यिर्मिया 29:1

अनलक शाब्दिक बाइबल

¶ निर्वासितहरूका बिचमा बाँकी रहेका धर्म-गुरुहरू, पुजारीहरू, अगमवक्ताहरू र सबै मानिस जसलाई नबूकदनेसरले यरूशलेमबाट बेबिलोनमा निर्वासित गरेर लगेका थिए, तिनीहरूलाई यर्मिया अगमवक्ताले पठाएको मुट्ठोमा लिखित वचनहरू यी नै हुन् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • एस्थ 9:20 : 20 मोर्दकैले यी कुराहरूका विवरण गरे, अनि राजा अहासूरसका टाढा र नजिकका सबै प्रान्तमा भएका सबै यहूदीलाई चिट्ठीहरू पठाए,
  • यिर्मि 24:1-7 : 1 ¶ परमप्रभुले मलाई केही कुरो देखाउनुभयो । हेर, परमप्रभुको मन्दिरको सामु अञ्जीरका दुईवटा डाला राखिएका थिए । (बेबिलोनका राजा नबूकदनेसरले यहूदाका राजा यहोयाकीमका छोरा यहोयाकीन, यहूदाका अधिकारीहरू, कारीगरहरू, र धातुका काम गर्नेहरूलाई यरूशलेमबाट कैद गरेर लगेको र तिनीहरूलाई बेबिलोनमा ल्‍याएको समयपछि यो दर्शन देखियो ।) 2 एउटा डालोमा भएका अञ्जीरहरू पहिले पाकेका अञ्जीरहरूजस्तै असाध्यै राम्रा थिए, तर अर्को डालोमा भएका अञ्जीरहरू असाध्यै खराब थिए, जसलाई खानै सकिंदैनथ्यो । 3 परमप्रभुले मलाई भन्‍नुभयो, “ए यर्मिया, तँ के देख्छस्?” मैले भनें, “अञ्‍जीरहरू । अञ्जीरहरू जुन राम्रा छन् र अञ्जीरहरू जुन खानै नसकिने असाध्यै खराब छन् ।” 4 तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो, 5 “परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'मैले यस ठाउँबाट कल्दीको देशमा निष्कासित गरेका यहूदाका निर्वासितहरूलाई तिनीहरूको लाभको निम्‍ति यी राम्रा अञ्जीरहरूजस्तै गरी म हेर्नेछु । 6 तिनीहरूको भलाइको निम्ति म आफ्‍नो दृष्‍टि तिनीहरूमा लगाउनेछु, र तिनीहरूलाई यस देशमा पुनर्स्थापित गराउनेछु । म तिनीहरूलाई बनाउनेछु, र तिनीहरूलाई भत्काउनेछैनँ । म तिनीहरूलाई रोप्नेछु, र तिनीहरूलाई उखेल्नेछैनँ । 7 त्यसपछि मलाई चिन्‍ने हृदय म तिनीहरूलाई दिनेछु, किनकि म परमप्रभु हुँ । तिनीहरू मेरो मानिसहरू हुनेछन्, र म तिनीहरूका परमेश्‍वर हुनेछु । यसरी तिनीहरू आफ्ना सारा हृदयसले मतिर फर्कनेछन् ।'
  • यिर्मि 28:4 : 4 त्यसपछि बेबिलोनमा पठाइएका यहूदाका राजा यहोयाकीमका छोरा यहोयाकीन र यहूदाका सबै बन्दीलाई म फर्काएर ल्याउनेछु, यो परमप्रभुको घोषणा हो, किनकि बेबिलोनका राजाको जुवालाई म भाँच्‍नेछु' ।”
  • यिर्मि 29:25-29 : 25 “सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'यरूशलेमका सबै मानिस, पुजारी मासेयाहका छोरा सपन्याह र सबै पुजारीलाई तेरो आफ्‍नै नाउँमा चिट्ठीहरू लेखेर यसो भनिस्, 26 'पुजारी यहोयादाको सट्टामा परमप्रभुले तिमीलाई परमप्रभुको मन्दिरको जिम्मा लिन पुजारी बनाउनुभएको छ । तिमी बरबराएर आफैलाई अगमवक्ताहरू बनाउने सबै मानिसको नियन्त्रणमा छौ । तिमीहरूले तिनीहरूलाई साङ्लाले बाँधेर ठिंगुरोमा हाल्नू । 27 त्यसैले अब, तिम्रो विरुद्धमा आफैलाई अगमवक्ता बनाउने अनातोतको यर्मियालाई किन हप्काएनौ? 28 किनकि बेबिलोनमा उसले हामीलाई यस्तो चिट्ठी पठाएको छ र भनेको छ, 'निर्वासन लामो समयसम्म हुनेछ । घरहरू बनाओ र तिनमा बस, र खेतबारीमा बीउ रोप र तिनको फल खाओ' ।” 29 यर्मिया अगमवक्ताले सुन्‍ने गरी पुजारी सपन्याहले यो पत्र पढे ।
  • प्रेरि 15:23 : 23 तिनीहरूले यो लेखे, “एन्टिओखिया, सिरिया र किलिकियामा भएका गैरयहूदी भाइहरू, प्रेरितहरू, एल्डरहरू, भाइहरूलाई अभिवादन ।
  • २ कोरि 7:8 : 8 मेरो पत्रले तिमीहरूलाई दुःखित तुल्याएको भए तापनि म यसको लागि पछुताउँदिनँ । मेरो पत्रले तिमीहरूलाई दुःखित बनाएको मैले देख्दा म पछुताएँ । तर तिमीहरू केही समयको लागि मात्र दुःखित भयौ ।
  • गलाती 6:11 : 11 हेर मैले आफ्नै हातले कति ठुला-ठुला अक्षरहरूमा तिमीहरूलाई लेखिरहेछु ।
  • इब्रा 13:22 : 22 अब भाइहरू हो, म तिमीहरूलाई उत्साह दिन्छु, कि यी उत्साहका वचनहरूलाई पालन गर, जुन मैले छोटकरीमा तिमीहरूलाई लेखेको छु ।
  • प्रका 2:1-3 : 1 ¶ “एफिससको मण्डलीका दूतलाई लेखः ‘जसले आफ्नो दाहिने हातमा सातवटा तारा लिनुहुने र जो सातवटा सुनका सामदानहरूका माझमा हिँड्नुहुनेका वचनहरू यिनै हुन् । 2 तिमीले गरेका काम, तिम्रो कडा परिश्रम, तिम्रो धैर्य र सहनशिलता मलाई थाहा छ । तिमीले दुष्‍ट मानिसहरूलाई सहन सक्दैनौ । आफैँलाई प्रेरितहरू भनी दाबी गर्नेहरूलाई तिमीले जाँचिसकेका छौ, तर ती होइनन्, र तिमीले तिनीहरूलाई झुटा भेट्टाएका छौ । 3 मलाई थाहा छ, कि तिमीमा धैर्य सहनशिलता छ, अनि मेरो नाउँको खातिर तिमीले धेरै दुःख भोगेका छौ र पनि थकित भएका छैनौ ।
  • २ इति 30:1-6 : 1 ¶ हिजकियाले सबै इस्राएल र यहूदाकहाँ दूतहरू पठाए र एफ्राइम र मनश्‍शेलाई चिट्ठीहरू पनि लेखे ताकि तिनीहरू यरूशलेममा परमप्रभु इस्राएलका परमेश्‍वरको निम्‍ति निस्‍तार-चाड मान्‍न यरूशलेमको परमप्रभुको मन्‍दिरमा आउन्‌ । 2 किनकि राजा, तिनका अगुवाहरू र यरूशलेममा भेला भएका सबै समुदायले मिलेर सल्लाह गरी दोस्रो महिनामा निस्‍तार-चाड मनाउने सहमती गरे । 3 तिनीहरूले नियमित समयमा मनाउन सकेनन्, किनभने उत्सवको निम्ति पर्याप्‍त पुजारीहरूले आफूलाई शुद्ध पारेका र मानिसहरू यरूशलेममा एकसाथ भेला हुन सकेका थिएनन्‌ । 4 यो प्रस्‍ताव राजा र सारा समुदायको दृष्‍टिमा असल लाग्‍यो । 5 यसैले तिनीहरूले बेर्शेबादेखि दानसम्‍मै परमप्रभु इस्राएलका परमेश्‍वरको निम्‍ति निस्‍तार-चाड मान्‍न मानिसहरू यरूशलेममा आउनैपर्छ भनी सारा इस्राएलभरि घोषणा गर्ने कुरामा सहमत भए । किनकि यसअघि लेखिएबमोजिम मानिसहरूका यति धेरै सङ्‍ख्‍याले यो चाड मानेका थिएनन्‌ । 6 यसैले राजाको हुकुमअनुसार राजा र तिनका अगुवाहरूका पत्रहरू लिएर पत्रवाहकहरू सारा इस्राएल र यहूदाभरि गए । तिनीहरूले भने, “इस्राएलका मानिसहरू हो, अब्राहाम, इसहाक र इस्राएलका परमप्रभु परमेश्‍वरतिर तिमीहरू फर्क, ताकि अश्‍शूरका राजाहरूका हातबाट उम्‍कनेहरूतिर उहाँ पनि फर्कनुभएको होस् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यिर्मि 29:2-4
    3 पदहरू
    83%

    2राजा यहोयाकीन, राजमाता, उच्‍च अधिकारीहरू, यहूदाका र यरूशलेमका अगुवाहरू र कारीगरहरू यरूशलेमबाट निर्वासनमा लगिएपछि यो वचन लेखियो ।

    3तिनले यो मुट्ठो शापानका छोरा एलासा र हिल्कियाहका छोरा गमर्याहको हातबाट पठाएका थिए, जसलाई यहूदाका राजा सिदकियाहले बेबिलोनका राजा नबूकदनेसरकहाँ पठाएका थिए ।

    4मुट्ठामा यस्तो लेखियो, “मैले यरूशलेमबाट बेबिलोनमा निर्वासित गरेका सबै कैदीलाई, म, सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍छु,

  • 20त्यसैले हे सबै निर्वासितहरू हो, जसलाई उहाँले यरूशलेमबाट बेबिलोनमा पठाउनुभएको छ, तिमीहरू आफूले भने परमप्रभुको वचन सुन ।

  • 1¶ रामामा राजाका अङ्गरक्षकका कप्‍तान नबूजरदानले यर्मियालाई मुक्त गरेपछि परमप्रभुबाट यर्मियाकहाँ यो वचन आयो । तिनले यर्मियालाई बेबिलोनमा निर्वासनमा लगिने यरूशलेम र यहूदाका सबै बन्दीका बिचमा साङ्लाले बाँधिएको भेट्टाए ।

  • 80%

    28किनकि बेबिलोनमा उसले हामीलाई यस्तो चिट्ठी पठाएको छ र भनेको छ, 'निर्वासन लामो समयसम्म हुनेछ । घरहरू बनाओ र तिनमा बस, र खेतबारीमा बीउ रोप र तिनको फल खाओ' ।”

    29यर्मिया अगमवक्ताले सुन्‍ने गरी पुजारी सपन्याहले यो पत्र पढे ।

    30तब परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो,

  • 1¶ बेबिलोनका राजा नबूकदनेसर र तिनका सबै सेना, तिनको अधीनका पृथ्वीमा भएका सबै राज्य र तिनमा भएका सबै मानिसले यरूशलेम र यसका सबै सहरको विरुद्धमा युद्ध सुरु गर्दा यर्मियाकहाँ परमप्रभुको वचन यसो भनेर आयोः

  • 13त्यसैले राजाका अङ्गरक्षकका कप्‍तान नबूजरदान, उच्‍च नपुंसक नबुशजबान, उच्‍च अधिकृत नेर्गल-सरेसर र बेबिलोनका राजाका अरू सबै उच्‍च अधिकारीहरूले अरू मानिसहरूलाई बाहिर पठाए ।

  • 9राजाको अङ्गरक्षकका सेनापति नबूजरदानले सहरमा बाँकी रहेका मानिसहरूलाई निर्वासनमा लगे । कल्दीहरूकहाँ भागेर गएका र सहरमा छाडिएका बाँकी मानिसहरू सबै नै लगिए ।

  • 11बेबिलोनका राजा नबूकदेनसरले राजाका अङ्गरक्षकका कप्‍तान नबूजरदानलाई यर्मियाको विषयमा हुकुम दिएका थिए,

  • 78%

    18तिनीहरू अगमवक्ताहरू हुन्, र परमप्रभुको वचन तिनीहरूकहाँ साँच्‍चै आएको हो भने, यस मन्दिर, यहूदाका राजाको महल र यरूशलेमका सामानहरू बेबिलोनमा नलान भनेर तिनीहरूले सर्वशक्तिमान् परमप्रभुलाई बिन्ती चढाऊन् ।

    19स्तम्भहरू, 'खँड्कुलो' भनेर चिनिने विशाल बाटा र यसको आधार अनि यस सहरमा बाँकी रहेका सामानहरूका बबारेमा सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छ—

    20अर्थात् बेबिलोनका राजा नबूकदनेसरले यहूदाका राजा यहोयाकीमका छोरा यहोयाकीनका साथमा यहूदा र यरूशलेका सबै कुलीनहरूलाई यरूशलेमबाट कैद गरेर बेबिलोनमा लैजाँदा तिनले नलगेका समानहरू ।

    21परमप्रभुको मन्दिर, यहूदाका राजाको महल र यरूशलेममा बाँकी रहेका सामानहरूका विषयमा सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ,

    22'ती बेबिलोनमा लगिनेछन्, र ती फर्काइने दिन नआएसम्म ती त्यहीँ नै रहनेछन्, यो परमप्रभुको घोषणा हो । त्यसपछि म तिनलाई ल्याउनेछु, र तिनलाई यस ठाउँमा पुनर्स्थापित गराउनेछु' ।”

  • 11बेबिलोनका राजालाई वेवास्‍ता गरेका सहरमा बाँकी बचेका मानिसहरू अनि बाँकी रहेका अरू मानिसहरूका सम्‍बन्‍धमा अङ्गरक्षकहरूका सेनापति नबूजरदानले, तिनीहरूलाई निर्वासनमा लगे ।

  • यिर्मि 25:1-2
    2 पदहरू
    76%

    1¶ यहूदाका सबै मानिसको विषयमा यर्मियाकहाँ आएको वचन यही हो । यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको चौथो वर्षमा यो वचन आयो । त्यो बेबिलोनका राजा नबूकदनेसरको पहिलो वर्ष थियो ।

    2यर्मिया अगमवक्ताले यो वचन यहूदाका सबै मानिस र यरूशलेमका सबै बासिन्दालाई घोषणा गरे ।

  • 6तिनीहरूले पुरुषहरू र स्‍त्रीहरू, बालबालिका र राजाका छोरीहरू अनि राजाका अङ्गरक्षकका कप्‍तान नबूजरदानले शापानका नाति, अहीकामका छोरा गदल्याहसित बस्‍न अनुमति दिएका हरेक व्यक्तिलाई लगे । तिनीहरूले यर्मिया अगमवक्ता र नेरियाहका छोरा बारूकलाई पनि लगे ।

  • दानी 1:1-2
    2 पदहरू
    76%

    1¶ यहूदाका राजा यहोयाकीमका शासनकालको तेस्रो वर्षमा, बेबिलोनका राजा नबूकदनेसर यरूशलेममा आए र यसका सबै आपूर्तिहरू बन्द गर्न सहरलाई घेरा हाले ।

    2परमप्रभुले यहूदाका राजा यहोयाकीममाथि नबूकदनेसरलाई विजय दिनुभयो, र उहाँले परमेश्‍वरको मन्‍दिरबाट केही पवित्र थोकहरू तिनलाई दिनुभयो । ती तिनले बेबिलोनियाको देशको आफ्नो देवताको भवनमा ल्याए, र ती पवित्र थोकहरूलाई तिनले आफ्नो देवताको भण्डारमा राखे ।

  • 3यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको समयदेखि यहूदाका राजा योशियाहका छोरा सिदकियाहको शासनकालको एघारौं वर्षको पाँचौं महिनासम्म, यरूशलेमका मानिसहरू कैदीका रूपमा नलगिएसम्‍म नै परमप्रभुको वचन आइरह्यो ।

  • 1¶ राजा नबूकदनेसरको निर्वासनबाट छुटेर फर्कने प्रान्तमा भएका मानिसहरू यिनै हुन् जसलाई तिनले बेबिलोनमा कैद गरेर लगेका थिए । यी मानिसहरू यरूशलेम र यहूदियामा आ-आफ्ना सहरहरूमा फर्के ।

  • 1¶ यहूदाका राजा योशियाहका छोरा सिदकियाहको शासनकालको सुरुमा परमप्रभुको यो वचन यर्मियाकहाँ आयो ।

  • 29नबूकदनेसरको अठारौं वर्षमा तिनले यरूशलेमबाट ८३२ जना मानिसलाई लगे ।

  • 75%

    15परमेश्‍वरले हाम्रा निम्ति बेबिलोनमा नै अगमवक्ताहरू खडा गर्नुभएको छ भनी तिमीहरूले भनेकको हुनाले,

    16दाऊदको सिंहासनमा बस्‍ने राजा र त्यस सहरमा बसोबास गरेका सबै मानिसलाई परमप्रभु यसो भन्‍नुहुन्छ, तिमीहरूका दाजुभाइ जो तिमीहरूसँग निर्वासनमा गएका छैनन्—

  • 7नबूकदनेसरले परमप्रभुको मन्दिरका केही सामानहरू पनि बेबिलोनमा लगे र तिनले ती बेबिलोनको आफ्नै दरबारमा राखे ।

  • 59यहूदाका राजा सिदकियाहले राज्‍य सुरु गरेको चौथो वर्षमा तिनी बेबिलोनमा जाँदा यर्मिया अगमवक्ताले महसेयाहका नाति, नेरियाहका छोरा सरायाहलाई आज्ञा दिएका वचन यही हो । यति बेला सरायाह मुख्य अधिकारी थिए ।

  • 1¶ परमप्रभुको यो वचन यर्मियाकहाँ त्‍यति बेला आयो, जति बेला सिदकियाह राजाले मल्कियाहका छोरा पशहूर र मासेयाहका छोरा पुजारी सपन्याहलाई तिनीकहाँ पठाए, र तिनीहरूले भने,

  • 19तपाईंका ती अगमवक्ताहरू कहाँ छन् जसले तपाईंको निम्‍ति अगमवाणी बोले र यसो भने, कि बेबिलोनका राजा तपाईं र यस देशको विरुद्धमा आउनेछैनन्?

  • 3तब तिनलाई एदोमका राजा, मोआबका राजा, अम्मोनका मानिसहरूका राजा, टुरोसका राजा र सीदोनका राजाकहाँ पठा । यहूदाका राजा सिदकियाहकहाँ यरूशलेममा आउने ती राजाहरूका दूतहरूको हातद्वारा ती पठा ।

  • यिर्मि 28:4-7
    4 पदहरू
    74%

    4त्यसपछि बेबिलोनमा पठाइएका यहूदाका राजा यहोयाकीमका छोरा यहोयाकीन र यहूदाका सबै बन्दीलाई म फर्काएर ल्याउनेछु, यो परमप्रभुको घोषणा हो, किनकि बेबिलोनका राजाको जुवालाई म भाँच्‍नेछु' ।”

    5त्यसैले परमप्रभुको मन्दिरमा खडा भएका पुजारीहरू र सबै मानिसको सामु यर्मिया अगमवक्ताले हनन्याह अगमवक्तासित बोले ।

    6यर्मिया अगमवक्ताले भने, “परमप्रभुले यसै गरून्! तिमीले अगमवाणी बोलेका वचनहरू परमप्रभुले पुरा गरून्, अनि परमप्रभुको मन्दिरका सबै सामान र सबै बन्दीलाई बेबिलोनबाट यस ठाउँमा फर्काएर ल्याऊन् ।

    7तापनि तिमीले सुन्‍ने गरी अनि सबै मानिसले सुन्‍ने गरी मैले घोषणा गरेको वचनलाई सुन ।

  • 15सबैभन्दा गरिब मानिसहरू, सहरमा बाँकी रहेका मानिसहरू, बेबिलोनका राजाकहाँ भागेर गएकाहरू र बाँकी रहेका कारीगरहरूका विषयमा, अङ्गरक्षकहरूका कमान्‍डर नबूजरदानले तीमध्‍ये कसैलाई निर्वासनमा लगे ।

  • 1¶ यहूदाका राजाको नवौँ वर्षको दसौँ महिनामा बेबिलोनका राजा नबूकदनेसर यरूशलेमका विरुद्धमा आफ्ना सबै सेना लिएर आए, र यसलाई घेराबन्दी गरे ।

  • 1¶ यर्मिया अगमवक्ताको हातद्वारा कल्दीहरूको देश बेबिलोनको विषयमा परमप्रभुले घोषणा गर्नुभएको वचन यही हो,

  • 12“विद्रोही घरानालाई भन्, 'यी कुराको अर्थ के हुन्‍छ भनी तिमीहरू जान्‍दैनौ? बेबिलोनको राजा यरूशलेममा आयो, र त्‍यसका राजा र शासकहरूलाई लियो र तिनीहरूलाई आफूसँग बेबिलोनमा लग्‍यो ।

  • 6तिनी यहूदाका राजा यहोयाकीनसँगै यरूशलेमबाट निर्वासनमा लगिनेहरूमध्ये एक जना थिए जसलाई बेबिलोनका राजा नबूकदनेसरले कैद गरेर लगेका थिए ।

  • 16मैले पुजारीहरू र सबै मानिसहरूलाई यो कुरा घोषणा गरें र यसो भनें, “परमप्रभु यसो भन्‍नुहुन्छः तिमीहरूका अगमवक्ताहरूको वचन नसुन जसले तिमीहरूका निम्‍ति अगमवाणी बोल्छन् र यसो भन्‍छन्, 'हेर, परमप्रभुको मन्दिरका सामानहरू अहिले बेबिलोनबाट फर्काइँदैछन् ।' तिनीहरूले तिमीहरूलाई झूटो कुरा अगमवाणी बोल्दै छन् ।

  • 6“राजा नबूकदनेसरको निर्वासनबाट जाने प्रान्तमा भएका मानिसहरू यिनै हुन् जसलाई तिनले बेबिलोनमा कैद गरेर लगेका थिए । तिनीहरू यरूशलेम र यहूदियामा आ-आफ्ना सहरहरूमा फर्के ।

  • 1¶ परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो,

  • 7बेबिलोनका राजाले अहीकामका छोरा गदल्याहलाई देशको गभर्नरमा नियुक्त गरेका थिए भनी गाउँबस्तीमा बाँकी रहेका यहूदी सिपाहीहरूका केही अधिकारीहरू र तिनीहरूका मानिसहरूले सुने । बेबिलोनमा निर्वासित नभएका सबैभन्दा गरिब पुरुषहरू, स्‍त्रीहरू, बालबालिकाहरूको जिम्मामा तिनलाई नियुक्त गरिएको थियो भनेर पनि तिनीहरूले सुने ।

  • 61यर्मियाले सरायाहलाई भने, “तपाईं बेबिलोन जानुहुँदा तपाईंले यी वचन हेर्नुहुनेछ, र तपाईंले यी वचन चर्को सोरमा पढ्नुहुनेछ ।