले यहोरामको सट्टामा तिनका कान्‍छा छोरा अहज्‍याहलाई राजा बनाए, किनकि आक्रमणमा अरबीहरूसित मिलेर आएका मानिसका झुण्डले तिनका सबै ठुला छोरालाई मारेका थिए । यसैले यहूदाका राजा यहोरामका छोरा अहज्‍याह राजा भए ।

  • 1¶ सातौँ वर्षमा यहोयादाले आफ्‍नो शक्ति प्रकट गरे र तिनले सय-सयका दलका कमाण्‍डरहरू, अर्थात्‌ यहोरामका छोरा अजर्याह, येहोहानानका छोरा इश्‍माएल, ओबेदका छोरा अजर्याह, अदायाहका छोरा मासेयाह र जिक्रीका छोरा एलीशापातसित करार सम्‍झौता गरे ।

  • 19यस्‍तो भयो, जब राजाले व्यवस्थाको पुस्तकमा लेखिएका कुरा सुने तब तिनले आफ्ना लुगा च्याते ।

  • 30जब राजाले त्‍यो स्‍त्रीको कुरा सुने, तब तिनले आफ्ना लुगा च्याते (यति बेला तिनी पर्खालमा हिंडिरहेका थिए), र मानिसहरूले हेरे अनि तिनले कम्‍मरमा भाङ्ग्रा मात्र लगाएको देखे ।

  • २ इति 29:26-27
    2 पदहरू
    65%

    26लेवीहरू दाऊदका बाजाहरू र पुजारीहरू तुरहीहरू लिएर खडा भए ।

    27हिजकियाले वेदीमा होमबलि वेदीमा चढाउने हुकुम दिए । जब होमबलि सुरु भयो, तब तुरहीहरू र इस्राएलका राजा दाऊदका बाजाहरूका साथमा परमप्रभुको गीत पनि सुरु भयो ।

  • 14जब यहूदाका मानिसहरूले पछाडि हेरे, तब हेर, लडाइँ आफ्‍नो अगाडि र पछाडि दुवैतिर भएको देखे । तिनीहरूले परमप्रभुमा पुकारा गरे, र पुजारीहरूले आफ्‍ना तुरहीहरू फुके ।

  • 30तब राजा र तिनीसँग भएका यहूदाका मानिसहरू, यरूशलेमका बासिन्दाहरू, पुजारी र लेवीहरू, साना-ठुला जम्मै मानिसहरूसँग तिनी परमप्रभुको मन्दिरमा उक्लेर गए । तब परमप्रभुको मन्दिरमा फेला परेको करारको पुस्तकका सबै वचन तिनीहरूले सुन्‍ने गरी तिनले पढे ।

  • 22येहूले पुजारीको वस्‍त्र-भण्डारको रेखदेख गर्ने मानिसलाई भने, “बालका सबै आराधकका लागि वस्‍त्र ल्याऊ ।” त्यसैले ती मानिसले तिनीहरूकहाँ वस्‍त्रहरू ल्याए ।

  • 26अहज्याहले राज्‍य गर्न सुरु गर्दा तिनी बाइस वर्षका थिए । तिनले यरूशलेममा एक वर्ष राज्य गरे । तिनकी आमाको नाउँ अतल्याह थियो । उनी इस्राएलका राजा ओम्रीकी छोरी थिइन् ।

  • 32जब रथहरूका सेनापतिहरूले यहोशापातलाई देखे तिनीहरूले भने, “निश्चय नै यिनी इस्राएलका राजा हुन् ।” तिनलाई आक्रमण गर्न तिनीहरू फर्कंदा यहोशापात चिच्च्याए ।

  • 25यहूदाका सारा समुदाय, पुजारीहरू र लेवीहरूसमेत, अनि इस्राएलबाट आएका सबै समुदायसाथ इस्राएल र यहूदामा बसोबास गर्ने विदेशीहरूले पनि रमाहट गरे ।

  • 28तिनीहरू वीणा, सितार र तुरही बजाउँदै यरूशलेममा र परमप्रभुको मन्‍दिरमा आए ।

  • 13तर आहाबको घरानाले गरेझैं इस्राएलका राजाहरूका चालमा चलेर आहाबको परिवारले गरेजस्तै तैंले यहूदा र यरूशलेमका बासिन्‍दाहरूलाई वेश्‍याहरूजस्तै गर्न लगाइस्, र तैंले तँभन्दा असल तेरा बुबाका परिवारका आफ्‍नै भाइहरू, तँभन्‍दा असल मानिसहरू पनि तैंले मारिस् —