२ राजा 10:13

अनलक शाब्दिक बाइबल

तिनले यहूदाका राजा अहज्याहका दाजुभाइलाई भेटे । येहूले तिनीहरूलाई भने, “तिमीहरू को हौ?” तिनीहरूले जवाफ दिए, “हामी अहज्याहका दाजुभाइहरू हौँ, र हामी राजाका सन्तान र रानी ईजेबेलका सन्तानलाई अभिवादन गर्न जाँदैछौँ ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • २ राजा 8:29 : 29 अरामका राजा हजाएलको विरुद्धमा राजा योरामले लडाइँ गर्दा रामोतमा अरामीहरूले तिनमा पारेको चोटबाट निको हुन तिनी यिजरेलमा फर्के । त्यसैले यहूदाका राजा यहोरामका छोरा अहज्याह आहाबका छोरा योरामलाई भेट्न यिजरेलमा झरे किनकि योराम घाइते भएका थिए ।
  • २ राजा 8:24 : 24 यहोराम आफ्ना पुर्खाहरूसित सुते र तिनीहरूसँगै दाऊदको सहरमा गाडिए । त्यसपछि तिनको ठाउँमा तिनका छोरा अहज्याह राजा भए ।
  • २ इति 21:17 : 17 तिनीहरूले यहूदालाई हमला गरेर आक्रमण गरे र राजाको महलमा फेला पारेका सबै धन-सम्‍पत्ति लिएर गए । तिनीहरूले तिनका छोराहरू र पत्‍नीहरू पनि लगे । कान्‍छा छोरा अहज्‍याहबाहेक तिनका कुनै छोरा पनि बाँकी रहेन ।
  • २ इति 22:1-9 : 1 ¶ यरूशलेमका बासिन्‍दाहरूले यहोरामको सट्टामा तिनका कान्‍छा छोरा अहज्‍याहलाई राजा बनाए, किनकि आक्रमणमा अरबीहरूसित मिलेर आएका मानिसका झुण्डले तिनका सबै ठुला छोरालाई मारेका थिए । यसैले यहूदाका राजा यहोरामका छोरा अहज्‍याह राजा भए । 2 अहज्याह ले राज्य गर्न सुरु गर्दा तिनी बाईस वर्षका थिए । तिनले यरूशलेममा एक वर्ष राज्‍य गरे । तिनकी आमाको नाउँ अतल्‍याह थियो । तिनी ओम्रीकी छोरी थिइन्‌ । 3 तिनी पनि आहाबको घरानाका चालमा हिंडे, किनकि दुष्‍ट कुराहरू गर्नलाई तिनकी आमा सल्‍लाहकार थिइन् । 4 आहाबको घरानाले गरेझैं अहज्याहले परमप्रभुको दृष्‍टिमा जे खराब थियो सो गरे, किनकि तिनका बुबाको मृत्‍युपछि तिनीहरू नै तिनको पतन गराउने सल्‍लाहकारहरू थिए । 5 तिनीहरूका सल्लाहको अनुसरण पनि तिनले गरे । तिनी इस्राएलका राजा आहाबका छोरा योरामसित मिलेर रामोत-गिलादमा अरामका राजा हजाएलको विरुद्धमा युद्ध गर्न गए । अरामीहरूले योरामलाई घाइते बनाए । 6 रामोतमा अरामका राजा हजाएलसँग भएको युद्धमा पाएको चोटबाट निको हुन तिनी यिजरेलमा फर्केर गए । यसैले यहूदाका राजा यहोरामका छोरा अहज्‍याह योरामलाई हेर्न भनी यिजरेलमा गए, किनभने योराम घाइते भएका थिए । 7 अहज्‍याहले योरामलाई भेटेको कारण परमप्रभुले अहज्याहको पतन ल्याउनुभयो । जब तिनी आइपुगेका थिए, तब तिनी योरामसँग निम्‍शीका छोरा येहूलाई आक्रमण गर्न गए, जसलाई परमप्रभुले आहाबको घरानालाई नाश गर्नको निम्ति रोज्‍नुभएको थियो । 8 यस्‍तो भयो, जब येहूले आहाबको घरानामाथि परमेश्‍वरको न्‍याय पूरा गर्दै थिए, तब यहूदाका अगुवाहरू र अहज्‍याहका दाजुहरूका छोराहरूले अहज्‍याहको सेवा गरिरहेको तिनले भेट्टाए । येहूले तिनीहरूलाई मारे । 9 येहूले अहज्‍याहलाई खोजे । तिनीहरूले तिनलाई सामरियामा लुकिरहेको अवस्थामा समाते, तिनलाई येहूकहाँ ल्‍याए र तिनलाई मारे । त्यसपछि तिनीहरूले तिनलाई गाडे, किनकि तिनीहरूले भने, “यिनी आफ्‍नो पूरा हृदयले परमप्रभुलाई खोज्‍ने यहोशापातका छोरा हुन्‌ ।” यसरी राज्‍यमा शासन गर्नलाई अहज्‍याहका घरानासँग फेरि कुनै शक्ति बाँकी रहेन । 10 अब अहज्‍याहकी आमा अतल्‍याहले आफ्‍ना छोरा मरेका देखिन्, तिनी उठिन् र यहूदाका सारा राजकीय सन्तानहरूलाई मारिन् ।
  • २ राजा 9:21-27 : 21 त्यसैले योरामले भने, “मेरो रथ तयार पार ।” तिनीहरूले तिनको रथ तयार पारे, र इस्राएलका राजा योराम र यहूदाका राजा अहज्याह आ-आफ्नै रथमा चढेर येहूलाई भेट्न बाहिर निस्के । तिनीहरूले यिजरेली नाबोतको जग्गामा तिनलाई भेटे । 22 योरामले येहूलाई देखेपछि तिनले भने, “येहू, के तिमी मित्रभावले आएको हो?” तिनले जवाफ दिए, “तिम्री आमा ईजेबेलका यति धेरै मूर्तिपूजा र वेश्यावृत्ति हुँदाहुँदै पनि कसरी मित्रभाव हुन्छ?” 23 त्यसैले योरामले आफ्नो रथ घुमाए र अहज्याहलाई यसो भनेर भागे, “अहज्याह, धोका भएछ ।” 24 तब येहूले आफ्नो धनु निकाले र पुरा शक्ति लगाएर योरामका काँधहरूका बिचैमा तिनलाई हाने । काँडले तिनको मुटुलाई नै छेड्यो, र तिनी आफ्नो रथमा लडे । 25 तब येहूले आफ्ना सेनापति बिदकारलाई भने, “तिनलाई उठाऊ र यिजरेली नाबोतको खेतमा फालिदेऊ । तिनका पिता आहाबको पछि रथमा तिमी र म जाँदा परमप्रभुले तिनको विरुद्धमा भन्‍नुभएको यो अगमवाणीको बारेमा वोचार गरः 26 'परमप्रभु घोषणा गर्नुहुन्छ— हिजो मैले नाबोतको रगत र त्यसका छोराहरूको रगत देखेँ, र परमप्रभु भन्‍नुहुन्छ, निश्‍चय नै म यही खेतमा त्यसको बदला लिनेछु ।' अब परमप्रभुको वचनअनुसार तिनलाई उठाऊ र यही खेतमा फालिदेऊ ।” 27 जब यहूदाका राजा अहज्याहले यो देखे, तिनी बेथ-हागान जाने बाटोतिर भागे । तर येहूले तिनलाई पछ्याए, र भने, “तिनलाई पनि रथमा मार ।” तिनीहरूले तिनलाई यिबलामनेर गूरको उकालो जाने बाटोमा प्रहार गरे । अहज्याह मगिद्दोमा भागे, र त्यहीँ मरे ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • २ इति 22:6-9
    4 पदहरू
    80%

    6रामोतमा अरामका राजा हजाएलसँग भएको युद्धमा पाएको चोटबाट निको हुन तिनी यिजरेलमा फर्केर गए । यसैले यहूदाका राजा यहोरामका छोरा अहज्‍याह योरामलाई हेर्न भनी यिजरेलमा गए, किनभने योराम घाइते भएका थिए ।

    7अहज्‍याहले योरामलाई भेटेको कारण परमप्रभुले अहज्याहको पतन ल्याउनुभयो । जब तिनी आइपुगेका थिए, तब तिनी योरामसँग निम्‍शीका छोरा येहूलाई आक्रमण गर्न गए, जसलाई परमप्रभुले आहाबको घरानालाई नाश गर्नको निम्ति रोज्‍नुभएको थियो ।

    8यस्‍तो भयो, जब येहूले आहाबको घरानामाथि परमेश्‍वरको न्‍याय पूरा गर्दै थिए, तब यहूदाका अगुवाहरू र अहज्‍याहका दाजुहरूका छोराहरूले अहज्‍याहको सेवा गरिरहेको तिनले भेट्टाए । येहूले तिनीहरूलाई मारे ।

    9येहूले अहज्‍याहलाई खोजे । तिनीहरूले तिनलाई सामरियामा लुकिरहेको अवस्थामा समाते, तिनलाई येहूकहाँ ल्‍याए र तिनलाई मारे । त्यसपछि तिनीहरूले तिनलाई गाडे, किनकि तिनीहरूले भने, “यिनी आफ्‍नो पूरा हृदयले परमप्रभुलाई खोज्‍ने यहोशापातका छोरा हुन्‌ ।” यसरी राज्‍यमा शासन गर्नलाई अहज्‍याहका घरानासँग फेरि कुनै शक्ति बाँकी रहेन ।

  • २ राजा 9:11-23
    13 पदहरू
    79%

    11तब येहू आफ्ना मालिकका सेवकहरूकहाँ आए र एक जनाले तिनलाई सोधे, “के सबै कुरा ठिकै छ? यो पागल मान्छे किन तपाईंकहाँ आएको?” येहूले तिनीहरूलाई जवाफ दिए, “तिमीहरू यी मानिस र तिनले कस्ता किसिमका कुरा भन्छन् भनेर तिमीहरू जान्‍दछौ ।”

    12तिनीहरूले भने, “त्यो कुरा झुट हो । हामीलाई भन्‍नुहोस् ।” येहूले भने, “तिनले मलाई यी भने अनि यसो पनि भने, 'परमप्रभु यसो भन्‍नुहुन्छः मैले तँलाई इस्राएलमाथि राजा अभिषेक गरेको छु' ।”

    13तब तिनीहरूले तुरुन्‍तै आ-आफ्ना बाहिरी वस्‍त्र उतारे र येहू हिंड्ने खुड्किलामा ओछ्याए । तिनीहरूले तुरही फुके र भने, “येहू राजा हुनुहुन्छ ।”

    14यसरी निम्शीका नाति, यहोशापातका छोरा येहूले योरामको विरुद्धमा षड्यन्त्र रचे । अब योराम र सारा इस्राएलले अरामका राजा हजाएलको कारणले रामोत-गिलादलाई रक्षा गरिरहेका थिए,

    15तर अरामका राजा हजाएलको विरुद्धमा लड्दा राजा योरामलाई अरामीहरूले घाइते बनाएका हुनाले तिनी निको हुन यिजरेलमा फर्केका थिए । येहूले योरामका सेवकहरूलाई भने, “तिमीहरूको राय यस्तै छ भने यिजरेलमा गएर यो समाचार बताउनलाई कोही पनि भागेर सहरबाहिर जान नपाओस् ।”

    16त्यसैले येहू रथमा चढी यिजरेल गए । किनकि योरामले त्यहीँ विश्राम गर्दै थिए । त्यस बेला यहूदाका राजा अहज्याह योरामलाई भेट्न तल झरेका थिए ।

    17यिजरेलको धरहरामा पहरेदार खडा थियो, र त्यसले येहूका फौज आइरहेको टाढैबाट देख्यो । त्यसले भन्यो, “मानिसहरूको एउटा समूह आइरहेको मैले देख्दछु ।” योरामले भने, “एक जना घोडचढीलाई तिनीहरूलाई भेट्न पठा । त्यसलाई यसो भन्‍न लगा, 'के तपाईंहरू मित्रभावले आउनुभएको हो'?”

    18त्यसैले येहूलाई भेट्न एक जना मानिस घोडामा चढेर गयो । त्यसले भन्यो, “राजा यसो भन्‍नुहुन्छ, 'के तपाईंहरू मित्रभावले आउनुभएको हो'?” येहूले भने, “मित्रभावसित तँलाई केको सरोकार? फर्केर मेरो पछि लाग् ।” तब पहरेदारले राजालाई भन्यो, “सन्देशवाहकले तिनीहरूलाई भेट्यो, तर त्यो फर्केर आएन ।”

    19तब तिनले घोडामा अर्को मानिसलाई पठाए । त्यो तिनीहरूकहाँ आएर भन्यो, “राजा यसो भन्‍नुहुन्छ, 'के तपाईंहरू मित्रभावले आउनुभएको हो'?” येहूले भने, “मित्रभावसित तँलाई केको सरोकार? फर्केर मेरो पछि लाग् ।”

    20फेरि पहरेदारले भन्‍यो, “त्यसले तिनीहरूलाई भेटेको छ, तर त्यो फर्केर आएन । किनकि जुन तरिकाले रथ हाँकिएको छ त्यो त निम्शीका छोरा येहूले हाँकेजस्तै छ । तिनले बौलाहाले जस्तै हाँक्दैछन् ।”

    21त्यसैले योरामले भने, “मेरो रथ तयार पार ।” तिनीहरूले तिनको रथ तयार पारे, र इस्राएलका राजा योराम र यहूदाका राजा अहज्याह आ-आफ्नै रथमा चढेर येहूलाई भेट्न बाहिर निस्के । तिनीहरूले यिजरेली नाबोतको जग्गामा तिनलाई भेटे ।

    22योरामले येहूलाई देखेपछि तिनले भने, “येहू, के तिमी मित्रभावले आएको हो?” तिनले जवाफ दिए, “तिम्री आमा ईजेबेलका यति धेरै मूर्तिपूजा र वेश्यावृत्ति हुँदाहुँदै पनि कसरी मित्रभाव हुन्छ?”

    23त्यसैले योरामले आफ्नो रथ घुमाए र अहज्याहलाई यसो भनेर भागे, “अहज्याह, धोका भएछ ।”

  • २ राजा 10:11-12
    2 पदहरू
    78%

    11त्यसैले येहूले यिजरेलमा आहाबका घरानाका बाँकी रहेका सबै जना, तिनका मुख्य मानिसहरू, तिनका नजिकका मित्रहरू र पुजारीहरू कसैलाई पनि नछडी सबैलाई मारे ।

    12तब येहू उठे र आफ्नो बाटो लागे । तिनी सामरियामा गए । तिनी गोठालोको बेथ-एकेदमा आइपुग्दा,

  • 2तिमी पुगेपछि निम्शीका नाति, यहोशापातका छोरा येहूलाई खोज, अनि भित्र जाऊ र तिनका साथीहरूका बिचबाट तिनलाई उठाऊ र भित्री कोठामा लैजाऊ ।

  • २ राजा 10:1-2
    2 पदहरू
    77%

    1¶ सामरियामा आहाबको घरानाका सत्तरी जना सन्तान थिए । येहूले चिठीहरू लेखे र ती सामरियामा यिजरेलका शासकहरू, धर्म-गुरुहरू र आहाबका सन्तानका अभिभावककहाँ यसो भनेर पठाए,

    2“तिमीहरूका मालिकका सन्तानहरू तिमीहरूसित छन्, र तिमीहरूसित रथहरू, घोडाहरू र किल्लाबन्दी गरिएको सहर हतियार छन् । त्यसैले यो चिठी तिमीहरूले प्राप्‍त गर्ने बित्तिकै,

  • २ राजा 10:4-6
    3 पदहरू
    76%

    4तर तिनीहरू त्रसित भए र आपसमा भने, “हेर, येहूको सामु दुई जना राजा त खडा हुन सकेनन् । त्‍यसैले हामी कसरी खडा हुन सक्छौँ?”

    5तब दरबारका रेखदेख मानिसहरू, सहरका प्रमुखहरू र धर्म-गुरुहरू अनि बालबालिकका अभिभावकहरूले येहूलाई यसो भनेर समाचार पठाए, “हामी तपाईंका सेवकहरू हौँ । तपाईंले हामीलाई जे आज्ञा दिनुहुन्‍छ, त्‍यो हरेक कुरा हामी गर्नेछौँ । हामी कुनै मानिसलाई राजा बनाउनेछैनौँ । तपाईंको दृष्‍टिमा जे ठिक लाग्‍छ, त्यही गर्नुहोस् ।”

    6तब येहूले तिनीहरूलाई यसो भनेर दोस्रो पटक चिठी लेखे, “तिमीहरू मेरो पक्षमा छौ र तिमीहरूले मेरो कुरा सुन्छौ भने तिमीहरूले आफ्‍ना मालिकका सन्‍तानका शिरहरू लिनुपर्छ र भोली यसै बेला यिजरेलमा मकहाँ आउनुपर्छ ।” त्यस बेला राजाका सत्तरी जना सन्तानहरू आफूलाई हुर्काउने सहरका महत्त्वपूर्ण मानिसहरूसँगै थिए ।

  • 5तिनी आइपुग्दा सेनापतिहरू बसिरहेका थिए । त्यसैले जवान अगमवक्ताले भने, “हे कप्‍तान, तपाईंलाई एउटा सन्‍देश लिएर आएको छु ।” येहूले भने, “हामीमध्ये कसलाई?” जवान अगमवक्ताले जवाफ दिए, “तपाईंलाई कप्‍तान ।”

  • २ राजा 10:23-25
    3 पदहरू
    76%

    23रेकाबका छोरा यहोनादाबसित येहू बालको मन्दिरभित्र गए, र तिनले बालका आराधकहरूलाई भने, “यहाँ परमप्रभुका कुनै पनि सेवक नहोऊन्, तर बालका आराधकहरू मात्र होऊन् भन्‍ने कुरामा निश्‍चित होऊ ।”

    24तब तिनीहरू बलिहरू र होमबलि चढाउन भित्र गए । येहूले असि जना मानिसलाई छानेका थिए जो बाहिर खडा थिए । तिनले तिनीहरूलाई भने,“मैले तिमीहरूका हातमा ल्याएको कुनै पनि मानिस भाग्‍यो भने, जसले भगाउँछ, त्यो भाग्‍नेको प्राणको सट्टा त्यसको प्राण लिइनेछ ।”

    25तब येहूले होमबलि चढाएर सिद्ध्याउने बित्तिकै तिनले पहरेदार र सेनापतिहरूलाई भने, “भित्र जाओ र गएर तिनीहरूलाई मार । कोही बाहिर नआओस् ।” त्यसैले तिनीहरूले तरवारको धारले उनीहरूलाई मारे, अनि पहरेदार र कप्‍तानहरूले तिनीहरूलाई बाहिर फाले र तिनीहरू बालको मन्दिरको भित्री कोठामा गए ।

  • 27जब यहूदाका राजा अहज्याहले यो देखे, तिनी बेथ-हागान जाने बाटोतिर भागे । तर येहूले तिनलाई पछ्याए, र भने, “तिनलाई पनि रथमा मार ।” तिनीहरूले तिनलाई यिबलामनेर गूरको उकालो जाने बाटोमा प्रहार गरे । अहज्याह मगिद्दोमा भागे, र त्यहीँ मरे ।

  • २ राजा 10:14-17
    4 पदहरू
    74%

    14येहूले आफ्ना मानिसहरूलाई भने, “तिनीहरूलाई जिउँदै समात ।” त्यसैले तिनीहरूले उनीहरूलाई जिउँदै समाते र बयालिस जना पुरुष सबैलाई बेथ-एकेदको कुवामा मारे । तिनीहरूमध्‍ये एक जनालाई पनि तिनले जिउँदो छोडेनन् ।

    15येहू त्यहाँबाट गएपछि तिनले रेकाबका छोरा यहोनादाब आफूलाई भेट्न आइरहेका देखे । येहूले तिनलाई अभिवादन गरे र तिनलाई भने, “मेरो ह्रदय तिमीतर्फ भएझैँ तिम्रो ह्रदय मतर्फ छ?” यहोनादाबले जवाफ दिए, “हजुर छ।” येहूले भने, “छ भने मलाई तिम्रो हात देऊ।” त्यसैले तिनले येहूलाई आफ्नो हात दिए, येहूले यहोनादाबलाई आफूसितै रथमा लगे ।

    16येहूले भने, “मसँग आऊ र परमप्रभुको निम्ति मेरो जोसलाई हेर ।” त्यसैले तिनले यहोनादाबलाई आफ्‍नो रथमा आफूसँगै लगे ।

    17जब तिनी सामरियामा आए, तब जसरी परमप्रभुले पहिले नै आहाबको घरानालाई एलियाद्वारा भन्‍नुभएको थियो त्‍यसरी नै येहूले सामरियामा बाँकी रहेका तिनका सबै सन्तानलाई मारे, र आहाबको राजकीय वंशको एउटैलाई पनि छाडेनन् ।

  • 1¶ यरूशलेमका बासिन्‍दाहरूले यहोरामको सट्टामा तिनका कान्‍छा छोरा अहज्‍याहलाई राजा बनाए, किनकि आक्रमणमा अरबीहरूसित मिलेर आएका मानिसका झुण्डले तिनका सबै ठुला छोरालाई मारेका थिए । यसैले यहूदाका राजा यहोरामका छोरा अहज्‍याह राजा भए ।

  • २ राजा 10:34-35
    2 पदहरू
    72%

    34येहू र तिनका सबै काम र तिनको शक्तिको बारेमा के इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र?

    35येहू आफ्ना पर्खाहरूसित सुते, र तिनीहरूले तिनलाई सामरियामा गाडे । तब तिनको ठाउँमा तिनका छोरा यहोआहाज राजा भए ।

  • 29अरामका राजा हजाएलको विरुद्धमा राजा योरामले लडाइँ गर्दा रामोतमा अरामीहरूले तिनमा पारेको चोटबाट निको हुन तिनी यिजरेलमा फर्के । त्यसैले यहूदाका राजा यहोरामका छोरा अहज्याह आहाबका छोरा योरामलाई भेट्न यिजरेलमा झरे किनकि योराम घाइते भएका थिए ।

  • 29आहाबका छोरा योरामको एघारौँ वर्षमा अहज्याहले यहूदामाथि राज्‍य सुरु गरेका थिए ।

  • 2तब हनानीका छोरा दर्शी येहू तिनलाई भेट्‌न आए र यहोशापात राजालाई भने, “के दुष्‍टलाई तपाईंले सहायता गर्नुपर्छ र? के परमप्रभुलाई घृणा गर्नेहरूलाई तपाईंले प्रेम गर्नुपर्छ र? यस कामको कारणले गर्दा परमप्रभुको क्रोध तपाईंमाथि परेको छ ।

  • २ इति 18:2-3
    2 पदहरू
    71%

    2केही सालपछि तिनी सामरियामा आहाबलाई भेट गर्न गए । आहाबले तिनी र तिनका साथमा भएका मानिसहरूका निम्ति निम्‍ति धेरैवटा भेडा र गोरुहरू काटे । आहाबले आफूसँग मिलेर रामोत-गिलादलाई आक्रमण गर्न तिनलाई फकाए ।

    3इस्राएलका राजा आहाबले यहूदाका राजा यहोशापातलाई भने, “के तपाईं मसँगै रामोत-गिलादमा जानुहुनेछ?” यहोशापातले तिनलाई जवाफ दिए, “म तपाईंजस्‍तै हुँ, र मेरा मानिसहरू तपाईंका मानिसहरूजस्‍तै हुन्‌ । युद्धमा हामी तपाईंसँगै हुनेछौं ।”

  • 31येहू मूल ढोकामा भित्र आउँदै गर्दा तिनले उनलाई भनिन्, “ए आफ्ना मालिकका हत्यारा जिम्री, के तिमी मित्रभावले आएका हौ?”

  • 8तब अमस्याहले इस्राएलका राजा येहूका नाति, यहोआहाजका छोरा यहोआशकहाँ यसो भनी सन्देशवाहकहरू पठाए, “आउनुहोस्, हामी युद्धमा एक-अर्कालाई आमनेसामने भेटौँ ।”

  • 7तिनले यहूदाका राजा यहोशापातलाई यसो भनेर सन्देश पठाए, “मोआबका राजा मेरो विरुद्धमा बागी भएका छन् । मोआबको विरुद्धमा तपाईं मसँगै युद्ध गर्न जानुहुन्छ?” यहोशापातले जवाफ दिए, “म जानेछु । म तपाईंजस्तै हुँ, मेरा मानिसहरू तपाईंका मानिसहरूजस्तै हुन्, मेरा घोडाहरू तपाईंका घोडाहरूजस्तै हुन् ।”

  • 30त्यसैले परमप्रभुले येहूलाई भन्‍नुभयो, “ परमप्रभुको दृष्‍टिमा जे ठिक थियो, तैँले त्यही गरेको कारणले र आहाबको घरानालाई मेरो ह्रदयमा भएअनुसार गरेको हुनाले तेरा सन्तानहरूको चार पुस्तासम्म इस्राएलको सिंहासनमा बस्‍नेछन् ।”

  • 25तब येहूले आफ्ना सेनापति बिदकारलाई भने, “तिनलाई उठाऊ र यिजरेली नाबोतको खेतमा फालिदेऊ । तिनका पिता आहाबको पछि रथमा तिमी र म जाँदा परमप्रभुले तिनको विरुद्धमा भन्‍नुभएको यो अगमवाणीको बारेमा वोचार गरः

  • 12तिनीहरूका पिताले तिनीहरूलाई सोधे, “तिनी कुनचाहिँ बाटो लागे?” परमेश्वरका जन यहूदाको बाटो भएर गएका थिए भनी तिनका छोराहरूले देखेका थिए ।

  • 13तर आहाबको घरानाले गरेझैं इस्राएलका राजाहरूका चालमा चलेर आहाबको परिवारले गरेजस्तै तैंले यहूदा र यरूशलेमका बासिन्‍दाहरूलाई वेश्‍याहरूजस्तै गर्न लगाइस्, र तैंले तँभन्दा असल तेरा बुबाका परिवारका आफ्‍नै भाइहरू, तँभन्‍दा असल मानिसहरू पनि तैंले मारिस् —

  • 25इस्राएलका राजा आहाबका छोरा योरामको बार्‍हौँ वर्षमा यहूदाका राजा यहोरामका छोरा अहज्याहले राज्‍य गर्न सुरु गरे ।