यिर्मिया 36:13
तब सबै मानिसले सुन्ने गरी बारूकले चर्को सोरमा पढेका सबै वचन जुन मीकायाले सुनेका थिए, तिनले तिनीहरूलाई ती बताइदिए ।
तब सबै मानिसले सुन्ने गरी बारूकले चर्को सोरमा पढेका सबै वचन जुन मीकायाले सुनेका थिए, तिनले तिनीहरूलाई ती बताइदिए ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
8त्यसैले यर्मिया अगमवक्ताले नेरियाहका छोरा बारूकलाई दिएका आज्ञाका हरेक कुरा तिनले गरे । तिनले परमप्रभुको मन्दिरमा परमप्रभुका वचन चर्को सोरमा पढे ।
9यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको पाँचौं वर्षको नवौँ महिनामा यरूशलेमका सबै मानिस र यहूदाका सहरहरूबाट यरूशलेम आएका सबै मानिसले परमप्रभुको सामु उपवासको घोषणा गरे ।
10माथिल्लो चोकमा, परमप्रभुको मन्दिरको नयाँ मूल ढोकाको छेउमा भएको सचिव शापानका छोरा गमर्याहको कोठाबाट बारूकले परमप्रभुको मन्दिरमा यर्मियाका वचनहरू चर्को सोरमा पढे । सबै मानिसले सुन्ने गरी तिनले यसो गरे ।
11गमर्याहका छोरा, शापानका नाति मीकायाले मुट्ठोमा लेखिएका परमप्रभुका सबै वचन सुने ।
12तिनी राजमहलमा भएको सचिवको कोठामा गए । हेर, त्यहाँ सबै अधिकारी अर्थात् सचिव एलीशामा, शमायाहका छोरा दलायाह, अक्बोरका छोरा एल्नातान, शापानका छोरा गमर्याह र हनन्याहका छोरा सिदकियाह र अन्य सबै अधिकारी बसिरहेका थिए ।
14त्यसैले सबै अधिकारीले नतन्याहका छोरा, शेलेम्याहका नाति, कूशीका पनाति यहूदीलाई बारूककहाँ पठाए । यहूदीले बारूकलाई भने, “सबै मानिसले सुन्ने गरी तिमीले पढेको मुट्ठो आफ्नो हातमा लेऊ र आऊ ।” त्यसैले नेरियाहका छोरा बारूकले आफ्नो हातमा मुट्ठा लिए र अधिकारीहरूकहाँ गए ।
15तब तिनीहरूले तिनलाई भने, “बस र यो हामीले सुन्ने गरी पढ ।” त्यसैले बारूकले मुट्ठो पढे ।
16जब तिनीहरूले यी सबै वचन सुने, तब डरले हरेक मानिसले एक-अर्कालाई हेर्न लागे, बारूकलाई भने, “निश्चय नै हामीले यी सबै वचन राजालाई बताउनैपर्छ ।”
17तब तिनीहरूले बारूकलाई सोधे, “हामीलाई बताऊ, तिमीले यर्मियाको आवाज सुनेर यी सबै वचन कसरी लेख्यौ?”
18बारूकले तिनीहरूलाई भने, “तिनले यी सबै वचन मलाई बोले र मैले तिनलाई यस मुट्ठोमा मसीले लेखें ।”
19तब अधिकारीहरूले बारूकलाई भने, “जाऊ तिमी र यर्मिया पनि गएर लुक । तिमीहरू कहाँ छौ भनेर कसैले पनि थाहा नपाओस् ।”
20त्यसैले तिनीहरूले त्यस मुट्ठोलाई सचिव एलीशामाको कोठामा राखिदिए, र तिनीहरू चोकमा राजाकहाँ गए, अनि राजाले सुन्ने गरी हरेक कुरा तिनीहरूले बताए ।
21तब राजाले यहूदीलाई त्यो मुट्ठो लिन पठाए । यहूदीले सचिव एलीशामाको कोठाबाट त्यो मुट्ठो लिए । तब तिनले राजा र तिनको छेउमा उभिरहेका सबै अधिकारीले सुन्ने गरी त्यो पढे ।
4तब यर्मियाले नेरियाहका छोरा बारूकलाई बोलाए, र परमप्रभुले यर्मियासँग बोल्नभएको सबै वचनको आवाज तिनको मुखबाट सुनेर बारूकले एउटा मुट्ठोमा लेखे ।
5त्यसपछि यर्मियाले बारूकलाई एउटा आज्ञा दिए । तिनले भने, “म थुनामा छु, र परमप्रभुको मन्दिरमा जान सक्दिनँ ।
6त्यसैले तिमी जानुपर्छ र मेरो आवाज सुनेर तिमीले मुट्ठोमा लेखेका कुरा पढ्नुपर्छ । उपवासको दिनमा परमप्रभुको मन्दिरमा मानिसहरू सुन्ने गरी र यहूदाका सहरहरूबाट आएका सबैले सुन्ने गरी तिमीले परमप्रभुको वचन पढ्नुपर्छ । यी वचन तिनीहरूका लागि घोषणा गर ।
23जब यहूदीले तिन वा चार खण्ड पढेर सकेका मात्र थिए, राजाले चक्कूले ती काटे र जम्मै मुट्ठो नष्ट नभएसम्म त्यसलाई बलिरहेको मकलमा फाले ।
24तर यी वचन सुन्ने न राजा न तिनका अधिकारीहरू डराए, न त तिनीहरूले आफ्ना लुगा नै च्याते ।
25एल्नातान, दलायाह र गमर्याहले राजालाई मुट्ठो नजलाउन बिन्ती गरेका पनि थिए तर तिनले उनीहरूका कुरा सुनेनन् ।
26तब राजाले एक जना आफन्त यरहमेल, अज्रीएलका छोरा सरायाह र अबदीलका छोरा शेलेम्याहलाई सचिव बारूक र यर्मिया अगमवक्तालाई गिरफ्तार गर्ने हुकुम गरे, तर परमप्रभुले तिनीहरूलाई लुकाउनुभएको थियो ।
27तब मुट्ठो र त्यसमा भएको यर्मियाको आवाज सुनेर बारूकले लेखेका वचनहरू राजाले जलाएपछि परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो,
28“फर्केर जा, आफ्नो निम्ति अर्को मुट्ठा लि, अनि यहूदाका राजा यहोयाकीमले जलाएको पहिलेको मुट्ठामा लेखिएका सबै वचन त्यसमा लेख् ।
1¶ यर्मिया अगमवक्ताले नेरियाहका छोरा बारूकलाई भनेका वचन यही हो । यर्मियाको आवज सुनेर तिनले यी वचन एउटा मुट्ठोमा लेखे— यो यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको चौथो वर्ष थियो र तिनले भने,
2“बारूक, परमप्रभु इस्राएलका परमेश्वरले तिमीलाई यसो भन्नुहुन्छः
32त्यसैले यर्मियाले अर्को मुट्ठो लिए र त्यो नेरियाहका छोरा सचिव बारूकलाई दिए । यहूदाका राजा यहोयाकीमद्वारा जलाइएको मुट्ठोमा यर्मियाको आवाज सुनेर बारूकले लेखेका सबै वचन त्यसमा लेखे । यसबाहेक, अन्य धेरै उस्तै वचनहरू पनि त्यस मुट्ठोमा थपिए ।
13तिनीहरूकै सामु मैले बारूकलाई आज्ञा दिएँ । मैले यसो भनें,
7तापनि तिमीले सुन्ने गरी अनि सबै मानिसले सुन्ने गरी मैले घोषणा गरेको वचनलाई सुन ।
18सचिव शापानले राजालाई भने, “पुजारी हिल्कियाहले मलाई एउटा पुस्तक दिएका छन् ।” त्यसपछि शापानले त्यो पुस्तक राजालाई पढेर सुनाए ।
1¶ मत्तानका छोरा शपत्याह, पशहूरका छोरा गदल्याह, शेलेम्याहका छोरा यहूकल र मल्कियाहका छोरा पशहूरले यर्मियाले सबै मानिसलाई घोषणा गरिरहेका यी वचन सुने । तिनले भन्दै थिए,
30तब राजा र तिनीसँग भएका यहूदाका मानिसहरू, यरूशलेमका बासिन्दाहरू, पुजारी र लेवीहरू, साना-ठुला जम्मै मानिसहरूसँग तिनी परमप्रभुको मन्दिरमा उक्लेर गए । तब परमप्रभुको मन्दिरमा फेला परेको करारको पुस्तकका सबै वचन तिनीहरूले सुन्ने गरी तिनले पढे ।
16“परमप्रभु यसो भन्नुहुन्छः हेर्, यहूदाका राजाले यस पुस्तकमा पढेअनुसार यस ठाउँ र यसका बासिन्दाहरूमा म विपत्ति ल्याउनेछु ।
3हामीलाई बेबिलोनमा बन्दी बनाएर लैजान र मार्नका लागि कल्दीहरूको हातमा सुम्पिदिन नेरियाहका छोरा बारूकले तिमीलाई हाम्रो विरुद्धमा उक्साउँदैछन् ।”
12त्यसैले यर्मियाले सबै अधिकारी र सबै मानिससँग बोले र भने, “तपाईंहरूले सुन्नुभएका यी वचन भन्न परमप्रभुले मलाई यो मन्दिर र यो सहरको विरुद्धमा अगमवाणी बोल्न पठाउनुभएको छ ।
16नेरियाहका छोरा बारूकलाई खेत किनेको तमसुक दिएपछि मैले परमप्रभुलाई प्रार्थना चढाएँ र यसो भने,
1¶ यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको चौथो वर्षमा परमप्रभुको यो वचन यर्मियाकहाँ आयो, अनि उहाँले भन्नुभयो,
2“आफ्नो निम्ति एउटा मुट्ठा लिएर आइज र इस्राएल, यहूदा र हरेक जातिको विषयमा मैले तँलाई भनेका सबै वचन त्यसमा लेख् । योशियाहको समयदेखि आजको दिनसम्म मैले तँलाई बताएको सबै कुरा लेख् ।
61यर्मियाले सरायाहलाई भने, “तपाईं बेबिलोन जानुहुँदा तपाईंले यी वचन हेर्नुहुनेछ, र तपाईंले यी वचन चर्को सोरमा पढ्नुहुनेछ ।
1¶ यरूशलेमका राजाहरू योताम, आहाज, र हिजकियाको समयमा मोरेशेतका निवासी मीकाकहाँ परमप्रभुको यस्तो वचन आयो, जुन उनले सामरिया र यरूशलेमको विषयमा देखेका थिए ।
13मीकायालाई बोलाउन गएका सन्देशवाहकले तिनलाई भने, “अब हेर्नुहोस्, अगमवक्ताहरूका वचनहरूले एउटै मुखले राजालाई असल कुरा भन्छन् । तपाईंको वचन तिनीहरूको जस्तै होस् र असल कुराहरू भन्नुहोस् ।”
5त्यसैले परमप्रभुको मन्दिरमा खडा भएका पुजारीहरू र सबै मानिसको सामु यर्मिया अगमवक्ताले हनन्याह अगमवक्तासित बोले ।
2तब राजा परमप्रभुको मन्दिरमा गए, अनि यहूदाका सबै मानिस र यरूशलेमका सबै बासिन्दा, पुजारीहरू, अगमवक्ताहरू र सानादेखि ठुलासम्म सबै मानिस पनि तिनीसँगै गए । तब तिनले परमप्रभुको मन्दिरमा भेट्टाइएका करारको पुस्तकका सबै वचन तिनीहरूले सुन्ने गरी पढे ।
1¶ परमप्रभु तिनीहरूका परमेश्वरले यर्मियालाई भन्न दिनुभएका परमप्रभु तिनीहरूका परमेश्वरका सबै वचन तिनले सबै मानिसहरूलाई भनेर सिद्ध्याए ।
7यर्मियाले परमप्रभुको मन्दिरमा यी वचन घोषणा गरेका पुजारीहरू, अगमवक्ताहरू र सबै मानिसले सुने ।
28तब मीकायाले भने, “तपाईं सुरक्षितसाथ आउनुभयो भने परमप्रभुले मद्वारा बोल्नुभएको होइन ।” तब तिनले थपे, “हे सारा मानिस हो, यो कुरा सुन ।”
29यर्मिया अगमवक्ताले सुन्ने गरी पुजारी सपन्याहले यो पत्र पढे ।
16शापानले त्यो पुस्तक राजाकहाँ ल्याए, र यसो भनेर तिनलाई विवरण पनि दिए, “तपाईंका सेवकहरूलाई जिम्मा दिइएका सबै काम तिनीहरूले गरिरहेका छन् ।
26तर तिनले के गर्नुपर्छ भनेर परमप्रभुलाई सोधपुछ गर्न तिमीहरूलाई पठाउने यहूदाका राजालाई यही कुरा भनिदेओ, ‘तपाईंले सुन्नुभएको वचनको विषयमा परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ:
6तिनीहरूले पुरुषहरू र स्त्रीहरू, बालबालिका र राजाका छोरीहरू अनि राजाका अङ्गरक्षकका कप्तान नबूजरदानले शापानका नाति, अहीकामका छोरा गदल्याहसित बस्न अनुमति दिएका हरेक व्यक्तिलाई लगे । तिनीहरूले यर्मिया अगमवक्ता र नेरियाहका छोरा बारूकलाई पनि लगे ।
18तर परमप्रभुको इच्छा जान्न तिमीहरूलाई पठाउने यहूदाका राजालाई चाहिं तिमीहरूले यसो भन, 'तपाईंले सुन्नुभएको वचनको विषयमा इस्राएलका परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः