२ राजा 11:12

अनलक शाब्दिक बाइबल

तब यहोयादाले राजाका छोरा योआशलाई बाहिर ल्याए, तिनलाई श्रीपेच लगाइदिए, र तिनलाई करारको उर्दी थमाइदिए । तब तिनीहरूले तिनलाई राजा बनाए र तिनलाई अभिषेक गरे । तिनीहरूले आफ्‍ना ताली बजाए र भने, “राजा दीर्घायु रहून्!”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • निर्ग 25:16 : 16 तैँले सन्दुकभित्र मैले तँलाई दिने करारका विधिविधानहरू राख्‍नू ।
  • १ शमू 10:24 : 24 शामूएलले मानिसहरूलाई भने, “के परमप्रभुले चुन्‍नुभएको मानिसलाई तिमीहरूले देख्‍दैछौ? सबै मानिसहरूका माझमा तिनीजस्ता अरू कोही छैन ।” सबै मानिसहरू यसो भन्‍दै कराए, “राजा अमर रहून्” ।
  • निर्ग 31:18 : 18 सिनै पर्वतमा परमप्रभु मोशासित बोलिसक्‍नुभएपछि उहाँले तिनलाई आफ्नै हातले लेखेका करारका दुईवटा शिला-पाटी दिनुभयो ।
  • २ शमू 1:10 : 10 त्यसैले म उनको छेउमा गएँ र उनलाई मारे, किनभने उनी ढलेपछि बाँच्‍ने छैनन् भन्‍ने मैले थाहा पाएँ । त्यसपछि मैले उनको शिरको शिरपेच र हातको बाजु लिएँ र हजुर मेरो मलिकहाँ ल्याएको छु ।”
  • १ राजा 1:39 : 39 पुजारी सादोकले पालबाट तेल राख्ने सिङ लिई सोलोमनलाई तेलले अभिषेक गरे । त्यसपछि तिनीहरूले तुरही फुके, अनि सबै मानिसले भने, “राजा सोलोमन दीर्घायु होऊन्!”
  • व्यव 17:18-20 : 18 तिनी आफ्नो राज्यको सिंहासनमा बस्दा तिनले पुजारीहरू अर्थात् लेवीहरूको सामु राखिएको व्यवस्थाको प्रतिबाट आफ्नो लागि एक प्रति मुट्ठामा उतारून् । 19 त्यो मुट्ठा तिनीसितै हुनुपर्छ, र तिनले आफ्नो जीवनभरि यसलाई पढ्नुपर्छ । यसरी तिनले परमप्रभु आफ्ना परमेश्‍वरको आदर गर्न सकून् अनि यस व्यवस्थाको सबै वचन र विधिविधान पालन गर्न सकून् । 20 तिनले आफैलाई आफ्ना दाजुभाइहरूभन्दा श्रेष्‍ठ नठानून् र यी आज्ञाहरूबाट तर्केर दायाँ वा बायाँ नलागून् भनेर तिनले यसो गर्नुपर्छ किनकि आफ्नो राज्यमा तिनी र तिनका सन्तानहरूले इस्राएलमा लामो समयसम्म शासन गर्नुपर्ने हुन्छ ।
  • १ शमू 10:1 : 1 ¶ त्यसपछि शमूएलले एक ढुङ्ग्रो तेल लिए, त्‍यो शाऊलको शिरमाथि खन्याए, तिनलाई चुम्‍बन गरे । तिनले भने, “के परमप्रभुले उहाँको उत्तराधिकारको शासक हुनलाई तपाईंलाई अभिषेक गर्नुभएको हैन र?
  • २ शमू 16:16 : 16 जब दाऊदका मित्र अरकी हूशै अब्शालोमकहाँ आए, तब हूशैले अब्शालोमलाई भने, “राजा अमर रहुन्! राजा अमर रहुन्!”
  • २ राजा 11:2 : 2 तर राजा यहोरामकी छोरी, अहज्याहकी बहिनी यहोशेबाले मारिन लागेका राजाका छोराहरूका माझबाट अहज्याहका छोरो योआशलाई तिनको धाईसँगै सुटुक्‍क लगेर लुकाइन् । तिनले तिनीहरूलाई सुत्‍ने कोठामा राखिन् । योआश नमारिऊन् भनेर तिनीहरूले अतल्याहबाट उसलाई लुकाए ।
  • भजन 47:1 : 1 ¶ ए सबै मानिसहरू हो, आफ्‍ना ताली बजाओ । विजयको सोरले परमेश्‍वरको निम्‍ति कराओ ।
  • भजन 98:8 : 8 नदीहरूले तिनीहरूले आफ्‍ना ताली बजाऊन् र पहाडहरू आनन्दले कराऊन् ।
  • यशा 55:12 : 12 किनकि तिमीहरू आनन्दमा जानेछौ र शन्तिसित डोर्‍याइनेछौ । तिमीहरूका सामु पर्वतहरू र पहाडहरू आनन्दको सोरमा गाउनेछन्, अनि मैदानका सबै रूखले आफ्‍ना हातले ताली बजाउनेछन् ।
  • विलाप 4:20 : 20 परमप्रभुका अभिषिक्त जन अर्थात् हाम्रो प्राणधार तिनीहरूको पासोमा परे, जसको बारेमा यसो भनिएको थियो, “उहाँकै छायामुनि हामी जाति-जातिहरूका बिचमा बस्‍ने छौँ ।”
  • दानी 3:9 : 9 तिनीहरूले नबूकदनेसर राजालाई यसो भने, “महाराजा, अमर रहून्!
  • दानी 6:21 : 21 अनि दानिएलले राजालाई भने, “महाराजा, अमर रहून्!
  • मत्त 21:9 : 9 येशूको अगि गएका र उहाँलाई पछ्याएका सबै भिडले यसो भन्दै चिच्‍च्‍याए, “दाऊदका पुत्रलाई होसन्‍ना! उहाँ धन्यको हुनुहुन्छ जो परमेश्‍वरको नाउँमा आउनुहुन्छ! उच्‍चमा विराजमान हुनुहुनेलाई होसन्‍ना!”
  • मत्त 27:29 : 29 तिनीहरूले काँडाहरूको एउटा मुकुट बनाए र उहाँको शिरमा लगाइदिए, र उहाँको दाहिने हातमा एउटा लौरो राखिदिए । तिनीहरूले उहाँको सामु घुँडा टेके र यसो भन्दै उहाँको गिल्ला गरे, “यहूदीहरूका राजालाई प्रणाम!”
  • प्रेरि 4:27 : 27 वास्तवमा, गैरयहूदीहरू र इस्राएलका मानिसहरूसँगै हेरोद र पन्तियस पिलातस दुवै यो शहरमा तपाईंले अभिषेक गर्नुभएका तपाईंका पवित्र सेवक येशूको विरुद्धमा भेला भए ।
  • २ कोरि 1:21 : 21 अब परमेश्‍वर जसले हामीलाई तिमीहरूसँग ख्रीष्‍टमा दरिला पार्नुहुन्छ, उहाँले हामीलाई नियुक्ति गर्नुभयो ।
  • इब्रा 1:9 : 9 तपाईंले धार्मिकतालाई प्रेम गर्नुहुन्छ र अधर्मलाई घृणा गर्नुहुन्छ । त्यसकारण, हे परमेश्‍वर, तपाईंका परमेश्‍वरले तपाईंलाई आनन्दको तेलले अभिषेक गर्नुभएको छ र सहयोगी बनाउनुभएको छ ।”
  • इब्रा 2:9 : 9 तर, उहाँलाई केही समयको निम्ति स्वर्गदूतभन्दा कम बनाइएको हामीले देखेका छौँ । उहाँ येशू हुनुहुन्छ । किनभने उहाँका दुःख र मृत्युको कारणले येशू ख्रीष्‍टलाई महिमा र आदरको मुकुट पहिराइएको छ । त्यसकारण, अहिले परमेश्‍वरको अनुग्रहबाट येशू ख्रीष्‍टले हरेक मानिसका निम्ति मृत्यु चाख्‍नुभयो ।
  • प्रका 19:12 : 12 उहाँका आँखा आगोको ज्वालाजस्ता र उहाँका शिरमा धेरै मुकुट थिए । उहाँमाथि लेखिएको नाउँ उहाँलाई बाहेक अरू कसैलाई थाहा थिएन ।
  • भजन 132:18 : 18 त्यसका शत्रुहरूलाई म लाजले ढाक्‍नेछु, तर त्‍यसको शीरमा त्‍यसको मुकुट चम्किनेछ ।”
  • यशा 8:16 : 16 मेरो गवाहीलाई बाँध, आधिकारिक लेखमा छाप लगाऊ र त्‍यो मेरा चेलाहरूलाई देऊ ।
  • यशा 8:20 : 20 व्यवस्था र गवाहीतिर लाग! तिनले यसो भन्दैनन् भने, तिनीहरूसँग बिहानको मिरमिरे उज्यालो नभएको हुनाले नै हो ।
  • भजन 72:15-17 : 15 उनी जीवित रहून्! शेबाको सुन उनलाई दिइयोस् । मानिसहरूले उनको निम्ति सधैं प्रर्थना गरून् । परमेश्‍वरले उनलाई दिनभरि आशिष्‌ ‌‌देऊन् । 16 देशमा अन्‍नको प्रशस्‍त होस् । पहाड टुप्‍पाहरूमा उनीहरूका बाली लहलह होऊन् । यसको फल लेबनानको जस्तै होस् । सहरका मानिसहरू मैदानको घाँसझैं फल्दोफुल्दो होऊन् । 17 उनको नाउँ अमर रहोस् । सूर्य रहेसम्म उनको नाउँ निरन्तर रहोस् । मानिसहरू उनमा आशोषित् होऊन् । सबै जातिहरूले उनलाई धन्यको भनून् ।
  • भजन 78:5 : 5 किनकि उहाँले याकूबमा करारका नियमहरू स्थापित गर्नुभयो र इस्राएलमा व्यवस्था दिनुभयो । उहाँले हाम्रा पूर्खाहरूलाई ती आफ्ना सन्तानहरूलाई सिकाउने आज्ञा दिनुभयो ।
  • भजन 89:39 : 39 तपाईंले आफ्नो सेवको करार त्याग्‍नुभएको छ । तपाईंले त्यसको मुकुटलाई जमिनमा अपवित्र पार्नुभएको छ ।
  • २ राजा 11:4 : 4 सातौँ वर्षमा यहोयादाले सन्देश पठाए, र सयौं करीहरू तथा पहरादारहरूका कमान्‍डरहरूलाई परमप्रभुको मन्दिरमा आफूकहाँ लाए । तिनले तिनीहरूसित करार बाँधे र परमप्रभुको मन्दिरमा तिनीहरूलाई शपथ खान लगाए । तब तिनले तिनीहरूलाई राजाका छोरा देखाए ।
  • २ इति 23:11 : 11 तब तिनीहरूले राजाका छोरालाई बाहिर ल्‍याए, तिनको शिरमा मुकुट लगाइदिए र तिनलाई करार-पत्र दिए । तब तिनीहरूले तिनलाई राजा बनाए र यहोयादा र तिनका छोराहरूले तिनलाई अभिषेक गरे । त्यसपछि तिनीहरूले भने, “राजा अमर रहून् ।”
  • एस्थ 2:17 : 17 राजाले अन्य कुनै स्‍त्रीलाई भन्दा एस्तरलाई बढी मन पराए, र अन्य सबै कन्याहरूले भन्दा बढी उनले स्वीकृति र निगाह पाए । त्यसैले तिनले उनको शिरमा राजकीय शिरपेच पहिराइदिए, र वश्तीको साटो उनलाई रानी बनाए ।
  • एस्थ 6:8 : 8 राजाकीय पोशाक, राजाले पहिरिनुभएको वस्‍त्र अनि राजाले सवार गर्नुभएको शिरमा राजकीय चिन्ह लगाइएको घोडा ल्‍याइयोस् ।
  • भजन 21:3 : 3 किनकि तपाईंले तिनलाई भरपूर आशिष्‌हरू दिनुहुन्छ, तपाईंले तिनको शिरमा शुद्ध सुनको मुकुट लगाउनुहुन्छ ।
  • १ राजा 1:34 : 34 पुजारी सादोक र नातान अगमवक्ताले तिनलाई इस्राएलमाथि राजा अभिषेक गरून्, अनि तुरही फुकी यसो भनून्, ‘राजा सोलोमन दीर्घायु होऊन्!’
  • १ शमू 16:13 : 13 अनि शमूएलले तेल भएको सीङ् लिए र तिनलाई आफ्‍ना दाजुहरूका माझमा अभिषेक गरे । त्यस दिनदेखि परमप्रभुको आत्मा दाऊदमाथि आउनुभयो । त्यसपछि शमूएल उठे र रामातिर गए ।
  • २ शमू 2:4 : 4 त्यसपछि यहूदाका मानिसहरू आए र दाऊदलाई यहूदाको राजा अभिषेक गरे । तिनीहरूले दाऊदलाई भने, “याबेश- गिलादका मानिसहरूले शाऊलको दफन गरे ।”
  • २ शमू 2:7 : 7 अब उप्रान्त, तिमीहरूको हात बलियो पार । साहसी होओ किनकि तिमीहरूका मालिक शाऊल मरेका छन् र यहूदाका घरानाले मलाई आफ्‍ना राजा अभिषेक गरेका छन् ।”
  • २ शमू 5:3 : 3 त्यसैले इस्राएलका सबै धर्म-गुरुहरू राजाकहाँ हेब्रोनमा आए र राजा दाऊदले परमप्रभुको सामु तिनीहरूसँग करार गरे । तिनीहरूले दाऊदलाई इस्राएलमाथि राजा अभिषेक गरे ।
  • २ शमू 12:30 : 30 दाऊदले तिनीहरूका राजाको शिरबाट शिरपेच लिए, यसको तौल एक तोडा सुन थियो, र त्‍यसमा बहुमूल्‍य पत्‍थरहरू थिए । त्यो शिरपेच दाऊदको आफ्नै शिरमा लगाइयो । त्‍यसपछि तिनले त्यस सहरको लुटका मालहरू ठुलो मात्रामा लिएर आए ।
  • २ राजा 9:3 : 3 त्यसपछि तेलको भाँडो लेऊ र यो तिनको शिरमा खन्याऊ, र भन, 'परमप्रभु यसो भन्‍नुहुन्छः “मैले तँलाई इस्राएलको राजा अभिषेक गरेको छु ।” तब ढोका खोल, र दौड । ढिलो नगर ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • २ इति 23:10-13
    4 पदहरू
    93%

    10यहोयादाले सबै फौजलाई आफ्‍नो हातमा हतियार लिई मन्दिरको दाहिनेदेखि देब्रेपट्टिसम्म राजालाई घेर्न वेदी र मन्‍दिरको छेउमा राखे ।

    11तब तिनीहरूले राजाका छोरालाई बाहिर ल्‍याए, तिनको शिरमा मुकुट लगाइदिए र तिनलाई करार-पत्र दिए । तब तिनीहरूले तिनलाई राजा बनाए र यहोयादा र तिनका छोराहरूले तिनलाई अभिषेक गरे । त्यसपछि तिनीहरूले भने, “राजा अमर रहून् ।”

    12जब मानिसहरू दौडिरहेका र राजाको जयजयकार गरिरहेका हल्‍ला अतल्‍याहले सुनिन्, तब तिनी परमप्रभुको मन्‍दिरमा तिनीहरूकहाँ आइन्‌,

    13र तिनले हेरिन् र हेर, राजा आफ्‍नो स्‍तम्‍भको छेउमा ढोकानेर खडा थिए र कमाण्‍डरहरू र तुरही फुक्‍नेहरू राजाका छेउमा थिए । देशका सबै मानिसहरूले उत्‍सव मनाउँदै र तुरही बजाउँदै थिए । अनि गायकहरूले बाजाहरू बजाउँदै थिए र प्रशंसाको गानको नेतृत्‍व गरिरहेका थिए । तब अतल्‍याहले आफ्‍ना लुगा च्‍यातिन्‌ र कराएर भनिन्, “राजद्रोह! राजद्रोह!”

  • १ राजा 1:38-40
    3 पदहरू
    77%

    38त्यसैले, पुजारी सादोक, नातान अगमवक्ता, यहोयादाका छोरा बनायाह र करेतीहरूसाथै पेलेथीहरू तल झरे अनि सोलोमनलाई राजा दाऊदको खच्चरमा सवार गराएर गीहोनमा ल्याए ।

    39पुजारी सादोकले पालबाट तेल राख्ने सिङ लिई सोलोमनलाई तेलले अभिषेक गरे । त्यसपछि तिनीहरूले तुरही फुके, अनि सबै मानिसले भने, “राजा सोलोमन दीर्घायु होऊन्!”

    40तब सबै मानिस तिनको पछिपछि लागे, अनि मानिसहरूले बाँसुरी बजाउँदै बडो आनन्द मनाए । तिनीहरूको हल्लाले जमिनै थर्क्यो ।

  • १ राजा 1:32-35
    4 पदहरू
    76%

    32राजा दाऊदले भने, “पुजारी सादोक, नातान अगमवक्ता र यहोयादाका छोरा बनायाहलाई मकहाँ बोलाएर ल्याऊ ।” त्यसैले तिनीहरू राजाको सामु हाजिर भए ।

    33राजाले तिनीहरूलाई भने, “तिमीहरूका मालिकका सेवकहरूलाई तिमीहरूसँगै लैजाओ, र मेरो पछि सोलोमनलाई राजाको खच्चरमा सवारा गराएर गीहोनसम्म सँगसँगै लैजाओ ।

    34पुजारी सादोक र नातान अगमवक्ताले तिनलाई इस्राएलमाथि राजा अभिषेक गरून्, अनि तुरही फुकी यसो भनून्, ‘राजा सोलोमन दीर्घायु होऊन्!’

    35त्यसपछि तिमीहरू तिनको पछिपछि आओ र तिनी आएर मेरो सिंहासनमा बस्ने छन् । किनकि तिनी मेरो ठाउँमा राजा हुने छन् । मैले तिनलाई इस्राएल र यहूदामाथि शासक नियुक्त गरेको छु ।”

  • २ राजा 11:13-17
    5 पदहरू
    76%

    13जब अतल्याहले अङ्गरक्षकहरू र मानिसहरूको हल्‍ला सुनिन्, तब तिनी परमप्रभुको मन्‍दिरमा मानिसहरूकहाँ आइन् ।

    14तिनले हेरिन् र चलनअनुसार राजा खम्बानेर खडा थिए, अनि कप्‍तानहरू र तुरही फुक्‍नेहरू राजाको छेउमा थिए । देशका सबै मानिसहरूले आनन्द मनाउँदै र तुरही फुक्दै थिए । तब अतल्याहले आफ्‍ना लुगा च्यातिन् र चिच्‍च्याइन्, धोका! धोका ।”

    15तब यहोयाद पुजारीले सयौ कमान्‍डरहरूलाई यसो भनेर आज्ञा दिए, “तिनलाई बाहिर ल्याई दल-दलको बिचमा राख । तिनको पछि लाग्‍ने जोसुकैलाई तरवारले मार ।” किनकि पुजारीले भनेका थिए, “तिनलाई परमप्रभुको मन्दिरभित्र नमार ।”

    16त्यसैले जब तिनी राजदरबारमा घोडाहरू पस्‍ने ठाउँमा पुगिन्, तब तिनीहरूले तिनलाई समाते र त्यहीँ तिनलाई मारियो ।

    17तब यहोयादाले तिनीहरू परमप्रभुका जाति हुनुपर्छ भनेर परमप्रभु र राजा अनि जनताको बिचमा, अनि राजा र जनताको बिचमा एउटा करार बाँधे ।

  • २ राजा 11:3-4
    2 पदहरू
    76%

    3अतल्याहले देशमा राज्‍य गर्दा परमप्रभुको मन्‍दिरमा छ वर्षसम्म उसलाई आफ्‍नो धाईसँगै लुकाइयो ।

    4सातौँ वर्षमा यहोयादाले सन्देश पठाए, र सयौं करीहरू तथा पहरादारहरूका कमान्‍डरहरूलाई परमप्रभुको मन्दिरमा आफूकहाँ लाए । तिनले तिनीहरूसित करार बाँधे र परमप्रभुको मन्दिरमा तिनीहरूलाई शपथ खान लगाए । तब तिनले तिनीहरूलाई राजाका छोरा देखाए ।

  • २ इति 23:20-21
    2 पदहरू
    76%

    20यहोयादाले सयका कमण्‍डरहरू, भारदारहरू, मानिसका गभर्नरहरू र देशका सारा मानिसहरूलाई लिए । तिनले राजालाई परमप्रभुको मन्‍दिरबाट तल ल्‍याए । मानिसहरू माथिल्‍लो ढोकाबाट भएर राजमहलमा पसे, र राजालाई सिंहासनमा बसाले ।

    21यसरी देशका सारा मानिसहरू आनन्‍दित भए, र सहरमा शान्‍ति भयो । अतल्‍याहलाई तिनीहरूले तरवारले मारेका थिए ।

  • १ राजा 1:44-46
    3 पदहरू
    75%

    44र राजाले तिनीसितै पुजारी सादोक, नातान अगमवक्ता, यहोयादाका छोरा बनायाह र करेतीहरूसाथै पेलेथीहरूलाई पठाउनुभएको छ । तिनीहरूले सोलोमनलाई राजाको खच्चरमा सवार गराएका छन् ।

    45पुजारी सादोक र नातान अगमवक्ताले गीहोनमा सोलोमनलाई राजा अभिषेक गरेका छन्, अनि तिनीहरू त्यहाँबाट रमाउँदै आएका छन् । सहरमा त्यसैको हल्ला हो । तपाईंले सुन्नुभएको आवाज त्यही नै हो ।

    46साथै, सोलोमन राज्यको सिंहासनमा बसिरहेका छन् ।

  • २ राजा 11:19-21
    3 पदहरू
    75%

    19यहोयादाले आफूसित सयौं करीहरू तथा पहरादारहरूका कमान्‍डरहरू र देशका सबै मानिसहरूलाई साथमा लिए र तिनीहरूले मिलेर राजालाई परमप्रभुको मन्दिरबाट ल्याए र तिनीहरू पहरादारको ढोकाको बाटो हुँदै राजदरबारमा गए । योआशले राजकीय सिंहासनमा आफ्नो आसन ग्रहण गरे ।

    20त्‍यसैले देशका सबै मानिसहरू आनन्दित भए, र राजाको दरवारमा अतल्याहलाई तरवारले मारिएपछि सहरमा शान्ति भयो ।

    21योआशले राज्‍य गर्न सुरु गर्दा तिनी सात वर्षका थिए ।

  • 24शामूएलले मानिसहरूलाई भने, “के परमप्रभुले चुन्‍नुभएको मानिसलाई तिमीहरूले देख्‍दैछौ? सबै मानिसहरूका माझमा तिनीजस्ता अरू कोही छैन ।” सबै मानिसहरू यसो भन्‍दै कराए, “राजा अमर रहून्” ।

  • 11मन्दिरको दाहिने किनाराबाट देब्रे किनारासम्म अनि वेदी र मन्दिरको नजिक अङ्गरक्षहरू आ-आफ्ना हातमा हतियार लिएर खडा भएर राजालाई घेरा हाले ।

  • २ राजा 9:12-13
    2 पदहरू
    72%

    12तिनीहरूले भने, “त्यो कुरा झुट हो । हामीलाई भन्‍नुहोस् ।” येहूले भने, “तिनले मलाई यी भने अनि यसो पनि भने, 'परमप्रभु यसो भन्‍नुहुन्छः मैले तँलाई इस्राएलमाथि राजा अभिषेक गरेको छु' ।”

    13तब तिनीहरूले तुरुन्‍तै आ-आफ्ना बाहिरी वस्‍त्र उतारे र येहू हिंड्ने खुड्किलामा ओछ्याए । तिनीहरूले तुरही फुके र भने, “येहू राजा हुनुहुन्छ ।”

  • 6त्यसैले येहू उठेर घरभित्र गए र ती अगमवक्ताले येहूको शिरमाथि तेल खन्याए, र तिनलाई भने, “इस्राएलका परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'मैले तँलाई इस्राएलमाथि अर्थात् परमप्रभुका मानिसहरूमाथि राजा अभिषेक गरेको छु ।

  • 3त्यसपछि तेलको भाँडो लेऊ र यो तिनको शिरमा खन्याऊ, र भन, 'परमप्रभु यसो भन्‍नुहुन्छः “मैले तँलाई इस्राएलको राजा अभिषेक गरेको छु ।” तब ढोका खोल, र दौड । ढिलो नगर ।”

  • 3सबै सभाले परमेश्‍वरको मन्‍दिरमा राजासित करार बाँधे । यहोयादाले तिनीहरूलाई भने, “हेर्नुहोस्, परमप्रभुले दाऊदका सन्‍तानहरूका विषयमा प्रतिज्ञा गर्नुभएझैं राजाका छोराले राज्‍य गर्नेछन् ।

  • 28त्यसपछि अहीमासले कराए र राजालाई भने, “सबै ठिक छ ।” तिनले आफ्‍नो अनुहार भुईंमा धोप्टो पारेर राजालाई दण्डवत् गरे र भने, “परमप्रभु तपाईंको परमेश्‍वर धन्यको होऊन्! मेरो मलिक महाराजाको विरुद्धमा खडा हुने मानिसहरूलाई उहाँले हजुरको हातमा सुम्पनुभएको छ ।

  • 3त्यसैले इस्राएलका सबै धर्म-गुरुहरू हेब्रोनमा दाऊद राजाकहाँ आए, र त्‍यहीं नै दाऊदले परमप्रभुको सामुन्‍ने तिनीहरूसित करार गरे । तिनीहरूले दाऊदलाई इस्राएलमाथि राजा अभिषेक गरे । यसरी शमूएलद्वारा घोषणा गरिएको परमप्रभुको वचन पुरा भयो ।

  • 8हरेक मानिसले आफ्नो हातमा तरवार लिएर राजाको वरिपरि तैनाथ हुनुपर्छ । तिमीहरूको नजिक आउने जोसुकै भए पनि त्‍यसलाई मारियोस् । राजा बाहिर जाँदा र भित्र आउँदा तिमीहरू तिनीसँगै हिड्‍नुपर्छ ।

  • २ इति 22:11-12
    2 पदहरू
    69%

    11तर राजाकी छोरी यहोशेबाले अहज्‍याहका छोरा योआशलाई मारिन लागेका राजाका छोराहरूका बिचबाट सुटुक्‍क भगाएर लगिन् । तिनले त्यसलाई र त्‍यसकी धाईआमालाई एउटा सुत्‍ने कोठाभित्र राखिन्‌ । यहोराम राजाकी छोरी र पुजारी यहोयादाकी पत्‍नी यहोशेबाले (किनकि तिनी अहज्‍याहकी दिदी थिइन्) योआशलाई अतल्‍याहको हातबाट लुकाइराखिन्, ताकि अतल्‍याहले त्‍यसलाई मार्न पाइनन्‌ ।

    12अतल्‍याहले देशमा राज्‍य गर्दा तिनी परमप्रभुको मन्दिरमा छ वर्षसम्म तिनीहरूसँगै लुकाएर राखिए ।

  • 7त्यसपछि अभिषेक गर्ने तेल लिएर जा अनि त्यसको शिरमा खन्याइदिएर त्यसलाई अभिषेक गर् ।

  • 1¶ यरूशलेमका बासिन्‍दाहरूले यहोरामको सट्टामा तिनका कान्‍छा छोरा अहज्‍याहलाई राजा बनाए, किनकि आक्रमणमा अरबीहरूसित मिलेर आएका मानिसका झुण्डले तिनका सबै ठुला छोरालाई मारेका थिए । यसैले यहूदाका राजा यहोरामका छोरा अहज्‍याह राजा भए ।

  • 13अब तिमीहरूले चुनेका र तिमीहरूले मागेका राजा यहाँ छन् जसलाई परमप्रभुले तिमीहरूमाथि राजाको रूपमा नियुक्‍त गर्नुभएको छ ।

  • 1¶ त्यसपछि शमूएलले एक ढुङ्ग्रो तेल लिए, त्‍यो शाऊलको शिरमाथि खन्याए, तिनलाई चुम्‍बन गरे । तिनले भने, “के परमप्रभुले उहाँको उत्तराधिकारको शासक हुनलाई तपाईंलाई अभिषेक गर्नुभएको हैन र?

  • 16त्‍यसपछि यहोयादाले आफै र सबै मानिस र राजाको बिचमा तिनीहरू परमप्रभुको मानिस हुनुपर्छ भनी करार बाँधे ।

  • 12यिशैले कसैलाई पठाए र तिनलाई ल्याए । यो छोराको राता गाला, सुन्दर आँखा र सुन्दर स्वरूप थियो । परमप्रभुले भन्‍नुभयो, “उठ्, त्यसलाई अभिषेक गर् । किनभने यही नै हो ।”

  • 1¶ शमूएलले सबै इस्राएलीलाई भने, “तिमीहरूले मलाई भेनका हरेक कुरा मैले सुनेको छु र मैले तिमीहरूमाथि एक जना राजा नियुक्‍त गरेको छु ।

  • 3त्यसैले इस्राएलका सबै धर्म-गुरुहरू राजाकहाँ हेब्रोनमा आए र राजा दाऊदले परमप्रभुको सामु तिनीहरूसँग करार गरे । तिनीहरूले दाऊदलाई इस्राएलमाथि राजा अभिषेक गरे ।

  • 22त्‍यो दिनमा, तिनीहरूले ठुलो उत्‍सव मनाउँदै परमप्रभुको सामु त्‍यस दिन खाए र पिए । तिनीहरूले दोस्रो पटक दाऊदका छोरा सोलोमनलाई राजा बनाए, र परमप्रभुको अधिकारमा तिनलाई राजा अभिषेक गरे । तिनीहरूले सादोकलाई पूजाहारी अभिषेक पनि गरे ।

  • 4तिनले भने, “परमप्रभु इस्राएलका परमेश्‍वरलाई प्रशंसा होस्, जसले मेरा बुबा दाऊदसँग बोल्‍नुभयो र आफ्‍ना हातले यसो भन्दै प्रतिज्ञा पूरा गर्नुभएको छ,

  • 1¶ अब अहज्याहकी आमा अतल्याहले आफ्नो छोरो मरेका देखेपछि तिनी उठिन् र सबै राजकीय बालबालिकालाई मारिन् ।

  • 25किनकि तिनी आज तल गएका छन्, र तिनले ठुलो सङ्ख्यामा गोरुहरू, पोसिएका बाछाहरू र भेडाहरू बलिदान चढाएका छन्, अनि तिनले राजाका सबै छोरा, सेनापतिहरू र पुजारी अबियाथारलाई निमन्त्रणा दिएका छन् । तिनीहरू तिनकै सामु खाँदै र पिउँदै यसो भन्दै छन्, ‘राजा अदोनियाह दीर्घायु होऊन्!’