२ राजा 10:1

अनलक शाब्दिक बाइबल

¶ सामरियामा आहाबको घरानाका सत्तरी जना सन्तान थिए । येहूले चिठीहरू लेखे र ती सामरियामा यिजरेलका शासकहरू, धर्म-गुरुहरू र आहाबका सन्तानका अभिभावककहाँ यसो भनेर पठाए,

थप स्रोतहरू

उल्लेखित पदहरू

  • न्या 8:30 : 30 गिदोनको वंशमा सत्तरी छोराहरू थिए, किनकि तिनका धेरै जना पत्‍नीहरू थिए ।
  • १ राजा 13:32 : 32 किनकि तिनले परमप्रभुको वचनद्वारा बेथेलको वेदीको विरुद्धमा र सामरियाका सहरहरूमा भएका सबै डाँडाका ठाउँहरूका घरहरूको विरुद्धमा घोषणा गरेका सन्देश निश्चय नै पुरा हुने छ ।”
  • १ राजा 16:28 : 28 यसरी ओम्री आफ्ना पित्रहरूसित सुते, र तिनी सामरियामा गाडिए । त्यसपछि तिनको ठाउँमा तिनका छोरा आहाब राजा भए ।
  • १ राजा 21:8-9 : 8 त्यसैले ईजेबेलले आहाबको नाउँमा चिठीहरू लेखिन्, र तिनका राजाको छाप लगाई नाबोतको सहरमा तिनीसित बस्ने धर्म-गुरुहरू र भारदारहरूकहाँ पठाइन् । 9 उनले चिठीहरूमा यसो लेखेकी थिइन्, “उपवासको घोषणा गरी नाबोतलाई मानिसहरूका बिचमा आदरको स्थानमा बसाओ । 10 तिनीसँगै दुई जना बेइमान मानिसलाई पनि राख जसले तिनको विरुद्धमा यस्तो गवाही देऊन्, 'तपाईंले परमेश्वर र राजालाई सराप दिनुभयो' ।” तब तिनलाई बाहिर लगेर ढुङ्गाले हानेर मार । 11 त्यसैले नाबोतको सहरका मानिसहरू, धर्म-गुरुहरू र धनी मानिसहरूलाई ईजेबेलले लेखेकी चिठीहरूमा व्याख्या गरेझैँ तिनीहरूले गरे । 12 तिनीहरूले उपवासको घोषणा गरे, र नाबोतलाई मानिसहरूभन्दा आदरको स्थानमा बसाए । 13 दुई जना बेइमान मानिस आए, र तिनीहरू नाबोतको सामु बसे । मानिसहरूको उपस्थितिमा तिनीहरूले नाबोतको विरुद्धमा यसो भनी गवाही दिए, “नाबोतले परमेश्वर र राजा दुवैलाई सराप दिए ।” त्यसपछि तिनीहरूले तिनलाई सहरबाहिर लगी ढुङ्गाले हानेर मारे । 14 तब धर्म-गुरुहरूले ईजेबेललाई यो खबर पठाइन्, “नाबोतलाई ढुङ्गाले हानेर मारिएको छ ।”
  • २ राजा 5:3 : 3 केटीले आफ्नी मालिक्‍नीलाई भनी, “मेरा मालिक सामरियामा भएका अगमवक्ताको साथमा भएको भए हुन्थ्यो! तब उहाँले मेरा मालिकलाई कुष्ठरोगबाट निको पार्नुहुन्थ्यो ।”
  • २ इति 22:9 : 9 येहूले अहज्‍याहलाई खोजे । तिनीहरूले तिनलाई सामरियामा लुकिरहेको अवस्थामा समाते, तिनलाई येहूकहाँ ल्‍याए र तिनलाई मारे । त्यसपछि तिनीहरूले तिनलाई गाडे, किनकि तिनीहरूले भने, “यिनी आफ्‍नो पूरा हृदयले परमप्रभुलाई खोज्‍ने यहोशापातका छोरा हुन्‌ ।” यसरी राज्‍यमा शासन गर्नलाई अहज्‍याहका घरानासँग फेरि कुनै शक्ति बाँकी रहेन ।
  • १ राजा 16:24 : 24 तिनले करिब सत्तरी किलोग्राम चाँदीमा शेमेरको हातबाट सामरियाको डाँडा किने । तिनले त्यसमा एउटा सहर बनाए, र त्यस डाँडाको प्रथम मालिक शेमेरको नाउँमा त्यसको नाउँ सामरिया राखे ।
  • न्या 10:4 : 4 तिनका तिस जना छोराहरू थिए जो तिसवटा गधाहरूमा सवार हुन्थे र तिनीहरूका तिसवटा सहरहरू थिए, जसलाई आजको दिनसम्म हब्बात याईर भनिन्छ, जुन गिलाद देशमा पर्छ ।
  • न्या 12:14 : 14 उनका चालिस छोरा र तिस नातिहरू थिए । तिनीहरू सत्तरीवटा गधाहरूमा सवार हुन्थे, र तिनले इस्राएलमा आठ वर्षसम्‍म न्याय गरे ।
  • व्यव 16:18 : 18 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने तिमीहरूका सबै सहरमा न्यायकर्ता र अधिकारीहरू नियुक्त गर्नू । तिमीहरूका हरेक कुलबाट तिनीहरूलाई छान्‍नू, र तिनीहरूले मानिसहरूको निष्पक्ष न्याय गरून् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 2“तिमीहरूका मालिकका सन्तानहरू तिमीहरूसित छन्, र तिमीहरूसित रथहरू, घोडाहरू र किल्लाबन्दी गरिएको सहर हतियार छन् । त्यसैले यो चिठी तिमीहरूले प्राप्‍त गर्ने बित्तिकै,

  • २ राजा 10:4-8
    5 पदहरू
    87%

    4तर तिनीहरू त्रसित भए र आपसमा भने, “हेर, येहूको सामु दुई जना राजा त खडा हुन सकेनन् । त्‍यसैले हामी कसरी खडा हुन सक्छौँ?”

    5तब दरबारका रेखदेख मानिसहरू, सहरका प्रमुखहरू र धर्म-गुरुहरू अनि बालबालिकका अभिभावकहरूले येहूलाई यसो भनेर समाचार पठाए, “हामी तपाईंका सेवकहरू हौँ । तपाईंले हामीलाई जे आज्ञा दिनुहुन्‍छ, त्‍यो हरेक कुरा हामी गर्नेछौँ । हामी कुनै मानिसलाई राजा बनाउनेछैनौँ । तपाईंको दृष्‍टिमा जे ठिक लाग्‍छ, त्यही गर्नुहोस् ।”

    6तब येहूले तिनीहरूलाई यसो भनेर दोस्रो पटक चिठी लेखे, “तिमीहरू मेरो पक्षमा छौ र तिमीहरूले मेरो कुरा सुन्छौ भने तिमीहरूले आफ्‍ना मालिकका सन्‍तानका शिरहरू लिनुपर्छ र भोली यसै बेला यिजरेलमा मकहाँ आउनुपर्छ ।” त्यस बेला राजाका सत्तरी जना सन्तानहरू आफूलाई हुर्काउने सहरका महत्त्वपूर्ण मानिसहरूसँगै थिए ।

    7त्यसैले जब तिनीहरूकहाँ चिठी आयो, तब तिनीहरूले राजाका छोराहरूलाई समाते र सत्तरी जनालाई नै मारे, तिनीहरूका शिरहरू टोकरीहरूमा राखे, र ती यिजरेलमा येहूकहाँ पठाए ।

    8एक जना सन्देशवाहक येहूकहाँ यसो भन्‍न आयो, “तिनीहरूले राजाका छोराहरूका शिरहरू ल्याएका छन् ।” त्‍यसैले तिनले भने, “बिहानसम्म तिनलाई मूल ढोकामा दुईवटा थुप्रो लगाएर राख्‍नू ।”

  • २ राजा 10:11-14
    4 पदहरू
    77%

    11त्यसैले येहूले यिजरेलमा आहाबका घरानाका बाँकी रहेका सबै जना, तिनका मुख्य मानिसहरू, तिनका नजिकका मित्रहरू र पुजारीहरू कसैलाई पनि नछडी सबैलाई मारे ।

    12तब येहू उठे र आफ्नो बाटो लागे । तिनी सामरियामा गए । तिनी गोठालोको बेथ-एकेदमा आइपुग्दा,

    13तिनले यहूदाका राजा अहज्याहका दाजुभाइलाई भेटे । येहूले तिनीहरूलाई भने, “तिमीहरू को हौ?” तिनीहरूले जवाफ दिए, “हामी अहज्याहका दाजुभाइहरू हौँ, र हामी राजाका सन्तान र रानी ईजेबेलका सन्तानलाई अभिवादन गर्न जाँदैछौँ ।”

    14येहूले आफ्ना मानिसहरूलाई भने, “तिनीहरूलाई जिउँदै समात ।” त्यसैले तिनीहरूले उनीहरूलाई जिउँदै समाते र बयालिस जना पुरुष सबैलाई बेथ-एकेदको कुवामा मारे । तिनीहरूमध्‍ये एक जनालाई पनि तिनले जिउँदो छोडेनन् ।

  • २ राजा 10:17-20
    4 पदहरू
    74%

    17जब तिनी सामरियामा आए, तब जसरी परमप्रभुले पहिले नै आहाबको घरानालाई एलियाद्वारा भन्‍नुभएको थियो त्‍यसरी नै येहूले सामरियामा बाँकी रहेका तिनका सबै सन्तानलाई मारे, र आहाबको राजकीय वंशको एउटैलाई पनि छाडेनन् ।

    18तब येहूले सारा मानिसलाई एकसाथ जम्मा गरे र तिनीहरूलाई भने, “आहाबले त बालको थोरै मात्र सेवा गरे, तर येहूले त झन् बढी त्यसको सेवा गर्नेछ ।

    19त्यसकारण बालका सबै अगमवक्ता, त्यसका सबै आराधक र सबै पुजारीलाई मकहाँ बोलाओ । कोही पनि नछोडियोस् किनकि बाललाई चढाउन मसित एउटा ठुलो बलिदान छ । जो आउँदैन, त्यो बाँच्नेछैन ।” तर बालका आराधकहरूलाई मार्न येहूले छलपूर्वक यसो गरेका थिए ।

    20येहूले भने, “बालको निम्ति एउटा सभा बोलाओ ।” त्यसैले तिनीहरूको यसको घोषणा गरे ।

  • २ इति 22:7-9
    3 पदहरू
    74%

    7अहज्‍याहले योरामलाई भेटेको कारण परमप्रभुले अहज्याहको पतन ल्याउनुभयो । जब तिनी आइपुगेका थिए, तब तिनी योरामसँग निम्‍शीका छोरा येहूलाई आक्रमण गर्न गए, जसलाई परमप्रभुले आहाबको घरानालाई नाश गर्नको निम्ति रोज्‍नुभएको थियो ।

    8यस्‍तो भयो, जब येहूले आहाबको घरानामाथि परमेश्‍वरको न्‍याय पूरा गर्दै थिए, तब यहूदाका अगुवाहरू र अहज्‍याहका दाजुहरूका छोराहरूले अहज्‍याहको सेवा गरिरहेको तिनले भेट्टाए । येहूले तिनीहरूलाई मारे ।

    9येहूले अहज्‍याहलाई खोजे । तिनीहरूले तिनलाई सामरियामा लुकिरहेको अवस्थामा समाते, तिनलाई येहूकहाँ ल्‍याए र तिनलाई मारे । त्यसपछि तिनीहरूले तिनलाई गाडे, किनकि तिनीहरूले भने, “यिनी आफ्‍नो पूरा हृदयले परमप्रभुलाई खोज्‍ने यहोशापातका छोरा हुन्‌ ।” यसरी राज्‍यमा शासन गर्नलाई अहज्‍याहका घरानासँग फेरि कुनै शक्ति बाँकी रहेन ।

  • २ राजा 10:34-36
    3 पदहरू
    73%

    34येहू र तिनका सबै काम र तिनको शक्तिको बारेमा के इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र?

    35येहू आफ्ना पर्खाहरूसित सुते, र तिनीहरूले तिनलाई सामरियामा गाडे । तब तिनको ठाउँमा तिनका छोरा यहोआहाज राजा भए ।

    36येहूले सामरियामा बसेर इस्राएलमाथि अट्ठाइस वर्ष राज्य गरे ।

  • 30त्यसैले परमप्रभुले येहूलाई भन्‍नुभयो, “ परमप्रभुको दृष्‍टिमा जे ठिक थियो, तैँले त्यही गरेको कारणले र आहाबको घरानालाई मेरो ह्रदयमा भएअनुसार गरेको हुनाले तेरा सन्तानहरूको चार पुस्तासम्म इस्राएलको सिंहासनमा बस्‍नेछन् ।”

  • 2तिमी पुगेपछि निम्शीका नाति, यहोशापातका छोरा येहूलाई खोज, अनि भित्र जाऊ र तिनका साथीहरूका बिचबाट तिनलाई उठाऊ र भित्री कोठामा लैजाऊ ।

  • २ राजा 9:13-17
    5 पदहरू
    72%

    13तब तिनीहरूले तुरुन्‍तै आ-आफ्ना बाहिरी वस्‍त्र उतारे र येहू हिंड्ने खुड्किलामा ओछ्याए । तिनीहरूले तुरही फुके र भने, “येहू राजा हुनुहुन्छ ।”

    14यसरी निम्शीका नाति, यहोशापातका छोरा येहूले योरामको विरुद्धमा षड्यन्त्र रचे । अब योराम र सारा इस्राएलले अरामका राजा हजाएलको कारणले रामोत-गिलादलाई रक्षा गरिरहेका थिए,

    15तर अरामका राजा हजाएलको विरुद्धमा लड्दा राजा योरामलाई अरामीहरूले घाइते बनाएका हुनाले तिनी निको हुन यिजरेलमा फर्केका थिए । येहूले योरामका सेवकहरूलाई भने, “तिमीहरूको राय यस्तै छ भने यिजरेलमा गएर यो समाचार बताउनलाई कोही पनि भागेर सहरबाहिर जान नपाओस् ।”

    16त्यसैले येहू रथमा चढी यिजरेल गए । किनकि योरामले त्यहीँ विश्राम गर्दै थिए । त्यस बेला यहूदाका राजा अहज्याह योरामलाई भेट्न तल झरेका थिए ।

    17यिजरेलको धरहरामा पहरेदार खडा थियो, र त्यसले येहूका फौज आइरहेको टाढैबाट देख्यो । त्यसले भन्यो, “मानिसहरूको एउटा समूह आइरहेको मैले देख्दछु ।” योरामले भने, “एक जना घोडचढीलाई तिनीहरूलाई भेट्न पठा । त्यसलाई यसो भन्‍न लगा, 'के तपाईंहरू मित्रभावले आउनुभएको हो'?”

  • 27जब यहूदाका राजा अहज्याहले यो देखे, तिनी बेथ-हागान जाने बाटोतिर भागे । तर येहूले तिनलाई पछ्याए, र भने, “तिनलाई पनि रथमा मार ।” तिनीहरूले तिनलाई यिबलामनेर गूरको उकालो जाने बाटोमा प्रहार गरे । अहज्याह मगिद्दोमा भागे, र त्यहीँ मरे ।

  • 8त्यसैले ईजेबेलले आहाबको नाउँमा चिठीहरू लेखिन्, र तिनका राजाको छाप लगाई नाबोतको सहरमा तिनीसित बस्ने धर्म-गुरुहरू र भारदारहरूकहाँ पठाइन् ।

  • २ राजा 10:23-25
    3 पदहरू
    71%

    23रेकाबका छोरा यहोनादाबसित येहू बालको मन्दिरभित्र गए, र तिनले बालका आराधकहरूलाई भने, “यहाँ परमप्रभुका कुनै पनि सेवक नहोऊन्, तर बालका आराधकहरू मात्र होऊन् भन्‍ने कुरामा निश्‍चित होऊ ।”

    24तब तिनीहरू बलिहरू र होमबलि चढाउन भित्र गए । येहूले असि जना मानिसलाई छानेका थिए जो बाहिर खडा थिए । तिनले तिनीहरूलाई भने,“मैले तिमीहरूका हातमा ल्याएको कुनै पनि मानिस भाग्‍यो भने, जसले भगाउँछ, त्यो भाग्‍नेको प्राणको सट्टा त्यसको प्राण लिइनेछ ।”

    25तब येहूले होमबलि चढाएर सिद्ध्याउने बित्तिकै तिनले पहरेदार र सेनापतिहरूलाई भने, “भित्र जाओ र गएर तिनीहरूलाई मार । कोही बाहिर नआओस् ।” त्यसैले तिनीहरूले तरवारको धारले उनीहरूलाई मारे, अनि पहरेदार र कप्‍तानहरूले तिनीहरूलाई बाहिर फाले र तिनीहरू बालको मन्दिरको भित्री कोठामा गए ।

  • 5तिनी आइपुग्दा सेनापतिहरू बसिरहेका थिए । त्यसैले जवान अगमवक्ताले भने, “हे कप्‍तान, तपाईंलाई एउटा सन्‍देश लिएर आएको छु ।” येहूले भने, “हामीमध्ये कसलाई?” जवान अगमवक्ताले जवाफ दिए, “तपाईंलाई कप्‍तान ।”

  • 25तब येहूले आफ्ना सेनापति बिदकारलाई भने, “तिनलाई उठाऊ र यिजरेली नाबोतको खेतमा फालिदेऊ । तिनका पिता आहाबको पछि रथमा तिमी र म जाँदा परमप्रभुले तिनको विरुद्धमा भन्‍नुभएको यो अगमवाणीको बारेमा वोचार गरः

  • 12परमप्रभुले येहूसँग यसो भनेर बोल्‍नुभएको उहाँको वचन यही थियो, “तेरा सन्तानहरू इस्राएलको राजगद्धिमा चौथो पुस्तासम्म बस्‍नेछन् ।” त्यस्तै हुन आयो ।

  • २ राजा 9:20-22
    3 पदहरू
    69%

    20फेरि पहरेदारले भन्‍यो, “त्यसले तिनीहरूलाई भेटेको छ, तर त्यो फर्केर आएन । किनकि जुन तरिकाले रथ हाँकिएको छ त्यो त निम्शीका छोरा येहूले हाँकेजस्तै छ । तिनले बौलाहाले जस्तै हाँक्दैछन् ।”

    21त्यसैले योरामले भने, “मेरो रथ तयार पार ।” तिनीहरूले तिनको रथ तयार पारे, र इस्राएलका राजा योराम र यहूदाका राजा अहज्याह आ-आफ्नै रथमा चढेर येहूलाई भेट्न बाहिर निस्के । तिनीहरूले यिजरेली नाबोतको जग्गामा तिनलाई भेटे ।

    22योरामले येहूलाई देखेपछि तिनले भने, “येहू, के तिमी मित्रभावले आएको हो?” तिनले जवाफ दिए, “तिम्री आमा ईजेबेलका यति धेरै मूर्तिपूजा र वेश्यावृत्ति हुँदाहुँदै पनि कसरी मित्रभाव हुन्छ?”

  • 7तैँले आफ्नो मालिक आहाबको घरानालाई मार्नुपर्छ, यसरी ईजेबेलको हातद्वारा मारिएका परमप्रभुका सबै सेवक अगमवक्ताहरूका रगत र मेरा सेवकहरूका रगतको बदला मैले लिन सक्छु ।

  • 1¶ यरूशलेमका बासिन्‍दाहरूले यहोरामको सट्टामा तिनका कान्‍छा छोरा अहज्‍याहलाई राजा बनाए, किनकि आक्रमणमा अरबीहरूसित मिलेर आएका मानिसका झुण्डले तिनका सबै ठुला छोरालाई मारेका थिए । यसैले यहूदाका राजा यहोरामका छोरा अहज्‍याह राजा भए ।

  • १ राजा 19:16-17
    2 पदहरू
    69%

    16तैँले निम्शीका छोरा येहूलाई इस्राएलको राजाको रूपमा नियुक्त गर्नू, र तेरो ठाउँमा हाबिल-महोलाको शाफातका छोरा एलीशालाई अगमवक्ताको रूपमा अभिषेक गर्नू ।

    17हजाएलको तरवारबाट उम्कने जोसुकैलाई येहूले मार्ने छन्, र येहूको तरवारबाट उम्कने जोसुकैलाई एलीशाले मार्ने छन् ।

  • 14आहाबले जवाफ दिए, “कोद्वारा?” परमप्रभुले जवाफ दिनुभयो, “जिल्ला-जिल्लाका जिल्लापालहरूको सेवा गर्ने जवान अधिकृतहरूद्वारा ।” तब आहाबले भने, “कसले युद्धको थालनी गर्ने छ?” परमप्रभुले जवाफ दिनुभयो, “तैँले ।”

  • 40यसरी आहाब आफ्ना पित्रहरूसित सुते, र तिनको ठाउँमा तिनका छोरा अहज्याह राजा भए ।

  • 17तिनीहरूले यहूदालाई हमला गरेर आक्रमण गरे र राजाको महलमा फेला पारेका सबै धन-सम्‍पत्ति लिएर गए । तिनीहरूले तिनका छोराहरू र पत्‍नीहरू पनि लगे । कान्‍छा छोरा अहज्‍याहबाहेक तिनका कुनै छोरा पनि बाँकी रहेन ।

  • 2तिनले इस्राएलका राजा आहाबको सहरमा सन्देशवाकहरू पठाएर भने, “बेन-हदद यसो भन्नुहुन्छ, '

  • 11त्यसैले नाबोतको सहरका मानिसहरू, धर्म-गुरुहरू र धनी मानिसहरूलाई ईजेबेलले लेखेकी चिठीहरूमा व्याख्या गरेझैँ तिनीहरूले गरे ।

  • 1¶ एलियाले गरेका सबै काम र कसरी तिनले सबै अगमवक्तालाई तरवारले मारे भनी आहाबले ईजेबेललाई बताए ।

  • 20त्यसैले आहाबले सारा इस्राएलीलाई भेल हुन खबर पठाए, र तिनीहरू अगमवक्ताहरूसँगै कर्मेल डाँडामा जम्मा भए ।

  • 51यहूदाका राजा यहोशापातको सत्रौँ वर्षमा आहाबका छोरा अहज्याहले सामरियामा बसेर इस्राएलमाथि शासन गर्न थाले, र तिनले इस्राएलमाथि दुई वर्ष राज्य गरे ।