२ इतिहास 33:1

अनलक शाब्दिक बाइबल

¶ मनश्शेले राज्य गर्न सुरु गर्दा तिनी बाह्र वर्षका थिए । तिनले यरूशलेममा पचपन्‍न वर्ष राज्य गरे ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • २ राजा 21:1-9 : 1 ¶ मनश्शेले राज्‍य गर्न सुरु गर्दा तिनी बाह्र वर्षका थिए । तिनले यरूशलेममा पचपन्‍न वर्ष राज्य गरे । तिनकी आमाको नाउँ हेप्सीबा थियो । 2 परमप्रभुले इस्राएलका मानिसहरूको सामुबाट धपाउनुभएका जातिहरूले घिनलाग्दा कुराहरू गरेजस्‍तै, परमप्रभुको दृष्‍टिमा जे खरब थियो, तिनले त्यही गरे । 3 किनकि तिनका पिता हिजकियाले नाश पारेका उच्‍च ठाउँहरू तिनले पुनर्निर्माण गरे, र इस्राएलका राजा आहाबले गरेझैँ तिनले बालका लागि वेदीहरू बनाए, र अश्शेरा देवीको खम्बा बनाए अनि आकाशका सबै ताराहरूका सामु तिनी घोप्‍टो परे र तिनीहरूको पुजा गरे । 4 परमप्रभुको मन्दिरमा मनश्शेले वेदीहरू बनाए, यद्यपि परमप्रभुले यस्तो आज्ञा दिनुभएको थियो, “यरूशलेममा मात्र मेरो नाउँ सदासर्वदा कायम रहनेछ ।” 5 परमप्रभुको मन्दिरका दुईवटा चोकमा तिनले आकाशका सबै ताराहरूका लागि वेदीहरू बनाए । 6 तिनले आफ्नो छोरोलाई आगोमा हिंड्‍न लगाए । तिनले टुनामुना गरे र जोखना हेरे अनि मृत आत्‍माहरू र भूत आत्‍माहरूसँग बात गर्नेहरूका सल्‍लाह लिए । तिनले परमप्रभुको दृष्‍टिमा असाध्यै खराबी गरेर परमप्रभुलाई रिस उठाए । 7 आफूले बनाएका अश्शेरा देवीको मूर्तिलाई तिनले परमप्रभुको मन्दिरमा राखे । यही मन्दिरको बारेमा परमप्रभुले दाऊद र तिनका छोरा सोलोमनलाई यसो भन्‍नुभएको थियो, “मैले इस्राएलका सबै कुलबाट चुनेको यो मन्दिरमा र यरूशलेममा म मेरो नाउँ सदासर्वदाको निम्ति राख्‍नेछु । 8 मैले इस्राएललाई आज्ञा गरेका सबै कुरा पालन गर्न र मेरा दास मोशाले तिनीहरूलाई दिएका सबै व्यवस्था पालन गर्न तिनीहरू सावधान भए भने, मैले तिनीहरूका पुर्खाहरूलाई दिएको देशबाट तिनीहरूका खुट्टालाई फेरि यताउता घुमफिर गर्ने म पार्नेछैनँ ।” 9 तर मानिसहरूले यो कुरा सुनेनन्, र इस्राएलका मानिसहरूकै सामु परमप्रभुले नष्‍ट गर्नुभएका जातिहरूले भन्दा बढी खराब काम गर्न मनश्शेले तिनीहरूलाई अगुवाइ गरे । 10 त्यसैले परमप्रभुले आफ्ना सेवक अगमवक्ताहरूद्वारा यसो भन्‍नुभयो, 11 “यहूदाका राजा मनश्शेले यी घिनलाग्दा कुराहरू गरेको छ र तिनीभन्दा अगिका एमोरीहरूले गरेको भन्दा बढी खराब गरेको छ र यहूदालाई आफ्ना मूर्तिहरूले पाप गर्न लगाएको छ, 12 त्‍यसकारण इस्राएलका परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'हेर्, मैले यरूशलेम र यहूदामा यस्तो खराबी ल्याउन लागेको छु, कि जसले यसको बारेमा सुन्छ त्यसका दुवै कानमा गुञ्जन हुनेछ । 13 मैले सामरियाको विरुद्धमा प्रयोग गरेको नाप्ने टाँगो र आहाबको घरानाको विरुद्धमा प्रयोग गरेको साहुलले म यरूशलेमलाई नाप्नेछु । जसरी एक जना मानिसले थाललाई माझेर त्‍यसलाई घोप्‍टो पार्छ, त्‍यसरी नै म यरूशलेमलाई सफा पार्नेछु । 14 मेरो उत्तराधिकारका बाँकी रहेकाहरूलाई म फल्‍नेछु र तिनीहरूलाई आफ्‍ना शत्रुहरूका हातमा दिनेछु । आफ्‍ना सबै शत्रुका लागि तिनीहरू सिकार र लुटका माल हुनेछन्, 15 किनकि तिनीहरूका पुर्खाहरू मिश्रदेशबाट बाहिर आएदेखि आजसम्म नै मेरो दृष्‍टिमा जे खराब छ, त्यही तिनीहरूले गरेका छन्, र मलाई रिस उठाएका छन् ।” 16 यसबाहेक, यरूशलेमको एउटा कुनादेखि अर्को कुनासम्म मृत्युले नभरिएसम्‍म नै मनश्शेले धेरै निर्दोष रगत बगाए । अनि परमप्रभुको दृष्‍टिमा जे खराब थियो, यहूदालाई त्यही गर्न लगाएर तिनले गरेका पापको पनि थियो । 17 मनश्शेका सम्‍बन्‍धमा भएका अरू कुरा, तिनले गरेका काम, र तिनले गरेका पाप यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र? 18 मनश्शे आफ्ना पुर्खाहरूसित सुते, र तिनको आफ्नै घरको उज्‍जाको बगैँचामा तिनलाई गाडियो । तिनको ठाउँमा तिनका छोरा आमोन राजा भए ।
  • १ इति 3:13 : 13 योतामका छोरा आहाज थिए । आहाजका छोरा हिजकिया थिए । हिजकियाका छोरा मनश्‍शे थिए ।
  • २ इति 32:33 : 33 हिजकिया आफ्ना पुर्खाहरूसित सुते, र तिनीहरूले दाऊदका सन्तानहरूका चिहानहरू भएको डाँडामा तिनलाई गाडे । तिनको मृत्युमा सारा यहूदा र यरूशलेमका मानिसहरूले तिनलाई श्रद्धासुमन प्रकट गरे । तिनको ठाउँमा तिनका छोरा मनश्शे राजा भए ।
  • २ इति 34:1-2 : 1 ¶ योशियाहले राज्य सुरु गर्दा तिनी आठ वर्षका थिए । तिनले यरूशलेममा एकतिस वर्ष राज्य गरे । 2 तिनले परमप्रभुको दृष्‍टिमा जे असल थियो, सो गरे, र आफ्ना पुर्खा दाऊदका चालमा हिंडे र दाहिने वा देब्रेतिर फर्केनन् ।
  • उप 10:16 : 16 त्यो देशलाई धिक्‍कार होस्, जुन देशको राजा जवान ठिटो छ, र त्यसका अगुवाहरूले बिहानैदेखि उपवास बस्‍न थाल्छन्!
  • यशा 3:4 : 4 “युवाहरूलाई मात्र म तिनीहरूका अगुवाहरूको बनाउनेछु र जवानहरूले तिनीहरूमाथि शासन गर्नेछन् ।
  • यशा 3:12 : 12 मेरा मानिसहरू—बालबालिका तिनीहरूका अत्‍याचारी हुन् र स्‍त्रीहरूले तिनीहरूमाथि शासन गर्नेछन् । मेरा मानिसहरू, तँलाई अगुवाइ गर्नेहरूले तँलाई भड्काउनेछन् र तेरा मार्ग कता जाने भन्‍ने कुरा नै अलमलमा पार्नेछन् ।
  • मत्त 1:10 : 10 हिजकिया मनश्‍शेका पिता, मनश्‍शे अमोनका पिता, अमोन योशियाहका पिता थिए ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • २ राजा 21:1-2
    2 पदहरू
    89%

    1¶ मनश्शेले राज्‍य गर्न सुरु गर्दा तिनी बाह्र वर्षका थिए । तिनले यरूशलेममा पचपन्‍न वर्ष राज्य गरे । तिनकी आमाको नाउँ हेप्सीबा थियो ।

    2परमप्रभुले इस्राएलका मानिसहरूको सामुबाट धपाउनुभएका जातिहरूले घिनलाग्दा कुराहरू गरेजस्‍तै, परमप्रभुको दृष्‍टिमा जे खरब थियो, तिनले त्यही गरे ।

  • 2तिनले परमप्रभुले इस्राएलका मानिसहरूका सामुन्‍नेबाट धपाउनुभएका जातिहरूका घिनलाग्दा चालहरूमा हिंडेर तिनले परमप्रभुको दृष्‍टिमा जे खराब थियो, त्यही गरे ।

  • २ इति 33:20-22
    3 पदहरू
    76%

    20यसरी मनश्शे आफ्ना पुर्खाहरूसित सुते, र तिनीहरूले तिनलाई तिनको आफ्नै महलमा गाडे । तिनको ठाउँमा तिनका छोरा अमोन राजा भए ।

    21अमोनले राज्य गर्न सुरु गर्दा तिनी बाइस वर्षका थिए । तिनले यरूशलेममा दुई वर्ष राज्य गरे ।

    22तिनका पिता मनश्शेले गरेझैं तिनले परमप्रभुको दृष्‍टिमा जे खराब थियो, त्यही गरे । तिनले आफ्ना पिता मनश्शेले बनाएका सबै मूर्तिमा बलिदान चढाए र तिनको पुजा गरे ।

  • २ राजा 21:16-21
    6 पदहरू
    75%

    16यसबाहेक, यरूशलेमको एउटा कुनादेखि अर्को कुनासम्म मृत्युले नभरिएसम्‍म नै मनश्शेले धेरै निर्दोष रगत बगाए । अनि परमप्रभुको दृष्‍टिमा जे खराब थियो, यहूदालाई त्यही गर्न लगाएर तिनले गरेका पापको पनि थियो ।

    17मनश्शेका सम्‍बन्‍धमा भएका अरू कुरा, तिनले गरेका काम, र तिनले गरेका पाप यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र?

    18मनश्शे आफ्ना पुर्खाहरूसित सुते, र तिनको आफ्नै घरको उज्‍जाको बगैँचामा तिनलाई गाडियो । तिनको ठाउँमा तिनका छोरा आमोन राजा भए ।

    19आमोनले राज्‍य गर्न सुरु गर्दा तिनी बाइस वर्षका थिए । तिनले यरूशलेममा दुई वर्ष राज्य गरे । तिनकी आमाको नाउँ मशुल्लेमेत थियो । तिनी योत्बाका हारूसकी छोरी थिइन् ।

    20तिनका पिता मनश्शेले गरेझैँ परमप्रभुको दृष्‍टिमा जे खराब थियो, तिनले त्यही गरे ।

    21आमोनले आफ्‍ना पिताका सबै चालको अनुसरण गरे र आफ्‍ना पिताले पुजेका मूर्तिहरूको पुजा गरे र तिनीहरूका सामु निहुरे ।

  • 1¶ योशियाहले राज्य सुरु गर्दा तिनी आठ वर्षका थिए । तिनले यरूशलेममा एकतिस वर्ष राज्य गरे ।

  • २ इति 33:9-11
    3 पदहरू
    74%

    9परमप्रभुले इस्राएलको सामुन्‍ने नाश गर्नुभएका जातिहरूले भन्दा पनि धेरै दुष्‍ट काम गर्न मनश्शेले यहूदा र यरूशलेमका बासिन्दाहरूलाई अगुवाइ गरे ।

    10मनश्शे र तिनका मानिसहरूसित परमप्रभु बोल्नुभयो, तर तिनीहरूले ध्‍यान नै दिएनन् ।

    11यसैले परमप्रभुले तिनीहरूका विरुद्धमा अश्शूरका राजाका फौजका कमाण्‍डरहरू ल्याउनुभयो, जसले मनश्शेलाई साङ्लाले बाँधे, हतकडीहरू लगाए र तिनलाई बेबिलोनमा लिएर गए ।

  • २ राजा 15:17-18
    2 पदहरू
    74%

    17यहूदाका राजा अजर्याहको उनन्चालिसौँ वर्षमा गदीका छोरा मनहेमले इस्राएलमा राज्‍य सुरु गरे । तिनले सामरियामा दस वर्ष राज्य गरे ।

    18परमप्रभुको दृष्‍टिमा जे खराब थियो तिनले त्यही गरे । आफ्नो जीवनकालभरि तिनी इस्राएललाई पाप गर्न लगाउने नबातका छोरा यारोबामका पापबाट फर्केनन् ।

  • 8तिनी राज्‍य गर्न सुरु गर्दा तिनी पच्‍चिस वर्षका थिए । तिनले यरूशलेममा सोह्र वर्ष राज्‍य गरे ।

  • २ राजा 15:1-2
    2 पदहरू
    72%

    1¶ इस्राएलका राजा यारोबामको सत्ताइसौँ वर्षमा यहूदाका राजा अमस्याहका छोरा अजर्याहले राज्‍य गर्न थाले ।

    2अजर्याहले राज्‍य गर्न सुरु गर्दा तिनी सोह्र वर्षका थिए, र तिनले यरूशलेममा बाउन्‍न वर्ष राज्य गरे । तिनकी आमाको नाउँ यकोल्याह थिए, र उनी यरूशलेमकी थिइन् ।

  • 5यहोयाकीमले राज्य गर्न सुरु गर्दा तिनी पच्‍चिस वर्षका थिए, र तिनले यरूशलेममा एघार वर्ष राज्य गरे । तिनले परमप्रभु आफ्ना परमेश्‍वरको दृष्‍टिमा जे खराब थियो, त्यही गरे ।

  • 21हिजकिया आफ्ना पुर्खाहरूसित सुते, र तिनको ठाउँमा तिनका छोरा मनश्शे राजा भए ।

  • 11“यहूदाका राजा मनश्शेले यी घिनलाग्दा कुराहरू गरेको छ र तिनीभन्दा अगिका एमोरीहरूले गरेको भन्दा बढी खराब गरेको छ र यहूदालाई आफ्ना मूर्तिहरूले पाप गर्न लगाएको छ,

  • 1¶ आहाजले राज्य गर्न सुरु गर्दा तिनी बिस वर्षका थिए, र तिनले यरूशलेममा सोह्र वर्ष राज्‍य गरे । तिनले आफ्‍ना पुर्खा दाऊदले गरेझैं परमप्रभुको दृष्‍टिमा जे असल थियो सो गरेनन्‌ ।

  • 23यहूदाका राजा अजर्याहको पन्ध्रौँ वर्षमा मनहेमका छोरा पकहीयाले सामरियामा बसेर इस्राएलमा राज्‍य सुरु गरे । तिनले दुई वर्ष राज्य गरे ।

  • 9तर मानिसहरूले यो कुरा सुनेनन्, र इस्राएलका मानिसहरूकै सामु परमप्रभुले नष्‍ट गर्नुभएका जातिहरूले भन्दा बढी खराब काम गर्न मनश्शेले तिनीहरूलाई अगुवाइ गरे ।

  • 25इस्राएलका राजा आहाबका छोरा योरामको बार्‍हौँ वर्षमा यहूदाका राजा यहोरामका छोरा अहज्याहले राज्‍य गर्न सुरु गरे ।

  • 13योतामका छोरा आहाज थिए । आहाजका छोरा हिजकिया थिए । हिजकियाका छोरा मनश्‍शे थिए ।

  • 18मनश्शेको राजकालका अरू विषयहरू, आफ्‍नो परमेश्‍वरमा तिनले चढाएको प्रार्थना र परमप्रभु इस्राएलका परमेश्‍वरको नाउँमा दर्शीहरूले तिनलाई बोलेका वचनहरू, हेर, ती इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन् ।

  • 5यहोरामले राज्य गर्न सुरु गर्दा तिनी बत्तिस वर्षका थिए र तिनले येरूशलेममा आठ वर्ष राज्य गरे ।

  • २ राजा 14:1-2
    2 पदहरू
    70%

    1¶ इस्राएलका राजा यहोआहाजको छोरा यहोआशको दोस्रो वर्षमा यहूदाका राजा योआशका छोरा अमस्याहले राज्‍य गर्न थाले ।

    2तिनले राज्‍य गर्न सुरु गर्दा तिनी पच्‍चिस वर्षका थिए । तिनले यरूशलेममा उनन्तिस वर्ष राज्य गरे । तिनकी आमाको नाउँ यहोअदीन थियो जो यरूशलेमकी थिइन् ।

  • 17यहोरामले राज्‍य गर्न सुरु गर्दा तिनी बत्तिस वर्षका थिए, र तिनले यरूशलेममा आठ वर्ष राज्य गरे ।

  • २ राजा 16:1-2
    2 पदहरू
    70%

    1¶ रमल्याहका छोरा पेकहको सत्रौँ वर्षमा यहूदाका राजा योतामका छोरा आहाजले राज्‍य सुरु गरे ।

    2आहाजले राज्‍य गर्न सुरु गर्दा तिनी बिस वर्षका थिए, र तिनले यरूशलेममा सोह्र वर्ष राज्य गरे । तिनका पुर्ख दाऊदले गरेझैँ परमप्रभुको दृष्‍टिमा जे ठिक थियो, तिनले त्‍यो गरेनन् ।

  • 33हिजकिया आफ्ना पुर्खाहरूसित सुते, र तिनीहरूले दाऊदका सन्तानहरूका चिहानहरू भएको डाँडामा तिनलाई गाडे । तिनको मृत्युमा सारा यहूदा र यरूशलेमका मानिसहरूले तिनलाई श्रद्धासुमन प्रकट गरे । तिनको ठाउँमा तिनका छोरा मनश्शे राजा भए ।

  • 23यहूदाका राजा योआशका छोरा अमस्याहको पन्ध्रौँ वर्षमा इस्राएलका राजा येहोआशका छोरा यारोबामले सामरियामा राज्‍य गर्न थाले । तिनले एकचालिस वर्ष राज्य गरे ।

  • 9इस्राएलका राजा यारोबामको बिसौँ वर्षमा आसाले यहूदामाथि शासन गर्न थाले ।

  • २ राजा 15:32-33
    2 पदहरू
    69%

    32इस्राएलका राजा रमल्याहका छोरा पेकहको दोस्रो वर्षमा यहूदाका राजा अजर्याहका छोरा योतामले राज्‍य सुरु गरे ।

    33तिनले राज्‍य गर्न सुरु गर्दा तिनी पच्‍चिस वर्षका थिए । तिनले यरूशलेममा सोह्र वर्ष राज्य गरे । तिनकी आमाको नाउँ यरूशा थियो । तिनी सादोककी छोरी थिइन् ।

  • २ राजा 18:1-2
    2 पदहरू
    69%

    1¶ इस्राएलका राजा एलाहका छोरा होशियाको तेस्रो वर्षमा यहूदाका राजा आहाजका छोरा हिजकियाले राज्‍य गर्ने सुरु गरे ।

    2तिनले राज्‍य गर्न सुरु गर्दा तिनी पच्‍चिस वर्षका थिए । तिनले यरूशलेममा उनन्तिस वर्ष राज्य गरे । तिनकी आमाको नाउँ अबिया थियो । तिनी जकरियाकी छोरी थिइन् ।

  • 1¶ अमस्‍याहले राज्‍य गर्न सुरु गर्दा तिनी पच्‍चिस वर्षका थिए । तिनले यरूशलेममा उनन्‍तिस वर्ष राज्‍य गरे । तिनकी आमाको नाउँ यरूशलेमकी यहोअदीन थियो ।

  • 10हिजकिया मनश्‍शेका पिता, मनश्‍शे अमोनका पिता, अमोन योशियाहका पिता थिए ।

  • 10यहूदाका राजा योआशको सैँतिसौँ वर्षमा यहोआहाजका छोरा यहोआशले सामरियामा बसेर इस्राएलमाथि राज्‍य गर्न थाले । तिनले सोह्र वर्ष राज्य गरे ।

  • 13तिनले उहाँसँग प्रार्थना गरे । अनि तिनले परमेश्‍वरसँग बिन्ती चढाए र परमेश्‍वरले तिनलाई यरूशलेममा ल्‍याएर फेरि राजा बनाउनुभयो । तब मनश्शेले परमप्रभु नै परमेश्‍वर हुनुहुन्‍छ भनी जाने ।

  • 26तापनि परमप्रभु आफ्नो दन्किरहेको क्रोधको आगोबाट फकर्नुभएन किनकि मनश्शेले गरेका सबै कामको कारणले यहूदाको विरुद्धमा उहाँलाई भयङ्कर रिस उठेको थियो ।

  • 9यहोयाकीन ले राज्य गर्न सुरु गर्दा तिनी आठ वर्षका थिए । तिनले यरूशलेममा तीन महिना दश दिन राज्य गरे । तिनले परमप्रभुको दृष्‍टिमा जे कुरो खराब थियो, त्यही गरे ।

  • 3उज्‍जियाहले राज्य गर्न सुरु गर्दा तिनी सोह्र वर्षका थिए । तिनले यरूशलेममा बाउन्‍न वर्ष राज्‍य गरे । तिनकी आमाको नाउँ यकोल्‍याह थियो । तिनी यरूशलेमकी थिइन्‌ ।