२ इतिहास 34:14
तिनीहरूले परमप्रभुको मन्दिरमा ल्याएका रुपियाँपैसा बाहिर निकाल्दा हिल्कियाह पुजारीले मोशाद्वारा दिएको परमप्रभुका व्यवस्थाको पुस्तक भेट्टाए ।
तिनीहरूले परमप्रभुको मन्दिरमा ल्याएका रुपियाँपैसा बाहिर निकाल्दा हिल्कियाह पुजारीले मोशाद्वारा दिएको परमप्रभुका व्यवस्थाको पुस्तक भेट्टाए ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
15हिल्कियाहले सचिव शापानलाई भने, “मैले परमप्रभुको मन्दिरमा व्यवस्थाको पुस्तक भेट्टाएको छु ।” हिल्कियाहले त्यो पुस्तक शापानकहाँ ल्याए ।
16शापानले त्यो पुस्तक राजाकहाँ ल्याए, र यसो भनेर तिनलाई विवरण पनि दिए, “तपाईंका सेवकहरूलाई जिम्मा दिइएका सबै काम तिनीहरूले गरिरहेका छन् ।
17तिनीहरूले परमप्रभुको मन्दिरमा पाइएको रुपियाँपैसा खाली गरेका छन् र तिनीहरूले त्यो निरीक्षकहरू र कामदारहरूका हातमा दिएका छन् ।”
18सचिव शापानले राजालाई भने, “पुजारी हिल्कियाहले मलाई एउटा पुस्तक दिएका छन् ।” त्यसपछि शापानले त्यो पुस्तक राजालाई पढेर सुनाए ।
19यस्तो भयो, जब राजाले व्यवस्थाको पुस्तकमा लेखिएका कुरा सुने तब तिनले आफ्ना लुगा च्याते ।
20तिनले हिल्कियाह, शापानका छोरा अहीकाम, मीकाका छोरा अब्दोन, सचिव शापान र राजाका आफ्नै सेवकलाई यस्तो आज्ञा दिए,
21“जाओ र मेरो निम्ति, अनि इस्राएल र यहूदामा अझै बाँकी रहेकाहरूका निम्ति त्यस पुस्तकमा लेखिएका कुराका कारणले परमप्रभुको इच्छा खोज । यो साह्रै ठुलो छ, परमप्रभुको क्रोध हामीमाथि खन्याइएको छ । साह्रै ठुलो छ किनभने हाम्रा पुर्खाहरूले यस पुस्तकमा लेखिएका सबै कुरा पालन गर्नको निम्ति यसको वचन सुनेका छैनन् ।”
22यसैले हिल्कियाह र राजाले हुकुम गरेका मानिसहरू राजमहलको लुगाफाटो हेरचाह गर्ने हसराका नाति तोखतका छोरा शल्लूमकी पत्नी अगमवादिनी हुल्दाकहाँ सोधपुछ गर्नलाई गए (तिनी यरूशलेमको दोस्रो जिल्लामा बस्थिन्), र तिनीहरूले तिनीसँग यसरी कुरा गरे ।
7तर तिनीहरूलाई दिइएको रुपियाँ-पैसाको हरहिसाब लिइएन किनकि तिनीहरूले यो कामलाई विश्वासका साथ सम्हालेका थिए ।
8प्रधान पुजारी हिल्कियाहले सचिव शापानलाई भने, “मैले परमप्रभुको मन्दिरमा व्यवस्थाको पुस्तक भेट्टाएको छु ।” त्यसैले हिल्कियाहले त्यो पुस्तक शापानलाई दिए, र तिनले यो पढे ।
9शापानले त्यो किताब राजाकहाँ लगे, र तिनलाई यसो भनी विवरण दिए, “तपाईंका दासहरूले मन्दिरमा भेट्टाइएका रुपियाँ-पैसा खर्च गरेका छन्, र तिनीहरूले यो परमप्रभुको मन्दिरको रेखदेख गर्ने कारिन्दहरूका हातमा दिएका छन् ।”
10तब सचिव शापानले राजालाई भने, “प्रधान पुजारी हिल्कियाहले मलाई एउटा पुस्तक दिएका छन् ।” तब शापानले त्यो राजाको लागि पढे ।
11जब राजाले व्यवस्थाका वचनहरू सुने तिनले आफ्ना लुगा च्याते ।
12राजाले पुजारी हिल्कियाह, शापानका छोरा अहीकाम, मीकायाका छोरा अक्बोर, सचिव शापान र राजाका आफ्नै सेवक असायाहलाई हुकुम गरे,
13“जाओ, र यस पुस्तकमा पाइएका वचनहरूको कारणले मेरो लागि र सारा यहूदाका लागि परमप्रभुको सल्लाह खोज । किनकि हाम्रा विरुद्धमा भएको परमप्रभुको क्रोध भयानक छ, किनभने यस पुस्तकमा भएका हाम्रा सम्बन्धका वचनलाई हाम्रा पुर्खाहरूले जसरी पालन गर्नुपर्थ्यो त्यसरी तिनीहरूले गरेनन् ।”
9तिनीहरू प्रधान पुजारी हिल्कियाहकहाँ गए र रक्षकको काम गर्ने लेवीहरूले मनश्शे, एफ्राइम र इस्राएलका बाँकी रहेका सबै मानिसहरू र यहूदा, बेन्यामीन र यरूशलेमका सबै बासिन्दाबाट जम्मा गरेर ल्याएका रुपियाँपैसा तिनलाई जिम्मा दिए ।
10परमप्रभुको मन्दिरमा काम गर्नेहरूका सुपरिबेक्षण गर्नेहरूका हातमा तिनीहरूले त्यो पैसा दिए । ती मानिसहरूले मन्दिरको मरम्मत र त्यसलाई पुननिर्माण गर्ने कामदारहरूका ज्याला तिरे ।
9बरु, यहोयादा पुजारीले एउटा सन्दुक लिएर त्यसमा प्वाल पारे, अनि यसलाई परमप्रभुको मन्दिरभित्र प्रवेश गर्ने दाहिनेपट्टि वेदीको छेउमा राखे । मन्दिरको प्रवेशद्वारको पहरा दिने पुजारीहरूले परमप्रभुको मन्दिरमा ल्याएका सबै रकम त्यसैमा हाल्थे ।
10जब सन्दुकमा धेरै रकम जम्मा भएको तिनीहरूले देख्थे, राजाका सचिव र प्रधान पुजारी आउँथे र परमप्रभुको मन्दिरमा ल्याइएको रुपियाँ-पैसा थैलाहरूमा हाल्थे र त्यसपछि गणना गर्थे ।
11तिनीहरूले उक्त रकम हिसाब गरेपछि परमप्रभुको मन्दिरको रेखदेख गर्नेहरूका हातमा दिन्थे । तिनीहरूले परमप्रभुको मन्दिरमा काम गर्ने सिकर्मीहरू र निर्माणकर्ताहरू
3राजा योशियाहको अठारौँ वर्षमा तिनले मशुल्लामका नाति, असल्याहका छोरा सचिव शापानलाई यसो भनेर परमप्रभुको मन्दिरमा पठाए,
4“प्रधान पुजारी हिल्कियाहकहाँ जाऊ, र परमप्रभुको मन्दिरमा ल्याइएको रुपियाँ-पैसा जसलाई मन्दिरका पहरादारहरूले मानिसहरूबाट जम्मा गरेका छन्, त्यो गन्न तिनलाई भन ।
5परमप्रभुको मन्दिरको रेखदेख गर्ने मानिसहरूका हातमा त्यो दिनू, र तिनीहरूले परमप्रभुको मन्दिर मर्मत गर्ने कारिन्दाहरूलाई मन्दिरको मरम्मत गर्ने कामको निम्ति त्यो देऊन् ।
11यस्तो भयो, जब लेवीहरूले राजाका अधिकारीहरूकहाँ त्यो सन्दूक ल्याउँथे, र जब त्यसमा तिनीहरूले धेरै पैसा देख्थे, तब राजाका सचिव र प्रधान पुजारीका अधिकृत त्यो खाली गर्न आउँथे, र त्यो सन्दूक फेरि त्यसकै स्थानमा राखिदिन्थे । तिनीहरूले दिनदिनै त्यसो गरेर धेरै रुपियाँपैसा सञ्चय गरे ।
4योआशले पुजारीहरूलाई भने, “परमप्रभुको मन्दिरभित्र पवित्र भेटीहरूको रूपमा ल्याइएका सबै रुपियाँ-पैसा अर्थात् जनगणनामा जम्मा गरिएको रकम वा व्यक्तिगत भाकलबाट प्राप्त गरिएको रकम वा परमप्रभुद्वारा मानिसहरूका आ-आफ्ना ह्रदयमा प्रेरित गरी तिनीहरूद्वारा ल्याइएको रकम जम्मा गर,
8यसैले राजाले आदेश दिए र तिनीहरूले एउटा सन्दूक बनाए र त्यो परमप्रभुका मन्दिरको मूल ढोकाको बाहिर राख्ने हुकुम गरे ।
9तब तिनीहरूले यहूदा र यरूशलेमभरि नै परमेश्वरका दास मोशाले उजाड-स्थानमा इस्राएलमाथि लगाएको तिरो मानिसहरूले परमप्रभुकहाँ ल्याउनुपर्छ भनी घोषणा गरे ।
14तिनीहरूले यो पैसा परमप्रभुको मन्दिरको मर्मतको काम गर्नेहरूलाई दिए ।
30तब राजा र तिनीसँग भएका यहूदाका मानिसहरू, यरूशलेमका बासिन्दाहरू, पुजारी र लेवीहरू, साना-ठुला जम्मै मानिसहरूसँग तिनी परमप्रभुको मन्दिरमा उक्लेर गए । तब परमप्रभुको मन्दिरमा फेला परेको करारको पुस्तकका सबै वचन तिनीहरूले सुन्ने गरी तिनले पढे ।
9मोशाले यो व्यवस्था लेखेर लेवीका छोराहरू अर्थात् पुजारीहरूलाई दिए जसले परमप्रभुले करारको सन्दुक बोक्थे । तिनले इस्राएलका सारा धर्म-गुरुलाई पनि यसका प्रतिहरू दिए ।
1¶ परमप्रभु मोशासँग यसरी बोल्नुभयो,
2“रोग लागेको मानिसको शुद्धिकरणको दिनको निम्ति विधि यी नै हुन् । त्यसलाई पुजारीकहाँ लगिनुपर्छ ।
16तर दोष बलि र पाप बलिको निम्ति ल्याइने रुपियाँ-पैसा भने परमप्रभुको मन्दिरमा ल्याइएन किनकि यो पुजारीहरूको थियो ।
6यसले राजाले प्रधान पुजारी यहोयादालाई बोलाए र तिनलाई भने, “करारका आदेशहरूका पालको निम्ति परमप्रभुका दास मोशा र इस्राएलको समुदायले लगाएको कर यहूदा र यरूशलेमबाट ल्याउन भनी लेवीहरूलाई किन भन्नुभएको छैन?”
14मिश्र र कनान देशका बासिन्दाहरूलाई बेचेका अन्नबाट प्राप्त सबै रुपियाँ योसेफले जम्मा गरे । त्यसपछि योसेफले त्यो रुपियाँ फारोको महलमा ल्याए ।
24मोशाले यस व्यवस्थाका वचनहरू लेखिसिद्ध्यापछि
25परमप्रभुको करारको सन्दूक बोक्ने लेवीहरूलाई तिनले आज्ञा दिए,
24मृतहरू र भुत आत्माहरूसित बात गर्नेहरूलाई पनि योशियाहले निश्कासन गरे । तिनले यहूदा र यरूशलेममा देखिने सबै प्रेतपुजा, मूर्तिहरू र घिनलाग्दा थोकहरूलाई पनि हटाए । यसरी हिल्कियाह पुजारीले परमप्रभुको मन्दिरमा भेट्टाएका व्यवस्थाका पुस्तकमा लिखिएका वचनहरू पालन गर्ने काम भयो ।
44पुजारी आएर घरमा ढुसी फैलिएको छ वा छैन भनेर जाँच गर्ने छ । यदि त्यो फैलिएको छ भने, त्यो हानि गर्ने ढुसी हो र त्यो घर अशुद्ध हुन्छ ।
4यसको साथै पुजारीहरू र लेवीहरू तिनले यरूशलेममा बस्ने मानिसहरूलाई तिनीहरूले दिनुपर्ने भाग देऊन् भनी हुकुम गरे ताकि तिनीहरूले परमप्रभुको व्यवस्था पालन गर्ने कुरामा ध्यान दिन सकुन् ।
34“मैले तिमीहरूलाई अधिकार गर्न दिएको कनान देशमा पुगेपछि तिमीहरूको अधिकार हुने त्यस देशमा यदि मैले तिमीहरूका घरमा फैलिने ढुसी पठाएँ भने,
15उनले तिनीहरूलाई भनिन्, “इस्राएलका परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, 'तिमीहरूलाई मकहाँ पठाउने मानिसलाई भन्,
14तपाईंले तिनीहरूलाई आफ्नो पवित्र शबाथ चिनाउनुभयो, अनि तपाईंका दास मोशाद्वारा तिनीहरूलाई आज्ञाहरू, विधिविधानहरू र व्यवस्था दिनुभयो ।
16परमप्रभुको मन्दिर शुद्ध गर्न पुजारीहरू त्यसको भित्री भागमा पसे । तिनीहरूले परमप्रभुको मन्दिरभित्र भेट्टाएका सबै अशुद्ध कुराहरू बाहिर परमप्रभुका मन्दिरको चोकमा ल्याए । लेवीहरूले ती कुराहरू बोकेर किद्रोन खोल्सामा लगे ।
1¶ परमप्रभु मोशासँग बोल्नुभयो,
15त्यसैले हिजकियाले परमप्रभुको मन्दिर र राजदरबारका भण्डारहरूमा पइएका सबै चाँदी दिए ।
14यसैले परमप्रभु इस्राएलका परमेश्वरको सन्दूकलाई तिनीहरूले ल्याउन सकून् भनेर पुजारीहरू र लेवीहरूले आफैलाई पवित्र गरे ।
1¶ परमप्रभुले मोशालाई भन्नुभयो,
4तिनले यहूदालाई परमप्रभु आफ्ना पुर्खाहरूका परमेश्वरको खोजी गर्ने, र व्यवस्था र आज्ञाहरू पालन गर्ने हुकुम गरे ।
49यसैले लेवीहरूद्वारा छुटकारा पाएका सङ्ख्याभन्दा धेरै भएकाहरूबाट मोशाले छुटकाराको मूल्य जम्मा गरे ।