23जब यहूदीले तिन वा चार खण्ड पढेर सकेका मात्र थिए, राजाले चक्कूले ती काटे र जम्मै मुट्ठो नष्ट नभएसम्म त्यसलाई बलिरहेको मकलमा फाले ।
24तर यी वचन सुन्ने न राजा न तिनका अधिकारीहरू डराए, न त तिनीहरूले आफ्ना लुगा नै च्याते ।
25एल्नातान, दलायाह र गमर्याहले राजालाई मुट्ठो नजलाउन बिन्ती गरेका पनि थिए तर तिनले उनीहरूका कुरा सुनेनन् ।
26तब राजाले एक जना आफन्त यरहमेल, अज्रीएलका छोरा सरायाह र अबदीलका छोरा शेलेम्याहलाई सचिव बारूक र यर्मिया अगमवक्तालाई गिरफ्तार गर्ने हुकुम गरे, तर परमप्रभुले तिनीहरूलाई लुकाउनुभएको थियो ।
27तब मुट्ठो र त्यसमा भएको यर्मियाको आवाज सुनेर बारूकले लेखेका वचनहरू राजाले जलाएपछि परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो,
28“फर्केर जा, आफ्नो निम्ति अर्को मुट्ठा लि, अनि यहूदाका राजा यहोयाकीमले जलाएको पहिलेको मुट्ठामा लेखिएका सबै वचन त्यसमा लेख् ।
29तब यहूदाका राजालाई तैंले यसो भन्नुपर्छ, 'तैंले त्यो मुट्ठोलाई यसो भनेर जलाइस्, “बेबिलोनका राजा निश्चय पनि आउनेछन् र यस देशलाई नष्ट पार्नेछन्, किनकि उसले मानिस र पशु दुवैलाई नष्ट पार्नेछन्” भनेर तैंले यसमा किन लेखेको छस्?’