२ राजा 23:19

अनलक शाब्दिक बाइबल

त्‍यसपछि सामरियाका सहरहरूमा भएका उच्‍च ठाउँहरू जसलाई इस्राएलका राजाहरूले बनाएका र परमप्रभुलाई क्रुद्ध तुल्याएका थिए, ती सबैलाई योशियाहले हटाए । तिनले बेथेलमा जे गरेका थिए, तिनलाई पनि ठिक त्यही गरे ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • २ इति 34:6-7 : 6 तिनले मनश्शे, एफ्राइम, शिमियोन र नप्‍तालीसम्मका सहरहरू र तिनका वरिपरिका भग्‍नावशेषहरूमा पनि त्यसै गरे । 7 तिनले वेदीहरू भत्काए, अशेरा देवीका खम्बाहरू र ढालेर बनाएका मूर्तिहरूलाई धुलोपिठो पारे, र इस्राएलको देशभरि नै भएका धूपका वेदीहरूलाई तिनले टुक्रा-टुक्रा पारे । त्यसपछि तिनी यरूशलेममा फर्के ।
  • भजन 78:58 : 58 किनकि तिनीहरूले उहाँलाई आफ्‍ना अग्‍ला डाँडाहरूले क्रुद्ध बनाए र आफ्‍ना मूर्तीहरूले उहाँलाई डाहले रसाउने बनाए ।
  • यिर्मि 7:18-19 : 18 छोराछोरीले दाउरा बटुल्दैछन्, र बुबाहरू आगो बाल्दैछन् । तिनीहरूले मलाई चिढ्याउनलाई स्वर्गकी रानीको निम्ति फुरौला बनाउन स्‍त्रीहरू पिठो मुछ्दैछन्, र अरू देवताहरूका लागि अर्घबलि खन्याउँदैछन् । 19 के तिनीहरूले साँच्‍चै मलाई चिढ्याउँदै छन् त? यो परमप्रभुको घोषणा हो, के लाज तिनीहरूमाथि नै आइपरोस् भनेर तिनीहरूले आफैलाई चिढ्याइरहेका होइनन् र?
  • यहे 8:17-18 : 17 उहाँले मलाई भन्‍नुभयो, “ए मानिसको छोरो, के तँ यो देख्छस्? के तिनीहरूले यहाँ गरिरहेका यी घिनलाग्‍दा काम यहूदाका घरानाको लागि सानो कुरा हो र? किनकि तिनीहरूले देशलाई हिंसाले भरेका छन् र आफ्‍ना नाकमा हाँगा राखेर मलाई रिस उठाउनलाई तर्केका छन् । 18 यसैले म पनि तिनीहरूको माझमा काम गर्नेछु । मेरा आँखामा दया हुनेछैन, र म तिनीहरूलाई छोड्नेछैनँ । तिनीहरू उच्‍च सोरले मेरो कानैमा कराए तापनि म तिनीहरूको कुरा सुन्‍नेछैनँ ।
  • मीका 6:16 : 16 ओम्रीका नियमहरू, र आहाबका घरानाका सबै कामहरू पालना भएका छन् । यसैकारण म तिमीहरूको सहरलाई भग्‍नावशेष बनाउनेछु, र त्यहाँका बासिन्दाहरूलाई खिसीको पात्रो बनाउनेछु, र मेरा मानिसहरूबाट तिमीहरूले निन्दा सहनेछौ ।”
  • १ राजा 12:31 : 31 यारोबामले डाँडामा पुजा गर्ने ठाउँहरू बनाए, र तिनले सबै मानिसका बिचबाट पुजारीहरू नियुक्त गरे जो लेवीका छोराहरूमध्येका थिएनन् ।
  • १ राजा 13:32 : 32 किनकि तिनले परमप्रभुको वचनद्वारा बेथेलको वेदीको विरुद्धमा र सामरियाका सहरहरूमा भएका सबै डाँडाका ठाउँहरूका घरहरूको विरुद्धमा घोषणा गरेका सन्देश निश्चय नै पुरा हुने छ ।”
  • १ राजा 16:33 : 33 आहाबले अशेरा देवीको मूर्ति खडा गरे । आहाबले तिनीभन्दा अगिका सबै राजाले भन्दा बढी इस्राएलका परमेश्वर परमप्रभुलाई रिस उठाए ।
  • २ राजा 8:18 : 18 आहाबको घरानाले गरेझैँ, यहोराम इस्राएलका राजाहरूका चालमा हिंडे किनकि तिनले आहाबकी छोरीलाई विवाह गरेका थिए, र परमप्रभुको दृष्‍टिमा जे खराब थियो, त्यही तिनले गरे ।
  • २ राजा 17:9 : 9 इस्राएलका मानिसहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरको विरुद्धमा जे कुराहरू गर्नु ठिक थिएन, गुप्‍त रूपमा त्यही गरे । धरहरादेखि किल्लासम्‍म नै आफ्‍ना सबै सहरहरूमा तिनीहरूले आफ्‍ना निम्‍ति उच्‍च थानहरू बनाए ।
  • २ राजा 17:16-18 : 16 तिनीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरका सबै आज्ञालाई बेवास्ता गरे । तिनीहरूले पुजा गर्नलाई पिटेर तयार पारिएका धातुको दुईवटा बाछाका बनाए । तिनीहरूले अशेरा देवीको खम्बा बनाए, र तिनीहरूले आकाशका सम्पूर्ण तारा र बालको पुजा गरे । 17 तिनीहरूले आफ्ना छोराछोरीलाई आगोमा हिंड्‍न लगाए, तिनीहरूले जोखना हेर र टुनामुना गरे, तिनीहरूले परमप्रभुको दृष्‍टिमा जे खराब छ, त्यही गर्न आफैलाई बेचे, र तिनीहरूले उहाँलाई रिस उठाए । 18 त्यसकारण परमप्रभु इस्राएलसित अत्यन्तै रिसाउनुभयो, र तिनीहरूलाई आफ्नो दृष्‍टिबाट हटाइदिनुभयो । त्यहाँ यहूदाको कुलबाहेक कोही पनि छोडिएन ।
  • २ राजा 21:6 : 6 तिनले आफ्नो छोरोलाई आगोमा हिंड्‍न लगाए । तिनले टुनामुना गरे र जोखना हेरे अनि मृत आत्‍माहरू र भूत आत्‍माहरूसँग बात गर्नेहरूका सल्‍लाह लिए । तिनले परमप्रभुको दृष्‍टिमा असाध्यै खराबी गरेर परमप्रभुलाई रिस उठाए ।
  • २ इति 30:6-9 : 6 यसैले राजाको हुकुमअनुसार राजा र तिनका अगुवाहरूका पत्रहरू लिएर पत्रवाहकहरू सारा इस्राएल र यहूदाभरि गए । तिनीहरूले भने, “इस्राएलका मानिसहरू हो, अब्राहाम, इसहाक र इस्राएलका परमप्रभु परमेश्‍वरतिर तिमीहरू फर्क, ताकि अश्‍शूरका राजाहरूका हातबाट उम्‍कनेहरूतिर उहाँ पनि फर्कनुभएको होस् । 7 तिमीहरू आफ्‍ना पुर्खाहरू वा आफ्ना दाजुभाइजस्‍तै नहोओ, जसले परमप्रभु आफ्‍ना पुर्खाहरूका परमेश्‍वरको विरुद्धमा विश्‍वासघात गरे, जसले गर्दा उहाँले तिनीहरूलाई त्रासका पात्र तुल्‍याउनुभयो, जुन तिमीहरूले देख्छौ । 8 तिमीहरूका पुर्खाहरूझैं तिमीहरू पनि हठी नहोओ । बरू तिमीहरू आफूलाई परमप्रभुमा समर्पण गर, र उहाँले सदासर्वदाको निम्‍ति पवित्र पार्नुभएको उहाँको पवित्रस्‍थानमा प्रवेश गर, र परमप्रभु तिमीहरूका परमेश्‍वरको आराधना गर, ताकि उहाँको भयानक क्रोध तिमीहरूबाट हटोस्‌ । 9 किनकि तिमीहरू परमप्रभुतिर फर्क्‍यौ भने, तिमीहरूका दाजुभाइ र तिमीहरूका छोराछोरीलाई कैद गरेर लैजानेहरूबाट तिनीहरूले दया पाउने छन्, र तिनीहरू यस देशमा फर्केर आउन पाउने छन्‌ । किनभने परमप्रभु तिमीहरूका परमेश्‍वर दयालु र करुणामय हुनुहुन्‍छ, र तिमीहरू उहाँतर्फ फर्क्‍यौ भने, उहाँ तिमीहरूबाट फर्कनुहुने छैन ।” 10 यसैले ती पत्रवाहकहरू एफ्राइम र मनश्‍शेका प्रदेशहरूभरि नै सहर-सहरमा भएर जबूलूनसम्‍मै गए, तर मानिसहरूलाई हेरेर हाँसे र तिनीहरूको गिल्‍ला गरे । 11 तापनि आशेर, मनश्‍शे र जबूलूनका कोही मानिसले आफैलाई नम्र तुल्‍याए र यरूशलेममा आए ।
  • २ इति 31:1 : 1 ¶ जब यी सबै कुरा सकिए, तब उपस्थित भएका सबै इस्राएलका मानिसहरू यहूदाका सहरहरूमा गए र तिनीहरूले ढुङ्गाका खम्बाहरू फुटाइदिए र अशेरा देवीका मूर्तिहरू काटेर ढालिदिए, अनि सारा यहूदा र बेन्यामीन, अनि एफ्राइम र मनश्शेका डाँडाका थानहरू र वेदीहरू, ती सबै नाश नभएसम्‍म भत्काइदिए । तब इस्राएलीहरू हरेक आआफ्ना सम्पति र आआफ्ना सहर भएको ठाउँमा फर्के ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 20उच्‍च ठाउँहरूका सबै पुजारीलाई तिनले वेदीहरूमा मारे, र तिनले मानिसका हड्‍डीहरू तिनमा जलाए । तब तिनी यरूशलेममा फर्के ।

  • २ राजा 23:12-18
    7 पदहरू
    81%

    12आहाजको दरवारको कौसीमा यहूदाका राजाहरूले राखेका वेदीहरू र मनश्शेले परमप्रभुको मन्दिरका दुईवटा चोकमा बनाएका वेदीहरू राजा योशियाहले नष्‍ट पारे । योशियाहले तिनलाई टुक्राटुक्रा पारे र तिनलाई किद्रोनको बेँसीमा फाले ।

    13इस्राएलका राजा सोलोमनले यरूशलेमको पूर्वपट्टि, भ्रष्‍टताको पर्वतको दक्षिणपट्टि बनाएका सीदोनीहरूका देवी अश्‍तोरेतको घिनलाग्दो मूर्ति, मोआबीहरूको देवता कमोशको घिनलाग्दो मूर्ति र अम्मोनीहरूको देवता मोलोखको घिनलाग्दो मूर्तिलाई राजाले नष्‍ट पारिदिए ।

    14तिनले ढुङ्गाका खम्बाहरूलाई टुक्राटुक्रा पारे, र अश्शेरा देवीका खम्बाहरूलाई काटे र ती ठाउँ मानिसका हड्‍डीहरूले भरे ।

    15बेथेलमा भएको वेदी र नबातका छोरा यारोबाम (इस्राएललाई पाप गर्न लगाउने) ले बनाएका उच्‍च ठाउँहरूलाई पनि योशियाहले पूर्ण रूपमा नाश पारे । तिनले त्‍यो वेदी र उच्‍च ठाउँहरूलाई जलाए र धूलोपिठो पारे । तिनले अश्शेरा देवीको खम्बालाई पनि जलाए ।

    16योशियाहले त्यस क्षेत्रमा नजर लगाए र पहाडी क्षेत्रमा तिनले चिहानहरू देखे । ती चिहानहरूबाट हड्‍डीहरू ल्याउन तिनले मानिसहरू पठाए । त्यसपछि तिनले ती हड्‍डीहरूलाई वेदीमाथि राखेर जलाए जसले त्‍यो अपवित्र पार्‍यो । परमेश्‍वरका मानिसले बोलेका परमप्रभुको वचनअनुसार यसो हुन आएको थियो, ती मानिसले यी कुराहरूका बारेमा पहिले नै बोलेका थिए ।

    17तब तिनले सोधे, “मैले देखेको त्यो स्मारकचाहिं केको हो?” सहरका मानिसहरूले तिनलाई जवाफ दिए, “त्यो यहूदाबाट आएका परमेश्‍वरका मानिसको चिहान हो जसले तपाईंले भर्खरै बेथेलको वेदीको विरुद्धमा गर्नुभएको कुराको बारेमा बोलेका थिए ।”

    18त्‍यसैले योशियाहले भने, “त्यसलाई छोड । तिनका हड्‍डीहरूलाई कसैले पनि नसारोस् । त्‍यसैले सामरियाबाट आएका अगमवक्ताका हड्‍डीहरूसँगै तिनका हड्‍डीहरूलाई तिनीहरूले त्‍यहाँ छाडे ।

  • २ राजा 23:4-8
    5 पदहरू
    78%

    4तब प्रधान पुजारी हिल्कियाह, तिनको अधिनका पुजारीहरू र द्वारपालहरूलाई बाल देवता र अश्शेरा देवी अनि आकाशका सबै ताराहरूका निम्ति बनाइएका भाँडाहरू परमप्रभुको मन्दिरबाट बाहिर ल्याउन हुकुम दिए । तिनले किद्रोन उपत्यकामा भएको मैदानहरूमा तिनलाई जलाए र तिनका खरानीलाई बेथेलमा लगे ।

    5यहूदाका राजाहरूले यहूदाका सहरहरूका उच्‍च ठाउँहरू र यरूशलेम वरिपरिका ठाउँहरूमा धूप बाल्नलाई चुनेका मूर्तिपूजक पुजारीहरूलाई तिनले हटाइदिए । तिनीहरूले बाल देवता, सूर्य, चन्द्रमा, ग्रहहरू र आकाशका सबै ताराहरूलाई धूप बाल्‍थे ।

    6परमप्रभुको मन्दिरबाट अश्शेरा देवीको खम्बालाई तिनले यरूशलेम बाहिर किद्रोन उपत्यकामा बाहिर लगे र त्‍यसलाई त्‍यहाँ जलाए । तिनले त्‍यसलाई पिटेर धूलो र त्‍यो धूलोलाई साधारण मानिसहरूका चिहानहरूमा फालिदिए ।

    7तिनले परमप्रभुको मन्दिरमा भएका झुटो धर्मका वेश्याहरूका कोठाहरू सफा गरे, जहाँ स्‍त्रीहरूले अश्शेरा देवीका निम्ति वस्‍त्रहरू बुन्‍ने गर्थे ।

    8योशियाहले यहूदाका सहरहरूबाट सबै पुजारीलाई ल्याए, र गेबादेखि बेर्शेबासम्म पुजारीहरूले धूप बाल्ने उच्‍चा ठाउँहरूलाई तिनले अपवित्र तुल्याइदिए । तिनले सहरको मूल ढोकाको देब्रेपट्टि यहोशूको ढोका (सहरका राज्यपा) को प्रवेशद्वारमा भएका ढोकाहरूमा बनाइएका उच्‍च ठाउँहरूलाई नष्‍ट पारिदिए ।

  • २ राजा 23:23-24
    2 पदहरू
    77%

    23तर राजा योशियाहको अठारौँ वर्षमा यरूशलेममा परमप्रभुको निस्तार-चाड मनाइयो ।

    24मृतहरू र भुत आत्‍माहरूसित बात गर्नेहरूलाई पनि योशियाहले निश्कासन गरे । तिनले यहूदा र यरूशलेममा देखिने सबै प्रेतपुजा, मूर्तिहरू र घिनलाग्दा थोकहरूलाई पनि हटाए । यसरी हिल्कियाह पुजारीले परमप्रभुको मन्दिरमा भेट्टाएका व्यवस्थाका पुस्‍तकमा लिखिएका वचनहरू पालन गर्ने काम भयो ।

  • 15तिनले विदेशी देवताहरू र खोपेर बनाएका मूर्ति परमप्रभुको मन्दिरबाट हटाए, र परमप्रभुको मन्दिरको डाँडा र यरूशलेममा तिनी आफैले बनाएका सबै वेदी पनि हटाइदिए र तिनले ती सबैलाई सहरबाट बाहिर फ्याँकिदिए ।

  • २ इति 28:24-25
    2 पदहरू
    77%

    24आहाजले परमप्रभुको मन्‍दिरका भाँडाकुँडाहरू जम्‍मा गरे र तिनलाई टुक्राटुक्रा बनाए । तिनले परमप्रभुको मन्‍दिरका ढोकाहरू पनि बन्‍द गरिदिए र तिनले यरूशलेमका हरेक कुनामा आफ्ना निम्ति वेदीहरू बनाए ।

    25यहूदाका हरेक सहरमा अरू देवतालाई बलिदान चढाउनका निम्‍ति डाँडाहरूका थानहरू बनाए । तिनले परमप्रभु आफ्‍ना पुर्खाहरूका परमेश्‍वरलाई क्रोधित तुल्‍याए ।

  • 1¶ जब यी सबै कुरा सकिए, तब उपस्थित भएका सबै इस्राएलका मानिसहरू यहूदाका सहरहरूमा गए र तिनीहरूले ढुङ्गाका खम्बाहरू फुटाइदिए र अशेरा देवीका मूर्तिहरू काटेर ढालिदिए, अनि सारा यहूदा र बेन्यामीन, अनि एफ्राइम र मनश्शेका डाँडाका थानहरू र वेदीहरू, ती सबै नाश नभएसम्‍म भत्काइदिए । तब इस्राएलीहरू हरेक आआफ्ना सम्पति र आआफ्ना सहर भएको ठाउँमा फर्के ।

  • 13यसरी, यरूशलेमका घरानाहरू र यहूदाका राजाहरू, ती सबै घर जसका कौसीहरूमा अशुद्ध मानिसहरूले आकाशमण्‍डलका सबै ताराहरूको पुजा गरे र अरू देवताहरूलाई अर्घबलि चढाए, तिनीहरू तोपेतजस्तै हुनेछन्' ।”

  • 11तिनीहरूका सामुबाट परमप्रभुले धपाउनुभएका जातिहरूले गरेजस्तै तिनीहरूले उच्‍च थानहरूमा धूप बाले । परमप्रभुलाई रिस उठाउनलाई इस्राएलीहरूले दुष्‍ट कुराहरू गरे,

  • 6तिनको हृदय परमप्रभुका मार्गमा समर्पित थिए । तिनले यहूदाबाट डाँडाका थानहरू र अशेरा देवीका मूर्तिहरू हटाउने काम पनि गरे ।

  • 33योशियाहले इस्राएलका मानिसहरूका सारा इलाकाबाट सबै घृणित कुराहरू हटाइदिए । तिनले इस्राएलमा बस्‍ने सबैलाई परमप्रभु आफ्ना परमेश्‍वरको आराधना गर्न लगाए । तिनी बाँचुञ्जेल परमप्रभु आफ्‍ना पुर्खाहरूका परमेश्‍वरको अनुसरण गर्न तिनीहरूले छोडेनन् ।

  • २ इति 34:4-7
    4 पदहरू
    74%

    4मानिसहरूले तिनको उपस्‍थितिमा बाल देवताहरूका वेदीहरू भत्काए । तिनमाथि भएका धूप वेदीहरूलाई तिनले टुक्रा-टुक्रा पारे । तिनले अशेरा देवीका खम्बाहरू र मूर्तिहरू र प्रतिमाहरू धुलो टुक्रा-टुक्रा पारेर धुलोपिठो बनाए । तिनलाई बलिदान चढाउने मानिसहरूका चिहानहरूमा त्यो धुलो छरिदिए ।

    5तिनका पुजारीहरूका हड्‍डी पनि तिनीहरूकै वेदीहरूमा तिनले जलाइदिए । यसरी तिनले यहूदा र यरूशलेमलाई शुद्ध पारे ।

    6तिनले मनश्शे, एफ्राइम, शिमियोन र नप्‍तालीसम्मका सहरहरू र तिनका वरिपरिका भग्‍नावशेषहरूमा पनि त्यसै गरे ।

    7तिनले वेदीहरू भत्काए, अशेरा देवीका खम्बाहरू र ढालेर बनाएका मूर्तिहरूलाई धुलोपिठो पारे, र इस्राएलको देशभरि नै भएका धूपका वेदीहरूलाई तिनले टुक्रा-टुक्रा पारे । त्यसपछि तिनी यरूशलेममा फर्के ।

  • 32किनकि तिनले परमप्रभुको वचनद्वारा बेथेलको वेदीको विरुद्धमा र सामरियाका सहरहरूमा भएका सबै डाँडाका ठाउँहरूका घरहरूको विरुद्धमा घोषणा गरेका सन्देश निश्चय नै पुरा हुने छ ।”

  • 29हरेक जातिले आ-आफ्ना देवताहरू बनाए, अनि सामरीहरूले बनाएका उच्‍च थानहरूमा तिनलाई राखे । आफू बसोबास गर्ने ठाउँमा हरेक जातिले त्‍यसै गरे ।

  • 17यसैले सबै मानिसहरू बालको मन्‍दिरमा गए र त्यसलाई भत्‍काए । बालका वेदीहरू र त्‍यसका मूर्तिहरूलाई तिनीहरूले टुक्रा-टुक्रा पारे, र बालको पुजारी मत्तानलाई वेदीहरूका अगि मारे ।

  • 9परमप्रभुको मन्दिर, राजदरबार र यरूशलेमका सबै घरहरूमा तिनले आगो लगाए । सहरका हरेक महत्त्वपूर्ण भवनमा पनि तिनले आगो लगाए ।

  • 13तिनले परमप्रभुको मन्दिर, राजदरबार र यरूशलेमका सबै घर जलाए । अनि सहरमा भएका हरेक महत्त्वपूर्ण भवन तिनले जलाए ।

  • २ राजा 23:27-28
    2 पदहरू
    73%

    27त्यसैले परमप्रभुले भन्‍नुभयो, “जसरी मैले इस्राएललाई हटाएको छु त्‍यसरी नै मैले चुनेको यो यरूशलेम सहर र 'मेरो नाउँ त्यहाँ हुनेछ' भनी मैले भनेको त्‍यो मेरो मन्दिर समेत म यहूदालाई पनि मेरो दृष्‍टिबाट हटाउनेछु ।”

    28योशियाह सम्‍बन्‍धमा भएका अरू कुराहरू, तिनले गरेका हरेक काम, के ती यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र?

  • 19उनीहरूले परमप्रभुको मन्दिर जलाइदिए, र यरूशलेमको पर्खाल भत्काइदिए, सहरका सबै महलहरू जलाइदिए, र त्यहाँ भएका सबै सुन्दर कुरा नष्‍ट गरे ।

  • 3किनकि तिनका पिता हिजकियाले नाश पारेका उच्‍च ठाउँहरू तिनले पुनर्निर्माण गरे, र इस्राएलका राजा आहाबले गरेझैँ तिनले बालका लागि वेदीहरू बनाए, र अश्शेरा देवीको खम्बा बनाए अनि आकाशका सबै ताराहरूका सामु तिनी घोप्‍टो परे र तिनीहरूको पुजा गरे ।

  • 35तापनि डाँडाका थानहरू हटाइएनन् । मानिसहरूले अझै पनि डाँडाका थानहरूका बलि चढाए र धूप बाले । योतामले परमप्रभुको मन्दिरको माथिल्लो मूल ढोका निर्माण गरे ।

  • 5परमप्रभुको मन्दिरका दुईवटा चोकमा तिनले आकाशका सबै ताराहरूका लागि वेदीहरू बनाए ।

  • 11यसबाहेक यहोरामले यहूदाका पहाडमा अल्‍गा ठाउँहरू पनि बनाएका थिए र तिनले यरूशलेमका बासिन्‍दाहरूलाई वेश्याहरूजस्तै जिउने बनाए र यहूदालाई कुमार्गमा लगाए ।

  • 3किनकि तिनले विदेशी वेदीहरू र डाँडाका थानहरू हटाए । तिनले ढुङ्गाका खम्‍बाहरू भत्‍काइदिए, र अशेरा देवीका खम्‍बाहरूलाई ढालिदिए ।

  • 26तिनीहरूले बालको मन्दिरको भित्र राखिएको ढुङ्गाको मूर्तिलाई घिसारेर बाहिर ल्याए, र ती आगो लगाइदिए ।

  • 5तिनले आकाशका सारा ताराहरूका निम्ति परमप्रभुको मन्दिरका दुवै चोकमा वेदीहरू बनाए ।

  • २ राजा 22:16-17
    2 पदहरू
    71%

    16“परमप्रभु यसो भन्‍नुहुन्छः हेर्, यहूदाका राजाले यस पुस्तकमा पढेअनुसार यस ठाउँ र यसका बासिन्दाहरूमा म विपत्ति ल्याउनेछु ।

    17किनकि तिनीहरूले मलाई त्यागे अनि अन्य देवताहरूलाई धूप बाले, यसरी तिनीहरूले गरेका सबै कामले तिनीहरूले मलाई रिस उठाए— यसकारण यस ठाउँको विरुद्धमा मेरो क्रोध दन्केको छ, र यो निभाइने छैन' ।”

  • 4तापनि डाँडाका थानहरू हटाइएनन् । मानिसहरूले अझै पनि डाँडाका थानहरूमा बलि चढाए र धूप बाले ।

  • 7किनकि ती दुष्‍ट स्‍त्री अतल्याहका छोराहरूले परमप्रभुको मन्दिर भत्‍काएका र परमप्रभुको मन्दिरका सबै पवित्र थोक बाललाई दिएका थिए ।

  • 22म तेरो घरानालाई नबातका छोरा यारोबाम र अहियाका छोरा बाशाको घरानाजस्तै तुल्याउने छु किनकि तैँले मलाई रिस उठाई इस्राएललाई पाप गर्न लगाएको छस् ।'

  • 3तापनि तपाईंमा केही असल कुरा छन्, किनभने तपाईंले अशेराका खम्बाहरूलाई देशबाट हटाउनुभएको छ, र तपाईंले आफ्नो हृदय परमप्रभुलाई खोज्‍नमा लाउनुभएको छ ।”

  • 5साथै तिनले यहूदाका सबै सहरहरूमा भएका अल्‍गा थानहरू र धूप बाल्‍ने वेदीहरू पनि हटाइदिए । तिनको अधीनमा देशले शान्‍ति पायो ।

  • 3तर डाँडाका थानहरू भने हटाइएनन् । मानिसहरूले अझै पनि डाँडाका थानहरूमा बलिदान चढाए र धूप बाले ।