२ इतिहास 34:23

अनलक शाब्दिक बाइबल

तिनले तिनीहरूलाई भनिन्, “परमप्रभु इस्राएलका परमेश्‍वर यो भन्‍नुहुन्‍छ: तिमीहरूलाई मकहाँ पठाउने मानिसलाई भन,

थप स्रोतहरू

उल्लेखित पदहरू

  • २ राजा 22:15-20 : 15 उनले तिनीहरूलाई भनिन्, “इस्राएलका परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'तिमीहरूलाई मकहाँ पठाउने मानिसलाई भन्, 16 “परमप्रभु यसो भन्‍नुहुन्छः हेर्, यहूदाका राजाले यस पुस्तकमा पढेअनुसार यस ठाउँ र यसका बासिन्दाहरूमा म विपत्ति ल्याउनेछु । 17 किनकि तिनीहरूले मलाई त्यागे अनि अन्य देवताहरूलाई धूप बाले, यसरी तिनीहरूले गरेका सबै कामले तिनीहरूले मलाई रिस उठाए— यसकारण यस ठाउँको विरुद्धमा मेरो क्रोध दन्केको छ, र यो निभाइने छैन' ।” 18 तर परमप्रभुको इच्छा जान्‍न तिमीहरूलाई पठाउने यहूदाका राजालाई चाहिं तिमीहरूले यसो भन, 'तपाईंले सुन्‍नुभएको वचनको विषयमा इस्राएलका परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छः 19 तिनीहरू उजाड र श्रापित हुनेछन् भनी मैले यस ठाउँ र यसका बासिन्दाहरूको विरुद्धमा भनेको सुनेर तैँले आफ्‍नो ह्रदय कोमल बनाएको र तैँले परमप्रभुको सामु आफैलाई विनम्र तुल्याएको अनि तैँले आफ्ना लुगा च्यातेको र मेरो सामु रोएका हुनाले मैले तेरो कुरा पनि सुनेको छु—यो परमप्रभुको घोषणा हो । 20 हेर्, म तँलाई तेरा पुर्खाहरूसित जम्मा गर्नेछु, र तँ शान्तिसित तेरो चिहानमा जानेछस् । मैले यस ठाउँमा ल्याउने सबै विपत्तिलाई तेरा आँखाले देख्‍नेछैनस् । यसरी मानिसहरूले राजाकहाँ यो सन्देश लिएर गए ।
  • यिर्मि 21:3-7 : 3 त्यसैले यर्मियाले तिनीहरूलाई भने, “तिमीहरूले सिदकियाहलाई यसो भन्‍नुपर्छ, 4 'परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः हेर्, तेरो हातमा लडाइँका जुन हतियारहरू छन्, जसद्वारा तैंले बेबिलोनका राजा र तँलाई पर्खालबाहिर घेराबन्दी गर्ने कल्दीहरूको विरुद्धमा लड्दैछस्, ती हतियारहरू म तेरै विरुद्धमा चलाउन लागेकोछु । किनकि म तिनलाई यस सहरको बिचमा जम्मा गर्नेछु । 5 तब पसारिएको हात, शक्तिशाली पाखुरा, क्रोध, बदला र भयङ्कर रिसले म आफै तेरो विरुद्धमा लड्नेछु । 6 किनकि म यस सहरका बासिन्दाहरू, मानिस जनावरहरू दुवैलाई आक्रमण गर्नेछु । भयङ्‍कर रुढीले तिनीहरू मर्नेछन् । 7 यो परमप्रभुको घोषणा हो, यसपछि यहूदाका राजा सिदकियाह, त्यसका सेवकहरू, मानिसहरू अनि रुढी, तरवार र अनिकालको प्रहारद्वारा पछि यस सहरमा बाँकी रहेकाहरू सबैलाई बेबिलोनका राजा नबूकदनेसर, र तिनीहरूको जीवन लिन खोज्ने तिनीहरूका शत्रुहरूको हातमा म दिनेछु । त्‍यसपछि उसले तिनीहरूलाई तरवारले मार्नेछ । उसले तिनीहरूलाई दया देखाउने, छोडिदिने वा कृपा गर्नेछैन ।'
  • यिर्मि 37:7-9 : 7 “परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः यहूदाका राजाले मबाट सल्लाह लिन तँकहाँ मानिसहरू पठाएको हुनाले तैंले उसलाई यसो भन्‍नेछस्, 'हेर्नुहोस्, तपाईंलाई मदत गर्न आएको फारोको सेना आफ्नै देश, मिश्रदेशमा फर्केर जानै लागेको छ । 8 कल्दीहरू फर्केर आउनेछन् । तिनीहरूले यस सहरको विरुद्धमा युद्ध गर्नेछन्, यसलाई कब्जा गर्नेछन्, र जलाउनेछन् ।' 9 परमप्रभु यसो भन्‍नुहुन्छः यसो भनेर आफैलाई धोका नदिनुहोस्, 'निश्‍चय पनि कल्दीहरूले हामीलाई छाडेर जाँदैछन्,' किनकि तिनीहरू छोड्‍नेछैनन् । 10 तपाईंको विरुद्धमा लड्ने सम्पूर्ण कल्दी सेनालाई तपाईंले जितेको, जसले गर्दा पालहरूमा घाइते मानिसहरू मात्र छाडिएको भए पनि तिनीहरू उठ्‍नेछन् र यस सहरलाई जलाउनेछन् ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • २ राजा 22:12-16
    5 पदहरू
    95%

    12राजाले पुजारी हिल्कियाह, शापानका छोरा अहीकाम, मीकायाका छोरा अक्बोर, सचिव शापान र राजाका आफ्नै सेवक असायाहलाई हुकुम गरे,

    13“जाओ, र यस पुस्तकमा पाइएका वचनहरूको कारणले मेरो लागि र सारा यहूदाका लागि परमप्रभुको सल्‍लाह खोज । किनकि हाम्रा विरुद्धमा भएको परमप्रभुको क्रोध भयानक छ, किनभने यस पुस्तकमा भएका हाम्रा सम्‍बन्‍धका वचनलाई हाम्रा पुर्खाहरूले जसरी पालन गर्नुपर्थ्‍यो त्‍यसरी तिनीहरूले गरेनन् ।”

    14त्यसैले पुजारी हिल्कियाह, अहीकाम, अक्बोर, शापान र असायाह अगमवादिनी हुल्दाकहाँ गए । उनी दरबारका लुगाफाटो हेरचाह गर्ने हरहसका नाति, तिक्भाका छोरा शल्लूमकी पत्‍नी थिइन् । (उनी यरूशलेमको दोस्रो टोलमा बस्थिन्) । तिनीहरूले उनीसित कुरा गरे ।

    15उनले तिनीहरूलाई भनिन्, “इस्राएलका परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'तिमीहरूलाई मकहाँ पठाउने मानिसलाई भन्,

    16“परमप्रभु यसो भन्‍नुहुन्छः हेर्, यहूदाका राजाले यस पुस्तकमा पढेअनुसार यस ठाउँ र यसका बासिन्दाहरूमा म विपत्ति ल्याउनेछु ।

  • २ इति 34:20-22
    3 पदहरू
    85%

    20तिनले हिल्कियाह, शापानका छोरा अहीकाम, मीकाका छोरा अब्दोन, सचिव शापान र राजाका आफ्नै सेवकलाई यस्तो आज्ञा दिए,

    21“जाओ र मेरो निम्ति, अनि इस्राएल र यहूदामा अझै बाँकी रहेकाहरूका निम्ति त्यस पुस्तकमा लेखिएका कुराका कारणले परमप्रभुको इच्छा खोज । यो साह्रै ठुलो छ, परमप्रभुको क्रोध हामीमाथि खन्‍याइएको छ । साह्रै ठुलो छ किनभने हाम्रा पुर्खाहरूले यस पुस्तकमा लेखिएका सबै कुरा पालन गर्नको निम्ति यसको वचन सुनेका छैनन् ।”

    22यसैले हिल्कियाह र राजाले हुकुम गरेका मानिसहरू राजमहलको लुगाफाटो हेरचाह गर्ने हसराका नाति तोखतका छोरा शल्लूमकी पत्‍नी अगमवादिनी हुल्दाकहाँ सोधपुछ गर्नलाई गए (तिनी यरूशलेमको दोस्रो जिल्लामा बस्थिन्), र तिनीहरूले तिनीसँग यसरी कुरा गरे ।

  • 26तर तिनले के गर्नुपर्छ भनेर परमप्रभुलाई सोधपुछ गर्न तिमीहरूलाई पठाउने यहूदाका राजालाई यही कुरा भनिदेओ, ‘तपाईंले सुन्‍नुभएको वचनको विषयमा परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ:

  • 18तर परमप्रभुको इच्छा जान्‍न तिमीहरूलाई पठाउने यहूदाका राजालाई चाहिं तिमीहरूले यसो भन, 'तपाईंले सुन्‍नुभएको वचनको विषयमा इस्राएलका परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छः

  • 37अगमवक्तालाई तैंले यसो भनेर सोध्‍नेछस्, 'परमप्रभुले तिमीलाई के जवाफ दिनुभयो?' वा 'परमप्रभुले के भन्‍नुभयो?'

  • 9तब तिनले उनीहरूलाई भने, “परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, जसकहाँ तिमीहरूले मलाई तिमीहरूका बिन्ती राख्‍न पठायौ,

  • यहे 24:19-20
    2 पदहरू
    73%

    19मानिसहरूले मलाई सोधे, “यी कुराहरू अर्थात्, तपाईंले गरेका कुराहरूको अर्थ के हो, हामीलाई भन्‍नुहुन्‍न?”

    20यसैले मैले तिनीहरूलाई भनें, “परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,

  • यिर्मि 22:1-2
    2 पदहरू
    72%

    1¶ परमप्रभु यसो भन्‍नुहुन्छ, “यहूदाको राजाको घरमा तल जा र त्यहाँ यो वचन घोषणा गर्,

    2यसो भन, 'ए यहूदाका राजा, तँ जो दाऊदको सिंहासनमा बस्‍छस्, तँ र तेरा सेवकहरू र यी ढोकाहरूद्वारा आउने तेरा मानिसहरू हो, परमप्रभुको वचन सुन ।

  • 18सचिव शापानले राजालाई भने, “पुजारी हिल्कियाहले मलाई एउटा पुस्तक दिएका छन् ।” त्यसपछि शापानले त्यो पुस्तक राजालाई पढेर सुनाए ।

  • 23परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,

  • 24‘परमप्रभु यसो भन्‍नुहुन्‍छ: हेर्, मैले यहूदाका राजाको सामुन्‍ने पढेको पुस्तकमा लेखिएका सबै सरापहरू यो ठाउँ र त्यसका मानिसहरूमाथि ल्याउन लागेको छु ।

  • 1¶ 'परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,

  • २ इति 34:15-16
    2 पदहरू
    71%

    15हिल्कियाहले सचिव शापानलाई भने, “मैले परमप्रभुको मन्दिरमा व्यवस्थाको पुस्तक भेट्टाएको छु ।” हिल्कियाहले त्यो पुस्तक शापानकहाँ ल्याए ।

    16शापानले त्यो पुस्तक राजाकहाँ ल्याए, र यसो भनेर तिनलाई विवरण पनि दिए, “तपाईंका सेवकहरूलाई जिम्‍मा दिइएका सबै काम तिनीहरूले गरिरहेका छन् ।

  • 15परमप्रभु सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छ, “यो प्रशासक शेब्‍नाकहाँ जसले महलको रेखदेख गर्छ र भन्,

  • 16त्यसैले यशैयाले हिजकियालाई भने, “परमप्रभुक वचन सुन्‍नुहोस्,

  • 5तब यशैयाले हिजकियालाई भने, “सर्वशक्तिमान् परमप्रभुको वचन सुन्‍नुहोस्,

  • 17तब तिनले सोधे, “मैले देखेको त्यो स्मारकचाहिं केको हो?” सहरका मानिसहरूले तिनलाई जवाफ दिए, “त्यो यहूदाबाट आएका परमेश्‍वरका मानिसको चिहान हो जसले तपाईंले भर्खरै बेथेलको वेदीको विरुद्धमा गर्नुभएको कुराको बारेमा बोलेका थिए ।”

  • २ राजा 1:6-7
    2 पदहरू
    70%

    6तिनीहरूले तिनलाई भने, “एक जना मानिस हामीलाई भेट्न आए जसले हामीलाई भने, 'तिमीहरूलाई पठाउने राजाकहाँ फर्के जाऊ र तिनलाई भन, “परमप्रभु यसो भन्‍नुहुन्छः 'के इस्राएलमा कुनै परमेश्‍वर नभएको हुनाले तिमीहरू एक्रोनको देवता बाल-जिबबसित सल्लाह लिन जाँदैछौ? त्यसकारण तँ उक्‍लेको त्‍यो माथिको ओछ्यानबाट तँ तल आउनेछैनस् । बरु, तँ निश्‍चय नै मर्नेछस्' ।”

    7अहज्याहले आफ्ना सन्देशवाहकहरूलाई भने, “तिमीहरूलाई भेट्न आउने र यी कुराहरू भन्‍ने मानिस कस्‍तो किसिमको थियो?”

  • 24नेहेलामवासी शमायाह बारेमा यसो भन्,

  • 35तिमीहरू हरेक व्‍यक्‍तिले आफ्नो छिमेकीलाई र हरेक मानिसले आफ्नो भाइलाई निरन्‍तर सोधिरहन्छौ, 'परमप्रभुले के जवाफ दिनुभयो?' र 'परमप्रभुले के घोषणा गर्नुभयो?' ।

  • 1¶ तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयोः

  • 1¶ तब परमप्रभुको वचन यसो भेनर मकहाँ आयो,

  • 10तब सचिव शापानले राजालाई भने, “प्रधान पुजारी हिल्कियाहले मलाई एउटा पुस्तक दिएका छन् ।” तब शापानले त्यो राजाको लागि पढे ।

  • 13“सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः जा र यहूदाका मानिसहरू र यरूशलेमका बासिन्दालाई यसो भन्, 'के तिमीहरू सुधारलाई स्वीकार गर्दैनौ र मेरा वचन सुन्दैनौ? यो परमप्रभुको घोषणा हो ।

  • 12त्यसैले परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो,

  • 30तब परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो,

  • 12तिनीहरूले भने, “त्यो कुरा झुट हो । हामीलाई भन्‍नुहोस् ।” येहूले भने, “तिनले मलाई यी भने अनि यसो पनि भने, 'परमप्रभु यसो भन्‍नुहुन्छः मैले तँलाई इस्राएलमाथि राजा अभिषेक गरेको छु' ।”

  • 12त्यसैले यर्मियाले सबै अधिकारी र सबै मानिससँग बोले र भने, “तपाईंहरूले सुन्‍नुभएका यी वचन भन्‍न परमप्रभुले मलाई यो मन्दिर र यो सहरको विरुद्धमा अगमवाणी बोल्न पठाउनुभएको छ ।

  • 24ती स्त्रीले एलियालाई भनिन्, “अब मलाई थाहा भयो, कि तपाईं परमेश्वरका जन हुनुहुँदोरहेछ र तपाईंको बोलीमा भएको परमप्रभुको वचन तपाईंको मुखमा साँचो रहेछ ।”

  • 1¶ तब परमप्रभुको यो वचन यसो भनेर मकहाँ आयो,

  • 11“यहूदाका राजाको घरानाको विषयमा परमप्रभुको वचन सुन ।

  • 18अनि राजाले जवाफ दिए र ती स्‍त्रीलाई भने, “मैले तिमीलाई सोध्‍ने कुनै पनि कुरा मबाट नलुकाऊ ।” ती स्‍त्रीले जवाफ दिइन्, “हे मेरा मालिक महाराजा भन्‍नहोस् ।”

  • 6उनी ढोकामा आइपुग्दा अहियाहले उनको खुट्टाको आवाज सुने, र भने, “हे यारोबामकी पत्नी, भित्र आऊ । किन तिमी अर्कै स्त्री भएझैँ नाटक गर्छ्यौ? म खराब समाचारसहित तिमीकहाँ पठाइएको छु ।

  • 23तिनका पतिले भने, “किन तिमी आजै उहाँकहाँ जान चाहन्छ्यौ? आज न औँसी हो, न त शबाथ हो ।” उनले जवाफ दिइन्, “यो ठिक हुनेछ ।”

  • 21तिनले यहूदबाट आएका परमेश्वरका जनलाई यसो भनेर कराए, “परमप्रभु भन्नुहुन्छ, 'तँ परमप्रभुको वचनप्रति अनाज्ञाकारी भएकोले र परमप्रभुले तँलाई दिनुभएको वचन पालन नगरी

  • 4तिनीहरूका मालिकहरूका लागि तिनीहरूलाई आज्ञा दे र यसो भन्, 'सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः तिमीहरूले आ-आफ्ना मालिकहरूलाई यसो भन्‍नुपर्छ,

  • 9यसैकारण परमप्रभुको यस्तो वचन मकहाँ आयो,

  • 22तब राजदरवारका निरीक्षक हिल्कियाहका छोरा एल्याकीम, शास्‍त्री शेब्‍ना र लेखक आसापका छोरा योआले आफ्‍ना लुगा च्यातेर हिजकियाकहाँ आए र प्रमुख कमाण्‍डरका कुरा तिनलाई सुनाए ।

  • 4परमप्रभुको यो वचन यसो भनेर मकहाँ आयो,

  • 4त्यसैले नामान भित्र प्रवेश गरे, र इस्राएल देशबाट ल्याइएकी त्‍यो केटीले के भनेकी थई त्‍यो राजालाई भने ।