यिर्मिया 51:61

अनलक शाब्दिक बाइबल

यर्मियाले सरायाहलाई भने, “तपाईं बेबिलोन जानुहुँदा तपाईंले यी वचन हेर्नुहुनेछ, र तपाईंले यी वचन चर्को सोरमा पढ्नुहुनेछ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यिर्मि 29:1-2 : 1 ¶ निर्वासितहरूका बिचमा बाँकी रहेका धर्म-गुरुहरू, पुजारीहरू, अगमवक्ताहरू र सबै मानिस जसलाई नबूकदनेसरले यरूशलेमबाट बेबिलोनमा निर्वासित गरेर लगेका थिए, तिनीहरूलाई यर्मिया अगमवक्ताले पठाएको मुट्ठोमा लिखित वचनहरू यी नै हुन् । 2 राजा यहोयाकीन, राजमाता, उच्‍च अधिकारीहरू, यहूदाका र यरूशलेमका अगुवाहरू र कारीगरहरू यरूशलेमबाट निर्वासनमा लगिएपछि यो वचन लेखियो ।
  • मत्त 24:1 : 1 ¶ ययेशू मन्दिरबाट बाहिर जानुभयो र उहाँ आफ्नो बाटोमा जाँदै हुनुहुन्थ्यो । उहाँलाई मन्दिरका भवनहरू देखाउन उहाँका चेलाहरू उहाँकहाँ आए ।
  • मर 13:1 : 1 ¶ जसै येशू मन्दिरबाट जाँदै हुनुहुन्थ्यो, उहाँका चेलाहरूमध्ये एक जनाले भन्यो, “गुरुज्यू, हेर्नुहोस् त कति राम्रा ढुङ्गाहरू र भवनहरू!”
  • कलस्सी 4:16 : 16 जब यो पत्र तिमीहरूका बिचमा पढिनेछ, त्यसपछि लाउडिकियाको मण्डलीमा पनि यो पढ्नू र लाउडिकियाबाट आउने पत्र पनि तिमीहरूले पढ्नू ।
  • १ थेस 4:18 : 18 त्यसकारण, यी वचनले एक अर्कालाई सान्त्वना देऊ ।
  • १ थेस 5:27 : 27 म प्रभुद्वारा तिमीहरूलाई बिन्ती गर्दछु, कि यो पत्र सबै भाइहरूका निम्ति पनि पढियोस् ।
  • प्रका 1:3 : 3 अगमवाणीको यो वचन जसले चर्को स्वरमा पढ्छ र जसले सुन्छ र यसमा लेखिएका कुराहरू पालन गर्छ, त्यो मानिस धन्यको हो, किनकि समय नजिक छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 86%

    58सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छः बेबिलोनका चौडा पर्खालहरू पूर्ण रूपमा भत्काइनेछन्, र त्यसका अग्ला-अग्ला मूल ढोकाहरू जलाइनेछन् । तब त्यसलाई सहयोग गर्न आउने मानिसहरूले व्यर्थैमा परिश्रम गर्नेछन् । जातिहरूले त्यसको लागि गर्न खोज्ने हरेक कुरो जलाइनेछ ।”

    59यहूदाका राजा सिदकियाहले राज्‍य सुरु गरेको चौथो वर्षमा तिनी बेबिलोनमा जाँदा यर्मिया अगमवक्ताले महसेयाहका नाति, नेरियाहका छोरा सरायाहलाई आज्ञा दिएका वचन यही हो । यति बेला सरायाह मुख्य अधिकारी थिए ।

    60बेबिलोनमाथि आउन लागेका सबै विपत्तिको विषयमा यर्मियाले एउटा मुट्ठोमा लेखेका थिए । यी सबै वचन बेबिलोनको विषयमा लेखिएका थिए ।

  • 81%

    62तब तपाईंले भन्‍नुहुनेछ, 'हे परमप्रभु, यस ठाउँलाई नष्‍ट गर्नेछु, र कुनै मानिस वा पशु यस ठाउँमा बस्‍नेछैन, र यो सदाको लागि उजाड हुनेछ भनी तपाईं आफैले घोषणा गर्नुभएको छ ।'

    63तब तपाईंले यस मुट्ठाको वचनलाई पढेर सिद्ध्याउनुहुन्‍छ, तब यसमा एउटा ढुङ्गा बाँध्‍नुहोस् र यसलाई यूफ्रेटिस नदीको बिचमा फाल्‍नुहोस् ।

    64यसो भन्‍नुहोस्, 'बेबिलोन यसरी नै डुब्नेछ । मैले यसको विरुद्धमा ल्याइरहेको विपत्तिको कारण यो उठनेछैन, र यसको पतन हुनेछ' ।” यर्मियाका वचनहरू यहाँ समाप्‍त हुन्‍छन् ।

  • 1¶ परमप्रभु तिनीहरूका परमेश्‍वरले यर्मियालाई भन्‍न दिनुभएका परमप्रभु तिनीहरूका परमेश्‍वरका सबै वचन तिनले सबै मानिसहरूलाई भनेर सिद्ध्याए ।

  • 1¶ यर्मिया अगमवक्ताको हातद्वारा कल्दीहरूको देश बेबिलोनको विषयमा परमप्रभुले घोषणा गर्नुभएको वचन यही हो,

  • यिर्मि 30:1-2
    2 पदहरू
    75%

    1¶ परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो,

    2“परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'मैले तँलाई भनेका सबै वचन एउटा मुट्ठामा लेख् ।

  • 1¶ बेबिलोनका राजा नबूकदनेसर र तिनका सबै सेना, तिनको अधीनका पृथ्वीमा भएका सबै राज्य र तिनमा भएका सबै मानिसले यरूशलेम र यसका सबै सहरको विरुद्धमा युद्ध सुरु गर्दा यर्मियाकहाँ परमप्रभुको वचन यसो भनेर आयोः

  • 6तब यर्मिया अगमवक्ताले यरूशलेममा यी सबै वचन यहूदाका राजा सिदकियाहलाई घोषणा गरे ।

  • यिर्मि 32:5-6
    2 पदहरू
    75%

    5त्यसले सिदकियाहलाई बेबिलोनमा लानेछ, र मैले त्यससित व्यवहार नगरेसम्म ऊ त्यहीँ रहनेछ, यो यो परमप्रभुको घोषणा हो । तैंले कल्दीहरूको विरुद्धमा लडाइँ गरे तापनि तँ सफल हुनेछैनस्' ।”

    6यर्मियाले भने, “परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,

  • यिर्मि 40:1-2
    2 पदहरू
    75%

    1¶ रामामा राजाका अङ्गरक्षकका कप्‍तान नबूजरदानले यर्मियालाई मुक्त गरेपछि परमप्रभुबाट यर्मियाकहाँ यो वचन आयो । तिनले यर्मियालाई बेबिलोनमा निर्वासनमा लगिने यरूशलेम र यहूदाका सबै बन्दीका बिचमा साङ्लाले बाँधिएको भेट्टाए ।

    2अङ्गरक्षकका कप्‍तानले यर्मियालाई लगे र भने, “परमप्रभु तिम्रा परमेश्‍वरले यस ठाउँको लागि यो विपत्तिको आज्ञा दिनुभयो ।

  • 3त्यसैले यर्मियाले तिनीहरूलाई भने, “तिमीहरूले सिदकियाहलाई यसो भन्‍नुपर्छ,

  • 27तब मुट्ठो र त्‍यसमा भएको यर्मियाको आवाज सुनेर बारूकले लेखेका वचनहरू राजाले जलाएपछि परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो,

  • 13त्यसपछि मैले त्यस देशको विरुद्धमा बोलेका सबै वचन र यर्मियाले सबै जातिको विरुद्धमा बोलेका अगमवाणीका वचनहरू जुन यो पुस्तकमा लेखिएका छन्, ती सबै पुरा गर्नेछु ।

  • यिर्मि 45:1-2
    2 पदहरू
    74%

    1¶ यर्मिया अगमवक्ताले नेरियाहका छोरा बारूकलाई भनेका वचन यही हो । यर्मियाको आवज सुनेर तिनले यी वचन एउटा मुट्ठोमा लेखे— यो यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको चौथो वर्ष थियो र तिनले भने,

    2“बारूक, परमप्रभु इस्राएलका परमेश्‍वरले तिमीलाई यसो भन्‍नुहुन्छः

  • यिर्मि 11:1-2
    2 पदहरू
    74%

    1¶ परमप्रभुबाट यर्मियाकहाँ यसो भनेर वचन आयो,

    2“यस करारका वचनहरूलाई सुन्, अनि यहूदाका हरेक मानिस र यरूशलेमका बासिन्दाहरूलाई ती घोषणा गर् ।

  • 4तब यर्मियाले नेरियाहका छोरा बारूकलाई बोलाए, र परमप्रभुले यर्मियासँग बोल्‍नभएको सबै वचनको आवाज तिनको मुखबाट सुनेर बारूकले एउटा मुट्ठोमा लेखे ।

  • 16“परमप्रभु यसो भन्‍नुहुन्छः हेर्, यहूदाका राजाले यस पुस्तकमा पढेअनुसार यस ठाउँ र यसका बासिन्दाहरूमा म विपत्ति ल्याउनेछु ।

  • 6तब परमप्रभुको वचन यर्मिया अगमवक्ताकहाँ यसो भनेर आयो,

  • 74%

    29यर्मिया अगमवक्ताले सुन्‍ने गरी पुजारी सपन्याहले यो पत्र पढे ।

    30तब परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो,

  • 8त्यसैले यर्मिया अगमवक्ताले नेरियाहका छोरा बारूकलाई दिएका आज्ञाका हरेक कुरा तिनले गरे । तिनले परमप्रभुको मन्दिरमा परमप्रभुका वचन चर्को सोरमा पढे ।

  • यिर्मि 28:5-7
    3 पदहरू
    74%

    5त्यसैले परमप्रभुको मन्दिरमा खडा भएका पुजारीहरू र सबै मानिसको सामु यर्मिया अगमवक्ताले हनन्याह अगमवक्तासित बोले ।

    6यर्मिया अगमवक्ताले भने, “परमप्रभुले यसै गरून्! तिमीले अगमवाणी बोलेका वचनहरू परमप्रभुले पुरा गरून्, अनि परमप्रभुको मन्दिरका सबै सामान र सबै बन्दीलाई बेबिलोनबाट यस ठाउँमा फर्काएर ल्याऊन् ।

    7तापनि तिमीले सुन्‍ने गरी अनि सबै मानिसले सुन्‍ने गरी मैले घोषणा गरेको वचनलाई सुन ।

  • 1¶ निर्वासितहरूका बिचमा बाँकी रहेका धर्म-गुरुहरू, पुजारीहरू, अगमवक्ताहरू र सबै मानिस जसलाई नबूकदनेसरले यरूशलेमबाट बेबिलोनमा निर्वासित गरेर लगेका थिए, तिनीहरूलाई यर्मिया अगमवक्ताले पठाएको मुट्ठोमा लिखित वचनहरू यी नै हुन् ।

  • 12तब परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो,

  • 12त्यसैले यर्मियाले सबै अधिकारी र सबै मानिससँग बोले र भने, “तपाईंहरूले सुन्‍नुभएका यी वचन भन्‍न परमप्रभुले मलाई यो मन्दिर र यो सहरको विरुद्धमा अगमवाणी बोल्न पठाउनुभएको छ ।

  • 47त्यसकारण, हेर, यस्‍ता दिनहरू आउँदैछन्, जति बेला म बेबिलोनका खोपेर बनाइएका मूर्तिहरूलाई दण्ड दिनेछु । त्यसका सारा देश लाजमा पर्नेछन्, र त्यसका मारिएकाहरू सबै त्यसकै बिचमा ढल्नेछन् ।

  • 2“आफ्नो निम्ति एउटा मुट्ठा लिएर आइज र इस्राएल, यहूदा र हरेक जातिको विषयमा मैले तँलाई भनेका सबै वचन त्यसमा लेख् । योशियाहको समयदेखि आजको दिनसम्म मैले तँलाई बताएको सबै कुरा लेख् ।

  • 29तब यहूदाका राजालाई तैंले यसो भन्‍नुपर्छ, 'तैंले त्यो मुट्ठोलाई यसो भनेर जलाइस्, “बेबिलोनका राजा निश्‍चय पनि आउनेछन् र यस देशलाई नष्‍ट पार्नेछन्, किनकि उसले मानिस र पशु दुवैलाई नष्‍ट पार्नेछन्” भनेर तैंले यसमा किन लेखेको छस्?’

  • 20त्यसैले हे सबै निर्वासितहरू हो, जसलाई उहाँले यरूशलेमबाट बेबिलोनमा पठाउनुभएको छ, तिमीहरू आफूले भने परमप्रभुको वचन सुन ।

  • 1¶ परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो,

  • 31बेबिलोनका राजाको सहरको एउटा छेउदेखि अर्को छेउसम्म कब्जा गरिएको छ भनी राजालाई सुनाउन एउटा समाचारवाहक अर्को समाचारवाहककहाँ दौडन्छ, र एउटा धावकले अर्को धावकलाई बताउँछ ।

  • 6त्यसैले तिमी जानुपर्छ र मेरो आवाज सुनेर तिमीले मुट्ठोमा लेखेका कुरा पढ्नुपर्छ । उपवासको दिनमा परमप्रभुको मन्दिरमा मानिसहरू सुन्‍ने गरी र यहूदाका सहरहरूबाट आएका सबैले सुन्‍ने गरी तिमीले परमप्रभुको वचन पढ्नुपर्छ । यी वचन तिनीहरूका लागि घोषणा गर ।

  • 11बेबिलोनका राजा नबूकदेनसरले राजाका अङ्गरक्षकका कप्‍तान नबूजरदानलाई यर्मियाको विषयमा हुकुम दिएका थिए,

  • 19तपाईंका ती अगमवक्ताहरू कहाँ छन् जसले तपाईंको निम्‍ति अगमवाणी बोले र यसो भने, कि बेबिलोनका राजा तपाईं र यस देशको विरुद्धमा आउनेछैनन्?

  • 2यर्मिया अगमवक्ताले यो वचन यहूदाका सबै मानिस र यरूशलेमका सबै बासिन्दालाई घोषणा गरे ।

  • 26त्‍यसपछि परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो,

  • 15तब तिनीहरूले तिनलाई भने, “बस र यो हामीले सुन्‍ने गरी पढ ।” त्यसैले बारूकले मुट्ठो पढे ।

  • 1¶ यहूदाका राजा योशियाहका छोरा सिदकियाहको शासनकालको सुरुमा परमप्रभुको यो वचन यर्मियाकहाँ आयो ।

  • 9यसैकारण परमप्रभुको यस्तो वचन मकहाँ आयो,

  • 54बेबिलोनबाट निराशाको चित्‍कार, कल्दीहरूको देशबाट ठुलो विनाश आयो ।