२ इतिहास 36:20

अनलक शाब्दिक बाइबल

तरवारबाट उम्केकाहरूलाई राजाले कैद गरेर बेबिलोनमा लगे । तिनीहरू फारसको शासनमा नआउञ्जेल उनका र उनका छोराहरूका दास-दासी भए ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यिर्मि 27:7 : 7 किनकि उसको देशको निम्‍ति समय नआएसम्म सबै जातिले ऊ, उसको छोरो र उसको नातिको सेवा गर्नेछन् । त्यसपछि धेरै जातिहरू र महान् राजाहरूले त्यसलाई अधीन गर्नेछन् ।
  • व्यव 28:47-48 : 47 तिमीहरूको उन्‍नति हुँदा तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरलाई ह्रदयबाट खुसीसाथ र आनन्दसाथ उहाँको आराधना नगरेकाले 48 परमप्रभुले तिमीहरूका विरुद्धमा पठाउनुहुने शत्रुहरूको तिमीहरूले सेवा गर्ने छौ । तिमीहरूले भोक, तिर्खा, नग्‍नता र गरिबीमा तिनीहरूको सेवा गर्ने छौ । उहाँले तिमीहरूलाई नष्‍ट नगरुञ्‍जेलसम्म उहाँले तिमीहरूको काँधमा जुवा हालिदिनुहुने छ ।
  • २ राजा 25:11 : 11 बेबिलोनका राजालाई वेवास्‍ता गरेका सहरमा बाँकी बचेका मानिसहरू अनि बाँकी रहेका अरू मानिसहरूका सम्‍बन्‍धमा अङ्गरक्षकहरूका सेनापति नबूजरदानले, तिनीहरूलाई निर्वासनमा लगे ।
  • २ इति 36:22 : 22 फारसका राजा कोरेसको पहिलो वर्षमा यर्मियाद्वारा भनिएको परमप्रभुको वचन पूरा हुन परमप्रभुले फारसका राजाको आत्मालाई प्रोत्साहित पार्नुभयो, ताकि उनले आफ्नो साम्राज्यभरि एउटा घोषणा निकाले र त्यसलाई लेख्‍ने काम पनि गरे । तिनले यसो भने:
  • एज्रा 1:1-9 : 1 ¶ फारसका राजा कोरेसको पहिलो वर्षमा परमप्रभुले यर्मियाद्वारा बोल्नुभएको आफ्नो वचन पुरा गर्नुभयो, र कोरेसको आत्मालाई उत्तेजित पार्नुभयो । कोरेसको आदेश तिनका सारा राज्यभरि पुग्‍यो । लेखिएको र बोलिएको कुरो यही नै हो, 2 “फारसका राजा कोरेस भन्‍नुहुन्छ, 'परमप्रभु स्वर्गका परमेश्‍वरले मलाई सारा पृथ्वीका राज्यहरू दिनुभयो, र उहाँले यहूदियाको यरूशलेममा एउटा मन्दिर निर्माण गर्नलाई मलाई नियुक्त गर्नुभयो । 3 जो उहाँका मानिसहरू हुन् (तिनका परमेश्‍वर तिनीसित होऊन्) तिनीहरू यरूशलेममा जान र यरूशलेममा बास गर्नुहुने इस्राएलका परमप्रभु परमेश्‍वरको निम्ति एउटा मन्दिर बनाउन सक्छन् । 4 राज्यको कुनै पनि क्षेत्रमा भएका मानिसहरू जहाँ त्यस देशका बाँकी बचेकाहरू बसोबास गर्दैछन्, तिनीहरूले यरूशलेममा भएको परमेश्‍वरको मन्दिर बनाउनलाई चाँदी र सुन, धनदौलत र गाईवस्तु अनि स्वेच्छा भेटी दिनुपर्छ ।” 5 तब परमप्रभुको मन्दिर निर्माण गर्न परमेश्‍वरले उत्तेजित पार्नुभएका हरेक मानिस, यहूदा र बेन्यामीनका कुलाका प्रमुख अगुवाहरू र पुजारीहरू अनि लेवीहरू उठे । 6 तिनीहरूका वरिपरि भएकाहरूले तिनीहरूको कामलाई चाँदी, सुनका चिजहरू, धन-सम्पत्ति, गाईवस्तु, मुल्यवान चिजहरू र स्वेच्छा भेटीहरू दिएर सहयोग गरे । 7 नबूकदनेसरले यरूशलेमबाट ल्याएका र आफ्ना देवताहरूको मन्दिरमा राखेका परमप्रभुको मन्‍दिरका चिजहरू पनि फारसका राजा कोरेस निकाले । 8 कोरेसले ती कोषाध्‍यक्ष मित्रेताको हातमा दिए जसले यहूदाका अगुवा शेशबस्सरको निम्ति ती चीजहरूको गणना गरे । 9 ती वस्तुहरूको सङ्ख्या यस प्रकार थिए: सुनका भाँडा तिसवटा, चाँदीका भाँडा एक हजारवटा, उनन्तिसवटा बाटा, 10 सुनका कचौरा तिसवटा, चार सय दसवटा चाँदीका स-साना कचौरा र एक हजारवटा अन्य भाँडाकुँडा । 11 सुन र चाँदीका सामानको जम्मा सङ्ख्या ५,४०० ओटा थियो । निर्वासितहरू बेबिलोनबाट यरूशलेममा फर्कंदा शेशबस्सरले ती सबै कुरा ल्याए ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • २ इति 36:21-23
    3 पदहरू
    79%

    21यर्मिया अगमवक्ताद्वारा बोलिएको परमप्रभुको वचन पूरा हुनलाई, देशले आफ्नो शबाथको बिश्रामको आनन्द नलिउञ्जेलसम्म यसो भयो । यसरी नै सत्तरी वर्ष पूरा नगुञ्जेल र विश्रामको पूरा समय नकाटुञ्जेल नाश भएको सबै समयभरि नै देशले शबाथको विश्राम पालन गर्दैरह्यो ।

    22फारसका राजा कोरेसको पहिलो वर्षमा यर्मियाद्वारा भनिएको परमप्रभुको वचन पूरा हुन परमप्रभुले फारसका राजाको आत्मालाई प्रोत्साहित पार्नुभयो, ताकि उनले आफ्नो साम्राज्यभरि एउटा घोषणा निकाले र त्यसलाई लेख्‍ने काम पनि गरे । तिनले यसो भने:

    23“फारसका राजा कोरेस यसो भन्छन्: परमप्रभु स्वर्गका परमेश्‍वरले पृथ्वीका सबै राज्य मलाई दिनुभएको छ । उहाँले मलाई यहूदाको यरूशलेममा उहाँको निम्ति एउटा मन्दिर बनाउन आज्ञा गर्नुभएको छ । उहाँका सबै मानिसध्येबाट जो-जो अहिले यहाँ छौ, परमप्रभु आफ्‍ना परमेश्‍वर तिमीहरूसँग रहनुभएको होस् । त्यो आफ्‍नो देशमा यरूशलेममा जाओस् ।”

  • २ इति 36:17-19
    3 पदहरू
    78%

    17यसैले परमेश्‍वरले तिनीहरूका विरुद्धमा कल्दीका राजालाई ल्याउनुभयो, जसले पवित्रस्थानभित्रै तिनीहरूका जवान मानिसहरूलाई तरवारले मारे, र जवान मानिसहरू, कन्‍याहरू, वृद्धहरू वा कपाल सेतै फुलेकाहरू कसैलाई पनि तिनले छोडेनन् । परमेश्‍वरले ती सबैलाई तिनको हातमा सुम्पिदिनुभयो ।

    18परमेश्‍वरको मन्दिरका सानाठूला सबै भाँडा र परमप्रभुको मन्दिर र राजा र तिनका अधिकारीहरूका दामीदामी थोकहरू सबै तिनले बेबिलोनमा लगे ।

    19उनीहरूले परमप्रभुको मन्दिर जलाइदिए, र यरूशलेमको पर्खाल भत्काइदिए, सहरका सबै महलहरू जलाइदिए, र त्यहाँ भएका सबै सुन्दर कुरा नष्‍ट गरे ।

  • २ इति 36:6-7
    2 पदहरू
    77%

    6त्यसपछि बेबिलोनका राजा नबूकदनेसरले तिनलाई आक्रमण गरे र तिनलाई बेबिलोनमा लानलाई तिनलाई साङ्लाले बाँधे ।

    7नबूकदनेसरले परमप्रभुको मन्दिरका केही सामानहरू पनि बेबिलोनमा लगे र तिनले ती बेबिलोनको आफ्नै दरबारमा राखे ।

  • एज्रा 5:12-14
    3 पदहरू
    77%

    12तापनि जब हाम्रा पुर्खाहरूले स्वर्गका परमेश्‍वरलाई रिस उठाए, तब उहाँले तिनीहरूलाई बेबिलोनका कल्दी राजा नबूकदनेसरको हातमा सुम्‍पनुभयो जसले यस मन्दिरलाई नष्‍ट पारे र मानिसहरूलाई बेबिलोनमा कैदमा लगे ।

    13तापनि कोरेस बेबिलोनका राजा बन्‍नुभएको पहिलो वर्षमा कोरेसले परमेश्‍वरको मन्दिर पुनर्निर्माण गर्ने आदेश जारी गर्नुभयो ।

    14नबूकदनेसरले यरूशलेमको मन्दिरबाट बेबिलोनको मन्दिरमा लगेका परमेश्‍वरको मन्दिरका सुन र चाँदीका वस्तुहरू पनि राजा कोरेसले फिर्ता गरिदिए । आफूले गभर्नर बनाएका शेशबस्सरलाई उहाँले यी थोकहरू दिनुभयो ।

  • 77%

    20अर्थात् बेबिलोनका राजा नबूकदनेसरले यहूदाका राजा यहोयाकीमका छोरा यहोयाकीनका साथमा यहूदा र यरूशलेका सबै कुलीनहरूलाई यरूशलेमबाट कैद गरेर बेबिलोनमा लैजाँदा तिनले नलगेका समानहरू ।

    21परमप्रभुको मन्दिर, यहूदाका राजाको महल र यरूशलेममा बाँकी रहेका सामानहरूका विषयमा सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ,

    22'ती बेबिलोनमा लगिनेछन्, र ती फर्काइने दिन नआएसम्म ती त्यहीँ नै रहनेछन्, यो परमप्रभुको घोषणा हो । त्यसपछि म तिनलाई ल्याउनेछु, र तिनलाई यस ठाउँमा पुनर्स्थापित गराउनेछु' ।”

  • 2परमप्रभुले यहूदाका राजा यहोयाकीममाथि नबूकदनेसरलाई विजय दिनुभयो, र उहाँले परमेश्‍वरको मन्‍दिरबाट केही पवित्र थोकहरू तिनलाई दिनुभयो । ती तिनले बेबिलोनियाको देशको आफ्नो देवताको भवनमा ल्याए, र ती पवित्र थोकहरूलाई तिनले आफ्नो देवताको भण्डारमा राखे ।

  • 6तिनी यहूदाका राजा यहोयाकीनसँगै यरूशलेमबाट निर्वासनमा लगिनेहरूमध्ये एक जना थिए जसलाई बेबिलोनका राजा नबूकदनेसरले कैद गरेर लगेका थिए ।

  • एज्रा 1:7-8
    2 पदहरू
    74%

    7नबूकदनेसरले यरूशलेमबाट ल्याएका र आफ्ना देवताहरूको मन्दिरमा राखेका परमप्रभुको मन्‍दिरका चिजहरू पनि फारसका राजा कोरेस निकाले ।

    8कोरेसले ती कोषाध्‍यक्ष मित्रेताको हातमा दिए जसले यहूदाका अगुवा शेशबस्सरको निम्ति ती चीजहरूको गणना गरे ।

  • 15परमप्रभुले यहूदा र यरूशलेमलाई नबूकदनेसरको हातबाट निर्वासनमा लैजाँदा यहोसादाक पनि कैदमा लगिए ।

  • 4मुट्ठामा यस्तो लेखियो, “मैले यरूशलेमबाट बेबिलोनमा निर्वासित गरेका सबै कैदीलाई, म, सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍छु,

  • 9हामी दासहरू हौं, तर हाम्रा परमेश्‍वरले हामीलाई बिर्सनुभएको छैन, तर हामीसम्म करारको विश्‍वासनीयता फैलाउनुभएको छ । हामीले हाम्रा परमेश्‍वरको मन्दिर पुनर्निर्माण गर्न सकौं र यसका भग्‍नावशेषहरूलाई उठाउन सकौं भनेर हामीलाई नयाँ शक्ति प्रदान गर्न उहाँले फारसका राजाको दृष्‍टिमा यसो गर्नुभएको छ । उहाँले हामीलाई यहूदा र यरूशलेममा सुरक्षाको पर्खाल दिनलाई उहाँले यसो गर्नुभयो ।

  • 9राजाको अङ्गरक्षकका सेनापति नबूजरदानले सहरमा बाँकी रहेका मानिसहरूलाई निर्वासनमा लगे । कल्दीहरूकहाँ भागेर गएका र सहरमा छाडिएका बाँकी मानिसहरू सबै नै लगिए ।

  • 5यहूदीहरूका योजनालाई निराश तुल्याउन तिनीहरूले सल्लाहकारहरूलाई घुस पनि दिए । तिनीहरूले फारसका राजा कोरेसको शासनकाल र दाराको शासनकालभरि नै यसो गरे ।

  • 26मैले तिनीहरूका ज्यान लिन खोज्नेहरू र बेबिलोनका राजा नबूकदनेसर र उसका सेवकहरूका हातमा तिनीहरूलाई दिन लागेको छु । त्यसपछि मिश्रदेश पहिलेझैं आबादी हुनेछ,’ यो परमप्रभुको घोषणा हो ।

  • 3बेबिलोनका राजा नबूकदनेसरले यस ठाउँबाट लगेको र बेबिलोनमा ओसारेको परमप्रभुको मन्दिरका सबै सामान म दुई वर्षभित्रमा यही ठाउँमा फर्काएर ल्याउनेछु ।

  • 36तब तिनीहरूले यूफ्रेटिस नदीपारिको प्रान्तमा बस्‍ने राजाका उच्‍च अधिकारीहरू र गभर्नरहरूलाई राजाको आदेश दिए, अनि तिनीहरूले मानिसहरू र परमेश्‍वरको मन्दिरलाई मदत गरे ।

  • 11तब यो सारा देश उजाड र त्रासको पात्र हुनेछ, अनि सत्तरी वर्षसम्म यी जातिहरूले बेबिलोनका राजाको सेवा गर्नेछन् ।

  • 20तब अङ्गरक्षकका सेनापति नबूजरदानले तिनीहरूलाई लगे र रिब्लामा बेबिलोनका राजाकहाँ ल्‍याए ।

  • 18तँबाट जन्मेका तेरा छोराहरू, जसलाई तँ आफैले हुर्काएको छस्— तिनीहरूले उनीहरूलाई लानेछन्, र उनीहरू बेबिलोनका राजदरबारमा नपुंसक बन्‍नेछन्' ।”

  • २ राजा 24:14-16
    3 पदहरू
    72%

    14तिनले जम्मै इस्राएल, सबै अगुवा, सबै योद्धा, सबै कारीगार र सुनारहरू गरी दस हजारलाई कैद गरेर लगे । देशमा सबैभन्दा गरिबहरूबाहेक कोही छाडिएन ।

    15नबूकदनेसरले यहोयाकीन, राजाकी आमा, राजाका पत्‍नीहरू, अधिकारीहरू र देशका मुख्य-मुख्य मानिसहरूलाई बेबिलोनमा कैद गरेर लगे । तिनले यरूशलेमदेखि बेबिलोनमा तिनीहरूलाई कैद गरेर लगे ।

    16लडाइँको निम्ति सुयोग्य सबै सात हजार योद्धा र एक हजार कारीगार र सुनार, युद्धको निम्‍ति सुयोग्‍य सबै मानिसहरू— बेबिलोनका राजाले तिनीहरूलाई बेबिलोनमा कैद गरेर लगे ।

  • 8त्‍यसैले बेबिलोनका राजा नबूकदनेसरको सेवा नगर्ने जाति वा राज्य र बेबिलोनका राजाको जुवामुनि आफ्नो काँध थाप्‍न नमान्‍ने जोकसैलाई उसको हातद्वारा त्‍यो नष्‍ट नहुञ्जेल म तरवार, अनिकाल र विपत्तिले दण्ड दिनेछु, यो परमप्रभुको घोषणा हो ।

  • २ राजा 24:10-12
    3 पदहरू
    72%

    10त्यस बेला बेबिलोनका राजा नबूकदनेसरका सेनाले यरूशलेमलाई आक्रमण गर्‍यो र सहरलाई घेरा हाल्‍यो ।

    11बेबिलोनका राजा नबूकदनेसरका सिपाहीहरूले सहरलाई घेरा हालेकै समयमा तिनी सहरमा आए,

    12र यहूदाका राजा यहोयाकीन, तिनकी आमा, तिनका सेवकहरू, राजकुमारहरू र तिनका अधिकारीहरू बेबिलोनका राजाकहाँ गए । बेबिलोनका राजाले आफ्नो शासनकालको आठौँ वर्षमा तिनलाई समाते ।

  • 71%

    26तब अङ्गरक्षकहरूका कमान्‍डर नबूजरदानले तिनीहरूलाई रिब्लामा बेबिलोनका राजाकहाँ लगे ।

    27बेबिलोनका राजाले हमात देशको रिब्लामा तिनीहरूलाई मारे । यसरी यहूदा आफ्नो देशबाट निर्वासनमा लगियो ।

  • 20त्यसैले हे सबै निर्वासितहरू हो, जसलाई उहाँले यरूशलेमबाट बेबिलोनमा पठाउनुभएको छ, तिमीहरू आफूले भने परमप्रभुको वचन सुन ।

  • 7तँबाट जन्मिएका छोराहरू, जसका बाबु तँ आफैं होस्, तिनीहरूले नै ती लानेछन् र बेबिलोनका राजाको दरबारमा तिनीहरू नपुङ्सकहरू बन्‍नेछन् ।’”

  • 28यसरी दाराको शासनकालमा अनि फारसी कोरेसको शासनकालमा दानिएल समृद्धि भयो ।

  • 1¶ राजा नबूकदनेसरको निर्वासनबाट छुटेर फर्कने प्रान्तमा भएका मानिसहरू यिनै हुन् जसलाई तिनले बेबिलोनमा कैद गरेर लगेका थिए । यी मानिसहरू यरूशलेम र यहूदियामा आ-आफ्ना सहरहरूमा फर्के ।

  • 5अब नबूकदनेसरले यरूशलेमको मन्दिरबाट बेबिलोनमा ल्याएका परमेश्‍वरको मन्दिरका सुन र चाँदीका थोकहरू लिएर ल्‍याऊ र तिनलाई यरूशलेमकै मन्दिरमा फिर्ता पठाऊ । तिमीहरूले तिनलाई परमेश्‍वरको मन्दिरमा राख्‍नुपर्छ ।'

  • 5म त्यसलाई यस सहरका सबै धनसम्पत्ति, यसका सबै बहुमूल्य थोकहरू र यहूदाका राजाहरूका सबै खजाना दिनेछु । म यी थोकहरू तेरा शत्रुहरूका हातमा राखिदिनेछु, र तिनीहरूले ती समात्‍नेछन् । तिनीहरूले तिनलाई लानेछन् र बेबिलोनमा पुर्‍याउनेछन् ।

  • 1¶ रामामा राजाका अङ्गरक्षकका कप्‍तान नबूजरदानले यर्मियालाई मुक्त गरेपछि परमप्रभुबाट यर्मियाकहाँ यो वचन आयो । तिनले यर्मियालाई बेबिलोनमा निर्वासनमा लगिने यरूशलेम र यहूदाका सबै बन्दीका बिचमा साङ्लाले बाँधिएको भेट्टाए ।

  • 1¶ फारसका राजा कोरेसको पहिलो वर्षमा परमप्रभुले यर्मियाद्वारा बोल्नुभएको आफ्नो वचन पुरा गर्नुभयो, र कोरेसको आत्मालाई उत्तेजित पार्नुभयो । कोरेसको आदेश तिनका सारा राज्यभरि पुग्‍यो । लेखिएको र बोलिएको कुरो यही नै हो,

  • 30नबूकदनेसरको तेइसौं वर्षमा अङ्गरक्षकहरूका कमान्‍डर नबूजरदानले यहूदाका ७४५ जना मानिसलाई लगे । निर्वासित भएका जम्मा मानिस ४,६०० जना थिए ।