यिर्मिया 36:2

अनलक शाब्दिक बाइबल

“आफ्नो निम्ति एउटा मुट्ठा लिएर आइज र इस्राएल, यहूदा र हरेक जातिको विषयमा मैले तँलाई भनेका सबै वचन त्यसमा लेख् । योशियाहको समयदेखि आजको दिनसम्म मैले तँलाई बताएको सबै कुरा लेख् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यिर्मि 30:2 : 2 “परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'मैले तँलाई भनेका सबै वचन एउटा मुट्ठामा लेख् ।
  • यिर्मि 25:3 : 3 तिनले भने, “यहूदाका राजा अमोनका छोरा योशियाहको तेह्रौं वर्षदेखि आजको दिनसम्म अर्थात् तेइस वर्षसम्म परमप्रभुको वचन मकहाँ आइरहेको छ, र मैले तिमीहरूसित पटक-पटक बोलेको छु, तर तिमीहरूले सुनेका छैनौ ।
  • यिर्मि 1:10 : 10 उखेल्न र भत्काउन, नाश गर्न र भताभुङ्ग पार्न, बनाउन र रोप्न, आज मैले तँलाई जातिहरू र राज्यहरूमाथि नियुक्त गर्दैछु ।”
  • निर्ग 17:14 : 14 परमप्रभुले मोशालाई भन्‍नुभयो, “यो कुरा एउटा पुस्तकमा लेख् र त्यो यहोशूलाई बताइदे किनकि म अमालेकीहरूको स्मृति आकाशमुनिबाट पूर्ण रूपमा नामेट पारिदिनेछु ।”
  • एज्रा 6:2 : 2 मादी प्रान्तको एक्बातानको किल्लाबन्दी गरिएको सहरमा एउटा मुट्ठो भेट्टाइयो । त्यसको विवरण यस्तो थियोः
  • भजन 40:7 : 7 तब मैले भनें, “हेर्नुहोस्, म आएको छु । लेखेको चर्मपत्रमा मेरो बारेमा यस्‍तो लेखिएको छ ।
  • यशा 8:1 : 1 ¶ परमप्रभुले मलाई भन्‍नुभयो, “एउटा ठुलो पाटी ले र त्‍यसमा लेख्, ‘महेर-शालल-हाज-बज ।'
  • यिर्मि 1:2-3 : 2 यहूदाका राजा अमोनका छोरा योशियाहको शासनकालको तेह्रौं वर्षमा परमप्रभुको वचन तिनीकहाँ आयो । 3 यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको समयदेखि यहूदाका राजा योशियाहका छोरा सिदकियाहको शासनकालको एघारौं वर्षको पाँचौं महिनासम्म, यरूशलेमका मानिसहरू कैदीका रूपमा नलगिएसम्‍म नै परमप्रभुको वचन आइरह्यो ।
  • यिर्मि 1:5 : 5 “मैले तँलाई गर्भमा रच्नुभन्दा पहिले, मैले तँलाई चुनें । तँ गर्भबाट बाहिर आउनुअगि मैले तँलाई अलग गरें । मैले तँलाई जाति-जातिहरूका निम्ति अगमवक्ता बनाएँ ।
  • यिर्मि 3:3-9 : 3 त्यसैले वर्षा थामिएको छ, र वसन्त ऋतुको पानी परेको छैन । तरै पनि तँसित वेश्याको निधार छ । तँ लज्‍जित हुन इन्कार गर्छेस् । 4 के भर्खरै मात्र तैंले मलाई पुकारिनस्, “हे मेरा पिता, मेरो युवावस्थादेखिको मेरो घनिष्ठ मित्र । 5 के उहाँ सधैं रिसाउनुहुन्छ र? के उहाँले आफ्‍नो क्रोधलाई सधैं अन्त्यसम्म राख्‍नुहन्‍छ र?' हेर्! तैंले यसरी भनेको छेस्, तर तैंले त सके जति दुष्‍ट काम गर्छेस् ।” 6 तब राजा योशियाहको शासनकालमा परमप्रभुले मलाई भन्‍नुभयो, “विश्‍वासहीन इस्राएलले के गरेको छ, तँ देख्छस्? त्यो हरेक अग्लो डाँडा र हरेक झ्याम्म परेको रुखमुनि गएकी छ, र त्यहाँ त्यसले वेश्याले झैं काम गरेकी छ । 7 मैले भनें, “यी सबै कुरा गरेपछि त्यो म कहाँ फर्कन्छे', तर त्यो फर्किन । तब त्यसकी विश्‍वासहीन बहिनी यहूदाले यी सबै देखी । 8 त्‍यसैले मैले देखेँ, त्यसरी नै त्यस विश्‍वासहीन इस्राएलले व्यभिचार गरेकी छे, र मैले त्यसलाई निकालेको छु, र त्यसको विरुद्धमा त्यागपत्र दिएको छु । त्यसकी विश्‍वासहीन बहिनी यहूदा डराइन । त्यो पनि गई र वेश्याले झैं काम गरी । 9 त्यसको वेश्यावृत्ति त्यसको लागि केहीजस्तो भएन । त्यसले देशलाई दुषित पारी, र त्यसले ढुङ्गा र रुखहरूसित व्यभिचार गरी । 10 यी सबै कुरापछि त्यसकी विश्‍वासहीन बहिनी यहूदा सारा हृदयले होइन तर झूट लिएर मकहाँ फर्की, यो परमप्रभुको घोषणा हो ।”
  • यिर्मि 23:13-14 : 13 “किनकि सामरियामा भएका अगमवक्ताहरूले घृणित कार्य गरेका मैले देखेको छुः तिनीहरूले बाल देवताको नाउँमा अगमवाणी बोले, र मेरो मानिस इस्राएललाई कुमार्गतिर डोर्‍याए । 14 यरूशलेमका अगमवक्ताहरूका बिचमा मैले अति घिनलाग्दा कुराहरू देखेको छु । तिनीहरू व्यभिचार गर्छन्, र झूटो चालमा हिंड्छन् । खराब काम गर्नेहरूका हात तिनीहरूले बलियो पार्छन्, र कोही पनि आफ्नो खराबीबाट पछि हट्दैन । मेरो लागि तिनीहरू सबै सदोमझैं र यसका बासिन्दाहरू गमोराझैं भएका छन् ।”
  • यिर्मि 25:9-9 : 9 हेर्, मेरो दास बेबिलोनका राजा नबूकदनेसरसँगै उत्तरका सबै मानिसलाई जम्मा गर्न एउटा आदेश मैले दिनै लागेको छु, यो परमप्रभुको घोषणा हो, तिनीहरूलाई म यस देश र यसका बासिन्दाहरूको विरुद्धमा र तिमीहरूका वरिपरि भएका सबै जातिको विरुद्धमा ल्याउनेछु । किनकि म तिनीहरूलाई विनाशको निम्ति अलग गर्नेछु । म तिनीहरूलाई त्रास, गिल्ला र अनन्तको विनाशको पात्रमा परिणत गरिदिनेछु । 10 म आनन्द र खुसीको सोर, दुलहा र दुलहीको सोर, जाँतो पिंधेको सोर र बत्तिको उज्यालोको अन्त्य गरिदिनेछु । 11 तब यो सारा देश उजाड र त्रासको पात्र हुनेछ, अनि सत्तरी वर्षसम्म यी जातिहरूले बेबिलोनका राजाको सेवा गर्नेछन् । 12 तब सत्तरी वर्ष पुरा भएपछि म बेबिलोनका राजा, र त्यो जाति र कल्दीहरूको देशलाई तिनीहरूको अधर्मको कारण दण्ड दिनेछु र त्‍यसलाई अनन्तको उजाड पार्नेछु, यो परमप्रभुको घोषण हो । 13 त्यसपछि मैले त्यस देशको विरुद्धमा बोलेका सबै वचन र यर्मियाले सबै जातिको विरुद्धमा बोलेका अगमवाणीका वचनहरू जुन यो पुस्तकमा लेखिएका छन्, ती सबै पुरा गर्नेछु । 14 किनकि अरू धेरै जातिहरू र महान् राजाहरूले यी जातिहरूका मानिसहरूलाई कमारा तुल्याउनेछन् । तिनीहरूका कामहरू र तिनीहरूका हातका कार्यहरूका कारण म तिनीहरूलाई बदला लिनेछु ।” 15 किनकि परमप्रभु इस्राएलका परमेश्‍वरले मलाई यसो भन्‍नुभयो, “मेरो हातबाट क्रोधको मदिराले भरिएको यो कचौरा लि, र मैले तँकहाँ पठाउने सबै जातिलाई यो पिउन लगा । 16 तिनीहरूले पिउनेछन् र त्‍यसपछि धरमराउने छन्, र मैले तिनीहरूका बिचमा पठाएको तरवारको सामु बौलाहा हुनेछन् ।” 17 त्यसैले मैले परमप्रभुको हातबाट कचौरा लिएँ, र ती सबै जाति जसकहाँ परमप्रभुले मलाई पठाउनुभएको थियो, मैले तिनीहरूलाई पिउन लगाएँ, 18 अर्थात् तिनीहरू आजको दिनमा भएझैं तिनीहरूलाई विनाश, भय अनि गिल्ला र सरापको पात्र बनाउन यरूशलेम, यहूदाका सहरहरू, त्यसका राजाहरू र अधिकारीहरूलाई यो पिउन लगाएँ । 19 अरू जातिहरूले पनि यसलाई पिउनुपर्‍यो, अर्थात् मिश्रका राजा फारो, र उसका सेवकहरू, अधिकारीहरू र उसका सबै मानिस, 20 विभिन्‍न जातका सबै मिश्रित मानिस, र ऊज देशका सबै राजा, पलिश्तीहरू अश्कलोन, गाजा, एक्रोन र अश्दोदका बाँकी रहेकाहरू सबै राजा, 21 एदोम, मोआब र अम्मोनका मानिसहरू, 22 टुरोस र सीदोनका राजाहरू, समुद्रपारि किनाराका सबै राजा, 23 ददान, तेमा र बूज, तिनीहरूका शिरका किनाराहरूमा कपाल काट्नेहरू सबैले यसलाई पिउनुपर्‍यो । 24 यसबाहेक, अरबका सबै राजा, उजाड-स्थानमा बस्‍ने मिश्रित मानिसहरूका सबै राजा, 25 जिम्रीका सबै राजा, एलामका सबै राजा, मादीका सबै राजा, 26 उत्तरका, नजिक र टाढा बस्‍ने सबै राजा, पृथ्वीमा हुने सबै राज्यहरूले तिनीहरूका भाइसँगै परमप्रभुको हातको कचौरा पिउनुपर्‍यो । अन्त्यमा, बेबिलोनका राजाले पनि त्यस कचौरालाई पिउनेछ । 27 परमप्रभुले मलाई भन्‍नुभयो, “अब तैंले तिनीहरूलाई यसो भन्‍नुपर्छ, 'सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः पिओ र मात, अनि बान्त गर, लडिबडि गर, र मैले तिमीहरूका बिचमा पठाउँदै गरेको तरवारको सामु खडा नहोओ ।' 28 तब तिनीहरूले पिउनलाई तेरो हातबाट कचौरा लिन इन्कार गरे भने, तैंले तिनीहरूलाई यसो भन्‍नू, 'सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छः तिमीहरूले निश्‍चय पनि यसलाई पिउनैपर्छ । 29 किनकि हेर, मेरो नाउँद्वारा कहलाइने सहरमाथि मैले विपत्ति ल्याउनै लागेको छु, र के तिमीहरू आफूचाहिं दण्डबाट उम्कने छौ र? तिमीहरू उम्कने छैनौ, किनकि देशका सबै बासिन्दाको विरुद्धमा म एउटा तरवार पठाउँदैछु, यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो ।'
  • यिर्मि 36:6 : 6 त्यसैले तिमी जानुपर्छ र मेरो आवाज सुनेर तिमीले मुट्ठोमा लेखेका कुरा पढ्नुपर्छ । उपवासको दिनमा परमप्रभुको मन्दिरमा मानिसहरू सुन्‍ने गरी र यहूदाका सहरहरूबाट आएका सबैले सुन्‍ने गरी तिमीले परमप्रभुको वचन पढ्नुपर्छ । यी वचन तिनीहरूका लागि घोषणा गर ।
  • यिर्मि 36:23 : 23 जब यहूदीले तिन वा चार खण्ड पढेर सकेका मात्र थिए, राजाले चक्‍कूले ती काटे र जम्मै मुट्ठो नष्‍ट नभएसम्म त्‍यसलाई बलिरहेको मकलमा फाले ।
  • यिर्मि 51:60 : 60 बेबिलोनमाथि आउन लागेका सबै विपत्तिको विषयमा यर्मियाले एउटा मुट्ठोमा लेखेका थिए । यी सबै वचन बेबिलोनको विषयमा लेखिएका थिए ।
  • यहे 2:9 : 9 तब मैले हेरें, र एउटा हात मतिर पसारिएको थियो । त्‍यसमा एउटा लेखिएको मुट्ठो थियो ।
  • यहे 3:1-3 : 1 ¶ उहाँले मलाई भन्‍नुभयो, “ए मानिसको छोरो, तैंले जे पाएको छस् त्‍यो खा । यो मुट्ठो खा, र गएर इस्राएलको घरानालाई भन् ।” 2 यसैले मैले आफ्‍नो मुख खोलें, र उहाँले त्‍यो मुट्ठो मलाई खुवाउनुभयो । 3 उहाँले मलाई भन्‍नुभयो, “ए मानिसको छोरो, मैले तँलाई दिएको त्‍यो मुट्ठो खा र यसले तेरो पेट भर ।” यसैले मैले त्‍यो खाएँ, र त्‍यो मेरो मुखमा महझैं गुलियो थियो ।
  • हो 8:12 : 12 तिनीहरूका निम्ति मैले आफ्‍नो व्यवस्थालाई दस हजारपल्‍ट लेखे पनि, तिनीहरूले त्यसलाई कुनै नयाँ कुराजस्‍तो गरी हेर्छन् ।
  • हब 2:2-3 : 2 परमप्रभुले मलाई जवाफ दिनुभयो, “यस दर्शनलाई पाटीहरूमा प्रष्‍टसँग लेख्, ताकि यो पढ्नेचाहिँ दौडोस् । 3 किनभने यो दर्शन भविष्यको समयको निम्ति हो र त्यो अन्ततः बोल्नेछ र विफल हुनेछैन । त्यसले ढिलाइ गरे तापनि, त्यसको प्रतीक्षा गर् । किनभने त्यो निश्‍चय नै आउनेछ र त्यसले बिलम्ब गर्नेछैन ।
  • जक 5:1-4 : 1 ¶ अनि म फर्कें र मेरो नजर उठाएर हेर्दा मेरोअगि एउटा चर्मपत्रको मुट्ठो उडिरहेको देखें । 2 स्वर्गदूतले मलाई भने, “तिमी के देख्दैछौ?” मैले जवाफ दिएँ, “मैले नौ मिटर लामो र साढे चार मिटर चौडा चर्मपत्रको मुट्ठो उडिरहेको देख्दै छु ।” 3 अनि तिनले मलाई भने, “यो त्यो सराप हो जुन सारा भूमिमा जानेछ । किनकि यसको एकापट्टि जे भनिएको छ त्यसको आधारमा हरेक चोर बहिष्कृत हुनेछ, र अर्कापट्टि जे भनिएको छ त्यसको आधारमा झुटो शपथ खाने हरेक बहिष्कृत हुनेछ ।” 4 “म यो पठाउनेछु, अनि त्यो चोरको घरमा र मेरो नाउँको झुटो शपथ खानेको घरमा जानेछ, परमप्रभु घोषणा गर्नुहुन्छ । त्यो त्यस घरभित्रै रहनेछ र त्यसका काठहरू र ढुङ्गाहरूलाई ध्वस्त पार्नेछ ।”
  • प्रका 5:1-9 : 1 ¶ तब सिंहासनमा विराजमान हुनुहुनेको दाहिने हाततिर सातवटा छाप लगाएर यसलाई बन्द गरिएको अगाडि र पछाडि लेखिएको एउटा चर्मपत्रको मुट्ठो मैले देखेँ । 2 “यस मुट्ठोलाई खोल्न र यसका छापहरूलाई तोड्न को योग्यको छ?” भनी एक जना शक्‍तिशाली स्वर्गदूतले चर्को सोरमा घोषणा गरेको मैले देखेँ । 3 स्वर्गमा वा यस पृथ्वीमा वा यस पृथ्वीमुनि भएका कसैले पनि यस मुट्ठोलाई खोल्न वा यसलाई पढ्न सकेन । 4 म दुःखित भएर रोएँ, किनकि यस मुट्ठोलाई खोल्न र पढ्न योग्यको कोही पनि भेट्टाइएन । 5 तर ती एल्डरहरूमध्येका एक जनाले मलाई भने, “नरोऊ । हेर! यहूदाको कुलको सिँह, दाऊदको मुलले विजय प्राप्‍त गर्नुभएको छ । त्यो मुट्ठो र त्यसका सातवटा छाप खोल्न उहाँ योग्यका हुनुहुन्छ ।” 6 मैले सिंहासन र चारवटा जीवित प्राणी र एल्डरहरूका बिचमा मारिएको जस्तो देखिनुहुने एउटा थुमालाई उभिरहेको देखेँ । उहाँका सातवटा सिङ र सातवटा आँखा थिए । यी सारा संसारभरि पठाइएका परमेश्‍वरका सात आत्मा हुन् । 7 उहाँ जानुभयो र सिंहासनमा बसिरहनुहुनेको दाहिने हातबाट त्यस मुट्ठोलाई समात्‍नुभयो । 8 जब उहाँले त्यो मुट्ठोलाई लिनुभयो, ती चारवटा जीवित प्राणी र चौबिस जना एल्डर उहाँको अगाडि घोप्टो परे । तिनीहरू हरेकसँग वीणा र धूपले भरिएका सुनका धुपौराहरू थियो, जुन विश्‍वासीहरूका प्रार्थना हुन् । 9 तिनीहरूले एउटा नयाँ गीत गाएः “तपाईं त्यो मुट्ठोलाई लिन र त्यसका छापहरूलाई खोल्न योग्यका हुनुहुन्छ । किनकि तपाईं मारिनुभयो, र तपाईंको रगतले हरेक जाति, भाषा, मानिस र राष्‍ट्रलाई तपाईंले परमेश्‍वरका निम्ति किन्‍नुभयो ।
  • यिर्मि 36:29 : 29 तब यहूदाका राजालाई तैंले यसो भन्‍नुपर्छ, 'तैंले त्यो मुट्ठोलाई यसो भनेर जलाइस्, “बेबिलोनका राजा निश्‍चय पनि आउनेछन् र यस देशलाई नष्‍ट पार्नेछन्, किनकि उसले मानिस र पशु दुवैलाई नष्‍ट पार्नेछन्” भनेर तैंले यसमा किन लेखेको छस्?’
  • यिर्मि 45:1 : 1 ¶ यर्मिया अगमवक्ताले नेरियाहका छोरा बारूकलाई भनेका वचन यही हो । यर्मियाको आवज सुनेर तिनले यी वचन एउटा मुट्ठोमा लेखे— यो यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको चौथो वर्ष थियो र तिनले भने,
  • यिर्मि 47:1-7 : 1 ¶ पलिश्तीहरूको विषयमा यर्मिया अगमवक्ताकहाँ आएको परमप्रभुको वचन यही हो । फारोले गाजालाई आक्रमण गर्नुअगि यो वचन तिनीकहाँ आयो । 2 “परमप्रभु यसो भन्‍नुहुन्छः उत्तरमा पानीको बाढी उर्लंदैछ । तिनीहरू बाढीको भलझैं हुनेछन् । तिनीहरूले यस देश र यसमा भएका हरेक थोक, यसका सहरहरू र यसका बासिन्दाहरूलाई डुबाउनेछन् । त्यसैले हरेको मदतको लागि गुहार माग्‍नेछ, र देशका सबै बासिन्दाले विलाप गर्नेछन् । 3 बलिया घोडाहरूको टापले फड्‍केको आवाजमा, तिनीहरूका रथका वेग र तिनीहरूका पाङ्ग्राका हल्लामा, बुबाहरूको आफ्नै कमजोरीको कारणले तिनीहरूले आफ्नै छोराछोरीलाई सहायता गर्नेछैनन् । 4 किनकि सारा पलिश्तीहरूको सर्वनाश हुने दिन आउँदैछ । बाँचेकाहरूमध्ये टुरोस र सीदोनलाई मदत गर्न चाहनेहरू बहिष्कृत हुने छन् । किनभने परमप्रभुले कप्‍तोरको टापुमा बाँकी रहेका पलिश्तीहरूलाई सर्वनाश पार्दै हुनुहुन्छ । 5 गाजाको तालु खुइलिनेछ । अश्कलोनको बेँसीमा बाँकी रहेका मानिसहरू मौन रहनेछन् । शोक गरेर कहिलेसम्म तिमीहरूले आ-आफ्नो शरीरलाई काट्नेछौ? 6 हाय परमप्रभुको तरवार! तँ मौन हुनलाई कति लामो समय लाग्‍नेछ? तेरो म्यानमा फर्केर जा । रोकी र मौन हो । 7 अशक्लोन र समुद्र किनारका देशहरूलाई आक्रमण गर्न परमप्रभुले नै यसलाई आज्ञा दिनुभएको छ भने, यसले कसरी विश्राम गर्न सक्छ र?
  • यिर्मि 32:30-35 : 30 किनकि इस्राएल र यहूदाका मानिसहरूले आफ्‍ना युवावस्थादेखि नै मेरा आँखाकै सामु निश्‍चय नै दुष्‍ट काम गर्दै आएका मानिस भएका छन् । इस्राएलका मानिसहरूले निश्‍चय नै आफ्‍ना हातका अभ्यासहरूले मलाई चोट पुर्‍याएका छन्, यो यो परमप्रभुको घोषणा हो । 31 परमप्रभु घोषणा गर्नुहुन्छ, ‘तिनीहरूले यस सहरलाई बनाएको दिनदेखि यसले मेरो रिस र क्रोधको पाएको छ । आजको दिनसम्‍म पनि यस्‍तै भएको छ । त्यसैले म यसलाई मेरो मुहारबाट हटाउनेछु । 32 इस्राएल र यहूदाका मानिसहरूका, तिनीहरू, तिनीहरूका राजाहरू, राजकुमारहरू, पुजारीहरू, अगमवक्ताहरू अनि यहूदाको हरेक मानिस र यरूशलेमको हरेक बासिन्दाले मलाई रिस उठाउनलाई गरेका सारा दुष्‍ट कुराहरू कारणले म त्‍यो गर्नेछु । 33 मैले तिनीहरूलाई उत्सुकतापूर्वक सिकाए तापनि तिनीहरूले आफ्ना मुहार मतिर फर्काउनुको साटो पिठिउँ फर्काएका छन् । मैले तिनीहरूलाई सिकाउने कोसिस गरें, तर सुधारलाई स्वीकार गर्न तीमध्‍ये एक जनाले पनि ध्यान दिएन । 34 मेरो नाउँद्वारा कहलाइने मन्‍दिरलाई दुषित पार्न तिनीहरूले त्यसमा आफ्‍ना घिनलाग्दा मूर्तिहरू खडा गरे । 35 मोलोखको लागि आगोमा आफ्ना छोराछोरीलाई बलि गर्न तिनीहरूले बेन-हिन्‍नोमको बेँसीमा बाल देवताको लागि अग्ला वेदीहरू बनाए । त्‍यसो गर्न मैले तिनीहरूलाई कदापि आज्ञा दिइनँ । तिनीहरूले यस्‍ता घिनलाग्दो कुरा गर्नुपर्छ र यहूदालाई पाप गर्न लगाउनुपर्छ भनेर मेरो मनमा कदापि आएन ।’
  • यिर्मि 2:4 : 4 हे याकूबका घराना र इस्राएलको घरानाका सबै वंश हो, परमप्रभुको वचन सुन ।
  • यशा 30:8-9 : 8 अब जा, तिनीहरूको सामु यो एउटा पाटीमा लेख् र एउटा मुट्ठामा यो लेख्, ताकि आउने समयको निम्ति यो गवाहीको रूपमा सुरक्षित हुन सकोस् । 9 किनकि यी विद्रोही मानिसहरू, झुट बोल्ने छोराछोरी, परमप्रभुको शिक्षा नसुन्‍ने छोराछोरी हुन् ।
  • अय्यू 31:35 : 35 ओहो, मेरो कुरा सुन्‍ने कोही भए त, हेर्नुहोस्, मेरो हस्ताक्षर यहीँ छ । सर्वशक्तिमान्‌को जवाफ पाऊँ । मेरो प्रतिवादीले लेखेको दोष-पत्र मसित भए त,
  • व्यव 31:24 : 24 मोशाले यस व्यवस्थाका वचनहरू लेखिसिद्ध्यापछि
  • २ राजा 17:18-20 : 18 त्यसकारण परमप्रभु इस्राएलसित अत्यन्तै रिसाउनुभयो, र तिनीहरूलाई आफ्नो दृष्‍टिबाट हटाइदिनुभयो । त्यहाँ यहूदाको कुलबाहेक कोही पनि छोडिएन । 19 यहूदाले पनि परमप्रभु आफ्‍ना परमेश्‍वरका आज्ञाहरू पालन गरेनन्, र तिनीहरूले इस्राएलले गरेका अभ्‍यासहरूको अनुसरण गरे । 20 यसैले परमप्रभुले इस्राएलका सबै सन्तानलाई इन्कार गर्नुभयो । उहाँले तिनीहरूलाई कष्‍ट दिनुभयो, र तिनीहरूलाई आफ्नो दृष्‍टिबाट नफल्‍नुभएसम्म उहाँले तिनीहरूलाई लुटको मालको रूपमा अधिकार गर्नेहरूको हातमा सुम्पिनुभयो ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यिर्मि 30:1-2
    2 पदहरू
    86%

    1¶ परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो,

    2“परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'मैले तँलाई भनेका सबै वचन एउटा मुट्ठामा लेख् ।

  • 84%

    27तब मुट्ठो र त्‍यसमा भएको यर्मियाको आवाज सुनेर बारूकले लेखेका वचनहरू राजाले जलाएपछि परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो,

    28“फर्केर जा, आफ्‍नो निम्‍ति अर्को मुट्ठा लि, अनि यहूदाका राजा यहोयाकीमले जलाएको पहिलेको मुट्ठामा लेखिएका सबै वचन त्‍यसमा लेख् ।

    29तब यहूदाका राजालाई तैंले यसो भन्‍नुपर्छ, 'तैंले त्यो मुट्ठोलाई यसो भनेर जलाइस्, “बेबिलोनका राजा निश्‍चय पनि आउनेछन् र यस देशलाई नष्‍ट पार्नेछन्, किनकि उसले मानिस र पशु दुवैलाई नष्‍ट पार्नेछन्” भनेर तैंले यसमा किन लेखेको छस्?’

  • यिर्मि 36:3-4
    2 पदहरू
    81%

    3सायद मैले यहूदाका मानिसहरूमाथि ल्याउन चाहेका सबै विपत्तिबारे तिनीहरूले सुन्‍नेछन् । सायद हरेक व्‍यक्‍ति आफ्नो दुष्‍ट मार्गबाट फर्कनेछ, यसरी मैले तिनीहरूको अधर्म र तिनीहरूको पाप क्षमा दिन सकूँ ।”

    4तब यर्मियाले नेरियाहका छोरा बारूकलाई बोलाए, र परमप्रभुले यर्मियासँग बोल्‍नभएको सबै वचनको आवाज तिनको मुखबाट सुनेर बारूकले एउटा मुट्ठोमा लेखे ।

  • 32त्यसैले यर्मियाले अर्को मुट्ठो लिए र त्‍यो नेरियाहका छोरा सचिव बारूकलाई दिए । यहूदाका राजा यहोयाकीमद्वारा जलाइएको मुट्ठोमा यर्मियाको आवाज सुनेर बारूकले लेखेका सबै वचन त्‍यसमा लेखे । यसबाहेक, अन्य धेरै उस्तै वचनहरू पनि त्यस मुट्ठोमा थपिए ।

  • 1¶ यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको चौथो वर्षमा परमप्रभुको यो वचन यर्मियाकहाँ आयो, अनि उहाँले भन्‍नुभयो,

  • 6त्यसैले तिमी जानुपर्छ र मेरो आवाज सुनेर तिमीले मुट्ठोमा लेखेका कुरा पढ्नुपर्छ । उपवासको दिनमा परमप्रभुको मन्दिरमा मानिसहरू सुन्‍ने गरी र यहूदाका सहरहरूबाट आएका सबैले सुन्‍ने गरी तिमीले परमप्रभुको वचन पढ्नुपर्छ । यी वचन तिनीहरूका लागि घोषणा गर ।

  • 1¶ परमप्रभुले मलाई भन्‍नुभयो, “एउटा ठुलो पाटी ले र त्‍यसमा लेख्, ‘महेर-शालल-हाज-बज ।'

  • यिर्मि 11:1-2
    2 पदहरू
    76%

    1¶ परमप्रभुबाट यर्मियाकहाँ यसो भनेर वचन आयो,

    2“यस करारका वचनहरूलाई सुन्, अनि यहूदाका हरेक मानिस र यरूशलेमका बासिन्दाहरूलाई ती घोषणा गर् ।

  • 13त्यसपछि मैले त्यस देशको विरुद्धमा बोलेका सबै वचन र यर्मियाले सबै जातिको विरुद्धमा बोलेका अगमवाणीका वचनहरू जुन यो पुस्तकमा लेखिएका छन्, ती सबै पुरा गर्नेछु ।

  • 75%

    60बेबिलोनमाथि आउन लागेका सबै विपत्तिको विषयमा यर्मियाले एउटा मुट्ठोमा लेखेका थिए । यी सबै वचन बेबिलोनको विषयमा लेखिएका थिए ।

    61यर्मियाले सरायाहलाई भने, “तपाईं बेबिलोन जानुहुँदा तपाईंले यी वचन हेर्नुहुनेछ, र तपाईंले यी वचन चर्को सोरमा पढ्नुहुनेछ ।

  • 12त्यसैले यर्मियाले सबै अधिकारी र सबै मानिससँग बोले र भने, “तपाईंहरूले सुन्‍नुभएका यी वचन भन्‍न परमप्रभुले मलाई यो मन्दिर र यो सहरको विरुद्धमा अगमवाणी बोल्न पठाउनुभएको छ ।

  • यिर्मि 25:2-3
    2 पदहरू
    75%

    2यर्मिया अगमवक्ताले यो वचन यहूदाका सबै मानिस र यरूशलेमका सबै बासिन्दालाई घोषणा गरे ।

    3तिनले भने, “यहूदाका राजा अमोनका छोरा योशियाहको तेह्रौं वर्षदेखि आजको दिनसम्म अर्थात् तेइस वर्षसम्म परमप्रभुको वचन मकहाँ आइरहेको छ, र मैले तिमीहरूसित पटक-पटक बोलेको छु, तर तिमीहरूले सुनेका छैनौ ।

  • 6परमप्रभुले मलाई भन्‍नुभयो, “यहूदाका सहरहरू र यरूशलेमका सडकहरूका यी सबै कुराको घोषणा गर् । यसो भन्, 'यस करारका वचनहरूलाई सुन र तिनलाई कार्यावन्यन गर ।

  • यिर्मि 27:1-2
    2 पदहरू
    74%

    1¶ यहूदाका राजा योशियाहका छोरा सिदकियाहको शासनकालको सुरुमा परमप्रभुको यो वचन यर्मियाकहाँ आयो ।

    2परमप्रभुले मलाई यसो भन्‍नुभयो, “आफ्नो निम्ति डोरीहरू र एउटा जुवा बना । ती तेरो घाँटीमा बाँध् ।

  • यिर्मि 45:1-2
    2 पदहरू
    74%

    1¶ यर्मिया अगमवक्ताले नेरियाहका छोरा बारूकलाई भनेका वचन यही हो । यर्मियाको आवज सुनेर तिनले यी वचन एउटा मुट्ठोमा लेखे— यो यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको चौथो वर्ष थियो र तिनले भने,

    2“बारूक, परमप्रभु इस्राएलका परमेश्‍वरले तिमीलाई यसो भन्‍नुहुन्छः

  • 18बारूकले तिनीहरूलाई भने, “तिनले यी सबै वचन मलाई बोले र मैले तिनलाई यस मुट्ठोमा मसीले लेखें ।”

  • 16“परमप्रभु यसो भन्‍नुहुन्छः हेर्, यहूदाका राजाले यस पुस्तकमा पढेअनुसार यस ठाउँ र यसका बासिन्दाहरूमा म विपत्ति ल्याउनेछु ।

  • 1¶ यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको शासनकालमा यर्मियाकहाँ यसो भनेर परमप्रभुको वचन आयो,

  • 8त्यसैले यर्मिया अगमवक्ताले नेरियाहका छोरा बारूकलाई दिएका आज्ञाका हरेक कुरा तिनले गरे । तिनले परमप्रभुको मन्दिरमा परमप्रभुका वचन चर्को सोरमा पढे ।

  • 21तब राजाले यहूदीलाई त्यो मुट्ठो लिन पठाए । यहूदीले सचिव एलीशामाको कोठाबाट त्‍यो मुट्ठो लिए । तब तिनले राजा र तिनको छेउमा उभिरहेका सबै अधिकारीले सुन्‍ने गरी त्‍यो पढे ।

  • 7तापनि तिमीले सुन्‍ने गरी अनि सबै मानिसले सुन्‍ने गरी मैले घोषणा गरेको वचनलाई सुन ।

  • यिर्मि 26:1-2
    2 पदहरू
    73%

    1¶ योशियाहका छोरा यहोयाकीमको शासनकालको सुरुमा परमप्रभुको यो वचन मकहाँ आयो,

    2“परमप्रभु यसो भन्‍नुहुन्छ, 'मेरो मन्दिरको चोकमा खडा हो र मेरो मन्दिरमा आराधना गर्ने आउने यहूदाका सबै सहरको बारेमा भन् । तिनीहरूलाई भन्‍न मैले तँलाई आज्ञा गरेका सबै वचन घोषणा गर् । एउटै शब्‍द पनि नछोड ।

  • यहे 37:15-16
    2 पदहरू
    73%

    15अनि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,

    16“यसैले अब, ए मानिसको छोरो, आफ्नो निम्ति एउटा लौरो लि र त्यसमा लेख्, ‘यहूदा र त्यसका सहयोगी इस्राएलका मानिसहरूका निम्ति ।’ त्‍यसपछि अर्को लौरो लि र त्‍यसमा लेख्, ‘योसेफ, एफ्राइमको हाँगो र तिनीहरूका सहयोगी इस्राएलका मानिसहरूका निम्ति ।’

  • 1¶ परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो,

  • 8अब जा, तिनीहरूको सामु यो एउटा पाटीमा लेख् र एउटा मुट्ठामा यो लेख्, ताकि आउने समयको निम्ति यो गवाहीको रूपमा सुरक्षित हुन सकोस् ।

  • 12तब परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो,

  • 6तब यर्मिया अगमवक्ताले यरूशलेममा यी सबै वचन यहूदाका राजा सिदकियाहलाई घोषणा गरे ।

  • 1¶ बेबिलोनका राजा नबूकदनेसर र तिनका सबै सेना, तिनको अधीनका पृथ्वीमा भएका सबै राज्य र तिनमा भएका सबै मानिसले यरूशलेम र यसका सबै सहरको विरुद्धमा युद्ध सुरु गर्दा यर्मियाकहाँ परमप्रभुको वचन यसो भनेर आयोः

  • 4इस्राएल र यहूदाको विषयमा परमप्रभुले घोषणा गर्नुभएका वचनहरू यी नै हुन्,

  • 12त्यसैले परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो,

  • 6यर्मियाले भने, “परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,

  • यिर्मि 1:2-3
    2 पदहरू
    72%

    2यहूदाका राजा अमोनका छोरा योशियाहको शासनकालको तेह्रौं वर्षमा परमप्रभुको वचन तिनीकहाँ आयो ।

    3यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको समयदेखि यहूदाका राजा योशियाहका छोरा सिदकियाहको शासनकालको एघारौं वर्षको पाँचौं महिनासम्म, यरूशलेमका मानिसहरू कैदीका रूपमा नलगिएसम्‍म नै परमप्रभुको वचन आइरह्यो ।

  • 16“कूशी एबेद-मेलेकलाई भन्, 'सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः यस सहरको विरुद्धमा भलाई नभई विपत्ति ल्याएर मैले मेरा वचन पुरा गर्नै लागेको छु । त्यस दिन तेरै सामु यी सबै वचन पुरा हुनेछन् ।

  • 2“सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, ‘यरूशलेम र यहूदाका सबै सहरमाथि मैले ल्याएका विपत्तिहरू तिमीहरू आफैले देखेका छौ । हेर, आज ती भग्‍नावशेष भएका छन् । तिनमा बस्‍ने कोही छैन ।

  • 1¶ जाति-जातिहरूको विषयमा यर्मिया अगमवक्ताकहाँ आएको परमप्रभुको वचन यही हो ।

  • 9यसैकारण परमप्रभुको यस्तो वचन मकहाँ आयो,

  • 14त्यसैले सबै अधिकारीले नतन्याहका छोरा, शेलेम्याहका नाति, कूशीका पनाति यहूदीलाई बारूककहाँ पठाए । यहूदीले बारूकलाई भने, “सबै मानिसले सुन्‍ने गरी तिमीले पढेको मुट्ठो आफ्नो हातमा लेऊ र आऊ ।” त्यसैले नेरियाहका छोरा बारूकले आफ्नो हातमा मुट्ठा लिए र अधिकारीहरूकहाँ गए ।

  • 26“व्यवस्थाको यस पुस्तकलाई लिएर परमप्रभु तिमीहरूका परमेश्‍वरको करारको सन्दुकको छेउमा राख ताकि यो तिमीहरूको विरुद्धमा साक्षीको रूपमा रहोस् ।