२ इतिहास 34:9

अनलक शाब्दिक बाइबल

तिनीहरू प्रधान पुजारी हिल्कियाहकहाँ गए र रक्षकको काम गर्ने लेवीहरूले मनश्शे, एफ्राइम र इस्राएलका बाँकी रहेका सबै मानिसहरू र यहूदा, बेन्यामीन र यरूशलेमका सबै बासिन्दाबाट जम्मा गरेर ल्‍याएका रुपियाँपैसा तिनलाई जिम्मा दिए ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • २ इति 30:10 : 10 यसैले ती पत्रवाहकहरू एफ्राइम र मनश्‍शेका प्रदेशहरूभरि नै सहर-सहरमा भएर जबूलूनसम्‍मै गए, तर मानिसहरूलाई हेरेर हाँसे र तिनीहरूको गिल्‍ला गरे ।
  • २ इति 30:18 : 18 एफ्राइम, मनश्‍शे, इस्‍साखार र जबूलूनबाट आएकामध्‍ये धेरै जनाले आफैलाई शुद्ध पारेका थिएनन्, तापनि तिनीहरूले लेखिएको निर्देशनहरूको विरुद्ध निस्‍तार-चाडको भोज खाए । किनकि हिजकियाले यसो भनेर तिनीहरूका निम्‍ति प्रार्थना गरेका थिए, “भला हुनुहुने परमप्रभुले हरेक व्‍यक्तिलाई क्षमा गर्नुभएको होस्
  • २ इति 35:8 : 8 मानिसहरू, पुजारीहरू र लेवीहरूका निम्ति तिनका अगुवाहरूले राजीखुशी दान दिए । परमप्रभुको मन्दिरका आधिकारिक प्रशासकहरू हिल्कियाह, जकरिया र यहीएलले पुजारीहरूलाई निस्तार-चाडको निम्ति दुई हजार छ सय ससाना पशु र तीन सय साँढे दिए ।
  • फिलि 4:8 : 8 अन्तमा भाइहरू हो, जे कुराहरू सत्य छन्, जे कुराहरू आदरणीय छन्, जे कुराहरू न्यायसङ्गत छन्, जे कुराहरू शुद्ध छन्, जे कुराहरू प्रेमयोग्य छन्, जे कुराहरू असल नामका छन्, यदि केही श्रेष्‍ठता छ र प्रशंसा गरिनुपर्ने केही कुराहरू छन् भने, यी नै कुराहरूका बारेमा विचार गर ।
  • २ राजा 22:4-7 : 4 “प्रधान पुजारी हिल्कियाहकहाँ जाऊ, र परमप्रभुको मन्दिरमा ल्याइएको रुपियाँ-पैसा जसलाई मन्दिरका पहरादारहरूले मानिसहरूबाट जम्मा गरेका छन्, त्‍यो गन्‍न तिनलाई भन । 5 परमप्रभुको मन्दिरको रेखदेख गर्ने मानिसहरूका हातमा त्‍यो दिनू, र तिनीहरूले परमप्रभुको मन्दिर मर्मत गर्ने कारिन्‍दाहरूलाई मन्‍दिरको मरम्‍मत गर्ने कामको निम्‍ति त्‍यो देऊन् । 6 मन्दिरको मर्मत गर्ने सिकर्मीहरू, निर्माण गर्नेहरू, र डकर्मीहरूलाई अनि काठपात किन्‍न र ढुङ्गा काटनलाई तिनीहरूले त्यो रुपियाँ-पैसा देऊन् ।” 7 तर तिनीहरूलाई दिइएको रुपियाँ-पैसाको हरहिसाब लिइएन किनकि तिनीहरूले यो कामलाई विश्‍वासका साथ सम्हालेका थिए ।
  • २ राजा 23:4 : 4 तब प्रधान पुजारी हिल्कियाह, तिनको अधिनका पुजारीहरू र द्वारपालहरूलाई बाल देवता र अश्शेरा देवी अनि आकाशका सबै ताराहरूका निम्ति बनाइएका भाँडाहरू परमप्रभुको मन्दिरबाट बाहिर ल्याउन हुकुम दिए । तिनले किद्रोन उपत्यकामा भएको मैदानहरूमा तिनलाई जलाए र तिनका खरानीलाई बेथेलमा लगे ।
  • २ इति 24:11-14 : 11 यस्‍तो भयो, जब लेवीहरूले राजाका अधिकारीहरूकहाँ त्यो सन्दूक ल्याउँथे, र जब त्यसमा तिनीहरूले धेरै पैसा देख्‍थे, तब राजाका सचिव र प्रधान पुजारीका अधिकृत त्यो खाली गर्न आउँथे, र त्यो सन्दूक फेरि त्यसकै स्थानमा राखिदिन्थे । तिनीहरूले दिनदिनै त्‍यसो गरेर धेरै रुपियाँपैसा सञ्‍चय गरे । 12 राजा र यहोयादाले त्यो रुपियाँपैसा परमप्रभुको मन्दिरमा काम गर्न लाउने मानिसहरूको जिम्मामा दिए । ती मानिसहरूले मन्दिरको पुनर्निर्माण गर्न डकर्मी, सिकर्मीहरू, फलाम र काँसाको काम गर्नेहरूलाई ज्यालामा लगाए । 13 यसरी कामदारहरूले श्रम गरे, र तिनीहरूकै हातमा यस मरम्मतका काम अगाडि बढ्यो । तिनीहरूले पहिलेकै नमूनाअनुसार परमप्रभुका मन्दिरको पुनर्निर्माण गरे र त्यसलाई बलियो बनाए । 14 जब तिनीहरूले त्यो काम सिद्ध्याए, तब तिनीहरूले बाँकी बचेको रुपियाँपैसा राजा र यहोयादाकहाँ ल्याइदिए । ती पैसाबाट परमप्रभुका मन्दिरमा चाहिने सामानहरूको निम्ति प्रयोग गरियो, सेवाको काम र होमबलिको काम दुवैका निम्ति भाँडाहरू—सुन र चाँदीका चम्चा र भाँडाहरू । यहोयादाको समयभरि नै तिनीहरूले परमप्रभुको मन्दिरमा निरन्तर होमबलि चढाए ।
  • २ इति 31:1 : 1 ¶ जब यी सबै कुरा सकिए, तब उपस्थित भएका सबै इस्राएलका मानिसहरू यहूदाका सहरहरूमा गए र तिनीहरूले ढुङ्गाका खम्बाहरू फुटाइदिए र अशेरा देवीका मूर्तिहरू काटेर ढालिदिए, अनि सारा यहूदा र बेन्यामीन, अनि एफ्राइम र मनश्शेका डाँडाका थानहरू र वेदीहरू, ती सबै नाश नभएसम्‍म भत्काइदिए । तब इस्राएलीहरू हरेक आआफ्ना सम्पति र आआफ्ना सहर भएको ठाउँमा फर्के ।
  • २ इति 34:14-15 : 14 तिनीहरूले परमप्रभुको मन्दिरमा ल्याएका रुपियाँपैसा बाहिर निकाल्दा हिल्कियाह पुजारीले मोशाद्वारा दिएको परमप्रभुका व्यवस्थाको पुस्तक भेट्टाए । 15 हिल्कियाहले सचिव शापानलाई भने, “मैले परमप्रभुको मन्दिरमा व्यवस्थाको पुस्तक भेट्टाएको छु ।” हिल्कियाहले त्यो पुस्तक शापानकहाँ ल्याए ।
  • २ इति 34:18 : 18 सचिव शापानले राजालाई भने, “पुजारी हिल्कियाहले मलाई एउटा पुस्तक दिएका छन् ।” त्यसपछि शापानले त्यो पुस्तक राजालाई पढेर सुनाए ।
  • २ इति 34:20 : 20 तिनले हिल्कियाह, शापानका छोरा अहीकाम, मीकाका छोरा अब्दोन, सचिव शापान र राजाका आफ्नै सेवकलाई यस्तो आज्ञा दिए,
  • २ इति 34:22 : 22 यसैले हिल्कियाह र राजाले हुकुम गरेका मानिसहरू राजमहलको लुगाफाटो हेरचाह गर्ने हसराका नाति तोखतका छोरा शल्लूमकी पत्‍नी अगमवादिनी हुल्दाकहाँ सोधपुछ गर्नलाई गए (तिनी यरूशलेमको दोस्रो जिल्लामा बस्थिन्), र तिनीहरूले तिनीसँग यसरी कुरा गरे ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • २ इति 34:14-18
    5 पदहरू
    84%

    14तिनीहरूले परमप्रभुको मन्दिरमा ल्याएका रुपियाँपैसा बाहिर निकाल्दा हिल्कियाह पुजारीले मोशाद्वारा दिएको परमप्रभुका व्यवस्थाको पुस्तक भेट्टाए ।

    15हिल्कियाहले सचिव शापानलाई भने, “मैले परमप्रभुको मन्दिरमा व्यवस्थाको पुस्तक भेट्टाएको छु ।” हिल्कियाहले त्यो पुस्तक शापानकहाँ ल्याए ।

    16शापानले त्यो पुस्तक राजाकहाँ ल्याए, र यसो भनेर तिनलाई विवरण पनि दिए, “तपाईंका सेवकहरूलाई जिम्‍मा दिइएका सबै काम तिनीहरूले गरिरहेका छन् ।

    17तिनीहरूले परमप्रभुको मन्दिरमा पाइएको रुपियाँपैसा खाली गरेका छन् र तिनीहरूले त्‍यो निरीक्षकहरू र कामदारहरूका हातमा दिएका छन् ।”

    18सचिव शापानले राजालाई भने, “पुजारी हिल्कियाहले मलाई एउटा पुस्तक दिएका छन् ।” त्यसपछि शापानले त्यो पुस्तक राजालाई पढेर सुनाए ।

  • २ इति 34:10-11
    2 पदहरू
    84%

    10परमप्रभुको मन्दिरमा काम गर्नेहरूका सुपरिबेक्षण गर्नेहरूका हातमा तिनीहरूले त्यो पैसा दिए । ती मानिसहरूले मन्दिरको मरम्मत र त्यसलाई पुननिर्माण गर्ने कामदारहरूका ज्‍याला तिरे ।

    11सिकर्मीहरू र डकर्मीहरूलाई काटेका ढुङ्गाहरू र नाल-दलिनहरू र यहूदाका कुनै राजाहरूले ढालिदिएका दलिनहरू बनाउनलाई काठहरू किन्‍नलाई तिनीहरूले पैसा दिए ।

  • २ राजा 22:3-5
    3 पदहरू
    83%

    3राजा योशियाहको अठारौँ वर्षमा तिनले मशुल्लामका नाति, असल्याहका छोरा सचिव शापानलाई यसो भनेर परमप्रभुको मन्दिरमा पठाए,

    4“प्रधान पुजारी हिल्कियाहकहाँ जाऊ, र परमप्रभुको मन्दिरमा ल्याइएको रुपियाँ-पैसा जसलाई मन्दिरका पहरादारहरूले मानिसहरूबाट जम्मा गरेका छन्, त्‍यो गन्‍न तिनलाई भन ।

    5परमप्रभुको मन्दिरको रेखदेख गर्ने मानिसहरूका हातमा त्‍यो दिनू, र तिनीहरूले परमप्रभुको मन्दिर मर्मत गर्ने कारिन्‍दाहरूलाई मन्‍दिरको मरम्‍मत गर्ने कामको निम्‍ति त्‍यो देऊन् ।

  • २ राजा 22:7-9
    3 पदहरू
    83%

    7तर तिनीहरूलाई दिइएको रुपियाँ-पैसाको हरहिसाब लिइएन किनकि तिनीहरूले यो कामलाई विश्‍वासका साथ सम्हालेका थिए ।

    8प्रधान पुजारी हिल्कियाहले सचिव शापानलाई भने, “मैले परमप्रभुको मन्दिरमा व्यवस्थाको पुस्तक भेट्टाएको छु ।” त्यसैले हिल्कियाहले त्यो पुस्तक शापानलाई दिए, र तिनले यो पढे ।

    9शापानले त्यो किताब राजाकहाँ लगे, र तिनलाई यसो भनी विवरण दिए, “तपाईंका दासहरूले मन्दिरमा भेट्टाइएका रुपियाँ-पैसा खर्च गरेका छन्, र तिनीहरूले यो परमप्रभुको मन्दिरको रेखदेख गर्ने कारिन्‍दहरूका हातमा दिएका छन् ।”

  • २ राजा 12:7-11
    5 पदहरू
    82%

    7तब राजा योआशले यहोयादा पुजारी र अन्य पुजारीहरूलाई बोलाई तिनीहरूलाई भने, “किन तिमीहरूले मन्दिरमा केही पनि मर्मत गरेका छैनौ? अबदेखि तिमीहरूका कर उठाउनेहरूबाट रकम नउठाउनू, तर मन्दिरको मर्मतको लागि जे-जेति जम्मा भएका छन्, ती लिएर मर्मत गर्न सक्‍नेहरूलाई दिनू ।”

    8त्यसैले अब मानिसहरूबाट रुपियाँ-पैसा नलिने र पुजारीहरू आफैले मन्दिरको मर्मत नगर्ने कुरामा तिनीहरू सहमत भए ।

    9बरु, यहोयादा पुजारीले एउटा सन्दुक लिएर त्यसमा प्वाल पारे, अनि यसलाई परमप्रभुको मन्दिरभित्र प्रवेश गर्ने दाहिनेपट्टि वेदीको छेउमा राखे । मन्दिरको प्रवेशद्वारको पहरा दिने पुजारीहरूले परमप्रभुको मन्दिरमा ल्याएका सबै रकम त्यसैमा हाल्‍थे ।

    10जब सन्दुकमा धेरै रकम जम्‍मा भएको तिनीहरूले देख्‍थे, राजाका सचिव र प्रधान पुजारी आउँथे र परमप्रभुको मन्दिरमा ल्याइएको रुपियाँ-पैसा थैलाहरूमा हाल्‍थे र त्‍यसपछि गणना गर्थे ।

    11तिनीहरूले उक्त रकम हिसाब गरेपछि परमप्रभुको मन्दिरको रेखदेख गर्नेहरूका हातमा दिन्थे । तिनीहरूले परमप्रभुको मन्दिरमा काम गर्ने सिकर्मीहरू र निर्माणकर्ताहरू

  • २ इति 24:9-11
    3 पदहरू
    80%

    9तब तिनीहरूले यहूदा र यरूशलेमभरि नै परमेश्‍वरका दास मोशाले उजाड-स्थानमा इस्राएलमाथि लगाएको तिरो मानिसहरूले परमप्रभुकहाँ ल्याउनुपर्छ भनी घोषणा गरे ।

    10सबै अगुवा र सबे मानिस आनन्दित भए र रकम ल्याए र त्‍यो सन्दूक नभरिएसम्‍म त्यसमा हाले ।

    11यस्‍तो भयो, जब लेवीहरूले राजाका अधिकारीहरूकहाँ त्यो सन्दूक ल्याउँथे, र जब त्यसमा तिनीहरूले धेरै पैसा देख्‍थे, तब राजाका सचिव र प्रधान पुजारीका अधिकृत त्यो खाली गर्न आउँथे, र त्यो सन्दूक फेरि त्यसकै स्थानमा राखिदिन्थे । तिनीहरूले दिनदिनै त्‍यसो गरेर धेरै रुपियाँपैसा सञ्‍चय गरे ।

  • 4योआशले पुजारीहरूलाई भने, “परमप्रभुको मन्दिरभित्र पवित्र भेटीहरूको रूपमा ल्याइएका सबै रुपियाँ-पैसा अर्थात् जनगणनामा जम्मा गरिएको रकम वा व्यक्तिगत भाकलबाट प्राप्‍त गरिएको रकम वा परमप्रभुद्वारा मानिसहरूका आ-आफ्ना ह्रदयमा प्रेरित गरी तिनीहरूद्वारा ल्याइएको रकम जम्मा गर,

  • २ इति 24:5-6
    2 पदहरू
    77%

    5तिनले पुजारी र लेवीहरूलाई एकसाथ भेला गरे र तिनीहरूलाई भने, “हरेक वर्ष यहूदाका सहरहरूमा जाओ र सबै इस्राएलबाट परमप्रभुको मन्दिरको पुनर्निर्माण गर्नलाई पैसा जम्मा गर । तिमीहरू यो काम झट्टै सुरु गरिहाल ।” लेवीहरूले सुरुमा केही पनि गरेनन् ।

    6यसले राजाले प्रधान पुजारी यहोयादालाई बोलाए र तिनलाई भने, “करारका आदेशहरूका पालको निम्ति परमप्रभुका दास मोशा र इस्राएलको समुदायले लगाएको कर यहूदा र यरूशलेमबाट ल्याउन भनी लेवीहरूलाई किन भन्‍नुभएको छैन?”

  • 8योशियाहले देश र मन्दिर शुद्ध पारिसकेपछि, तिनले आफ्नो राज्य कालको अठारौँ वर्षमा असल्याहका छोरा शापान, सहरका गभर्नर मासेयाह र राज्यका लेखापाल योआहाजका छोरा योआलाई परमप्रभु तिनका परमेश्‍वरको मन्दिर मरम्मत गर्न पठाए ।

  • २ राजा 12:14-16
    3 पदहरू
    76%

    14तिनीहरूले यो पैसा परमप्रभुको मन्दिरको मर्मतको काम गर्नेहरूलाई दिए ।

    15यसको बाहेक, तिनीहरूले काम गर्नेहरूका निम्ति मुख्य कामदारहरूलाई दिएका रुपियाँ-पैसाको हिसाब आवश्‍यक थिएन किनकि यी मानिसहरू इमानदार थिए ।

    16तर दोष बलि र पाप बलिको निम्ति ल्याइने रुपियाँ-पैसा भने परमप्रभुको मन्दिरमा ल्याइएन किनकि यो पुजारीहरूको थियो ।

  • एज्रा 8:29-30
    2 पदहरू
    75%

    29यरूशलेममा परमेश्‍वरको मन्दिरका कोठाहरूमा भएका पुजारीका अधिकारीहरू, लेवीहरू र परिवारका अगुवाहरूको सामु यी जोखेर नदिएसम्म तिमीहरूले यिनको रेखदेख गरी सुरक्षित राख्‍नू ।”

    30यरूशलेममा हाम्रा परमेश्‍वरको मन्दिरमा लैजानलाई तौलिएका ति चाँदी, सुन र वस्तुहरू पुजारीहरू र लेवीहरूले जिम्‍मा लिएर राखे ।

  • २ इति 29:15-16
    2 पदहरू
    74%

    15तिनीहरूले आआफ्‍ना दाजुभाइलाई भेला गराए, र तिनीहरूले आफैलाई पवित्र गरे, अनि परमप्रभुको वचनको अनुसरण गर्दै राजाले हुकुम गरेबमोजिम परमप्रभुको मन्‍दिरलाई शुद्ध पार्न तिनीहरू त्‍यसभित्र पसे ।

    16परमप्रभुको मन्‍दिर शुद्ध गर्न पुजारीहरू त्यसको भित्री भागमा पसे । तिनीहरूले परमप्रभुको मन्‍दिरभित्र भेट्टाएका सबै अशुद्ध कुराहरू बाहिर परमप्रभुका मन्‍दिरको चोकमा ल्‍याए । लेवीहरूले ती कुराहरू बोकेर किद्रोन खोल्‍सामा लगे ।

  • 25राजा, तिनका सल्लाहकारहरू र अधिकारीहरू अनि सारा इस्राएलीले परमेश्‍वरको मन्दिरको लागि सित्तैंमा दिएका चाँदी, सुन, चिजहरू र भेटीहरू मैले तिनीहरूका निम्ति तौलें ।

  • एज्रा 2:68-69
    2 पदहरू
    74%

    68जब तिनीहरू यरूशलेममा परमप्रभुको मन्दिरमा गए, मुख्य पुर्खाहरूले मन्दिर निर्माणको लागि स्वेच्छा भेटीहरू चढाए ।

    69तिनीहरूले आ-आफ्नो औकातअनुसार कामको लागि रुपियाँ-पैसा दिएः ६१,००० सुनका सिक्‍का, ५,००० चाँदीका सिक्‍का र पुजारीको १०० ओटा अलखाहरू ।

  • 15त्यसैले हिजकियाले परमप्रभुको मन्दिर र राजदरबारका भण्डारहरूमा पइएका सबै चाँदी दिए ।

  • एज्रा 7:15-16
    2 पदहरू
    73%

    15यरूशलेममा बास गर्नुहुने इस्राएलका परमेश्‍वरलाई तिनीहरूले सित्तैंमा चढाएका चाँदी र सुन लिएर जानू ।

    16बेबिलोनको प्रदेशभरि तिमीले लैजान सक्‍ने जति चाँदी र सुनसाथै यरूशलेममा आफ्‍ना परमेश्‍वरका मन्दिरको निम्ति मानिसहरू र पुजारीहरूले खुसीसाथ जुन भेटीहरू दिन्छन्, ती पनि तिमीले लैजानू ।

  • 4मैले तिनीहरूलाई परमप्रभुको मन्दिरमा परमेश्‍वरका मानिस यिग्दल्याहका छोरा हानानका छोराहरूको कोठामा लगेँ । यी कोठाहरू अगुवाहरूको कोठाको छेउमा थिए, जुन शल्लूमका छोरा मासेयाह द्वारपालको कोठाको मास्तिर थियो ।

  • नहे 13:12-13
    2 पदहरू
    73%

    12तब सारा यहूदाले अन्‍नको दशांश, नयाँ दाखमद्य र तेल भण्डार-कोठाहरूभित्र ल्याए ।

    13मैले पुजारी शेलेम्याह, शास्‍त्री सादोक र लेवीहरूबाट पदायाहलाई भण्डार-कोठाहरूको कोषाध्यक्षको रूपमा नियुक्त गरेँ । जक्‍कूरका छोरा, मत्तन्याहका नाति हानानलाई तिनीहरूका सहायकको रूपमा नियुक्त गरेँ किनकि तिनीहरू भरोसायोग्य ठानिएका थिए । तिनीहरूका सहायकहरूका खानेकुराहरू वितरण गर्नु नै तिनीहरूको कर्तव्य थियो ।

  • 20तिनले हिल्कियाह, शापानका छोरा अहीकाम, मीकाका छोरा अब्दोन, सचिव शापान र राजाका आफ्नै सेवकलाई यस्तो आज्ञा दिए,

  • 44त्यस दिन भेटीहरू, अगौटे फलहरू र दशांशहरूका निम्ति भण्डार-कोठाहरूको जिम्मा लिन अनि लेवीहरू र पुजारीहरूका निम्ति व्यवस्थाले तोकेबमोजिम हिस्सा जम्मा गर्न मानिसहरू नियुक्त गरिए । सहरका नजिकका बस्तीहरूबाट काम गर्न हरेकलाई जिम्मा दिइएको थियो । किनकि यहूदा पुजारीहरू र लेवीहरूबाट प्रसन्‍न भए जो तिनीहरूका सामु खडा थिए ।

  • २ इति 31:9-10
    2 पदहरू
    72%

    9तब हिजकियाले यी थुपारिएका कुराहरूका विषयमा पुजारीहरू र लेवीहरूसित सोधपुछ गरे ।

    10सादोकका घरानाका प्रधान पुजारी अजर्याहले जवाफ दिए र यसो भने, “मानिसहरूले परमप्रभुको मन्दिरमा आआफ्ना भेटी ल्याएको समयदेखि हामीहरूले खाएका छौं, र प्रशस्त भयो र प्रशस्‍त उब्रेका छन्, किनकि परमप्रभुले आफ्‍ना मानिसहरूलाई आशिष् दिनुभएको छ । उब्रेकाबाट यो ठुलो मात्रा यहाँ छ ।”

  • 9भण्डार-कोठाहरू शुद्ध पारिऊन् भनी मैले आज्ञा दिएँ, अनि मैले परमेश्‍वरका मन्दिरका सामानहरू, अन्‍नबलिहरू र धूप फेरि त्यहाँ राखेँ ।

  • 5एल्यासीबले तोबियाको लागि एउटा ठुलो भण्डार-कोठा तयार पारेका थिए जहाँ पहिले तिनीहरूले लेवीहरू, गायकहरू, द्वारपालहरूका निम्ति अन्‍नबलि, धूप, काठपातहरू, अन्‍नका दशांशहरू, नयाँ दाखमद्य र तेल अनि पुजारीहरूका निम्ति दान राख्‍ने गर्थे ।

  • 18त्‍यसपछि तिनीहरू राजमहलभित्र हिजकिया राजाकहाँ गए र भने, “हामीले परमप्रभुको मन्‍दिर जम्‍मै पवित्र गरिसक्‍यौं, अर्थात्‌ होमबलिको वेदी, त्‍यसका सबै भाँडाकुँडासमेत, अनि अर्पण गरिएको रोटी राख्‍ने टेबल, त्‍यसका सबै सामानसमेत ।

  • 6तिनीहरूका वरिपरि भएकाहरूले तिनीहरूको कामलाई चाँदी, सुनका चिजहरू, धन-सम्पत्ति, गाईवस्तु, मुल्यवान चिजहरू र स्वेच्छा भेटीहरू दिएर सहयोग गरे ।

  • 6यहूदाका सहरहरूमा बस्‍ने इस्राएलका मानिसहरू र यहूदीहरूले पनि गाईवस्तु र भेडबाख्राको दशांश, अनि परमप्रभु आफ्‍ना परमेश्‍वरमा अर्पण गरिएका सबै थोकको दशांश ल्याएर थुपारे ।