एज्रा 2:1

अनलक शाब्दिक बाइबल

¶ राजा नबूकदनेसरको निर्वासनबाट छुटेर फर्कने प्रान्तमा भएका मानिसहरू यिनै हुन् जसलाई तिनले बेबिलोनमा कैद गरेर लगेका थिए । यी मानिसहरू यरूशलेम र यहूदियामा आ-आफ्ना सहरहरूमा फर्के ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • नहे 7:6-9 : 6 “राजा नबूकदनेसरको निर्वासनबाट जाने प्रान्तमा भएका मानिसहरू यिनै हुन् जसलाई तिनले बेबिलोनमा कैद गरेर लगेका थिए । तिनीहरू यरूशलेम र यहूदियामा आ-आफ्ना सहरहरूमा फर्के । 7 तिनीहरू यरुबाबेल, येशूअ, नहेम्याह, सरायाह, रेलयाह, मोर्दकै, बिल्शान, मिस्पार, बिग्वै, रेहूम र बानाहसँगै आएका थिए । इस्राएलका मानिसहरूको सङ्ख्या निम्‍न लिखित छ । 8 परोशका परिवारका २,१७२ 9 शपत्‍याहका परिवारका ३७२ 10 आराका परिवारका ६५२ 11 येशूअ र योआबका घरानाबाट पहत-मोआबका परिवारका २,८१८ 12 एलामका परिवारका १,२५४ 13 जत्तूका परिवारका ८४५ 14 जक्‍कैका परिवारका ७६० 15 बिन्‍नूईका परिवारका ६४८ 16 बेबैका परिवारका ६२८ 17 अज्‍गादका परिवारका २,३२२ 18 अदोनीकामका परिवारका ६६७ 19 बिग्‍वैका परिवारका २,०६७ 20 आदीनका परिवारका ६५५ 21 हिजकियाबाट आतेरका परिवारका ९८ 22 हाशूमका परिवारका ३२८ 23 बेजैका परिवारका ३२४ 24 हारीपका परिवारका ११२ 25 गिबोनका परिवारका ९५ 26 बेथलेहेम र नतोपाका मानिसहरू १८८ 27 अनातोतका मानिसहरू १२८ 28 बेथ-अज्‍मावेतका मानिसहरू ४२ 29 किर्यत-यारीम, कपीरा र बेरोतका मानिसहरू ७४३ 30 रामा र गेबाका मानिसहरू ६२१ 31 मिकमाशका मानिसहरू २२ 32 बेथेल र ऐका मानिसहरू १२३ 33 अर्को नेबोका मानिसहरू ५२ 34 अर्को एलामका मानिसहरू १,२५४ 35 हारीमका मानिसहरू ३२० 36 यरीहोका मानिसहरू ३४५ 37 लोद, हादीद र ओनोका मानिसहरू ७२१ 38 सेनाहका मानिसहरू ३,९३० 39 पुजारीहरू: (येशूअको वंशबाट) यदायाहका परिवारका ९७३ 40 इम्‍मेरका परिवारका १,०५२ 41 पशहूरका परिवारका १,२४७ 42 हारीमका परिवारका १,०१७ 43 लेवीहरू: होदबिया, बिन्‍नूई र कादमीएलका वंशबाट येशूअका परिवारका ७४ 44 गायकहरू: आसापका परिवारका १४८ 45 द्वारपालहरू: शल्‍लूम, आतेर, तल्‍मोन, अक्‍कूब, हतीता, शोबैका परिवारहरूका जम्‍मा १३८ 46 मन्‍दिरका सेवकहरू: सीहा, हसूपा, तब्‍बाओत, 47 कोरेस, सीआ, पादोन, 48 लेबाना, हगाबा, शल्‍मै, 49 हानान, गिद्देल, गहर, 50 रायाह, रसीन, नकोदा, 51 गज्‍जाम, उज्‍जा, पसेह, 52 बेजै, मोनिम, नेपुसीम, 53 बक्‍बूक, हकूपा, हर्हुर, 54 बस्‍लूत, महीदा, हर्शा, 55 बर्कोस, सीसरा, तेमह, 56 नसीह, र हतीपाका परिवारहरू 57 सोलोमनका सेवकहरूका सन्‍तान: सोतै, सोपेरेत, पारीद, 58 याला, दर्कोन, गिद्देल, 59 शपत्‍याह, हत्तील, पोकेरेतहसेबायीम, र अमोनका परिवारहरू । 60 मन्‍दिरका सेवकहरू र सोलोमनका सेवकहरूका सन्‍तानको सङ्ख्या जम्‍मा ३९२ 61 तेल-मेलह, तेल-हर्शा, केरूब, आदोन र इम्‍मेर सहरबाट आएकाहरूले आफ्‍ना परिवारहरू इस्राएलको वंशबाट आएका हुन्‌ भनी बताउन सकेनन्‌ । यी हुन्‌: 62 दलायाह, तोबिया, र नकोदाका परिवारहरूका जम्‍मा ६४२ 63 पुजारीहरूबाट: होबायाहका परिवार, हक्‍कोसका परिवार, र बर्जिल्‍लैका परिवार (तिनले गिलादी बर्जिल्‍लैका छोरीहरूमध्ये एउटीलाई विवाह गरी तिनीहरूको नाउँ राखे) । 64 तिनीहरूले आफ्नो वंशावलीका अभिलेखहरू खोजे, तर तिनलाई फेला पारेनन् । त्यसैले तिनीहरूलाई अशुद्ध ठानी पुजारीको कामबाट निष्काशन गरियो । 65 पुजारीले ऊरीम र तुम्मीमसहित अनुमोदन नगरेसम्म तिनीहरूले पवित्र बलिदानका कुनै पनि थोक खान मिल्दैनथ्यो भनी राज्यपालले तिनीहरूलाई बताए । 66 सम्पूर्ण मानिसको सङ्ख्या ४२,३६० थियो । 67 यीबाहेक तिनीहरूका नोकर-नोकर्नीहरू ७,३३७ जना थिए । तिनीहरूका २४५ जना गायक-गायिका थिए । 68 तिनीहरूका घोडाहरूको सङ्ख्या ७३६, खच्‍चर २४५, 69 ऊँट ४३५ र गधा ६,७२० थिए । 70 परिवारका केही मुखियाहरूले कामको लागि दान दिए । राज्यपालले भण्डारमा १,००० सुनका सिक्‍का, ५० कचौरा र पुजारीहरूले लगाउने ५३० ओटा पोशाक दिए । 71 परिवारका केही कामकको निम्ति मुखियाहरूले भण्डारमा २०,००० सुनका सिक्‍का र २,२०० चाँदीका सिक्‍का दिए । 72 बाँकी मानिसहरूले २०,००० सुनका सिक्‍का, २,००० चाँदीका सिक्‍का र पुजारीले लगाउने ६७ ओटा पोशाक दिए । 73 यसरी पुजारीहरू, लेवीहरू, द्वारपालहरू, गायक-गायिकाहरू, केही मानिसहरू, मन्दिरका सेवकहरू र सारा इस्राएल तिनीहरूका आ-आफ्ना सहरहरूमा बसे । सातौँ महिनासम्ममा इस्राएलीहरू आ-आफ्ना सहरहरूमा बसिसकेका थिए ।”
  • २ राजा 24:14-16 : 14 तिनले जम्मै इस्राएल, सबै अगुवा, सबै योद्धा, सबै कारीगार र सुनारहरू गरी दस हजारलाई कैद गरेर लगे । देशमा सबैभन्दा गरिबहरूबाहेक कोही छाडिएन । 15 नबूकदनेसरले यहोयाकीन, राजाकी आमा, राजाका पत्‍नीहरू, अधिकारीहरू र देशका मुख्य-मुख्य मानिसहरूलाई बेबिलोनमा कैद गरेर लगे । तिनले यरूशलेमदेखि बेबिलोनमा तिनीहरूलाई कैद गरेर लगे । 16 लडाइँको निम्ति सुयोग्य सबै सात हजार योद्धा र एक हजार कारीगार र सुनार, युद्धको निम्‍ति सुयोग्‍य सबै मानिसहरू— बेबिलोनका राजाले तिनीहरूलाई बेबिलोनमा कैद गरेर लगे ।
  • २ राजा 25:11 : 11 बेबिलोनका राजालाई वेवास्‍ता गरेका सहरमा बाँकी बचेका मानिसहरू अनि बाँकी रहेका अरू मानिसहरूका सम्‍बन्‍धमा अङ्गरक्षकहरूका सेनापति नबूजरदानले, तिनीहरूलाई निर्वासनमा लगे ।
  • २ इति 36:1-9 : 1 ¶ त्यसपछि देशका मानिसहरूले योशियाहका छोरा यहोआहाजलाई लिए र यरूशलेममा तिनका बुबाको ठाउँमा तिनलाई राजा बनाए । 2 यहोआहाजले राज्य सुरु गर्दा तिनी तेइस वर्षका थिए, र तिनले यरूशलेममा तीन महिना राज्य गरे । 3 मिश्रदेशका राजाले यरूशलेममा तिनलाई हटाए, र देशमाथि एक सय तोडा चाँदी र एक तोडा सुनको जरिवाना लगाए । 4 मिश्रदेशका राजाले यहोआहाजका भाइ एल्याकीमलाई यहूदा र यरूशलेममाथि राजा तुल्याए (र तिनको नाउँ यहोयाकीममा बदली गरे) । तब नेकोले तिनका दाजु यहोआहाजलाई मिश्रदेशमा लगे । 5 यहोयाकीमले राज्य गर्न सुरु गर्दा तिनी पच्‍चिस वर्षका थिए, र तिनले यरूशलेममा एघार वर्ष राज्य गरे । तिनले परमप्रभु आफ्ना परमेश्‍वरको दृष्‍टिमा जे खराब थियो, त्यही गरे । 6 त्यसपछि बेबिलोनका राजा नबूकदनेसरले तिनलाई आक्रमण गरे र तिनलाई बेबिलोनमा लानलाई तिनलाई साङ्लाले बाँधे । 7 नबूकदनेसरले परमप्रभुको मन्दिरका केही सामानहरू पनि बेबिलोनमा लगे र तिनले ती बेबिलोनको आफ्नै दरबारमा राखे । 8 यहोयाकीमको राजकालका अरू घटनाहरू, र तिनले गरेका घिनलाग्दा कामहरू, र तिनको विरुद्ध पाइएका कुराहरू यहूदा र इस्राएलका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छन् । त्यसपछि तिनको ठाउँमा तिनका छोरा यहोयाकीन राजा भए । 9 यहोयाकीन ले राज्य गर्न सुरु गर्दा तिनी आठ वर्षका थिए । तिनले यरूशलेममा तीन महिना दश दिन राज्य गरे । तिनले परमप्रभुको दृष्‍टिमा जे कुरो खराब थियो, त्यही गरे । 10 बसन्त ऋतुमा राजा नबूकदनेसरले मानिसहरू पठाएर परमप्रभुको मन्दिरका मूल्यवान सामानहरूको साथमा तिनलाई बेबिलोनमा ल्याए, र तिनका आफन्त सिदकियाहलाई यहूदा र यरूशलेममाथि राजा तुल्याए । 11 सिदकियाहले राज्य गर्न सुरु गर्दा तिनी एक्‍काइस वर्षका थिए । तिनले यरूशलेममा एघार वर्ष राज्य गरे । 12 तिनले परमप्रभु तिनका परमेश्‍वरको दृष्‍टिमा जे खराब थियो त्यही गरे । परमप्रभुको वचन बोल्ने यर्मिया अगमवक्ताको सामु तिनले आफैलाई विनम्र पारेनन् । 13 परमेश्‍वरको नाउँमा तिनलाई शपथ खुवाउने राजा नबूकदनेसरसँग पनि तिनले बिद्रोह गरे । तर सिदकियाहले परमप्रभु इस्राएलका परमेश्‍वरतिर फर्किआउने कुराको विरुद्ध तिनी हठी भए र आफ्नो हृदय कठोर पारे । 14 यसबाहेक अरू जातिहरूका सबै घिनलाग्दा कामका अनुसरण गरेर परमप्रभुले यरूशलेममा पवित्र गर्नुभएको उहाँको मन्दिरलाई अपवित्र पारेर पुजारीहरू र मानिसहरूका सबै अगुवाहरू अत्यन्तै विश्‍वासघाती भए । तिनीहरूले परमप्रभुले यरूशलेममा पवित्र गर्नुभएको मन्दिरलाई अपवित्र पारे । 15 परमप्रभु तिनीहरूका पुर्खाहरूका परमेश्‍वरले तिनीहरूलाई आफ्ना दूतहरूद्वारा घरिघरि वचन दिनुभयो, किनभने आफ्ना मानिस र आफ्नो वासस्थानमाथि उहाँले दया गर्नुभयो । 16 तर परमप्रभुको क्रोध उहाँका मानिसहरूमाथि नपरुञ्जेल र सहायता आउने बाटो बन्द हुनेगरी तिनीहरूले उहाँका दूतहरूको गिल्ला गरे, उहाँको वचनहरूको निन्दा गरे र उहाँका अगमवक्ताहरूलाई हाँसोमा उडाए । 17 यसैले परमेश्‍वरले तिनीहरूका विरुद्धमा कल्दीका राजालाई ल्याउनुभयो, जसले पवित्रस्थानभित्रै तिनीहरूका जवान मानिसहरूलाई तरवारले मारे, र जवान मानिसहरू, कन्‍याहरू, वृद्धहरू वा कपाल सेतै फुलेकाहरू कसैलाई पनि तिनले छोडेनन् । परमेश्‍वरले ती सबैलाई तिनको हातमा सुम्पिदिनुभयो । 18 परमेश्‍वरको मन्दिरका सानाठूला सबै भाँडा र परमप्रभुको मन्दिर र राजा र तिनका अधिकारीहरूका दामीदामी थोकहरू सबै तिनले बेबिलोनमा लगे । 19 उनीहरूले परमप्रभुको मन्दिर जलाइदिए, र यरूशलेमको पर्खाल भत्काइदिए, सहरका सबै महलहरू जलाइदिए, र त्यहाँ भएका सबै सुन्दर कुरा नष्‍ट गरे । 20 तरवारबाट उम्केकाहरूलाई राजाले कैद गरेर बेबिलोनमा लगे । तिनीहरू फारसको शासनमा नआउञ्जेल उनका र उनका छोराहरूका दास-दासी भए । 21 यर्मिया अगमवक्ताद्वारा बोलिएको परमप्रभुको वचन पूरा हुनलाई, देशले आफ्नो शबाथको बिश्रामको आनन्द नलिउञ्जेलसम्म यसो भयो । यसरी नै सत्तरी वर्ष पूरा नगुञ्जेल र विश्रामको पूरा समय नकाटुञ्जेल नाश भएको सबै समयभरि नै देशले शबाथको विश्राम पालन गर्दैरह्यो । 22 फारसका राजा कोरेसको पहिलो वर्षमा यर्मियाद्वारा भनिएको परमप्रभुको वचन पूरा हुन परमप्रभुले फारसका राजाको आत्मालाई प्रोत्साहित पार्नुभयो, ताकि उनले आफ्नो साम्राज्यभरि एउटा घोषणा निकाले र त्यसलाई लेख्‍ने काम पनि गरे । तिनले यसो भने: 23 “फारसका राजा कोरेस यसो भन्छन्: परमप्रभु स्वर्गका परमेश्‍वरले पृथ्वीका सबै राज्य मलाई दिनुभएको छ । उहाँले मलाई यहूदाको यरूशलेममा उहाँको निम्ति एउटा मन्दिर बनाउन आज्ञा गर्नुभएको छ । उहाँका सबै मानिसध्येबाट जो-जो अहिले यहाँ छौ, परमप्रभु आफ्‍ना परमेश्‍वर तिमीहरूसँग रहनुभएको होस् । त्यो आफ्‍नो देशमा यरूशलेममा जाओस् ।”
  • एज्रा 5:8 : 8 हामी यहूदामा महान् परमेश्‍वरको मन्दिरमा गयौं भन्‍ने कुरा हजुरलाई जाहेर होस् । ठुला-ठुला ढुङ्गाहरूले यो निर्माण हुँदैछ र पर्खालमा काठहरू राखिंदैछन् । यो काम निकै राम्रोसँग गरिएको छ, र तिनीहरूका हातमा राम्ररी अगाडि बढिरहेको छ ।
  • एज्रा 6:2 : 2 मादी प्रान्तको एक्बातानको किल्लाबन्दी गरिएको सहरमा एउटा मुट्ठो भेट्टाइयो । त्यसको विवरण यस्तो थियोः
  • एस्थ 1:1 : 1 ¶ अहासूरसको राजकाजको दिनमा तिनले भारतदेखि कूशसम्म १२७ प्रान्तमाथि राज्य गरे ।
  • एस्थ 1:3 : 3 आफ्नो शासनकालको तेस्रो वर्षमा तिनले आफ्ना सबै अधिकारी र सेवकहरूलाई एउटा भोज दिए । फारसी तथा मादी सेना, कुलीनहरू र प्रान्‍तका गभर्नरहरू तिनको उपस्थितिमा थिए ।
  • एस्थ 1:8 : 8 “जबरजस्ती गरिनुहुँदैन” भन्‍ने आदेशको ख्याल गर्दै दाखमद्य बाँडिएको थियो, किनकि यसरी नै राजाले हरेक मानिसको इच्छामुताबिक गर्न आफ्नो दरबारका सबै अधिकारीलाई आदेश दिएका थिए ।
  • एस्थ 1:11 : 11 रानी वश्तीलाई उनको राजकीय शिरपेच पहिरेर आफ्‍नो सामु ल्याउने हुकुम गरे । तिनले मानिसहरू र अधिकारीहरूलाई उनको सौन्दर्य देखाउन चाहन्थे, किनकि उनको चेहरा असाध्य सुन्दर थियो ।
  • एस्थ 8:9 : 9 तब तेस्रो महिना अर्थात् सीवान महिनाको तेइसौँ दिनमा राजाका सचिवहरूलाई बोलाइयो । यहूदीहरूको सम्बन्धमा मोर्दकैले दिएका सबै आदेशलाई समावेश गर्दै एउटा आदेश लेखियो । भारतदेखि कूश देशसम्‍मका एक सय सत्ताइस प्रान्तका गभर्नरहरू, स्‍थानीय गभर्नरहरू र अधिकारीहरूलाई हरेक प्रान्तलाई आ-आफ्नो लिपिअनुसार र हरेक जातिलाई आफ्नै भाषामा र यहूदीहरूलाई पनि आफ्नै लिपि र भाषामा एउटा लिखित आदेश लेखियो ।
  • यिर्मि 39:1-9 : 1 ¶ यहूदाका राजाको नवौँ वर्षको दसौँ महिनामा बेबिलोनका राजा नबूकदनेसर यरूशलेमका विरुद्धमा आफ्ना सबै सेना लिएर आए, र यसलाई घेराबन्दी गरे । 2 सिदकियाहको एघारौं वर्षको चौथो महिनाको नवौँ दिनमा सहरको पर्खाल भत्काइयो । 3 तब बेबिलोनका राजाका सबै अधिकारी अर्थात् नेबो-सर्सेकिम, सम्गर-नेबो र एक उच्‍च अधिकारी सर्सेचिम आएर मध्य ढोकामा बसे । नेबो-सर्सेकिम बेबिलोनका राजाका विशिष्‍ट अधिकारी थिए, र अरू बाँकी सबै अधिकारीहरू थिए । 4 जब यहूदाका राजा सिदकियाह र सबै योद्धाले तिनीहरूलाई देखे, तिनीहरू भागे । तिनीहरू रातमा दुई पर्खालको बिचमा भएको ढोकाबाट छिरेर राजको बगैँचाको बाटो भएर सहरबाट भागे । राजा अराबा जाने बाटोतिर लागे । 5 तर कल्दीहरूका सेनाले तिनीहरूलाई खेदे, र यरीहो नजिकै यर्दन नदीको बेँसीको मैदानमा सिदकियाहलाई भेट्टाए । तिनीहरूलाई तिनलाई पक्रे र हमात देशको रिब्ला भन्‍ने ठाउँमा बेबिलोनका राजा नबूकदनेसरकहाँ ल्याए, जहाँ नबूकदनेसरले तिनलाई दण्डाज्ञा दिए । 6 रिब्लामा बेबिलोनका राजाले सिदकियाहका आँखाकै सामु तिनका छोराहरूलाई मारे । तिनले यहूदाका सबै कुलीनहरूलाई पनि मारे । 7 तब तिनले सिदकियाहका आँखा निकाले, र तिनलाई बेबिलोनमा लान काँसाको साङ्लाले बाँधे । 8 अनि कल्दीहरूले राजदरबार र मानिसका घरहरू जलाए । तिनीहरूले यरूशलेमका पर्खालहरू पनि भत्काए । 9 राजाको अङ्गरक्षकका सेनापति नबूजरदानले सहरमा बाँकी रहेका मानिसहरूलाई निर्वासनमा लगे । कल्दीहरूकहाँ भागेर गएका र सहरमा छाडिएका बाँकी मानिसहरू सबै नै लगिए । 10 तर अङ्गरक्षकका कप्‍तापन नबूजरदानले केही नभएका सबैभन्दा गरिब मानिसहरूलाई यहूदा देशमा छाडे । त्यही दिन तिनले तिनीहरूलाई दाखाबारी र खेतहरू दिए । 11 बेबिलोनका राजा नबूकदेनसरले राजाका अङ्गरक्षकका कप्‍तान नबूजरदानलाई यर्मियाको विषयमा हुकुम दिएका थिए, 12 “तिनलाई लेजाऊ र तिनको राम्रो हेरचाह गर । तिनलाई कुनै हानि नगर । त्यसले तिमीलाई भनेका हर कुरा गर्नू ।” 13 त्यसैले राजाका अङ्गरक्षकका कप्‍तान नबूजरदान, उच्‍च नपुंसक नबुशजबान, उच्‍च अधिकृत नेर्गल-सरेसर र बेबिलोनका राजाका अरू सबै उच्‍च अधिकारीहरूले अरू मानिसहरूलाई बाहिर पठाए । 14 तिनीहरूका मानिसहरूले यर्मियालाई गारदको चोकबाट लिएर गए, र घरमा नै लैजान शापानका नाति, अहीकामका छोरा गदल्याहको हातमा जिम्मा दिए । यसरी यर्मिया मानिसहरूकै बिचमा बसे । 15 यर्मिया गारदको चोकमा गिरफ्तार भएकै बेलामा परमप्रभुको वचन यसो भनेर तिनीकहाँ आयो, 16 “कूशी एबेद-मेलेकलाई भन्, 'सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः यस सहरको विरुद्धमा भलाई नभई विपत्ति ल्याएर मैले मेरा वचन पुरा गर्नै लागेको छु । त्यस दिन तेरै सामु यी सबै वचन पुरा हुनेछन् । 17 तर त्यस दिन म तँलाईचाहिं छुटकारा दिनेछु, यो परमप्रभुको घोषणा हो, र तँ जसदेखि डराउँछस्, म तँलाई तिनीहरूको हातमा दिनेछैनँ । 18 किनकि म निश्‍चय नै तँलाई छुटकारा दिनेछु । तँ तरवारले ढालिनेछैनस् । तैंले ममाथि भरोसा गरेको हुनाले तेरो जीवन जोगिनेछ, यो परमप्रभु घोषणा थियो' ।”
  • यिर्मि 52:1-9 : 1 ¶ सिदकियाहले राज्‍य गर्न सुरु गर्दा तिनी एक्‍काइस वर्षका थिए । तिनले यरूशलेममा एघार वर्ष राज्य गरे । तिनकी आमाको नाउँ हमुतल थियो । उनी लिब्नाका यर्मियाकी छोरी थिइन् । 2 परमप्रभुको दृष्‍टिमा जे खराब थियो, तिनले त्यही गरे । यहोयाकीमले गरेका हरेक कुरा तिनले गरे । 3 परमप्रभुले आफ्नो सामुबाट तिनीहरूलाई नधपाउनुभएसम्म उहाँको क्रोधद्वारा यी सबै घटना यरूशलेम र यहूदामा घटे । तब सिदकियाह बेबिलोनको विरुद्धमा विद्रोह गरे । 4 राजा सिदकियाहको शासनकालको नवौं वर्षको दसौं महिनाको दसौं दिनमा बेबिलोनका राजा नबूकदनेसर यरूशलेमको विरुद्धमा आफ्ना सबै सेनासँगै आए । तिनीहरूले यसको सामु छाउनी हाले, र तिनीहरूले यसको चारैतिर घेराबन्दी गरे । 5 यसरी राजा सिदकियाहको शासनकालको एघारौं वर्षसम्म सहरलाई घेराबन्दी गरियो । 6 चौथो महिनाको नवौं दिनसम्म सहरमा यस्तो घोर अनिकाल पर्‍यो, कि देशका मानिसहरूका लागि कुनै खानेकुरा नै थिएन । 7 तब सहरको पर्खाल भत्काइयो, र कल्दीहरू सहरको चारैतिर भए तापनि सहरको पर्खाललाई भत्काएर सबै योद्धा रातमा राजाको बगैंचानेर भएका दुईवटा पर्खालको बिचको ढोकाको बाटो भएर भागे । तिनीहरू अराबाको दिशातिर गए । 8 तर कल्दीहरूका सेनाले राजा सिदकियाहलाई खेदे, र यरीहो नजिकैको यर्दन नदीका मैदानहरूमा भेट्टाए । तिनका सबै सेना तिनीबाट तितर-बितर भए । 9 तिनीहरूले राजालाई समाते र हमात देशको रिब्लामा बेबिलोनका राजाकहाँ तिनलाई ल्याए जहाँ राजाले तिनलाई दण्डको फैसला सुनाए । 10 बेबिलोनका राजाले सिदकियाहका छोराहरूलाई तिनकै आँखाका सामु मारे, र रिब्लामा तिनले यहूदाका सबै अगुवालाई पनि मारे । 11 तब तिनले सिदकियाहका आँखा निकाले, तिनलाई काँसाका साङ्लाहरूले बाँधे र बेबिलोनमा ल्याए । तिनको मृत्यु नभएसम्म नै बेबिलोनका राजाले तिनलाई झ्यालखानामा राखे । 12 अब बेबिलोनका राजा नबूकदनेसरको राज्‍य सुरु गरेको उन्‍नाइसौं वर्षको पाँचौं महिनाको दसौं दिनमा नबूजरदान यरूशलेममा आए । तिनी राजाका अङ्गरक्षकहरूका कमान्‍डर अनि बेबिलोनका राजाका सेवक थिए । 13 तिनले परमप्रभुको मन्दिर, राजदरबार र यरूशलेमका सबै घर जलाए । अनि सहरमा भएका हरेक महत्त्वपूर्ण भवन तिनले जलाए । 14 यरूशलेमको वरिपरि भएका पर्खालहरूका सन्‍दर्भमा, अङ्गरक्षकहरूका कमान्‍डरको अधीनमा रहेका बेबिलोनका सबै सेनाले ती नष्‍ट पारे । 15 सबैभन्दा गरिब मानिसहरू, सहरमा बाँकी रहेका मानिसहरू, बेबिलोनका राजाकहाँ भागेर गएकाहरू र बाँकी रहेका कारीगरहरूका विषयमा, अङ्गरक्षकहरूका कमान्‍डर नबूजरदानले तीमध्‍ये कसैलाई निर्वासनमा लगे । 16 तर अङ्गरक्षकहरूका कमान्‍डर नबूजरदानले दाखबारी र खेतहरूमा काम गर्न देशका सबैभन्दा गरिबहरूलाई त्यहीं छोडे । 17 परमप्रभुको मन्दिरमा राखिएका काँसाका स्तम्भहरू, आधारहरू र काँसाको विशाल खड्कुँलो विषयमा कल्दीहरूले ती टुक्राटुक्रा पारे, र सबै काँसाचाहिं बेबिलोनमा लगे । 18 भाँडाहरू, बेल्चाहरू, सलेदाका चिम्टाहरू, चम्चाहरू र मन्दिरमा पुजारीहरूले सेवा गर्दा प्रयोग गरिने काँसाका सबै सामान पनि, कल्दीहरूले तीसबै लगे । 19 राजाका अङ्गरक्षकका कमान्‍डरले कञ्‍चन सुन वा चाँदीले बनेका स्‍नान-बाटाहरू, धुपौराहरू, छर्कने बाटाहरू, भाँडाहरू, सामदानहरू, अर्घ-बलिमा चढाइने कचौरा र बाटाहरू पनि लगे । 20 सोलोमनले मन्दिरको लागि बनाएका दुईवटा स्तम्भ, विशाल खड्कुँलो भनेर चिनिने काँसाको बाटा, त्‍यसमुनि भएका बाह्रवटा काँसाका साँढे जोख्‍नै नसक्‍ने गरी धेरै काँसा थियो । 21 स्तम्भहरू प्रत्‍येकका उचाइ अठार हात थियो, र गोलाइ बाह्र हात थियो । प्रत्येकको मोटाइ चार अङ्गुल चौडा र खोक्रो थियो । 22 स्तम्भमाथि एउटा स्तम्भ-शिर थियो । स्तम्भ-शिर पाँच हात अग्लो थियो, र यो काँसाको जाली र दारिमका बुट्टाले चारैतिर भरिएको थियो । अर्को स्तम्भ पनि त्यसका दारिमहरूसहित पहिलेको जस्तै थियो । 23 स्तम्भ-शिरका छेउ-छेउमा छयानब्‍बेवटा दारिम थिए । चारैतिर जालीलाई घेरिराखेका दारिमहरू जम्‍मा एक सयवटा थिए । 24 अङ्गरक्षकहरूका कमान्‍डरले मुख्य पुजारी बन्दी सरायाह, दोस्रो दर्जाका पुजारी सपन्याह र तिन जना द्वारपाललाई लिएर गए । 25 तिनले सिपाहीहरूको जिम्मामा भएका अधिकारी, सहरमा अझै बाँकी रहेका राजाका सात जना सल्लाहकारलाई सहरबाट कैद गरेर लगे । तिनले देशका मानिसहरूलाई सेनाम भर्ती गर्ने मुख्य अधिकारी र देशमा भएका अन्य साठी जना विशिष्‍ट मानिसलाई पनि कैद गरेर लगे । 26 तब अङ्गरक्षकहरूका कमान्‍डर नबूजरदानले तिनीहरूलाई रिब्लामा बेबिलोनका राजाकहाँ लगे । 27 बेबिलोनका राजाले हमात देशको रिब्लामा तिनीहरूलाई मारे । यसरी यहूदा आफ्नो देशबाट निर्वासनमा लगियो । 28 नबूकदनेसरले निर्वासनमा लगेका मानिसहरू यी नै थिएः सातौँ वर्षमा ३,०२३ जना यहूदी । 29 नबूकदनेसरको अठारौं वर्षमा तिनले यरूशलेमबाट ८३२ जना मानिसलाई लगे । 30 नबूकदनेसरको तेइसौं वर्षमा अङ्गरक्षकहरूका कमान्‍डर नबूजरदानले यहूदाका ७४५ जना मानिसलाई लगे । निर्वासित भएका जम्मा मानिस ४,६०० जना थिए । 31 यहूदाका राजा यहोयाकीन निर्वासन भएको सैंतिसौं वर्षको बाह्रौं महिनाको पच्‍चिसौं दिनमा, बेबिलोनका राजा एबील-मरोदकले यहूदाका राजा यहोयाकीनलाई कैदबाट मुक्त गरे । एबील-मरोदकले राज्‍य सुरु गरेको वर्षमा यसो गरियो । 32 राजाले तिनीसित दयापूर्वक बोले, र बेबिलोनमा तिनीसित भएका अन्य राजाहरूलाई भन्दा तिनलाई प्रतिष्ठित स्थान दिए । 33 एबील-मरोदकले यहोयाकीनका कैदका लुगाहरू हटाए, र यहोयाकीनले आफ्नो बाँकी जीवनभर नियमित रूपमा राजाको टेबुलमा खानपान गरे, 34 र तिनको मृत्यु नभएसम्म नै तिनको बाँकी जीवनभर हरेक दिन तिनलाई नियमित रूपमा खानाको भत्ता दिइयो ।
  • विलाप 1:3 : 3 गरिबी र वेदनापछि यहूदा निर्वासनमा गएको छ । त्यो जाति-जातिहरूका बिचमा बस्छ, र त्यसले चैन पाउँदैन । त्यसलाई खेद्‍नहरू सबैले त्यसको घोर निराशामा त्यसलाई पक्रे ।
  • विलाप 1:5 : 5 त्यसका वैरीहरू त्यसको मालिक भएका छन् । त्यसका शत्रुहरूको उन्‍नति हुन्छ । त्यसका धेरै पापको कारण परमप्रभुले त्यसलाई कष्‍ट दिनुभएको छ । त्यसका स-साना बालबच्‍चाहरू त्यसको वैरीकहाँ निर्वासनमा जान्छन् ।
  • विलाप 4:22 : 22 हे सियोनकी छोरी, तेरो दण्ड समाप्‍त हुने छ । उहाँले तेरो निर्वासनको समय लम्ब्याउनुहुने छैन । तर हे एदोमकी छोरी, उहाँले तँलाई दण्ड दिनुहुने छ । उहाँले तेरा पाप प्रकट गरिदिनुहुने छ ।
  • सप 2:7 : 7 तटीय क्षेत्र यहूदाका घरानाका बाँकी रहेकाहरूको हुनेछ, जसले आफ्ना बागललाई त्यहाँ चराउनेछन् । तिनीहरूका मानिसहरू साँझमा अश्कलोनका घरहरूमा पल्टिनेछन्, किनभने तिनीहरूका परमप्रभु परमेश्‍वरले तिनीहरूको वास्ता गर्नुहुनेछ र तिनीहरूका सौभाग्य फर्काइदिनुहुनेछ ।
  • प्रेरि 23:34 : 34 जब शासकले चिट्ठी पढे, उनले पावल कुन प्रान्तबाट आएका हुन् भनी सोधे । तिनी किलिकियाबाट आएको कुरा थाहा पाएर

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • नहे 7:5-8
    4 पदहरू
    93%

    5मेरा परमेश्‍वरले कुलीनहरू, अधिकृतहरू र मानिसहरूलाई तिनीहरूका परिवार-परिवार गरी नाउँ दर्ता गराउनका लागि भेला गराउन मेरो हृदयमा बोझ हालिदिनुभयो । मैले सुरुमा फर्केनहरूको वंशावलीको पुस्तक भेट्टाएँ जसमा यो कुरा लेखिएको थियो ।

    6“राजा नबूकदनेसरको निर्वासनबाट जाने प्रान्तमा भएका मानिसहरू यिनै हुन् जसलाई तिनले बेबिलोनमा कैद गरेर लगेका थिए । तिनीहरू यरूशलेम र यहूदियामा आ-आफ्ना सहरहरूमा फर्के ।

    7तिनीहरू यरुबाबेल, येशूअ, नहेम्याह, सरायाह, रेलयाह, मोर्दकै, बिल्शान, मिस्पार, बिग्वै, रेहूम र बानाहसँगै आएका थिए । इस्राएलका मानिसहरूको सङ्ख्या निम्‍न लिखित छ ।

    8परोशका परिवारका २,१७२

  • एज्रा 2:2-3
    2 पदहरू
    88%

    2तिनीहरू यरुबाबेल, येशूअ, नहेम्याह, सरायाह, रेलयाह, मोर्दकै, बिल्शान, मिस्पार, बिग्वै, रेहूम र बानाहसँगै आए । इस्राएलका मानिसहरूको विवरण यही हो ।

    3परोशका परिवारका २,१७२

  • 6तिनी यहूदाका राजा यहोयाकीनसँगै यरूशलेमबाट निर्वासनमा लगिनेहरूमध्ये एक जना थिए जसलाई बेबिलोनका राजा नबूकदनेसरले कैद गरेर लगेका थिए ।

  • नहे 1:1-3
    3 पदहरू
    78%

    1¶ हकल्याहका छोरा नहेम्याहका वचनहरूः बिसौँ वर्षको किसलेव महिनामा म शूशनको किल्लामा छँदा,

    2मेरा दाजुहरूमध्येका एक जना अर्थात् हनानी यहूदाबाट केही मानिसहरूसँगै आए, र मैले त्यहाँ बाँकी रहेका यहूदीहरू र यरूशलेमको विषयमा सोधपुछ गरेँ ।

    3तिनीहरूले मलाई भने, “निर्वासनबाट बाँचेर आएकाहरू जो प्रान्तमा छन्, तिनीहरू ठुलो कष्‍ट र अपमानमा छन्, किनकि यरूशलेमको पर्खाल भत्काइएको छ, र यसका मुल ढोकाहरूमा आगो लगाइएका छन् ।”

  • 1¶ राजा अर्तासास्तको शासनकालमा बेबिलोनबाट मसितै आएका परिवारका अगुवाहरू यिनै हुन्:

  • 8त्‍यसपछि तिनीहरू यरूशलेममा परमेश्‍वरको मन्दिरमा आएको दोस्रो वर्षको दोस्रो महिनामा शालतिएलका छोरा यरुबाबेल, योसादाकका छोरा येशूअ, बाँकी पुजारीहरू, लेवीहरू र निर्वासनबाट यरूशलेममा फर्केकाहरूले काम गर्न सुरु गरे । तिनीहरूले बिस वर्ष र त्यसभन्दा माथिका लेवीहरूलाई परमप्रभुको मन्दिरको निरीक्षण गर्ने जिम्मा दिए ।

  • 1¶ शालतिएलका छोरा यरुबाबेल र येशूअसँग फर्केर आएका पुजारीहरू र लेवीहरू यिनै हुन्‌:

  • एज्रा 1:7-8
    2 पदहरू
    76%

    7नबूकदनेसरले यरूशलेमबाट ल्याएका र आफ्ना देवताहरूको मन्दिरमा राखेका परमप्रभुको मन्‍दिरका चिजहरू पनि फारसका राजा कोरेस निकाले ।

    8कोरेसले ती कोषाध्‍यक्ष मित्रेताको हातमा दिए जसले यहूदाका अगुवा शेशबस्सरको निम्ति ती चीजहरूको गणना गरे ।

  • यिर्मि 29:1-2
    2 पदहरू
    76%

    1¶ निर्वासितहरूका बिचमा बाँकी रहेका धर्म-गुरुहरू, पुजारीहरू, अगमवक्ताहरू र सबै मानिस जसलाई नबूकदनेसरले यरूशलेमबाट बेबिलोनमा निर्वासित गरेर लगेका थिए, तिनीहरूलाई यर्मिया अगमवक्ताले पठाएको मुट्ठोमा लिखित वचनहरू यी नै हुन् ।

    2राजा यहोयाकीन, राजमाता, उच्‍च अधिकारीहरू, यहूदाका र यरूशलेमका अगुवाहरू र कारीगरहरू यरूशलेमबाट निर्वासनमा लगिएपछि यो वचन लेखियो ।

  • 3यरूशलेममा बस्‍ने प्रादेशिक अधिकारीहरू यी नै हुन् । तथापि केही इस्राएलीहरू, पुजारीहरू, लेवीहरू, मन्दिरका सेवकहरू र सोलोमनका सेवकहरूका सन्तानहरूचाहिँ यहूदाका सहरहरूमा आ-आफ्नै जग्गाजमिनमा बसोबास गरे ।

  • 75%

    28नबूकदनेसरले निर्वासनमा लगेका मानिसहरू यी नै थिएः सातौँ वर्षमा ३,०२३ जना यहूदी ।

    29नबूकदनेसरको अठारौं वर्षमा तिनले यरूशलेमबाट ८३२ जना मानिसलाई लगे ।

    30नबूकदनेसरको तेइसौं वर्षमा अङ्गरक्षकहरूका कमान्‍डर नबूजरदानले यहूदाका ७४५ जना मानिसलाई लगे । निर्वासित भएका जम्मा मानिस ४,६०० जना थिए ।

  • एज्रा 2:59-60
    2 पदहरू
    75%

    59तेल-मेलह, तेल-हर्शा, केरूब, आदोन र इम्‍मेर सहरबाट आएकाहरूले आफ्‍ना पुर्खाहरू इस्राएलको वंशबाट आएका हुन्‌ भनेर बताउन सकेनन्‌ । यी हुन्‌:

    60दलायाह, तोबिया, नकोदाका परिवारहरूका जम्‍मा ६५२,

  • 11सुन र चाँदीका सामानको जम्मा सङ्ख्या ५,४०० ओटा थियो । निर्वासितहरू बेबिलोनबाट यरूशलेममा फर्कंदा शेशबस्सरले ती सबै कुरा ल्याए ।

  • 5तब परमप्रभुको मन्दिर निर्माण गर्न परमेश्‍वरले उत्तेजित पार्नुभएका हरेक मानिस, यहूदा र बेन्यामीनका कुलाका प्रमुख अगुवाहरू र पुजारीहरू अनि लेवीहरू उठे ।

  • दानी 1:1-3
    3 पदहरू
    74%

    1¶ यहूदाका राजा यहोयाकीमका शासनकालको तेस्रो वर्षमा, बेबिलोनका राजा नबूकदनेसर यरूशलेममा आए र यसका सबै आपूर्तिहरू बन्द गर्न सहरलाई घेरा हाले ।

    2परमप्रभुले यहूदाका राजा यहोयाकीममाथि नबूकदनेसरलाई विजय दिनुभयो, र उहाँले परमेश्‍वरको मन्‍दिरबाट केही पवित्र थोकहरू तिनलाई दिनुभयो । ती तिनले बेबिलोनियाको देशको आफ्नो देवताको भवनमा ल्याए, र ती पवित्र थोकहरूलाई तिनले आफ्नो देवताको भण्डारमा राखे ।

    3राजाले आफ्ना प्रमुख अधिकारी अशपेनजलाई इस्राएलका राजकीय परिवार र कुलिनहरूबाट केही मानिसहरू ल्याउने हुकुम गरे—

  • 1¶ इस्राएलीहरू आ-आफ्ना सहरमा फर्केको सातौं महिनमा तिनीहरू एक जना मानिसझैं यरूशलेममा भेला भए ।

  • 15परमप्रभुले यहूदा र यरूशलेमलाई नबूकदनेसरको हातबाट निर्वासनमा लैजाँदा यहोसादाक पनि कैदमा लगिए ।

  • एज्रा 4:1-2
    2 पदहरू
    73%

    1¶ यतिबेला निर्वासनबाट फर्केका मानिसहरूले परमप्रभु इस्राएलका परमेश्‍वरको लागि मन्दिर बनाउँदै छन् भनी यहूदा र बेन्यामीनका केही शत्रुहरूले सुने ।

    2त्यसैले तिनीहरू यरुबाबेल र परिवारका मुख्य मानिसहरूकहाँ आए । तिनीहरूले उनीहरूलाई भने, “हामीलाई पनि तपाईंहरूसँगै निर्माण गर्न दिनुहोस्, किनकि अश्शूरका राजा एसरहदोनले हामीलाई यहाँ ल्याएदेखि नै तपाईंहरूजस्तै हामी तपाईंका परमेश्‍वरको खोजी गर्छौं, र हामीले उहाँलाई नै बलिदान चढाएका छौं ।”

  • 7तिनीहरूले निर्वासनबाट फर्केर यहूदा र यरूशलेममा आएर बसेका सबै मानिसलाई यरूशलेममा भेला हुन समाचार पठाए ।

  • 12तापनि जब हाम्रा पुर्खाहरूले स्वर्गका परमेश्‍वरलाई रिस उठाए, तब उहाँले तिनीहरूलाई बेबिलोनका कल्दी राजा नबूकदनेसरको हातमा सुम्‍पनुभयो जसले यस मन्दिरलाई नष्‍ट पारे र मानिसहरूलाई बेबिलोनमा कैदमा लगे ।

  • 26तिनीहरूले येशूअका छोरा, योसादाकका नाति योयाकीमको पालोमा अनि राज्यपाल नहेम्याह र पुजारीसाथै शास्‍त्री एज्राको पालोमा सेवा गरे ।

  • १ इति 9:1-2
    2 पदहरू
    73%

    1¶ यसरी सरा इस्राएलको वंशाक्रमको लेख राखियो । ती इस्राएलका राजाहरूका पुस्तकमा लेखिए । यहूदाचाहिं आफ्‍नो पापले गर्दा कैद गरेर बेबिलोनमा लगियो ।

    2सहरहरूमा सबैभन्‍दा पहिले बसोबास गर्नेचाहिं कोही इस्राएलीहरू, पुजारीहरू, लेवीहरू र मन्‍दिरका सेवकहरू थिए ।

  • 61तेल-मेलह, तेल-हर्शा, केरूब, आदोन र इम्‍मेर सहरबाट आएकाहरूले आफ्‍ना परिवारहरू इस्राएलको वंशबाट आएका हुन्‌ भनी बताउन सकेनन्‌ । यी हुन्‌:

  • 10“निर्वासनमा गएकाहरू हेल्दै, तोबियाह र यदायाहबाट एउटा भेटी लिएर सोही दिन बेबिलोनबाट आएका सपन्याहको छोरो योशियाहको घरमा लैजा ।

  • 20अर्थात् बेबिलोनका राजा नबूकदनेसरले यहूदाका राजा यहोयाकीमका छोरा यहोयाकीनका साथमा यहूदा र यरूशलेका सबै कुलीनहरूलाई यरूशलेमबाट कैद गरेर बेबिलोनमा लैजाँदा तिनले नलगेका समानहरू ।

  • 5अब नबूकदनेसरले यरूशलेमको मन्दिरबाट बेबिलोनमा ल्याएका परमेश्‍वरको मन्दिरका सुन र चाँदीका थोकहरू लिएर ल्‍याऊ र तिनलाई यरूशलेमकै मन्दिरमा फिर्ता पठाऊ । तिमीहरूले तिनलाई परमेश्‍वरको मन्दिरमा राख्‍नुपर्छ ।'

  • 11बेबिलोनका राजालाई वेवास्‍ता गरेका सहरमा बाँकी बचेका मानिसहरू अनि बाँकी रहेका अरू मानिसहरूका सम्‍बन्‍धमा अङ्गरक्षकहरूका सेनापति नबूजरदानले, तिनीहरूलाई निर्वासनमा लगे ।

  • एज्रा 2:11-12
    2 पदहरू
    73%

    11बेबैका परिवारका ६२३

    12अज्‍गादका परिवारका १,२२२

  • 4मुट्ठामा यस्तो लेखियो, “मैले यरूशलेमबाट बेबिलोनमा निर्वासित गरेका सबै कैदीलाई, म, सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍छु,

  • एज्रा 4:9-10
    2 पदहरू
    72%

    9रेहूम, शिम्शै र तिनीहरूका सहयोगीहरू अर्थात् फारस, एरेक र बेबिलोनका मानिसहरूमाथि अधिकार गर्ने न्यायाधीशहरू र अधिकारीहरू अनि शूशनका मानिसहरू (अर्थात् एलामीहरू) ले एउटा चिट्ठी लेखे,

    10र महान् अनि प्रसिद्ध अशूरवनिपलले देश निकाला गरेर सामरिया र यूफ्रेटिस नदीपारिको प्रान्तमा बसालेका मानिसहरू पनि तिनीहरूसँगै मिले ।

  • 2शालतिएलका छोरा यरुबाबेल र योसादाकका छोरा येशूअ उठे, र आफ्‍ना सहयोगी अगमवक्ताहरूका साथमा मिलेर यरूशलेममा परमेश्‍वरको मन्दिर बनाउन सुरु गरे ।