२ इतिहास 36:19

अनलक शाब्दिक बाइबल

उनीहरूले परमप्रभुको मन्दिर जलाइदिए, र यरूशलेमको पर्खाल भत्काइदिए, सहरका सबै महलहरू जलाइदिए, र त्यहाँ भएका सबै सुन्दर कुरा नष्‍ट गरे ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • भजन 79:1 : 1 ¶ हे परमेश्‍वर, विदेशी जातिहरू तपाईंको उत्तराधिकारमा आएका छन् । तिनीहरूले तपाईंको पवित्र मन्दिरलाई अपवित्र तुल्याएका छन् । तिनीहरूले यरूशलेमलाई भग्‍नावशेषको थुप्रो बनाएका छन् ।
  • भजन 79:7 : 7 किनकि तिनीहरूले याकूबलाई निलेका र त्‍यसका गाउँहरूलाई नाश पारेका छन् ।
  • यशा 64:10-11 : 10 तपाईंका पवित्र सहरहरू उजाड-स्थान भएका छन् । सियोन उजाड-स्थान, यरूशलेम निर्जन भएको छ । 11 हाम्रा पुर्खाहरूले तपाईंको प्रशंसा गरेको हाम्रो पवित्र र सुन्दर मन्दिर आगोले नष्‍ट भएको छ र ज्‍यादै प्रिय कुराहरू सबै भग्‍नावशेष भएका छन् ।
  • यिर्मि 7:4 : 4 छलपूर्ण वचनहरूमा आफू भर नपर र यसो नभन, 'परमप्रभुको मन्दिर! परमप्रभुको मन्दिर! परमप्रभुको मन्दिर!'
  • यिर्मि 7:14 : 14 त्यसकारण मैले शीलोलाई जे गरें, मेरो नाउँद्वारा बोलाइने यस मन्दिरलाई पनि म त्यसै गर्नेछु, तिमीहरूले भरोसा गरेको यो घर हो, जुन मैले तिमीहरू र तिमीहरूका पुर्खाहरूलाई दिएँ ।
  • यिर्मि 52:13-15 : 13 तिनले परमप्रभुको मन्दिर, राजदरबार र यरूशलेमका सबै घर जलाए । अनि सहरमा भएका हरेक महत्त्वपूर्ण भवन तिनले जलाए । 14 यरूशलेमको वरिपरि भएका पर्खालहरूका सन्‍दर्भमा, अङ्गरक्षकहरूका कमान्‍डरको अधीनमा रहेका बेबिलोनका सबै सेनाले ती नष्‍ट पारे । 15 सबैभन्दा गरिब मानिसहरू, सहरमा बाँकी रहेका मानिसहरू, बेबिलोनका राजाकहाँ भागेर गएकाहरू र बाँकी रहेका कारीगरहरूका विषयमा, अङ्गरक्षकहरूका कमान्‍डर नबूजरदानले तीमध्‍ये कसैलाई निर्वासनमा लगे ।
  • विलाप 4:1 : 1 ¶ सुनको चमक हराएको छ । कसरी निखुर सुन बद्लेको छ! पवित्र पत्थरहरू हरेक सडकको कुनामा छरपष्‍ट छन् ।
  • मीका 3:12 : 12 यसैकारण, तिमीहरूको कारण, सियोन जोतिएको खेतझैँ हुनेछ, यरूशलेम भग्‍नावशेषको थुप्रो हुनेछ, र मन्दिरको डाँडाचाहिँ घना जङ्गल हुनेछ ।
  • लू 21:6 : 6 “जसरी यी सबै थोकहरू तिमीहरू देख्छौ, यस्ता दिनहरू आउनेछन् जुन बेला एकमाथि अर्को ढुङ्गा रहनेछैन, सबै भत्किनेछन् ।”
  • १ राजा 9:8 : 8 यो मन्दिर भग्नावशेषको थुप्रो बन्ने छ, र यसबाट भएर जाने प्रत्येक व्यक्तिले यसको घृणा गर्ने छ । तिनीहरूले सोध्ने छन्, 'परमप्रभुले यो देश र यो मन्दिरलाई किन यसो गर्नुभएको होला?’
  • २ राजा 25:9-9 : 9 परमप्रभुको मन्दिर, राजदरबार र यरूशलेमका सबै घरहरूमा तिनले आगो लगाए । सहरका हरेक महत्त्वपूर्ण भवनमा पनि तिनले आगो लगाए । 10 अङ्गरक्षकहरूको सेनापतिको अधीनमा रहेका बेबिलोनका सबै सेनाले यरूशलेम वरिपरिको पर्खालहरू नष्‍ट पारिदिए । 11 बेबिलोनका राजालाई वेवास्‍ता गरेका सहरमा बाँकी बचेका मानिसहरू अनि बाँकी रहेका अरू मानिसहरूका सम्‍बन्‍धमा अङ्गरक्षकहरूका सेनापति नबूजरदानले, तिनीहरूलाई निर्वासनमा लगे ।
  • भजन 74:4-8 : 4 तपाईंको तोकिएको ठाउँको बिचमा तपाईंका वैरीहरू गर्जन्छन् । तिनीहरूले आफ्ना युद्धका झन्डाहरू खडा गर्छन् । 5 बञ्‍चरोले घना जङ्गल काटेझैं तिनीहरूले काटेर लगे । 6 तिनीहरूले बट्टाहरूलाई फुटाएका छन् र टुक्र-टुक्रा पारेका छन् । तिनीहरूले बन्‍चरो र घनहरूले फुटाए । 7 तपाईंको पवित्रस्थान तिनीहरूले आगोले जलाए । तपाईं वास गर्नुहुने ठाउँलाई तिनीहरूले भूइँमा ढालेर अपवित्र पारे । 8 तिनीहरूले आफ्ना हृदयहरूमा भने, “तिनीहरू सबैलाई हामी नाश गर्नेछौं ।” देशमा भएका तपाईंको आराधना हुने ठाउँहरू सबै तिनीहरूले जलाए ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 8अनि कल्दीहरूले राजदरबार र मानिसका घरहरू जलाए । तिनीहरूले यरूशलेमका पर्खालहरू पनि भत्काए ।

  • 85%

    13तिनले परमप्रभुको मन्दिर, राजदरबार र यरूशलेमका सबै घर जलाए । अनि सहरमा भएका हरेक महत्त्वपूर्ण भवन तिनले जलाए ।

    14यरूशलेमको वरिपरि भएका पर्खालहरूका सन्‍दर्भमा, अङ्गरक्षकहरूका कमान्‍डरको अधीनमा रहेका बेबिलोनका सबै सेनाले ती नष्‍ट पारे ।

  • २ राजा 25:9-10
    2 पदहरू
    84%

    9परमप्रभुको मन्दिर, राजदरबार र यरूशलेमका सबै घरहरूमा तिनले आगो लगाए । सहरका हरेक महत्त्वपूर्ण भवनमा पनि तिनले आगो लगाए ।

    10अङ्गरक्षकहरूको सेनापतिको अधीनमा रहेका बेबिलोनका सबै सेनाले यरूशलेम वरिपरिको पर्खालहरू नष्‍ट पारिदिए ।

  • २ इति 36:17-18
    2 पदहरू
    84%

    17यसैले परमेश्‍वरले तिनीहरूका विरुद्धमा कल्दीका राजालाई ल्याउनुभयो, जसले पवित्रस्थानभित्रै तिनीहरूका जवान मानिसहरूलाई तरवारले मारे, र जवान मानिसहरू, कन्‍याहरू, वृद्धहरू वा कपाल सेतै फुलेकाहरू कसैलाई पनि तिनले छोडेनन् । परमेश्‍वरले ती सबैलाई तिनको हातमा सुम्पिदिनुभयो ।

    18परमेश्‍वरको मन्दिरका सानाठूला सबै भाँडा र परमप्रभुको मन्दिर र राजा र तिनका अधिकारीहरूका दामीदामी थोकहरू सबै तिनले बेबिलोनमा लगे ।

  • 7नबूकदनेसरले परमप्रभुको मन्दिरका केही सामानहरू पनि बेबिलोनमा लगे र तिनले ती बेबिलोनको आफ्नै दरबारमा राखे ।

  • 20तरवारबाट उम्केकाहरूलाई राजाले कैद गरेर बेबिलोनमा लगे । तिनीहरू फारसको शासनमा नआउञ्जेल उनका र उनका छोराहरूका दास-दासी भए ।

  • 13नबूकदनेसरले परमप्रभुको मन्दिर र राजदरबारबाट सबै मूल्यवान थोकहरू लगे । परमप्रभुले भन्‍नुभएझैँ इस्राएलका राजा सोलोमनले परमप्रभुको मन्दिरमा बनाएका सबै सुनका सामानहरू तिनले काटेर निकाले ।

  • 24तिनीहरूले सहर र यसमा भएका सबै थोकलाई जलाए । चाँदी, सुन, काँसामा भाँडाहरू र फलामलाई मात्र परमप्रभुको घरमा राखियो ।

  • 11हाम्रा पुर्खाहरूले तपाईंको प्रशंसा गरेको हाम्रो पवित्र र सुन्दर मन्दिर आगोले नष्‍ट भएको छ र ज्‍यादै प्रिय कुराहरू सबै भग्‍नावशेष भएका छन् ।

  • 12तापनि जब हाम्रा पुर्खाहरूले स्वर्गका परमेश्‍वरलाई रिस उठाए, तब उहाँले तिनीहरूलाई बेबिलोनका कल्दी राजा नबूकदनेसरको हातमा सुम्‍पनुभयो जसले यस मन्दिरलाई नष्‍ट पारे र मानिसहरूलाई बेबिलोनमा कैदमा लगे ।

  • 12उनीहरूले तेरा धन-सम्‍पत्तिहरू लुट्‌नेछन्, र तेरा व्‍यापारका मालहरू लुट्‌नेछन् । उनीहरूले तेरा पर्खालहरू ढाल्‍नेछन्‌ र तेरा आरामदायी घरहरू भत्‍काउनेछन्‌ । तेरा ढुङ्गा र काठपात, फोहोरलाई उनीहरूले समुद्रमा फाल्‍नेछन्‌ ।

  • 6त्यसैले यहूदाका सहरहरू र यरूशलेमका सडकहरूमा मेरो रिस र क्रोध खन्याइयो, र आगो लगाइयो । ती उजाड र सर्वनाश भए, जस्तो आजको दिनसम्‍म छ ।'

  • 22यो परमप्रभुको घोषणा हो, हेर् मैले एउटा आज्ञा दिनै लागेको छु, र यस सहरको विरुद्धमा युद्ध गर्न र यसलाई कब्‍जा गर्न र यसलाई जलाउनलाई म तिनीहरूलाई यहाँ फर्काएर ल्याउन लागेको छु । किनकि म यहूदाका सहरहरूलाई भग्‍नावशेषको ठाउँ बनाउनेछु, जसमा बासिन्‍दाहरू हुनेछैनन् ।”

  • 13परमप्रभुको मन्दिरमा राखिएका काँसाका स्तम्भहरू, आधारहरू र काँसाको विशाल खड्कुँलोलाई कल्दीहरूले टुक्राटुक्रा पारे र काँसालाई बेबिलोनमा लगे ।

  • 26तिनीहरूले बालको मन्दिरको भित्र राखिएको ढुङ्गाको मूर्तिलाई घिसारेर बाहिर ल्याए, र ती आगो लगाइदिए ।

  • 3तिनीहरूले मलाई भने, “निर्वासनबाट बाँचेर आएकाहरू जो प्रान्तमा छन्, तिनीहरू ठुलो कष्‍ट र अपमानमा छन्, किनकि यरूशलेमको पर्खाल भत्काइएको छ, र यसका मुल ढोकाहरूमा आगो लगाइएका छन् ।”

  • 17परमप्रभुको मन्दिरमा राखिएका काँसाका स्तम्भहरू, आधारहरू र काँसाको विशाल खड्कुँलो विषयमा कल्दीहरूले ती टुक्राटुक्रा पारे, र सबै काँसाचाहिं बेबिलोनमा लगे ।

  • 10तिमीहरूले यरूशलेमा घरहरू गन्यौ र तिमीहरूले पर्खाललाई बलियो पार्न घरहरू भत्कायौ ।

  • भजन 74:6-7
    2 पदहरू
    75%

    6तिनीहरूले बट्टाहरूलाई फुटाएका छन् र टुक्र-टुक्रा पारेका छन् । तिनीहरूले बन्‍चरो र घनहरूले फुटाए ।

    7तपाईंको पवित्रस्थान तिनीहरूले आगोले जलाए । तपाईं वास गर्नुहुने ठाउँलाई तिनीहरूले भूइँमा ढालेर अपवित्र पारे ।

  • 21परमप्रभुको मन्दिर, यहूदाका राजाको महल र यरूशलेममा बाँकी रहेका सामानहरूका विषयमा सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ,

  • 24आहाजले परमप्रभुको मन्‍दिरका भाँडाकुँडाहरू जम्‍मा गरे र तिनलाई टुक्राटुक्रा बनाए । तिनले परमप्रभुको मन्‍दिरका ढोकाहरू पनि बन्‍द गरिदिए र तिनले यरूशलेमका हरेक कुनामा आफ्ना निम्ति वेदीहरू बनाए ।

  • 2परमप्रभुले यहूदाका राजा यहोयाकीममाथि नबूकदनेसरलाई विजय दिनुभयो, र उहाँले परमेश्‍वरको मन्‍दिरबाट केही पवित्र थोकहरू तिनलाई दिनुभयो । ती तिनले बेबिलोनियाको देशको आफ्नो देवताको भवनमा ल्याए, र ती पवित्र थोकहरूलाई तिनले आफ्नो देवताको भण्डारमा राखे ।

  • 14यसबाहेक अरू जातिहरूका सबै घिनलाग्दा कामका अनुसरण गरेर परमप्रभुले यरूशलेममा पवित्र गर्नुभएको उहाँको मन्दिरलाई अपवित्र पारेर पुजारीहरू र मानिसहरूका सबै अगुवाहरू अत्यन्तै विश्‍वासघाती भए । तिनीहरूले परमप्रभुले यरूशलेममा पवित्र गर्नुभएको मन्दिरलाई अपवित्र पारे ।

  • 10किनकि भलाइ होइन र विपत्ति ल्याउनलाई मैले यस सहरको विरुद्धमा आफ्‍नो अनुहार फर्काएको छु, यो परमप्रभुको घोषणा हो । यसलाई बेबिलोनका राजाको हातमा दिइएको छ, र उसले यसमा आगो लगाउनेछ ।'

  • 1¶ जब यी सबै कुरा सकिए, तब उपस्थित भएका सबै इस्राएलका मानिसहरू यहूदाका सहरहरूमा गए र तिनीहरूले ढुङ्गाका खम्बाहरू फुटाइदिए र अशेरा देवीका मूर्तिहरू काटेर ढालिदिए, अनि सारा यहूदा र बेन्यामीन, अनि एफ्राइम र मनश्शेका डाँडाका थानहरू र वेदीहरू, ती सबै नाश नभएसम्‍म भत्काइदिए । तब इस्राएलीहरू हरेक आआफ्ना सम्पति र आआफ्ना सहर भएको ठाउँमा फर्के ।

  • 19तिनीहरूले उनीहरूका देवताहरूलाई आगोले जलाएका छन्, किनकि ति देवताहरू थिएनन् तर मानिसको हातले बनेका काठ र ढुङ्गाका काम मात्र थिए । त्यसैले अश्शूरीहरूले तिनीहरूलाई विनाश गरेका छन् ।

  • 18तिनीहरूले उनीहरूका देवताहरूलाई आगोमा फालेका छन् किनकि तिनीहरू ईश्‍वरहरू थिएनन्, तर मानिसका हातका काम अर्थात् काठ र ढुङ्गाहरू थिए । त्यसैले अश्शूरीहरूले तिनलाई नष्‍ट पारे ।

  • 7नबूकदनेसरले यरूशलेमबाट ल्याएका र आफ्ना देवताहरूको मन्दिरमा राखेका परमप्रभुको मन्‍दिरका चिजहरू पनि फारसका राजा कोरेस निकाले ।

  • 5यहूदामा म आगो पठाउनेछु, र त्यसले यरूशलेमका किल्लाहरूलाई भस्म पार्नेछ ।”

  • 10तिनीहरूले उनीहरूका सबै सहर जलाइदिए, जहाँ उनीहरू बसेका थिए र उनीहरूका छाउनीहरू थिए ।

  • 4किनकि घेरा-मचान र तरवारको कारणले भत्काइएका यस सहरमा भएका घरहरू र यहूदाका राजाहरूका महलहरूको विषयमा परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ,

  • 19स्तम्भहरू, 'खँड्कुलो' भनेर चिनिने विशाल बाटा र यसको आधार अनि यस सहरमा बाँकी रहेका सामानहरूका बबारेमा सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छ—

  • 29यस सहरको विरुद्धमा लडाइँ गरिरहेका कल्दीहरू आउनेछन्, र यस सहरलाई र मलाई रिस उठाउनलाई मानिसहरूले छानाहरूमा बाल देवताको पुजा गरेको र अरू देवताहरूलाई अर्घबलिहरू चढाएका घरहरूलाई समेत आगो लगाउनेछन् ।

  • 5तिनका पुजारीहरूका हड्‍डी पनि तिनीहरूकै वेदीहरूमा तिनले जलाइदिए । यसरी तिनले यहूदा र यरूशलेमलाई शुद्ध पारे ।

  • 8कल्दीहरू फर्केर आउनेछन् । तिनीहरूले यस सहरको विरुद्धमा युद्ध गर्नेछन्, यसलाई कब्जा गर्नेछन्, र जलाउनेछन् ।'

  • 7परमप्रभुले आफ्नो वेदीलाई तिरस्कार गर्नुभएको छ, र पवित्र वासस्थानलाई त्यागिदिनुभएको छ । उहाँले त्यसका महलहरूका पर्खालहरू शत्रुको हातमा सुम्पिदिनुभएको छ । तोकिएको चाडको दिनमा जस्तै तिनीहरूले परमप्रभुको मन्दिरमा विजयको ध्वनि लगाएका छन् ।

  • 7उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मन्‍दिर बिटुलो पार, र त्‍यसका चोकहरूलाई लाशहरूले भर । जाओ!” यसैले तिनीहरू गए र सहरलाई आक्रमण गरे ।

  • 26टाढाबाट त्यसलाई आक्रमण गर । त्यसका अन्‍नका ढुकुटीहरू खुला गर, र त्यसलाई अन्‍नको थुप्रोझैं थुपार । त्यसलाई विनाशको लागि अलग गर । त्यसको बाँकी रहेको एउटैलाई पनि नछोड ।

  • 4तब प्रधान पुजारी हिल्कियाह, तिनको अधिनका पुजारीहरू र द्वारपालहरूलाई बाल देवता र अश्शेरा देवी अनि आकाशका सबै ताराहरूका निम्ति बनाइएका भाँडाहरू परमप्रभुको मन्दिरबाट बाहिर ल्याउन हुकुम दिए । तिनले किद्रोन उपत्यकामा भएको मैदानहरूमा तिनलाई जलाए र तिनका खरानीलाई बेथेलमा लगे ।

  • 8यहूदाका मानिसहरू यरूशलेम सहरको विरुद्धमा युद्ध गरे र त्यसलाई कब्जामा लिए । तिनीहरूले त्यो सहरलाई तरवारको धारले आक्रमण गरे र त्यसमा आगो लगाइदिए ।

  • 19तिमीलाई सित्तैंमा दिइएका चिजहरू यरूशलेममा तिम्रा परमेश्‍वरको मन्दिरको सेवाको लागि उहाँको सामु राख्‍नू ।

  • 18अर्थात् तिनीहरू आजको दिनमा भएझैं तिनीहरूलाई विनाश, भय अनि गिल्ला र सरापको पात्र बनाउन यरूशलेम, यहूदाका सहरहरू, त्यसका राजाहरू र अधिकारीहरूलाई यो पिउन लगाएँ ।

  • 5अब नबूकदनेसरले यरूशलेमको मन्दिरबाट बेबिलोनमा ल्याएका परमेश्‍वरको मन्दिरका सुन र चाँदीका थोकहरू लिएर ल्‍याऊ र तिनलाई यरूशलेमकै मन्दिरमा फिर्ता पठाऊ । तिमीहरूले तिनलाई परमेश्‍वरको मन्दिरमा राख्‍नुपर्छ ।'

  • 7किनकि ती दुष्‍ट स्‍त्री अतल्याहका छोराहरूले परमप्रभुको मन्दिर भत्‍काएका र परमप्रभुको मन्दिरका सबै पवित्र थोक बाललाई दिएका थिए ।

  • 13यसरी, यरूशलेमका घरानाहरू र यहूदाका राजाहरू, ती सबै घर जसका कौसीहरूमा अशुद्ध मानिसहरूले आकाशमण्‍डलका सबै ताराहरूको पुजा गरे र अरू देवताहरूलाई अर्घबलि चढाए, तिनीहरू तोपेतजस्तै हुनेछन्' ।”