२ इतिहास 33:13

अनलक शाब्दिक बाइबल

तिनले उहाँसँग प्रार्थना गरे । अनि तिनले परमेश्‍वरसँग बिन्ती चढाए र परमेश्‍वरले तिनलाई यरूशलेममा ल्‍याएर फेरि राजा बनाउनुभयो । तब मनश्शेले परमप्रभु नै परमेश्‍वर हुनुहुन्‍छ भनी जाने ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • एज्रा 8:23 : 23 त्यसैले यस विषयमा हामीले उपवास बस्‍यौं, र परमेश्‍वरको खोजी गर्‍यौं, अनि हामीले उहाँलाई बिन्ती चढायौं ।
  • १ इति 5:20 : 20 उनीहरूको विरुद्ध लडाइँ गर्न तिनीहरूले परमेश्‍वरबाट सहायता पाए । यसरी हग्रीहरू र उनीहरूसँग भएका सबै पराजित भए । इस्राएलीहरूले उनीहरूको विरुद्ध लडाइँमा सहायताको निम्‍ति आफ्‍ना परमेश्‍वरलाई पुकारा गरे र उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, किनकी तिनीहरूले उहाँमाथि आफ्‍नो भरोसा राखे ।
  • दानी 4:25 : 25 हजुर मानिसहरूका बिचबाट हटाइनुहुनेछ, र हजुर जमिनमा हुने जङ्गली पशुहरूसँग बस्‍नुहुनेछ । गोरुले झैं हजुरले घाँस खानुपर्नेछ, र आकाशको शीतले हजुरलाई भिजाउनेछ, र सर्वोच्‍च परमेश्‍वरले मानिसहरूका राज्यहरूमाथि शासन गर्नुहुन्छ अनि उहाँले चाहनुहुने जोसुकैलाई उहाँले त्यो दिनुहुन्छ भन्‍ने कुरा हजुरले स्वीकार गर्दासम्‍म सात वर्ष बित्‍नेछ ।
  • दानी 4:34-35 : 34 ती दिनहरूको अन्तमा, म, नबूकदनेसरले आफ्ना आँखा स्वर्गतर्फ उठाएँ, र मेरो होश मलाई फिर्ता दिइयो । “मैले सर्वोच्‍च परमेश्‍वरको प्रशंसा गरें, र सदासर्वदा रहनुहुनेलाई मैले सम्मान र महिमा दिएँ । किनभने उहाँको शासन सदासर्वदा रहन्छ, र उहाँको राज्य सबै पुस्तादेखि सबै पुस्तासम्म रहिरहन्छ । 35 सम्‍पूर्ण पृथ्वीका मानिसहरूलाई उहाँले अगि निम्‍न स्‍तरका गनिन्छन् । स्वर्गका सेनाहरू र पृथ्वीका मानिसहरूका बिचमा उहाँले आफूलाई ठिक लागेअनुसार गर्नुहुन्छ । कसैले पनि उहाँलाई रोक्‍न वा उहाँलाई चुनौती दिन सक्दैन । कसैले पनि उहाँलाई यसो भन्‍न सक्दैन, ‘तपाईंले किन यसो गर्नुभयो’?”
  • मत्त 6:33 : 33 तर पहिले उहाँको राज्य र उहाँको धार्मिकताको खोजी गर अनि यी सबै थोक तिमीहरूलाई दिइनेछ ।
  • मत्त 7:7-8 : 7 माग, र त्यो तिमीहरूलाई दिइनेछ । खोज, र तिमीहरूले भेट्टाउनेछौ । ढकढक्याऊ, र तिमीहरूका निम्ति उघारिनेछ । 8 किनकि माग्‍ने सबैले पाउँछन् । र खोज्ने सबैले भेट्टाउँछन् । र ढकढक्याउने व्यक्तिको निम्ति त्यो उघारिनेछ ।
  • लू 23:42-43 : 42 र उसले थप्यो, “येशू, तपाईं आफ्नो राज्यमा आउनुहुँदा, मलाई सम्झनुहोस् ।” 43 येशूले त्यसलाई भन्‍नुभयो, “साँच्‍चै म तिमीलाई भन्दछु, आजै तिमी मसँगै स्वर्गलोकमा हुनेछौ ।”
  • यूह 4:10 : 10 येशूले तिनलाई जवाफ दिनुभयो, र भन्‍नुभयो, “यदि तिमीले परमेश्‍वरको वरदानलाई चिनेकी भए र ‘मलाई पिउन देऊ’ भनिरहनुहुनेलाई चिनेकी भए, तिमीले चाहिँ उनीसँग माग्‍ने थियौ, र उनले तिमीलाई जिउँदो पानी दिने थिए ।”
  • यूह 17:3 : 3 यो अनन्त जीवन होः तिनीहरूले तपाईंलाई अर्थात् एक मात्र साँचा परमेश्‍वर, र जसलाई तपाईंले पठाउनुभएको छ अर्थात् येशू ख्रीष्‍टलाई चिनून् ।
  • इब्रा 8:11 : 11 तिनीहरूले हरेक आफ्नो छिमेकीलाई सिकाउनेछैनन्,र आफ्नो हरेक भाइलाई परमप्रभुलाई चिन भन्‍नुपर्दैन । किनकि तिनीहरूमध्येका सानादेखि लिएर ठुलासम्‍म सबैले मलाई चिन्‍नेछन् ।
  • अय्यू 22:23 : 23 तपाईं सर्वशक्तिमान्‌कहाँ फर्कनुहुन्‍छ भने, अधार्मिकतालाई तपाईंले आफ्ना पालहरूबाट धेरै टाढा राख्‍नुहुन्‍छ भने, तपाईंको निर्माण हुनेछ ।
  • अय्यू 22:27 : 27 तपाईंले आफ्‍नो प्रार्थना उहाँमा नै चढाउनुहुनेछ, अनि उहाँले तपाईंको बिन्‍ती सुन्‍नुहुनेछ । तपाईंले उहाँमा आफ्नो भाकल पुरा गर्नुहुनेछ ।
  • अय्यू 33:16-30 : 16 तब परमेश्‍वरले मानिसहरूका कान खोल्‍नुहुन्छ, र तिनीहरूलाई चेतावनीहरूले तर्साउनुहुन्छ, 17 मानिसका पापी उद्देश्यहरूबाट उसलाई फर्काएर ल्याउनलाई, र अहङ्कारलाई ऊबाट टाढा राख्‍नलाई । 18 परमेश्‍वरले मानिसको जीवनलाई खाडल पर्नबाट, उसको जीवनलाई मृत्युमा जानबाट बचाउनुहुन्छ । 19 मानिसलाई ओछ्यानमा हुने पीडा, उसका हड्‍डीहरूमा निरन्तर हुने वेदनाद्वारा पनि उसलाई दण्ड दिइन्छ, 20 जसको कारणले उसको जीवनले खानेकुरालाई घृणा गर्छ, र उसको प्राणले मिठो भोजनलाई घृणा गर्छ । 21 उसको शरीरको मासु नदेखियोस् भनेर त्यो नष्‍ट भएको हुन्छ । पहिले नदेखिने उसका हाडहरू लौरोझैं देखिन्छन् । 22 वास्तवमा उसको प्राण मृत्‍युको खाडल नजिक, उसको जीवन उसलाई नष्‍ट गर्न चाहनेहरूकहाँ पुग्छ । 23 तर के गर्नु ठिक हुन्‍छ भनेर उसलाई देखाउन, उसको निम्‍ति मध्‍यस्‍थकर्ता हुनलाई एउटा स्‍वर्गदूत छन्, हजारौँ स्वर्गदूतहरूका बिचबाट एउटा यस्तो मध्यस्थकर्ता छन्, 24 र त्यो स्वर्गदूत ऊप्रति दयालु हुन्‍छन् र परमेश्‍वरलाई यसो भन्‍छन् भने, 'य स व्यक्तिलाई मृत्‍युको खाडल जानबाट बचाउनुहोस् । उसलाई छुटकारा दिने मोल म तिर्नेछु,' 25 तब उसको मासु बच्‍चाको भन्दा कलिलो हुन्छ । उसले फेरि आफ्नो युवावस्थाको ताकत पाउनेछ । 26 उसले परमेश्‍वरलाई प्रार्थना चढाउनेछ, र परमेश्‍वर ऊप्रति दयालु बन्‍नुहुनेछ, ताकि उसले आनन्दले परमेश्‍वरको मुहार हेर्छ । परमेश्‍वरले त्यो व्यक्तिलाई विजय दिनुहुन्‍छ । 27 तब त्यो व्यक्तिले अरू मानिसहरूको सामु गाउनेछ र यसो भन्‍नेछ, 'मैले पाप गरें, र ठिक कुरालाई बङ्ग्याएँ, तर मेरो पापको दण्ड दिइएन । 28 परमेश्‍वरले मेरो प्राणलाई मृत्‍युको खाडलमा जानबाट छुटकारा दिनुभएको छ । मेरो जीवनले निरन्‍तर ज्योति देख्‍नेछ ।' 29 परमेश्‍वरले एक जना व्यक्तिसित यी सबै कुरा, दुई पटक वा तिन पटक पनि गर्नुहुन्छ, 30 उसको प्राणलाई मृत्‍युको खाडलबाट फर्काउनलाई, जसले गर्दा जीवनको ज्योतिले उसले आफूलाई चम्काउन सकोस् ।
  • भजन 9:16 : 16 परमप्रभुले आफैलाई प्रकट गर्नुभएको छ । उहाँले न्यायको फैसला गर्नुभएको छ । दुष्‍टहरू आफ्नै कामहरूका पासोमा परेका छन् । सेला
  • भजन 32:3-5 : 3 जब म चूप लागें, तब दिनभरिको मेरो सुस्‍केराले मेरा हाडहरू खिइएर गए । 4 किनकि दिन र रात ममाथि तपाईंको हात गह्रौं भयो । ग्रीष्‍टमको सुख्‍खाझैं मेरो बल सुक्यो । 5 तब मैले आफ्‍नो पाप तपाईंमा स्वीकार गरें र मैले फेरि मेरो अधर्म लुकाइनँ । मैले भनें, “म आफ्‍ना अपराधहरू परमप्रभुमा स्वीकार गर्नेछु,” र तपाईंले मेरो पापको दोष क्षमा गर्नुभयो । सेल
  • भजन 46:10 : 10 शान्‍त होओ र म नै परमेश्‍वर हुँ भनी जान । जातिहरूका माझमा म उचालिनेछु । पृथ्वीमा म उचालिनेछु ।
  • भजन 86:5 : 5 हे परमप्रभु, तपाईं भलो र क्षमा गर्न तत्पर हुनुहुन्छ, अनि तपाईंमा पुकारा गर्ने सबैलाई तपाईंले महान् दया देखाउनुहुन्‍छ ।
  • नीति 16:7 : 7 जब मानिसका मार्गहरूले परमप्रभुलाई खुसी पार्छन्, तब उहाँले त्यसका शत्रुहरूलाई पनि त्यससित मिलापमा राख्‍नुहुने छ ।
  • नीति 21:1 : 1 ¶ राजाको हृदय परमप्रभुको हातमा भएको खोलाजस्तो हो । उहाँलाई खुसी लागेअनुसार उहाँले त्यसलाई फर्काउनुहुन्छ ।
  • यशा 55:6-9 : 6 जबसम्‍म परमप्रभुलाई भेट्टाउन सक्‍छौ, तबसम्‍म उहाँलाई खोज । उहाँ नजिक हुनुहुँदा नै उहाँको खोजी गर । 7 दुष्‍टले आफ्नो बाटो र पापको मानिसले आफ्ना विचारहरू त्यागोस् । ऊ परमप्रभुमा फर्कोस्, र उहाँले उसलाई दया गर्नुहुनेछ र हाम्रा परमेश्‍वरमा जसले उसलाई प्रशस्‍त गरी क्षमा गर्नुहुनेछ । 8 “किनभने मेरा विचारहरू तिमीहरूका विचारहरू होइनन्, न त तिमीहरूका उपायहरू मेरा उपायहरू हुन्— यो पमरप्रभुको घोषणा हो— 9 किनकि जसरी पृथ्वीभन्दा आकाश उच्‍च छ, त्यसरी नै तिमीहरूका उपायहरूभन्‍दा मेरा उपायहरू र तिमीहरू विचारहरूभन्‍दा मेरा विचारहरू उच्‍च छन् ।
  • यिर्मि 24:7 : 7 त्यसपछि मलाई चिन्‍ने हृदय म तिनीहरूलाई दिनेछु, किनकि म परमप्रभु हुँ । तिनीहरू मेरो मानिसहरू हुनेछन्, र म तिनीहरूका परमेश्‍वर हुनेछु । यसरी तिनीहरू आफ्ना सारा हृदयसले मतिर फर्कनेछन् ।'
  • यिर्मि 29:12-13 : 12 तब तिमीहरूले मलाई पुकार्नेछौ, र जानेछौ र मलाई प्रार्थना चढाउनेछौ, र म तिमीहरूको प्रार्थना सुन्‍नेछु । 13 किनकि तिमीहरूले मलाई खोज्‍नेछौ र भेट्टाउनेछौ, किनभने तिमीहरूले मलाई आफ्‍ना सारा हृदयले खोज्नेछौ ।
  • एज्रा 7:27 : 27 हाम्रा पुर्खाहरूका परमप्रभु परमेश्‍वरको स्तुति होस् जसले यरूशलेममा भएको परमप्रभुको मन्दिरको महिमा गर्न राजाको ह्रदयमा यी सबै कुरा हाल्‍नुभयो,
  • व्यव 29:6 : 6 तिमीहरूले अरू कुनै रोटी खाएनौ, न त तिमीहरूले कुनै अरू मद्य पियौ ताकि म नै परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ भनी तिमीहरूले जान्‍न सक ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • २ इति 33:9-12
    4 पदहरू
    83%

    9परमप्रभुले इस्राएलको सामुन्‍ने नाश गर्नुभएका जातिहरूले भन्दा पनि धेरै दुष्‍ट काम गर्न मनश्शेले यहूदा र यरूशलेमका बासिन्दाहरूलाई अगुवाइ गरे ।

    10मनश्शे र तिनका मानिसहरूसित परमप्रभु बोल्नुभयो, तर तिनीहरूले ध्‍यान नै दिएनन् ।

    11यसैले परमप्रभुले तिनीहरूका विरुद्धमा अश्शूरका राजाका फौजका कमाण्‍डरहरू ल्याउनुभयो, जसले मनश्शेलाई साङ्लाले बाँधे, हतकडीहरू लगाए र तिनलाई बेबिलोनमा लिएर गए ।

    12जब मनश्शे कष्‍टमा परे, तब तिनले परमप्रभु आफ्ना परमेश्‍वरलाई खोजे, र आफ्ना पुर्खाहरूका परमेश्‍वरकहाँ अत्यन्तै विनम्र भएर झुके ।

  • २ इति 33:17-20
    4 पदहरू
    78%

    17तापनि मानिसहरूले डाँडाका थानहरूमा बलिदानहरू चढाउँदैरहे, तर परमप्रभु तिनीहरूका परमेश्‍वरको निम्ति मात्रै चढाए ।

    18मनश्शेको राजकालका अरू विषयहरू, आफ्‍नो परमेश्‍वरमा तिनले चढाएको प्रार्थना र परमप्रभु इस्राएलका परमेश्‍वरको नाउँमा दर्शीहरूले तिनलाई बोलेका वचनहरू, हेर, ती इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन् ।

    19त्‍यो वर्णनमा, तिनको प्रार्थना र परमेश्‍वर कसरी त्‍यसबाट चल्‍नुभयो भन्‍ने कुराको इतिहास छ । तिनले आफैलाई विनम्र तुल्याउनु अगि तिनले गरेका सबै पाप र अविश्‍वासका काम, तिनले बनाएका डाँडाका थानहरू र अशेराका खम्बा र मूर्तिहरू— पनि यी सबै दर्शीहरूका इतिहासको पुस्तकमा लेखिएका छन् ।

    20यसरी मनश्शे आफ्ना पुर्खाहरूसित सुते, र तिनीहरूले तिनलाई तिनको आफ्नै महलमा गाडे । तिनको ठाउँमा तिनका छोरा अमोन राजा भए ।

  • 15हिजकियाले परमप्रभुसँग प्रार्थना गरे,

  • 6त्यसैले परमेश्वरका जनले परमप्रभुलाई प्रार्थना गरे, र राजाको हात पहिलेकै जस्तो भयो ।

  • यशा 37:20-21
    2 पदहरू
    69%

    20त्यसैले अब, हे परमप्रभु हाम्रो परमेश्‍वर हामीलाई त्‍यसको शक्तिबाट बचाउनुहोस्, ताकि पृथ्वीका सबै राज्यले जानोस् कि तपाईं मात्र परमप्रभु हुनुहुन्छ ।”

    21तब आमोजका छोरा यशैयाले हिजकियाकहाँ यसो भनेर सन्देश पठाए, “परमप्रभु इस्राएलका परमेश्‍वर भन्‍नुहुन्छ, 'तैंले अश्शूरका राजा सनहेरीबको विषयमा मसँग प्रार्थना गरेको हुनाले,

  • २ राजा 20:2-3
    2 पदहरू
    69%

    2तब हिजकियाले भित्तापट्टि आफ्नो अनुहार फर्काए र यसो भनेर परमप्रभुमा प्रार्थना चढाए,

    3“हे परमप्रभु, मेरो सारा ह्रदयले म कसरी तपाईंको सामु विश्‍वासका साथ हिंडेको छु, र कसरी तपाईंको दृष्‍टिमा जे ठिक थियो, मैले त्यही गरेको छु, सो कृपा गरी सम्झनुहोस् । तब हिजकिया धुरुधुरु रोए ।

  • 26तापनि परमप्रभु आफ्नो दन्किरहेको क्रोधको आगोबाट फकर्नुभएन किनकि मनश्शेले गरेका सबै कामको कारणले यहूदाको विरुद्धमा उहाँलाई भयङ्कर रिस उठेको थियो ।

  • २ राजा 19:19-20
    2 पदहरू
    69%

    19अब हे परमप्रभु हाम्रा परमेश्‍वर, म बिन्ती गर्छु, कि त्‍यसको शक्तिबाट हामीलाई बचाउनुहोस्, ताकि पृथ्वीका सबै राज्यले तपाईँ परमप्रभु मात्र परमेश्‍वर हुनुहुन्छ भनी जान्‍न सकून् ।”

    20तब आमोजका छोरा यशैयाले हिजकियालाई यसो भनेर समाचार पठाए, “इस्राएलका परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'तैँले अश्शूरका राजा सनहेरीबको बारेमा मलाई प्रार्थना गरेकोले म तेरो कुरा सुन्‍नेछु ।

  • 23त्यसैले यस विषयमा हामीले उपवास बस्‍यौं, र परमेश्‍वरको खोजी गर्‍यौं, अनि हामीले उहाँलाई बिन्ती चढायौं ।

  • २ इति 33:1-2
    2 पदहरू
    69%

    1¶ मनश्शेले राज्य गर्न सुरु गर्दा तिनी बाह्र वर्षका थिए । तिनले यरूशलेममा पचपन्‍न वर्ष राज्य गरे ।

    2तिनले परमप्रभुले इस्राएलका मानिसहरूका सामुन्‍नेबाट धपाउनुभएका जातिहरूका घिनलाग्दा चालहरूमा हिंडेर तिनले परमप्रभुको दृष्‍टिमा जे खराब थियो, त्यही गरे ।

  • यशा 38:2-3
    2 पदहरू
    69%

    2तब हिजकियाले आफ्नो मुख भित्तातिर फर्काए र परमप्रभुमा प्रार्थना चढाए ।

    3तिनले भने, “कृपया, हे परमप्रभु, म तपाईंको सामु कसरी सारा हृदयले विश्‍वासयोग्‍य भएर हिंडेको छु र मैले तपाईंको नजरमा जे असल छ सो कसरी गरेको छु सो सम्‍झनुहोस् ।” अनि हिजकिया धुरुधुरु रोए ।

  • 3मनश्शेले गरेका सबै पापको कारणले परमप्रभुले यहूदालाई आफ्नो दृष्‍टिबाट हटाउन उहाँले बोल्‍नुभएको कुरा निश्‍चत रूपमा पुरा हुन आयो,

  • 37हे परमप्रभु, मेरो कुरा सुन्नुहोस्, तपाईं परमप्रभु नै परमेश्वर हुनुहुन्छ र तपाईंले नै यी मानिसहरूका ह्रदय फर्काउनुभएको छ भनी यी मानिसहरूले जानून् ।”

  • 17मनश्शेका सम्‍बन्‍धमा भएका अरू कुरा, तिनले गरेका काम, र तिनले गरेका पाप यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र?

  • 15नामान र तिनको दल परमेश्‍वरका मानिसकहाँ फर्केर आए र तिनको सामु खडा भए । तिनले भने, “हेर्नुहोस्, सारा पृथ्वीमा इस्राएलमा बाहेक अन्त कतै परमेश्‍वर हुनुहुन्‍न रहेछ भनी अब मलाई थाहा भयो । त्यसकारण तपाईंको दासबाट उपहार ग्रहण गर्नुहोस् ।”

  • 9तब तिनले उनीहरूलाई भने, “परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, जसकहाँ तिमीहरूले मलाई तिमीहरूका बिन्ती राख्‍न पठायौ,

  • 4तर जब आफ्‍नो कष्‍टमा तिनीहरू परमप्रभु इस्राएलका परमेश्‍वरतिर फर्के र उहाँलाई खोजे, तब तिनीहरूले उहाँलाई पाउन सके ।

  • 20यस विषयको कारणले हिजकिया राजा र आमोजका छोरा यशैया अगमवक्ताले प्रार्थना गरे र तिनले स्वर्गतिर पुकारा गरे ।

  • 5तब मैले भनेँ, “तपाईं स्वर्गका परमेश्‍वर परमप्रभु हुनुहुन्छ, जो महान् र भययोग्य हुनुहुन्छ । तपाईंलाई प्रेम गर्नेहरू र तपाईंका आज्ञाहरू मान्‍नेहरूप्रति करार पुरा गर्नुहुन्छ र तपाईंको अचुक प्रेम देखाउनुहुन्छ ।

  • 15तब हिजकियाले परमप्रभुको सामु प्रार्थना गरे, “हे सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर तपाईं जो करूबहरूमाथि विराजमान हुनुहुन्छ, तपाईं मात्र पृथ्वीका सबै राज्यमाथि राजा हुनुहुन्छ । तपाईंले नै स्वर्ग र पृथ्वीको सृष्‍टि गर्नुभयो ।

  • 4त्यसैले यहोआहाजले परमप्रभुलाई बिन्ती गरे, र परमप्रभुले तिनको कुरा सुन्‍नुभयो किनकि अरामका राजाले कसरी इस्राएलमाथि थिचोमिचो गरिरहेका थिए भनी उहाँले देख्‍नुभयो ।

  • 30तब तपाईं बस्‍नुहुने स्‍वर्गबाट सुन्‍नुहोस्‌ । क्षमा गर्नुहोस्‌ र हरेक व्यक्तिलाई उसका सबै चाल अनुसार प्रतिफल दिनुहोस् । तपाईंलाई त्यसको हृदय थाहा हुन्‍छ, किनभने तपाईंले मात्र मानिसजातिका हृदयहरू जान्‍नुहुन्छ ।

  • 12जब रहबामले आफूलाई विनम्र तुल्‍याए, तब तिनलाइ पुरै नष्‍ट नगर्नलाई परमप्रभुको क्रोध तिनीबाट हट्यो । यसका अतिरिक्त, यहूदामा केही असल कुरा अझै बाँकी थियो ।

  • 14त्यसपछि मनश्शेले बेसीको गीहोनको पश्‍चिमपट्टिदेखि माछा ढोकासम्म दाऊदको सहरका बाहिरको पर्खाल बनाए । तिनले ओफेल डाँडा घेरे र त्यो पर्खाल धेरै अल्गो बनाए । तिनले यहूदाका किल्ला भएका सबै सहरमा साहसी फौजका कमाण्‍डरहरू पनि खटाइदिए ।

  • 27तेरो हृदय नरम भएको हुनाले, र परमेश्‍वरले यो ठाउँ र यसका बासिन्‍दाहरूका विषयमा भनेका कुरा सुनेर उहाँको सामु तँ विनम्र भएको हुनाले, र तैंले आफूलाई मेरो सामु तँ विनम्र पारेको र आफ्ना लुगा च्यातेको र मेरो उपस्थितिमा रोएको हुनाले, मैले तेरो बिन्‍ती सुनेको छु— यो परमप्रभुको घोषणा हो—

  • 8त्यसपछि मानोहले परमप्रभुसँग प्रार्थना गरे र यसो भने, “हे, परमप्रभु, तपाईंले पठाउनुभएका परमेश्‍वरका मानिसलाई फेरि हामीकहाँ पठाइदिनुहोस् ताकि अब छिटै जन्मने बालकलाई हामीले के गर्नुपर्छ भनेर उहाँले हामीलाई सिकाउन सकून् ।”

  • 19के यहूदाका राजा हिजकिया र यहूदाका सारा मानिसले तिनलाई मारे त? के तिनले परमप्रभुको भय मान्‍ने काम गरे र परमप्रभुले तिनीहरूमाथि ल्याउने घोषणा गर्नुभएको विपत्ति ल्याउनबाट उहाँको मन बद्लने गरी के तिनले परमप्रभुको मुहारलाई शान्त पारेनन् र? यसरी हामी आफ्नै प्राणको विरुद्धमा अझै ठुलो दुष्‍ट काम गर्ने र?”

  • 39तब तपाईं बस्‍नुहुने स्‍वर्गबाट तिनीहरूको प्रार्थना र तिनीहरूका बिन्‍ती सुन्‍नुहोस्, र तिनीहरूलाई मदत गरिदिनुहोस्‌ । तपाईंको विरुद्धमा पाप गरेका तपाईंका मानिसलाई क्षमा गरिदिनुहोस्‌ ।

  • 23त्यस बेला मैले परमप्रभुलाई यसो भनेर बिन्ती चढाएँ,

  • 19तापनि हे परमप्रभु मेरा परमेश्‍वर, आफ्‍नो सेवकको यो प्रार्थना र पुकारालाई कदर गर्नुहोस् । तपाईंका सेवकले तपाईंको सामु गर्ने रोदन र प्रार्थना सुन्‍नुहोस् ।

  • १ राजा 8:33-34
    2 पदहरू
    65%

    33तपाईंको जाति इस्राएलले तपाईंको विरुद्धमा पाप गरेकाले तिनीहरू शत्रुबाट पराजित हुँदा तिनीहरू तपाईंकहाँ फर्की तपाईंको नाउँलाई पुकारे, प्रार्थना गरे र तपाईंको मन्दिरमा क्षमाको अनुरोध गरे भने

    34तब स्वर्गमा सुन्नुहोस् र तपाईंको जाति इस्राएलको पाप क्षमा गरिदिनुहोस् । तपाईंले तिनीहरूका पुर्खाहरूलाई दिनुभएको देशमा तिनीहरूलाई फर्काएर ल्याउनुहोस् ।

  • 20यसैले परमप्रभुले हिजकियाको प्रार्थना सुन्‍नुभयो, र मानिसहरूलाई निको पार्नुभयो ।

  • २ राजा 22:18-19
    2 पदहरू
    65%

    18तर परमप्रभुको इच्छा जान्‍न तिमीहरूलाई पठाउने यहूदाका राजालाई चाहिं तिमीहरूले यसो भन, 'तपाईंले सुन्‍नुभएको वचनको विषयमा इस्राएलका परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छः

    19तिनीहरू उजाड र श्रापित हुनेछन् भनी मैले यस ठाउँ र यसका बासिन्दाहरूको विरुद्धमा भनेको सुनेर तैँले आफ्‍नो ह्रदय कोमल बनाएको र तैँले परमप्रभुको सामु आफैलाई विनम्र तुल्याएको अनि तैँले आफ्ना लुगा च्यातेको र मेरो सामु रोएका हुनाले मैले तेरो कुरा पनि सुनेको छु—यो परमप्रभुको घोषणा हो ।

  • 11अनि यी एकसाथ मिलेर षड्यन्त्र गरेका मानिसहरूले दानिएलले परमेश्‍वरसँग बिन्ती गरेका र उहाँसँग मदत मागेका देखे ।

  • 25तब तपाईंले स्‍वर्गबाट तिनीहरूको प्रार्थना सुन्‍नुहोस्, र आफ्‍ना मानिस इस्राएलको पाप क्षमा गर्नुहोस् । तिनीहरू र तिनीहरूका पुर्खाहरूलाई तपाईंले दिनुभएको देशमा तिनीहरूलाई फर्काएर ल्‍याउनुहोस्‌ ।

  • 9तर मानिसहरूले यो कुरा सुनेनन्, र इस्राएलका मानिसहरूकै सामु परमप्रभुले नष्‍ट गर्नुभएका जातिहरूले भन्दा बढी खराब काम गर्न मनश्शेले तिनीहरूलाई अगुवाइ गरे ।