२ राजा 9:12

अनलक शाब्दिक बाइबल

तिनीहरूले भने, “त्यो कुरा झुट हो । हामीलाई भन्‍नुहोस् ।” येहूले भने, “तिनले मलाई यी भने अनि यसो पनि भने, 'परमप्रभु यसो भन्‍नुहुन्छः मैले तँलाई इस्राएलमाथि राजा अभिषेक गरेको छु' ।”

थप स्रोतहरू

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • २ राजा 9:2-6
    5 पदहरू
    83%

    2तिमी पुगेपछि निम्शीका नाति, यहोशापातका छोरा येहूलाई खोज, अनि भित्र जाऊ र तिनका साथीहरूका बिचबाट तिनलाई उठाऊ र भित्री कोठामा लैजाऊ ।

    3त्यसपछि तेलको भाँडो लेऊ र यो तिनको शिरमा खन्याऊ, र भन, 'परमप्रभु यसो भन्‍नुहुन्छः “मैले तँलाई इस्राएलको राजा अभिषेक गरेको छु ।” तब ढोका खोल, र दौड । ढिलो नगर ।”

    4त्‍यसैले ती जवान मानिस, जवान अगमवक्ता रामोत-गिलादमा गए ।

    5तिनी आइपुग्दा सेनापतिहरू बसिरहेका थिए । त्यसैले जवान अगमवक्ताले भने, “हे कप्‍तान, तपाईंलाई एउटा सन्‍देश लिएर आएको छु ।” येहूले भने, “हामीमध्ये कसलाई?” जवान अगमवक्ताले जवाफ दिए, “तपाईंलाई कप्‍तान ।”

    6त्यसैले येहू उठेर घरभित्र गए र ती अगमवक्ताले येहूको शिरमाथि तेल खन्याए, र तिनलाई भने, “इस्राएलका परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'मैले तँलाई इस्राएलमाथि अर्थात् परमप्रभुका मानिसहरूमाथि राजा अभिषेक गरेको छु ।

  • २ राजा 9:13-20
    8 पदहरू
    81%

    13तब तिनीहरूले तुरुन्‍तै आ-आफ्ना बाहिरी वस्‍त्र उतारे र येहू हिंड्ने खुड्किलामा ओछ्याए । तिनीहरूले तुरही फुके र भने, “येहू राजा हुनुहुन्छ ।”

    14यसरी निम्शीका नाति, यहोशापातका छोरा येहूले योरामको विरुद्धमा षड्यन्त्र रचे । अब योराम र सारा इस्राएलले अरामका राजा हजाएलको कारणले रामोत-गिलादलाई रक्षा गरिरहेका थिए,

    15तर अरामका राजा हजाएलको विरुद्धमा लड्दा राजा योरामलाई अरामीहरूले घाइते बनाएका हुनाले तिनी निको हुन यिजरेलमा फर्केका थिए । येहूले योरामका सेवकहरूलाई भने, “तिमीहरूको राय यस्तै छ भने यिजरेलमा गएर यो समाचार बताउनलाई कोही पनि भागेर सहरबाहिर जान नपाओस् ।”

    16त्यसैले येहू रथमा चढी यिजरेल गए । किनकि योरामले त्यहीँ विश्राम गर्दै थिए । त्यस बेला यहूदाका राजा अहज्याह योरामलाई भेट्न तल झरेका थिए ।

    17यिजरेलको धरहरामा पहरेदार खडा थियो, र त्यसले येहूका फौज आइरहेको टाढैबाट देख्यो । त्यसले भन्यो, “मानिसहरूको एउटा समूह आइरहेको मैले देख्दछु ।” योरामले भने, “एक जना घोडचढीलाई तिनीहरूलाई भेट्न पठा । त्यसलाई यसो भन्‍न लगा, 'के तपाईंहरू मित्रभावले आउनुभएको हो'?”

    18त्यसैले येहूलाई भेट्न एक जना मानिस घोडामा चढेर गयो । त्यसले भन्यो, “राजा यसो भन्‍नुहुन्छ, 'के तपाईंहरू मित्रभावले आउनुभएको हो'?” येहूले भने, “मित्रभावसित तँलाई केको सरोकार? फर्केर मेरो पछि लाग् ।” तब पहरेदारले राजालाई भन्यो, “सन्देशवाहकले तिनीहरूलाई भेट्यो, तर त्यो फर्केर आएन ।”

    19तब तिनले घोडामा अर्को मानिसलाई पठाए । त्यो तिनीहरूकहाँ आएर भन्यो, “राजा यसो भन्‍नुहुन्छ, 'के तपाईंहरू मित्रभावले आउनुभएको हो'?” येहूले भने, “मित्रभावसित तँलाई केको सरोकार? फर्केर मेरो पछि लाग् ।”

    20फेरि पहरेदारले भन्‍यो, “त्यसले तिनीहरूलाई भेटेको छ, तर त्यो फर्केर आएन । किनकि जुन तरिकाले रथ हाँकिएको छ त्यो त निम्शीका छोरा येहूले हाँकेजस्तै छ । तिनले बौलाहाले जस्तै हाँक्दैछन् ।”

  • 11तब येहू आफ्ना मालिकका सेवकहरूकहाँ आए र एक जनाले तिनलाई सोधे, “के सबै कुरा ठिकै छ? यो पागल मान्छे किन तपाईंकहाँ आएको?” येहूले तिनीहरूलाई जवाफ दिए, “तिमीहरू यी मानिस र तिनले कस्ता किसिमका कुरा भन्छन् भनेर तिमीहरू जान्‍दछौ ।”

  • १ राजा 19:15-16
    2 पदहरू
    74%

    15तब परमप्रभुले तिनलाई भन्नुभयो, “फर्केर दमस्कसको उजाड-स्थानको बाटोमा जा, र तँ त्यहाँ आइपुगेपछि हजाएललाई अरामका राजाको रूपमा अभिषेक गर् ।

    16तैँले निम्शीका छोरा येहूलाई इस्राएलको राजाको रूपमा नियुक्त गर्नू, र तेरो ठाउँमा हाबिल-महोलाको शाफातका छोरा एलीशालाई अगमवक्ताको रूपमा अभिषेक गर्नू ।

  • 1¶ शमूएलले शऊललाई भने, “ तपाईंलाई परमप्रभुका मानिसहरूका राजा हुन अभिषेक गर्नलाई उहाँले मलाई पठाउनुभयो । अब परमप्रभुको वचन सुन्‍नुहोस् ।

  • 7गएर यारोबामलाई भन कि इस्राएलका परमेश्वर परमप्रभु भन्नुहुन्छ, 'मैले तँलाई मेरो जाति इस्राएलमाथि अगुवा हुनलाई मानिसहरूका बिचबाट उठाएँ ।

  • 9बिहान येहू बाहिर निस्के र खडा भए र सबै मानिसहरूलाई भने, “तिमीहरू निर्दोष छौ । हेर, मैले मेरा मालिकको विरुद्धमा षड्यन्त्र गरें र तिनलाई मारेँ, तर यी सबैलाई कसले मारे?

  • 11तब तिनीहरूले राजाका छोरालाई बाहिर ल्‍याए, तिनको शिरमा मुकुट लगाइदिए र तिनलाई करार-पत्र दिए । तब तिनीहरूले तिनलाई राजा बनाए र यहोयादा र तिनका छोराहरूले तिनलाई अभिषेक गरे । त्यसपछि तिनीहरूले भने, “राजा अमर रहून् ।”

  • 11तथापि अहिले तपाईं भन्नुहुन्छ, 'जाऊ, र एलिया यहाँ छन् भनी आफ्नो मालिकलाई बताइदेऊ ।'

  • 7त्यसपछि नातानले दाऊदलाई भने, “त्यो मानिस तपाईं नै हो! परमप्रभु इस्राएलका परमेश्‍वर भन्‍नुहुन्छ, 'मैले तँलाई इस्राएलमाथि राजा अभिषेक गरें र मैले तँलाई शाऊलको हातबाट बचाएँ ।

  • 17यसैले इस्राएलका राजाले यहोशापातलाई भने, “तिनले मेरो बारेमा असल अगमवाणी बोल्‍दैनन्‌ तर विनाशको मात्र भन्छन् भनी के मैले तपाईंलाई भनेको थिइनँ र?”

  • 9तब तिनले उनीहरूलाई भने, “परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, जसकहाँ तिमीहरूले मलाई तिमीहरूका बिन्ती राख्‍न पठायौ,

  • 18त्यसैले इस्राएलका राजाले यहोशापातलाई भने, “तिनले मेरो बारेमा असल कुरा नभई केवल विपत्तिको बारेमा अगमवाणी बोल्छन् भनी के मैले तपाईंलाई भनेको होइन र?”

  • 12तब यहोयादाले राजाका छोरा योआशलाई बाहिर ल्याए, तिनलाई श्रीपेच लगाइदिए, र तिनलाई करारको उर्दी थमाइदिए । तब तिनीहरूले तिनलाई राजा बनाए र तिनलाई अभिषेक गरे । तिनीहरूले आफ्‍ना ताली बजाए र भने, “राजा दीर्घायु रहून्!”

  • 7अहज्याहले आफ्ना सन्देशवाहकहरूलाई भने, “तिमीहरूलाई भेट्न आउने र यी कुराहरू भन्‍ने मानिस कस्‍तो किसिमको थियो?”

  • 13तिनले यहूदाका राजा अहज्याहका दाजुभाइलाई भेटे । येहूले तिनीहरूलाई भने, “तिमीहरू को हौ?” तिनीहरूले जवाफ दिए, “हामी अहज्याहका दाजुभाइहरू हौँ, र हामी राजाका सन्तान र रानी ईजेबेलका सन्तानलाई अभिवादन गर्न जाँदैछौँ ।”

  • 12त्यसैले तिनका एक जना सेवकले भने, “हे मेरा मालिक राजा, हामीले गर्दैनौँ किनकि इस्राएलमा भएका एलीशा अगमवक्ताले तपाईंले आफ्नो सुत्‍ने कोठामा बोल्नुभएका कुरासमेत इस्राएलका राजालाई भनिदिन्छन् ।”

  • 16तब राजाले तिनलाई भने, “परमप्रभुको नाउँमा अरू कुरा नभनी साँचो कुरा मात्र भन्नू भनी म तिमीलाई कति पटक शपथ खान लगाऊँ?”

  • 1¶ त्यसपछि शमूएलले एक ढुङ्ग्रो तेल लिए, त्‍यो शाऊलको शिरमाथि खन्याए, तिनलाई चुम्‍बन गरे । तिनले भने, “के परमप्रभुले उहाँको उत्तराधिकारको शासक हुनलाई तपाईंलाई अभिषेक गर्नुभएको हैन र?

  • 26तर तिनले के गर्नुपर्छ भनेर परमप्रभुलाई सोधपुछ गर्न तिमीहरूलाई पठाउने यहूदाका राजालाई यही कुरा भनिदेओ, ‘तपाईंले सुन्‍नुभएको वचनको विषयमा परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ:

  • २ राजा 3:12-13
    2 पदहरू
    71%

    12यहोशापातले भने, “परमप्रभुको वचन तिनीसित छ ।” त्यसैले इस्राएलका राजा यहोशापात र एदोमका राजा तिनीकहाँ तल गए ।

    13एलीशाले इस्राएलका राजालाई भने, “मेरो तपाईंसित के सरोकार छ र? तपाईंका बुबाआमाका अगमवक्ताहरूकहाँ जानुहोस् ।” त्यसैले इस्राएलका राजाले तिनलाई भने, “अहँ, परमप्रभुले हामी तिन जना राजालाई एकैसाथ मोआबको हातमा सुम्पिदिनलाई बोलाउनुभएको छ ।”

  • २ राजा 10:4-5
    2 पदहरू
    71%

    4तर तिनीहरू त्रसित भए र आपसमा भने, “हेर, येहूको सामु दुई जना राजा त खडा हुन सकेनन् । त्‍यसैले हामी कसरी खडा हुन सक्छौँ?”

    5तब दरबारका रेखदेख मानिसहरू, सहरका प्रमुखहरू र धर्म-गुरुहरू अनि बालबालिकका अभिभावकहरूले येहूलाई यसो भनेर समाचार पठाए, “हामी तपाईंका सेवकहरू हौँ । तपाईंले हामीलाई जे आज्ञा दिनुहुन्‍छ, त्‍यो हरेक कुरा हामी गर्नेछौँ । हामी कुनै मानिसलाई राजा बनाउनेछैनौँ । तपाईंको दृष्‍टिमा जे ठिक लाग्‍छ, त्यही गर्नुहोस् ।”

  • 15तब राजाले तिनलाई भने, “परमप्रभुको नाउँमा साँचो कुरा मात्र भन्‍नू, अरू कुरा होइन भनी म तिमीलाई कति पल्‍ट भनूँ?”

  • 9त्यसैले आहाबले बेन-हददका सन्देशवाहकरूलाई भने, “मेरा मालिक राजालाई भनिदेऊ, 'तपाईंले पहिलो पटक आफ्नो दासमार्फत भन्नुभएको हरेक कुरामा म सहमत हुन्छु, तर यो दोस्रो मागलाई चाहिँ स्वीकार गर्दिनँ' ।” त्यसैले सन्देशवाहकरू त्यहाँबाट प्रस्थान गरे र बेन-हददको निम्ति यो जवाफ लिएर गए ।

  • 18तर परमप्रभुको इच्छा जान्‍न तिमीहरूलाई पठाउने यहूदाका राजालाई चाहिं तिमीहरूले यसो भन, 'तपाईंले सुन्‍नुभएको वचनको विषयमा इस्राएलका परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छः

  • 13अब तिमीहरूले चुनेका र तिमीहरूले मागेका राजा यहाँ छन् जसलाई परमप्रभुले तिमीहरूमाथि राजाको रूपमा नियुक्‍त गर्नुभएको छ ।

  • 9तब इस्राएलका राजाले एक जना अधिकारीलाई बोलाई तिनलाई हुकुम गरे, “ठिक अहिले नै इम्लाका छोरा मीकायालाई ल्याउनू ।”

  • 35त्यसपछि तिमीहरू तिनको पछिपछि आओ र तिनी आएर मेरो सिंहासनमा बस्ने छन् । किनकि तिनी मेरो ठाउँमा राजा हुने छन् । मैले तिनलाई इस्राएल र यहूदामाथि शासक नियुक्त गरेको छु ।”

  • १ राजा 18:8-9
    2 पदहरू
    70%

    8एलियाले तिनलाई जवाफ दिए, “म नै हुँ । 'हेर, एलिया यहीँ छन्' भनी गएर तिम्रो मालिकलाई बताइदेऊ ।”

    9ओबदियाले भने, “मैले के पाप गरेको छु, कि तपाईं आफ्ना दासलाई आहाबको हातमा मर्नलाई सुम्पनुहुन्छ?”

  • 7यरूशलेममा तिम्रो बारेमा यो घोषणा गर्न तिमीहरूले अगमवक्ताहरू पनि नियुक्त गरेका छौ, 'यहूदामा राजा हुनुहुन्छ!' राजाले यी खबरहरू सुन्‍नेछन् भनी तिमी निश्‍चित हुन सक्छौ । त्यसकारण, आऊ र एक-अर्कासित कुराकानी गरौँ ।”

  • 16त्यसपछि दऊदले त्यो मृतक अमालेकीलाई भने, “तेरो रगत तेरै शिरमा परोस् किनभने तेरै मुखले तेरो विरुद्ध गवाही दिएको र भनेको छ, 'मैले परमप्रभुका अभिषिक्‍त राजालाई मारेको छु' ।”

  • 14तब हजाएल एलीशाबाट बिदा भए र आफ्ना मालिककहाँ आए जसले तिनलाई सोधे, “एलीशाले तिमीलाई के भने?” तिनले जवाफ दिए, “तपाईं निश्‍चय नै निको हुनुहुनेछ भनी तिनले मलाई बताए ।”

  • 1¶ परमप्रभु यसो भन्‍नुहुन्छ, “यहूदाको राजाको घरमा तल जा र त्यहाँ यो वचन घोषणा गर्,

  • 9अब तिनीहरूको कुरा सुन । तर तिनीहरूलाई गम्भीरपूर्वक चेताउनी दे र राजाले जसरी तिनीहरूमाथि राज्‍य गर्नेछन्, त्‍यो तिनीहरूले राम्ररी जानून् ।”

  • 1¶ शमूएलले सबै इस्राएलीलाई भने, “तिमीहरूले मलाई भेनका हरेक कुरा मैले सुनेको छु र मैले तिमीहरूमाथि एक जना राजा नियुक्‍त गरेको छु ।