२ इतिहास 34:33

अनलक शाब्दिक बाइबल

योशियाहले इस्राएलका मानिसहरूका सारा इलाकाबाट सबै घृणित कुराहरू हटाइदिए । तिनले इस्राएलमा बस्‍ने सबैलाई परमप्रभु आफ्ना परमेश्‍वरको आराधना गर्न लगाए । तिनी बाँचुञ्जेल परमप्रभु आफ्‍ना पुर्खाहरूका परमेश्‍वरको अनुसरण गर्न तिनीहरूले छोडेनन् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • २ इति 34:3-7 : 3 किनकि तिनको राजकालको आठौँ वर्षमा, तिनी सानै छँदा नै तिनले आफ्ना पुर्खा दाऊदका परमेश्‍वरलाई खोज्न सुरु गरे । बाह्रौँ वर्षमा तिनले यहूदा र यरूशलेममा भएका डाँडाका थानहरू र अशेरा देवीका खम्बाहरू र खोपेर बनाएका र ढलौटे मूर्तिहरू हटाउन सुरु गरे । 4 मानिसहरूले तिनको उपस्‍थितिमा बाल देवताहरूका वेदीहरू भत्काए । तिनमाथि भएका धूप वेदीहरूलाई तिनले टुक्रा-टुक्रा पारे । तिनले अशेरा देवीका खम्बाहरू र मूर्तिहरू र प्रतिमाहरू धुलो टुक्रा-टुक्रा पारेर धुलोपिठो बनाए । तिनलाई बलिदान चढाउने मानिसहरूका चिहानहरूमा त्यो धुलो छरिदिए । 5 तिनका पुजारीहरूका हड्‍डी पनि तिनीहरूकै वेदीहरूमा तिनले जलाइदिए । यसरी तिनले यहूदा र यरूशलेमलाई शुद्ध पारे । 6 तिनले मनश्शे, एफ्राइम, शिमियोन र नप्‍तालीसम्मका सहरहरू र तिनका वरिपरिका भग्‍नावशेषहरूमा पनि त्यसै गरे । 7 तिनले वेदीहरू भत्काए, अशेरा देवीका खम्बाहरू र ढालेर बनाएका मूर्तिहरूलाई धुलोपिठो पारे, र इस्राएलको देशभरि नै भएका धूपका वेदीहरूलाई तिनले टुक्रा-टुक्रा पारे । त्यसपछि तिनी यरूशलेममा फर्के ।
  • यिर्मि 3:10 : 10 यी सबै कुरापछि त्यसकी विश्‍वासहीन बहिनी यहूदा सारा हृदयले होइन तर झूट लिएर मकहाँ फर्की, यो परमप्रभुको घोषणा हो ।”
  • हो 6:4 : 4 ए एफ्राइम, म तँलाई के गरूँ? ए यहूदा, म तँलाई के गरूँ? तेरो विश्‍वस्‍तता बिहानीको बादलझैं, चाँडै हराएर जाने शीतझैं छ ।
  • यहो 24:31 : 31 इस्राएलले यहोशू र तिनीभन्दा पछिसम्म बाँचेका धर्म-गुरुहरूको जीवनकालभरि परमप्रभुको आराधना गरे, जसले परमप्रभुले इस्राएलका निम्ति गर्नुभएका सबै कुराको अनुभव गरेका थिए ।
  • १ राजा 11:5-7 : 5 किनकि सोलोमन सीदोनीहरूकी देवी अश्तोरेत र अम्मोनीहरूको घिनलाग्दो देवता मोलोखको पछि लागे । 6 सोलोमनले परमप्रभुको दृष्टिमा दुष्ट काम गरे । तिनले आफ्ना पिता दाऊदले गरेझैँ पूर्ण रूपमा परमप्रभुलाई पछ्याएनन् । 7 तब सोलोमनले मोआबको घृणित देवता कमोश र अम्मोनीहरूको घृणित देवता मोलोखको निम्ति यरूशलेमको पूर्वपट्टिको डाँडामा पुजा गर्ने अग्लो स्थान बनाए ।
  • २ राजा 23:4-9 : 4 तब प्रधान पुजारी हिल्कियाह, तिनको अधिनका पुजारीहरू र द्वारपालहरूलाई बाल देवता र अश्शेरा देवी अनि आकाशका सबै ताराहरूका निम्ति बनाइएका भाँडाहरू परमप्रभुको मन्दिरबाट बाहिर ल्याउन हुकुम दिए । तिनले किद्रोन उपत्यकामा भएको मैदानहरूमा तिनलाई जलाए र तिनका खरानीलाई बेथेलमा लगे । 5 यहूदाका राजाहरूले यहूदाका सहरहरूका उच्‍च ठाउँहरू र यरूशलेम वरिपरिका ठाउँहरूमा धूप बाल्नलाई चुनेका मूर्तिपूजक पुजारीहरूलाई तिनले हटाइदिए । तिनीहरूले बाल देवता, सूर्य, चन्द्रमा, ग्रहहरू र आकाशका सबै ताराहरूलाई धूप बाल्‍थे । 6 परमप्रभुको मन्दिरबाट अश्शेरा देवीको खम्बालाई तिनले यरूशलेम बाहिर किद्रोन उपत्यकामा बाहिर लगे र त्‍यसलाई त्‍यहाँ जलाए । तिनले त्‍यसलाई पिटेर धूलो र त्‍यो धूलोलाई साधारण मानिसहरूका चिहानहरूमा फालिदिए । 7 तिनले परमप्रभुको मन्दिरमा भएका झुटो धर्मका वेश्याहरूका कोठाहरू सफा गरे, जहाँ स्‍त्रीहरूले अश्शेरा देवीका निम्ति वस्‍त्रहरू बुन्‍ने गर्थे । 8 योशियाहले यहूदाका सहरहरूबाट सबै पुजारीलाई ल्याए, र गेबादेखि बेर्शेबासम्म पुजारीहरूले धूप बाल्ने उच्‍चा ठाउँहरूलाई तिनले अपवित्र तुल्याइदिए । तिनले सहरको मूल ढोकाको देब्रेपट्टि यहोशूको ढोका (सहरका राज्यपा) को प्रवेशद्वारमा भएका ढोकाहरूमा बनाइएका उच्‍च ठाउँहरूलाई नष्‍ट पारिदिए । 9 ती उच्‍च ठाउँहरूका पुजारीहरूलाई यरूशलेममा परमप्रभुको मन्दिरमा सेवा गर्न नदिए तापनि तिनीहरूले आफ्‍ना दाजुभाइका बिचमा अखमिरी रोटी खाए । 10 मोलोखलाई बलिको रूपमा कसैले आफ्ना छोरा वा छोरी आगोमा हिंड्‍न नलगाओस् भनेर योशियाहले बेन-हिन्‍नोमको बेँसीमा अवस्थित तोपेतलाई अपवित्र तुल्याए । 11 यहूदाका राजाहरूले सूर्यको सम्मानमा बनाएका घोडाहरू तिनले हटाए । ती नातान-मेलेक नाउँका अधिकारीको कोठा नजिक परमप्रभुको मन्दिरको प्रवेशद्वारको क्षेत्रमा राखिएका थिए । योशियाहले सूर्यको सम्मानमा बनाइएका रथहरूलाई जलाए । 12 आहाजको दरवारको कौसीमा यहूदाका राजाहरूले राखेका वेदीहरू र मनश्शेले परमप्रभुको मन्दिरका दुईवटा चोकमा बनाएका वेदीहरू राजा योशियाहले नष्‍ट पारे । योशियाहले तिनलाई टुक्राटुक्रा पारे र तिनलाई किद्रोनको बेँसीमा फाले । 13 इस्राएलका राजा सोलोमनले यरूशलेमको पूर्वपट्टि, भ्रष्‍टताको पर्वतको दक्षिणपट्टि बनाएका सीदोनीहरूका देवी अश्‍तोरेतको घिनलाग्दो मूर्ति, मोआबीहरूको देवता कमोशको घिनलाग्दो मूर्ति र अम्मोनीहरूको देवता मोलोखको घिनलाग्दो मूर्तिलाई राजाले नष्‍ट पारिदिए । 14 तिनले ढुङ्गाका खम्बाहरूलाई टुक्राटुक्रा पारे, र अश्शेरा देवीका खम्बाहरूलाई काटे र ती ठाउँ मानिसका हड्‍डीहरूले भरे । 15 बेथेलमा भएको वेदी र नबातका छोरा यारोबाम (इस्राएललाई पाप गर्न लगाउने) ले बनाएका उच्‍च ठाउँहरूलाई पनि योशियाहले पूर्ण रूपमा नाश पारे । तिनले त्‍यो वेदी र उच्‍च ठाउँहरूलाई जलाए र धूलोपिठो पारे । तिनले अश्शेरा देवीको खम्बालाई पनि जलाए । 16 योशियाहले त्यस क्षेत्रमा नजर लगाए र पहाडी क्षेत्रमा तिनले चिहानहरू देखे । ती चिहानहरूबाट हड्‍डीहरू ल्याउन तिनले मानिसहरू पठाए । त्यसपछि तिनले ती हड्‍डीहरूलाई वेदीमाथि राखेर जलाए जसले त्‍यो अपवित्र पार्‍यो । परमेश्‍वरका मानिसले बोलेका परमप्रभुको वचनअनुसार यसो हुन आएको थियो, ती मानिसले यी कुराहरूका बारेमा पहिले नै बोलेका थिए । 17 तब तिनले सोधे, “मैले देखेको त्यो स्मारकचाहिं केको हो?” सहरका मानिसहरूले तिनलाई जवाफ दिए, “त्यो यहूदाबाट आएका परमेश्‍वरका मानिसको चिहान हो जसले तपाईंले भर्खरै बेथेलको वेदीको विरुद्धमा गर्नुभएको कुराको बारेमा बोलेका थिए ।” 18 त्‍यसैले योशियाहले भने, “त्यसलाई छोड । तिनका हड्‍डीहरूलाई कसैले पनि नसारोस् । त्‍यसैले सामरियाबाट आएका अगमवक्ताका हड्‍डीहरूसँगै तिनका हड्‍डीहरूलाई तिनीहरूले त्‍यहाँ छाडे । 19 त्‍यसपछि सामरियाका सहरहरूमा भएका उच्‍च ठाउँहरू जसलाई इस्राएलका राजाहरूले बनाएका र परमप्रभुलाई क्रुद्ध तुल्याएका थिए, ती सबैलाई योशियाहले हटाए । तिनले बेथेलमा जे गरेका थिए, तिनलाई पनि ठिक त्यही गरे । 20 उच्‍च ठाउँहरूका सबै पुजारीलाई तिनले वेदीहरूमा मारे, र तिनले मानिसका हड्‍डीहरू तिनमा जलाए । तब तिनी यरूशलेममा फर्के ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • २ इति 34:30-32
    3 पदहरू
    79%

    30तब राजा र तिनीसँग भएका यहूदाका मानिसहरू, यरूशलेमका बासिन्दाहरू, पुजारी र लेवीहरू, साना-ठुला जम्मै मानिसहरूसँग तिनी परमप्रभुको मन्दिरमा उक्लेर गए । तब परमप्रभुको मन्दिरमा फेला परेको करारको पुस्तकका सबै वचन तिनीहरूले सुन्‍ने गरी तिनले पढे ।

    31राजा आफ्नो स्थानमा खडा भए र परमेश्‍वरलाई पछ्याउन र उहाँका आज्ञा, नियम, र विधिहरू आफ्नो सारा हृदय र प्राणले पालन गर्ने, र यस पुस्तकमा लेखिएका करारका वचनहरू पूरा गर्ने बाचा परमप्रभुको सामुन्‍ने गरे ।

    32तिनले यरूशलेम र बेन्यामीनमा उपस्थित भएका सबैलाई त्यो करार अनुसार हिंड्न लगाए । यरूशलेमका बासिन्दाहरूले परमेश्‍वर, तिनीहरूका पुर्खाहरूका परमेश्‍वरको करारअनुसार काम गरे ।

  • 2परमप्रभुको दृष्‍टिमा जे ठिक थियो, तिनले त्यही गरे । तिनी आफ्ना पुर्खा दाऊदका सबै मार्गमा हिंडे, र तिनी दायाँ र बायाँ लागेनन् ।

  • २ इति 34:1-3
    3 पदहरू
    76%

    1¶ योशियाहले राज्य सुरु गर्दा तिनी आठ वर्षका थिए । तिनले यरूशलेममा एकतिस वर्ष राज्य गरे ।

    2तिनले परमप्रभुको दृष्‍टिमा जे असल थियो, सो गरे, र आफ्ना पुर्खा दाऊदका चालमा हिंडे र दाहिने वा देब्रेतिर फर्केनन् ।

    3किनकि तिनको राजकालको आठौँ वर्षमा, तिनी सानै छँदा नै तिनले आफ्ना पुर्खा दाऊदका परमेश्‍वरलाई खोज्न सुरु गरे । बाह्रौँ वर्षमा तिनले यहूदा र यरूशलेममा भएका डाँडाका थानहरू र अशेरा देवीका खम्बाहरू र खोपेर बनाएका र ढलौटे मूर्तिहरू हटाउन सुरु गरे ।

  • 16यसैले यो समयमा योशियाह राजाको हुकुमअनुसार निस्तार-चाड मान्‍न र परमप्रभुको वेदीमा होमबलि चढाउनका निम्ति परमप्रभुको पूरा सेवा सन्‍चालन गरियो ।

  • २ राजा 23:24-25
    2 पदहरू
    76%

    24मृतहरू र भुत आत्‍माहरूसित बात गर्नेहरूलाई पनि योशियाहले निश्कासन गरे । तिनले यहूदा र यरूशलेममा देखिने सबै प्रेतपुजा, मूर्तिहरू र घिनलाग्दा थोकहरूलाई पनि हटाए । यसरी हिल्कियाह पुजारीले परमप्रभुको मन्दिरमा भेट्टाएका व्यवस्थाका पुस्‍तकमा लिखिएका वचनहरू पालन गर्ने काम भयो ।

    25आफ्नो सारा ह्रदय, सारा प्राण, र सारा शक्तिले परमप्रभुतर्फ फर्केर सबै मोशाको व्यवस्थालाई पालन गर्ने योशियाहभन्दा पहिले त्‍यहाँ कुनै अर्को राजा थिएन । न त योशियाहले झैं तिनी पछि आएका अरू कुनै राजाले नै गर्‍यो ।

  • २ इति 33:15-16
    2 पदहरू
    75%

    15तिनले विदेशी देवताहरू र खोपेर बनाएका मूर्ति परमप्रभुको मन्दिरबाट हटाए, र परमप्रभुको मन्दिरको डाँडा र यरूशलेममा तिनी आफैले बनाएका सबै वेदी पनि हटाइदिए र तिनले ती सबैलाई सहरबाट बाहिर फ्याँकिदिए ।

    16तिनले परमप्रभुको वेदीको पुननिर्माण गरे र त्यसमा मेलबलि र धन्यवाद बलि चढाए । तिनले यहूदालाई परमप्रभु इस्राएलका परमेश्‍वरको सेवा गर्नू भनी हुकुम दिए ।

  • 4बरू, तिनले आफ्‍ना पिताका परमेश्‍वरमा भरोसा गरे, र तिनका आज्ञाहरूमा चले, इस्राएलका व्‍यवहारअनुसार होइन ।

  • 19त्‍यसपछि सामरियाका सहरहरूमा भएका उच्‍च ठाउँहरू जसलाई इस्राएलका राजाहरूले बनाएका र परमप्रभुलाई क्रुद्ध तुल्याएका थिए, ती सबैलाई योशियाहले हटाए । तिनले बेथेलमा जे गरेका थिए, तिनलाई पनि ठिक त्यही गरे ।

  • 1¶ जब यी सबै कुरा सकिए, तब उपस्थित भएका सबै इस्राएलका मानिसहरू यहूदाका सहरहरूमा गए र तिनीहरूले ढुङ्गाका खम्बाहरू फुटाइदिए र अशेरा देवीका मूर्तिहरू काटेर ढालिदिए, अनि सारा यहूदा र बेन्यामीन, अनि एफ्राइम र मनश्शेका डाँडाका थानहरू र वेदीहरू, ती सबै नाश नभएसम्‍म भत्काइदिए । तब इस्राएलीहरू हरेक आआफ्ना सम्पति र आआफ्ना सहर भएको ठाउँमा फर्के ।

  • २ राजा 17:33-35
    3 पदहरू
    73%

    33तिनीहरूले परमप्रभुलाई आदर गर्थे र जुन जातिहरूबाट आफू ल्याइएका थिए तिनीहरूकै प्रचलनअनुसार आ-आफ्नै देवताहरूको पनि पुज्थे ।

    34आजको दिनसम्म तिनीहरू आफ्‍ना पुराना प्रचलनहरूमा लागेकै छन् । तिनीहरूले न परमप्रभुलाई आदर गर्छन्, न त परमप्रभुले इस्राएल नाउँ दिनुभएको याकूबका मानिसहरूलाई उहाँले दिनुभएका विधिहरू, उर्दीहरू, व्यवस्था वा आज्ञाहरू नै तिनीहरूले पालन गर्छन्—

    35अनि तिनीहरूसित परमप्रभुले करार बाँध्‍नुभयो र तिनीहरूलाई आज्ञा दिनुभयो, “तिमीहरूले अन्य देवताहरूको भय मान्‍ने छैनौ, न तिनीहरूको सामु निहुरिनेछौ, न तिनीहरूकको पुजा गर्नेछौ न त तिनीहरूलाई बलि चढाउनेछौ ।

  • 6तिनको हृदय परमप्रभुका मार्गमा समर्पित थिए । तिनले यहूदाबाट डाँडाका थानहरू र अशेरा देवीका मूर्तिहरू हटाउने काम पनि गरे ।

  • 18शमूएल अगमवक्ताको समयदेखि यता यस प्रकारले निस्तार-चाडको उत्‍सव इस्राएलमा कहिल्यै मनाइएको थिएन, न त पुजारीहरू, लेवीहरू र यरूशलेमका बासिन्दाहरूसँग उपस्थित भएका सबै यहूदा र इस्राएलका साथमा योशियाहले मानेझैं इस्राएलका अरू कुनै राजाहरूले कहिल्यै यस्तो किसिमले निस्तार-चाड मानेका थिए ।

  • 23“अहिले तिमीहरूसँग भएका विदेशी देवताहरू फ्याँक, र तिमीहरूका हृदय परमप्रभु इस्राएलतिर फर्काओ ।”

  • 31इस्राएलले यहोशू र तिनीभन्दा पछिसम्म बाँचेका धर्म-गुरुहरूको जीवनकालभरि परमप्रभुको आराधना गरे, जसले परमप्रभुले इस्राएलका निम्ति गर्नुभएका सबै कुराको अनुभव गरेका थिए ।

  • २ इति 20:32-33
    2 पदहरू
    72%

    32तिनी आफ्‍ना बुबा आसाका चालमा हिंडे । तीबाट तिनी तर्केर गएनन्‌ । परमप्रभुको दृष्‍टिमा जे असल थियो सो तिनले गरे ।

    33तापनि तिनले डाँडाका थानहरू तिनले हटाएनन् । मानिसहरूले अझैसम्‍म पनि आफ्‍ना पुर्खाहरूका परमेश्‍वरमाथि आफ्‍नो हृदय लाएनन्‌ ।

  • 2तिनले परमप्रभुले इस्राएलका मानिसहरूका सामुन्‍नेबाट धपाउनुभएका जातिहरूका घिनलाग्दा चालहरूमा हिंडेर तिनले परमप्रभुको दृष्‍टिमा जे खराब थियो, त्यही गरे ।

  • 4तिनले यहूदालाई परमप्रभु आफ्‍ना पुर्खाहरूका परमेश्‍वरको खोजी गर्ने, र व्‍यवस्‍था र आज्ञाहरू पालन गर्ने हुकुम गरे ।

  • 7यहोशू र तिनीपछि पनि बाँचेका धर्म-गुरुहरू जसले परमप्रभुले इस्राएलको निम्ति गर्नुभएका सबै महान् कामलाई देखेका थिए, तिनीहरूले आफ्‍नो जीवनकालभरि नै परमप्रभुको सेवा गरे ।

  • 26योशियाहको बारेमा अन्य कुराहरू, र तिनले परमप्रभुको व्यवस्थामा लेखिएअनुसार गरेका आज्ञापालनका असल कामहरू—

  • 16योशियाहले त्यस क्षेत्रमा नजर लगाए र पहाडी क्षेत्रमा तिनले चिहानहरू देखे । ती चिहानहरूबाट हड्‍डीहरू ल्याउन तिनले मानिसहरू पठाए । त्यसपछि तिनले ती हड्‍डीहरूलाई वेदीमाथि राखेर जलाए जसले त्‍यो अपवित्र पार्‍यो । परमेश्‍वरका मानिसले बोलेका परमप्रभुको वचनअनुसार यसो हुन आएको थियो, ती मानिसले यी कुराहरूका बारेमा पहिले नै बोलेका थिए ।

  • 28योशियाह सम्‍बन्‍धमा भएका अरू कुराहरू, तिनले गरेका हरेक काम, के ती यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र?

  • 43तिनी आफ्ना पिता आसाका मार्गमा हिँडे । तिनी तीबाट फर्केनन् । तिनले परमप्रभुको दृष्टिमा जे ठिक छ, त्यही गरे । तथापि डाँडाका थानहरू भने हटाइएनन् । मानिसहरूले डाँडाका थानहरूमा अझै पनि बलिदान चढाउँदै थिए, र धूप बाल्दै थिए ।

  • 18त्यसपछि त्यो भूमिमा बसोबास गर्ने एमोरीहरूलगायत सबै मानिसलाई हाम्रो सामु धपाउनुभयो । त्यसैले हामी पनि परमप्रभुको सेवा गर्छौं किनकि उहाँ हाम्रो परमेश्‍वर हुनुहुन्छ ।

  • 7तिनले वेदीहरू भत्काए, अशेरा देवीका खम्बाहरू र ढालेर बनाएका मूर्तिहरूलाई धुलोपिठो पारे, र इस्राएलको देशभरि नै भएका धूपका वेदीहरूलाई तिनले टुक्रा-टुक्रा पारे । त्यसपछि तिनी यरूशलेममा फर्के ।

  • 5तिनका पुजारीहरूका हड्‍डी पनि तिनीहरूकै वेदीहरूमा तिनले जलाइदिए । यसरी तिनले यहूदा र यरूशलेमलाई शुद्ध पारे ।

  • 41यसरी यी जातिहरू परमप्रभुदेखि डराए र आफूले खोपेर बनाएका मूर्तिहरूको पनि तिनीहरूले पुजा गरे, अनि तिनीहरूका छोराछोरी र नातिनातिनाले पनि त्‍यसै गरे । आजको दिनसम्म आफ्ना पुर्खाहरूले गरेझैँ तिनीहरूले निरन्‍तर त्‍यसै गर्दैछन् ।

  • 4त्यसपछि एस्राएलका मानिसहरूले बाल र अश्तोरेत हटाए र परमप्रभुको मात्र आराधना गरे ।

  • 14परमप्रभुको भय मान र सारा इमानदारी र विश्‍वनीयतामा उहाँको आराधना गर; तिमीहरूका पुर्खाहरूले यूफ्रेटिसपारि पुजेका देवताहरूबाट अलग रहो र परमप्रभुको आराधना गर ।

  • 16परमप्रभु इस्राएलका परमेश्‍वरलाई खोज्‍न आफ्नो हृदयहरू दिएका इस्राएलका सबै कुलबाट मानिसहरू तिनीहरूको पछि आए । तिनीहरू परमप्रभु आफ्‍ना पुर्खाहरूका परमेश्‍वरलाई बलिदान चढाउन यरूशलेममा आए ।

  • 3तापनि तपाईंमा केही असल कुरा छन्, किनभने तपाईंले अशेराका खम्बाहरूलाई देशबाट हटाउनुभएको छ, र तपाईंले आफ्नो हृदय परमप्रभुलाई खोज्‍नमा लाउनुभएको छ ।”

  • 8र इस्राएलका मानिसहरूका सामुबाट परमप्रभुले धपाउनुभएका जातिहरूका अभ्यासहरू तथा इस्राएलका राजाहरूका अभ्यासहरू गरिरहेका थिए ।

  • 6यसैले राजाको हुकुमअनुसार राजा र तिनका अगुवाहरूका पत्रहरू लिएर पत्रवाहकहरू सारा इस्राएल र यहूदाभरि गए । तिनीहरूले भने, “इस्राएलका मानिसहरू हो, अब्राहाम, इसहाक र इस्राएलका परमप्रभु परमेश्‍वरतिर तिमीहरू फर्क, ताकि अश्‍शूरका राजाहरूका हातबाट उम्‍कनेहरूतिर उहाँ पनि फर्कनुभएको होस् ।

  • 1¶ योशियाहले परमप्रभुको निम्ति यरूशलेममा निस्तार-चाड मनाए, र तिनीहरूले पहिलो महिनाको चौधौँ दिनमा निस्तार-चाडको थुमा मारे ।

  • 12तिनीहरूले मूर्तिहरूको पुजा गरे, जसका बारेमा परमप्रभुले तिनीहरूलाई भन्‍नुभएको थियो, “तिमीहरूले यो कुरा गर्ने छैनौ ।”

  • 33किनकि तिनीहरूले मलाई त्यागेर सीदोनीहरूकी अश्तोरेत देवी, मोआबको कमोश देवता र अम्मोनीहरूको मोलोख देवतालाई पुजा गरेका छन् । आफ्ना पिता दाऊदले गरेझैँ मेरो दृष्टिमा जे ठिक छ त्यही गर्न र मेरा विधिविधानहरूसाथै मेरा उर्दीहरू पालन गर्न त्यो मेरो मार्गमा हिँडेको छैन ।

  • 53तिनले आफ्ना पिताले गरेझैँ बालको सेवा गरे, त्यसको पुजा गरे अनि इस्राएलका परमेश्वर परमप्रभुलाई रिस उठाए ।

  • 12तिनीहरू आफ्‍ना सारा हृदय र आफ्‍ना सारा प्राणले परमप्रभु आफ्‍ना पुर्खाका परमेश्‍वरको खोजी गर्नलाई करार बाँधे ।

  • 6किनकि तिनी परमप्रभुमा लागिरहे । तिनले उहाँको अनुसरण गर्न छोडेनन् तर परमप्रभुले मोशालाई दिनुभएका उहाँका आज्ञाहरू तिनले पालन गरे ।

  • 24यसैले तिनका सेवकहरूले तिनलाई रथबाट उठाए र तिनलाई अर्को रथमा चढाए । तिनीहरूले तिनलाई यरूशलेममा ल्याए, जहाँ तिनी मरे । तिनका पुर्खाहरूको चिहानहरूमा तिनलाई गाडियो । सारा यहूदा र यरूशलेमले तिनको निम्ति शोक मनाए ।