यिर्मिया 21:1

अनलक शाब्दिक बाइबल

¶ परमप्रभुको यो वचन यर्मियाकहाँ त्‍यति बेला आयो, जति बेला सिदकियाह राजाले मल्कियाहका छोरा पशहूर र मासेयाहका छोरा पुजारी सपन्याहलाई तिनीकहाँ पठाए, र तिनीहरूले भने,

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यिर्मि 29:25 : 25 “सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'यरूशलेमका सबै मानिस, पुजारी मासेयाहका छोरा सपन्याह र सबै पुजारीलाई तेरो आफ्‍नै नाउँमा चिट्ठीहरू लेखेर यसो भनिस्,
  • यिर्मि 37:3 : 3 त्यसैले राजा सिदकियाह, शेलेम्याहका छोरा यहूकल र मासेयाहका छोरा सपन्याह पुजारीले यर्मिया अगमवक्तालाई एउटा सन्देश पठाए । तिनीहरूले यसो भने, “हाम्रा निम्ति परमप्रभु हाम्रा परमेश्‍वरसँग प्रार्थना गर ।”
  • यिर्मि 38:1 : 1 ¶ मत्तानका छोरा शपत्याह, पशहूरका छोरा गदल्याह, शेलेम्याहका छोरा यहूकल र मल्कियाहका छोरा पशहूरले यर्मियाले सबै मानिसलाई घोषणा गरिरहेका यी वचन सुने । तिनले भन्‍दै थिए,
  • यिर्मि 52:24 : 24 अङ्गरक्षकहरूका कमान्‍डरले मुख्य पुजारी बन्दी सरायाह, दोस्रो दर्जाका पुजारी सपन्याह र तिन जना द्वारपाललाई लिएर गए ।
  • यिर्मि 52:1-3 : 1 ¶ सिदकियाहले राज्‍य गर्न सुरु गर्दा तिनी एक्‍काइस वर्षका थिए । तिनले यरूशलेममा एघार वर्ष राज्य गरे । तिनकी आमाको नाउँ हमुतल थियो । उनी लिब्नाका यर्मियाकी छोरी थिइन् । 2 परमप्रभुको दृष्‍टिमा जे खराब थियो, तिनले त्यही गरे । यहोयाकीमले गरेका हरेक कुरा तिनले गरे । 3 परमप्रभुले आफ्नो सामुबाट तिनीहरूलाई नधपाउनुभएसम्म उहाँको क्रोधद्वारा यी सबै घटना यरूशलेम र यहूदामा घटे । तब सिदकियाह बेबिलोनको विरुद्धमा विद्रोह गरे ।
  • यिर्मि 32:1-3 : 1 ¶ यहूदाका राजा सिदकियाहको दसौं वर्ष, नबूकदनेसरको अठारौं वर्षमा यर्मियाकहाँ आएको परमप्रभुको वचन यही हो । 2 त्यस बेला बेबिलोनका राजाको सेनाले यरूशलेमलाई घेराबन्दी गर्दै थियो, र यर्मिया अगमवक्ता यहूदाका राजमहलको गारदको चोकमा थुनामा राखिएका थिए । 3 यहूदाका राजा सिदकियाहले तिनलाई थुनामा राखे र भने, “तिमी किन यसो भन्दै अगमवाणी बोल्छौ, 'परमप्रभु यसो भन्‍नुहुन्छः मैले यस सहरलाई बेबिलोनका राजाको हातमा दिनै लागेको छु, र उसले यसलाई कब्जा गर्नेछ ।
  • यिर्मि 37:1 : 1 ¶ यहोयाकीमका छोरा यहोयाकीनको सट्टामा योशियाहका छोरा सिदकियाहले राजा भएर राज्‍य गरे । बेबिलोनका राजा नबूकदनेसरले सिदकियाहलाई यहूदा देशका राजा बनाएका थिए ।
  • २ राजा 24:17-18 : 17 बेबिलोनका राजाले यहोयाकीनका काका मत्तन्याहलाई तिनको ठाउँमा राजा बनाए, र तिनकको नाउँ बद्लेर सिदकियाह राखे । 18 सिदकियाहले राज्य गर्न सुरु गर्दा तिनी एक्‍काइस वर्षका थिए । तिनले यरूशलेममा एघार वर्ष राज्य गरे । तिनकी आमाको नाउँ हमुतल थियो । तिनी लिब्नाकी यर्मियाकी छोरी थिइन् ।
  • २ राजा 25:18-21 : 18 अङ्गरक्षकहरूका सेनापतिले मुख्य पुजारी सरायाह, दोस्रो दर्जाका पुजारी सपन्याह र तिन जना द्वारपाललाई लिएर गए । 19 सिपाहीहरूको जिम्मामा भएका अधिकारी, अनि सहरमा अझै बाँकी रहेका राजाका पाँच जना सल्लाहकारलाई तिनले सहरबाट कैद गरेर लगे । मानिसहरूलाई सेनामा भर्ती गर्ने मुख्य अधिकृत र देशमा भएका अन्य साठी जना विशिष्‍ट मानिसलाई पनि तिनले कैद गरेर लगे । 20 तब अङ्गरक्षकका सेनापति नबूजरदानले तिनीहरूलाई लगे र रिब्लामा बेबिलोनका राजाकहाँ ल्‍याए । 21 बेबिलोनका राजाले हमात देशको रिब्लामा तिनीहरूलाई मारे । यसरी यहूदा आफ्नो देशबाट निर्वासनमा लगियो ।
  • १ इति 9:12 : 12 अदायाह, जो यरोहामका छोरा, जो पशहूरका छोरा, जो मल्‍कियाहका छोरा थिए । अनि मासै, जो अदीएलका छोरा, जो यहजेराका छोरा, जो मशुल्‍लामका छोरा, जो मशिलेमीतका छोरा, जो इम्‍मेरका छोरा थिए ।
  • २ इति 36:10-13 : 10 बसन्त ऋतुमा राजा नबूकदनेसरले मानिसहरू पठाएर परमप्रभुको मन्दिरका मूल्यवान सामानहरूको साथमा तिनलाई बेबिलोनमा ल्याए, र तिनका आफन्त सिदकियाहलाई यहूदा र यरूशलेममाथि राजा तुल्याए । 11 सिदकियाहले राज्य गर्न सुरु गर्दा तिनी एक्‍काइस वर्षका थिए । तिनले यरूशलेममा एघार वर्ष राज्य गरे । 12 तिनले परमप्रभु तिनका परमेश्‍वरको दृष्‍टिमा जे खराब थियो त्यही गरे । परमप्रभुको वचन बोल्ने यर्मिया अगमवक्ताको सामु तिनले आफैलाई विनम्र पारेनन् । 13 परमेश्‍वरको नाउँमा तिनलाई शपथ खुवाउने राजा नबूकदनेसरसँग पनि तिनले बिद्रोह गरे । तर सिदकियाहले परमप्रभु इस्राएलका परमेश्‍वरतिर फर्किआउने कुराको विरुद्ध तिनी हठी भए र आफ्नो हृदय कठोर पारे ।
  • नहे 11:12 : 12 र मन्‍दिरको निम्‍ति काम गर्ने तिनीहरूका सहयोगीहरू सबै जम्‍मा ८२२ जना मानिस थिए । अदायाह, जो यरोहामका छोरा, जो पेलाल्‍याहका छोरा, जो अम्‍सीका छोरा, जो जकरियाका छोरा, जो पशहूरका छोरा, जो मल्‍कियाहका छोरा थिए ।
  • १ इति 3:15 : 15 योशियाहका जेठा छोरा योहानान, माहिला यहोयाकीम, साहिंला सिदकियाह, र कान्‍छा शल्‍लूम थिए ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यिर्मि 37:1-3
    3 पदहरू
    86%

    1¶ यहोयाकीमका छोरा यहोयाकीनको सट्टामा योशियाहका छोरा सिदकियाहले राजा भएर राज्‍य गरे । बेबिलोनका राजा नबूकदनेसरले सिदकियाहलाई यहूदा देशका राजा बनाएका थिए ।

    2तर सिदकियाह, तिनका सेवकहरू र देशका मानिसले यर्मिया अगमवक्ताको हातद्वारा परमप्रभुले घोषणा गर्नुभएको उहाँको वचनलाई सुनेनन् ।

    3त्यसैले राजा सिदकियाह, शेलेम्याहका छोरा यहूकल र मासेयाहका छोरा सपन्याह पुजारीले यर्मिया अगमवक्तालाई एउटा सन्देश पठाए । तिनीहरूले यसो भने, “हाम्रा निम्ति परमप्रभु हाम्रा परमेश्‍वरसँग प्रार्थना गर ।”

  • यिर्मि 21:2-3
    2 पदहरू
    83%

    2“हाम्रो पक्षमा परमप्रभुबाट सल्लाह खोज, किनकि बेबिलोनका राजा नबूकदनेसरले हामीमाथि युद्ध गर्देछन् । सायद विगतको समयमा जस्तै परमप्रभुले हाम्रो लागि आश्‍चर्यकर्म गर्नुहुनेछ र उसलाई हामीबाट फिर्ता जाने बनाउनुहुनेछ ।”

    3त्यसैले यर्मियाले तिनीहरूलाई भने, “तिमीहरूले सिदकियाहलाई यसो भन्‍नुपर्छ,

  • 82%

    29यर्मिया अगमवक्ताले सुन्‍ने गरी पुजारी सपन्याहले यो पत्र पढे ।

    30तब परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो,

  • 25“सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'यरूशलेमका सबै मानिस, पुजारी मासेयाहका छोरा सपन्याह र सबै पुजारीलाई तेरो आफ्‍नै नाउँमा चिट्ठीहरू लेखेर यसो भनिस्,

  • 1¶ मत्तानका छोरा शपत्याह, पशहूरका छोरा गदल्याह, शेलेम्याहका छोरा यहूकल र मल्कियाहका छोरा पशहूरले यर्मियाले सबै मानिसलाई घोषणा गरिरहेका यी वचन सुने । तिनले भन्‍दै थिए,

  • 79%

    17तब राजा सिदकियाहले कसैलाई पठाए जसले तिनलाई दरबारमा ल्याए । आफ्नो महलमा राजाले तिनलाई गुप्‍तमा सोधे, “के परमप्रभुबाट कुनै वचन आएको छ?” यर्मियाले जवाफ दिए, “वचन छः तपाईंलाई बेबिलोनका राजाको हातमा दिइनेछ ।”

    18तब यर्मियाले सिदकियाह राजालाई भने, “तपाईं, तपाईंका सेवकहरू र यी मानिसहरूको विरुद्धमा मैले कसरी पाप गरें जसको कारण तपाईंले मलाई झ्यालखानामा हाल्‍नुभयो?

    19तपाईंका ती अगमवक्ताहरू कहाँ छन् जसले तपाईंको निम्‍ति अगमवाणी बोले र यसो भने, कि बेबिलोनका राजा तपाईं र यस देशको विरुद्धमा आउनेछैनन्?

  • 6तब यर्मिया अगमवक्ताले यरूशलेममा यी सबै वचन यहूदाका राजा सिदकियाहलाई घोषणा गरे ।

  • 1¶ यहूदाका राजा योशियाहका छोरा सिदकियाहको शासनकालको सुरुमा परमप्रभुको यो वचन यर्मियाकहाँ आयो ।

  • 1¶ यर्मियाले परमप्रभुको मन्दिरको सामु यी वचनहरू अगमवाणी गरिरहेका छन् भनेर इम्मेरका छोरा पुजारी पशहूर, एकजना मुख्‍य अधिकारीले सुने ।

  • 8राजा सिदकियाहले यरूशलेमका सबै मानिससित तिनीहरूको छुटकाराको घोषणा गर्ने करार बाँधेपछि यर्मियाकहाँ परमप्रभुको यो वचन आयो,

  • 14तब राजा सिदकियाहले खबर पठाए र यर्मिया अगमवक्तालाई आफूकहाँ परमप्रभुको मन्दिरको तेस्रो प्रवेशद्वारमा ल्याए । राजाले यर्मियालाई भने, “म तिमीलाई केही कुरो सोध्‍न चाहन्छु । मबाट जवाफ नलुकाऊ ।”

  • 3तब तिनलाई एदोमका राजा, मोआबका राजा, अम्मोनका मानिसहरूका राजा, टुरोसका राजा र सीदोनका राजाकहाँ पठा । यहूदाका राजा सिदकियाहकहाँ यरूशलेममा आउने ती राजाहरूका दूतहरूको हातद्वारा ती पठा ।

  • 1¶ परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो,

  • यिर्मि 34:1-2
    2 पदहरू
    76%

    1¶ बेबिलोनका राजा नबूकदनेसर र तिनका सबै सेना, तिनको अधीनका पृथ्वीमा भएका सबै राज्य र तिनमा भएका सबै मानिसले यरूशलेम र यसका सबै सहरको विरुद्धमा युद्ध सुरु गर्दा यर्मियाकहाँ परमप्रभुको वचन यसो भनेर आयोः

    2“परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः जा र यहूदाका राजा सिदकियाहसँग बोल र यसो भन्, 'परमप्रभु यसो भन्‍नुहुन्छः हेर्, मैले यो सहरलाई बेबिलोनका राजाको हातमा दिनै लागेको छु । उसले यसलाई जलाउनेछ ।

  • 1¶ परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो,

  • यिर्मि 32:1-3
    3 पदहरू
    76%

    1¶ यहूदाका राजा सिदकियाहको दसौं वर्ष, नबूकदनेसरको अठारौं वर्षमा यर्मियाकहाँ आएको परमप्रभुको वचन यही हो ।

    2त्यस बेला बेबिलोनका राजाको सेनाले यरूशलेमलाई घेराबन्दी गर्दै थियो, र यर्मिया अगमवक्ता यहूदाका राजमहलको गारदको चोकमा थुनामा राखिएका थिए ।

    3यहूदाका राजा सिदकियाहले तिनलाई थुनामा राखे र भने, “तिमी किन यसो भन्दै अगमवाणी बोल्छौ, 'परमप्रभु यसो भन्‍नुहुन्छः मैले यस सहरलाई बेबिलोनका राजाको हातमा दिनै लागेको छु, र उसले यसलाई कब्जा गर्नेछ ।

  • 1¶ परमप्रभुबाट यर्मियाकहाँ यसो भनेर वचन आयो,

  • 3तिनले यो मुट्ठो शापानका छोरा एलासा र हिल्कियाहका छोरा गमर्याहको हातबाट पठाएका थिए, जसलाई यहूदाका राजा सिदकियाहले बेबिलोनका राजा नबूकदनेसरकहाँ पठाएका थिए ।

  • 1¶ परमप्रभुको यो वचन यर्मियाकहाँ यसो भनेर आयो,

  • 12तब परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो,

  • 1¶ अमोनका छोरा, यहूदाका राजा योशियाहको समयमा हिजकियाका जनाति, अमर्याहका पनाति, गदल्याहका नाति, कूशीका छोरा सपन्याहकहाँ आएको परमप्रभुको वचन यही हो ।

  • 6तब परमप्रभुको वचन यर्मिया अगमवक्ताकहाँ यसो भनेर आयो,

  • 1¶ निर्वासितहरूका बिचमा बाँकी रहेका धर्म-गुरुहरू, पुजारीहरू, अगमवक्ताहरू र सबै मानिस जसलाई नबूकदनेसरले यरूशलेमबाट बेबिलोनमा निर्वासित गरेर लगेका थिए, तिनीहरूलाई यर्मिया अगमवक्ताले पठाएको मुट्ठोमा लिखित वचनहरू यी नै हुन् ।

  • 1¶ यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको शासनकालमा यर्मियाकहाँ यसो भनेर परमप्रभुको वचन आयो,

  • 59यहूदाका राजा सिदकियाहले राज्‍य सुरु गरेको चौथो वर्षमा तिनी बेबिलोनमा जाँदा यर्मिया अगमवक्ताले महसेयाहका नाति, नेरियाहका छोरा सरायाहलाई आज्ञा दिएका वचन यही हो । यति बेला सरायाह मुख्य अधिकारी थिए ।

  • 6यर्मियाले भने, “परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,

  • 3यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको समयदेखि यहूदाका राजा योशियाहका छोरा सिदकियाहको शासनकालको एघारौं वर्षको पाँचौं महिनासम्म, यरूशलेमका मानिसहरू कैदीका रूपमा नलगिएसम्‍म नै परमप्रभुको वचन आइरह्यो ।

  • 1¶ यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको चौथो वर्षमा परमप्रभुको यो वचन यर्मियाकहाँ आयो, अनि उहाँले भन्‍नुभयो,

  • 9यसैकारण परमप्रभुको यस्तो वचन मकहाँ आयो,

  • 1¶ त्यही वर्ष अर्थात् यहूदाका राजा सिदकियाहले राज्‍य गरेको चौथो वर्षको पाँचौं महिनामा अज्‍जूरका छोरा, गिबोनमा बस्‍ने अगमवक्ता हनन्याहले परमप्रभुको मन्दिरमा पुजारीहरू र सबै मानिसको सामु मसित बोले । तिनले भने,

  • 2यर्मिया अगमवक्ताले यो वचन यहूदाका सबै मानिस र यरूशलेमका सबै बासिन्दालाई घोषणा गरे ।

  • 27तब मुट्ठो र त्‍यसमा भएको यर्मियाको आवाज सुनेर बारूकले लेखेका वचनहरू राजाले जलाएपछि परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो,

  • 12त्यसैले परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो,

  • 1¶ रामामा राजाका अङ्गरक्षकका कप्‍तान नबूजरदानले यर्मियालाई मुक्त गरेपछि परमप्रभुबाट यर्मियाकहाँ यो वचन आयो । तिनले यर्मियालाई बेबिलोनमा निर्वासनमा लगिने यरूशलेम र यहूदाका सबै बन्दीका बिचमा साङ्लाले बाँधिएको भेट्टाए ।

  • 1¶ योशियाहका छोरा यहोयाकीमको शासनकालको सुरुमा परमप्रभुको यो वचन मकहाँ आयो,

  • 19परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो,

  • 1¶ यर्मिया अगमवक्ताले नेरियाहका छोरा बारूकलाई भनेका वचन यही हो । यर्मियाको आवज सुनेर तिनले यी वचन एउटा मुट्ठोमा लेखे— यो यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको चौथो वर्ष थियो र तिनले भने,

  • 1¶ तब सेनाका सबै कप्‍तान र कारेहका छोरा योहानान, होशयाहका छोरा येजन्याह अनि सानादेखि ठुलासम्म सबै मानिसले यर्मिया अगमवक्ताकहाँ आए ।

  • 3राजा योशियाहको अठारौँ वर्षमा तिनले मशुल्लामका नाति, असल्याहका छोरा सचिव शापानलाई यसो भनेर परमप्रभुको मन्दिरमा पठाए,

  • 1¶ परमप्रभु यसो भन्‍नुहुन्छ, “यहूदाको राजाको घरमा तल जा र त्यहाँ यो वचन घोषणा गर्,

  • 5त्यसैले राजा सिदकियाहले भने, “तिमीहरूको विरोध गर्न कुनै राजाले पनि नसक्‍ने हुनाले ऊ तिमीहरूकै हातमा छ ।”