२ इतिहास 32:26

अनलक शाब्दिक बाइबल

तापनि आफ्नो हृदयको अभिमानको निम्ति हिजकिया र यरूशलेमका बासिन्दा दुवैले पश्‍चात्ताप गरे, जसले गर्दा हिजकियाको समयमा परमप्रभुको क्रोध तिनीहरूमाथि परेन ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यिर्मि 26:18-19 : 18 तिनीहरूले भने “मोरेशेतका मीकाले यहूदाका राजा हिजकियाको शासनकालमा अगमवाणी बोल्दै थिए । तिनले यहूदाका सबै मानिससँग बोले र भने, 'सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छः सियोन जोतिएको खेतझैं हुनेछ, यरूशलेमचाहिं गिटीको थुप्रो हुनेछ र मन्दिरको डाँडाचाहिं झाडीझैं हुनेछ ।' 19 के यहूदाका राजा हिजकिया र यहूदाका सारा मानिसले तिनलाई मारे त? के तिनले परमप्रभुको भय मान्‍ने काम गरे र परमप्रभुले तिनीहरूमाथि ल्याउने घोषणा गर्नुभएको विपत्ति ल्याउनबाट उहाँको मन बद्लने गरी के तिनले परमप्रभुको मुहारलाई शान्त पारेनन् र? यसरी हामी आफ्नै प्राणको विरुद्धमा अझै ठुलो दुष्‍ट काम गर्ने र?”
  • याक 4:10 : 10 प्रभुको सामु तिमीहरू आफैँलाई विनम्र तुल्याओ, र उहाँले तिमीहरूलाई माथि उठाउनुहुनेछ ।
  • २ इति 33:12 : 12 जब मनश्शे कष्‍टमा परे, तब तिनले परमप्रभु आफ्ना परमेश्‍वरलाई खोजे, र आफ्ना पुर्खाहरूका परमेश्‍वरकहाँ अत्यन्तै विनम्र भएर झुके ।
  • २ इति 34:27-28 : 27 तेरो हृदय नरम भएको हुनाले, र परमेश्‍वरले यो ठाउँ र यसका बासिन्‍दाहरूका विषयमा भनेका कुरा सुनेर उहाँको सामु तँ विनम्र भएको हुनाले, र तैंले आफूलाई मेरो सामु तँ विनम्र पारेको र आफ्ना लुगा च्यातेको र मेरो उपस्थितिमा रोएको हुनाले, मैले तेरो बिन्‍ती सुनेको छु— यो परमप्रभुको घोषणा हो— 28 हेर्, तेरा पुर्खाहरूसँगै तँलाई म जम्मा गर्नेछु । तँ शान्तिसित आफ्‍नो चिहानमा गाडिनेछस्, र यस ठाउँ र यसका बासिन्दामाथि मैले ल्‍याउने कुनै पनि सर्वनाश तेरा आँखाले देख्‍ने छैनन्’ ।” ती मानिसहरूले यो सन्देश राजाकहाँ पुर्‍याए ।
  • यशा 39:6-8 : 6 ‘हेर्, यस्‍ता दिनहरू आउँदैछन् जति बेला तेरा दरवारमा भएका हरेक कुरा, आजको दिनसम्म तेरा पुर्खाहरूले भण्डारण गरेका कुराहरू बेबिलोनमा लगिनेछ । परमप्रभु भन्‍नुहुन्छ, कुनै कुरा पनि छोडिनेछैन । 7 तँबाट जन्मिएका छोराहरू, जसका बाबु तँ आफैं होस्, तिनीहरूले नै ती लानेछन् र बेबिलोनका राजाको दरबारमा तिनीहरू नपुङ्सकहरू बन्‍नेछन् ।’” 8 तब हिजकियाले यशैयालाई भने, “तपाईंले भन्‍नुभएको परमप्रभुको वचन असल छ ।” किनकि तिनले सोचे, “मेरो जीवनकालभरि शान्ति र स्थिरता हुनेछ ।”
  • २ इति 33:19 : 19 त्‍यो वर्णनमा, तिनको प्रार्थना र परमेश्‍वर कसरी त्‍यसबाट चल्‍नुभयो भन्‍ने कुराको इतिहास छ । तिनले आफैलाई विनम्र तुल्याउनु अगि तिनले गरेका सबै पाप र अविश्‍वासका काम, तिनले बनाएका डाँडाका थानहरू र अशेराका खम्बा र मूर्तिहरू— पनि यी सबै दर्शीहरूका इतिहासको पुस्तकमा लेखिएका छन् ।
  • २ इति 33:23 : 23 आफ्ना पिता मनश्शेले गरेझैं तिनले परमप्रभुको सामुन्‍ने आफैलाई विनम्र पारेनन् । यसरी तिनी झन् बढी अनाज्ञाकारी भए ।
  • लैव्य 26:40-41 : 40 तर यदि तिनीहरूले आफ्ना र आफ्ना पुर्खाहरूका पाप, मप्रति विश्‍वासहीन भएर गरेका विद्रोह, र मेरो विरुद्धको हिँडाइलाई स्वीकारे भने- 41 जसले गर्दा म तिनीहरूको विरुद्ध भएँ र तिनीहरूलाई मैले तिनीहरूका दुश्‍मनको देशमा ल्याएँ- र यदि तिनीहरूका कठोर कठोर हृदय नम्र भए, अनि तिनीहरूले आफ्ना पापका कारण दण्डहरू स्वीकारे भने,
  • १ राजा 21:19 : 19 तैँले त्यसलाई परमप्रभु यसो भन्नुहुन्छ भनी बता, 'के तैँले त्यसलाई मारेर त्यसको सम्पत्ति हडपेको छस्?’ त्यसपछि त्यसलाई परमप्रभु यसो भन्नुहुन्छ भनी बता, 'जुन ठाउँमा कुकुरहरूले नाबोतको रगत चाटे, त्यही ठाउँमा कुकुरहरूले तेरो रगत, हो तेरै रगत चाट्ने छन्' ।”
  • १ राजा 21:29 : 29 “के आहाबले मेरो सामु आफैलाई विनम्र पारेको तैँले देखेको छस्? त्यसले मेरो सामु आफैलाई विनम्र तुल्याकोले म आउनेवाला विपत्ति त्यसकै समयमा ल्याउँदिनँ । म त्यसको छोराको समयमा त्यसको परिवारमा विपत्ति ल्याउने छु ।”
  • २ राजा 20:16-19 : 16 त्यसैले यशैयाले हिजकियालाई भने, “परमप्रभुक वचन सुन्‍नुहोस्, 17 'हेर्, ती दिन आउँदैछन् जतिबेला तेरा पुर्खाहरूले आजको दिनसम्म तेरो दरबारमा जम्मा गरेर राखेको हरेक थोक बेबिलोनमा लगिनेछ । परमप्रभु भन्‍नुहुन्छ, कुनै कुरा पनि छाडिनेछैन । 18 तँबाट जन्मेका तेरा छोराहरू, जसलाई तँ आफैले हुर्काएको छस्— तिनीहरूले उनीहरूलाई लानेछन्, र उनीहरू बेबिलोनका राजदरबारमा नपुंसक बन्‍नेछन्' ।” 19 तब हिजकियाले यशैयालाई भने, “तपाईंले बोलेको परमप्रभुको वचन असल छ ।” किनकि तिनले सोचे, “के मेरो समयमा शान्ति र स्थिरता हुने छैन र?”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • २ इति 32:22-25
    4 पदहरू
    89%

    22यसरी परमप्रभुले हिजकिया र यरूशलेमका बासिन्दाहरूलाई अश्शूरका राजा सनहेरीबका हातबाट र अरू सबैका हातबाट बचाउनुभयो, र तिनीहरूलाई चारैतिरबाट आराम दिनुभयो ।

    23धेरै जनाले यरूशलेममा परमप्रभुको निम्ति भेटीहरू र यहूदाका राजा हिजकियाको निम्ति बहुमूल्य उपहारहरू ल्याए, ताकि त्यो समयदेखि पछि सबै जातिका दृष्‍टिमा तिनी उच्‍च पारिए ।

    24ती दिनमा हिजकिया मरणासन्‍न हुने गरी बिरामी भए । तिनले परमप्रभुमा प्रार्थना गरे, जो तिनीसित बोल्‍नुभयो र तिनी निको हुनेछन् भनेर एउटा चिन्ह तिनलाई दिनुभयो ।

    25तर हिजकियालाई दिइएको मदतका निम्‍ति तिनी परमप्रभुप्रति कृतज्ञ भएनन्, किनकि तिनको हृदय अहङ्‍कारी भएको थियो । यसैले तिनीमाथि र यहूदा र यरूशलेममाथि क्रोध पर्‍यो ।

  • 12जब रहबामले आफूलाई विनम्र तुल्‍याए, तब तिनलाइ पुरै नष्‍ट नगर्नलाई परमप्रभुको क्रोध तिनीबाट हट्यो । यसका अतिरिक्त, यहूदामा केही असल कुरा अझै बाँकी थियो ।

  • 27हिजकियाले धेरै धनसम्पत्ति र धेरै मान पाएका थिए । तिनले आफ्ना निम्ति सुन, चाँदी, बहुमूल्य पत्थर र मसलाहरू, अनि ढालहरू र अरू दामी-दामी चीजहरू राख्ने भण्डारहरू बनाए ।

  • २ इति 32:30-32
    3 पदहरू
    75%

    30गीहोन नदीको माथिल्लो मुहानलाई थुन्‍ने र त्‍यसलाई दाऊदको सहरको पश्‍चिमपट्टि सिधा ल्याउने हिजकिया पनि यिनै थिए । आफ्‍ना सब परियोजनामा हिजकिया सफल भए ।

    31तापनि देशमा देखिएको आश्‍चर्यका चिन्हको विषयमा जानकारहरूका बारेमा प्रश्‍नहरू सोध्‍नलाई बेबिलोनका शासकहरूले पठाएका राजदूतहरूका सम्‍बन्‍धमा तिनको जाँच गर्न र तिनको हृदयका सबै कुरा पत्ता लगाउन परमेश्‍वरले तिनलाई छोड्नुभयो ।

    32हिजकियाको बारेमा अन्य कुराहरू, तिनका करारका बफादर कामहरूसमेतका कुरा, आमोजका छोरा यशैया अगमवक्ताको दर्शन र यहूदा र इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा ती लेखिएका तपाईंले पाउनुहुन्‍छ ।

  • २ इति 12:6-7
    2 पदहरू
    75%

    6तब इस्राएलका शासकहरू र राजाले आफूलाई विनम्र बनाए र भने, “परमप्रभु धर्मी हुनुहुन्‍छ ।”

    7जब तिनीहरूले आफूलाई विनम्र तुल्‍याएका छन् भनी जब परमप्रभुले देख्‍नुभयो, तब परमप्रभुको वचन शमायाहकहाँ यसो भनेर आयो, “तिनीहरूले आफूलाई विनम्र तुल्‍याएका छन् । म तिनीहरूलाई विनाश गर्नेछैनँ । म तिनीहरूलाई केही हदसम्म उद्धार गर्नेछु, र शीशकको हातद्वारा यरूशलेममा म आफ्‍नो क्रोध खन्‍याउनेछैनँ ।

  • 19के यहूदाका राजा हिजकिया र यहूदाका सारा मानिसले तिनलाई मारे त? के तिनले परमप्रभुको भय मान्‍ने काम गरे र परमप्रभुले तिनीहरूमाथि ल्याउने घोषणा गर्नुभएको विपत्ति ल्याउनबाट उहाँको मन बद्लने गरी के तिनले परमप्रभुको मुहारलाई शान्त पारेनन् र? यसरी हामी आफ्नै प्राणको विरुद्धमा अझै ठुलो दुष्‍ट काम गर्ने र?”

  • 26तापनि परमप्रभु आफ्नो दन्किरहेको क्रोधको आगोबाट फकर्नुभएन किनकि मनश्शेले गरेका सबै कामको कारणले यहूदाको विरुद्धमा उहाँलाई भयङ्कर रिस उठेको थियो ।

  • 2यी कुराहरूमा हिजकिया प्रशन्‍न भएका थिए । ती दूतहरूलाई आफ्‍ना चाँदी, सुन, मसलाहरू र बहुमूल्य तेलका भण्‍डार, आफ्‍ना हतियारहरूका भण्डार र आफ्‍ना भण्डारमा भेट्टाएका सबै थोक तिनले देखाए । हिजकियाले तिनीहरूलाई नदेखाएका तिनक दरवारमा र राज्यमा कुनै पनि कुरा थिएन ।

  • यशा 37:14-15
    2 पदहरू
    74%

    14हिजकियाले दूतबाट त्‍यो पत्र प्राप्‍त गरे र त्‍यो पढे । अनि तिनी परमप्रभुको मन्‍दिरमा गए र त्‍यसलाई उहाँको सामु फिंजाए ।

    15हिजकियाले परमप्रभुसँग प्रार्थना गरे,

  • २ इति 32:15-17
    3 पदहरू
    74%

    15अब हिजकियाले यसो भनेर तिमीहरूलाई छलमा पार्न र तिमीहरूलाई मनाउन नदेओ । तिमीहरू तिनीमाथि विश्‍वास नगर, किनकि कुनै पनि जाति वा राज्यका देवताले आफ्ना मानिसलाई मेरो वा मेरा पुर्खाहरूका हातबाट बचाउन सकेको छैन । तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई मेरो हातबाट कति थोरै बचाउने छन् र?”

    16सनहेरीबका सेवकहरूले परमप्रभु परमेश्‍वर र उहाँका सेवक हिजकियाका विरुद्धमा अझै धेरै बोले ।

    17परमप्रभु इस्राएलका परमेश्‍वरको गिल्ला गर्नको निम्ति समेत सनहेरीबले पत्रहरू पनि लेखे । तिनले भने: “जसरी अरू देशका जातिहरूका देवताहरूले आफ्ना मानिसहरूलाई मेरो हातबाट बचाउन सकेका छैनन्, त्यसरी नै हिजकियाका परमेश्‍वरले पनि आफ्ना मानिसहरूलाई मेरो हातबाट बचाउन सक्‍ने छैनन् ।”

  • यशा 38:2-4
    3 पदहरू
    73%

    2तब हिजकियाले आफ्नो मुख भित्तातिर फर्काए र परमप्रभुमा प्रार्थना चढाए ।

    3तिनले भने, “कृपया, हे परमप्रभु, म तपाईंको सामु कसरी सारा हृदयले विश्‍वासयोग्‍य भएर हिंडेको छु र मैले तपाईंको नजरमा जे असल छ सो कसरी गरेको छु सो सम्‍झनुहोस् ।” अनि हिजकिया धुरुधुरु रोए ।

    4तब यशैयाकहाँ परमप्रभुको वचन यसो भनेर आयो,

  • यशा 36:14-15
    2 पदहरू
    73%

    14महाराजा भन्‍नुहुन्छ, 'हिजकियाले तिमीहरूलाई छल नगरोस्, किनकि त्यसले तिमीहरूलाई छुटकारा दिन सक्‍नेछैन ।

    15तिमीहरूलाई यसो भन्‍दै परमप्रभुमा भरोसा गर्ने बनाउन हिजकियालाई नदेओ, 'परमप्रभुले निश्‍चय पनि हामीलाई छुटकारा दिनुहुनेछ । यो सहर अश्शूरका राजाको हातमा दिइनेछैन' ।

  • २ राजा 18:29-30
    2 पदहरू
    73%

    29राजा भन्‍नुहुन्छ, 'हिजकियाले तिमीहरूलाई धोका नदिओस् किनकि उसले तिमीहरूलाई मेरो शक्तिबाट छुटकारा दिन सक्‍ने छैनन् ।

    30हिजकियाले तिमीहरूलाई यसो भन्दै परमप्रभुमाथि भरोस गर्न नलगाओस्, 'निश्‍चय नै परमप्रभुले हामीलाई छुटकारा दिनुहुनेछ, र यो सहर अश्शूरका राजाको हातमा पर्नेछैन ।'

  • 20यस विषयको कारणले हिजकिया राजा र आमोजका छोरा यशैया अगमवक्ताले प्रार्थना गरे र तिनले स्वर्गतिर पुकारा गरे ।

  • 1¶ हिजकिया राजाले तिनीहरूको कुरा सुनेपछि, तिनले आफ्ना लुगा च्याते, आफूलाई भाङ्ग्राले ढाके र परमप्रभुको मन्‍दिरमा गए ।

  • 20यसैले परमप्रभुले हिजकियाको प्रार्थना सुन्‍नुभयो, र मानिसहरूलाई निको पार्नुभयो ।

  • 13हिजकियाले ती चिठीमा लेखिएका कुरा सुने र त्‍यसपछि ती सन्देशवाहकहरूलाई राजदरबारका सबै कुरा र तिनका मूल्यवान् थोकहरू अर्थात् चाँदी, सुन, मसला र बहुमुल्‍य तेल र तिनका हतियारहरूका भण्डार अनि तिनका भण्डारहरूमा भेट्टाइएका सबै थोक देखाए । हिजकियाको आफ्नो घरमा अनि तिनका सारा राज्य तिनले उनीहरूलाई नदेखाएका कुरा केही थिएन ।

  • 11जब ‘परमप्रभु हाम्रा परमेश्‍वरले अश्शूरका राजाको हातबाट बचाउनुहुनेछ’ भनी हिजकियाले तिमीहरूलाई भन्छन्, तब तिमीहरू बसेकै ठाउँमा तिमीहरूलाई अनिकाल वा तिर्खाले मार्नलाई तिनले तिमीहरूलाई भ्रममा पारिरहेका छैनन् र?

  • 16तर जब उज्‍जियाह शक्तिशाली भए, तब तिनको हृदय अहंकारी भयो ताकि तिनले भ्रष्‍ट किसिमले काम गरे । तिनले परमप्रभु आफ्‍ना परमेश्‍वरको विरुद्धमा पाप गरे, किनकि धूप-वेदीमा धूप बाल्‍नलाई तिनी परमप्रभुको मन्‍दिरमा पसे ।

  • 10“यहूदाका राजा हिजकियालाई यसो भन, 'तिमीले भरोसा गर्ने परमेश्‍वरले तिमीलाई यसो भनेर छल नगरून्, 'यरूशलेमचाहिं अश्शूरका राजाको हातमा दिइने छैन' ।

  • 12जब परमप्रभुले सियोन पर्वतमा र यरूशलेममा आफ्नो काम सिद्ध्याउनुभएको छ, तब म अश्‍शूरका राजाको अहङ्कारी हृदयको बोली र त्यसको घमण्डी हेराइलाई दण्ड दिनेछु ।

  • 1¶ जब राजा हिजकियाले तिनीहरूको कुरा सुने, तब तिनले आफ्ना लुगा च्याते, भाङ्ग्रा लगाए र परमप्रभुको मन्दिरभित्र गए ।

  • 9त्यसपछि अश्शूरका राजा सनहेरीबले यरूशलेममा, (उनी लाकीश अगाडि थिए, र उनका सबै फौज उनीसित थियो) यहूदाका राजा हिजकिया र यरूशलेममा भएका यहूदाका सबै मानिसहरूकहाँ आफ्ना सेवकहरू पठाए । तिनले भने,

  • 12तिनले परमप्रभु तिनका परमेश्‍वरको दृष्‍टिमा जे खराब थियो त्यही गरे । परमप्रभुको वचन बोल्ने यर्मिया अगमवक्ताको सामु तिनले आफैलाई विनम्र पारेनन् ।

  • 18हिजकियाले तिमीहरूलाई यसो भनेर भ्रममा पार्न नदेओ, 'परमप्रभुले हामीलाई छुटकारा दिनुहुनेछ' । के अश्शूरका राजाका हातबाट मानिसहरूका कुनै देवताहरूले तिनीहरूलाई छुटकारा दिएका छन् र?

  • 14हिजकियाले सन्देशवाहकरूबाट यो चिठी प्राप्‍त गरे, र तिनले यो पढे । तब तिनी परमप्रभुको मन्दिरमा उक्ले अनि उहाँको सामु यसलाई खोलेर राखिदिए ।

  • 2सनहेरीब आएका थिए र यरूशलेमको विरुद्ध युद्ध गर्ने अठोट गरेका थिए भनी जब हिजकियालाई थाहा पाए,

  • 5तब यशैयाले हिजकियालाई भने, “सर्वशक्तिमान् परमप्रभुको वचन सुन्‍नुहोस्,

  • 20हिजकियाले यहूदाभरि नै यसो गरे । तिनले परमप्रभु आफ्ना परमेश्‍वरका दृष्‍टिमा असल, ठिक र विश्‍वासयोग्य काम गरे ।

  • 3“हे परमप्रभु, मेरो सारा ह्रदयले म कसरी तपाईंको सामु विश्‍वासका साथ हिंडेको छु, र कसरी तपाईंको दृष्‍टिमा जे ठिक थियो, मैले त्यही गरेको छु, सो कृपा गरी सम्झनुहोस् । तब हिजकिया धुरुधुरु रोए ।

  • २ राजा 18:14-15
    2 पदहरू
    71%

    14त्यसैले यहूदाका राजा हिजकियाले लाकीशमा बसिरहेका अश्शूरका राजालाई यसो भनेर समाचार पठाए, “मैले तपाईंलाई चोट पुर्‍याएको छु । मबाट पछि हट्नुहोस् । तपाईंले ममाथि जस्तो भारी बोकाउनुहुन्छ, म बोक्‍नेछु ।” अश्शूरका राजाले यहूदाका राजा हिजकियाबाट दस टन चाँदी र एक टन सुन माग गरे ।

    15त्यसैले हिजकियाले परमप्रभुको मन्दिर र राजदरबारका भण्डारहरूमा पइएका सबै चाँदी दिए ।

  • 30यसको साथै राजा हिजकिया र तिनका अगुवाहरूले लेवीहरूलाई दाऊद र दर्शी आसापका शब्‍दमा परमप्रभुको स्‍तुतिगान गर्न लाए । तिनीहरूले खुसीसाथ स्‍तुति गाए र घोप्‍टो परे र आरधना गरे ।

  • 16त्यसैले यशैयाले हिजकियालाई भने, “परमप्रभुक वचन सुन्‍नुहोस्,

  • 8जब हिजकिया र तिनका अधिकारीहरू आए र ती थुपारिएका कुरा देखे, तब तिनीहरूले परमप्रभु र उहाँको मानिस इस्राएललाई आशिष् दिए ।

  • 22तिनै राजा आहाजले आफ्‍नो कष्‍टको समयमा परमप्रभुको विरुद्ध झन्‌ धेरै पाप गरे ।

  • 36परमेश्‍वरले मानिसहरूका निम्‍ति तयार पार्नुभएको कामको कारणले हिजकिया र सबै मानिसहरू आनन्दित भए, किनकि त्‍यो काम चाँडै नै पूरा भयो ।