२ इतिहास 28:7

अनलक शाब्दिक बाइबल

जिक्री नामको एक जना वीर एफ्राइमीले राजाका छोरा मासेयाह र राजाका महलका रेखदेख गर्ने अधिकारी अज्रीकाम र राजापछिका मुख्‍य व्यक्ति एल्‍कानालाई मारे ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • उत्प 41:43 : 43 फारोले तिनलाई आफूसित भएको दोस्रो दर्जाको रथमा सवार गराए । मानिसहरू यसो भन्दै तिनको सामु चिच्‍च्याए, “घुँडा टेकेर झुक ।” फारोले तिनलाई सारा मिश्रको अधिकारी तुल्याए ।
  • उत्प 43:12 : 12 तिमीहरूले दुई गुणा रुपियाँ-पैसा पनि लिएर जाओ । तिमीहरूका बोरा खोल्दा मुखमा फेला परेका रुपियाँ-पैसा पनि सँगै लिएर जाओ । सायद त्यो भुल थियो ।
  • उत्प 43:15 : 15 ती मानिसहरूले उपहार, दुई गुणा रुपियाँ-पैसा र बेन्यामीनलाई लिए, र तिनीहरू उठेर मिश्रतर्फ झरे, अनि योसेफको सामु हाजिर भए ।
  • एस्थ 10:3 : 3 यहूदी मोर्दकै राजा अहासूरसको दोस्रो दर्जामा थिए । तिनी यहूदीहरूका बिचमा महान् थिए, र तिनका धेरै जना यहूदी दाजुभाइका माझमा लोकप्रिय थिए, किनकि तिनले आफ्नो जातिको भलाइ गरे र आफ्ना सबै मानिसको शान्तिको पक्षमा बोले ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • २ इति 28:5-6
    2 पदहरू
    77%

    5यसकारण परमप्रभु आहाजका परमेश्‍वरले तिनलाई अरामका राजाको हातमा सुम्पिदिनुभयो । अरामीहरूले तिनलाई परास्‍त गरे र तिनका मानिसमध्‍ये धेरै जनालाई कैद गरेर दमस्‍कसमा लगे । आहाज इस्राएलका राजाको हातमा पनि परे, र ती राजाले तिनलाई ठुलो संहारका साथ पराजित गरे ।

    6रमल्‍याहका छोरा पेकहले एकै दिनमा यहूदाका एक लाख बिस हजार सिपाहीलाई मारे, र ती सबै जना शक्तिशाली योद्धा थिए, किनभने तिनीहरूले परमप्रभु आफ्‍ना पुर्खाहरूका परमेश्‍वरलाई त्‍यागेका थिए ।

  • २ राजा 15:8-11
    4 पदहरू
    75%

    8यहूदाका राजा अजर्याहको अठतिसौँ वर्षमा यारोबामका छोरा जकरियाले सामरियाम बसेर इस्राएलमाथि छ महिना राज्‍य गरे ।

    9आफ्ना पुर्खाहरूले गरेझैँ परमप्रभुको दृष्‍टिमा जे खराब थियो, तिनले त्यही गरे । तिनी इस्राएललाई पाप गर्न लगाउने नबातका छोरा यारोबामका पापबाट फर्केनन् ।

    10याबेशका छोरा शल्लूमले जकरियाको विरुद्धमा षड्यन्त्र गरे, तिनलाई इब्लममा आक्रमण गरे र मारे । त्यसपछि तिनको ठाउँमा आफू राजा भए ।

    11जकरियाका बारेमा भएका अरू सबैकुरा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन् ।

  • 10जिम्री भित्र पसे, र राजामाथि आक्रमण गरी तिनलाई मारे । यहूदाका राजा आसाको सत्ताइसौँ वर्षमा जिम्री तिनको ठाउँमा राजा भए ।

  • 21तिनका सेवकहरू शिम्मतका छोरा योजाबाद र शोमेरका छोरा यहोजाबादले तिनलाई आक्रमण गरे, अनि तिनी मरे । तिनीहरूले योआशलाई दाऊदको सहरमा तिनका पुर्खाहरूसित गाडे, र तिनको ठाउँमा तिनका छोरा अमस्याह राजा भए ।

  • 25पकहीयाको एक जना पेकह नाउँ गरेका सेवक थिए जो रमल्याहका छोरा थिए, जसले तिनको विरुद्धमा षड्यन्त्र गरे । पेकहले गिलादका पचास जना मानिस आफ्नो साथमा लिएर सामरियामा राजदरबारको गढीभित्र पकहीया, अर्गोब र अरिहलाई मारे । पेकहले पकहीयालाई मारे र तिनको ठाउँमा आफू राजा भए ।

  • 21तहतका छोरा जाबाद थिए । जाबादका छोरा शूतेहल थिए । (एसेर र एलादलाई चाहिं गातका मनिसहरूका गाईबस्‍तु लुट्न जाँदा त्‍यहाँका आदिवासीले मारे ।)

  • 12तब एफ्राइमका कुनै अगुवाहरू, अर्थात्‌ येहोहानानका छोरा अजर्याह, मशिल्‍लेमोतका छोरा बेरेक्‍याह, शल्‍लूमका छोरा येहिजक्‍याह र हद्‌लैका छोरा अमासा युद्धबाट फर्केकाहरूको विरुद्धमा खडा भए ।

  • 5तिनको शासन सुदृढ हुनेबित्तिकै आफ्‍ना पिताको अर्थात् राजाको हत्या गर्ने सेवकहरूलाई तिनले मारे ।

  • 8तिनीहरूका आफन्तबाट दुई लाख पत्‍नीहरू, छोराहरू र छोरीहरूलाई इस्राएलका फौजले कैद गरेर लगे । तिनीहरूले धेरै लूटका मालहरू पनि लगे, जुन तिनीहरूले सामरियामा ल्‍याए ।

  • १ राजा 16:15-16
    2 पदहरू
    71%

    15यहूदाका राजा आसाको सत्ताइसौँ वर्षमा जिम्रीले तिर्सामा केवल सात दिन शासन गरे । त्यस

    16बेला सेनाचाहिँ पलिश्तीहरूको सहर गिब्बतोनको नजिकै छाउनी हालेर बसेका थिए । छाउनीका सेनाले यो सुने, “जिम्रीले षड्यन्त्र गरी राजालाई मारेका छन् ।” त्यसैले त्यसै दिन छाउनीमा सारा इस्राएलले सेनापति ओम्रीलाई इस्राएका राजा घोषणा गरे ।

  • 29यारोबाम आफ्ना पुर्खाहरू इस्राएलका राजाहरूसित सुते, र तिनको ठाउँमा तिनका छोरा जकरिया राजा भए ।

  • 14गदीका छोरा मनहेम तिर्साबाट सामरियामा उक्ले । सामरियामा तिनले याबेशका छोरा शल्लूमलाई आक्रमण गरे। तिनले उनलाई मारे र उनको ठाउँमा आफू राजा भए ।

  • 8यस्‍तो भयो, जब येहूले आहाबको घरानामाथि परमेश्‍वरको न्‍याय पूरा गर्दै थिए, तब यहूदाका अगुवाहरू र अहज्‍याहका दाजुहरूका छोराहरूले अहज्‍याहको सेवा गरिरहेको तिनले भेट्टाए । येहूले तिनीहरूलाई मारे ।

  • 30त्यसैले एलाहका छोरा होशियाले रमल्याहका छोरा पेकहको विरुद्धमा षड्यन्त्र गरे । तिनले उनलाई आक्रमण गरे र तिनलाई मारे । त्यसपछि उज्‍जियाहका छोरा योतामको बिसौँ वर्षमा तिनको ठाउँमा आफू राजा भए ।

  • 7दाऊदका सिपाहीहरूका सामु त्‍यहाँ इस्राएलका फौजलाई परास्‍त भयो । त्यस दिन त्यहाँ यति ठुलो नरसंहार भयो कि बिस हजार मानिसहरू मारिए ।

  • 27अमस्‍याहले परमप्रभुको अनुसरण गर्नबाट तर्केर गएको दिनदेखि नै तिनीहरूले यरूशलेममा तिनको विरुद्ध षड्‌यन्‍त्र गर्न सुरु गरे । तिनी लाकीशमा भागे, तर तिनीहरूले लाकीशमा तिनको पछिपछि मानिसहरू पठाए र तिनलाई त्‍यहीं मारे ।

  • 16तिनीपछि जिक्रीका छोरा अमसिया, जसले स्वेच्छाले परमप्रभुका सेवाको निम्ति आफूलाई समर्पित गरे । अनि तिनीसँग दुई लाखको योद्धाहरू ।

  • 28अनि एक जना जवान, बलियो र साहसी मानिस सादोकको साथमा उसका आफ्‍नै बाबुका परिवारका बाईस जना अगुवा थिए ।

  • 18त्यसैले जब जिम्रीले सहर घेरा हालिएको देखे तिनी राजाको महलसित गाँसिएको किल्लामा गए, र तिनले राजमहलमा आगो लगाइदिए । यसरी तिनी आगोमा जलेर मरे ।

  • 7त्यसैले जब तिनीहरूकहाँ चिठी आयो, तब तिनीहरूले राजाका छोराहरूलाई समाते र सत्तरी जनालाई नै मारे, तिनीहरूका शिरहरू टोकरीहरूमा राखे, र ती यिजरेलमा येहूकहाँ पठाए ।

  • 2तर नतन्याहको छोरो इश्माएल र तिनीसित भएका दस जना मानिस उठे, र शापानका नाति, अहीकामका छोरा गदल्याहलाई तरवारले आक्रमण गरे । इश्माएलले गदल्याहलाई मारे, जसलाई बेबिलोनका राजाले देशको गभर्नर नियुक्त गरेका थिए ।

  • 14इस्राएली पुरुषको नाउँ शिमियोनको कुलका अगुवा सालूका छोरा जिम्री थियो ।

  • 1¶ यरूशलेमका बासिन्‍दाहरूले यहोरामको सट्टामा तिनका कान्‍छा छोरा अहज्‍याहलाई राजा बनाए, किनकि आक्रमणमा अरबीहरूसित मिलेर आएका मानिसका झुण्डले तिनका सबै ठुला छोरालाई मारेका थिए । यसैले यहूदाका राजा यहोरामका छोरा अहज्‍याह राजा भए ।

  • 1¶ उज्‍जियाहको नाति, योतामका छोरा यहूदाको राजा आहाजको समयमा, अरामका राजा रसीन, र इस्राएलका राजा रमल्याहका छोरा पेकह यरूशलेमको विरुद्धमा युद्ध गर्न माथि गए, तर तिनीहरू त्‍यसको विरुद्धमा विजयी हुन सकेनन् ।

  • 19तिनीहरूले यरूशलेममा अमस्याहको विरुद्धमा षड्यन्त्र रचे र तिनी लाकीशमा भागे । तिनी लाकीशमा भागे तर तिनीहरूले तिनको पिछा गर्न लाकीशमा मानिसहरू पठाए, र तिनलाई त्यहीँ मारे ।

  • 14र तिनका दाजुभाइहरू जो योग्‍य मानिसहरू थिए– सबै जम्‍मा १२८ जना साहसिला लडाकाहरू थिए । तिनीहरूका प्रमुख अधिकृतचाहिँ हग्‍गदोलीमका छोरा जब्‍दीएल थिए ।

  • 27यारेश्‍याह, एलिया र जिक्री ।

  • 27अब तिनका सन्‍तानको विवरण, तिनको विषय गरिएका महत्त्वपूर्ण अगमवाणीहरू, र परमेश्‍वरको मन्दिरको पुनर्निर्माण गर्ने कामका विषय, हेर, ती राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन् । तिनका छोरा अमस्याह तिनको ठाउँमा राजा भए ।

  • 10बेबिलोनका राजाले सिदकियाहका छोराहरूलाई तिनकै आँखाका सामु मारे, र रिब्लामा तिनले यहूदाका सबै अगुवालाई पनि मारे ।

  • 17तिनीहरूले यहूदालाई हमला गरेर आक्रमण गरे र राजाको महलमा फेला पारेका सबै धन-सम्‍पत्ति लिएर गए । तिनीहरूले तिनका छोराहरू र पत्‍नीहरू पनि लगे । कान्‍छा छोरा अहज्‍याहबाहेक तिनका कुनै छोरा पनि बाँकी रहेन ।

  • 3अनि यस्‍तो भयो, जब तिनको शासन राम्ररी स्थापित भयो, तब तिनले आफ्‍ना बुबा राजाको हत्‍या गरेका अधिकारीहरूलाई मारे ।

  • 19यहोयादाले आफूसित सयौं करीहरू तथा पहरादारहरूका कमान्‍डरहरू र देशका सबै मानिसहरूलाई साथमा लिए र तिनीहरूले मिलेर राजालाई परमप्रभुको मन्दिरबाट ल्याए र तिनीहरू पहरादारको ढोकाको बाटो हुँदै राजदरबारमा गए । योआशले राजकीय सिंहासनमा आफ्नो आसन ग्रहण गरे ।

  • 38पछि, उसले आफ्‍नो देवता निस्रोकको मन्‍दिरमा पुजा गरिरहँदा, उसको छोरा अद्रम्मेलेक र शरेसरले तिनलाई तरवारले मारे । त्‍यसपछि तिनीहरू आरारातको देशमा भागेर गए । त्यसपछि उसको ठाउँमा उसको छोरा एसरहदोनले राज्‍य गरे ।

  • 1¶ सातौँ वर्षमा यहोयादाले आफ्‍नो शक्ति प्रकट गरे र तिनले सय-सयका दलका कमाण्‍डरहरू, अर्थात्‌ यहोरामका छोरा अजर्याह, येहोहानानका छोरा इश्‍माएल, ओबेदका छोरा अजर्याह, अदायाहका छोरा मासेयाह र जिक्रीका छोरा एलीशापातसित करार सम्‍झौता गरे ।

  • 37पछि तिनले आफ्नो देवता निस्रोकको मन्‍दिरमा पुजा गरिरहँदा तिनका छोराहरू अद्रम्मलेक र शरेसेरले तिनलाई तरवारले मारे । अनि तिनीहरू आरारात देशमा भागेर गए । तब तिनको ठाउँमा तिनका छोरा एसरहदोन राजा भए ।

  • 17जसको हातमा भर परेर राजा हिंड्थे ती अधिकारीलाई तिनले मूल ढोका हेर्ने जिम्मा दिएका थिए र मानिसहरूले तिनलाई मूल ढोकामा कुल्चे । राजाले परमेश्‍वरका मानिसलाई तिनको घरमा भेट्न जाँदा तिनले अगमवाणी गरेजस्‍तै तिनको मृत्‍यु भयो ।

  • 20तिनी सिक्‍लगमा जाँदा तिनीतर्फ लागेर आउने मनश्‍शेका मानिसहरू अदनाह, योजाबाद, येदीएल, मिखाएल, योजाबाद, एलीहू र सिल्‍लतै थिए । यि मनश्‍शेका हजार-हजार जनाका सेनानीहरू थिए ।

  • 5परमप्रभुले राजालाई प्रहार गर्नुभयो ताकि आफ्‍नो मर्ने दिनसम्म नै तिनी कुष्ठरोगी भए र बेग्लै घरमा बसे । राजाका छोरा योतामले राजमहको रेखदेख गरे र देशमा जनतामाथि राज्‍य गरे ।

  • 28परमप्रभुको दृष्‍टिमा जे खराब थियो, तिनले त्यही गरे । इस्राएललाई पाप गर्न लगाउने नबातका छोरा यारोबामका पापबाट तिनी फर्केनन् ।

  • 12यसरी अगमवक्ता येहूद्वारा परमप्रभुले बाशाको विरुद्धमा बोल्नुभएको वचनमुताबिक जिम्रीले बाशाका सारा घरानालाई नष्ट गरिदिए ।

  • 13तर अमस्‍याहले आफूसित युद्धमा नजाउन् भनी फिर्ता पठाइदिएका फौजले यहूदाका सामरियादेखि बेथ-होरोनसम्‍मका सहरहरू आक्रमण गरे । तिनीहरूले तीन हजार जना मानिसलाई मारे, र धेरै लूटका माल लिएर गए ।

  • 14जक्‍कैका परिवारका ७६०

  • 4जब यहोराम आफ्‍ना बुबाको राज्यमा उदाएका र आफैलाई राजाको रूपमा बलियोसँग स्थापित गरेका थिए, तब तिनले आफ्‍ना सबै भाइलाई र इस्राएलका धेरै जना अगुवालाई तरवारले मारे ।

  • 27जब यहूदाका राजा अहज्याहले यो देखे, तिनी बेथ-हागान जाने बाटोतिर भागे । तर येहूले तिनलाई पछ्याए, र भने, “तिनलाई पनि रथमा मार ।” तिनीहरूले तिनलाई यिबलामनेर गूरको उकालो जाने बाटोमा प्रहार गरे । अहज्याह मगिद्दोमा भागे, र त्यहीँ मरे ।

  • 16त्यसैले जब तिनी राजदरबारमा घोडाहरू पस्‍ने ठाउँमा पुगिन्, तब तिनीहरूले तिनलाई समाते र त्यहीँ तिनलाई मारियो ।